खितमत देवान
चियाबगान दार्जिलिङको सौन्दर्यको निम्ति हिमाल झै खडा भएँको हुन्छन्। जब जब दार्जिलिङको कुरो आउँछ तब तब चियाअनि चियाबारीको कुरो आउँछ आउँछ। चिया बगान बिना दार्जिलिङको परिचय अधुरो नै हुन्छन् अनि विश्वप्रसिध्द साथै बेस्टफ्लेबर' चिया उत्पादन पनि दार्जिलिङ मै हुन्छन् भनेर ईतिहास गवाह छ।
चियाले विश्वप्रसिद्धि, नाम, यश कमाए पनि अहिले चियाबारी आफ्नै सुस्केरामा रोई रहेछन्, बन्द बगानलाई जङ्गलले खाईरहेछन्। चिया बगान अनि चिया श्रमिकहरूको अवस्था सोचनीय मात्रै नभएर धेरै सङ्कटपूर्ण छन्। 176 रुपियाँ ज्यालामाअहिलेको महँगाईमा आफ्नो सङ्घर्ष गरेर जीवनयापन गरिरहेछन्। त्यही पैसाले नानिहरूलाई शिक्षा पनि दिइरहेछन्। कतिवटाकमानमा त्यति खर्च, वेतन पनि सठिक समयमा पाईरहेको छैन। बकाया राशीको टुङ्गो छैन। बगानमा नयाँ चिया गाछलगाउने कुनै अत्तो पत्तो छैन, श्रमिकलाई मालिकाना हक, पर्जा पट्टा, न्यूनतम ज्याला दिलाउने कुनै प्रकारको पहल नै छैन।अझै कति बगानहरूले झन् पिएफ (भविष्यनिधि कोष) पनि बुझ्याएको छैन अनि के होला त मजदुरहरूको भविष्य? सन्1951-को प्लान्टेसन लेबर एक्टलाई संशोधन गरी, श्रमिकहरूको अझ थप अधिकारलाई सुनिश्चित गरी, अझ बढी राम्रोप्रावधान बनाई एकदमै पारदर्शी अनि सुचारो ढंगमा सञ्चालन गर्ने कुनै तर्खर नै गरेको छैन, साथै ठोस कदम नै उठाएकोछैन। अनि मालिकको पनि मनमानी चलिरहेको छ। जब चाह्यो बगान छोडिदियो। या त को-अपरेटिभ सोसाईटी बनाएरचलाउनुको निमित्त सरकारले अनुमोदन प्रदान गरिदिए पनि असल हुने थियो। कमसे कम थोरै भए पनि बेरोजगारी त समाधानहुने थियो कि। झन्डै पहाडको 87 भन्दा अधिक चियाबगान साथै पहाड समतल तराई डुवर्स गरेर 276 जति चियाबगानहरूकोअवस्था अहिले प्रायः प्रायः एउटै स्तिथिमा पुगेका छन्।
अझै बन्द चियाबारीहरूको मर्का भने अर्कै छन्। धोतरिया, तुङ्सुङ, समरिकपानी, पेशोक, लगायत कलेज भ्याल्ली, मिलिङगरेर कुल तीनवटा चियाबगानको आँठवटा डिभिजन अघोषित रूपमा बन्द छन्। न त मालिक पक्षले खोल्ने चाँसो देखाईरहेकाछन्। न त कुनै सत्ताधारी पार्टीले खोलिदिने पहल नै गरेका छन्।
बगान विषय लिएर राजनीतिको रोटी सेक्ने काम चै एउटा प्रथा नै बन्न पुगेको छ। आश्वासन र सान्त्वना दिने चलन तवर्षदेखि चलिरहेको छ। कयौँ आए कयौँ गए तर बन्द बगानहरू झनै जीर्ण अवस्थामा पुगिसकेका छन्।
चुनावमा झण्डा बोकाएर साथै पर्जा पट्टा अनि मिनिमम वेजको प्रलोभनमा भुलाएर धेरै राजनीतिक पार्टीहरूले भोट बटुल्ने प्रयासपनि गरें, अनि सफल पनि भएँ। दिनभरि पानीझरी, बर्खामा नभनि, घाममा पोलिपोलि जनसभामा पनि उभिएकै हो। भोकभोक्कैबसेर थप्पडी, तालि मारेर जयजयकार पनि गरेकै हौँ। अन्तमा गएर एउटा आशा, भरोसाले हातको औली रातो मसीले रङ्गाएपनि बन्द चियाबगान खोलिएन। केवल शहर रमायो पार्टीका नेतत्ववर्ग हर्षित भएँ तर चियाबगान फेरि आफ्नै भाकामा निराशबनेर रोइ नै रहेको छ। अब त चुनाव आउँदा पनि तर्सिने भइसकेका छन् बगानवासी।किन कि चुनाव हार्दा पनि जित्दा पनि,चियाबारी हारेकै त हुन्छ। नेता, दल र प्रशासनिक अधिकारीहरूले आश्वासन मात्र दिए। खटिखाने मजदुरको अवस्थामाकहिले सुधार आएन।
अहिले बन्द चिया बगानका प्रायः शिक्षित युवा, युवतीहरू उच्चशिक्षा हासिल गर्ने चाहना हुँदा हुँदै पनि विदेशलगायत अन्यठाउँहरूमा पलायन बनेर बाध्यतापूर्वक काम गरिरहेका छन्। यसरी शिक्षित अनि सचेत जमात पलायनको शिकार भइरहेकोछ। पहाडका बन्द चियाबगानहरूको कारण मानिसहरू अहिले घुम, जोरबङ्लो, सोनादा, दार्जिलिङ साथै नजिकका शहरहरूमाकाम गर्न जान्छन् अनि त्यहीं भाडाकोठामा बस्न बाध्य छन्। मजदुरहरूमाथि महङ्गाईको चाप बढ्दो छ। धेरै चिया श्रमिकहरूनिर्माण मजदुर बनेका छन्। ती मध्ये निर्माणाधीन भवनबाट झरेर कतिको मृत्यु पनि भइसकेको छ। यी काण्डहरू बन्दचियाबगानको कारण भएको हो।
दिउँसो गाऊँ-घर सुनसान चकमन्न रहन्छन्। बिरामी बोकेर गाडीसम्म लैजाने मान्छे धरि पाउनु गाह्रो पर्छ।
आर्थिक चाँपको मार्कामा छन् चिया श्रमिक। “एडभान्स पीएफ निकाल्नका निम्ति पनि गाऊँकै औसरवादी मानिसहरूले प्रतिश्तमाग्ने गर्छन्’-- चित्त नबुझेपछि केही मजदुरहरू यस्तो गुनासो सुनाउँछन्।
यसरी गाऊँकै पढेलेखेकाहरूले चौतर्फी शोषणमा परेका आममजदुरहरूको कमजोरीको फाइदा उठाएर कहिलेसम्म आफ्नोस्वार्थ पुर्ती गर्ने हो? सरकार र मालिकले त मजदुरहरूलाई ठगेठगे तर यहाँका बगानहरूमा त आफ्नै मान्छेले पनिमजदुरहरूलाई ठगीरहेका छन्। मजदुरहरूको कमजोरीमाथि शोषण गरिरहेका छन्। यस्तो अवस्थामा चियाश्रमिकहरूले कहिलेन्याय पाउने हुन् त?
यसरी आर्थिक शोषणले हेपिएका जनताले कतिपय सरकारी सहुलियतहरूबाट पनि अहिले लाभ उठाउँन सकिरहेको छैन।उनीहरू बञ्चित बनिरहेका छन्। शायद एउटा बाध्यता पनि हुन सक्छ। अब गरिब निमुखा जनताको निम्ति बोलीदिने को नैपो छ र?
यस्तै समस्याग्रस्त जीवन, आर्थिक चपेट साथै शोषणको भुवँरीमा विचलित भईरहेको बेला प्राकृतिक प्रकोप अनि आपदाले पनिगरिब-निमुखा शोषित जनसाधरणलाई नै झनै चपेटमा पर्दोरहेछ।
गत 12 जुलाईको दिन मिलिङ चियाबारीमा अविराम वर्षाको कारण पैह्रो आएको थियो। उक्त पैह्रोको चपेटमा परेर एउटा घरक्षतिग्रस्त भएको थियो। अन्य पाँचवटा घरहरू आंशिक रूपले क्षतिग्रस्त बन्यो। रहल 14 घरले खतराको सामनागर्नुपरिरहेको स्थितिमा छ। क्षेत्रमा ज्यादात्तर सिङकिङ जोन रहेको, त्यहीमाथि अबिराम झरी परेको कारण पह्रो गएकोगाऊँलेहरूको अनुमान छ। सम्बन्धित निकायका अधिकारीहरूले पैह्रो पीडितहरूसँग भेटघाट गरि आश्वासन पनि दिएका छन्।
यसै बीच CBSS (चिया बगान संग्राम समिति )-का कार्यकर्ताहरू पनि पैह्रो पीडितहरूसँग भेट गर्न आएका थिए। उक्त पैह्रोकोचपेटमा परेका पाँच परिवारलाई समितिको पक्षबाट आर्थिक सहयोग पनि प्रदान गरियो।
कमानको जिन्दगी यस्तै छन्। बगान खुल्ने छाटकाट छैन। यसरी प्राकृतिक प्रकोप झनै समस्यामा पार्छ। एउटा तारपोलिनकिन्न पनि धाउधाउ पर्छ। अब पैह्रोले क्षतिग्रस्त बनेको घरलाई कहिले बस्न लायक बनाउनु? समस्यामाथि समस्या आइपरेकोछ।
चियाबारीको समस्या लिएर व्यापक राजनीति भइरहन्छ। कमान विषय लिएर प्रलोभन देखाउने, खोक्रो आश्वासन दिने, विभिन्नआर्थिक सान्त्वना दिने अनि सोझो मजदुरको मजबुरीको फाईदा उठाउने काम भइरहन्छ। तर बगान क्षेत्रमा यातायातकोसुविधा छैन। अस्पतालको व्यवस्थापन छैन। आर्थिक शोषणको दलदलमा हारेको अनुहार लिएर, उदासीनताले रंगिएको आशालिएर चियाबारी जनता बाँचिरहेका छन्।
के अझ झण्डा बोकेर जनसभातिर कुद्ने रोबट मसिन नै बन्ने त ? भोट हालेर हातको औंली मात्र रंगाएरनिशब्द, निश्चल मूर्ति नै बन्ने त ? चियाबगानका श्रमिकवर्गले आखिर न्याय भन्ने चै कहिले पाउने हुन् त?
No comments:
Post a Comment