Friday, November 17, 2017

रुसी नोभेम्बर क्रान्ति अनि उत्पीडित राष्ट्रियताहरूको आत्मनिर्णयको अधिकार


धेरैले भन्छन्, सन् 1917 को रुसी क्रान्तिको सफलता अनि पछि गएर सोभियत सङ्घको पतनको अन्तरनिहित प्रमुख कारण थियो ‘राष्ट्रियताको प्रश्नमा समयसित तिनीहरूको अडान र व्यवहारको सठिकता-बेठिकता, सफलता-विफलता।  धेरैवटा राष्ट्रियताहरूले बनिएको त्यस विशाल भूभाग(सोभियत रसिया)-मा राष्ट्रियताको प्रश्नमा सठीक समाधानको बाटो नै के 1917को नोभेम्बर क्रान्तिमा बोल्शेविकहरूका सफलताको प्रमुख कारण थियो? क्रान्ति-पूर्व पर्यायमा बोल्शेविक पार्टीभित्र र सामान्यतया त्यस समयका सम्पूर्ण मार्क्सवादी शिविरमा राष्ट्रियताको सवाल लिएर रुचिशील र गहिरो सैद्धान्तिक छलफल-बहस र हिडाई नै के मशाल भएर बाटो देखाइएको थियो विशाल सङ्ख्याको पछौटे जनजाति, जातिगोष्ठीहरूको लागि? 

समयको अन्तरालसँगै अन्तमा सोभियत युनियन टुक्रा टुक्रा भएर विभिन्न जनजाति, जातिगोष्ठीबहुल छुट्टै देशहरूमा परिणत भयो। ती देशहरूमा फेरि जातिहरूका अधिकार अनि उन्मुक्तिको प्रश्न उठ्न थालियो। त्यतिबेला यस विघटन अनि नयाँ परिस्थिति उद्भवको कारण खोज्दै जाँदा वर्ग राजनीति, गनतन्त्रको व्यवहार, क्रान्तिकारी अनि सुधारवादी लाइनको द्वन्द्व, अन्तर्राष्ट्रिय कुटनीतिक चलखेलसँगै राष्ट्रियताको प्रश्नमा व्यवहारको सठिकता-बेठिकता बारे चर्चा अत्यन्त सान्दर्भिक अनि महत्त्वपूर्ण हो भन्ने लाग्छ। यद्यपि यस निबन्धलाई हामी नोभेम्बर क्रान्ति र त्यसको अघि-पछिको समयमा भएको घटनाहरू बारे चर्चा र मूल्यङ्कनमै सिमित राख्नेछौँ।  

जाति विन्यासको आधारमा : क्रान्तिपूर्व रसिया अनि रुसी क्रान्ति...  

जुन क्षेत्रभरि सन् 1917को रुसी क्रान्तिले जरा गाडेको थियो, त्यो क्षेत्र धेरै सङ्ख्याको जातिसमुह-जातिगोष्ठीले भरिएको पृथ्वीको लगभग आधा भूखण्ड बराबरको क्षेत्र हो। 16 औँ शताब्दीदेखि नै क्रमैसँग रसियाको जारको साम्राज्य फिनल्याण्डदेखि लिएर पोल्याण्ड र युक्रेन नाघेर ककेशस पर्वत पक्रेर मध्य एसिया भएर उत्तर-पूर्वमा बेरिंग स्ट्रेट लगायत बाल्टिक राज्यहरू र पूर्वी एसियाको माध्यमबाट पूर्वी एसियाको नोमाडिक ट्राईबहरूको क्षेत्रसम्म फैलिएको थियो। त्यसभित्र जनसङ्ख्याको हिसाबले रुसीहरू 43% थिए। गैर-रुसी जनजातिहरूमाथि जातिगत उत्पीडन साह्रै ज्यादा थियो। यस विशाल साम्राज्य शासकहरूको लागि विपुल सम्पदा र क्षमताको स्रोत थियो भने, अर्कोतिर कमजोरीको स्रोत पनि थियो। युक्रेनको उर्वर कृषि जमिन र खनिज सम्पदा, पोल्याण्डको विकसित औद्योगिक क्षेत्र, मध्य एसियाको रेशम र कटन उत्पादन, साइबेरियाको प्राकृतिक सम्पदा आदिको सही उपयोग भएको भए यी कुराहरू त्यस  साम्राज्यको लागि अथवा त्यहाँको निजी उद्योगपतिहरूका लागि महत्त्वपूर्ण पञ्जी स्रोत हुनसक्थ्यो। तर यसको लागि कठिनाइ पनि निकै थियो। विशाल सामरिक बल अनि नोकरशाहीको हस्तक्षेप जरुरी थियो। त्यस सँगसँगै यस क्षेत्रहरूमा पुँजीवादी विकासको विपुल सम्भाब्यताको कारण प्रोत्साहित र युरोपेली नेशन स्टेटको उदयको मोडेलले प्रेरित अल्पसंख्यक जनजातिहरूका उदियमान अभिजातवर्गको जातिगत अस्मितासँग शक्तिशाली रुसी राष्ट्रियताको उद्धत स्वाभिमानको विरोध पनि निरन्तर रूपमा थियो।



रुसी जारहरू (राजा) अरू भाषा-संस्कृतिहरूलाई नजरअन्दाज गर्थ्यो, हेप्थ्यो। स्वीकृति दिनुको सट्टामा कुल्चनु खोज्थ्यो। आ-आफ्नो राष्ट्रियताहरूको विशिष्टताहरूलाई खतम पारेर आफ्नै साँचोमा हाल्ने कोसिस गर्थ्यो। सन् 1881 देखि क्रमसँगै यस ‘रुसीकरण’को प्रयास झनझन बढ्न थाल्यो। राष्ट्रियताहरूको बिचमा यस विरोध सम्पूर्ण भूभागमा नै एक महत्त्वपूर्ण आयामको रूपमा उपस्थित भयो। त्यसताकका रसियालाई लेनिनले ‘राष्ट्रियताहरूको एक कारागार’ भनेर चिह्नित गर्दै राष्ट्रियताको प्रश्नलाई महत्त्वका साथ चर्चा गर्न थाल्नुभयो। लेनिनको लेखनहरूमा कृषि प्रश्नमाथि चर्चा सँगसँगै राष्ट्रियताको प्रश्नमा लेखिएका असंख्यौ लेखहरूले यसको महत्त्व महसुस गर्न सकिन्छ। जातिगोष्ठीहरूका आन्दोलन अनि तीमाथि दमन— दुवै नै बढेको बढेकै थियो यस पर्यायमा। 19औँ शताब्दीको पोल्याण्डमा यस्ता एकपछिएक विद्रोह, उत्तर ककेसियन क्षेत्रहरूमा जारतन्त्रको विरुद्धमा सशस्त्र प्रतिरोध देखापऱ्यो अनि अल्पसंख्यक जातिगोष्ठीहरूभित्र यस समयमा विभिन्न राजनीतिक दलहरूका जनाधार क्रमसँगै बढ्दै गयो— यी सबै नै माथि भनिएको जातिगत उत्पीडन विरुद्धको अभिव्यक्तिको वास्तविक प्रमाण हो। यसकै निरन्तरतामा सन् 1916 को गरम महिनामा कजाख्स्तान अनि किर्गिजस्तानमा सेनामा भर्ती लिएर जार-विरोधी विद्रोह, किएभ र युक्रेनको अन्यान्य शहरहरूमा यस राष्ट्रियताको संगठनहरूद्वारा अस्थायी सरकारलाई* उखेल्नमा बोल्शेविकहरूलाई समर्थन— यी सबै पनि त्यसकै अभिव्यक्ति हो। 

तर पोल्याण्डबाहेक राष्ट्रियतावादी वा समाजवादी दलहरू कोहिले पनि सन 1917 भन्दा अगाडी सम्पूर्ण स्वतन्त्रता मागेको थिएन। तिनीहरूको माग मुख्यत थियो ‘गैर-रुसी नागरिक र भाषाहरूप्रति असमानताको व्यवहार बन्द गर्नु, समान मर्यादा अनि फेडेरल ढाँचा अथवा स्वशासनको व्यवस्था लागु गर्नु थियो’। सन 1905 देखि शुरु गरेर दुई-दुईवटा क्रान्तिको प्रयास अनि 1917 मा सामरिक पराजयको कारणले गर्दा विशाल क्षति अनि क्षमताको केन्द्रीकरण ढिला भएकोले गर्दा स्वतस्फूर्तरूपले नै विभिन्न क्षेत्रमा जातिगत सरकारहरूको हातमा धेरै हदसम्म नियन्त्रणक्षमता केन्द्रित भएको थियो। घटनाहरूको प्रवाहले गर्दा यस नयाँ राष्ट्रियताको सरकारहरूलाई नियन्त्रण गर्ने राजनैतिक दलहरू मध्ये धेरैले निकै अगाडीदेखि समाजवाद र अन्तर्राष्ट्रियताको नीति ग्रहण गरे तापनि यतिबेला आएर उग्र राष्ट्रियतावादी र बोल्शेविक विरोधी हुनु पुग्यो। क्रान्ति पछि गृहयुद्धको सम्पूर्ण पर्यायमा यी विभिन्न राष्ट्रियता आन्दोलनहरू क्रमसँगै दुइटा पक्ष भित्र कुनै एउटालाई छान्नु थाल्यो— एकतिर बोल्शेविकहरू, जो उत्पीडित जातिहरूको आत्मनिर्णयको अधिकार र स्वशासनको पक्षमा छन् र अर्कोतिर छ जारको अनुयायीहरू— श्वेतसेनाहरू, व्हाइटगार्डस्, जो जारतन्त्रको युगका पुरानो रुसी साम्राज्यलाई फर्काएर ल्याउन खोज्दैछन। अनवरत विभाजन र पक्ष बदलावको फलस्वरूप नाना प्रकारले यस राष्ट्रियतावादी सङ्गठनहरू क्रमिक रूपमा दुर्वल र बोल्शेविकहरू शक्तिशाली बन्न पुग्यो।

नयाँ सोभियत सरकारले, सन् 1918को जनवरीमा फिनल्याण्डको स्वतन्त्रताको माँगलाई स्वीकृति दिएर जातिहरूको आत्मनिर्णयको अधिकारको पूर्वघोषित नीतिलाई कार्यान्वयन गर्ने सदिच्छा व्यक्त गऱ्यो। तर तिनीहरूले रेडगार्डहरूलाई* भौतिक रूपमा फिनल्याण्ड पठाएको थिएन। बोल्शेविकहरूले सोचेका थिए कि ‘फिनल्याण्डको यस जातिगत मागलाई रसियाले स्वीकार्ने कारणले गर्दा फिनल्याण्डको क्रान्ति अब अझै शक्तिशाली हुनेछ अनि फिनल्याण्डमा क्रान्तिकारी सरकारको स्थापना हुन्छ र रसियाको क्रान्तिकारी सरकारसित तिनीहरूको सम्बन्ध यसरी पुनर्स्थापित हुन्छ’। तर तितो र हिंसक गृहयुद्धले गर्दा फिनल्याण्डमा व्हाइटगार्डहरूका अर्थात् जारको पक्षधरहरूका सरकार स्थापित भयो।  फिनल्याण्डको श्रमजीवि जनतासित एकता स्थापनाको यस पद्धतिलाई व्यर्थ भएको देखेर पुरानो रुस साम्राज्यदेखि छुट्टिएको अन्यान्य भूभागहरूको लागि बेग्लाबेग्लै नीति अपनाउनु भयो बोल्शेविक नेतृत्वले। अन्यान्य गैर-रुसीय क्षेत्रहरूमा क्रान्ति फैलिपछि, स्थानीय विद्रोहीहरूलाई मद्दत गर्नलाई रेडगार्डहरूका सङ्गठित र ठुलो टोलीहरू पठाउने क्रम शुरु भयो। यसरी नै 1920 मा सोभियत सङ्घ युक्रेन, बेलारुस, मध्य एसिया अनि ट्रान्स-ककेसियन क्षेत्रहरूमा प्रसारित भयो। अर्कोपट्टी यस प्रक्रियाले लाटभिया, लिथुयानिया र इस्टोनियाको तीनवटा बल्टिक प्रजातन्त्र सोभियतको अधिनमा आएको थिएन। वादमा, स्टालिनको समयमा 1930को  अन्ततिर यी देशहरू सोभियत सङ्घमा गाभिएको थियो। यसबाहेक अरू धेरै क्षेत्रहरूमा, रुस कम्युनिस्ट पार्टीको तत्त्वाधानमा एक प्रकारको सोभियत व्यवस्थाको स्थापना भएको थियो। उल्लेखनीय छ,  जातिको हिसाबले अल्पसंख्यक मानिसहरू केवल यस्ता बेग्लै प्रजातन्त्रहरूमा बसोबासो गर्थेनन, रूसी प्रजातन्त्रमा पनि बसोबासो गर्नुहुन्थ्यो धेरै गैर-रुसी जाति अनि जातिगोष्ठीहरू। जातिगत उत्पीडनको समस्याको समाधान उनीहरूको पनि चाहना थियो।

प्रथमतः, यस्ता चुनौतीहरूको सामना गर्नलाई उल्लिखित जाति-भाषा-संस्कृतिहरूको विकास, त्यो जनजातिहरूको भित्रबाट नै सचेत कार्यकर्ता विकसित गर्नु अनि प्रजातन्त्रहरूमा राजनैतिक ढाँचा बारे सिर्जनात्मक नीति र व्यवहारको आवश्यकता थियो। जाति प्रश्न अनि जातिगत अल्पसंख्यकहरूको खण्डमा कुनै एकक र एकै दिशाको गाइडलाइन नभएकोले गर्दा (हुनु सम्भव पनि थिएन) यो काममा विभिन्न समयमा बाधा आयो। एकतिर जुन प्रकारले बोल्शेविकहरू बाहेक जातिगत आकांक्षाहरूप्रति सहानुभुतिशील वा वैचारिक रूपमा समर्थनकारी अरू धेरै शक्तिहरू उपस्थित थियो, त्यसरी विपरीतमा रुसी र गैर-रुसीहरूभित्र पनि एस्ता धेरै शक्ति र व्यक्ति थियो जो-जसले राष्ट्रियताको अधिकार समर्थन गर्नलाई प्रतिक्रियावादी अनि मार्क्सवादको मौलिक नीतिहरूको विरोधी भनेर ठान्थ्यो। कतै यस्तो ‘कम्युनिस्टहरू’ले गैर-रुसी क्षेत्रहरूमा जारतन्त्रको अवशेषहरूसँग आफ्नो आवाज जोडेर, यहाँसम्म कि ‘महान् रुसी देशाहंकार’को पक्ष लियो, अनि कतै अरू कुनै ‘कम्युनिस्ट’हरूले एकोहोरो तरिकाले अल्पसंख्यक राष्ट्रीयतावादीहरूको पक्षधर बन्यो। उत्पीडित जातिहरूका विशेष अधिकारको पक्ष र विपक्षमा आ-आफ्नो अडानलिएर स्पष्ट विभाजन देखापऱ्यो। जाति प्रश्नमाथिको बहसमा अल्पसंख्यकको राष्ट्रियताबाद समर्थन गर्नेहरूलाई ‘दक्षिणपन्थी’ र जातिहरूका विशेष अधिकारको विपक्षीहरूलाई ‘वामपन्थी’ भनेर चिह्नित गर्ने चलन शुरु भयो। तर यी अडानहरूबाट फेरि पार्टीभित्रको ‘दक्षिणपन्थी’ र ‘वामपन्थी’ चिह्नित हुनसकेन। क्रान्ति अघि जुन बुखारिनले राष्ट्रियताबारे लेनिनको अडानलाई ‘दक्षिणपन्थी’ भनेर चिह्नित गर्दैछन, क्रान्ति पछि त्यही बुखारिनले यस प्रश्नमै ‘दक्षिणपन्थी’ विचार अपनाउदैछन्। अँ 1917मा ‘दक्षिणपन्थी’हरूका नेता जिनोभियेभको जाति प्रश्नमाथिको अडान सन 1923मा ‘वामपन्थी’ अडान जस्तो देख्दैछ। धमिलो थियो कुरा। मूल विषयमा प्रवेश गर्नु भन्दा अघि एक चोटी मार्क्सवादी दृष्टिकोणमा जातिप्रश्नमाथि विभिन्न विचारहरूलाई निहाल्नु जरुरी छ। 

मार्क्स, एंगेल्स, मार्क्सवाद अनि जाति प्रश्न

मार्क्सको समयमा क्रान्तिकारी आन्दोलनको केन्द्र थियो पश्चिम युरोप।  क्रमैसँग त्यहाँबाट मध्य र पूर्वी युरोपमा क्रान्तिकारी आन्दोलनको ज्वार सारेको थियो, र त्यससित जाति प्रश्न पहिलाभन्दा निकै जटिल भएर देखा पर्न थाल्यो। मार्क्स र एन्गेल्सको पहिला पहिलाको सामान्य अडान थियो जातिगत विरोध अनि थिचोमिचोले गर्दा मजदूरवर्गको अन्तर्राष्ट्रिय एकता गठनको बाटोमा बाधा पुग्छ र राष्ट्रियताको आन्दोलनले वर्गको आन्दोलनमा बाधा ल्याउँछ। मार्क्स अनि एंगेल्सको पहिलाको लेखनहरूमा जातीक मुक्तिसङ्ग्रामप्रति समर्थनको प्रश्नलाई समग्र ऐतिहासिक विकाससित अन्तरसम्बन्धमा हेर्ने कुरा गरिएको थियो। यसकै आधारमा प्रतिक्रियावादी रुसी साम्राज्य विरुद्ध पोल्याण्डको बुर्जुवाहरूका स्वतन्त्रताको अधिकारलाई मार्क्स-एंगेल्सले समर्थन गर्नु भएका थिए, जबकि प्रुसीय राज्यविरुद्ध शेलस्वीगको डेनिसहरूका अनि ब्रिटिश साम्राज्यविरुद्ध आइरिसहरूका मागलाई तिनीहरूले नकारात्मक भनेर ठानेका थिए। पोल्याण्डको खण्डमा मार्क्सको महत्त्वपूर्ण अवलोकन के थियो भने पोल्याण्डीय राष्ट्रियतावादी आन्दोलन अभिजातहरूद्वारा संचालित र तिनीहरूको स्वार्थरक्षाको लागि भएपनि त्यसमा सफलताको निम्ति कृषक जनसाधारणको समर्थनको अति नै खाँचो छ। त्यसकारण यो सङ्घर्ष गणतान्त्रिक सङ्घर्ष हो र सामन्ती व्यवस्थाको ध्वंसको चिह्न पनि यस आन्दोलनले बोकिरहेको छ। फेरि पछि गएर आयरल्याण्डको मुक्ति संग्रामको खण्डमा मार्क्सको अडा फेरिएको देखेर पनि हामी महत्त्वपूर्ण शिक्षा पाउन्छौँ। सन् 1948 मा ब्रिटिस मजदुरहरूका जातिगत अहङ्कारको मनोभावको कारणले मार्क्सले आइरिशहरूलाई नै जिम्मेवार ठहराउनु भयो, तर अझै पछि 1860को दशकमा ब्रिटिस मजदुरहरूमध्ये उग्र राष्ट्रियतावादको कारणले गर्दा नै तिनीहरूको क्रान्तिकारी चेतना र संग्रामको सङ्कट देखेर उहाँले त्यो उग्र जातिगत अहङ्कारलाई तोड्न एक हिसाबले आइरिश मुक्ति संग्रामको पक्षमा अड़ान लिनु भएको थियो। लेनिनको समयमा ‘महान् रुसी जातिगत अहङ्कार’को परिप्रेक्ष्यमा पनि हामी यस अडानको प्रतिबिम्ब देख्न पाउँछौं। सन् 1865 मा ‘प्रथम इन्टरनेसनल’को* घोषणामा पहिलो पल्ट सामान्यरूपमा ‘जातिहरूका आत्मनिर्णयको अधिकार’लाई स्वीकृति दिएको पाइन्छ। यी सम्पूर्ण विषयहरू नै भविष्यमा मार्क्सवादी खेमाभित्र बहसहरूको लागि बाटो बनाइ दिएको थियो। धेरैजसो मार्क्सवादीहरूको विचार के थियो भने राष्ट्रियतावाद विकासशील पुँजीवादको एक अभिव्यक्ति हो अनि समाजवादी क्रान्तिले नै यस जातिगत पार्थक्य अनि विरोधहरूलाई निर्मूल गर्न सकिन्छ अथवा कमसेकम त्यसको सहज समाधानको बाटो बनाइदिन्छ। तर राष्ट्रिय सङ्घर्षहरूले आगामी क्रान्तिकारी आन्दोलनलाई मद्दत गर्छ कि बाधा पुऱ्याउछ— बहस त्यसमाथि उभियो। 

मार्क्स पछि मार्क्सवादी चर्चाहरूमा राष्ट्रियताको सवाल लिएर लगभग चार वटा अडान देखापरेको थियो— 1) ‘जातिहरूका आत्मनिर्णयको अधिकार’, जुनचाहिँ लेनिनहरूको अडान थियो; 2) रोजा लुक्सेमबर्गको ‘जाति बिलुप्ति’को सिद्धान्त, जसको पछाडि धेरैजना नेतृत्वकारी बोल्शेविकहरूका समर्थन थियो; 3) ‘क्षेत्रीय जातिगत स्वशासन लगायत विशेष अधिकार’, अस्ट्रियान् मार्क्सवादीहरू र यहुदी ‘बुन्द’हरू द्वारा समर्थित यस सिद्धान्त; अनि 4) रुस साम्राज्यको धेरैवटा  समाजवादी र राष्ट्रवादी दलहरूद्वारा समर्थित ‘फेडेरेल स्ट्रक्चर’को सिद्धान्त। त्यसताकका बोल्शेविक पार्टी उत्पीडित जातिहरूका आत्मनिर्णयको अधिकारको पक्षमा रहे तापनि अरू अन्य प्रत्येक अडानहरूका प्रतिनिधिहरू पनि सन 1917 पछि पार्टीको ‘राष्ट्रियता सम्बन्धी नीति’ निर्धारणको पक्षमा महत्त्वपूर्ण भूमिका निभाएका थिए। 

बाउयार, बुन्द, रोजा...

सन् 1890 दशकको अन्ततिर अस्ट्रिय सोसल-डेमोक्रेटिक पार्टीमा एउटा बेग्लै दृष्टिकोणको उद्भव भयो। यस दृष्टिकोण अनुसार, जबकि धेरै यस्ता जातिगोष्ठीहरू  छन् जसले कुनै एक स्वतन्त्र क्षेत्रहरूमा सिमित छैनन्, त्यसकारण अस्ट्रिय-हंगेरीय साम्राज्यबाट तिनीहरूका पृथक हुने र अनि आफ्नै देश गठनको अधिकारबारे चर्चा गर्नु अवास्तव कुरा हो। यस अष्ट्रो-मार्क्सवादीहरूका भनाइ अझै के थियो भने यी जातिगत मतभेद र सांस्कृतिक विशिष्टताहरू स्थायी हो र समाजवादमा पनि जारी रहनेछ। यसकै निरन्तरतामा, सन 1897 को भिएना पार्टी कांग्रेसमा पार्टीलाई 6 वटा राष्ट्रियता र क्षेत्र आधारित बेग्लै पार्टीहरूका एक फेडरेसनमा 6 पुनर्गठनको निर्णय गरियो। सन 1899 को ब्रुएन कांग्रेसमा दक्षिण स्लाभको प्रतिनिधिले जुन  सुझाव राखे, त्यसको अर्थ हो, यस विषयलाई व्यक्तिगत रूपले हेर्नुपर्ने छ अनि भौगोलिक क्षेत्र-निष्पक्ष एक जातिगत स्वायत्तशासनको माग गर्नुपर्ने छ। ‘भौगोलिक क्षेत्र-निरपेक्ष जातिगत-सांस्कृतिक स्वायत्तता शासन’को यस धारणाको मुख्य ढाँचा के हो भने राजनैतिकरूपले केन्द्रिकृत कुनै देशले जातिगत अल्पसंख्यकहरूका सांस्कृतिक र भाषागत अधिकारहरूलाई केवल आ-आफ्नो स्वायत्तशासित निकायहरू बनाएरै (जो विशिष्ट भौगोलिक क्षेत्रहरूमा सीमित छैन) निश्चित गर्न सक्दछ।

अप्रिल 1901 मा यहूदी श्रमिक पार्टी ‘बुन्द’को चौथो अधिवेशनले पनि त्यस्तै विचार लिएको थियो— “यो कांग्रेसले के मान्यता दिँदछ भने  ‘रूस जस्तै एक देश, जुन विभिन्न जातिहरूलाई लिएर बनिएको हो, भविष्यमा राष्ट्रियताहरूका एक संघमा रुपान्तरण हुनु पर्छ, जहाँ प्रत्येक जाति, भौगोलिक सीमा-निरपेक्ष रूपमा पूर्ण जातिगत स्वायत्तता पाउँछ”। उल्लेखनीय छ, जातिगत-सांस्कृतिक स्वायत्त शासनको यस नीति खासमा अष्ट्रिय-मार्क्सवादीहरूका योगदान होइन। यो प्रवासी बुन्दपन्थी जन मिलको सिद्धान्त हो, र पछि त्यसको विस्तारित व्याख्या दुइजना अस्ट्रिय मार्क्सवादी नेता अटो बाउयार अनि कार्ल रेनें ले प्रस्तुत गरेका थिए। शास्त्रीय मार्क्सवादको विपरितमा गएर बाउयारले भन्नुभयो— “जातिगत मतभेदको अन्त्य होइन, समाजवादले जाति-नीतिलाई  पूर्णता प्रदान गर्नेछ, जहाँ केवल शासकहरू होइन, बरू समाजका सबै मानिसहरूले समुदायको सदस्यको रुपमा आफूलाई सोच्न सक्छन्।”

बाउयारले गरेको तर्क के थियो भने आर्थिक प्रगतिले क्षेत्रीय स्थानीय विशेषताहरूलाई खतम परेको छ अनि जनसाधारणलाई सम्पूर्ण जातिसँग एक बृहत परिचयमा गाभिएको, गाँसिएको छ। जबकि पोल्याण्डीय समाजवादी नेत्री रोजा लुक्सम्बर्गको विचार थियो—  साम्राज्यवादी वर्चस्व र आर्थिक व्यवस्थाको वैश्वीकरणले गर्दा वर्गको पहिचान नै प्रमुख पहिचान बनिएको छ। यसकारण युरोपमा जातिको प्रश्न नै सान्दर्भिकता हराएको छ, अनि एक अनावश्यक विचलन तयार गरेको छ। रोजा लुक्सम्बर्ग तथापि, जातिगत विशिष्टताको केही अधिकारलाई स्वीकारे, अनि कुनै कुनै विशेष परिस्थितिमा जातिगत स्वायत्त शासनको पक्षमा खडा भए।

राष्ट्रियताको प्रश्नमा बोल्शेविकहरू...

सन् 1903 मा रुसी सोशल डेमोक्रेटिक लेबर पार्टीद्वारा त्यसको दोस्रो कङ्ग्रेसले जाति प्रश्नमा निम्नलिखित अबस्थानहरूलाई चिह्नित गरेको थियो (काँग्रेसमा पारित प्रस्तावहरूको मूल नम्बर अनुसार) : 3) विस्तृत क्षेत्रीय स्वशासन; जहाँ सामाजिक जीवन अनि आवादीको गठन कुनै विशिष्टता बोकीरहेको छ, ती क्षेत्रहरूको लागि क्षेत्रीय स्वायत्तशासन। 7) सामाजिक पद-मर्यादाको पार्थक्यको अवसान अनि लिङ्ग, धर्म, वर्ण, जाति निर्विशेष सबै नागरिकहरूको लागि पूर्ण समानता। 8) जनगणको मातृभाषामा शिक्षा ग्रहणको अधिकार, यसको लागि सरकारी वा स्वशासित संस्था द्वारा आवंटित अर्थद्वारा आवश्यक स्कुलहरूका स्थापना गर्नु; जनजीवनमा प्रत्येक नागरिकलाई उसको स्थानीय भाषा व्यवहार गर्ने अधिकार; समस्त स्थानीय, सामाजिक र सरकारी प्रतिष्ठानहरूमा राष्ट्रभाषाको साथसाथै समानताको आधारमा स्थानीय भाषाको पनि प्रचलन। 9) राष्ट्रमा बस्ने सम्पूर्ण जातिहरूका आत्मनिर्णयको अधिकार।

यी अडानहरूमा कतै कुनै पनि जातिगत सांस्कृतिक स्वायत्त शासन वा संघीय ढाँचाको कुरा थिएन, र बोल्शेविक र मेन्सेभिक अर्थात्  पार्टीको दुवै गुटले यी अडानहरूलाई स्वीकार गरे। तर विभिन्न जाति-आधारित दलहरू सहित क्रान्तिकारी आंदोलनका अन्य धाराहरूले, यसलाई केही न केहि कारणले गर्दा विरोध गरे। यहूदी बुन्दहरूले अस्ट्रिय- मार्क्सवादीहरूको जातिगत-सांस्कृतिक स्वशासनको प्रस्ताव स्वीकार गरेका थिए। अर्कोतर्फ, कतिवटा अल्पसंख्यक जातिगोष्ठीको दलहरूले, जस्तै आर्मेनीय दास्नाक्तसुतिउन, जर्जियाको सोसलिस्ट संघीयवादिहरू, बेलारूसी ह्रोमादा, यहूदी समूह सिएर्प र पोलिश पीपीएसहरूका एक हिस्साहरूले रूसको सोसलिस्ट रिभोल्युसनरी झैं माग गरे कि रूसी साम्राज्यलाई स्वतंत्र राज्यहरूको एक संघमा पुनर्गठन गरियोस्। सन 1912मा मेन्शेभिकहरूले पनि जातिगत-सांस्कृतिक स्वायत्त शासनको अडानपट्टी झुकाव देखाउन थाल्यो, जसको एक कारक हो बुन्दपन्थीहरूलाई आफ्नो पक्षमा तान्नु हो। यसैबीच, केहि दिन पिछे बुखारिन, पियाताकोभ अनि इभजेनिया बोश-को नेतृत्वमा बोल्शेविक पार्टीको एउटा ‘वामपन्थी’ अंशले रोजा लुक्सम्बर्गको कतिवटा दृष्टिकोणलाई   आत्मसात् गरि पार्टी प्रोग्रामको 9 नम्बर धारा अर्थात् ‘जातिहरूको आत्मनिर्णयको अधिकार’ विरुद्ध मत व्यक्त गर्न थाले। सन 1912 देखि आफ्नै पार्टीभित्र र बाहिर लेनिनलाई यस्ता विरोधी विचारहरूसँग निरन्तर बहस चलाउन परेको थियो।

लेनिन स्वयम् एक जना रुसी मानिस थिए, अर्थात् दमनकारी ‘महान् रुसी जाति’को एक जना सदस्य। रुसी जारतन्त्रको अत्याचारले उत्पीडित जनताप्रति अत्यन्त संवेदनशील हुनु जरुरी छ भन्ने लेनिनको विचार थियो। उहाँले एक जना पोल्याण्डको कमरेडलाई यसरी कुरा राख्नुभएको थियो— “हेर्नुहोस्, हामी तपाईँहरूको स्थिति बुझ्न सक्छौँ। तपाईँ एक जना पोल्याण्डीय सोशल डेमोक्रेट हुनुहुन्छ। तपाईँको प्रथम कर्तव्य हो पोल्याण्डीय राष्ट्रियतावाद विरुद्ध सङ्घर्ष गर्नु, तपाइले अवश्य नै यो गर्नुपर्छ। तर हामीलाई अर्थात् रुसी कमरेडहरूलाई यस्तो नभन्नुहोस् कि हाम्रो कार्यक्रमबाट पोल्याण्डीय जनताको आत्मनिर्णयको अधिकारको स्लोगनलाई मेटाइदिनु पर्छ! किनभने, रुसी सोशल डेमोक्र्याट हुनुको नाताले हाम्रो प्रथम दायित्व हो हाम्रो बुर्जुवाहरू अर्थात् रुसी बुर्जुवा अनि जारतन्त्र विरुद्ध लडाई गर्नु। किनभने केवल यस्तो प्रकारले नै हामी, रुसी सोशल डेमोक्रेटहरूले पोल्याण्डीय मानिसहरूको समक्ष के प्रमाण गर्न सक्छौ भने हामी तिनीहरू माथि अत्याचार गर्न चाहन्न, अनि यसरी नै क्रान्तिकारी सङ्घर्षमा दुवै समुदायभित्र एकताको आधारको स्थापना हुनुसक्छ”।

रोजा लुक्सेमबर्ग वा अस्ट्रिय-मार्क्सवादीहरूको विपरितमा रुस साम्राज्यको खण्डमा लेनिनले ‘महान् रुसी अहङ्कार’ जस्तै दमनकारी राष्ट्रियतावादसँग गैर-रुसी अल्पसंख्यक उत्पीडित राष्ट्रियतावादको बीचमा एक महत्त्वपूर्ण पार्थक्यमाथि जोर दिनुभएको थियो। लेनिनले स्टेपान शाउम्यानलाई एउटा पत्रमा लेख्नुभएको थियो—  “जाति प्रश्नमा यस्तो महत्त्वपूर्ण मनोविज्ञान हो, त्यसलाई तपाईँहरू किन बुझ्न सक्नु हुन्न? अलिकति पनि बल प्रयोग गऱ्यो भने, त्यसले केवल केन्द्रीकृत बृहत् राज्य र अभिन्न भाषाको असंदिग्ध महत्वलाई पनि नकारेर मिट्टीमा मिलाइदिन्छ। जातिसत्ताको आत्मनिर्णयको अधिकारको स्वीकृति दुईवटा कारणले आवश्यक थियो: उत्पीडित जातिको मजदुरहरूभित्र दमनकारी जातिको मजदुरहरू बारे अविश्वास निर्मूल गर्नु अनि तिनीहरूप्रति दमनकारी जातिकै शासकहरूको अत्याचार विरुद्ध सङ्घर्ष गर्नु। छुट्टीने अधिकार स्वीकृत हुनुको मतलब यस्तो होइन कि त्यो राष्ट्रियताहरूलाई छुट्टीनुको लागि मात्रै प्रोत्साहित हुन्छ, बोरु त्यो राष्ट्रियता आधारित उत्पीडनविरुद्ध एक प्रकारको सुरक्षाको घेराबन्दी बनाउनेछ। रसिया यदि धेरैवटा  राष्ट्रियताले समेटिएको राज्यको हिसाबले टिकीरहन्छ भने यसले रसियामा जातिगत सद्भावना रक्षा गर्न सम्भावनालाई सर्वाधिक निश्चित गर्छ”।

राष्ट्रियताको प्रश्नमा बहसहरू : रोजा, बुखारिन, स्टालिन बनाम लेनिन

लेनिन अनि रोजा लुक्सेमबर्ग बिच राष्ट्रियताको प्रश्न लिएर महत्त्वपूर्ण पार्थक्य थियो, अनि त्यो केवल आत्मनिर्णयको अधिकारको नीतिहरू लिएरै होइन। लुक्सेमबर्गको बहस थियो कि, “जाति कुनै समरूप सामाजिक-राजनैतिक अस्तित्वको हिसाबले विद्यमान छैन”, अर्कोतिर लेनिनले जातिलाई एउटा निर्दिष्ट समूहको हिसाबले मानेका थिए, र जुन वर्गहरूलाई लिएर त्यो जातिको गठन भएको छ, तिनीहरूलाई वर्गको हिसाबले दिनुपर्ने अधिकारसँगसँगै जातिगतरूपमा पनि अलग अधिकार दिइन सकिन्छ। रोजाले जातिगत स्वायत्त शासनलाई ( जुन केहि निर्दिष्ट खण्डहरूमा, स्थानीय स्वायत्तशासनको जरुरतकै एक आवश्यक विस्तारित रुप) जातिगत उत्पीडनको सम्भावनाविरुद्ध यथेष्ट सुरक्षा हो भनेर सोच्नुहुन्थ्यो। रोजा लक्समबर्गको अनुसार, एक विशेष क्षेत्रमा जहाँ पोल्याण्डीय मानिसहरू जनसंख्याको ठूलो हिस्सा छन्, त्यहाँ पोल्याण्डीयहरूको लागि जातिगत स्वायत्त शासन पर्याप्त समाधान हो। तर यसलाई यहूदीहरूको लागि फेरि लागू गर्न सकिँदैन, किनकि उनीहरूको बसोबासो गर्ने ठाउँ एउटै मात्र क्षेत्र होइन, र सांस्कृतिक रूपमा उनी पोलिश र रूसी संस्कृतिको बीचमा छिट्टै बिलाउँदै जाँदै छन्; यस्तो स्वायत्त शासन लिथुआनिया र काकेशस क्षेत्रहरूमा पनि लागू हुन सक्दैन, जहाँ जातीगत बितरण यति जटिल छ कि कुनै एक जातीय समूहलाई प्रभुत्व गर्न दिनु उचित होइन। क्षेत्र-निरपेक्ष राष्ट्रिय स्वायत्त शासनको धारणालाई पनि रोजाले विरोध गरे,  विभिन्न जातिहरूको एकवद्धताको लागि बाधा हुन्छ भनेर। यस अवस्थामा, अल्पसंख्यक जातिहरूको सांस्कृतिक अधिकार रक्षा गर्न रोजा लुक्समबर्गको एकमात्र प्रस्ताव थियो, विस्तृत स्थानीय स्वायत्त शासन प्रति सबै जाती समूहहरूको सहभागिता। अर्कोतर्फ, लेनिनअनुसार, यो जातीगत स्वायत्तशासन केवल ‘जातिगतरूपमा छुट्टिने अधिकार’ (secession) मार्फतनै पूर्णतः सम्भव छ। रोजाले भने, “ अल्पसंख्यकहरूको हित रक्षा गर्ने एक अलग, राज्य-व्यापी, भाषागत कानून चाहिन्छ, जसले गर्दा एक न्यूनतम अल्पसंख्यक जातिसमुह पनि  तिनीहरूको भाषामा संचालित विद्यालय स्थापनाको अधिकार निश्चितरूपले पावोस्। रोजा लक्समबर्गले तर्क दिए कि यस्तो प्रणालीले जसरी कुनै जातिको क्षेत्रमा जातीगत स्वायत्त शासनको व्यवस्था प्रदान गर्नेछ, साथै क्षेत्रीयरूपमा सीमित नभएको जातिसमूहका लागि शैक्षिक र भाषागत ग्यारेन्टीहरू सिर्जना गर्नेछ। तथापि, रोसाजस्तै, लेनिनले पनि जातीय अल्पसंख्यकहरूको लागि आफ्नो भाषा र संस्कृति प्रयोग गर्न अधिकारलाई समर्थन गरे। लेनिन र धेरै अन्य मार्क्सवादीहरू जस्तै, रोजा लक्समबर्गले जातिगत भिन्नताहरू बिलाउने प्रवृत्तिलाई चिह्नित गरे। तर यस्तो गर्दा रोजाले मिश्रित जाति क्षेत्रहरूका समस्याहरूलाई कम महत्व दिएका छन, अनि शिक्षा र भाषासम्वन्धित प्रशासनिक समस्याहरूलाई मात्रै देख्नुभयो।

 लेनिन स्वयम् प्रथम विश्वयुद्ध अघि रोजा लुक्सेमबर्गको दृष्टिकोणलाई नकारेर ‘जातिहरूका आत्मनिर्णयको अधिकार’ भन्ने निबन्ध लेख्नु भएको थियो। उसको आफ्नै दलभित्रको आन्तरिक परिस्थितिमा लुक्सेमवर्ग विरुद्धको यस दृष्टिकोण निकै महत्त्वपूर्ण थियो। लुक्सेमबर्गले यस प्रश्नमा निरन्तररुपमा दलभित्र पोल्याण्डको क्रान्तिकारी कार्ल राडेक अनि युरि पियाताकोभको समर्थन भेटिरहेका थिए, अनि राष्ट्रियताको आन्दोलन प्रति कुनै प्रकारको समर्थन विरुद्ध उभिंदै 1915-16 मा बुखारिन पनि यस खेमासँग आफूलाई जोड्नु पुगे। साम्राज्यवाद अनि युद्धको हालैको स्थितिको बारेमा विश्लेषण गर्दै बुखारिनको विचार के थियो भने, सानो स्वतन्त्र राज्यहरू अझ प्रभावकारी रहेन अनि यसको फलस्वरूप राजनैतिक शक्तिको हिसाबले राष्ट्रियतावाद एउटा अतीतको विषयमा परिणत भइसकेको छ। आत्मनिर्णयको स्लोगन त्यस कारण ‘प्रथमतः एक युटोपिया हो (पुँजीवादको सीमाभित्र त्यो आर्जन गर्न सम्भव पनि छैन) अनि त्यसमाथि यो एउटा अल्लमल्ल पार्ने हानिकारक स्लोगन हो’। यसमा पनि मुख्यतः रोजा लुक्सेमबर्गको तर्क नै  प्रतिबिम्बित भयो कि ‘जातिगत स्वार्थको कुरा गर्नु प्रताडना हो’। लेनिनसँग ‘वामपन्थी’ बोल्शेविकहरूको यो बहस पहिलोचोटी 1915मा भयो, ‘कम्युनिस्ट’ पत्रिकामा प्रकाशित कार्ल राडेकको एक लेखको सन्दर्भमा, अनि त्यसपछि सन 1916मा बुखारिन र पियाताकोभले पार्टीले कार्यक्रममा उल्लिखित 9 नम्बर धारा (जातिहरूको आत्मनिर्णयको अधिकार) हटाउन आग्रह गरे। कार्यक्रम अपरिवर्तित नै रह्यो, तर बुखारिन र पियाताकोभको वक्तव्य प्रति व्यापक समर्थनले देखाई दियो कि धेरै जना बोल्शेविकहरू आत्मनिर्णयको अधिकार विरुद्ध छन् अनि यस धारालाई कुनै पनि समयमा ‘असान्दर्भिक’ भनेर नकार्न सकिन्छ। यस दृष्टिकोणलाई अल्पसंख्यक जातिहरूप्रति सिधासिधी  प्रत्यक्ष स्वरुपको रूपमा यो मनोवृत्ति विचार गर्न गलत हुनेछ, किनभने यस अवधारणाको आधार पनि गहिरो थियो। यो विचार रोजा लक्समबर्गद्वारा युरोपमा आम्तौरमा लागु हुनुसक्ने जाति सम्बन्धित एक गम्भिर मार्क्सवादी दृष्टिकोण विकास गर्न प्रयासबाट आएको थियो। तर लेनिनको आशंका सही थियो कि, यो अडान ‘महान रूसी अहंकार’ को अभिव्यक्तिहरूको तत्व बनिनेछ र अल्पसंख्यक जातिहरूले पनि यस अडानलाई त्यसरी नै देख्नेछन्। सन 1917 पछि सोभियत संघको धेरै जना कार्यकर्ताद्वारा अल्पसंख्यक जातिहरूप्रति नजरअन्दाजपूर्ण मनोभावको धेरै कारणहरू मध्ये यो सैद्धान्तिक विचार पनि एक प्रमुख कारक हो। 

सन 1917-को अघि र पछि बोल्शेविकहरूको पक्षबाट राष्ट्रियताको प्रश्नको पक्षमा प्रमुख मुखपात्र हुनुहुन्थ्यो। सन 1913-मा लेखिएको स्टालिनको ‘मार्क्सवाद र जाति प्रश्न’ शीर्षक लेखमा उहाँले आफ्नो आफ्नो विचार स्पष्टरूपमा व्यक्त गर्नु भएको छ। राष्ट्रियताको प्रश्नमा स्टालिनको विचार लेनिनको सामान्य दृष्टिकोणकै अनुयायी स्वरूप थियो, तर कतिपय प्रमाण यस्तो पनि छ कि स्टालिनको लेखको केही अंशलाई लेनिनले दृढतासाथ अस्वीकार गर्नु भएको थियो। स्टालिनको तर्कहरूमा धेरैवटा उहाँको आफ्नै थियो, अनि लेनिनले त्यसको विरोध गर्नुभयो। प्रथमत, स्टालिनले जातिको संज्ञा दिँदै भन्नु भयो— “कुनै जाति भन्नाले ऐतिहासिक रूपमा गठित जनगणको स्थायी जनगोष्ठी हो, जुन एउटा भाषा, एउटा सिमाना, एउटा आर्थिक जीवन, एउटै मानसिक गठन जसको प्रतिबिम्ब एउटै सांस्कृतिक अभिव्यक्ति हो— यी सबै को आधारमा बनिन्छ”। यस धारणालाई धेरैले पुर्व उल्लिखित अस्ट्रिय-मार्क्सवादीहरूका विचारको प्रतिबिम्ब हो भनेर ठहराएका पनि छन्। यसमा भनिएको सांस्कृतिक पहिचान जस्ता कुराहरूले समग्र जातिलाई एउटा धागोले झै जोड्नेछन्, त्यसभित्रको वर्ग विभाजनलाई सारिराखेर— जुन धारणालाई लेनिनले पटक्कै मनपराउनु हुन्थेनन्। धेरै जनाको आरोप छ— जातिको यस्ता तुलनात्मक सिमित संज्ञा दिनुको अर्थ हो यस धारणालाई उपयोग गरेर कतिवटा अल्पसंख्यक जनजातिको (खासगरी यहुदीहरूको) मर्यादा अस्विकार गर्न सकिन्छ, जातिको मापदण्ड पुरा भएन भनेर बहाना देखाएर। जातिको संज्ञा दिंदै स्टालिनले जसरी एक क्षेत्रमा थुपारिएको जातिको घनिभूत जनसंख्यामाथि जोर दिनुभयो, त्यसले गर्दा ती अल्पसंख्यक जातिसमुहका अधिकार हनन हुनु सकिन्छ, जो कुनै क्षेत्रमा बहुमत जनजातिको तुलनाको सङ्ख्यामा कम्ती हुन्। तिनीहरूको अस्मिता केवल सम्पूर्णरूपले गणतन्त्रको प्रवर्तनद्वारा नै पुरा हुनसकिन्छ, भाषा, शिक्षा र धर्मपालनको अधिकार पनि त्यसरी नै पुरा हुनसकिन्छ।

स्टालिनको महत्वपूर्ण योगदान हो ‘क्षेत्रीय स्वायत्तशासन’— एउटा यस्तो प्रकरण जुन ‘जातिहरूबीचको बाधाहरूलाई दुर गर्छ’। संघीय ढाँचाको तुलनामा, क्षेत्रीय स्वायत्तताको फाइदा के थियो भने “यसले जातिहरूलाई राष्ट्रियताहरूमा विभाजित गर्दैन, यसले जातिहरू बीचको बाधाहरूलाई बलियो बनाउँदैन; यसको विपरीत, यसले बाधाहरू तोड्छ र जनतालाई यस्तो प्रकारले एकजुट गर्दछ कि अर्कै विभाजनको बाटो खोलिन्छ, त्यो हो वर्ग विभाजनको बाटो”। अर्कोतर्फ, फेडेरेलिजम वा संघीयतावाद ‘एक संयुक्त मजदुर पार्टीलाई विभाजित गर्दछ’, राष्ट्रिय पहिचानको आधारमा ट्रेड यूनियनलाई विभाजित गर्दछ, जातिगत विरोधाभास बढाउछ, सोसल डेमोक्रेसीको सम्पूर्ण शक्तिबीच निराशाको जन्म दिन्छ। यो ध्यान दिनु पर्छ कि यसमा स्टालिनले राज्यीय संघीयतावादको कुरा गर्नु भएनन्, उहाँले समाजवादी आन्दोलनभित्र संगठनात्मक संघीयताको कुरा गरे। तर यति नै उहाँको लेखनमा क्षेत्रीय स्वायत्तता र संघीयताको बीच अंतर स्पष्ट पार्नको लागि एकमात्र प्रयास हो। स्वायत्तताले जातीगत बाधाहरू घटाउदै मजदुरहरूलाई एकबद्ध गर्दछ, तर संघीयताले तिनीहरूलाई विभाजित गर्दछ! यद्यपि लेनिनले संघीयतावादलाई विभेदकारी भनेर यस्तै तरिकाले निन्दा गरे, तर उहाँले यसलाई नीति नभनेर, कौशलको रूपमा कुनै विशिष्ट अवस्थामा यसको अस्तित्व स्वीकार गर्न तयार थिए। अनि संघीयताबारे उहाँको विरोध स्वायत्ततामा पनि लागु हुन्छ। यहाँ कुरा यस्तो हो कि संघीयता र क्षेत्रीय स्वायत्तताबीच ठोस अंतर त्यतिबेला स्पष्ट थिएन, र पछि यही महत्वपूर्ण भएर देखापऱ्यो।

बोल्शेविकको बीचमा विवाद र रणनीति 

जे होस्, यस्तो धमिलो स्थितिमा लेनिन र स्टालिनको नेतृत्वमा परिचालित बोल्शेविकहरूको मुखपत्रहरूमा भनिएको नीतिसमूह सामान्य रुपमा अल्पसंख्यक राष्ट्रियतावादको पक्षधर भएरै स्पष्टरूपमा उभिएको थियो। अल्पसंख्यक राष्ट्रियताहरूको लागि दायित्वप्राप्त सरकारी संस्थाहरूको (जस्तै, पिपल्स कमिसारियट अफ नेशनलिस्ट एफेयार्स वा संक्षेपमा ‘नार्कोमनात्स’) ज्यादातरको नेता र कार्यकर्ताहरू अल्पसंख्यक राष्ट्रियताहरूका मानिसहरू थिए, त्यस कारण तिनीहरूको ध्रुवीकरण स्पष्टरूपमा अल्पसंख्यक जातिहरूको पक्षमा थिए। 

बोल्शेविकहरूका निम्ति जाति प्रश्नमाथि चर्चाको केन्द्रविन्दुमा थियो पोल्याण्ड, युक्रेन, बाल्टिक राज्यहरू अनि फिनल्याण्ड, अनि केही हदसम्म ट्रान्सक्केसिया। सत्तामा आएपछि, यद्यपि बोल्शेविकहरूलाई केवल मध्य एसिया अनि ककेसस जस्ता मुख्यतः गैर-रुसी क्षेत्रहरू लिएर मात्रै टाउको दुखाउनु परेन, बरु रसिया भित्रका भोल्गा क्षेत्र, साइबेरिया र अन्याय क्षेत्रका सानो जातिगोष्ठीको सम्बन्धित विषयहरूको पनि सामना गर्नुपरेको थियो। उत्पीडित जातिहरूको आत्मनिर्णयको अधिकारको स्लोगनले गर्दा गैर-रुसीहरूको समर्थनलाई व्हाइट गार्डहरूको सट्टामा बोल्शेविकहरू पट्टी जुटाइदियो। व्हाइटगार्डहरू खुल्लमखुल्ला ‘रुसीकरण’को पक्षमा उभिएका थिए। 

नितान्तै चाखलाग्दो कुरा के हो भने सन् 1921 सम्म बोल्शेविक पार्टीभित्र चलेको बहसहरूमा प्रमुख विषय थियो  ‘राष्ट्रियताको आत्मनिर्णयको अधिकार’। पार्टीभित्र राष्ट्रियताबारे चर्चाचर्की सृजनात्मक बहस भएको थियो। 1917 को अप्रेल महिनामा सातौँ पार्टी सम्मेलनमा पियाताकोभ र अरुहरूले पार्टीको कार्यक्रमबाट यस धारालाई निर्मुल पार्ने प्रयास गरेकै थिए। तर सफल भएन। यस्तो एउटा व्यावहारिक समयमा पनि सम्मेलनद्वारा पहिले पारित गरिएको प्रस्तावमा कुनै उन्नत फेरबदल देखा परेन। यही विषय नै 1919 को मार्च महिनाको आठौ कङ्ग्रेसमा पनि नयाँ प्रकारले प्रतिध्वनित भयो। पियाताकोभले यस सम्मेलनमा भन्नुभयो कि, “अघिको 2 वर्षको अनुभवबाट हामी यो बुझ्न सक्छौँ कि— ‘जातिहरूको आत्मनिर्णको अधिकार’, जुन दृष्टिकोणलाई हाम्रो पार्टीले उहिलेदेखि नै अपनाएर बसिरहेको छ, त्यो आज समाजवादी क्रान्तिको परिप्रेक्ष्यमा प्रतिक्रान्ति शक्तिहरूलाई भेला पार्नको लागि एक प्रभावकारी स्लोगनमा परिणत भएको छ’। बुखारिनले अझै नयाँ युक्ति प्रस्तुत गर्नुभयो, “राष्ट्रियताको आत्मनिर्णयको यस स्लोगन पुँजीवाददेखि समाजवादमा परिवर्तनको यस समय अवधिमा एकदमै समयानुकूल होइन, बरु यो  ‘श्रमजीवी जनताको’ आत्मनिर्णयको अधिकारद्वारा प्रतिस्थापित हुनु पर्नेछ”।

आठौं कांग्रेसद्वारा पारित कार्यक्रममा, ‘आत्मनिर्णयको अधिकार’को सन्दर्भमा एक नयाँ शब्द थपिएको थियो। 9 नम्बर धारामा, जहाँ अनुच्छेद 4 अनुसार, “अखिल रुस कम्युनिस्ट पार्टीको पक्षबाट, कुनै जातिले छुट्टिने अधिकारको माग गर्दा, त्यस विषयलाई ऐतिहासिक विकासधारा र वर्ग दृष्टिकोणको सन्दर्भमा हेर्नुपर्नेछ। अर्थात् त्यो जातिको ऐतिहासिक विकासको प्रक्रिया कहाँ उभिरहेको छ त्यसको विचार गर्नुपर्छ— त्यो जाति के मध्ययुगबाट बुर्जुवा गनतन्त्रतिर जाँदैछ कि सोभियत वा सर्वहारा गनतन्त्रतिर, इत्यादी। “

प्राय: गलत रूपमा उद्धृत गरिएको यो अनुच्छेद लेनिन र बुखारिन बीचको मोलतोलको सम्झौता पट्टी इशारा गर्छ। पार्टी प्रोग्राम लिएर काँग्रेसमा दिएको जवाबी भाषणमा लेनिनले दह्रिलो तरिकाले पियाताकोभ र बुखारिन— दुवैजनाको दृष्टिकोणलाई नै विरोध गर्नु भएको थियो। उहाँले भन्नुभयो कि गैर-रुसी जातिगोष्ठीहरूभित्र वर्गको विकास र विभाजनमा त्यति अग्रसर बढेको छैन कि त्यहाँका श्रमजीवि मानिसको आत्मनिर्णयको अधिकार लिएर कुरा गर्न सकिन्छ। यस सन्दर्भमा लेनिनले केवल बाश्किर, किर्गिज, उज्बेक, ताजिक अनि तुर्कमेनहरूको कुरा मात्रै गर्नुभएन, फिनल्याण्डको बारेमा आफ्नो मत राख्नु भयो। तरैपनि पारित प्रोग्रामको नयाँ अनुच्छेदबाट, अनि बहसबाट पनि स्पष्ट पाइन्छ कि आत्मनिर्णयको पुरानो नीति प्रभावकारी हुनसक्छ केवल कम उन्नत राष्ट्रियताहरूको लागि, र तुलनामा विकसित जातिहरूको खण्डमा श्रमजीवी जनताको आत्मनिर्णयको नीति प्रभावकारी हुनेछ। आत्मनिर्णयको प्रश्नमाथि यी बहसहरूले नै देखाइदिन्छ कि रुसी कम्युनिस्ट पार्टीभित्र जाति प्रश्नमा कति गम्भीर्तासाथ बेग्लाबेग्लै दृष्टिकोणहरू रहेको थियो। तर जाति नीति बारे स्टालिनमाथि जिम्मेवारी पाउनु बितिक्कै क्रान्तिपछि नीतिको प्रश्नमा यस बहसको सान्दर्भिकता नै हरायो। यसैबीच 1918-मा स्टालिनले खुल्ला घोषणा गर्नुभयो कि आत्मनिर्णयको अधिकारको स्लोगन भने पुरानो भइसकेको छ अनि यसलाई ‘समाजवादको मुल नीति’को अधीनमै हेर्नुपर्नेछ।

आठौं कांग्रेसद्वारा पारित कार्यक्रममा, ‘आत्मनिर्णयको अधिकार’को सन्दर्भमा एक नयाँ शब्द थपिएको थियो। 9 नम्बर धारामा, जहाँ अनुच्छेद 4 अनुसार, “अखिल रुस कम्युनिस्ट पार्टीको पक्षबाट, कुनै जातिले छुट्टिने अधिकार माग्दा, त्यस विषयलाई ऐतिहासिक विकास धारा र वर्ग दृष्टिकोणको सन्दर्भमा हेर्नु पर्नेछ। अर्थात् त्यो जातिको ऐतिहासिक विकासको प्रक्रिया कहाँ उभिरहेको छ त्यसको विचार गर्नु पर्छ— त्यो जाति के मध्ययुगबाट बुर्जुवा गनतन्त्र तिर जाँदैछ कि सोभियत वा सर्वहारा गनतन्त्र तिर, इत्यादी। “

प्राय: गलत रूपमा उद्धृत गरिएको यो अनुच्छेद लेनिन र बुखारिन बीचको मोलतोलको सम्झौता पट्टी इशारा गर्छ। पार्टी प्रोग्राम लिएर काँग्रेसमा दिएको जवाबी भाषणमा लेनिनले दह्रिलो तरिकाले पियाताकोभ र बुखारिन— दुवैजनाको दृष्टिकोणलाई नै विरोध गर्नु भएका थिए। उहाँले भन्नुभयो कि गैर-रुसी जातिगोष्ठीहरूभित्र वर्गको विकास र विभाजन पटक्कै त्यति अग्रसर बढेको छैन कि त्यहाँका श्रमजीवि मानिसको आत्मनिर्णयको अधिकार लिएर कुरा गर्न सकिन्छ। यस सन्दर्भमा लेनिनले केवल बाश्किर, किर्गिज, उज्बेक, ताजिक अनि तुर्कमेनहरूको कुरा मात्रै गर्नुभएन, फिनल्याण्डको बारेमा बात राख्नु भयो। तरैपनि पारित प्रोग्रामको नयाँ अनुच्छेदबाट, अनि बहसबाट पनि स्पष्ट पाइन्छ कि आत्मनिर्णयको पुरानो नीति प्रभावकारी हुनसक्छ केवल कम उन्नत राष्ट्रियताहरूको लागि, र तुलनामा विकसित जातिहरूको खण्डमा श्रमजीवी जनताको आत्मनिर्णयको नीति प्रभावकारी हुनेछ। आत्मनिर्णयको प्रश्नमाथि यी बहसहरूले नै देखाइदिन्छ कि रुसी कम्युनिस्ट पार्टीभित्र जाति प्रश्नमा कस्तो गहिरोसँग बेग्लाबेग्लै दृष्टिकोणहरू रहेको थियो। तर जाति नीति बारे स्टालिनमाथि जिम्मेवारी पाउनु बितिक्कै क्रान्तिपछि नीतिको प्रश्नमा यस बहसको सान्दर्भिकता नै हरायो। यसैबीच 1918मा स्टालिनले खुल्ला घोषणा गर्नुभयो कि आत्मनिर्णयको अधिकारको स्लोगन भने पुरानो भइसकेको छ अनि यसलाई ‘समाजवादको मुल नीति’को अधीनमै हेर्नुपर्नेछ।

यद्यपि आत्मनिर्णयको अधिकारलाई लेनिनले जसरी हेर्नुभएका थिए, ठिक त्यसरी नै फिनल्याण्डको स्वतन्त्रताको प्रश्नमा त्यसको प्रयोग भएको थिएन, तरैपनि यस नीतिको अनुयायीहरूले महत्त्वपूर्ण विरोधको खण्डमा यस उदाह्र्णलाई नै देखाऊछन। स्वायत्तशासित जातिगत संस्था गठन अनि जातीक क्षेत्रहरूका सीमा कोर्दा यस समयको बादमा ‘आत्मनिर्णयको धारणाको निचोड’ भन्ने कुरा धेरै पल्ट उल्लेख गरिएको पाइन्छ। तर हामी के पाउन्छौँ भने यसलाई प्राय नै स्थानीय जनताको इच्छाको अभिव्यक्तिको रूपमा, सोभियत कंग्रेसद्वारा व्यक्त भएको छ, जुन निर्णय लिंदा महत्वसित देखिएको थियो। पार्टी कांग्रेसमा जाति नीति लिएर बहस जाति नीतिको दिनहुँ कार्यन्वयनमा प्रतिबिम्बित भएको पाइन्छ। लेनिन स्वयम् पार्टी अधिवेशन र कांग्रेसहरूमा जाति प्रश्नमाथि बहसमा दह्रिलो भूमिका लिए पनि, उहाँको गहिरो उद्वेग थियो जाति नीति माथि अन्तर्राष्ट्रिय प्रभाव बारे। सन 1922 को अन्ततिर उहाँले स्विकार्नु भयो कि जाति नीतिको वास्तव कार्यन्वयनमा पार्टीको भूमिकामा कमी रह्यो।     

क्रान्तिको लगत्तै पिछे एस्तो धमिलो स्थितिमा राष्ट्रियताको प्रश्नमा नयाँ कार्यान्वयन प्रक्रिया विकासको खाँचो थियो। ‘कमिसारियट’को मुखपत्र ‘झिझन नाट्सियानल नस्तेई’मा अल्पसंख्यक राष्ट्रियताहरूका संक्षिप्त इतिहास अनि तिनीहरूको वर्तमान अवस्था वर्णन गरीकन धारावाहिक निबन्धहरू आउन थाल्यो। यी निबन्धहरू प्रकाशको प्रमुख उद्देश्य थियो अल्पसंख्यक जातिहरूको बारेमा सठिक धारणा फैलाउनु, जुन धेरै रुसीहरूको लागि अनजान कुरा थियो। अनि अर्को पट्टी थियो जाति प्रश्नमा तत्कालिक कामहरूका तयारी। यी सबै निबन्धहरूमा सामान्यतया यस समुदायहरूका सांस्कृतिक, राजनैतिक र आर्थिक विकासको निम्नस्तरको कुरा आउथ्यो। तुर्कमेन र किर्गिजहरू ‘असहाय, भूमिहीन, अश्वहीन दरिद्र’ मानिसहरू हुन्, विकासको सुयोग कम्ती, गहिरोसँग मस्जिद द्वारा प्रभावित; काल्मिकहरू ‘अज्ञान, दमित जातिगोष्ठी हुन्’; चुभासहरू अशिक्षित अनि तिनीहरूका संगीन आर्थिक अवस्था, अनि यिनीहरू सबै जना नै रुसी र तातारहरू द्वारा शासित हुन्, किनभने यस क्षेत्रहरूको सम्पूर्ण उद्योग र व्यापार यिनीहरूको नियन्त्रणमा थियो। यस ‘पछौटेपन’को फलस्वरुप, यी जनजातिको मानिसहरूले क्रान्ति बारे उदासीन छ, रुसीहरू बारे अबिश्वासी, अनि गहिरोसँग धर्मद्वारा प्रभावित छ। त्यसले गर्दा, सोभियत सत्ताको तात्कालिक कर्तव्य हो तिनीहरूका आर्थिक स्थितिको उन्नति, शिक्षाको सुयोग-सुविधा प्रदान, स्थानीय बुद्धिजीवीहरूलाई जतिसक्दो आकर्षित गर्नु अनि स्थानीय भाषाहरूमा समाजवादी प्रचारको काम चलाउनु।

बोल्शेविक पार्टीको पत्रिका ‘प्राभ्दा’को 9 एप्रिल, 1918को अङ्कमा ‘एक तात्कालिक कर्तव्य’ निबन्धमा स्टालिनले गैर-रुसीहरूका निम्न सांस्कृतिक स्तरको समस्या बारे जोर लगाउनु भयो— “सोवियत शक्ति अझै सीमावर्ती क्षेत्रहरूमा बसोबासो गर्ने संस्कृतिक पछौटेपनको शिकार जनजाति क्षेत्रहरूमा मानिसको सशक्तीकरणको कार्यक्रम अरु ठाउँ जस्ता सफल भएको छैन। केन्द्रमा क्रान्ति शुरु भएर सिमावर्ती क्षेत्रहरूमा, खसगरी पूर्वीय दिशामा ढिलो भए पनि फैलिएको छ। तर खासगरी भाषा र जीवनचर्यको तरिकाले गर्दा, अनि आर्थिक पछौटेपनले गर्दा पनि यस क्षेत्रहरूमा सोभियत सत्ताको घनीभवन केही जटिल भएको छ। यस क्षेत्रहरूमा सत्तालाई जनताको सत्ताको हिसाबले तुल्याउन अनि श्रमजीवी जनतालाई समाजवादी बनाउन, अरु धेरै कामहरू सित केहि विशेष प्रक्रिया पनि अपनाउन पर्छ, ताकि यस क्षेत्रका खटीखाने मानिसहरूलाई क्रान्तिकारी विकास पट्टी ल्याउनु सफल बनोस्। जनगणलाई सोभियत शक्तिको पर्यायमा उठाउन पर्छ अनि त्यससित तिनीहरूबाट सर्वोत्तम प्रतिनिधिहरूलाई चिह्नित गर्नुपर्छ।”

स्टालिन अनुसार यस सबभन्दा महत्वपूर्ण ‘विशेष प्रक्रिया’ थियो जातिगत-क्षेत्रीय स्वायत्तता। स्टालिनको भाषामा— “ स्वायत्तशासित नभइन्जेलसम्म यो गर्नु असम्भव हो, अर्थात् तिनीहरूको आफ्नो स्कुल, अदालत, शासनढांचा र सामाजिक, राजनैतिक, अनि सांस्कृतिक संस्थानहरू निर्माण नभएसम्म, अनि जबसम्म यी क्षेत्रहरूका श्रमजीवी जनगण तिनीहरूका आफ्नो भाषा सामाजिक र राजनैतिक कामकाजको समस्त ठाउँमा उपयोग गर्ने पूर्ण अधिकार पाउदैनन्।”

सन् 1924 को मार्च महिनामा रुसी कम्युनिस्ट पार्टीको दशौँ काँग्रेसमा स्टालिनले पछौटेपनमाथि नै जोर दिनु भयो, जबकि प्रथम काँग्रेसमा जाति प्रश्न लिएर छलफलमा आत्मनिर्णयको अधिकारको कुरा र त्यसको कार्यान्वयनमाथि नै जोर थियो। यस कङ्ग्रेसद्वारा पारित प्रस्तावमा गैर-रुसी श्रमजीवी जनतालाई अग्रगामी रसियाको समान विकासको स्तरमा उचालेर ल्याउनलाई सहायताको कामलाई पार्टीको कर्तव्य हो भनेर चिह्नित गरिईएको थियो— (क) सम्बन्धित जनताका जातिगत स्थितिमाथि निर्भर गरेर तिनीहरूको लागि सोभियत सत्ताको ढांचा विकसित र शक्तिशाली गर्नु; (ख) तिनीहरूको अदालत, प्रशासन, आर्थिक सङ्गठन अनि सत्ताको ढांचालाई विकसित र शक्तिशाली गर्नु, सबै कामकाज स्थानीय भाषामा चलाउनु अनि यी सबै कामहरूमा स्थानीय कर्मी नियुक्ति गर्नु, जो सङ्लग्न स्थानीय जनगणको जीवनचर्य र मनोभावनासित परिचित छन्; (ग) सामान्यतया तिनीहरूका प्रेस, स्कुल, थिएटर, मनोरञ्जनको क्लब, अनि शिक्षासंस्थानहरूलाई विकसित गराउनु, सम्पूर्ण कामहरूमा स्थानीय भाषाको उपयोग गर्नु; (घ) स्थानीय भाषामा साधारण-शिक्षा अनि पेशागत र तकनिकी शिक्षा— दुवैको निम्ति एक विस्तृत नेटवर्क भएको स्कुल अनि पाठ्यक्रमहरूका स्थापना र विकास।

त्यसो भए जाति प्रश्नमा मुख्य काम थियो पछौटेपन निर्मूल पार्नु, जुन जातिगत-क्षेत्रीय स्वायत्तशासनद्वारा आर्जन गर्नु सम्भव छ। बोल्शेविकहरूलाई खास गरी यस कुराथाहा थियो कि तिनीहरूले मुख्यतः कृषिप्रधान एक देशमा समाजवादी क्रान्तिलाई नेतृत्व दिइरहेका छन्, कुनै विकसित पुँजीवादी देशमा होइन। पश्चिमी युरोपको विकसित औद्योगिक देशहरूमा सफल क्रान्ति नभएको कारणले प्रत्यक्ष सहायताको कमी थियो, त्य्स्लेग्र्दा रसियामा आर्थिक र राजनैतिक विकासको लक्ष्यमा किसनहरूलाई धेरै सुविधा प्रदान लगायत कैयौँ समयाबद्ध पाइला चाल्नु आवश्यक थियो। 

यस्तै एउटा पाइला थियो पार्टी काँग्रेस द्वारा चालु भएको नयाँ आर्थिक नीति। गैर-रुसीहरू, जो रुसीहरूको तुलनामा धेरै नै गरिब किसनहरू थिए। तिनीहरूको विकासको योजना जातिको हिसाबले नै लिनुपर्ने थियो। यदि गैर-रुसी किसानहरू त्यति बेलासम्म पनि समाजवादसित अनि सोभियत सत्तासित आफ्नो एकजुटता महसुस गर्न सकेन भने अन्ततः राष्ट्रियताको परिचयको हिसाबले तिनीहरू त्यस सोभियत राज्यसत्तासँग एकबद्धता महसुस गरोस्— यस्तो दृष्टिकोणको आधारमा पनि सोभियत प्रजातन्त्रहरू, स्वायत्तशासित प्रजातन्त्र र स्वायत्तशासित क्षेत्रहरू गठन गरिएको थियो। सन 1921 को अन्ततिर लेखिएको एक निबन्धमा रुसी सर्वहाराको रातो झन्डाको वरिपरि कसरी रसियाको विस्तृत क्षेत्रका बिसभन्दा ज्यादा राष्ट्रियताहरूका किसानहरू समावेशित भएको थियो त्यसको व्याख्या गर्दा स्टालिनले पार्टीको ‘राष्ट्रियताको नीति’लाई तीनवटा मुख्य कारणमध्ये एक हो भनेर चिह्नित गर्नु भएको थियो। यो स्पष्ट रूपमै उहाँको सोच थियो कि जातिगत अस्मिता, संस्कृति र भाषा विकासको माध्यमबाट किसान समुदाय समाजवाद नजिक आउनेछ। 

सोभियत क्षमताको पहिलो वर्षहरूमा बोल्शेविकहरू राष्ट्रियताको प्रश्नमा तिनीहरूको व्यवहारिक नीतिलाई प्रयोग गर्ने मौका पाए, जसको लागि तिनीहरूको तयारी कम थियो। आत्मनिर्णयको अधिकार यस खण्डमा सामान्य गाइडलाइन थियो, यद्यपि छुट्टिने वा स्वतन्त्र राज्य गठनको अधिकार शाब्दिक रूपमा प्रयोग भएको थिएन। तिनीहरूको समर्थकहरूको लागि यसको अर्थ थियो— संवैधानिक मर्यादा, भाषा-संस्कृतिबारे केही मापदण्ड लगायत जातिगत अल्पसंख्यकहरूका आशा-आकाङ्क्षालाई पुरागर्नु। तर आमतौरमा यो प्रयोग थियो नयाँ नयाँ उम्रिएको स्थितिहरूको लागि नयाँ नीतिहरूको निर्माण— धेरै द्वन्द्व र सिर्जनात्मक प्रयोग जसको सधैको सहयात्री थियो। 

सन 1917 अघि, जाति प्रश्नमा मार्क्सवादी सिद्धान्तको केन्द्रविन्दु थियो उत्पीडनको अन्त र मजदुर वर्गको अन्तर्राष्ट्रिय एकता। तर क्रान्ति भइसकेपछि सम्पूर्ण चर्चा साम्राज्यवादी आक्रमणबाट शुरु नभएर सामान्यतया पछौटेपनबाट हुनु थाल्यो। यस सन्दर्भमा नै प्रस्ताव गरिदिएको थियो कि— राष्ट्रियतावाद अझै सकारात्मक हुनसक्छ, गैर-रुसीहरूको सांस्कृतिक, आर्थिक, र राजनैतिक विकासको एउटा उपाय हुनसक्छ। जातिगत परिचय एक समस्या नभएर खासमा समस्या समाधानको एक बाटो भएर देखापऱ्यो। स्वायत्तशासनलाई तिनीहरूका जाति नीतिको केन्द्रबिन्दु बनाएर बोल्शेविकहरूले केवल रोजा वा स्टालिनको सिद्धान्तको तत्वहरूलाई मात्रै होइन, अस्ट्रिय-मार्क्सवादीहरूको दृष्टिकोणबाट केहि तत्वलाई पनि आत्मसात गऱ्यो। सन 1921 मा यहुदी बुन्द र युक्रेनीय बोरोतबिस्तहरूद्वारा कम्युनिस्ट आन्दोलनमा भागिदारी यस विषयको अतिरिक्त प्रमाण हो। मार्क्सवादी दृष्टिकोणको यस्तो एक सैद्धान्तिक पूर्वशर्तलाई केही समयको लागि बोकेर हिँड्ने प्रचलन भयो — जाति एक रुपान्तरकालिन विशिष्टता हो जुन द्रुतगतिमा अदृश्य हुनपुग्छ। 

यस्तो समयमा एक जना तातार कमुनिस्ट एस. साइद गालियेभलाई लेखिएको एक चिट्ठीमा लेनिनले स्वीकार्नु भयो कि जातिगत पार्थक्यहरू अनि त्यस कारण जातिगत स्वायत्तशासनको संस्थाहरू पनि केही समयकालको लागि टिकिरहन्छ। सन 1923 मा रुसी कमुनिस्ट पार्टीको 12औं काँग्रेसमा यस सिद्धान्तले मान्यता पायो। जाति यस्तो विषय होइन कि केही वर्षभित्र हराउँछ। त्यसको विपरीतमा क्षेत्रीय स्वायत्तशासन, जातिगत एकीकरण, शिक्षा-भाषा-संस्कृतिको विकास अनि अल्पसंख्यक जातिभित्रबाट कमुनिस्ट कर्मी विकसित गराउनु द्वारा गैर-रुसीहरूलाई समाजवादको ‘उच्चस्तर’मा पुऱ्याउने लक्ष्य लिएर बोल्शेविकहरूले जातिलाई नै फोकास गर्ने योजना लियो। 

क्रान्तिको अघि र पछि राष्ट्रियताको प्रश्नमा बोल्शेविकहरूमा नीतिको फरक लिएर धेरै चर्चा र समालोचना हुन्छ। तर यो स्वीकार्ने पर्छ कि क्रान्ति अघिको स्थिति र त्यस सम्बन्धित सैद्धान्तिक चर्चाको वस्तुगत आधारहरू क्रान्ति पछिको स्थिति जस्तो पटक्कै थिएन। जमिनी स्थितिमा बदलाव आएको थियो। विभिन्न राष्ट्रियताहरूको सचेत र स्वैच्छिक एकताको विचारदेखि हटेर लेनिनहरू यस्तो स्थितिमा आएर उभिएकाछन जहाँ दमनकारी राष्ट्रियताको मजदुरवर्गलाई उभिनु पर्छ दमित जातिको श्रमजीवी जनताका अधिकार रक्षाको पक्षमा। तर यसको मतलब ‘जातिगत अधिकार’ले ‘अन्तर्राष्ट्रिय मजदुर एकता’को प्रश्नलाई नाघ्नु भने होइन। जस्तै संघीयताको प्रश्न। सन 1917 को नोभेम्बर अघि नेन्शेविककहरू झैँ बोल्शेविकहरूले पनि फेडेरेलिजमलाई विरोध गरेको थियो। तर अहिले जब पहिलाको राज्ययन्त्र छैन, तब यस धारणा विरुद्ध क्रान्ति-पुर्वको बहसहरू काम लाग्दैन। यस्तो स्थितिमा संघीय ढांचाले छरिएका छुटपुट अंशहरूलाई एकैसाथ जोड्ने उपाय भइदियो। यसको विपरितमा यस्तो पनि देखा पऱ्यो कि लेनिन द्वारा संचालित संघीय ढांचा लक्ष्यमा पुग्ने एक उपाय मात्रै थियो, त्यो लक्ष्य नै चै थिएन।  संघीय ढांचा त्यतिबेला जातिगत पार्थक्यहरू कम गरेर एकताको बाटो हिड्ने एक आवश्यक पर्याय थियो, अन्तर्राष्ट्रियता पाठको एक पाठ्यक्रम जस्तो थियो। लेनिनले प्राय नै यस विवादित र सुक्ष्म विषयहरूको व्यवहारमा धेरै सावधानीको कुरा गर्दागर्दै हिडेका छन। असंख्य भाषा-जाति-गोष्ठी-धर्म-अनुशासन-क्षेत्रीयताले भरिएका नवगठित सोभियत रसियाको विशाल संयुक्त राज्यमा राष्ट्रियताको विषयलाई बोल्शेविकहरूको नेतृत्वमा कार्यन्वयन गर्दा जुन अभूतपूर्व प्राप्ति र अग्रगति त्यहाँका विभिन्न जनजातिक मानिसहरूले पाएका थिए, र समग्रतामा समृद्ध भयो हाम्रो अनुभवको भण्डार अनि क्रान्तिकारी राजनीतिको बाटोमा स्थापित भयो धेरैवटा नयाँ माइलखुट्टी। त्यसकै एक संक्षिप्त चर्चा गरौँ।

स्वायत्तशासन अनि स्वतन्त्रता

क्रान्ति भइसकेपछि रसियाको नयाँ सरकारले ‘अधिकारको घोषणा’मा हरेक राष्ट्रीयतालाई आफ्ना पूर्णतया दृढ निर्णय सोभियत कांग्रेसमा बताइदिने आग्रह गऱ्यो—  कसरी र कुन आधारमा संघीय सरकारमा तिनीहरूले भाग लिनु सक्छ? जुलाई 1918 को संविधानमा स्पष्ट भनिएको छ कि ‘विशेष जीवनशैली र जातिगत गठन भएको’  जिला सोभियतहरू एकसाथ आउनु सकिन्छ र छनौट गर्न सकिन्छ कि तिनीहरू रुसी समाजवादी संघीय सोभियत प्रजातन्त्र (RSFSR) मा भाग लिनु नलिनु बारे।

यी व्यवस्थापनहरू जब नियमवद्ध र औपचारिकरूपमा चलिरहेको थियो, तब जातिगत अल्पसंख्यकहरूले केन्द्रीय सरकारमा प्रतिनिधित्व गरिरहेकाछन् अनि तिनीहरूको हातमा सुम्पिएको छ धेरै हदसम्म निर्णय लिने क्षमता पनि— नवगठित ‘पीपल्स कमिसारेट अफ नेसनलिटी एफेयर्स वा संक्षिप्तमा ‘नार्कोमन्यात्स’द्वारा। यहाँ विभिन्न राष्ट्रियताको प्रतिनिधिहरूले केन्द्रीय निर्देशनहरूको जाँच गर्न सक्थे र उनीहरूको प्रत्यक्ष विचारहरू र सुझावहरू सरकारमा पठाउन सक्थे।

सन 1917 र 1923 को बीचमा, 17 वटा स्वायत्तशासित क्षेत्र र प्रजातन्त्रहरू रसियन फेडरेसन भित्र स्थापना भयो अनि यसबाहेक पनि बनियो 5 वटा स्वतन्त्र प्रजातन्त्र। स्वायत्तशासनको सफलता स्थानीय जनताका प्रतिनिधिहरूको सशक्तिकरणमाथि निर्भर थियो। तर यतिबेला त्यहाँ तत्काल एक समस्या देखापऱ्यो—  अधिकांश अल्पसंख्यक जातिहरूको प्रतिनिधित्वको अनुपात कम्युनिस्ट पार्टी र सोभियतहरूमा कम्ती थियो। मूल रुस भूभाग बाहिर पनि सोभियतहरूमा रुसीहरू नै बहुमतमा थिए अनि प्राय नै स्थानीय जनजातिलाई जातिगत थिचोमिचोको शिकार भएको देखिन्थियो। स्थानीय जातीहरूका नेताहरू मुख्यतया राजनीतिक रूपमा  अनभिज्ञ थिए, र सामान्यतया तिनीहरू दुई प्रवाहमा आएका थिए— रूढ़िवादी-धार्मिक वा उग्र-राष्ट्रियतावादी, जुन दुवै नै बोल्शेविक इच्छासाथ सुहाउँदो थिएन। यी विरोधाभासहरूको समाधान गर्न दुई सम्भावनाहरू देखा पऱ्यो— रूसी-बहुल सोभियतहरूलाई नै जातिगत अल्पसंख्यकको नाममा र मस्कोको कडा तत्वावधानमा शासन चलाउन दिनु ताकि जाति प्रश्नमा सठीक दृष्टिकोण प्रतिबिम्बित होस्; अथवा अल्पसंख्यक जातीय नेतृत्वहरूलाई सोभियतको तुलनामा केहि बढी क्षमता दिनु। उदाहरणको रूपमा पहिलो तरिका तुर्किस्तानमा, र दोस्रो बाशकिरियामा देखिएको थियो।   

स्वायत्त क्षेत्रहरू निर्माणमा सम्बन्धित राष्ट्रीयताहरूको तत्काल स्थिति बारे विस्तृत अनुसन्धान र छलफल गरिन्थियो। विशेष गरी कम ज्ञात समूहहरूको लागि, जुन त्यतिबेला एक स्वतन्त्र राष्ट्रियताको हिसाबले परिभाषित पनि भएको थिएन।

1922 को अन्त्यमा आठ वटा स्वतन्त्र प्रजातन्त्रहरू देखापऱ्यो, त्यसमध्ये एउटा बाहेक अरु सबै गैर-रुसी मानिसहरूको थिए, मुख्यतः मुसलमानहरूका। यो कुराले सप्रमाण गर्दछ कि बोल्शेविकहरू मुसलमानहरू बारे धेरै नै संवेदनशील थिए, किनभने जारशाहीको अधिनमा तिनीहरूले एक दीर्घकालिन आतंकको जीवन भोगिएका थिए। पूर्वीय क्षेत्रहरूका औपनिवेशिक विरोधी सङ्घर्षहरूमाथि मास्कोको अन्तर्राष्ट्रिय नीतिको प्रभावबारे पनि बोल्शेविकहरू सजग थिए र युरोपेली साम्राज्यवाद विरुद्ध उपनिवेशहरूका सङ्ग्रामसाथ आफ्नो एकवद्धता दृढरूपमा उपस्थित गर्न खोजे।

प्रजातन्त्रहरू स्थापनाको अर्थ हो विभिन्न क्षेत्रहरू लिएर लामो र बारम्बार गहिरो छलफलबाट अगाडी बढ्नु, विशेष गरी किर्गिज-कजाक जस्तै ठाउँहरू बारे, जहाँ यायावर समुदायका मानिसहरू छन। अगस्त 1922 मा तुर्कस्तानबाट किर्गिस्तान सोभियत समाजवादी गणराज्य (जो वर्तमान कजाखस्तान गठनको आधार हो) छुट्टाउनु नै थियो मध्य एशियाको ठूलो जनसंख्यालाई दुई प्रमुख जातीक समूहमा विभाजन गर्ने पहिलो पाइला, जो-जसको  आफ्नै भाषा र सीमानाहरू थियो। यस प्रक्रियाले नै अन्तमा 1924 मा तुर्कीबाट उजबेकिस्तान, तुर्कमेनिस्तान, ताजिकिस्तान र किर्गिजस्तानमा स्वायत्तशासन स्थापना तिर गयो।

कोहीकोहीले त बोल्शेविकहरूमाथि यस्तो आरोप लगाउँछन् कि तिनीहरूले मध्य एसियाको प्यान- इस्लामिक र प्यान-तुर्की अस्मिताहरूलाई दबाउन लक्ष्य लएर ‘डिभाइड एण्ड रुल’ नीति प्रयोगको निम्ति कृत्रिमरुपमा यस पृथकीकरण गरेको थियो।  तर, इस्लामिक वा तुर्की एकताको यस धारणाहरूको त्यति प्रभाव बुद्धिजीवी महलभन्दा बाहिर थिएन। यसबाहेक 1924 सालको यस पुनर्वितरण ‘निर्दिष्ट वैज्ञानिक प्रक्रिया’द्वारा गरिएको थियो, क्रान्तिको लगत्तैपछि थालिएको थियो भाषा र संस्कृति लिएर शोधको काम, अनि सानो समुदायमा यसको कार्यान्वयन सुरु भयो। यसको निम्ति बोल्शेविकहरूलाई कुनै विरोधको सामना गर्नुपरेन।  बरु आशा अनुसार ‘स्लाभ’ एकता बनाई तुल्याउनुको साटो, बोल्शेविकहरूले रुसीहरू भन्दा बेग्लै बेलारुसी जातिको पहिचानलाई स्वीकृति दियो। इस्लामको तर्फबाट आउने विरोधको सम्भावनालाई तिनीहरूले पत्तो दिएन।   1919 मा यहासम्म कि लिथुवानियाको ‘ग्राण्ड डाची’ लिएर राष्ट्रीयतावादीहरूको सम्झनालाई स्वीकृति दिएर बेलारुस सोभियत प्रजातन्त्रलाई लिथुवानियासँग जोडिदियो।  बेलारुस-लिथुवानिया एकीकरण लिएर यस परीक्षा यद्यपि केही महिनाभित्र पोल्याण्डको आक्रमणले गर्दा अन्त भयो।

जाति आधारित प्रजातन्त्र निर्माणको विषय नार्कोमनात्स-हरूको नीतिले गर्दा अझै शक्तिशाली बनियो। किनभने तिनीहरूले जारशाहीको शासन अवधिको निर्वासितहरूलाई, युद्ध र भोकमरीको शरणार्थीहरूलाई यस्ता क्षेत्रहरूमा बसोबासो थाल्न प्रोत्साहित गऱ्यो जहाँ एकदमै कम्ती आवादी थियो।  यस्तो स्वैच्छिक आप्रवासन नीतिको अर्को पक्ष थियो यसले गर्दा रूसी र अन्य स्लाभ उपनिवेशवादीहरूलाई जबर्जस्ती तिनीहरूले कब्जा गरिएका क्षेत्रहरूबाट हटाउन बाध्य पार्नु। उत्तरी ककेससको स्थानीय जनजाती चेचेन र इंगुसहरूले बोल्शेविकहरूको समर्थन द्वारा यसरी नै 65000 कसाक दखलकारीहरूलाई खेदेर आफ्नो बास्भुमी, जमिन, गाईबस्तु, र अन्य अन्य सम्पदामाथि स्वामित्व स्थापना गऱ्यो।

उल्लेखनीय छ क्रिमिया र मध्य एसियामा स्थानीयहरूकोमा रुस सहायता बाहेक रूसी कुलाकहरू (धनी किसानहरू)लाई खेदि दिने शक्ति थिएन। सन 1921को मार्च महिनामा मस्कोमा पोलिटब्युरोले तुर्किस्तानबाट समस्या सृष्टि गर्ने रूसी दखलकारहरूलाई निर्वासित गर्ने निर्णय लियो अनि उपनिवेशीकरणलाई उल्टाउने र रुसी कुलाक खेद्ने एउटा साधारण नीति अपनायो। तर भोकमरी र राजनैतिक हानाहानको कारण जबर्जस्ती विस्थापनको संख्या लगभग सीमित नै थियो। उदाहरणस्वरूप, 1921-22 सालमा तुर्किस्तानको कुलाक अधिकृत क्षेत्रहरूमा 7000 परिवारको पुनर्वासको बन्दोबस्त भएको थियो।

बोल्शेविकहरूले रसियाको टाढा क्षेत्रहरूमा आर्थिक पछौटेपनको कारण कैयौँ पाइला चाल्न थाल्यो। गैर-रूसी क्षेत्रहरूमा सोभियतको प्रयासमा औद्योगिक विकासको एक वृहत कार्यक्रम सुरु भयो, मूल केन्द्रीय रसिया भूभागबाट ती क्षेत्रहरूमा विभिन्न उद्योगलाई सार्नु थालियो। सोभियत सुत्र अनुसार, मध्य एसियामा 1918 देखि 1923सम्म  निम्न व्यवस्थापनहरू अपनाइएको थियो—  सन् 1918 मा गोलोडनि स्टेप्पेमा निर्माण कार्यका लागि 50 मिलियन रुबल अनि तुर्कीस्तानमा कटन उद्योगको पुनर्जीवनका लागि 502 मिलियन अमरिकी डलर दिईएको थियो। सन् 1922 मा एउटा स्टेसनरी र टेक्सटाइल कारखाना अनि  एउटा लेदर र साबुन कारखानाहरू बुखारामा, र अझै एउटा स्टेसनरी र सेलुलोज कारखाना तुर्कीस्थानमा स्थानान्तरण भयो। मस्को क्षेत्रको दुईवटा ठुलो कारखाना पनि तुर्किस्तानमा सारियो, सन् 1918 मा तासकन्दमा एउटा नयाँ सोडा कारखानाको निर्माण भयो, अनि 1919 मा एउटा मेटल वर्किंग कारखाना, एउटा यान्त्रिक परिवहन कारखाना अनि एउटा फाउन्ड्रीको पनि निर्माण भयो। यस्ता उद्योगहरू स्थापनाको गति RSFSRमा उद्योग स्थापनाको साधारण गति भन्दा निकै ज्यादा थियो भन्ने कुरा यस तथ्यहरूबाट पाइन्छ।

‘जनजाति क्षेत्रहरूका शहरीकरण’ — यस नीतिको प्रभाव देखा पऱ्यो रुसीहरूको तुलनामा द्रुत गति अल्पसंख्यक जातिको जनताभित्र श्रमजीवी मानिसहरूको संख्या वृद्धिमा। क्रान्तिअघि यस काममा रुसीहरू नै जादा थियो। उदाहरणस्वरूप 1914 अघि उद्योग मजदुरहरूमा युक्रेनीयका संख्या अति नै कम थियो, तर 1920 को दशकको अन्ततिर तिनीहरूलाई रूसी मजदुरको प्रायः  समानअनुपातमा देखा पऱ्यो— 41% युक्रेनीय र 42% रुसी।

अल्पसंख्यक समुदायहरूको कम्युनिस्ट नेतृत्व

जबसम्म  स्वशासित राष्ट्रियता क्षेत्रहरूका राजनैतिक अनि प्रशासनिक नेतृत्व रुसीहरूको हातमा थियो, केही न केही समस्या भइरहन्थ्यो। तुर्किस्तानको घटनाहरू एकतिर यसको नतिजालाई देखाउँछ, त्यसरी नै बासकिरियाको घट्नाहरू शक्तिशाली उग्र-राष्ट्रीयतावादी शक्तिमाथि निर्भरताको विपदलाई देखाउँछ। मूल रसियाको भूभाग बाहिर बोल्शेविकहरू दुर्बल थिए, त्यसैले  सोभियत प्रशासन सञ्चालनमा ‘स्थानीय’हरूका नियुक्ति अनि गैर-रुसी जातीय नेतृत्व निर्माण गर्ने प्रयास नै, खासगरी 1919 पछिको, जाति प्रश्नमा बोल्शेविकहरूका निरन्तर ब्लुप्रिन्टको रूपमा देखापऱ्यो। यसलाई ‘कोरेनिजात्सिया’ अथवा ‘इन्डीजेनाइजेसन’को नीति भानिन्थियो। बोल्शेविकहरूले ‘स्थानीय गैर-रुसीहरूको हातमा राजनैतिक र खासगरी साँस्कृतिक नेतृत्व सुम्पिने एक दीर्घम्यादी कौशल’ अपनाएको थियो।

यहूदी समाजवादी समूहहरूले बोल्शेविकसित सहयोग गर्न काम गरे र उनीहरूको साथ पूर्ण एकताप्रति उत्प्रेरित भए। यद्यपि पहिला लेनिनले बोल्शेविक पार्टी भित्रै एक अलग यहूदी संगठनको अबधारणालाई विरोध गरे, तर जनवरी 1918 मा लेनिनले रूसी कम्युनिस्ट पार्टीभित्र संगठित भएका यहुदीहरूसँग असंगठित यहुदी जनताको दूरी को बारेमा चिन्तित भएपछि रूसी कम्युनिस्ट पार्टीमा इदिश भाषाभाषी यहुदीहरूलाई लिएर एक समुह गठन गरियो, जसको लागि भाषाको कारण नै सक्रिय पार्टी सदस्य पद पाउनुको लागि बाधा जस्तो थियो।

यद्यपि पश्चिमको यहुदी इतिहासकारहरूले दङ्गाहरूलाई नै बोल्शेविकहरूतिर यहुदीहरूको आकर्षणको कारण हो भनेर ठहरिन्छन, तर पनि यहुदीहरूको बोल्शेविक हुनुको धेरै सकारात्मक कारणहरू थियो। उदाहरणका लागि, यहूदी समाजवादी संगठनहरू, जस्तै पावले जायन, अनि बुन्दले खुल्ला रूपमा काम गर्न सक्दैथ्यो। यी यहुदी समुहहरूले जायोनिष्ट र दक्षिणपन्थी यहुदी दलहरूविरुद्ध आवाज उठाए, यहुदी समाजवादीहरू विरुद्ध होइन— जुनचाहिं रुसी समाजवादी दलहरू प्रति बोल्शेविकहरूका मनोभावको ठिक विपरित थियो।

नार्कोमनात्सहरूमा गैर-बोल्शेविक यहुदीहरूले महत्त्वपूर्ण भूमिका पालन गरेको थियो। नार्कोमनात्सहरूका यहुदी कमिसरेटको छ सदस्यीय कलेजियम केवल एकजना बोल्शेविक थिए। 1918 मा यहुदी कमिसरेट र यहुदी समुहहरूका एक सम्मेलनमा प्राय आधा प्रतिनिधि गैर-बोल्शेविक इदिशभाषी शिक्षाविद्हरू थिए। 1917को अप्रेल महिनामा बुन्दको 15 जना केन्द्रीय कमिटी सदस्य मध्ये 7 जना कम्युनिस्ट पार्टीमा योगदान गर्नु भयो र 1920 भित्र दुईजना यहुदी विभागको केन्द्रीय ब्यूरो सदस्य निर्वाचित भयो। युक्रेनको बुन्द फुटियो अनि वामपन्थी अंशले 1919 मा युक्रेनको कम्युनिस्ट पार्टी (सिपीयु) सँग एकीकृत भयो अनि त्यहाँ नयाँ यहुदी अंशहरूबीच निकै प्रभाव विस्तार गऱ्यो।

युक्रेनमा स्थानीय बोल्शेविक कर्मीहरूको कमी थियो। कृषि प्रश्न अनि जाति प्रश्नमा विरोध, अनि त्यससित युक्रेनमा तीव्र गृहयुद्धको कारणले गर्दा युक्रेनमा बोल्शेविकहरूबीच फुट आयो अनि युक्रेनमा उग्र-राष्ट्रियतावादीहरूसँग पनि व्यापक विरोध भयो। यसको फलस्वरूप लेनिनको नेतृत्वमा 1919 मा बोल्शेविकहरूका युक्रेन नीतिमा परिवर्तन आयो। युक्रेनको बोल्शेविककहरूले 1917 मा राष्ट्रियतावादीहरूसँगै थियो अनि पछि युक्रेनमा अस्थायी सरकारको सत्तापलट गर्न मद्दत पुऱ्यायो। 1918 अनि 1919 मा युक्रेनको अराजकतावादी किसान नेता माख्नो र रिहीरियभ लालसेनाहरूसँग काँधमा काँध मिलाएर युद्ध गरेका थिए।

यूक्रेनको बोरोतबिस्तहरू रसियाको सोसलिस्ट रिभोल्युसनरी झैं एक किसानको पार्टी हो— जुन अक्टोबर क्रान्तिको पक्षमा थिए। बोरोतबिस्तको एक ठूलो अंश बोल्शेविकलाई समर्थन गर्न तयार थियो र उनीहरूको तर्क थियो कि छुट्टिनु हुँदैन, बरू दुई पक्षलाई एकीकृत गराउनु महत्त्वपूर्ण हो। एक यूक्रेनी संगठनको रूपमा आफ्नो अडान बारे आत्मविश्वास लिएर बोरोतबिस्तहरूले 1919को  अप्रेल महिनामा कम्युनिस्ट इन्टरनेसनलको पृथक सदस्यताको लागी आवेदन गरे र आफुलाई क्रान्तिको प्रमुख दलको रूपमा दावी गरे। मार्च 1919मा, किएभको बोरोतबिस्तहरूले आफ्नो केन्द्रीय समितिलाई सीपीयूमा सामेल गर्न आग्रह गरे, र पछि एक महिनामा उनीहरूको पार्टीका कांग्रेसले यस एकीकरणको लागि मतदान गरे। एक लामो र गहन बहस पछि, सीपीयु ले मार्च 1920 मा यस एकिकरन्को लागि मतदान गरे। 5000 जना बोरोतबिस्तहरूमध्ये 4000 जना सीपीयू-मा शामिल भयो, र दुईजना केन्द्रीय समितिमा नियुक्त गरियो।

मध्य एसियाको विभिन्न ठाउँबाट बोल्शेविकहरूले श्वेतरक्षकहरू विरुद्ध विभिन्न उग्र-जातिवादी समुहहरूलाई लिएर मोर्चा बनाउनुमा सफल भयो। यिनीहरूभित्र थियो कजाकिस्तानका पेन-इस्लामिक समूह उश-झुज, जसले 1920 मा कम्युनिस्ट पार्टीमा योगदान गरियो; क्रिमियाको मिलि फिर्का-को तातार उग्रवादीहरू; जेंगेलिसको फारसी प्यान-इस्लामिक गोरिल्लाहरू, जसले रेड आर्मी र इरानको कम्युनिस्ट पार्टीसँग मिलेर लडाई गरेको थियो; अनि सुफी धाराको बैसाइटहरू।  यो उल्लेख गर्न महत्त्वपूर्ण छ कि पुरानो तरुण तुर्की सरकारको नेता एन्वर पासा, जसले सन 1920 मा   पश्चिमी साम्राज्यवादको विरोधमा बोल्शेविकसँग गठबन्धन गठन गरेको थियो। नोभेम्बर 1921 मा, बास्माचि गोरिल्लाहरूसँगको विवादले मस्कोको राष्ट्रियतावादी सहयोगीहरूको खोजीको सिलसिलालाई बाधा पुऱ्यायो।

मुस्लिम धर्म प्रभावित जनजातिहरूमध्ये बुन्द अनि बोरोतबिस्तजस्तै लोकप्रिय थियो मुस्लिम समाजवादी पार्टी, हाम्मेट अनि फारसी कम्युनिस्ट पार्टी अथवा अजरबैजानको आदेलेत। 1920मा यी दलहरू बाकुको कम्युनिस्टहरूसँग जोडेर आजेरी कमुनिस्ट पार्टी गठनको भ्रूण तयार गऱ्यो, जसको सदस्यसंख्या थियो 4000 अनि विस्तृत सांगठनिक नेटवर्क छरिएको थियो ट्रेड युनियन, श्रमिकहरूका क्लब र सहकारी समितिहरूमा। अजरबैजानको प्रथम कम्युनिस्ट सरकारको ज्यादातर नै थियो अजरबैजानको आदि वासिन्दाहरू, जो हाम्मेट र  आदेलेतको वामपन्थी गोष्ठीहरूका सदस्य थिए।

1917 पछि, रसियाको इस्लाममा एक वामपन्थी प्रवृत्ति देखापऱ्यो, र 1920 तिर बोल्शेविकहरूले मुस्लिमबहुल पूर्वीय क्षेत्रका ज्यादातर रेडिकल राष्ट्रियतावादी अभिजातहरूलाई कि त निष्पक्ष अथवा समर्थकको रूपमा पायो। नार्कोमनात्सहरूमा मुस्लिम कमिसरेट वा मुस्कोमको नेतृत्व मुख्यत गैर-बोल्शेविक मुस्लिमहरूको हातमा थियो।

मुस्कोम लगभग सम्पूर्णरूपमा जादादपन्थी (एक मुस्लिम बौद्धिक धारा)-हरूले भरिएको थियो र तिनीहरूको हातमा निकै क्षमता पनि थियो। नार्कोमनात्स कलेजियमसँग मुस्कोमको कुनैपनि विरोधमा मुस्कोमले समान्यतया बोल्शेविकहरूका समर्थन पाउथ्यो। अर्कोतर्फ, मुस्कोमहरूले अथवा कम्युनिस्ट प्रवृत्ति भएको मुस्लिमहरूले किर्गीज, ककेसस पर्वतीय क्षेत्र, तुर्किस्तान, कालमिक्स अनि अझ ठाउँहरूमा नार्कोमनात्सको विभिन्न अफिस र विभागहरूमा अग्रणी पद प्राप्त गरे।

स्थानीय सोवियत र पार्टी संगठनहरूमा स्थानीय व्यक्तिहरूलाई संलग्न गर्न सख्त प्रयासहरू गरियो। ती देशहरूमा जहाँ इस्लाम नै मुख्य धर्म थियो, त्यहाँ स्थानीयहरूको बीचमा पार्टीको सदस्यता बढ्ने अनुपात नाटकीय रूपमा बढ्यो।

बोल्शेविकहरूले विभिन्न जातिगोष्ठीमध्ये प्रथमत पार्टी स्कुल तथा विश्वविद्यालयहरूको नेटवर्कको माध्यमबाट कम्युनिस्टहरूको नयाँ पीढीका सिर्जना गर्न चाहन्थे; युरोपेली गैर-रुसीहरूले पार्टी स्कुलहरूबाट रुसीहरू भन्दा ज्यादा प्रशिक्षण पाएका थिए... स्पष्ट रूपमा यूक्रेन, बेलारूस र ट्रान्स ककेसियामा कम्युनिस्ट प्रशिक्षण प्रदान गर्न निबिढ़ प्रयास गरिएको थियो। कम्युनिस्ट विश्वविद्यालयहरूमा, मुस्लिम देशहरूबाट निकै ज्यादा संख्यामा क्याडर आउथ्यो। 1921 मा मस्कोको कतिवटा ठाउँ मध्य एशियाबाट आउनेहरूको लागि संरक्षित गरिएको थियो।

1924 मा 10 वटा कम्युनिस्ट विश्वविद्यालयहरूमध्ये  पाँच वटा यस्ता विभिन्न ‘जातियता’हरूको थियो — मध्य एशियाका कम्युनिस्ट विश्वविद्यालय (1920 मा स्थापित); पुर्वमा श्रमजीवीहरूको कम्युनिस्ट विश्वविद्यालय (1921); पश्चिममा जातीय अल्पसंख्यक समुदायको मजदुर वर्गको कम्युनिस्ट विश्वविद्यालय (1921); तातार कम्युनिस्ट विश्वविद्यालय (1921); र ट्रांस-काकेशियान कम्युनिस्ट विश्वविद्यालय (1921)। 1924 मा कम्युनिस्ट विश्वविद्यालयहरूमा जुन 6073 भन्दा बढी विद्यार्थीहरूले भर्ती भएका थिए, त्यसको आधा भन्दा बढी यी पाँच स्थानहरूमा थिए। यो अनुपात कुल जनसंख्यामा गैर-रूसीहरूका अनुपातको समान त हो, तर सम्झिनु पर्छ कि यसबेला पार्टीको 65 प्रतिशत सदस्य नै रूसी थिए। 1933 सम्म, सबै जातीय अल्पसंख्यकहरूको लागि हरेक स्थानमा कम्युनिस्ट विश्वविद्यालयहरू स्थापित गरियो। यी विश्वविद्यालयहरूमा प्रशिक्षण सामान्य र प्राविधिक थियो, र त्यति राजनैतिक  भने थिएन, केही शिक्षाकर्मीहरू मात्रै कम्युनिस्ट थिए। उदाहरणको लागि, 1924 मा, तातार स्वायत्तशासित प्रजातन्त्रको राजधानी काजान शहरमा मात्र 19.4 प्रतिशत कम्युनिस्ट शिक्षाकर्मीहरू थिए।

यी विश्वविद्यालयहरू स्थापना गर्ने उद्देश्य थियो पार्टीमा विभिन्न जनजाति समुदायबाट कम्युनिस्ट कर्मी आउनु, जुन कम्युनिस्टहरूले टेक्निकल र लेखनका दक्षताले जातिगोष्ठी क्षेत्रहरूमा सोभियत प्रशासनको नेतृत्व गर्न सक्षम बनिनेछ। साथै आ-आफ्नो राष्ट्रियताको संस्कृति बारे ज्ञान पनि हुन्छ र एक उचित अन्तर्राष्ट्रियतावादी कम्युनिस्ट दृष्टिकोण पनि रहनेछ। जसले गर्दा जाति-आधारित प्रजातन्त्रहरूमा समाजवादी नीतिहरू सहीरूपमा लागू गर्न सकिन्छ। बोल्शेविकहरूले पटक्कै विभिन्न जातिवादी आन्दोलनबाट आउनेहरूलाई ‘बोल्शेविकीकरण’ गर्न लक्ष्य लिएको थिएन, बरू जातीक समूहका कम्युनिस्टहरूको एक नया पीढीको दीर्घम्यादी विकासको लक्ष्यमा बढेको थियो।

शिक्षा अनि भाषा

जनगणको सांस्कृतिक स्तरको विकासको लागि मुख्य विषय शिक्षा हो, र बोल्शेविकहरूले यसलाई जतिसक्दो निश्चित बनाउन सकेको थियो कि गैर-रुसीहरूका शिक्षा-पठनपाठन उनीहरूले रोजेको भाषामै पढ्न पाउनेछ। सन् 1919को गर्मीमा स्कुल-पुर्व शिक्षा बारे पहिलो अखिल-रुस अधिवेशनमा आएका एक प्रतिनिधिको बयानले यस विचारलाई  स्पष्ट रूपमा प्रस्तुत गर्दैछ— ‘एक अन्तर्राष्ट्रियताको स्पिरिट कहिल्ये पनि एक अर्कालाई बुझ्न नसक्ने नानीहरूलाई एकसाथ जुटाई दिँदा मात्रै बनिन्दैन, बरू संसारव्यापी क्रान्तिको स्पिरिटलाई उसकोमा प्रस्तुत गर्नुपर्छ, उसको आफ्नै भाषामा’।

अक्टोबर 1918 मा नार्कोमनात्सले राष्ट्रिय अल्पसंख्यकहरूका स्कूलको लागि प्रस्तावहरू प्रकाशित गरे। त्यसमा भनिएको थियो कि प्रत्येक उमेरसीमाको 25 जना विद्यार्थी छ भने स्थानीय भाषामा विद्यालय सुरु गर्न अनिवार्य छ। यी विद्यालयहरूको अतिरिक्त, स्थानीय बहुमतको भाषा पनि सिक्नु पर्छ। यद्यपि यस चरणमा एउटै विद्यालयमा विभिन्न जातीय समूहहरूको चाहनालाई पूरा गर्न सम्भवना बारे निर्णय भएको थिएन।

स्थानीय भाषाको स्कूलहरूको व्यवस्थापनमा लचीलोपन थियो र स्थानीय कारकहरूमा निर्भर थिए, जस्तै कि जातीय समूहहरूका घनीभवन वा एकीभवनको मात्रा। RSFSRमा धेरै कम सङ्ख्यक स्थानीय भाषा यूक्रेनीय र बेलारूसी विद्यालयहरू थिए; र यहाँ एसआर र बुन्दको प्रभावको कारण, राजनीतिक आंगनमा धेरै जटिलता थियो, साथै थियो उग्र-जातिवादीहरूलाई राजनीतिक र आर्थिक संरचनाबाट टाढा राख्ने र तिनीहरूलाई निष्प्रभावी बनाउने काम। अन्य प्रजातन्त्रहरूमा पनि यी तरिकाहरू प्रयोग गरिएको थियो। यद्यपि यूक्रेनी भाषाको स्कूलहरूको सङ्ख्या यूक्रेनमा शुरुमा घट्यो तर 1921 मा शिक्षा कमिसारको रूपमा बोरोतविस्त शुम्सकीको नियुक्ति पछि विद्यालयको संख्या धेरै बढ्यो। 1917 मा जब प्राय यूक्रेनी भाषाको शिक्षक थिएन, 1923 सम्म चाहिने 1 लाख मध्ये 45,000 जना शिक्षक नियुक्त गरियो। यूक्रेनी भाषामा पाठ्यपुस्तक मुद्रणपनि 1924 देखि चाँडै बढ्यो। 1925 मा देखा पऱ्यो कि आर्मेनियामा प्राथमिक विद्यालय शिक्षकहरूको 80%, र मध्य विद्यालय र माध्यमिक विद्यालयका सबै शिक्षकहरूनै अर्मेनियाई थिए। सन् 1923 मा मस्कोमा, पोलिटब्युरोले ‘मुस्लिम अध्यात्मिक विद्यालय’ स्वीकृत गऱ्यो; चर्च र राज्य प्रशासनको विभाजनलाई कम बनायो ताकि मुस्लिम अभिभावकहरूले आफ्ना छोराछोरीलाई शिक्षा दिन प्रोत्साहन पावोस्।

एउटा ठूलो समस्या थियो स्थानीय अधिकारीहरूको मनोवृत्ति। नार्कोमनात्सको यहूदी कमिसारेटको प्रमुख र शिक्षा बारे रसियाको  मुख्य प्रवक्ता डीमान्स्टाइनको विचार के थियो भने यी जनजातिको स्कुलहरूले सर्वहारा अन्तर्राष्ट्रियतालाई बेवास्ता गर्नेछन्। फेरि, उच्च शिक्षाको विभिन्न पदहरूमा रूढ़िवादी रुसीहरूको उपस्थितिको कारण ‘नेटिभाइजेसन’को प्रक्रियालाई बाधा भइरहेको थियो। 1920 मा, ओरिएंटल स्टडी इंस्टीट्यूट मस्कोमा स्थापित भएको थियो, जो मुख्यत यस मनोवृत्तिलाई सामना गर्नलाई अनि उच्च शिक्षामा अधिक गैर-रूसीहरूलाई एकजुट गर्न नार्कोमनात्सको एक प्रयास थियो।

अर्थ र शिक्षकहरूको कमीको बावजूद पनि, सोभियत शासनले शिक्षाको ‘नेटिभाइजेसन’को प्रश्नमा अचम्मलाग्दो प्रगति गऱ्यो। 1927 सम्म, जातीय अल्पसंख्यकहरूको लागि तिनीहरूको आफ्नो प्रजातन्त्र वा क्षेत्र बाहिर पनि क्षेत्रीय भाषा शिक्षा विपुल रूपमा फैलिएको थियो, आफ्नै प्रजातन्त्रहरूमा त लगभग सार्विक नै थियो। यसको फल शिक्षाको विशाल विस्तार हो। यो समयको शैक्षिक तथ्याङ्कहरू एक नयाँ वैचारिक वास्तविकता देखाउँछन्। शिक्षाको अधिकार अझ अल्पसंख्यकहरूको विशेष अधिकार होइन, एक सार्वजनिक अधिकार हो, जसमा को कुन जनजातिको हुन्, त्यसमाथि केहि निर्भर छैन।

विभिन्न भाषाहरूमा मुद्रण र प्रकाशनको विपुल विस्तार बाहेक स्थानीय भाषा शिक्षालाई फैलाउन सम्भव थिएन। सन 1924 मा सोभियत युनियनमा 25 वटा भाषामा प्रकाशना आउथ्यो, अर्को वर्ष त्यो बढेर 34 वटा अनि 1927 मा 44 वटा विभिन्न भाषामा प्रकाशना हुन थाल्यो। सन 1966मा पुगेर 120 वटा भाषामा प्रकाशना आउथ्यो, जुनमध्ये क्रान्ति अघि 40 वटा भाषाको लिपि नै थिएन! रूसी साम्राज्यको विभिन्न भाषागोष्ठी फेरि धेरै उपभाषामा विभाजित थियो, कतिवटा एकार्काको नजिक, कतिवटा टाढाको, कतिवटाको मान्य, लिखित लिपि थिएन। त्यसकारण भाषाको यस्तो मानक बनाउने प्रश्न आयो, जसको विभिन्न मौखिक भाषाहरू छन्। 

यो छनौट गर्न एक कठिन समस्या थियो। उदाहरणका लागि, उज्बेकिस्तान मा मुख्यतया एक ग्रामीण डायालेक्टलाई मान्य भाषाको रूपमा छानिएको थियो, तर पछि त्यसलाई छोडेर केन्द्रीय, शहरी क्षेत्रहरूको डायालेक्टलाई लिइयो। वर्णमालाको प्रश्न भाषा सँग गहिराइमा जोडिएको प्रश्न हो। कुन वर्णमालामा छापिनु पर्नेछ? रूसी विस्तारवादी विद्वानहरूले रुसी सिरिलिक वर्णमालालाई साम्राज्यको भाषाहरूको लागि प्रयोग गरेका थिए। धेरै अल्पसंख्यक जातीय समूहका सुधारकहरूले, मुसलमान धर्मगुरुहरूको समर्थन पाएर, अरब लिपिलाई पुनर्स्थापना गर्न खोजे। फेरि त्यसको विरोधी सुधारकहरूको विचारधारा के थियो भने ल्याटिन वर्णमालाको प्रयोग थप लोकतान्त्रिक र अझ प्रभावकारी हुनेछ, यसले मानिसहरू पढ्न र लेख्ने सिक्न सक्छ। अनि ल्याटिनलाई आधार बनाएर नयाँ नयाँ लिपिको चलन गरेर यी विभिन्न जातिहरू अन्तर्राष्ट्रिय आर्थिक र सांस्कृतिक आँगनमा पनि विकास गर्न सक्छ। विभिन्न प्रतिद्वन्द्वी भाषाको स्कुलहरूमा  सामान्यतया भाषाको भविष्य के हुनेछ, समाजवादी देशमा कति द्रुत एक मिश्रित सार्वजनिक मिश्रित / संकर भाषा तयार र लागु हुनु सकिन्छ? कसरी भाषा र लिपिलाई वर्गविभाजित समाजको प्रभावबाट मुक्ति पाउन सकिन्छ?— यस्ता विवादास्पद बहसहरूको परिप्रेक्षमा यो लिपि लिएर बहस पनि चाखलाग्दो तरिकाले आइपरेको थियो। उदाहरणको लागि, लेनिन र लुनाचर्स्की दुवैजना नै रूसी भाषाको ल्याटिनीकरणको पक्षमा थिए। जस्तै, सन 1917को बादमा साइबेरियाको इयाकुटहरूले एक नयाँ ल्याटिन-आधारित वर्णमाला अपनायो, जसमा ठुलो/सानो अक्षर, विरामचिह्नहरू केहि थिएन...यो पनि त ‘जातिमुक्तिको निम्ति एक सचेत काम’को प्रमाण हो। गृहयुद्धको कालमा ककेसीय क्षेत्रहरूमा विभिन्न जातिले इयाकुटहरूको यस तरिकालाई अपनाए। अर्कोतिर, सोभियत अजरबैजानमा ल्याटिन लिपिको लागि सबभन्दा शक्तिशाली सङ्घर्ष भएको थियो। अजरबैजानको कम्युनिस्टहरूले तुर्की भाषाभाषी मानिसहरूमध्ये ल्याटिनीकरणको आन्दोलनलाई नेतृत्व गरेका थिए, जसको फल थियो 1928 को बादमा कामाल आतातुर्कको तुर्की प्रजातन्त्रमा एकै ल्याटिन लिपिमा रुपान्तरणको बहुचर्चित काम।  

यी वर्षहरूमा गृहयुद्ध र अरु घटनाहरूको बीचमा, मस्कोको प्रवन्धनहरूले वर्णमाला सुधार बारे निर्णय लिन आञ्चलिक राष्ट्रियतावादीहरूको  हातमा छोड्न चाहन्थे। यो उदासीनताको कारण थियो। एकतिर बोल्शेविकहरूले स्वार्थी मुस्लिम शासनको पक्षधर ‘प्रतिक्रियावादी धर्मविश्वासी’हरू विरुद्ध ‘जनजातिहरूका प्रगतिशील बुद्धिजीविहरू’को पक्षमा उभिन चाहन्थे, फेरि अर्कोतिर बोल्शेविकहरूले आफ्नो नौलो-अरब मित्रहरूलाई गुमाउन चाहन्न।  पछि, 1920 को दशकमा, ल्याटिनाइजेसनको काम धेरै अगाडि बढियो, अनि एकप्रकारले यसको प्रयोग सत्ता प्रति भरोसाको संकेत भनेर देखिनु थालियो। केही थप पछि, मध्य-1930 मा रुसीकरण फर्केर आयो र बढिरह्यो। 

जातिप्रश्नमा सठिक नीति र त्यसको कार्यन्वयनमाथि कुराकानी गर्दा यस्तो धेरै दिशा र आयामबारे विस्तृत चर्चाको आवश्यकता छ। रुसी क्रान्तिको ठिक अघि र पछि यो जुन समय माथि हामीले जातिहरूबारे बोल्शेविकहरूका नीति-संश्लेषण-कार्यन्वयनको सुनौलो पर्याय लिएर चर्चा गऱ्यौ, त्यसको केही दशक पछि हामीले सामग्रीक स्थितिमा धेरै बदलाव देखेका छौँ। समाजवादको गौरवपूर्ण स्थिति र कार्यान्वयनबाट पछाडि सार्न देखेका छौँ। रुसी भाषा-सस्कृतिको वर्चस्व फर्केर आउनु देखेको छौँ। अन्तमा जब एकपछि एक राष्ट्रियताको सङ्घर्ष र प्रतिरोध उम्रिनु थाल्यो, अनि सन 1991 मा सोभियत सङ्घबाट विभिन्न जातिगोष्ठी/ जनजातिका प्रजातन्त्रहरू छुट्टियो, त्यस पछिको संसारमा उभेर आज फेरि लेनिनलाई, उहाँको बोल्शेविक पार्टी र राष्ट्रियताको प्रश्नमा तिनीहरूका कामकाजहरूलाई  चर्चामा ल्याउनु जरुरी छ। धेरै शताव्दीदेखि संसारको दमित जातिहरूको मुक्तिको लागि यति बिघ्न संवेदनशील भएर अरू कसले सोचेको थियो र? कसले बुझेको थियो कि उत्पीडित जातिहरूका आत्मनिर्णयको अधिकार बाहेक, तिनीहरूको प्रगति र मुक्ति बाहेक क्रान्ति असम्पूर्ण रहन्छ, सपना अधुरो रहन्छ भन्ने कुरो?

आज रुसी क्रान्तिको शतवर्षमा भारत जस्ता धेरै भाषाभाषी ‘जातिहरूका कारागार’मा उभेर, भारतको क्रान्तिकामी मानिसहरूको निम्ति यस विषयमाथि ध्यान, चर्चा र छलफलको कुनै विकल्प छैन।


नोभेम्बर क्रान्ति : इतिहासलाई फर्केर हेर्दा



‘प्रकृति वा इतिहासमा कुनै अलौकिक घटना हुँदैन। तर इतिहासको प्रत्येक आकस्मिक गतिको परिवर्तन, जुन प्रत्येक क्रान्तिमै देखापर्छ, हामीलाई उपहार दिन्छन्, सङ्ग्रामको र प्रतिद्वन्द्वी शक्तिहरूका विन्यासले यस्ता नसोचिएका अनि सुनिर्दिष्ट संयोग देखाउछ, जसलाई अनभिज्ञ आँखाले हेर्दा अलौकिक घटना जस्तो लाग्छ।”— जसरी द्रूतगतिमा रसियाको जारतन्त्रको विनाश भएको थियो र यसका निम्ति जुन तत्वहरूको समन्वय भएको थियो, त्यस कुरोलाई वर्णनको निम्ति लेनिनले माथिको कुरा भनेका थिए।

मानव सभ्याताको इतिहासमा नोभेम्बर क्रान्ति त्यो घुम्ती हो जसले अघिको कैयौँ हजार वर्षसम्म मानव-समाज हिँड्ने बाटोमा आमूल परिवर्तन ल्याएको थियो। प्यारिस कम्युन पछाड़ी विश्वमा द्वितीय चोटी समाज-परिवर्तनको सुत्रधार भयो मजदुर वर्ग। उनीहरूको नेतृत्वमा शोषित अनि उत्पीड़ित मेहनती मानिसहरूले एउटा शोषणमुक्त समाज निर्माण गर्ने उद्देश्यमा पाइला चाले। पृथ्वीमा अघि जुन जुन समाज परिवर्तनको घटनाहरू घटेका थिए त्यसमा एउटा शोषकश्रेणीको सट्टामा अन्य शोषकश्रेणी सत्तारुढ भएको थियो र त्यो परिवर्तन शोषण-व्यवस्थाको पक्षमै थियो। रुसी क्रान्ति मात्र यस्तो प्रथम क्रान्ति थियो जसको घोषित कर्मसूचिमै शोषणहीन समाज निर्माण गर्ने र समस्त विश्वमा साम्यवादी व्यवस्था कायम गर्ने थियो। रुसी क्रान्तिले जुन समाजवादी र साम्यवादी व्यवस्था निर्माण गर्ने प्रकल्प लिएको थियो त्यो पुँजीवादको गर्भमा सक्रियतासाथ विकसित हुनसकेन।

ऐतिहासिक रूपमा पनि यो सम्भव छैन। पुँजीवादले यसलाई कुनै पनि हिसाबले मान्न तयार छैन। यसैले यो बाटो हिड़्नु नौलो मात्र नभएर अघिको समस्त समाज व्यवस्था बनाउने इतिहास भन्दा गुणात्मक रूपमा अलग छ। यो व्यवस्था स्वतस्फूर्तरूपले बनिन्दैन। यस व्यवस्थाको निर्माता सर्वहारा वर्ग अनि उनीहरूको अग्रवाहिनीको सधै जागरुक चेतनाको प्रयोग यस व्यवस्थाको मार्ग र विकासमा सबैभन्दा महत्त्वपूर्ण तत्व भएर देखा पर्दछ। 

शुरुवातको वर्षहरू

रसियामा कम्युनिस्ट पार्टी अर्थात् RSDLP गठन हुनुभन्दा 30 वर्ष अघिसम्म जारशाही विरोधी क्रान्तिकारी शक्तिको हैसियतमा नारदनिकहरू चिनिन्थे। यिनीहरूको भनाइमा कृषकहरू नै मूल क्रान्तिकारी शक्ति थिए। यिनीहरू तानाशाही शक्तिलाई परास्त गर्नका निम्ति आतंकवादलाई प्रयोग गर्न उचित हो भन्ने ठान्थे। 1870 को अन्ततिर प्लेखानोभ नामको एक जना तरुणले नारदनिक दलबाट छुट्टीएर विदेश गई मार्क्सवादमा शिक्षा लिएर आए। 1883 सालमा स्वीटजरल्याण्डमा उनले श्रमिक मुक्ति सङ्घको स्थापना गरे। पछिको 15 वर्षसम्म उनले नारदनिक विचार विरुद्ध धारावाहिक सङ्ग्राम चलाए। उनको विचार थियो कि रसियाका पुँजीवादको विकासको फलस्वरूप बहुसंख्यामा पैदा भएको श्रमिकहरूमाथि नै रुसी क्रान्ति निर्भर छ। वास्तविक घटनाक्रम पनि त्यही दिशामा चल्न थाल्यो। रसियामा तीव्र गतिमा पुँजीवाद मौलाउन थाल्यो। त्यसको विपरीत औद्योगिक- श्रमिकहरूको सङ्ख्या केवल तीव्र गतिमा बढ़्यो मात्रै होइन बरु थुप्रै ठाउँमा स्वतःस्वफूर्त रूपमा औद्योगिक हड्तालको सङ्ख्या पनि बढ़्न थाल्यो। सन् 1890मा रसियामा ‘श्रमिक मुक्ति सङ्ग्राम लीग’को स्थापना भयो। यसमा महत्त्वपूर्ण सदस्यको रूपमा योगदान दिए लेनिनले। त्यस बेला लेनिनको उमेर केवल 20 वर्षको थियो। उनको दाजु अलेक्जेन्डरले एउटा गुप्त समितिको तर्फबाट जार हत्याको षड़्यन्त्रमा लिप्त भएको आरोपमा दोषी भएर मृत्युदण्ड पर्खिरहेका थिए। दाज्युले अपनाएको बाटोलाई लेनिनले वैचारिक रूपमा नकारे। 1810 को अन्ततिर लेनिन पिटर्सवर्गमा आएर गोप्यरूपले मार्क्सवादको चर्चा परिचर्चामा सङ्लग्न भए। त्यसपछि उनी प्लेखानोभसँग भेट गर्न स्वीटजल्याण्ड गए। फर्केर आए पछि आफ्नो अन्य कमरेडहरूसँग मिलेर उद्योग-श्रमिकहरूका बिच क्रान्तिकारी साहित्य प्रचार गर्ने काममा लागे। जसको कारण उनी पक्राउ परे र पछि साइबेरियामा निर्वासित भए। निर्वासनको अवधिमै विदेशबाटै पार्टी-पत्रिका प्रकाशित गरेर लुकाएर रसियामा बाँड़िदिने परिकल्पना उनले गरे। 1900 सालमा निर्वासनबाट मुक्त हुनसाथ उनले अर्थसङ्ग्रह गरी प्लोखानोभको सहायताको आशामा जेनेभा गए। जहाँबाट शुरू भयो ‘इस्क्रा पत्रिका’को प्रकाशन। यसैको साथै विचारको गहिरो चर्चाका निम्ति प्रकाशित भयो ‘जारिया’।

यस प्रक्रियाको समानान्तररूपमा रसियामा अझै एउटा मार्क्सवादी प्रचेष्टा भएको थियो। 1898 सालमा मिन्स्क शहरका केवल 9 जना सदस्यहरू मिलेर एउटा पार्टी कङ्ग्रेस सङ्गठित भएको थियो। यी 9 जना मानिसहरू सेन्ट पिटर्सवर्ग, मस्को, कियेभ, इत्यादि ठाउँका केही सङ्गठनका प्रतिनिधिहरू थिए। तीन दिवसीय उक्त काँग्रेसले एउटा केन्द्रीय समितिको गठन साथै एउटा मुखपत्र प्रकाश गर्ने निर्णय लिए। तर काम शुरू गर्न अघि नै सबै सदस्यहरू पक्रा परे। छोड़ी राखे RSDLP को नाम। पछि धेरै वर्षसम्म रुसको कम्युनिस्ट पार्टीको औपचारिक नामको हैसियतले यो नाम नै रह्यो।

विचारको कार्यान्वयन

1901 को दिसम्बरमा जारियाको एउटा संस्थामा प्रथम रुस-विद्रोहको प्रसिद्ध नेता लेनिनको नाममा लेख प्रकाशित भयो। अनि त्यही समयदेखि नै उनको अपिरिसीम श्रम र स्वच्छ धारणाको निम्ति उनले गोष्ठीको श्रेष्ठ परिचालकको रूपमा स्वीकृति पाए। उनले प्रथम पल्ट सङ्गठित विप्लबी सिद्धान्त र पार्टीको आवश्यकता राम्रोसँगले बुझेका थिए। 1898 सालको प्रथम कङ्ग्रेसमा जुन उद्देश्य लिनु बितिक्कै परित्यक्त भएको थियो, त्यसलाई कार्यान्वित गर्नलाई उनी दृढ भए। इस्क्राको प्रथम घोषणामै रसियाको छरपस्टिएको समाज-गणतान्त्रिक आन्दोलनको एउटा आकार र एकबद्ध एउटा सङ्गठन निर्माणको आह्वान राखिएको थियो। 1903 को जुलाईमा RSDLPको दोस्रो कङ्ग्रेस ब्रुस्सेल्समा शुरू भए तापनि पुलिसको आँखामा धुलो हाल्नुका निम्ति त्यसलाई लण्डनमा सारियो। यो कङ्ग्रेस नै पार्टीको प्रतिष्ठा कङ्ग्रेस भयो। जुनसुकै सुविधावादको विरुद्ध लेनिनको हाँका-हाँक्की सङ्ग्राम यसै कङ्ग्रेसबाट शुरु भएको थियो। अधिवेशनको शुरूवातमा लेनिन तथा उनको समर्थकहरू अल्पसङ्ख्यक भए तापनि पछिबाट नाना विषयमा मतभेद भएको कारणले विपरीत मतका केही सदस्यहरूले सभा त्याग गरेपछि लेनिनहरू बहुसङ्ख्यकमा परे। यसै समयदेखि लेनिनको नेतत्वमा बहुसङ्ख्यक अंश ‘बोल्शेविक’ (रुसी भाषामा बहुसङ्ख्यक) नामले परिचित भए, अनि मार्तभ, मार्तिनोभका नेतृत्वमा रहेका विपक्षकाहरू अल्पसङ्ख्यक हुनाले उनीहरू ‘मेन्शेविक’ (रुसी भाषामा अल्पसङ्ख्यक) नामले परिचित भए। दोस्रो कङ्ग्रेसपछि आन्तरिक सङ्ग्राम अत्यन्तै तीव्र भएर गयो। त्यसपछिका केही वर्ष यो सैद्धान्तिक र व्यवहारिक बहस अझै स्पष्ट भयो, दुईवटा गुठको प्रवृत्तिहरू पनि स्पष्ट देखा पऱ्यो। 

1905 को प्रथम रुस विद्रोह

यस्तो समयमा रसिया जापानसँग युद्धमा भिडियो। 1904 को जनवरीमा कुनै युद्ध घोषणा नगरी जापानले रसियाको पोर्ट आर्थरमाथि आक्रमण गऱ्यो जसले रुस युद्धजहाजको डरलाग्दो क्षति भयो। रसियाको ठुलो बुर्जुवा तथा जमिन्दारहरूको दक्षिणपन्थी अंशले यस युद्धमा जारलाई सहयोग गरे। उक्त युद्धमा जारको 6 लाख सेना मध्ये 1 लाख 28 हजार सेना मरे वा घायल भए। यस युद्धको परिप्रेक्षमा बोल्शेविक-मेन्शेविक द्वन्द्व अझ धेर तेज हुँदै गयो। मेन्शेविकहरूले पितृभूमिको रक्षा गर्ने आह्वान गरे। अर्कोपट्टि बोल्शेविकहरूले भने यस युद्धले जारतन्त्रलाई दुर्बल र क्रान्तिलाई शक्तिशाली बनाउँनेछ भनेर। रुस-जापान युद्धले वास्तवमा रसियाको प्रथम क्रान्ति 1905 लाई अझै गति प्रदान गऱ्यो। 

विद्रोहको शुरूवात वाकु तेलको खदानमा भएको एउटा विराट सफल हड़ताल (डिसेम्बर 1904) बाट भयो। वास्तवमा तिनीहरू आफ्नो दाबी अदाय गरेकोले समग्र ट्रान्सककेसियन श्रमिकहरूमा विपूल हलचल पैदा गरिदियो। एउटा प्रेसको मजदुरहरूले अक्षर सेटिंगसँग विरामचिह्नको सेटिंगको लागि पनि मजदुरीको मागबाट यस आन्दोलन शुरुमा चर्केको थियो र यसरी फैलियो। जनवरी 1905मा सेन्ट पिटर्सवर्गको सर्वबृहत कारखानाको 4 जना श्रमिकहरूलाई छटाई गरेको प्रतिवादमा जुन आन्दोलन शुरू भयो, त्यो व्यापक रूपले फैलिएर गयो। यसैबिच जारको पुलिसले ‘ग्यापन’ नामको एक जना जासुसलाई एउटा श्रमिक सङ्गठन बनाउन लगाए। त्यस सङ्गठनको मिटिङगमा तय भयो कि 9 जनवरीको दिन जारको नक्सा बोकेर जारको वासस्थान शीत महलमा गएर उनीहरूको आफ्नो दाबी पेश गर्नेछन्। 1 लाख 40 हजार मानिस भेला भए। जारले ती निहत्ये मानिसहरूमाथि गोली चलाउने आदेश दिए। फलस्वरूप 1 हजार मानिसहरू मारिए। 9 जनवरीको यो घटना ‘रक्ताम्मे आइतबार’ नामले इतिहासमा दर्ज भयो। श्रमिकहरूले ब्यारिकेट तोड़्न थाले। समग्र देश रिस र घृणाको आगोमा दन्किन थाल्यो। 4 लाख 40 हजार श्रमिकहरू आन्दोलनमा उत्रिए। रसियामा क्रान्ति शुरू भयो। 

आर्थिक आन्दोलनले क्रमशः राजनैतिक आन्दोलनको रूप लियो। प्राय प्रत्येक शहरमा साधारण हड्तालसँगसँगै सशस्त्र सङ्घर्षहरू पनि हुँदै गयो। इभानोभो शहरमा श्रमिक प्रतिनिधिहरूको परिषद् गठित भयो, जुन वास्तवमा श्रमिक डेपूट्टिहरूको सबैभन्दा महत्त्वपूर्ण प्रथम ‘सोभियत’ थियो। यही समयमा पोटेमकिन युद्धजहाजको नौसेनाहरूले क्रान्तिमा योगदान गरे। यी सेनाहरूले वीरतासाथ लड़ेर पराजित भए तापनि रुस क्रान्तिमा लामोसम्म प्रभाव छाड़ीराखे। जसबाट जारको सेनावाहिनीको अपमानित सेनाहरूले उनीहरू पनि रुसी क्रान्तिको सहभागी हुनसक्ने सम्भावना बुझ्न थाले। 

1905 को शरदकालदेखि दिसम्बरको चरम सशस्त्र विद्रोहको अन्तरालमा प्रत्येक शहर, प्रत्येक कारखाना लगातार सशस्त्र सङ्ग्राममा लागिपर्यो । साथसाथै देशभरि आन्दोलन फैलियो। हड्ताल हुन थाल्यो – कलकारखानामा, समस्त देशको रेल व्यवस्था अनि पोस्ट र टेलिग्राफ विभागहरूमा। कर्मचारी, छात्रछात्री, ऐनजीवि, इञ्जिनियर, डाक्टर सबैले क्रान्तिमा भाग लिए। सम्पूर्ण देश अस्थिर भयो, सरकार अचल भयो। बोल्शेविकहरूको गण-राजनैतिक आन्दोलनको स्लोगन सफल भयो। 

यही अक्टोबरदेखि श्रमिक सोभियतहरूको स्थापना शुरु भयो, श्रमिकहरूको आफ्नो कोशिसले यी गण-राजनैतिक क्षमताको केन्द्रहरू निर्माण हुन थालियो। 1917 सालमा जुन सोभियत शक्तिको विजयले सारा संसारलाई थर्कमान गरिदियो, जुन सोभियतले भविष्यमा सारा पृथ्वीको मेहनती मानिसहरू बिच क्षमताको राजनैतिक रूपको वैकल्पिक मोडेलको रूपमा विद्यमान भयो – त्यसको प्रथम पालुवा भने 1905 को अक्टोबरमा सेन्ट पिटर्सवर्गको श्रमिक डेप्युट्टि लिएर गठित भएको सोभियत हो। यसको प्रथम प्रतिनिधि सभा 13 अक्टोबर 1905 मा भएको थियो। यसको पछि पछि मस्को सोभियतको गठन भयो। बोल्शेविक पार्टीले खुल्ला रूपले घोषणा गऱ्यो ‘सोभियतहरू नै क्रान्तिकारी सत्ताको केन्द्र हो’। उल्लेखनीय छ कि श्रमिक सोभियतहरूले आफ्नै प्रयासमा कृषक र सेनाको सोभियतहरूलाई पनि सामेल गर्न थाले।

सन् 1905को दिसम्बर विद्रोह

यसै समयमा दिसम्बर विद्रोहको निम्ति बोल्शेविकहरूले योजनाबद्ध प्रस्तुति शुरू गरे। नोभेम्बरमा लेनिन रसियामा फर्केर विद्रोहको प्रस्तुतिको निम्ति प्रत्यक्ष रूपले जोड़िए। लेनिन देशमा फर्के पछि विद्रोहको बेलामा अर्थात् दिसम्बरमा फिनल्याण्डमा बोल्शेविकहरूको एउटा सम्मेलन भयो। लेनिनको सुझावमा सम्मेलन छिट्टो छिट्टो समाप्त गरियो, जसले गर्दा प्रतिनिधिहरू छिट्टो फर्केर विद्रोहमा भाग लिन सकियोस्। तर यसैबिच जापानसँग शान्ति स्थापना गरेर जार सरकार चरम आक्रामक रूपमा आन्दोलनकारीहरूको विनाश गर्न उत्रे।

विभिन्न प्रदेशमा सेना शासन् लागु गरेर विचार नगरी किसान हत्या शुरू भयो। यस समय पेत्रोग्राद सोभियत र मस्को सोभियत एकजुट भएर एउटा मरिन्जेल लड्ने लडाइमा ओर्ले। प्रथममा उनीहरू एउटा राजनैतिक साधारण हड्ताल डाके विद्रोह चर्काउन अभिप्राय लिएर। तर यस हड्ताल देशभरि फैलिएन। 1 डिसेम्बर, 1905 मा लगातार नौ दिन अतुलनीय वीरताकासाथ मस्को सोभियतको श्रमिकहरूले ब्यरिकेट-युद्ध गरेका थिए। तर यो लडाई शुरू हुनुभन्दा अघि नै लडाकु नेतृत्वको एउटा ठुलो दल पक्राउ पऱ्यो। मस्कोको बोल्शेविक कमिटी त झन् पुरै पक्रा पऱ्यो। फलस्वरूप निर्देश दिने केन्द्रको अभाव तथा समग्र शहरको निम्ति साधारण परिकल्पनाको अभावमा विभिन्न प्रान्तबाट ल्याइएको बन्दुकधारी वाहिनीसँग श्रमिकहरू लड्न सकेनन्। मस्को विद्रोह ध्वंश भयो। 

तर त्यसपछि पनि एक पछि एक विद्रोह विभिन्न शहर र दमित राष्ट्रियताको देशहरूमा चलीनै रह्यो। समग्र जोर्जिया शस्त्र हातमा लिएर खडा भएको थियो, युक्रेनमा देशव्यापी सङ्घर्ष चलेको थियो, लातभियामा कठिन संग्राम चलेको थियो। अनि फिनल्यान्डमा पनि बोल्शेविकहरूका रेडगार्ड वाहिनी तैयार गरी श्रमिकहरूले विद्रोहको झन्डा फहराएका थिए। तर यी सबै अन्तिममा गएर परास्त भए।

जारशाहीको चलखेल, स्तलिपिन प्रतिक्रियाको युग

विद्रोह तर 1905 मा शेष भएन। क्रान्तिकारी शक्तिहरू विस्तारसँग काम चलाउदै रह्यो। 1906 मा 10 लाख श्रमिकहरूले हड्तालमा भाग लिएका थिए भने 1907 मा यो सङ्ख्या 7 लाख 40 हजार भयो। कृषक र सेनावाहिनी माझ 1907 सम्म पनि विद्रोहको आगो आलै थियो। क्रान्तिको आगो बलिरहेको बेलामा 1905 को वृहत् विद्रोह पछाडि पनि, त्यो आगो निभाउनलाई 1906 मा जारले प्रथम स्टेट डुमा (संसद) चुनाव घोषणा गरे। बोल्शेविकहरूको यस डुमालाई बहिष्कार गर्ने आह्वान व्यर्थ भयो। तर देशव्यापी चलिरहेको क्रान्तिको वातावरणमा डुमालाई सहजै ल्याउन सकेनन् जार सरकारले।

त्यसैले डुमालाई भत्काएर नयाँ तरिकाको दमनकारी आक्रमण गर्न थाले जारले। यसैको साथ दोस्रो डुमाको चुनावको घोषणा गरियो। यसमा भने बोल्शेविकहरूले पनि डुमामा भाग लिने निधो गरे। उद्देश्य थियो डुमाको भित्र र बाहिर एक्कैसाथ आन्दोलन चर्काउने जसले गर्दा भविष्यको क्रान्तिको बाटो सजिलो होस्। 1907 मा जारले द्वितीय डुमा पनि भङ्ग गऱ्यो, 3 जुनको सामरिक विद्रोहको नामले जुन प्रसिद्ध छ। जारले आफ्नो सुविधाअनुसार प्रतिनिधितत्वको नियमकानुन दक्षिणपन्थी शक्तिहरूको अनुकूल बनाए र तेस्रो डुमाको घोषणा गरे। नयाँ नियम अनुसार बुर्जुवा र जमिन्दारहरूको सङ्ख्या बढाएर श्रमिक-कृषकहरूको सङ्ख्यालाई निर्मम रूपले कटौती गरिदिए। 

जारको मन्त्री स्तलिपिनले समस्त देशलाई वधशाला बनाइदिए जहाँ हजार हजार विप्लवीहरूलाई फाँसीको सजाय भयो। स्तलिपिनको अन्धकार युग शुरू भयो। 1907 को दिसम्बरमा लेनिन फेरी प्रवासी भए र प्रथम रुस क्रान्ति समाप्त भयो, तर प्रचुर महत्त्वपूर्ण अनुभव छोडेर गयो। 

यस समयमा, गम्भीर आर्थिक सङ्कट र साथमा पराजित क्रान्तिकारी शिविरमा निराशाको भावना तीव्र हुन थाल्यो। बुद्धिजीवी र बुर्जुवा परिवारबाट आएका विप्लवीहरू मध्ये पतन शुरू भयो, क्रान्तिको बाटो परित्याग गरेर जारको आँखामा ‘असल मान्छे’ हुनको निम्ति होडबाजी शुरू भयो। 

जारको पुलिसले दलत्याग गरेको मानिसहरूलाई खोजी खोजी पक्रिन थाले साथै कमजोर हृदय भएको मानिसहरूलाई जबर्जस्ती पुलिसको जासुसी गर्न बाध्य गर्न थाले। श्रमिक र पार्टीभित्र यस्ता मानिसहरूलाई हालेर जासुसीको काम शुरू गराइयो। त्यसपछि मार्क्सवादी विचारधारामा तीव्र आक्रमण शुरू भयो जुन कहिल्यै प्रत्यक्ष र खुला थियो भने, कहिले लुकेको र षडयन्त्रपूर्ण थियो। 

फेरि विद्रोहको तयारी

लेनिनले यो जटिल अवस्थामा पनि दह्रिलो ‘बोल्शेविक केन्द्र’ सिर्जना गर्ने प्रयास शुरू गऱ्यो। यस उद्देश्यका लागि, 1 जनवरी, 1912 मा प्रागमा 6औं महाधिवेशनमा बोलाइयो। परिस्तिथि त्यस्तो थियो कि मेन्शेविकहरूको धोखाधडी मान्नु भनेको श्रमिकश्रेणी प्रति बेइमानी गरेको बराबर मानिन थालियो। विभिन्न गलत प्रवृत्तिहरूको विरुद्ध एक निरन्तर, लामो, जटिल, र भ्रमपूर्ण श्रृंखलाको अन्तमा बोल्शेविकहरूको सम्पूर्ण आफ्नो र नयाँ पार्टी प्रागको सम्मेलनमा गठन गरियो, जुन आगामी समयको सन्देशवाहक थियो, जसमा आगामी नोभेम्बर क्रान्ति सम्पन्न गराउने समस्त अन्तर्निहित तत्वहरू थियो। एउटा गणतान्त्रिक प्रजातन्त्र, 8 घण्टा काम र ठुला भू-मालिकको जमीन कब्जा— यी तीन मुख्य मागहरू लिएर, पार्टी चौथो डुमामा भाग लिन तयार भए। 

स्तलिपिनको प्रतिक्रियावादी युग बेसी दिन टिकेन। 1912 को 4 अप्रेलमा लेना सुनखानीको आन्दोलनकारी श्रमिकहरूमाथि जारको सेनावाहिनीले निर्ममरूपले गोली चलाए। 500 जना श्रमिकहरू मारिए। सेन्ट पीटर्सबर्ग र मस्कोसमेत रुसको सबैभन्दा ठुलो औद्योगिक केन्द्रमा ठुलो सार्वजनिक हड्ताल शुरू गरेर रुसी कर्मचारीहरूले यसको जवाफ दिए। मई दिवसमा 4 लाख श्रमिकहरू हड्तालमा संलग्न भए। 1912 को स्ट्राइकमा 10 लाख र 1913 मा 12 लाख 12 हजार श्रमिकहरू सहभागी भए। एक पछि अर्को कारखाना बन्द गरेर उद्योगपतिहरूले पनि बदला लिन थाले। अन्य उद्योगका कामदारहरूले पैसा सङ्कलन गरेर भोको श्रमिकहरूलाई मदत गरे। किसानहरूले श्रमिक विद्रोहले प्रेरित भयो। उनीहरूले जमिन मालिकको कचहरी र खेतलाई नष्ट गर्न थाले। 1910-14 मा 13 हजार किसानहरूले विद्रोहमा भाग लिए। सेनामा पनि विद्रोह शुरू भयो— तुर्कस्तानमा, बाल्टिक नौसेना, सेबस्टोपोलमा। यी सबैले प्रमाणित भयो कि देश एक नयाँ क्रान्तितिर जादैछ। 

1914 मा मजदुर हड्तालको लहर देशभरि फैलियो। 9 जनवरी, साढे दुई लाख, पहिलो मई 5 लाख, सेन्ट पीटर्सबर्गमा 1 लाख 15 हजार, 1914को जुलाईको शुरूवातमा कुल 14 लाख 25 हजार कामदारहरूले हड्तालमा भाग लिए। जुलाई 3 मा, बाकू मजदुरहरूको हड्तालको समर्थनमा सेन्ट पीटर्सबर्गको पुटिलभ कारखानामा बोलाइएको श्रमिकहरूको बैठकमा पुलिसले गोली चलायो। पीटरबर्गमा 4 जुलाई शुरु भएको स्ट्राइकमा सहभागी श्रमिकहरूको सङ्ख्यामा वृद्धि हुँदै हुँदै 11 तारिखसम्म यो सङ्ख्या 2 लाख भयो। शहरभरि ब्यारिकेट पछि ब्यारिकेटहरू बनाइयो। 

प्रथम विश्वयुद्ध र रसिया : फरक विचार 

यस्तो समयमा प्रथम विश्वयुद्ध शुरू भयो। 1914 को जुलाई 14 मा, जार सरकारले सबै सेनालाई जमघट गर्न आदेश जारी गऱ्यो। 19 जुलाईमा, जर्मनीले रुस विरुद्ध युद्ध घोषणा गऱ्यो। 1907 मा रुस, बेलायत र फ्रान्सको बिच ‘तीन शक्तिको गठबन्धन’ बनिएको थियो। यसको विपरीत, जर्मनी-अस्ट्रिया-हंगरी र इटलीको सेना सहभागिता तय भयो। प्रथम विश्वयुद्ध शुरूवातको पूर्वमा, इटलीले अघिल्लो गठबन्धनमा सामेल भयो। बेलायत र फ्रान्सको उपनिवेशहरू कब्जा गर्न जर्मनीले युद्ध शुरू गऱ्यो। रुसको लक्ष्य भने यूक्रेन, पोल्याण्ड र बाल्टिक देशहरूतिर थियो। 

बोल्शेविकहरूको तत्कालिक कार्य युद्धको कारणले अचानक जटिल भयो। अविकसित सङ्गठनहरू तुरुन्तै तोडियो। सम्पूर्ण युरोपमा युद्ध शुरू भयो। प्रेस र प्रचारको स्वतन्त्रतालाई रद्द गरियो। लेनिनलाई पक्राउ गरी हिरासतमा राखियो। तर पनि लेनिनको राजनैतिक विश्वासहरूमा बिन्दुमात्र पनि क्षय भएन। तर उनको अस्तित्वमा रहेको एकहोरोपन र युद्धको क्षेत्रमा काम गर्न असक्षम भएकोले उनको आशा अलिक कम भयो। सन् 1911 मा, जब प्रतिक्रियाको अन्धकार फैलिएको थियो, त्यतिबेला जस्तै उर्जाको भाव लेनिनकोमा यस जनवरी 1917  थिएन। उनले स्विट्जरल्याण्डमा एक सभामा भने, उनी संदिग्ध हुनुहुन्छ कि “हामी बुढोहरू आगामी क्रान्तिको निर्णायक युद्ध देख्न सक्छौँ की सक्दैनौं”। त्यति बेला उनी मात्र 46 वर्षको थिए। यसको केवल छः हप्ता पछि, रुसमा क्रान्तिको हुरी चल्न थाल्यो। त्यसपछि एक महिना लामो चल्यो लेनिनको अधीर प्रतीक्षा अनि भूमिगत स्थितिबाट निक्लिनुको लागि जर्मन अधिकारीहरू सँग गर्नु परेको कठिन तोलमोल। अन्तमा सम्झौता भयो की लेनिन रेलको एक गोप्य कोचमा बसेर अझै 20 जना बोल्शेविकहरू सँग मिलेर स्वीडेन जानेछन्। 

सन् 1917को फरवरी क्रान्ति

यसै बिचमा, तीन वर्ष चलेको निरन्तर युद्धले ठुलो क्षति ल्यायो। लाखौँ मानिसहरू मारिए। उत्पादनबाट अलग भएपछि 1 करोड 40 लाख मानिसहरू सेनामा सामेल भए। कारखानाहरू स्तब्ध भए। किसानहरूको एक ठुलो भाग युद्धको लागि गएकोले, खेतीको क्षेत्रमा काम कम भयो। जारका सेनाहरू एकपछि अर्को युद्धमा पराजित भए। देशको अर्थतन्त्र पूर्णतया विनाश भयो। शहरमा खाद्य आपूर्ति लगभग रोकिएको थियो। बेरोजगार व्यक्तिहरूको सङ्ख्या बढ्न थाल्यो। 1917को जनवरी-फरवरीमा ज्वार जस्तै हड्ताल पछि हड्तालले सम्पूर्ण रुस देशलाई थर्कमान गरिदियो। पेट्रोग्राद पुलिसले भन्यो हिंसाको सङ्ख्या हरेक दिन बढ्दै गएको छ र 1905 जस्तै रूप लिइरहेको छ। 26 फरवरीको राजनैतिक हड्ताल र प्रदर्शनहरूले विद्रोहको रूप लिइरहेछन्। श्रमिकहरूले पुलिस र सैनिकहरूको हतियार खोसेर आफैले प्रयोग गर्न थाले। सैनिकहरू पनि श्रमिकहरूको पक्षमा हिड्न थाले। फरवरीको बुर्जुवा-गणतान्त्रिक क्रान्तिको विजय भयो। 21 फरवरी बिहानदेखि साँझसम्म 60 हजार सिपाहीहरूले विद्रोह गरे, जारका मन्त्रीहरूलाई पक्राउ गरियो र क्रान्तिकारीहरूलाई जेलबाट मुक्त गरियो। पेत्रोग्राद भन्दा बाहिर पनि खबर फैलिएर गयो। सबै ठाउँमा जारका प्रतिनिधिहरूको गतिरोध गरियो। सैनिकको पोशाकमा लाखौँ किसान र श्रमिकहरूको नेतृत्वमा यो क्रान्ति सफल भयो।

फरवरी क्रान्तिले जारशाहीको शासनलाई उन्मूलन गरेर पुँजीवादी लोकतान्त्रिक प्रणालीको स्थापना गरेको थियो। यसलाई बुर्जुवा डेमोक्रेटिक क्रान्ति पनि भनिन्छ। यसले जारशाहीलाई सत्ताच्यूत गरे पनि अस्थायी वा अन्तरिम सरकारका रूपमा स्थापना भएको थियो। करेन्स्की (रुसी धनी किसानहरूको स्वार्थको प्रवक्ता त्रुदोभिक दलको नेता) सरकारका प्रमुख थिए। त्यस सरकारमा सुधारवादी मेन्सेविकहरू पनि सत्तामा सामेल भएका थिए।

तत्कालीन अवस्थामा पहिलो विश्वयुद्ध चलिरहेको थियो र जनता युद्धको अन्त र शान्तिको स्थापना चाहन्थे। तर अस्थायी सरकारले जनताको यो भावनालाई सम्बोधन गर्न नसकेपछि जनआक्रोस बढ्दै गयो। यतिबेलादेखि भएको घटना परम्पराको वर्णन ‘सोभियत र महान् अक्टोबर क्रान्तिको इतिहास’ पुस्तकबाट पाइन्छ। त्यसबाट उद्धरण लिएर अगाडी बढौं। 

सन् 1917को ती महिनाहरू...

फरवरी क्रान्तिले लेनिनलाई रुस फर्किने सम्भावना दियो। जनता आफ्नो उनैको प्रतीक्षा गर्दै थिए। तर अस्थायी सरकार साथै अरू देशहरूका पुँजीपतिहरू लेनिनसँग तर्सन्थे। लेनिनलाई रुस फर्कन नदिन उनीहरूले हर सम्भव कोशिस गरे। तर जम्मै चुनौतीहरूको सामना गर्दै 3 अप्रिल, 1917 को दिन लेनिन पेत्रोग्राद आइपुगे। मध्य राति फिनल्याण्ड स्टेशनमा लेनिन उत्रे। उनलाई स्वागत गर्न हजारौँ मजदुरहरू, सैनिक तथा नौसैनिकहरू साँझदेखि नै स्टेशन् अगाडिको चोकमा जम्मा भैसकेका थिए। उनीहरू लेनिनको विवेकपूर्ण कुरा, रुसमा घटिरहेका घटनाहरूबारे उनको मूल्याङ्कन सुन्न चाहन्थे।

मेन्शेविक नेताहरू पनि लेनिनको स्वागतमा थिए। तर उनीहरूको स्वागत षड़्यन्त्रपूर्ण थियो। लेनिनलाई वेअर्थको कुरामा फसाएर जनता सकक्ष उनलाई बोल्न नदिने पक्षमा मेन्शेविकहरू थिए। तर ट्रेनबाट निस्कनसाथ नै लेनिन सिधा स्टेशनको चोकतिर लागे। जनताले ठुलो हर्षोल्लाससहित आफ्नो नेताको स्वागत गरे। क्रान्तिकारी सैनिकहरूले लिएर आएको एक बुलेट प्रुफ गाडीले मञ्चको काम गऱ्यो। आफ्नो भषणमा लेनिनले भन्न थाले– ‘जारको तक्ता उल्टिसकेको छ, तर जमिनदारहरू तथा पँजीपतिहरूको सत्ता कायमै छ। जमिन कलकारखाना आदि यथावत् जमिनहरूकै हातमा छन्। उनीहरू मजदुर तथा किसानहरूको भाषण गर्दै छन्। पँुजीपतिहरू तथा जमिनदारहरूको सत्ताको ठाउँमा श्रमिक जनताको सत्ता कायम हुनुपर्छ। जनता नै समस्त जमिन, कलकारखानाको मालिक बन्नुपर्छ’। आफ्नो भषणको अन्त्यमा उनले नारा लगाए– ‘समाजवादी क्रान्ति–जिन्दावाद !’

भोलिपल्ट, 4 अप्रिलको दिन बोल्शेविकहरूको बैठकमा लेनिनले पार्टीको भावी क्रियाकलापसम्बन्धी योजना प्रस्तुत गरे। उनले भने– ‘जनताको अगाडि बडो धैर्यपूर्वक अस्थायी सरकारका सब कबुलहरूको कपटी चरित्र स्पष्ट पार्नुपर्छ। सोभियतहरूमा मेन्शेविकहरू तथा ऐसेरहरूको गद्दारीको भन्डाफोर गर्नुपछ, सोभियतहरूलाई बोल्शेविकहरूको पक्षमा ल्याउनुपर्छ। मजदुर एवम् सैनिक डेपुटीहरूका सोभियतहरूले किसानहरूलाई जमिन दिनुपर्छ, कलकारखानाहरूमा मजदुर नियन्त्रण राख्नुपर्छ, रुसलाई युद्धबाट उम्काउनुपर्छ। जनताको समर्थनसहित सोभियतहरूले देशको सम्पूर्ण सत्ता आफ्नो हातमा केन्द्रित गर्नुपर्छ र उनीहरू यो काम गर्न सक्छन्। ‘सम्पूर्ण सत्ता सोभियतहरूलाई !’ भन्ने जुन नारा लेनिनले प्रस्तुत गरेका थिए, त्यसले क्रान्तिको शान्तिपूर्ण बाटो देखाउँथ्यो। बोल्शेविकहरूले मजदुर, सैनिक तथा किसानहरूबीच व्यापक प्रचारकार्य शुरू गरे। उनीहरूको स्पष्ट कार्यक्रम श्रमिक जनताको आन्तरिक अभिलाषा अनुकूल थियो। मजदुर, किसान एवम् सैनिकहरूबीच बोल्शेविकहरूको प्रभाव तीव्रगतिले बढ्न थाल्यो।

कारखानाको चोकमा मजदुरहरू जम्मा भएका थिए। आमसभा चल्दै थियो अस्थायी सरकारका कुनै मन्त्री बडो गरमागरम भाषण गर्दै थिए, तर आफ्नो जीवनअवस्थामा कहिले सुधार आउने हो भन्ने कुरा मजदुरहरूले बुझ्न सकिरहेका थिएनन्। मन्त्री भन्दै थिए–‘सबैभन्दा पहिला लडाँइ जित्नुपर्छ, त्यसपछि चुनाव पर्खनुपर्छ, त्यसपछि…..। भीडमा नाराहरू सुनिन थालिए–‘लडाई मुर्दावाद ! रोटि, शान्ति र स्वतन्त्रता देऊ !’ सिट्टीहरूको आवाज र होहल्लाबीच मन्त्री आफ्नो भाषण नसकी मन्चबाट ओर्लन्छन्। मजदुरहरू बडो ध्यानपुर्वक एक बोल्शेविक नेताको भाषण सुन्दैछन्। लेनिनवादी कार्यक्रमको प्रत्येक शब्द उनीहरूलाई स्पष्ट हुन्छ।

अब मजदुरहरूले अक्सर अस्थायी सरकारका प्रतिनिधिहरूको भाषण सुन्न अस्वीकार गर्न थाले, झनझन बढी मान्छेहरूले जमिनदारहरू तथा पुँजीपतिहरूको कुरामा विश्वास गर्न छोडे। अस्थायी सरकारमा एसेर पार्टीको सहभागिताले पनि सरकाले जनतामा आफ्नो प्रभाव बढाउन सकेन। तसर्थ, उनीहरूले हतियाद्वारा बोल्शेविकहरूलाई चुप लगाउने निर्णय गरे। जुलाई, 1917 मा युन्केरहरू (सैनिक अफिसर स्कुलका छात्रहरू) ले पेत्रोग्रादमा मजदुर तथा सैनिकहरूको युद्धविरोधी जुलुसमाथि गोली चलायो। अस्थायी सरकारले लेनिनलाई गिरफ्तार गर्ने आदेश जारी गऱ्यो। पुलिसले एउटा अर्को गोप्य आदेश पायो–‘क्रन्तिको नेताको हत्या गर।’ देशभरि बोल्सेभिकहरूमाथि धरपकड शुरू भयो। अब प्रजातन्त्रसम्बन्धि सब कुरा पन्छाएर अस्थायी सरकारले श्रमिक जनतामाथि प्रहार गर्न शुरू गऱ्यो।

आफ्नो नेताको जीवन बचाउने उद्देश्यले बोल्शेविक पार्टीले लेनिनलाई गुप्तबासमा पठाउने निर्णय गऱ्यो। पेत्रोग्रादको एक उपनगरमा रहेको राजलिभ स्टेशनबाट करिब 5–6 किलोमिटर टाढा एउटा सानो तलाउको एकान्त किनारमा बनेको छाप्रोमा एक किसानको भेषमा लेनिनले बसोबास गर्न थाले। लेनिनले त्यहीबाट सङ्घर्षको निर्देशन गर्न शुरू गरे। अक्सर साथीहरू लेनिनबाट सल्लाह तथा निर्देशनहरू पाउन त्यहाँ आउने गर्थे। लेनिन ठान्थे–अस्थायी सरकारको क्रियाकलापले बोल्शेविकहरूलाई शान्तिपूर्ण तरिकाले सत्ता लिने सम्भावनाबाट वञ्चित तुल्याएको छ, क्रान्तिको शान्तिपूर्ण अवधि खत्तम भइसकेको छ। अब जनतालाई जमिनदारहरू तथा पुँजीपतिहरूका विरुद्ध सशस्त्र क्रान्तिको लागि तयार गर्नुपर्छ।

अगस्ट 1917 मा बसेको छैँटौँ पार्टी कङ्ग्रेसले सशस्त्र विद्रोहका लागि तयारी गर्ने प्रस्ताव स्वीकार गऱ्यो। सन् 1917 को शरदतिर देशको अवस्था झन् बिग्रन थाल्यो। लडाइँ चालु थियो, अनिकाल बढ्दै थियो, कलकारखाना बन्द थिए। अस्थायी सरकारलाई हटाउनुपर्छ र सत्ता आफ्नो हातमा लिनुपर्छ भन्ने कुरा बहुसङ्ख्यक जनताले बुझ्न थालिसकेका थिए। बोल्शेविकहरूको नेतृत्वमा कलकालखानाहरूका मजदुरहरूको सशस्त्र टोलीहरू बन्न थाले। यस्ता टोलीहरूका योद्धाहरूलाई लालसेना भन्न थाले, उनीहरूको रियासतहरू जलाउन थाले। मोर्चामा पनि सिपाहीहरू लडाँइमा भाग लिन अस्वीकार गर्दै थिए। उनीहरूले जनरल तथा अफिसरहरूको आदेश पालना गर्न छाडेका थिए।

हर प्रकारको दमनका बाबजुद पनि बोल्शेविक पार्टी निरन्तर बढ्दै थियो। अप्रिल 1917 मा बोल्शेविक पार्टीमा 80 हजार सदस्य थिए भने जुलाई महिनामा यो सङ्ख्या बढेर 2 लाख 40 हजार पुगिसकेको थियो।

सशस्त्र विद्रोह सफल पार्नका लागि विद्रोहसम्बन्धी स्पष्ट योजना तयार हुनुपर्थ्यो। लेनिनले यस्तो योजना तयार पारे। लेनिनले भनेका थिए–विद्रोह त्यस बेला शुरू हुनुपर्छ, जब अस्थायी सरकारले यसको सम्भवना देखेको हुँदैन। विद्रह शुरू भईसकेपछि निरन्तर अगाडि बढ्दै जानुपर्छ। ‘प्रतिरक्षा सशस्त्र विद्रोहको अन्त्य हो’ लेनिनले भनेका थिए ‘सबैभन्दा पहिले, कुनै पनि मूल्यमा रेल–वे स्टेशनहरू, पोस्टअफिस, टेलिग्राफ, टलिफोन, नेभा नदीको पुल कब्जा गरिहाल्नुपर्छ। एकीकृत विद्रोह हेडक्वाटरको नेतृत्वमा छिटो–छिटो र निर्णायक रूपमा काम गर्नुपर्छ। यस विद्रोह हेडक्वाटरमा सशस्त्र मजदुर, सैनिक तथा नौसैनिकरुलाई एकत्रित पार्नुपर्छ र यिनीहरूको निर्देशन गर्नुपर्छ।’

7 अक्टुवर, 1917 को दिन लेनिन गुप्त रूपमा पेत्रोग्राद फर्के। दुई दिनपछि बोल्शेविक पार्टीको केन्द्रीय समितिको बैठक बस्यो। यस बैठकमा भाषण गर्दै लेनिनले भनेका थिए कि अस्थायी सरकारलाई हटाउने मौका अइरहेको छ, जनता विद्रोहको लागि तयार छ। बोल्शेविक पार्टीको केन्द्रीय समितिले चाडो भन्दा चाडो  सशस्त्र विद्रोहको लागि तयारी गर्ने निर्णय पारित गऱ्यो।

विद्रोहको नेतृत्व गर्न पेत्रोग्राद सोभियतअन्तरर्गत सामरिक क्रान्तिकारी कमिटी गठन गरियो। यस कमिटीमा पार्टी केन्द्रीय समितिका प्रतिनिधिहरू, पेत्रोग्राद सोभियत, ट्रेड–युनियनहरू, वाल्टिक नौसेना तथा अन्य संस्थाहरूका प्रउनिभिहरू सम्मिलित थिए। बोल्शेविक पार्टीका विख्यात कार्यकर्ता निकोलाई पद्भोइस्की यस कमिटीका अध्यक्ष मानोनित भए। सब कलकारखानाहरू तथा पेत्रोग्रादका सब सैनिक दस्ताहरूमा सामरिक क्रान्तिकारी कमिटीले आफ्ना प्रतिनिधिहरू पठाए। पँुजीपतिहरू तथा जमिनदारहरूको विरुद्ध निर्णायक संग्रामको तयारी हुन थाल्यो।

लेनिनको प्रस्तावअनुसार 24 अक्टोबर (नयाँ शैली अनुसार 6 नोभेम्बर) को दिन यो विद्रोह शुरू भयो। लेनिनको नेतृत्वमा गठित विद्रोह हेडक्वार्टर स्मोल्नी इन्स्टिच्युटमा राखिएको थियो। पेत्रोग्रादका सडकहरूमा जता ततै स्मोल्नी इन्स्टिच्युटतिर जान थालेका श्रमिकहरूका सैनिक दस्ताहरू देखिन्थे। युन्केरहरूले नेभा नदी पार गर्ने पुल खोल्न नदिने र लालसेनाहरूलाई सहरको केन्द्रीय भागभित्र पस्न नदिने प्रयास गरे। तर विद्रोहीहरूको शक्तिशाली प्रभाव रोक्न असम्भव थियो। लालसेनाहरूले युन्केरहरूलाई पछाडि हटाए र पुलहरू कब्जा गरे। मजदुरहरू सँगसँगै सैनिकहरू तथा नौसैनिकहरू पनि स्मोल्नी जाँदै थिए। जोसँग हतियार थिएन, उनीहरूले स्मोल्नीको चोकमा बन्दुक र ग्रिनेडहरू पाए। तोपखानाबाट मेशिनगनहरू पनि ल्याइपुऱ्याए।

अब स्मोल्नी इन्स्टिच्युट सैनिक शिविरमा परिणत भइसकेको थियो। सबै प्रवेशमार्गहरूमा पहरा लागेको थियो। काटी कसिएका घोडाहरू तयार थिए। तोपहरू पनि ल्याइल्नी इन्स्टिच्युट सैनिक शिविरमा परिणत भइसकेको थियो। सबै प्रवेशमार्गहरूमा पहरा लागेको थियो। स्मोल्नीका लामा मटानहरूमा सैनिक कमाण्डरहरू आवतजावत गरिरहेका थिए। केही कमाण्डरहरू आदेश लिन जाँदै थिए त केही पाएको आदेश पूरा गर्न आफ्नो सैनिक दस्तातिर लाग्दै थिए। लेनिन र उनका सहयोगीहरू यी सैनिक दस्ताहरूलाई निर्देशन दिँदै थिए। सैनिक विद्रोह सम्बन्धी योजना राम्ररी पालना भइरहेको छ या छैन भन्ने कुरा उनीहरू बडो गम्भीरतापूर्वक जाँच गर्थे। लालसेना दस्ता युन्केरहरूको कडा प्रतिरोध सामना गर्दैछ भन्ने खबर आइपुग्छ।

उनीहरूलाई मद्दत गर्न बाल्टिक नौसैनिकहरूको एक दस्ता अविलम्ब पाइपुग्छ। कुनै पनि हालतमा थामिनुहुन्न, अगाडि बढ्या बढै गर्नुपर्छ। 25 अक्टोबरका दिन स्मोल्नीमा एक पनि अर्को खुसीका खबरहरू आउन थाले– ‘टेलिग्राफ कब्जा भयो’, ‘रेल–वे स्टेशनहरू कब्जा भए’, ‘टेलिफोन स्टेशन् कब्जा भयो।’ सहरको अधिकांश भाग विद्रोही जनतको हातमा आइसकेको थियो। तर क्रान्तिको विजयको लागि शीत महलमाथि कब्जा गर्नु आवश्यक थियो र अस्थायी सरकारलाई गिरफ्तार गर्नुपर्थ्यो।

अस्थायी सरकारका मन्त्रीहरू शीत महलको एउटा कोठामा जम्मा भएका थिए। टेलिफोनहरू चुप छन्, तार–सञ्चार बन्द छ। विशाल सागरको बिचमा रहेको कुनै निर्जन टापुमा असहाय परेर बसेका मानिसहरू झैँ यी मन्त्रीहरू सम्पूर्ण राष्ट्रबाट अलग्गिएर बसेका थिए। शीत महलको वरिपरि हतार हतार लगाइएको बैरिकेडहरू पछाडि करिब 7 सय 50 अफिसर तथा युन्केरहरू लुकेर बसेका छन्। उनीहरूका बन्दुहरू र मेशिनगनहरू शीत महल अगाडिको चोकतर्फ तेर्सिएका छन्, त्यही चोक जहाँ 9 जनवरी, सन् 1905 मा मजदुरहरूको शान्तिपूर्ण जुलुसमाथि गोली चलाइएको थियो। त्यस बेला मजदुरहरू जारसँग दयामायाको भिख माग्न गएका थिए। आज जबरजस्ती शक्ति हातमा लिने बेला आएको थियो।

विद्रोहीहरूले अस्थायी सरकारलाई आत्मसमर्पण गर्नका लागि अल्टिमेटम पठाए। कुनै जवाफ आएन। तब सामरिक क्रान्तिकारी कमिटीको निर्णयअनुसार शीत महलमाथि हमला गर्ने आदेश दिइयो। सामरिक जहाज ‘आभ्रोरा’ बाट हानिएको तोपको आवाज यस आक्रमणको सङ्केत थियो। शीत महलमाथि हमला शुरू भयो। लालसेना, सैनिक तथा नौसैनिक दस्ताहरू शीत महल चोकमा पुगे। युन्केरहरूले गोलीको अन्धाधुन्ध प्रहारद्वारा उनीहरूको सामना गरे। विद्रोहीहरू गोली चलाउँदै शीत महलतर्फ अघि बढ्न थाले। एक बुटेलप्रुफ गाडी गोली छोड्दै थियो। मानिसहरूको भीड दरबारको ढोकाअगाडि पुग्यो। युन्केरहरू नजिकैबाट गोली चलाउँदै थिए। अन्त्यमा गएर अफिसर र युन्केरहरूको सब प्रतिरोध विफल भयो। शीत महलको ढोका खुला थियो।

मानिसहरूले फलामको ढोका धकेल्न थाले। एकैछिनमा भीडको दबाबमा परेर त्यो बडेमाको फलामको ढोका खुल्यो। विद्रोहीहरू शीत महलभित्र पसे र दरबारभित्रका बहुसङ्ख्यक कोठाहरू तथा हलहरू पार गर्दै त्यस कोठामा पुगे, जहाँ अस्थायी सरकारका मन्त्रीहरू लुकेर बसेका थिए। आफ्नो बाटो रोक्न खोजेका युन्केरहरूको हतियार खोसेर उनीहरूलाई गिरफ्तार गरिसकेपछि विद्रोहीहरू कोठाभित्र बसे, जहाँ केही मन्त्रीहरू डरले थर्कमान भएर टेबुल वरिपरि बसेका थिए। रुसका पुँजीपतिहरू तथा जमिन्दारहरूको अन्तिम सरकार–तथाकथित अस्थायी सरकार पनि थियो। लडाइले तातिएका विद्रोहीहरू छुद्र मानिसहरूको यस जत्थाप्रति बडो घृणापूर्वक हेर्दैथिए। बोल्शेविक आन्तोनभ–ओभ्सेएन्कोले अगाडि बढ्दै बडो शान्ति एवं. दृढ स्वरमा भने– ‘पेत्रोग्राद सोभियतको सैनिक क्रान्तिकारी समितिको नामबाट म घोषणा गर्दै छु, अस्थायी सरकार भङ्ग भएको छ, अब तपाईहरू गिरफ्तार हुनुहुन्छ।’

25 अक्टोबरको साँझपख, जब शीत महलमाथि हमला चल्दै थियो, सोभियतहरूको दोस्रो अखिल रसियाली महाधिवेशन शुरू भयो। तारद्वारा सम्पूर्ण देशभरि ‘मजदुर सैनिक एवं. किसानहरूलाई’ सम्बोधन गरिएको अपिल प्रसारित गरियो। यो अपिल लेनिनले लेखेका थिए। अपिलमा भनिएको थियो :

‘मजदुर, सैनिक एवं. किसानहरूको व्यापक बहुमतको समर्थनसहित, पेत्रोग्रादमा सम्पन्न मजदुर तथा नगररक्षक सेनाको विजयी विद्रोहको समर्थनसहित यस महाधिवेशनले आफ्नो हातमा सत्ता लिएको छ… महाधिवेशनको निर्णयअनुसार इलाकाहरूमा सम्पूर्ण सत्ता मजदुर, सैनिक एवं. किसान डेपुटीहरूका सोभियतहरूको हातमा आएको छ र यी नै सोभियतहरूले वास्तविक क्रान्तिकारी अवस्था सुनिश्चित गर्ने अभिभारा आफ्नो हातमा लिनेछ।’

यस प्रकारको सोभियत सत्ता, श्रमिक जनताको एक नयाँ सत्ताको उदय भयो। नयाँ सत्ताको सर्वोच्च अङ्ग सोभियतहरूको अखिल रसियाली महाधिवेशनद्वारा पारित सबैभन्दा शुरूका निर्णयहरूले सम्पूर्ण विश्वका अगाडि देखाएको छ। सोभियत सत्ताको लागि श्रमिक जनताको सुख–सुविधा भन्दा बढी महत्त्वपूर्ण अर्को कुनै उद्देश्य छैन। बोल्शेविक पार्टीको केन्द्रीय समितिका तर्फबाट सोभियत सत्ताका प्रथम आज्ञाप्तिहरू घोषणा गर्नका लागि लेनिन मञ्चमा आए।महाधिवेशनमा भेला भएका प्रतिनिधिहरूले क्रान्तिका महान् नेताको ठुलो जयजयकार र करतलध्वनीसहित स्वागत गरे, ‘सोभियत सत्ता जिन्दाबाद !, लेनिनको जय होस !, लेनिन जिन्दाबाद !’ लेनिनले महाधिवेशनका प्रतिनिधि समक्ष युद्धरत राष्ट्रहरूका श्रमिक जनता र सरकारहरूलाई युद्ध बन्द गर्ने र त्यस्तो सन्धीमा हस्ताक्षर गर्ने, जुन संसारभरिका जनजातिहरूको लागि न्यायपूर्ण होस, त्यस्तो सन्धीका लागि अविलम्ब अपिल जारी गर्ने प्रस्ताव राखे, जसमा केही राष्ट्रहरूले अन्य राष्ट्रहरूलाई दास बनाउने छैन। प्रतिनिधिहरूले सर्वसम्मतिद्वारा शान्ति सम्बन्धी आज्ञाप्ति पारित गरे।

त्यसपछि लेनिनकै प्रस्तावअनुसार महाधिवेशनले भूमि सम्बन्धी आज्ञाप्ति स्वीकार गऱ्यो। यस आज्ञाप्तिले जमिनमाथि जमिनदाहरूको स्वामित्व अन्त्य गरिदियो। किसानहरूको आफ्नो उपयोगका लागि 15 करोड हेक्टर भन्दा बढी जमिन निःशुल्क पाएर जमिनदारहरूलाई बर्सेनि तिर्दै जानुपर्ने 70 करोड स्वर्ण रुबलको लगानीबाट पनि मुक्ति पाए। यसबाहेक उनीहरूले पुराना रियासतहरूमा रहेका करिब 30 करोड स्वर्ण रुबल मूल्यको विभिन्न कृषि औजारहरू पनि पाए। सम्पूर्ण जमिन, जङ्गल र स्रोतहरूको राष्ट्रियकरण गरियो। यस प्रकारले किसानहरूले, जो जनसङ्ख्याको बहुमत थिए, आफ्नो चीर प्रतिक्षित जमिन र स्वतन्त्रता पाए।

श्रमिक जनताको युगौ पुरानो सपना साकार भयो। मजदुर तथा किसानहरू देशको मालिक बने। सोभियतहरूको महाधिवेशनले विश्वमा पहिलो श्रमिक सरकार–

सोभियत जनकमिसार परिषद् गठन गऱ्यो। भ्लादिमिर इल्यीच लेनिन सर्वसम्मतिद्वारा नयाँ सरकारको अध्यक्ष निर्वाचित भए।

पेत्रोग्रादमा सम्पन्न विद्रोहको विजयसम्बन्धि यो खबर सम्पूर्ण देशभरि फैलियो। विशाल रुसको कुना कुनामा–साइबेरिया, बेलारुस, मध्य एसिया, युक्रेन, भोल्गा तटवर्ती नगरहरूमा जताततै सोभियतहरूको हातमा सत्ता आएको यो खबर फैलियो। तर धेरैजस्ता सहरहरूमा श्रमिक जनताले क्रान्तिका शत्रुहरूका विरुद्ध धमासानको लडाई गर्नुपऱ्यो। यसप्रकारले मस्कोमा एक सातासम्म भयंकर लडाई चल्यो। पेत्रोग्रादमा लालसेना तथा नौसैनिकहरूले छिमेकी सहरहरूका मजदुरहरूले मस्कोका विद्रोहीहरूका लागि सकेसम्म छिटो मद्दत पठाए। मस्कोमा विद्रोह सफल भयो। सम्पूर्ण देशभरि महान् अक्टोबर समाजवादी क्रान्तिको विजय भयो।

गरिब किसानहरूसँग घनिष्ट रूपमा सम्बन्धित क्रान्तिकारी मजदुरहरूले जनताको नेतृत्व गरेको थियो। त्यसैकारणले नै क्रान्तिको विजय भएको थियो। लेनिनको अध्यक्षतामा बोल्शेविक पार्टीले श्रमिक जनताको सङ्घर्षको नेतृत्व गर्दै थियो। त्यसैकारणले नै क्रान्तिको विजय भएको थियो। रुसमा सम्पन्न समाजवादी क्रान्तिको विजय युद्धमा रुसको मित्रराष्ट्र बनेको बेलायत र फ्रान्स तथा संसारभरिका पुँजीपतिहरूमाथि एक जोडदार प्रहार थियो। जारशाही रुस आफैँ साम्राज्यवादी देश भएतापनि आर्थिक दृष्टिकोणले यो निकै पिछडिएको मुलुक थियो, बढी विकसित साम्राज्यवादी शक्तिहरूमाथि निर्भर थियो। रुस मुख्यतया कृषि वस्तुहरूको निर्यात गर्थ्यो, देशमा प्रयोग हुने आधाभन्दा बढी मेशिन तथा कलपुर्जाहरू विदेशबाट आयात गरिन्थ्यो। सन् 1913 मा अर्थव्यवस्थाका आधारभूत क्षेत्रहरू (कोइला तथा पेट्रोलको उत्पादन, धातु उत्पादन) विदेशी पुँजीपतिहरूको अधीन थियो, विशालतम रुसी ब्याङ्कहरूको आधा भन्दा बढी पुँजी विदेशीहरूको हातमा थियो। युद्धकालमा आफ्ना मित्रराष्ट्रहरूमाथि रुसको निर्भरता अझ बढ्न गयो।

अक्टोबर क्रान्तिले साम्राज्यवादीहरूलाई उनीहरूको पुँजीबाट मात्र वन्चित गरेको होइन, अपितु रुसलाई पूर्णतया दास बनाएर उसको भूभाग विभाजन गर्ने सबै योजना समेत विफल तुल्याइदियो। तर सबैभन्दा मुख्य कुरा त के थियो भने विश्वभरिका पुँजीपतिहरूलाई रुसमा फैलिएको क्रान्तिको ज्वाला कहीँ उनीहरूको देशहरूमा पनि फैलिने त होइन भन्ने ठुलो डर थियो। महान् अक्टोबर क्रान्तिले साम्राज्यवादको अखण्ड प्रभुत्व खत्तम पारिदियो। विश्वको छैँटौंँ भागमा समाजवादको निर्माण कार्य शुरू भयो। विश्व दुई शिविरमा टुक्रियो–मरणासन्न पुँजीवाद तथा विकासोन्मुख समाजवाद। विश्वभरिका श्रमिक जनताका लागि अक्टोबर क्रान्ति सङ्घर्षको एक महान् दृष्टान्त बन्न गयो। यस क्रान्तिले विजय तथा स्वतन्त्र एवं. सुखमय जीवनको निर्माणपथ देखाउँदै थियो। आफ्नो क्रियाकलापका शुरूका महिनाहरूमा नै सोभियत सरकारले लेनिनको अध्यक्षतामा देशका अत्यन्त महत्त्वपूर्ण समस्याहरू हल गर्न थाल्यो।

सब कलकारखानाहरूमा मजदुर नियन्त्रण कायम गरियो, श्रमिकहरू कलकारखानाहरूका वास्तविक माली बन्ने तयारी गर्दै थिए। सर्वोच्च आर्थिक परिषद् खडा भयो, ब्याङ्कहरू, रेल वे यातायात, व्यापारिक जहाजी कम्पनीहरूको राष्ट्रियकरण भयो, वैदेशिक व्यापारमा राजकीय एकाधिकार कायम गरियो। सन् 1918 को शरदमा देशका सबैजसो विशालतम औद्योगिक संस्थाहरूको राष्ट्रियकरण प्रक्रिया पूरा भइसकेको थियो। देशको सम्पूर्ण सम्पदा श्रमिक जनताको सम्पत्ति बन्यो। कलकारखानाहरूमा 8 घन्टे मजदुर–दिवस ठेकियो, मजदुरहरूको सबैतनिक आराम बिदा, बिरामी बिदा, कार्यक्षमताको क्षति तथा बेकारी अवस्थाका लागि बिमा सुविधा आदि पाए। सोभियत सरकारले अत्यन्त कठिन परिस्थितिमा आफ्नो काम शुरू गर्नुपऱ्यो। अपदस्थ अस्थायी सरकारका कर्मचारीहरू मजदुर एवं. कृषकहरूको सत्तालाई काम गर्न हर प्रकारले बाधा पुऱ्याउँदै थिए। उनीहरू या त अफिस नै आउँदैनथे, या त जानी जानी काम विगार्थे।

ब्याङ्क कर्मचारीहरू सेफहरूको साँचो लुकाउँथे, अनेक बहाना गरेर मजदुरहरूको तलब रोक्थे। पुँजीपतिहरू, उनका बफादार नोकरहरू, कर्मचारीहरू यस प्रकारको देशलाई अव्यवस्थाको धरातलमा झोक्न चाहन्थे र सोभियत सत्ता उल्टाउने प्रयास गर्दै थिए। 18 नोभेम्बर, 1917 को दिन लेनिनले जनताको नाममा एक अपिल जारी गरे। उक्त अपिलमा भनिएको थियो ः ‘साथीहरू, श्रमिक जनता हो ! याद राख्नुहोला, अब तपाईहरू आफैँ राज्य प्रशासन् चलउँदै हुनुहुन्छ। यदि तपाईहरू आफैँ एकताबद्ध हुनुहुन्न र राजकाजको सब काम आफ्नो हातमा लिनुहुन्न भने कसैले तपाईँहरूको मद्दत गर्न सक्दैन। अब देखि तपाईहरूका सोभियतहरू राज्यसत्ताका यन्त्र बनेका छन् र यी सोभियतहरूलाई सब कुराको निर्णय गर्ने अधिकार छ। आफ्ना सोभियतहरूको वरिपरि एकबद्ध हुनुहोस, सोभियतहरूलाई सदृढ बनाउनुहोस्। सबैभन्दा तलबाट काम शुरू गर्नोस, कसैलाई पर्खेर नबस्नोस।’

श्रमिकहरूले आफ्नो नेताको आव्हानको जवाफ दिए। पेत्रोग्रादका मजदुरहरू कामको खोजीमा श्रम सम्बन्धी जनकमिसेरियटमा आउन थाले। पेत्रोग्राद नजिकै रहेको नौसैनिक अखडा क्रोन्शोतादबाट टेलिग्राफ कार्यकर्ताहरू भूतपूर्व डाकतार मन्त्रालयको काम चलाउन आइपुगे। उनीहरूल विध्वंसकारी भूतपूर्व कर्मचारीहरूको ठाउँमा काम गर्न थाले र देशको हुलाक तथा आकाशवाणी–व्यवस्था आफ्नो हातमा लिए। राष्ट्र ब्याङ्कका कर्मचारीहरूले सोभियत सरकारलाई आवश्यक पैसा दिन अस्वीकार गरे। लालसेनाले ब्याङ्कका डाइरेक्टरलाई गिरफ्तार गर, त्यसपछि मात्र डरले थर्कमान भएका कर्मचारीले ब्याङ्कका सेफहरू खोल्न थाले। श्रमिक जनताको व्यापक समर्थनसहित सोभियत कार्यालयहरूले सहरहरूको खाद्य सामग्री सप्लाई व्यवस्था ठिक पार्न थाले। तहखानाहरूमा बस्ने मजदुर परिवारहरूलाई धनीहरूको घरहरूमा बसोबास गराउन थाले।

सोभियत सरकारले यी सब ऋणहरू खारेज गरिदियो, जुन जारशाही सरकार र अस्थायी सरकारले विदेशी तथा रुसी पुँजीपतिहरूसँग लिएको थियो। देशले आफूलाई सरकारी ऋणहरूको भारबाट मुक्त गऱ्यो। विदेशी ऋणको रकम झन्डै 16 अरब रुबल र आन्तरिक ऋण 17 अरब स्वर्ण रुबल पुग्थ्यो। राजकीय आज्ञाप्तिहरूद्वारा सब मानपदवीहरू र मानिसहरूलाई श्रेणीहरूमा विभाजन गर्ने प्रथा बदर गरियो, लोग्नेमान्छेहरू र आइमाईहरूबीच समानता कायम गरियो र देशभरिका सम्पूर्ण जनजातिहरूलाई समान अधिकार प्रदान गरियो। विध्वंस तथा प्रतिक्रान्तिको विरुद्ध सङ्घर्ष गर्न फेलिक्स जेर्जीन्स्कीको नेतृत्वमा अखिल रसियाली असाधारण कमिशन गठन गरियो। जनन्यायलय र जनमिलिशिया गठन गरियो। सेनामा पनि सैनिक सोभियतहरूको हातमा सत्ता सुम्पियो। मजदुर तथा किसाान परिवारहरूबाट आएका व्यक्तिहरू सेनाको मुख्य मुख्य पदमा मनोनीत भए। रुसका श्रमिक जनता कठिन परिस्थितिमा एक नयाँ जीवनको निर्माण गर्दै थिए। उनीहरूसँग कुनै अनुभव थिएन। यसैबेला मजदुर तथा किसानहरूको राज्यको शत्रुहरू नवजात सोभियत राज्यका विरुद्ध सङ्घर्षको तयारी गर्दै थिए।

क्रान्तिको अनुभव : आजको सान्दर्भिकता

यो पछि पनि घुमाउरो बाटोहरू छन्। केही दशकसम्म सोभियत सङ्घको समाजवाद जारी रह्यो, नयाँ नयाँ उपलब्धि र च्यालेन्ज पार गर्दै। हामीले सोभियत रसिया देखेका छैनौँ। सय वर्षअघि रसियामा खटिखाने मानिसहरूको क्रान्तिबाट शुरु भएर पूर्वी युरोप लगायत संसारको 1/6 क्षेत्रमा अचम्मको सभ्यता निर्माण भएको थियो। ती जुझारु र क्रान्तिकारी कम्युनिस्टहरू हामीबाट निकै टाढा थिए, र अर्कोतिर यता हामीले ‘कम्युनिस्ट’ नामधारी सरकारको थिचोमिचो, आम जनतामाथि उनीहरूको प्रशासनिक अत्याचार देखेका छौँ। यहाँ जााति उन्मुक्तिको निम्ति रक्ताम्य सङ्घर्ष देखेका छौँ। यस जातिहरूका आत्मनिर्णयको अधिकारको प्रसङ्गमा पनि सोभियत रसियालाई सम्झौँ आज। क्रान्तिपछि सम्पूर्ण अल्पसङ्ख्यक र उत्पीडित राष्ट्रियताहरूलाई आत्मनिर्णयको अधिकारको घोषणा गरिएको थियो सोभियतमा। त्यहाँका राष्ट्रियताहरूलाई सोभियत सङ्घमा बस्ने-नबस्ने भन्ने बारे निर्णय लिने अधिकार दिइएको थियो। फिनल्याण्डले छुट्टै देश गठनको माग राख्दा सोभियत रसियाले त्यो मागलाई तत्कालै समर्थन गर्दै, स्वीकार गरेको छ। अन्य जातिहरूले स्वैच्छिक रूपमा रसियासँगै बस्ने निर्णय लिएको थियो र बनियो ‘समाजवादी सोभियत युनियन’। साचो कम्युनिस्टहरूले निर्माण गरेको समाज थियो ‘सोभियत युनियन’।

हाम्रा वरिपरि वेरोजगारीको पर्खाल उभिएको छ! स्कुल जाँदै गरेका युवाहरू पलायन भएर परदेश पुग्छन्। पढाइको खर्च तिर्नु नसक्दा ड्रप आउट हुनेहरूको सङ्ख्या बढ़्दो छ। बालश्रमको सूचीमा छन् सस्तो ज्यालामा पेलिरहेका कलिका किशोरहरू। तर उता, सोभियतले बेरोजगारीलाई उन्मुलन गरेको थियो। सबैको निम्ति थियो सम्मान ज्याला अनि कामको अधिकार। केवल औपचारिकतामा होइन तर यथार्थमै सोभियतले बालश्रमको शोषणमाथि प्रतिबन्ध लगाएको थियो। सोभियतमा बालक-बालिकालाई श्रमको मर्यादाबारे मानसिक विकास गराउन योजनाबद्ध तरिकाले प्रशिक्षण दिइन्थ्यो। ट्रेनिङ्गपछि 14-18 वर्ष उमेरकाहरूलाई सर्वाधिक 4-6 घण्टा काममा लगाउन सकिन्थ्यो, तर उनीहरूले 8 घन्टाकै ज्याला पाउँथे।

सोभियतका नानीहरू जन्मैदेखि समाजको सम्पदा थिए। 2 वर्ष उमेरदेखिका नानीहरूको पढाई र मानसिक विकासको दायित्व सरकारमाथि थियो। प्रत्येक कारखाना, वा अफिसमा क्रेच हुन्थ्यो, कार्यरत आमाहरूका नानीहरूलाई हेरचार गर्थे दक्ष नर्सहरू। प्रत्येक रेल्वे स्टेशन् अथवा दुरगामी ट्रेनहरूमा पनि क्रेच थियो। नक्सा हेरेर-कोरेर, नृत्य-गीत सिकेर प्राथमिक शिक्षा पाउनु सोभियत नानीहरूको कानुनी अधिकार थियो। यसरी नानीहरूको देखरेख र शिक्षाको दायित्व केवल परिवारमाथि मात्र नभएर, समाजमाथि पनि थियो।

सबैका निम्ति प्राथमिकदेखि उच्चस्तरीय शिक्षा आर्जनसमेतमा निःशुल्क व्यवस्था थियो। सोभियत रसियाले सबै जातिका मानिसहरूलाई आ-आफ्नै मातृभाषामा पढ़्न सक्ने अधिकार दिएको थियो। 120 वटा भाषाहरूमा पाठ्यपुस्तक छापिएको थियो, जसमध्ये क्रान्ति अघि 40 वटा भाषाको कुनै लिपि नै थिएन। 

हाम्रा चिया बगानहरू रगतपसिना निचोडेर मालिकहरूको लागि मुनाफाको पहाड बनाउने कारखाना हो। बगानहरूमा पुस्तौदेखिको हेपाइ आजपनि यथावत नै छ। अन्य उद्योगका मजदुरहरू पनि त्यतिकै समस्यामा छन्। यसैमाथि मालिकहरू पोस्याउने सरकारी नीति र प्रशासनको तत्परताले दिक्क लगाउँछ।

तर सोभियतमा भने सबै कारखाना, जमिन, ब्यांकको राष्ट्रियकरण भएको थियो, अर्थात् यी सबैमा जनताको मालिकाना अधिकार थियो। निजी मालिकाना खारेज हुँँदा त्यहाँ मालिकहरूको मुनाफा लुट्ने बाटो बन्द भएको थियो। सोभियत समाजमा जनताको श्रम समाज विकासको काममा उपयोग हुन थालेको थियो। 8 घण्टा भन्दा ज्यादा खटाउने प्रथा बन्द भएको थियो। क्रान्तिको केही वर्ष पछि त झन् कामको समय घटाएर 7 घन्टासम्म पुऱ्याएको थियो।

हाम्रा समाजमा नारीहरू आजपनि अवहेलनाको शिकार बनिरहेका छन्। काम गर्ने नारीहरूमाथि त झन् धेर बोझ छ। कार्यक्षेत्र र घरेलु श्रम। त्यसमाथि छ नानी हुर्काउने दायित्व। आज पनि कयौँ उद्योगहरूमा नारीहरूलाई कम ज्याला दिने चलन छ। कार्यक्षेत्रमा यौन शोषण। कामको खोजीमा जाँदा तस्करीको शिकार हुने खतरा। अँध्यारोमा नारीहरू हराउने घटना पनि चलिरहन्छ। अर्कोतिर, आजपनि धेरजसोले नारीहरूका लागि आर्थिक स्वनिर्भर हुनुभन्दा घर-परिवारको रेखदेख नै उनीहरूलाई सुहाउँदो काम हो भनेर सोच्छन्।

100 वर्ष पुरानो इतिहासले कसरी यो परम्परालाई तोड़े? सोच्दा अचम्भ लाग्दैन? सोभियत नारीहरूलाई घरेलु कामदेखि मुक्त गर्दै आर्थिक स्वनिर्भरताको निम्ति प्रोत्साहित गरिएको थियो। असङ्ख्य सामूहिक भान्साघर र क्रेचहरूको स्थापनाले गर्दा सोभियत नारीहरू घरेलु कामदेखि मुक्त भएको थियो। सोभियत रसिया नै एकमात्र देश हो जहाँ वेश्यावृत्तिको सम्पूर्ण उन्मुलन भएको थियो, उनीहरूको पुनर्वास भएको थियो अन्य पेशाहरूमा। सोभियतमै प्रथमचोटी नारीहरूले आफ्नो शरीर र मनमाथि आफ्नै अधिकार प्राप्त गरेका थिए। जसले गर्दा नारीहरूले गर्भपतनको अधिकार पाएका थिए। अर्कोतिर सोभियतमा अवैध सन्तान भन्ने कुरै थिएन। सबै नानी देशको सम्पदा हो, र उसको रेखदेखको जिम्मेवारी सरकारको हो भनेर पारित भएको थियो। 

सोभियतमा बनिएको थियो निःशुल्क स्वास्थ्य व्यवस्था, र सबैको निम्ति थियो निर्दिष्ट डाक्टरको प्रबन्ध। सोभियत जमानाको चित्रकला-मूर्तिकला-साहित्य-नाटक-सिनेमाहरू अर्कै उच्चतामा पुगेको थियो। खेलहरूमा अभूतपूर्व अग्रगतिको उदाहरण हो अलिम्पिकमा सोभियत रसियाको निरन्तर सफलता। सोभियतले नै अन्तरीक्षमा प्रथम यात्री पठाएको थियो। प्रथम नारी अन्तरीक्ष यात्री पनि सोभियतकै थिइन्।

पुँजीवादी संसारको षडयन्त्र अनि देश-विदेशको स्वार्थी शत्रुहरूको चलखेलले गर्दा आज त्यो सोभियत रसिया विलीन भयो। तर त्यहाँको क्रान्तिकारी सङ्घर्षले आर्जन गरेको उपलब्धिहरू संसारको लागि गहिरो अनुभवको स्रोत हो, जसमाथि उभिन सक्छन् भविष्यका धेरै नयाँ सभ्यता निर्माणका प्रयासहरू। ‘समाजको लागी व्यक्ति र (किनभने) व्यक्तिको लागी समाज’को आदर्श बोकेको यस्ता सामुहिकताको समाज निर्माणको प्रयास र सपनाबाहेक कसरी मानव सभ्यताले प्रगति गर्नसक्छ? आजको राजनैतिक-सामाजिक-वैचारिक खोक्रोपनलाई नकारौँ अनि महान् रुसी क्रान्तिलाई सम्झिन्दै सङ्घर्षको बाटोमा हिड़ौँ, प्रगतिको बाटो निर्माण गरौँ।