Sunday, April 25, 2021

फासीवाद : इतिहास र वर्तमान - एक मार्क्सवादी अवलोकन (भाग-१)


लाली गुराँस


अचेल फासीवाद बारे चर्चा चुलिएको छ। तानाशाही-अधिनायकत्व-एकाधिकारवाद आदि शब्दहरूसाथै 'फासीवाद'को उपयोग पनि निकै देखिँदै छ। हुन त शासकविरुद्ध गुनासो पोखिँदा जनता र विरोधीहरूले सधैँ नै यस्ता शब्दहरूको प्रयोग गरे तापनि यी शब्दहरूको भने बेग्लाबेग्लै अर्थ छन्।  अब चर्चाको केन्द्रविन्दुमा 'फासीवाद' नै छ, किनभने यसको विपदसङ्केत देश भरी नै छर्लङ्ग छ। उल्लिखित अरू शब्दहरूभन्दा फासीवाद वा फासिज्म फरक छ। यसको विशेष राजनीति, अर्थनीति र इतिहास छ। त्यसैले यस शब्दको जथाभाबी प्रयोग अर्थहीन छ।     

मार्क्सवादी दृष्टिकोणबाट 'फासीवाद'लाई हेर्न वर्तमान स्थितिमा आवश्यक देखियो। किनभने सैद्धान्तिक धमिलोपनको माहौल छाइरहेको छ। 'मार्क्सवाद'को नाम लिएरै मार्क्सवादको ठिक विरोधी अडान देखियो। अतीतमा उत्पीडित राष्ट्रियताको सङ्घर्षमाथि पहाडमा 'मार्क्सवादी' 'कम्युनिस्ट' नामधारीहरूद्वारा दमन देखिएकै हो भने मधेसमा खटीखाने जनताको लडाई कुल्चन पनि एउटै थियो भूमिका। अचेल पनि सब ठाउँमै तथाकथित 'मार्क्सवादी'हरूका एकांशले फासीवादीहरूसँग नजिकपन देखाउँदै छ। राज्यको तानाशाही शासनलाई उखेल्न फासीवादीहरूसँग मिल्ने नाना थरीका प्रवृत्ति पहाड र मधेसका दुवै तथाकथित 'मार्क्सवादी'हरूले नै देखाए। तत्काल 'फाइदा'को लागि यी कदमहरू भने सिद्धान्त र जनहित-- दुवैको लागि नै खतरनाक हो। त्यसैले 'फासीवाद'लाई दोहोऱ्याएर हेर्न जरुरी भयो।     


इतिहासमा फासीवाद वनाम मार्क्सवाद

संसारको इतिहासमा सन् 1917को रुसी क्रान्ति एक ठुलो माइलखुट्टी थियो। किनभने विश्वमा पहिलो पटक श्रमजीवी मानिसहरूका सत्ता स्थापनाको आश्चर्य घटना हो यो। उत्पीडित राष्ट्रियताहरू, महिला, बेरोजगार युवा लगायत जम्मै थिचिएकाहरूले अभूतपूर्व अधिकारहरू पाएका थिए। त्यस रुसी क्रान्तिपछि बनिएको थियो विश्वभरिका कम्युनिस्ट सङ्गठनहरूको अन्तर्राष्ट्रिय सङ्गठन -- 'कम्युनिस्ट इन्टरन्याशनल (संक्षेपमा कमिन्टर्न)। यसलाई थर्ड इन्टर-न्याशनालको नाममा पनि चिनिन्छ। रुसी क्रान्तिपछि अन्य देशहरूमा (खास गरी जर्मनी र इटलीमा कम्युनिस्ट सङ्घर्ष बलियो थियो) सर्वहारा क्रान्तिको 'विपद्' रोक्न आफ्नो विषालु अडान राख्दाराख्दै 1920-30 को दशकमा इटलीको फासीवाद र जर्मनीको नाजीवाद निकै फैलिसकेको थियो। यसको आतङ्क अनि क्रूर-बर्वर अपराधहरूले त्यसताका संसारलाई हैरान पार्दै थियो। मजदुर सङ्घर्ष र कम्युनिस्ट आन्दोलनलाई जबरजस्ती दबाउने कोसिस चलिरहेको थियो। हिट्लरको नाजी वाहिनी आफैँले जर्मन संसद भवन ‘राइखस्टाग' जलाएर  कम्युनिस्टहरूमाथि त्यसबारे झुटो आरोप लगाउँदै फासीवादी राज पूर्ण रूपमा कायम गर्न खोजे। असङ्ख्य कम्युनिस्टहरूको दमन, र हत्या भयो।

.

मार्क्सवादी परिभाषा

कम्युनिस्टहरूले फासीवादविरुद्ध सङ्घर्ष गर्नसाथै यसको विपदबारे छलफल पनि सन् 1918देखि नै गरिरहेको थियो। सन् 1935मा कमिन्टर्नको 7औँ अधिवेशनमा बेल्जियमका कम्युनिस्ट नेता तथा कमिन्टर्नको महासचिव जर्जी डिमिट्रोभले फासीवादको जुन परिभाषा दिए, त्यो आज पनि मार्क्सवादी  चर्चामा सर्वमान्य छ: "फिनान्स क्यापिटल (वित्त पुँजी) को सबभन्दा प्रतिक्रियावादी, सबभन्दा उग्र-राष्ट्रवादी, अनि सर्वोच्च साम्राज्यवादी तत्त्वहरूको खुला आतङ्ककारी अधिनायकत्व हो फासीवाद।"

अर्थात्, फासीवाद भनेको वित्त पुँजीको उग्र-हिंसक ताकत हो। मजदुर वर्ग, किसान र बौद्धिक क्रान्तिकारी वर्गहरूविरूद्ध प्रतिशोधको आतङ्कवादी सङ्गठन हो। विदेश-नीतिको सवालमा फासीवाद मतलब सबैभन्दा क्रूर रूपमा उग्रराष्ट्रवाद हो र यसले अन्य राष्ट्रहरूप्रति अन्धो घृणालाई बढावा दिन्छ। संक्षेपमा, आर्थिक-सामाजिक सङ्कटहरूको सही समाधानको सट्टामा सङ्कटको जराबाट आँखा घुमाएर, खटिखानेहरूको अधिकार खोस्दै, प्रतिवादीहरूलाई दबाउँदै, भेदभाव-घृणाको उन्माद फैल्याउँदै ठुलठुला कम्पनीहरूलाई असीमित सुविधा र फाइदा दिनु नै फासीवादको बाटो हो। 

माथि उल्लिखित दिमिट्रोभको वर्णनले फासिस्ट शासनको सारलाई उजागर गरे तापनि आज फासीवादलाई पूर्ण रूपमा बुझ्नको लागि अझै केही बिन्दुहरू महत्त्वपूर्ण छन्, जस्तै: (1) प्रतिक्रियावादी जनआन्दोलनको रूपमा फासीवाद विकसित हुने गर्दछ। (2) फासीवादको आफ्नै वैचारिक आधार छ (जुन देश-देशमा फरक हुन सक्छ) र यो केवल गहिरो सङ्कटहरू सामना गर्न वा क्रान्ति र समाजवाद रोक्न पुँजीपति वर्गको साधन मात्र होइन। (3) द्वितीय विश्वयुद्ध अवधिको वित्त पुँजी भन्दा आज धेरै हदसम्म परिवर्तन भएको छ र आजको फासीवादलाई बुझ्न यसको पुनः मूल्याङ्कन आवश्यक छ।

अब इतिहासमा फासीवादको जन्म र क्रियाकलापलाई संक्षिप्तमा हेरौँ।


इटलीमा फासीवादको जन्म : मुसोलिनीको फासिस्ट पार्टी

प्रथम विश्वयुद्ध लगत्तै जनक्रान्तिलाई दबाउने विचार बोकेर फासीवाद देखा परेको थियो। युद्धको दौरान इटलीमा बेनिटो मुसोलिनी द्वारा सङ्गठित 'फासिओ डि कम्ब्याटिमेन्टो' भन्ने राजनीतिक आन्दोलनले नै पछिबाट 23 मार्च, 1919 को दिन 'न्याशनल फासिस्ट पार्टी'को रूप लियो। यसको प्रेरणा र नाम सिसिली-को 19औँ शताब्दीको क्रान्तिकारीहरू-- 'फासेज'बाट लिइएको हो। ल्याटिन भाषामा (अनि इटलीयालीमा पनि) ‘फासेज’को अर्थ हो लट्ठीको गुच्छा। लट्ठीको गुच्छासाथै बन्चरो थियो यिनीहरूको प्रतीक-- जसले कडा शासन तथा दमनको सङ्केत दिने गर्थ्यो। प्रथम विश्वयुद्धमा भाग लिएर इटालीको आर्थिक र सामाजिक स्थिति खोक्रो भइसकेपछि सरकारविरूद्ध जनतामा आक्रोश देखा परेको समयलाई मुसोलिनीले आफ्ना सिद्धान्तहरू फैलाउने सही अवसरको रूपमा देख्यो। क्रान्ति र पुनरुत्थानको तीव्र नाराले गरिब जनतालाई ठुलो असर पाऱ्यो र फासीवादको जरा किसान-मजदुरहरूबीच फैलियो। फासिस्टहरूसँग धेरै फरक विचारधाराका तत्त्वहरू यस आन्दोलनमा सामेल भयो र नै फासिस्टहरूको कुनै सन्तुलित राजनैतिक दर्शन देखिएन। अन्तमा 20 अक्टोबर 1922 को दिन कालो सर्ट लगाएका फासिस्टहरूले रोमलाई घेरा हाले र सम्राटले मुसोलिनीको मन्त्रीमण्डललाई स्वीकृति दिन बाध्य भए। पछिबाट फासिस्टहरूले इटालीको संविधानमा धेरै खतरनाक परिवर्तनहरू गरे। यी परिवर्तनहरूले पार्टी र राष्ट्र दुबैमाथि मुसोलिनीको तानाशाहलाई बलियो बनायो। फासिस्टहरूको यो निरङ्कुशता दोस्रो विश्वयुद्ध सम्म चल्यो। 

जर्मनीमा नाजीवाद : राष्ट्रिय समाजवादको नाममा हिटलरको अँध्यारो यात्रा 

जर्मनीमा रोजा लुक्सेमबर्ग-कार्ल लिब्नेखट जस्ता कम्युनिस्टहरूको नेतृत्वमा चलिरहेको  समाजवादी क्रान्तिलाई खतम गर्न केही उग्र-दक्षिणपन्थी हत्याराहरूले सन् 1919मा यस कम्युनिस्ट नेता-नेत्रीहरूको हत्या गरे। पछिबाट हिटलरले ‘राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी’ (NSDAP) गठन गऱ्यो, जुन ‘नाजी वा नात्सी पार्टी’ नामले परिचित भएको थियो। अनि ती हत्याराहरूलाई  यसको सेनामा ठुलो पद दिइयो। जर्मनीमा यहुदीहरूका अस्तित्व र सम्भावित क्रान्तिलाई खतम गर्ने उद्देश्य लिएर जर्मन तथा आर्य जातिको श्रेष्ठताको कुरा गर्दै अगाडी बढ्ने यस फासीवादी आन्दोलनले त्यस्ताका सङ्कटग्रस्त पुँजीवादलाई बचाउने काम गऱ्यो, अनि जनताका अभिव्यक्तिको अधिकार तथा मजदुर एकता र सङ्घर्षलाई कुल्चिँदै मानव सभ्यताको विकासलाई नै अँध्यारोतिर धकेलिदिने प्रयास गरेको थियो। हिटलरको गेस्टापो बाहिनी, कन्सेन्ट्रेसन क्याम्प, ग्यास चेम्बर  वा यहुदी लगायत लाखौँ मानिस हत्याको कुख्यात कथाहरू सर्वविदितै छ। 


भारतमा फासीवादको आयात

भारतमा मुसोलिनी र हिटलरबाट सैद्धान्तिक र साङ्गठनिक विचारहरू टिप्दै सन् 1925 मा आरएसएस (राष्ट्रिय स्वयंसेवक सङ्घ) -को स्थापना भएको थियो। आरएसएसको स्थापनाकारहरूको लेखनमा इटली र जर्मन फासीवादप्रति आभार व्यक्त गरिएको पाइन्छ। प्रमुख नेता बी. एस. मुन्जे त झन् 1931 मा इटली गएर सेना स्कुलहरू घुमेर, मुसोलिनीलाई भेटेर त्यही अनुभव र ढाँचालाई सङ्घको मूल साङ्गठनिक तत्त्व— शाखाहरूमा प्रयोग गरे। मुन्जेले आफ्ना डायरीमा मुसोलिनीसँग उसको भेटघाटलाई सम्झँदै लेखेका थिए— “खासमा नेताहरूले जर्मनी र बलिल्लाको युवा आन्दोलन अनि इटलीको फासीवादी आन्दोलनको नक्कल गर्नुपर्छ। मलाई लाग्छ कि यसमा, स्थितिअनुसार केही परिवर्तन गरेर भारतको लागि उपयोगी बनाएर लागु गर्नु नै असल हुन्छ।” 'विकसित इटलीयाली जाति', 'आर्य जर्मन', 'नर्डिक श्वेताङ्ग' आदिको सट्टामा 'आर्य हिन्दु उच्च जात' र ब्राह्मणवादलाई उचाल्दै, अनि यहुदीको ठाउँमा यता मुसलमान अनि अन्य अल्पसङ्ख्यक समुदाय, दलित-आदिवासीहरूलाई किनारीकृत गर्ने विचार राख्दै, मनुस्मृतिलाई आत्मसात् गर्दै शुरू भएको थियो हाम्रो देशको फासीवादी संस्करण। यसबारे पछि विस्तृत चर्चा गरिनेछ। 

इतिहासमा वैश्विक फासीवादको पतन

1930 को अन्तमा स्पेनमा आएको थियो एकाधिपत्यकारी फ्रान्को, पर्तुगालमा सालजार। युरोपदेखि जापानसम्म पुगेका यस भयावह तानाशाही शासनविरुद्ध द्वितीय विश्वयुद्धमा सोभियत सङ्घको स्वर्णिम भूमिकाले गर्दा फासीवाद त्यति बेलाको लागि कमजोर भयो। विश्व-जनमतले यसलाई घिनै लाग्दो ठान्दै नकाऱ्यो। लाखौँ मानिस मार्ने हिटलर, अनि उनको प्रचार-सचिव गोएबल्स, जसको नीति थियो बारम्बार एउटै झुट बोलेर त्यसलाई नै सत्य भनेर साबित गर्नु— ती दुवै जनाले नै आत्महत्या गरे। उता इटलीमा, त्यसकै दुई दिनपछि मुसोलिनीलाई कोर्ट मार्सल गरेर मारियो, र त्यो लासलाई सडकमा उधोमुन्टो झुन्डाएर जनताले रिस पोख्दै कुटे। संसारले फासीवादलाई यसरी त्यागेको थियो। 

अन्तर्राष्ट्रिय ऐन कानुन, मानवअधिकारको कुराहरूमा फासीवाद निषेधित भएको थियो। 'हिटलर स्यालुट' सजाययोग्य अपराध ठानियो। हिटलर-मुसोलिनीको मूर्तिधरि रहेन संसारमा। तर नाना किसिमको फासीवाद भने पछिबाट पनि देखा परी रह्यो, अहिले पनि देखिन्छ। निओ-नात्सीदेखि लिएर श्वेत-उग्रवादीहरू छन्, र हाम्रो देशमा पनि यसकै देशीय संस्करणहरू बलियो भएर देखा परेको छ। यसको घटबढ पनि वैश्विक आर्थिक स्थितिको उतरचडावसँग सम्बन्धित देखिन्छ। हुन त मानवीय समाज-सभ्यताको प्रगति यात्रालाई फासीवादले छेक्न सक्दैन। तर पनि यस विपद्लाई बुझ्न यसको सैद्धान्तिक अडान र क्रियाकलापको अध्ययन जरुरी छ।


Thursday, April 1, 2021

Zeitgeist


The working class in particular and the rest of Darjeeling populace have forever challenged the authority not because they were fond to do so but the harsh bite of colonialism in pre-independence days, subsequent political turmoil in free India led to their perpetual poverty, and the sense of their alienation have always posited them in sharp contrast with the ruling class. The collaborators with the British tea plantation owners are nowhere to be seen today. The feudal elites too have vaporised with age. Today the class that is antagonistic to the working class is the newfound collaborators with the fascist power in an increasingly tribal, mixed and cosmopolitan society of Darjeeling. The very glue that binds the regional faces with the power like BJP is a sleazy quid pro quo where the candidates, heard quoting ‘party bhanda jaati thulo’ so on and so forth are ready to lay that very party in tatters for an assembly ticket. 

The election though doesn’t bring any substantial or radical change, which is why the vast majority do not see it important to speak or place any hope in elections but what they miss out is that when a regressive force comes into power, it gets every avenue to spread its venomous tentacles. The damage it wrecks upon is humongous. The working class are anyway vast in number and in every perilous situation their strength can make any authority stoop, it is the middle class and elites who shall suffocate in the air of unfreedom. 

The pride that an ordinary  Darjeelingey carries is that of its relatively progressive ethos though the issues of casteism, elitism, parochialism, homophobia and patriarchy have always existed and also the voices against it have been raised but what definitely was unique to Darjeeling was its rich history of acculturation and assimilation. The intermarriages, interdining and communal harmony has been practiced widely and though miffed sometimes in private, the orthodoxy couldn’t come out in the open and dare to challenge this new synthesis of cultures. 

What is different this time? The bloodiest of violence at the height of political turmoil also had been limited among the political workers rather than the neighbour keeping an eye over the other indoctrinated by the progaganda which was never so widespread as it is now. The regime of governance that seems immanent with BJP is its absolute intolerance of dissent not just of its political adversaries but also the artists, poets, writers, students and the list goes on. This regime of censorship and silencing, to repeat again has moved from traditional political opposition to any single voice of difference. 

The oppressive regime of work that is on the cards in the new labour code, the rising unemployment and privatisation though impacts us all but not a word against it figures in the political debates which shows how emaciated the politics has become, and the force that single handedly pushed these concerns outside the political realm to replace it with rather strong and vicious appeals to majoritarianism is obvious to all. The majority has an immutable responsibility to prevent its strength from threatening the minority. But all these ethical considerations are kept at bay to pounce upon the perceived enemy. 

Those naive ones who believe that this force on the ascent shall be instrumental to bring about a change or here in Darjeeling to effectuate any kind of solution to the demand of Gorkhaland must realise that the very philosophical framework of this force is that of unrelenting centralism, racial suspicion on the ability of Gorkhas to govern themselves, and even ignorance as Kailash Vijayvargiya’s comment amply proves. The record  which this force is infamous for is in the area of women safety, sheer insensitivity on the question of gender and their homophobic credentials are established beyond doubt. 

Darjeeling or any corner of India has to take on this challenge to assert what it stands for, what is its role at this moment of history else nothing shall happen to us immediately but our posterity shall bear the brunt of our short-sighted folly. Hope we act wisely before things erode beyond repair. 

Subham Sherpa