Friday, August 30, 2013

अङ्क ५ : जुलाई-सेप्टेम्बर २०१३


सम्पादकीय : जुलाई-सेप्टेम्बर २०१३


गोर्खाल्याण्ड चाहिन्छभन्ने माँग अब दार्जिलिङ पहाडमा प्रतिध्वनित भइरहेको छ, हामीले पनि स्पष्टरूपमा यी दाबीसँग आफ्नो आवाज मिलाइरहेका छौँ। हामीले यो आवाज उठाउनको कारण के हो भने गोर्खा वा दार्जिलिङको नेपाली मानिसहरूले उत्पीडित राष्ट्रियताको हिसाबले आफ्नो आत्मपरिचयको स्वीकृति पाउने जुन आकाङ्क्षा राखेका छन्, गोर्खाल्याण्ड गठन गरेर भारतवर्षको शासकहरूले, त्यसलाई मर्यादा दियोस्। भारतवर्षको वर्तमान संविधान अनुसार यदि तेलंगाना गठन सम्भव छ भने, अन्यान्य उत्पीडित राष्ट्रियताहरूका आत्मनिर्णयको अधिकारलाई स्वीकृति दिन शासक दलहरूलाई किन यस्तो कुण्ठा? किन अझ एकपल्ट केन्द्र सरकारले राज्य पुनर्गठन कमिशन गठनबारे निर्णय नलिने? जतिनै सुन्दरताको कुरा गरोस, जतिपनि विकासको हल्ला पिटोस, भारत राष्ट्र, राष्ट्रियताहरूको निम्ति एउटा जेलखाना भएर बसिरहेछ। जम्मै देशभरका उत्पीडित राष्ट्रियताहरूका जुझारु सङ्घर्षनै यसको प्रमाण हो। आज मङ्गल सिङ राजपुत गोर्खाल्याण्डको माँगमा आत्मदाह गरेर शहीद भएका छन्, विगत केही वर्ष, केही दशकहरूमा पनि एक एक गरी कति हजारौँले आफ्नो प्राण गुमाएका छन्... यस्तै धेरै आत्मबलिदानले भरिएको छस्वाधीनभारतवर्षमापराधीनराष्ट्रियताहरूका सङ्घर्षको इतिहास। उत्तरपूर्वी भारत देखि लिएर काश्मिर, कार्बीआंग्लंग देखि बुन्देलखण्ड, विदर्भ देखि तेलंगानामा भएको हजारौँ शहीदहरूका मृत्युले यो स्पष्ट देखाइदिन्छ कि भारतवर्षमा वर्ग आधारित, लैंगिक, वा जातपात आधारित शोषण जस्तै राष्ट्रियता आधारित शोषणको रूप पनि भयावह छयी शोषणहरूको अन्त नभईन्जेल एउटा सुन्दर समाज निर्माणको सपना अधुरो सपना नै बनिरहनेछ।

 दार्जिलिङ बंगालको अविभाज्य अङ्ग भनेर जसले यो आन्दोलनलाई विरोध गर्छ, उनीहरू एकदमै गलत छन्। इतिहासको पन्ना पल्टाउने क्रममा हामीले के देख्छौं भने ब्रिटिस जमानामा आविष्कार गरिएको दार्जिलिङ इतिहासमा कहिले सिक्किमको राजाको हातमा, कहिले नेपालको राजाको हातमा, कहिले केही हदसम्म स्वतन्त्र क्षेत्र, कहिले बिहारमा रहेपछि बंगालसँग जोडीन पुग्यो। यहाँको आदि वासिन्दाहरू को हुन्, त्यो विषयमा ऐतिहासिकहरूमध्ये विभिन्न मत रहेतापनि यो स्पष्ट छ कि पहाडमा नेपाली मानिसहरूको बसोबासो चिरकालीन नभए तापनि, कैयौं सदी पुरानो त निश्चयनै हो। यो लिएर बहसहरू चल्नेछ, तर यो सवालमा त सबै एकमत हुनुपर्छ कि राजाहरूले वा ब्रिटिशराजले यहाँ के गरेका थिएत्यसबाट आजको मानिसका भविष्य निर्धारण त हुँदैहुँदैनराजाहरूका इतिहास, साम्राज्य र उपनिवेशको इतिहासलाई मानिसहरूले इतिहासको मैला ढ्वांगमा फ्याँकिसकेका छन्, अनि त्यसपछि मानिस आमजनताको इतिहास निर्माणको दिशामा हिडेका छन्। अनि यो यात्रामा सदीऔं देखि जसको रगतपसिनाले समाज-सभ्यता निर्माण भएको छ, हामीले हिड्नुपर्ने बाटोमा तिनीहरूको आवाज नै सबभन्दा बलियोरूपले ध्वनित हुनुपर्ने। यो बुझ्न सकेन भने त अमेरिकाको कालो मानिस देखि लिएर बंगालको शरणार्थी कलोनीका असहाय मानिसहरूले वीरतापूर्ण सङ्घर्ष गरेर आफ्नो जीवन-जीविका-अधिकार स्थापनाको सङ्घर्षलाई नकार्नुपर्छ। के इतिहासले यसलाई नकार्नु सक्नेछ?

 धेरै घात-प्रतिघातबाट गुज्रेर दार्जिलिङको नेपाली वा गोर्खा मानिसको आफ्नो भाषा-साहित्य-संस्कृति-जीवनचर्या बनेको छ, जुन बंगालदेखि एकदमै अलग छ। मात्र घुम्न आएको पर्यटकको आँखामा जति देखिन्छ, त्यो भन्दा धेरै अलग छ। अनि यो इतिहास पनि निक्कै पुरानो हो। आज भन्दा १०६ वर्ष अघि जब पहिलोपल्ट स्वतन्त्र प्रशासनिक व्यवस्थाको माँग दार्जिलिङमा जस-जसले उठाएका थिए, उनीहरू ब्रिटिसप्रति विश्वसनीय, भारतको त्यतिबेलाको ब्रटिस विरुद्धको जातीयतावाद-विरोधी समाजको उच्चकोटिका मानिसहरू भएतापनि, दार्जिलिङमा पनि क्रमश स्वतन्त्रता संग्रामको बिगुल बज्न थाल्यो र यसैको निरन्तरतामा बन्यो खटीखाने मानिसको सङ्घर्ष।यहाँ चियाकमान मजदुर लगायत जम्मै मेहनती मानिसहरूका अधिकारको आवाज बारम्बार ध्वनित भएको छ१९५५मा मार्गरेटस होप कमानमा भएको गोलीकाण्ड वा २००६मा चुङथुङ कमानमा मजदुरको अधिकार र गुनासो पोख्दै बाबुराम देवानको आत्महत्याको घटना। एकतिर गुनासो विरुद्ध क्षोभ अनि अर्कोतिर आत्मपरिचयको स्वीकृतिको आकाङ्क्षायी दुई पाग्रोमा हिड्दाहिड्दै अघि बढेको छ दार्जिलिङको इतिहास।

 यहाँको इतिहासलाई गौरवान्वित गर्ने जुन कुराहरू भनिन्छ, तीमध्ये सबै त्यति गौरवमय भने हामीलाई लाग्दैन। ब्रिटिशविरोधी सङ्घर्षमा जसले भागीदारी लियो, ब्रिटिसको सेनामा रहेर पनि जसले विश्वयुद्धमा विभिन्न देशमा गएर त्यहाँको जातीयतावादी सङ्घर्षदेखि प्रभावित भएर यो देशमा आएर स्वतन्त्रता सङ्घर्षलाई साथ दिएका थिए, ती मानिसहरूका महत्वलाई जसरी बुझ्नु पर्छ, त्यसरी नै यो कुरा मान्नुपर्छ कि ब्रिटिसको वा त्यसपछि भारतको शासकहरूका आदेश पालन गर्दै जसले मुक्तिकामी मानिसहरूलाई कुल्चने काम गरेको छ, तिनीहरूका गोर्खा भन्ने परिचय आजको आत्मनिर्णयको अधिकारको आवाज सँग बिल्कुलै संगतिपूर्ण छैन। आत्मनिर्णयको अधिकार होस् वा स्वतन्त्रता, अथवा अन्य जुनैपनि शोषणमुक्तिको लडाइमा जो सामेल छन्, तिनीहरूका सपना सँग मिल्नै पर्छ आजको आन्दोलन।

गणतन्त्रको कुरा पनि आउँछ।गणतान्त्रिकदेश भनेर गर्व गर्ने देशभित्र जब आफ्नो राष्ट्रियताको आफ्नै राज्य पाउने गणतान्त्रिक अधिकारको मांग गरिँदैछ, तब गणतन्त्र सबैको निम्ति सुरक्षित रहोस्, यो हेर्नु आन्दोलनकारी शक्तिहरूका तर्फबाट आवश्यक कर्तव्य बन्छ। यस राज्यमा जुनै पनि सरकार, त्यो विगतको सरकार होस् वा अहिलेको सरकारगणतन्त्रको कुरा गर्दैनै उनीहरूले सजिलोसँगै गणतन्त्रको आवाजलाई दबाउनसक्छन्, भन्ने कुरो त दिनको उज्यालो जस्तै स्पष्ट छ। जुन दार्जिलिङ केही दिन पछि हाँस्छ भनेर मुख्यमन्त्रीले भनेकी थिइन्, तिनी गोर्खाल्याण्डको माँग सुनेर राफ एण्ड टाफ मात्र भएकीछैनन्, केन्द्र सरकारसँग गुनगुन गरेर कम्पनी पछि कम्पनी सीआरपीएफ पनि पठाउने बन्दोवस्त गर्दैछिन्। केन्द्र वा राज्य सरकारले जसरी आत्मनिर्णयको अधिकारलाई दबाउँछ, त्यसरीनै यहाँ केही आवाजलाई दबाउने घटना नहोस्; बंगाली उग्रराष्ट्रियतावादद्वारा जसरी नेपाली राष्ट्रियताको आवाजलाई ध्वस्त गर्ने कोसिस हुन्छ, त्यसरी नै लेप्चा वा अन्य कुनै अल्पसंख्यक राष्ट्रियतालाई कुल्चने घटना यहाँ नहोस्। यो आन्दोलनको झण्डा जसको हातमा छ, ऊनीहरू यी मुद्दाहरूमा संवेदनशील हुनैपर्छ।

यो देशमा पुरानो धेरै राष्ट्रियताको आन्दोलन तुहिएको छ कारण आन्दोलनको माथि रहेका केही हिस्साले सत्ता, अर्थ, पद आदिमा भूलिएर आन्दोलनदेखि विचलित भई आत्मसमर्पणको बाटो पकडेका छन्। तर यहाँको दीर्घ इतिहासमा धेरै उथलपुथलबाट सिद्धार्थशंकर रायको जमानामा बनेकोडेभेलपमेन्ट काउन्सिलअर्थहीन बन्न पुगेको थियो, वामफ्रन्ट जमानामा बनेकोदागोपापनिलम्बित भयो, त्यसपछि अब आएर शङ्काको घेरामा छ यस सरकारको जमानामा बनेकोजीटीए’...। भारत स्वतन्त्रताको समयमा गोर्खास्थानको माँग देखि लिएर विगतको तीन दशकदेखि पहाडमा गुन्जीरहेको छ गोर्खाल्याण्डको आवाज। किन? यसबाट यो स्पष्ट छ कि स्वशासनको ललीपप दिएर यो आकाङ्क्षालाई दबाउन असम्भव छ, आत्मपरिचयको स्वीकृतिको माँग गर्दै यहाँका मानिसहरूले जे सही बुझछन्, त्यही नै हो आत्मनिर्णयको अधिकार। जसलाई अरू कसैले पनि तय गर्नु सक्दैन। यो माँग कसैले मनपराएको हुनसक्छ, कसैले न मनपराएको हुनसक्छ, तर जो यहाँका वासिन्दा हुन्, उनीहरूको सल्लाहनै यो सन्दर्भमा मान्नुपर्छ। आवश्यक परे यसको निम्ति रेफरेन्डम गर्नुपर्छ। हामी त्यही कारणलेगर्दा यो प्रश्नमा स्थानीय  मानिसहरूका आवाजलाई नै समर्थन दिन्छौं। जसबाट उनीहरूले आफ्नो आत्मपरिचयको स्वीकृति पाउनेछ्न् भन्ने कुरा उनीहरूले मान्छन्। यदि त्यो जीटीए खारेज गरेर गोर्खाल्याण्ड राज्य हो भने पनि, त्यही होस्। यो नै आत्मनिर्णयको अधिकारको आधारभूत कुरा हो।

अन्तर्राष्ट्रिय स्तरमा सबै राष्ट्रियताको खण्डमानै आत्मनिर्णयको अधिकार एउटा मौलिक अधिकार हो। आत्मनिर्णयको अधिकारको मतलब हो कुनैपनि ठाउँमा स्वजातीय मानिसहरू जुन सिमानाभित्र बस्छन्, त्यो सिमानाभित्र उनीहरूलाई लिएर एउटा स्वशासन, एउटा राज्य वा एउटा देश सम्म गठनको अधिकार। आत्मनिर्णयको अधिकारको मतलब अलग हुने अधिकार पनि हो। यी कुराहरू पहिलोपल्ट संसारमा खटीखाने मानिसका सङ्घर्षबाट, समाजवादको अभ्यास गर्दाखेरि आएतापनि यसभन्दा पछिको दिनमा धेरै वामपन्थी साइनबोर्ड उचाल्नेहरूले यो अवस्थितिदेखि मुख फेरेको घटनाहरू पनि हामीले देखेकाछौं। यो राज्यमा विगत सत्तामा रहेको दलले त्यसको ठोस उदाहरण दिएको छ। फेरी, द्वितीय विश्वयुद्ध पछि संयुक्तराष्ट्रको घोषणाहरू मध्ये, मानवाधिकारको सर्वसम्मत कुराहरू मध्ये आत्मनिर्णयको अधिकारले स्वीकृत पाएको छ। संयुक्तराष्ट्रको घोषणाहरू मान्ने केन्द्र वा राज्य सरकारले किन यो अधिकारलाई मान्दैन?

अलग राज्य गठनको अधिकार एउटा स्वीकृत र संवैधानिक अधिकारको रूपमा रहेतापनि, यो माँग लिएर सङ्घर्ष गर्नेहरू माथि किन राज्यले आतङ्क चलाईरहेकोछ? जम्मै पहाडभरी सीआरपीएफ पठाएर, आन्दोलनकारीहरूलाई निर्वाध पक्राउ गरी, झुटो मामिला थपेर, लगातार धम्की दिँदै, सबै केवल च्यानलहरू बन्द गरेर, आतङ्कको वातावरण बनाउदै सङ्घर्ष कुल्चने जुन तरिका सरकारले अप्नाएको छ, त्योदेखि सरेर राम्ररी छलफलको माध्यमद्वारा सरकार समाधानको दिशातर्फ अघि आवोस् भन्ने मांगनै हामी गर्दैछौं।

शासकहरूका पक्षबाट यो आन्दोलनलाई प्रायःनै विकासको आश्वासन दिएर रोक्ने चेष्टा हुन्छ। तर यो आन्दोलन चाँही मुख्यत आर्थिक विपन्नता माथि उभिएको छैन, त्यसकारणले गर्दा आर्थिक मद्दत र विकासको प्याकेज दिएर यो लडाई ठण्डा हुनेछैन। अनि यी शासकहरूले भनेको विकास भन्ने के हो त्यो पनि हामीले धेरै देखेकाछौंती धनी मानिसहरू, पुँजीपति मालिकवर्गको विकास बाहेक अरू कुनै विकासको भाषा थाहा छ शासकवर्गलाई? त्यहीकारणले नै चुनावी आश्वासन दिने बेलामा राज्यको मुख्यमन्त्रीले जुन स्पेशल इकोनोमिक जोन(एस..जेड.) यो राज्यमा हुन दिदिनँ भनेकी थिइन्, जीटीए सम्झौता गर्दाखेरि त्यही एस..जेड. भन्ने पुँजीपतिहरूका मुक्तांचल बनाउने कुरा थपिएको थियो। त्यो सँगै थियो सुपरस्पेशलिटि हस्पिटल, टुरिजमको नाममा देशीविदेशी ठुल्ठुला पुँजीपतिहरूको नाफा कमाउने व्यवस्था। अर्थनैतिक हिसाबले जन्मदेखि निचोरिएको छ यहाँको प्राकृतिक सम्पदा र सस्तो श्रमलाई। त्यो लुटलाई नरोकेर कसरी सही दिशा पाउँछ यो आन्दोलनले? पहाड बन्द हुने आह्वानदेखि किन छुट पाएको छ चिया र कुलैनकमानहरूले? गरिब खटीखाने मजदुरको रगत चुसेर नाफाको पहाड बनाउने मालिकहरूले तिनीहरूका शोषणको यन्त्रलाई चलाइरहोस् भनेर?


यो पुँजीपतिहरूका हातबाट चल्ने एउटा देशमा एउटा राष्ट्रियताले आफ्नै राज्य पाए जनताको सबै मुलभुत समस्याहरू समाधान हुनेछ भनेर सोच्नु भुल हो। यदि यस्तै हुन्थ्यो भने तब उत्तराखण्ड-झारखण्ड-छत्तीसगढका मानिसहरू सबैभन्दा सुखी हुन्थे, बंगालमा उथलपुथल हुने थिएन, मजदुर-किसान, अत्याचारित-नारी, बेरोजगार युवाको आसुँले पिरोल्ने थिएन यी राज्यहरुलाई। तर पनि यो अघि बढ्ने एउटा कदम अवश्य नै हो। साच्चिनै मानिसको जीवन जिउने सङ्घर्षको बाटोमा आत्मनिर्णयको अधिकार पनि एउटा आवश्यक सर्त हो। तर जनताका शिक्षा-स्वास्थ्य-खाद्य-कपडा-आश्रयको समस्या समाधानको आवाज पनि योसँगै ढृढतापूर्वक राख्नुपर्छ। हामी त यसरी नै हेर्दैछौं यो लडाइलाई। भगत सिंहको विचारले हामीलाई प्रेरणा दिन्छ — “खटीखाने गरिब मानिसहरूका मुक्ति बाहेक सही मुक्ति कसरी सम्भव छ?” त्यस्तै गोर्खाल्याण्ड निर्माणको सङ्घर्ष जारी रहनेछयही नै हाम्रो आशा छ।

हावा खाएरै पेट भर्नुपर्ने स्थिति !!

सरकारी आंकडाहरूमा जनताले विश्वास राख्दैन, यो सबैलाई थाहा छ। सत्ताधारी दलहरूले आफ्नो स्वार्थको निम्ति आँकडाको हेरफेर गर्छ, यसमा उनीहरू निपूण हुन्छन। हुन पनि पयो, नत्र भोट कसरि पाइन्छ? जनहितको काम त यिनीहरूल गर्दैनन्, कम से कम हामीले देखे अनुसार त निश्चय पनि गर्दैनन्। यधपी यिनीहरूले एसी कमराहरूमा बसेर पसिनामा भिजिरहेको भारतीय गरिब जनताको कति आय भए आफू अनि परिवारलाई खाना लाउन पुग्छ, यसको अनुमान भने लगाउछन्।

अनुमान? हजुर अनुमान मात्र, किनभने यिनीहरूले नै बड़ाएको खाद्य बस्तुहरूको मूल्य यिनीहरूले नै बिर्से जस्तो छ। पक्का बिर्सिएछन्। तब त यस्तो महंगाईको चपेटामा, ‘सुरेश टेनडुलकर कमिटी’- ले ग्रामीण क्षेत्रमा २८ अनि शहरी छेत्रमा ३४ रुपियाँ खर्च गर्ने व्यक्ति गरिब होइन भनेर बतायो। आज जब बजारमा आलु १५ रु. किलो, टमाटर ७०, दूध ४० अनि एक कप चिया धरी ५ रुपियाँ पर्छ, त्यहाँ रु. २८ अनि रु. ३४-मा कसरी बाच्न सकिन्छ त्यो पनि तिनीहरूलाई नै सोध्न पर्छ। जब तिनीहरूको लन्च हजारौँ-हजारौँको हुन्छ तब कसरी यिनीहरूले अनुमान लगाउन सक्छन् कि रु. २८ अनि रु. ३४ प्रतिदिनको वेतनमा खान लगाउन पुग्छ?

एक व्यक्तिको प्राथमिक जरुरतहरू जस्तै खाना, घरको किराया, कपडा, नानीहरूको शिक्षा अनि केही बिमारी भएमा त्यसको खर्च इत्यादि पूरा गर्दा कति खर्च हुन्छ, त्यो हिसाब खर्च गर्न नसक्नेहरू गरिबी रेखा मुनि पर्दछ। तब के ग्रामीण क्षेत्रमा दिनको रु. २४ अनि शहरी क्षेत्रमा रु. ३४-ले यी सब जरुरतहरू पुग्छ? पुग्दैन भने यिनीहरू किन गरिबी रेखा मुनि पर्दैनन् त?

दुःख-दरिद्रतालाई पार्यवाची शब्द दिन परेभारतभन्दा हुन्छ। स्वाधीन हुन भन्दा अघि अनि स्वाधीन भए पश्चात्, गरिबीको प्रकोप भारतमा निरन्तर बनिरह्यो। स्वाधीनता पछि स्वराजको नयाँ सरकार अनि भारतीय गणतन्त्रमा संलग्नहुने अरू सरकारहरूले देशबाट गरिबी हटाउनलाई अरबौं-अरबौं खर्च गरे। यदि त्यो कुल रुपियाँको २५ प्रतिशत पनि राम्ररी खर्च गरिएको भए गरिबी रेखा मुनि अहिले थोरै आबादी मात्र हुन्थ्यो होला।

भारतको गरिब जनतालाई अहिले हाँसोको पात्र बनाइएको छ। त्यसमाथि कोंग्रेस सांसद राजबब्बर अनि रशिद मसुदको लज्जास्पद बयानले त झन् सबै गरिबको मुखमा झाँपट हान्यो। एकातिर राजबब्बरले रु. १२-मा भरपेट खाना त्यो पनि पाउ-भाजी मात्र होइन भात दाल सब्जी पाँउछ भन्यो भनी अर्कोतिर मसुदलेदिल्लीमा रु. - मै भरपेट खान पाइन्छभन्यो। यो सुन्दा म स्वयमलाई आफू ७०-को दशकमा छु जस्तो लाग्यो। मौका पाएर, पाउ-भाजिको दाम हेर्दा रु. ४० प्रति प्लेट रहेछ, दाल, भात, सब्जीको दर हेर्ने मलाई आँट आएन। अझ फारूक अब्दुल्लाले त झन् इच्छा भए १ रुपियाँमा पनि पेट भर्न सकिन्छ भन्यो। कुन गरिबलाई इच्छा हुदैन १ रुपियाँमा पेट भर्ने? गरिबलाई रु. -मा पेटभर खानको प्रावधान सरकारले बनाइदिए सबै गरिबको पेट भरिन्थ्यो होला। तर फारूक अब्दुल्लाले ठिकै भन्नु भयो, पेट जतिमा पनि भर्न सकिन्छ, अनि यो त्यो व्यक्तिको पेटको आकारमा भरपर्छ कि उसले आफ्नो पेट कतिमा भर्छ, राजा, महाराजा हो भने करोडौंमा, सोनिया राहुल हो भने अरबौंमा, मुलायम-लालु-मायावती हो भने पनि करोडौं त लाग्छ नै, अनि आम गरिबले पनि रु. -मा पेट भर्न त सक्छ नै, यदि उसले साइकलमा हाल्ने हावाले पेट भयो भने।


सरकारको गरिबी कम देखाउने कौशल अच्चम्मको छ। तृणमूल स्तरमा गरिबहरूको सङ्ख्या घटाउने कार्यक्रम नगरेर रेखालाई तल झार्ने काम गर्दैछ, गरिब त त्यतिनै रहन्छ तर सरकारी कागज-पत्रमा भने गरिबहरू कम देखिन्छ। प्रधानमन्त्री अर्थशास्त्री मनमोहन सिंहको अद्क्ष्यतामा रहेको योजना आयोगको आंकडा अचम्मको छ। संवेदनशील मानिसले यसलाई कोटाएर अवश्य हेर्न चाहन्छ।

आयोगको रिपोर्ट अनुसार २०११ देखि २०१२-मा गरिबहरू घटेर २१.९ प्रतिशत भयो, जब कि २००४-२००५-मा यो आंकडा ३७.४ थियो। यो रणनीति आउदो लोकसभा चुनाउको लागि हो, यो त सुनिश्चित छ। यो नाटकीय ढङ्गमा भारतमा गरिब कसरी घट्यो भनेर योजना आयोग चियरपर्सन मोन्टेक सिंह आलुवालियाले भने— ‘कसलाई गरिब भन्नु त्यो योजना आयोगले ठिक गर्दैन, यो त सुविज्ञहरूको टोलीले गर्छ।

अब हाम्रो देशको सुविज्ञ टोलीपनि कस्तो छ थाहाँ लाग्यो। पक्ष-विपक्षले विवाद खडा गऱ्यो भने प्रचारका माध्यमहरू रु. १२ अनि रु. ५ मा खाना खोजी रह्यो, दुवैको मुद्दा खबरलाई सनसनीपूर्ण बनाउनु थियो, यस बिच कसैको ध्यानपनि ती गरिब माथि गएन, जसको पेट रित्तो अनि शरीर नाङ्गो छ। 

g   गुञ्जन राणा







खाद्य सुरक्षा अध्यादेश — पेटमा खाद्य कि आखाँमा धुलो?

खाद्य सुरक्षाको अध्यादेश (अर्डिनेन्स) जारी गरेको ठुल्ठूला विज्ञापन खबरकागजमा आधापन्ना भरिने गरी हालेर केन्द्र सरकारले दयालु बनेर जनताका मुखमा खाद्य खुआउने नाटक धुमधामसँग प्रचार गर्नुथालेको छ। यसो गर्नको निम्ति उनीहरू यत्रो हतारमा थिए कि संसदमा छलफल गरेर यसलाई कानुनको रूपमा पारित गर्ने फुर्सद पनि उनीहरूले पाएनन्! यसैसकारणले उनीहरूको प्रस्तावित खाद्य सुरक्षा बिललाई बल्लबल्ल राष्ट्रपतिको हस्ताक्षरबाट मञ्जुर गराइ अध्यादेशको रूपमा यो योजनालाई उनीहरूले थालिसकेका छन्। मर्ने बेलामा दबाई खाएर हुन्छ र? सन् २००९ मा जुन यूपीए-२ सरकार केन्द्रमा आएको थियो, त्यही चुनाव अघि दिएको यो जादुमय चुनावी आश्वासनलाई पुरा गर्ने मौका उनीहरूले यतिबेला सम्म कसरी पाएनन्? एकपछि एक बेनजीर घोटाला गरेर स्वतन्त्र भारतको सबभन्दा भ्रष्टाचारी सरकारको रूपमा आफूलाई साबित गरिसकेपछि चुनाव आउनेबेलामा यस्तो एउटा अधिनियम पारित गर्ने जिद्दी प्रयासले भारतको भोको जनताको निर्मम परिहास हो गर्दैछन् यिनीहरूले, त्यो कुरा सत्तामा बसेको यी नेता-मन्त्रीहरूलाई कसले बुझाउने? हाम्रो भारत देशमा संसारको २५ % भोको मानिसहरू बस्छन् भने भारत ग्लोबल हंगर इन्डेक्समा ७९ वटा देशहरूमा ६५ औ स्थानमा आउछ।


भारत सरकारको नवीनतम प्रकाशित स्वास्थ्य माथि रिपोर्ट (२००५-०६) अनुसार, तीन वर्षदेखि सानो नानीहरूमध्ये ४६% को ओजन स्वाभाविक देखि कम छ, ३३% नारी र २८% पुरुषको बडी मास इन्डेक्स स्वाभाविक देखि कम, ७९% -३५ महिना उमेरको शिशुहरू कुपोषित, २४% १५-४९ वर्ष उमेरको विवाहित नारीहरू र ५८% गर्भवती नारीलाई एनिमिया छ। पछिको केही वर्षदेखि चलिरहेको महंगाईले यो स्थितिलाई अझपनि बिगारेको छ भन्ने कुरामा कुनै सन्देह छैन। २२% जनता कुपोषणको सिकार छन् भने तथ्य जुन त्यो रिपोर्टमा थियो त्यो आँकडा पनि महंगाई सँग निश्चयनै निक्कै बढेको छ। त्यसै त महंगाईको कारणले गर्दा १९९० को दशकदेखि अहिलेसम्म ग्रामीण जनताको खाद्यान्न ग्रहण १५% घटेको छ। 

यस्तै समयमा सपनाको सौदागर बनेर रंगमञ्चमा खाद्य सुरक्षा बिल भन्ने जादुको बक्सा लिएर केन्द्र सरकार ओर्लेको छ। त्यसमा खाद्यको अधिकार भनेर यस्तो लेखिएको छ— * आवादीको २/३ अंशले ज्यादै सब्सिडी दिएको खाद्यान्न पाउने कानुनी अधिकार पाउँछन्। * अधिकारप्राप्त प्रत्येक व्यक्तिले महिनामा ५ केजीको खाद्यान्न पाउँछ, यिनीमध्ये प्रत्येकले क्रमैले ३, २ र १ रुपियाँ प्रति केजी दरले चामल, गहुँ र मोटो खाद्यान्न पाउँछन्। नारी र शिशुहरूलाई विशेष महत्व दिँदै भनिएको छरेशन कार्ड वितरण गर्दाखेरी १८ वर्षभन्दा बेसी उमेरको सबभन्दा जेठी नारीलाई परिवारको प्रधान मानिनेछ। * गर्भवती र सुत्केरी आमाले मातृत्वकालीन सुविधाको हिसाबले ६ हजार रुपियाँ पाउनेछन्। * गर्भवती नारी र १४ वर्षभन्दा कम उमेरको नानीहरूलाई पौष्टिक खाद्य दिइनेछ। कुपोषणको सिकार नानीहरूलाई बेसी पौष्टिक खाना दिने व्यवस्था हुनेछ। अनि यो सँगै क्षोभ र गुनासोको प्रतिकारको निम्ति विभिन्न कमिटी र अफिसरहरू बसिरहनेछन् छन्!

गरिब मानिसलाई खाद्य जुराउनको निम्ति लिइएको संसार मध्ये सबभन्दा ठुलो यो योजनाको निम्ति सरकारले फुड सब्सिडी दुइगुणा गरेर जीडीपीको २% गरेको छ। यो योजना कार्यन्वयन भए भने देशमा भोकमरी, कुपोषण र दरिद्रताको नाम निशान रहने छैन। तर कसैले पनि यो विश्वास गरेका छैनन् कि यस्तो केही हुनजान्छ, न सरकारी मानिसहरू, न त जनतानै, चुनाव जित्न बाहेक यसको अरू केही उद्देश्य छैन भन्ने सबैलाई थाहा छ।

खाद्य सुरक्षा बिल जुनदिन पेस भएको थियो, त्यही दिन नै रिजर्भ बैङ्कले वित्तीय सुस्थिति बारे प्रकाशित रिपोर्टमा मुद्रास्फीतिको निक्कै आशंका व्यक्त गरेको थियो। राजस्व तिर्दा घाटा र सब्सिडीमा निक्कै खर्चको कारणले गर्दा जीडीपीको ४.% को लक्ष्यमा पुग्न साह्रो पर्छ भने कुरा पनि त्यसमा थियो। यो खाद्य सुरक्षाको योजनाको निम्ति सरकारको २३० करोड डलर खर्च हुनजान्छ, अनि देशमा वार्षिक खाद्यान्न उत्पादनको १/३ अंश सरकारले किशनहरूबाट सङ्ग्रह गर्नुपर्छ। अब जुन सरकारले सधैँ सब्सिडीको बोझले खराब स्थितिको कुरा गर्दै दिनहुँ तेल र ग्यासको दाम बदाउदैछ, राष्ट्रिय कम्पनीहरूलाई विनिवेशीकरण गरिरहेको छ, वैश्विक पुँजीको अगाडि बेचिदिन्छ देशको वित्तीय सुरक्षा, त्यही सरकारले यो योजनाको निम्ति यती सब्सिडीको बोझ उठाउछ भन्ने कुरा विश्वास गर्नु अलिकति बेसी नै अविश्वसनीय हो। यसको निम्ति १.३ ट्रिलियन डलर सब्सिडी चाहिन्छ जो जीडीपीको २.% हो। देशको कोइला उत्पादन घटिसकेको छ, अन्तर्राष्ट्रिय बजारबाट इन्धन सङ्ग्रह गर्दैछन् अनि जनताको रुपियाँ लिएर हिनामिना पनि अझै गरिरहेछन् सरकारले। सरकारले मलदेखि सब्सिडी हटाएको छ। फलस्वरूप एकतर्फ विदेशदेखि इन्धन लिने बढदो खर्च, अर्कोतिर मलको बढेको दामले खाद्यान्न उत्पादनको खर्च पनि बढेको छ। किसानहरूले ठुलो समस्याको सामना गर्न परिरहेको छ। अन्य कृषिनीतिको कारणले पनि प्रस्तावित खाद्य सुरक्षाको लक्ष्यमा पुग्न अझै अफ्ट्यारो हुनेछ। सम्भव हुने खण्डमा पनि निश्चितरूपले यो बढदो खर्च अरूकेहि कटौती र जनतामाथि अझै करको बोझ थप्दै मात्र हुनेछ। अनि यो योजनाको बाहिर रहेका आवादीको अंशले खुल्लाबजारदेखि खाद्यान्न अझै बेसी दाम दिएर किन्नुपर्नेछ। खाद्यान्न सङ्ग्रह गर्ने विषय बाहेक छ खाद्यान्न संरक्षण गर्ने समस्या। अहिले खाद्यान्न संरक्षण गर्नलाई जतिपनि गोदाम छ, त्यो यो योजनाको निम्ति पर्याप्त छैन। त्यसको निम्ति पनि खर्च बढ्नेछ।

यो योजना लागु हुनेछ जनवितरण व्यवस्था (पब्लिक डिस्ट्रीब्युशन सिस्टम-पीडीएस) बाट। अब गाह्रो के हो भने आमजनताको अनुभवको आधारमा हामीले यो भन्नसक्छौं कि यो पीडीएस व्यवस्था निक्कै भत्किसकेको छ। तर सरकारी तथ्यले दावा गर्छ कि पीडीएस बाट प्राप्त खाद्यान्न माथि निर्भर परिवारको सङ्ख्या २०११-१२ मा ४४% सम्म पुगेकोछ जो २००४-०५ मा २८% थियो। यसको निम्ति खर्च निरन्तररूपले जीडीपीको १% नै रहेछ हरे, किनभने पीडीएस बाट खुल्लाबजारमा खाद्यान्न लिकेजको घटना धेरैनै घटेको छ । यदि यस्तै भयो भने, जुन ४४% ले पीडीएस बाट खाद्यान्न पाइरहेका थिए, त्यसलाई बढाएर ६७% लाई पुर्याउने नयाँ योजनाको के खाँचो छ र? पीडीएसलाई अझै प्रभावकारी बनाएरनै यसको समाधान हुन्थ्योहोला। यस्तै त पीडीएस प्रापकहरूलाई चिह्नित गर्ने प्रक्रियामा धेरै गडबडी रहेछ। पीडीएसलाई सार्वजनिक नबनाएर यो योजनाबाट माथिको १/३ अंशको जनता बाहेक बाकी आवादीलाई खाद्य पुर्याउने जुन कुरा भइरहेकोछ, त्यसको मापपदण्ड कसरी निर्धारित हुन्छ? अनि जुनबेला पीडीएस भत्किसकेको छ भने महसुस हुन्छ, त्यतिबेला यस्तो एउटा विपरीतमा बगेको योजना कसरी विश्वसनीय हुनेछ?


अझ धेरै शङ्काको कुराहरू छन्। शिशु व नारीहरूका कुपोषण विरुद्ध जुन आश्वासन यहाँ दोहराईन्छ, कुपोषण घटाउने सामग्रीक स्वास्थ्यव्यवस्था, राम्रो सरसफाइको प्रवन्ध, पिउने पानीको सही बन्दोवस्त नगरी कसरी त्यो आश्वासन कार्यन्वयन हुन्छ र? गर्भवती र सुत्केरी आमाहरूको निम्ति जुन अनुदानको कुरा आउँछ, त्यसबारे यो सवाल उठ्नेछ कि जब बेसी नै गरिब नारीहरू कामगर्नेहरू हुन्छन्, तब किन यो अनुदानको रकम तिनीहरूका काम गर्न नसक्ने बेलामा न्यूनतम ज्यालाको समान पनि छैन त? यस्तो धेरै बहस-संशय भरिएका छ यो बिलमा। यी सबै लिएर कुटनीतिक बहस चल्नेछ, राज्य र केन्द्र सरकार भित्र धेरै विवाद हामीले देख्नेछौ। तर सबभन्दा ठुलो कुरा के हो भने यस्तो जम्मै सुधार कार्यक्रमहरूलाई लिएर विगतको केही दशकदेखि जुन ठुल्ठुला भ्रष्टाचार हामीले देख्यौं, शासक दलहरूका आफन्तहरूलाई हृष्टपुष्ट बन्दै गरेको देख्यौं, आमजनताको बढ्दो सङ्कट देख्यौं र यो योजना पनि त्योभन्दा केही अलग हुनेछैनयो त हामी निश्चयनै भन्नसक्छौं।

डिक्की शेर्पा







मनसान्टो र उसको जादुको बीज — जीएम फसल के हो?

कृत्रिमरूपले आधुनिक तकनिकहरू द्वारा बनाइएको एउटा असम्बन्धित जीव जस्तै ब्याक्टेरिया, भाइरस, फंगस इत्यादिको जीन अर्कै जीव जस्तै उच्च उद्भिद आदिको डीएनए मा जोडेर बनाइएको नयाँ प्रकारको उद्भिद वा फसलनै जी एम (जेनेटिकली मोडिफाइड) फसल हो। यस्तो किसिमको मिसावट वा संकरण प्रकृतिमा पाईन्दैन बरु एक एकवटा जीवमा भएको जीनको विकाश धेरै लामो जैविक विकासको प्रक्रियाबाट भएको हुन्छ। उदाहरणको रूपमा खुबै चर्चामा रहेको बीटी कपास र बीटी बैगुन माटोमा पाइने एक किसिमको ब्याक्टेरिया (ब्यासिलस थुरिञ्जिएँसिस) बाट कीटनाशक जीन निकालेर त्यसलाई कपास र बैगुनको जिनमा हालेर बनाइएको हो। वैज्ञानिकहरूको भनाई अनुसार उद्भिद आफैले हानिकारक किरा मार्न सक्ने गुण जीएम फसलमा हुन्छ। अनि कृषिमा हानिकारक रासायनिक कीटनाशकहरूको बढ्दो प्रयोगलाई पनि यसले घटाउछ। तर यसको विपरीत यसले जैविक विकासमा अनिश्चितता बढाउछ कारण यस्तो जीएम फसल एकपल्ट वातावारणमा पुगे पछि आफै बढ्छ र आफ्नो वंश बढाउछ जो रोक्न नसकिने र अड्कल काट्न नसकिने हुन जान्छ। संसारभरि भएको असंख्य अध्ययनबाट जीएम फसलहरू प्रकृति, पशु-पक्षी र मानिसको निम्ति हानिकारक रहेको पत्तो लागेको छ। यसको तीन मुख्य प्रकारको हानिकारक तथ्यहरूको पत्तो लागेको छ) अन्नामा निहित बीटी टकसिनले गर्दा त्यो खाद्यान्न जहरिलो वा शरीरमा प्रतिक्रिया हुने सम्भावना रहन्छ। २) जीन हस्तान्तरणले गर्दा त्यो उद्भिद्-मा नयाँ किसिमको हर्मोन र प्रोटिनको गठन हुन् सक्छ जो उपोभोक्ताको निम्ति हानिकारक हुनसक्छ। ३) पारम्परिक खेती-पातिको पद्धति परिवर्तित भएकोले फसलमा धेरै मल र झारपात मर्ने दवाइको प्रचलन बढेर जान्छ जसले माटोलाई बाँझो बनाउछ। यस्तो विदेशी जीन भएको फसलले किराहरू साथै अन्य झारपातलाई अझ प्रतिरोधात्मक क्षमता दिन्छ फलस्वरूप ज्यादै प्रतिरोधको क्षमता भएको किरा र झारपात जन्मिन्छ (सुपरपेस्ट र सुपरवीड) अनि सबैभन्दा महत्वपूर्ण कुरो जीएम खाद्यान्नको उत्पादकहरूले यी अन्नहरू बढी पोषण भएको दाबी गरे तापनि अहिलेसम्म यसमा प्राकृतिक अन्नमा भन्दा पोषण रहेको प्रमाणित भएको भने छैन। सुरक्षाको अभावले गर्दा धेरैजसो देशहरूले जीएम फसलको उत्पादन र विस्तारको प्रक्रियामा रोक लगाएको छ। फलस्वरूप अमेरिकामा जीएम फसलको बजारीकरणको १५ वर्ष पश्चात् पनि ७५% (संसारको जम्मा ३.% कृषि भूमि) जी एम फसल केवल तीनवटा देशहरू (अमेरिका, ब्राजिल र अर्जेन्टिना)-मा मात्र फस्टाएको छ।

जी एम फसल अनि मनसान्टो
मनसान्टो अमेरिकामा अवस्थित कृषि जैव तकनिक सम्बन्धित बहुराष्ट्रिय कम्पनी हो। संसारको सबैभन्दा शीर्ष जीएम फसलको उत्पादकको रूपमा यो प्रसिद्ध छ। एक समयमा डीडीटी, पीसीबी जस्तो डरलाग्दो रसायन बनाउने कम्पनीले प्लास्टिक र कृत्रिम रेशा बनाउने उद्ध्योगमा पनि निक्कै बजार खायो त्यसपछि अहिले जीएम खाद्यान्नको संसारभरिनै खुल्ला व्यापार गर्दैछ। १९८३ मा प्रथम पल्ट जीएम फसल बनाएर १९८७ मा यसको खेतमा परीक्षण गरेपछि मनसान्टोले पछि फर्केर हेरेन। अमेरिकाको १० प्रमुख व्यापारीहरूमा आफ्नो नाम दर्ता गराएपछि जीएम बीजको व्यापारमा यसले संसारमै एकक्षत्र राज गर्दै छ। अमेरिकामा प्रत्येक वर्ष मनसान्टो उत्पादित ८०% मकै र ९०% सिमिको बीजन छरिन्छन् जसले यो कम्पनीको एकक्षत्र बजारको कथा भन्छ।

भारतमा ९५% कपासको बीजन मनसान्टोको पञ्जामा छ। यसरि बीज माथि नियन्त्रण गरेर यसले परोक्षरूपमा मानिसहरूको विशेष गरी किसानहरूको जीवनमाथि नियन्त्रण गरिरहेको छ कारण बीज खाद्य-सांग्लोको प्रथम कडी हो जो जीवनको श्रोत पनि हो यसैले बीज माथि नियन्त्रण भनेको जीवनमाथि नियन्त्रण हो। ज्यादा भन्दा ज्यादा आवश्यक बीजहरूलाई पेटेन्ट (१७ वटा पंजीकृत पेटेन्ट र ३२ वटा पेटेन्टको निम्ति अर्जी) गरेर मनसान्टो एकप्रकारले जीवनको मालिक भएको छ जसले सबै जसमा वास्तवमा बीज उगाउने किसानहरू पनि पर्छन् उनीहरूबाट जीवित रहने भाडा उठाउछ।

कुनै उद्भिदमा अर्को जीवको जीन हालिदिनले मात्रै के नयाँ उद्भिद्को आविष्कार भै हाल्छ र? जसको किटान मनसान्टो जस्तो कम्पनीहरूले गर्छन्। यी बीजहरूले त आफू सँग झन् ठुलो महामारी पो ल्याउछ। किसानहरूको निम्ति काम गरेको जस्तै गरेर मनसान्टोले कैयों किसानहरू माथि आफ्नो बीज चोरेको आरोप लगाएर मुद्दा हालेको छ जसले किसानहरू ॠणको अन्धकार कुवामा डुब्न जान्छन। जीएम अन्नले संसारको खाद्य समस्यालाई समाधान गर्छ भन्दै यसले देशमा भएको प्राकृतिक बीजहरूको विनाश गर्दैछ। उदाहरणस्वरूप अमेरिकाले जीएम मकै भित्राएपछि त्यहाँ पाइने मकैको प्रकारहरूमा ६७% (२००५ मा ३२२६ प्रकार देखि घटेर २०१० मा १०६२ प्रकार) ह्रास आएको छ। यसै गरी जीएम सिमिले त्यहाँको ९०% बजार पक्रेको छ जसले गर्दा यसको मूल्यमा (१९९५ देखि २०११ सम्म) ३२५% वृद्धि भएको छ।

मनसान्टोको भारत आगमन
१९८८ सालको विश्व ब्यांकको सीड पोलिसी मार्फत मनसान्टो भारतमा पस्न सफल भयो। मनसान्टो भारतमा पस्ने बितिक्कै यहाँ पाँचवटा परिवर्तनहरू आयो) भारतमा भएको कृषि आधारित कम्पनीहरू कित बन्द गरियो वा मनसान्टोसित सयुक्तरूपमा काम गर्ने सर्तमा राखियो यसले बीज व्यापार अझ केन्द्रित हुन पुग्यो। २) किसानको जुग जुगको साथी र बाच्ने सहारा बीज अब बौद्धिक सम्पत्ति भयो जसको निम्ति मनसान्टोलाई राजस्व (रोयल्टी) दिन पर्ने भयो जसले गर्दा बीजहरूको मूल्यवृद्धि तीव्र गतिले बढ्न थाल्यो। ३) प्राकृतिक रूपले पारागन भएको बीजको स्थान हाईब्रीड र जीएम बीजहरूले लियो सजिलै पाइने वस्तु अब महँगो र पेटेन्ट उत्पादमा परिणत भयो। ४) पहिला विभिन्न अन्न-बालीहरूसित मिश्रित रूपले उमारिने कपास अब सिङ्गो खेतीमा परिणत भयो जसले गर्दा कपास कीटपतंग, बिमारी, सुखाबाट ज्यादा प्रभावित हुन थाल्यो फलस्वरूप धेरै ठाउँमा कपासको खेती पूर्ण असफल पनि भयो जसलेगर्दा किसानहरूलाई हुन सम्मको क्षति भयो। ५) भारतको कृषिकार्य प्रणालीमा हस्तक्षेप गर्दै मनसान्टोले यहाँको प्राकृतिक साधनहरूलाई कब्जा गरेर आफ्नो हाईब्रीड र जीएम बीजहरूलाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसीप) को सहायताले अझ व्यापक बनाउने काम गर्दैछ। १९९५ मा भारतको महीको सँग मिलेर मनसान्टोले बीटी कपास भारतमा ल्यायो। १९९७-९८ तिर अवैधरुपमा खेत-परीक्षण गरेपछि अर्को वर्षनै बीटी कपासको बीजन बजारीकरण गर्ने घोषणा यसले गयो तर वातावरण सुरक्षाको अधिनियम अनुसार भारतको सर्वोच्च न्यायालयले बीटी कपासको बिक्रीलाई २००२ सम्म भारतमा रोक्न सक्यो। 

२०१२ को बीटी कपास माथि विचाराधीन संसदीय बैठकको सिफारिस मानेर सवोच्च न्यायालयले जीएम खाद्यान्नको बिक्री र खेत-निरिक्षण अन्त्य गर्ने आदेश दिए। तर यतिका दिनसम्म भारतको कृषि पद्धति परिवर्तित भइसकेको थियो। मनसान्टोको कपासको बीजहरू माथिको नियन्त्रण, विकल्पको नाश र राजस्वको नाममा भरपुर नाफा उठाउने प्रक्रियाले किसानहरूलाई दिन प्रतिदिन ॠणले ढाक्दैछ। बीटी कपासको खेतीमा सर्नु परेकोले किसानहरूले खुबै कष्ट झेल्न परेको छ जसलाई २०११-२०१२ मा भारतको कपास किसानहरूको आत्महत्या सित सिधै जोड्न सकिन्छ। बीटी कपासको खेतीले कीटनाशक रसायनको प्रयोग घटाउनुको सट्टा यसमा डरलाग्दो वृद्धि ल्यायो र किसानको कृषि लागत पनि त्यत्तिकै बढायो यसोसले कपास उत्पादन गर्ने राज्यहरूमा प्रथम स्थानमा रहेको महाराष्ट्र किसान आत्महत्याको घटनाहरूमा पनि प्रथम स्थानमै छ।

आत्महत्याको घटनाहरू बीटी कपासको खेतीको कारणले ह्वात्तै बढेको छ। यसको मुख्य कारणहरू अधिक मूल्य भएको मनसान्टोको बीज, रासायनिक मल र झार मार्ने दवाईको बेसी प्रयोग हो जसले किसानको ॠणको परिमाणलाई धेरै गुना बढाइदिन्छ। देशको सरकारी आंकडा अनुसारनै किसानले लिएको ऋणको ७५% अंश खेतीको सामग्री किन्नुमै जान्छ। भारी माथि सुपारी भने झैँ मनसान्टोको घातक वार हो यसकोफेरी फसल नदिने बीजवास्टेराइल सीड्सजसले एकपल्ट फसल दिए पछि अर्कोपल्टको बीज बाँझो हुन्छ। तर हालैमा कन्भेन्सन अन बायोलोजिकल डाइभरसिटिले यसको प्रयोगमाथि रोक लगाएको छ नत्र भने त मनसान्टोले यसबाट अपार नाफकमाउने थियो। मनसान्टोले किसानहरूलाई बीज राख्नु मनाही गर्छ र उसको बीजनै लगाउनु पर्ने बाध्यता बनाइदिन्छ। कन्ज्युमर्स इन्टरनेशनलको आंकडा अनुसार फिलिपिन्समा २७०,००० जना सानो-किसानहरूलाई बलजफ्ती जीएम मकै लगाउन बाध्य गरिन्छ। त्यहाँ मकैको बीजको दाम पहिलाको भन्दा २८५% बढेर गएको छ जसले किसानको सम्पूर्ण उत्पादन खर्चको १८-२१% खान्छ। विकासशील देशहरूको किसानहरू महँगो बीजले गर्दा उत्पीडित छन्। यिनीहरू बीज बेच्ने र पैसा उधारो दिने मानिसहरू माथि भर पर्नु पर्छ जो फिलिपिन्समा यी दुवै काम प्राय एउटै मानिसले गर्छन् र जीएम फसल नलाए पैसा सापटी नदिने धम्कि दिन्छन् जसले किसानहरू दुइधारी तरबारको चपेटमा पर्छन्।

मनसान्टोको जाल
माछालाई जालमा पारे झैँ मनसान्टोले पनि किसानहरूलाई आफ्नो पञ्जामा कस्न जाल बिछाएको छ। यसको जासुसले अर्काको खेतमा पसेर त्यहाँ फलिरहेको अन्न-बाली चोर्छ र त्यहाँ जीएम फसलको छनक मात्र पाए जम्मै फसलमाथि आफ्नो आधिपत्य जमाउँछ र किसानलाई पैसा भरपाई गर्न बाध्य गर्छ। अमेरिकामा २०१३ को सुरुवातमै मनसान्टोले ४६६ किसानहरू विरुद्ध १४४ वटा मुद्दाहरू हालिसकेको छ। यसले धेरैवटा नियम कानुनहरू पनि बनाएको छ जसमा किसानले बीज राख्नु नपाउने, पारम्परिक बीज सफा गर्ने उपकरणलाई गैरकानूनी घोषित गर्ने साथै बीज हस्तान्तरित गर्ने उपकरण, जैविक मल आदिको पनि कडा जाँच गर्न पर्ने जसले गर्दा किसानहरूले आफ्नो बीज राख्न नसकोस र प्रत्येक वर्ष मनसान्टोबाटै बीज किन्न बाध्य होस्।

जैव तकनिक नियामक प्राधिकरण विधेयक (BRAI)
बीटी कपासको दुर्गति पछि कानुनी रूपमा बीटी बैगुनको खेतीलाई भारत सरकार द्वारा स्वीकृति छैन तर पनि छिमेकी देशहरू मार्फत देशको सीमान्त राज्यहरूमा यसको प्रचलन निक्कै नै देख्न पाइन्छ। अस्ट्रेलियाबाट जीएम केराको निर्यातको कुरा पनि निक्कै जोडमा चल्दै थियो। ब्रोक्ली र क्यप्सिकमको बीजहरू माथि पनि यसले आखा गाडी रहेको छ। मनसान्टोले भारतको विश्वविद्यालय र विज्ञान तथा प्रविधिकी संस्थानहरू सित मिलेर आफ्नो प्रभाव बढाउदै गरेको बेलामा विज्ञान अनि प्रविधिकी मन्त्री, भारत सरकार द्वारा अप्रिल २०१३ मा जैव तकनिक नियामक प्राधिकरण विधेयक (Biotechnology Regulatory Authority of India Bill) प्रस्तुत गरियो जसको भनाइमाजैव तकनिकद्वारा तैयार गरिएको खाद्यान्नको प्रयोग गर्न सकिन्छ तर तबमात्र जब अन्नको आपूर्ति गर्ने अर्को कुनै सम्भव तरिका रहदैनत के भारतलाई आफ्नो देशको खाद्यान्नको आपूर्तिको लागि जीएम फसलको आवश्यकता छ र? जनवरी १, २०१३ मा भारतले ६६७ लाख टन अन्नको उत्पादन गरेको थियो जुन आवश्यक भन्दा साढे २ गुना ज्यादा थियो। देशको २५% जनसङ्ख्या भोक्कै भएको जान्दा जान्दै पनि यी अन्नहरू कि त ढिकुटीहरूमा सड़्छन् कि त निर्यात गरिन्छन्। गहुँ र चामलको बढी उत्पादन हुँदा हुँदै पनि संसारको तीन भागमा एक भाग भोकाहरू भारतमै पाइन्छन् यसैबाट बुझ्न सकिन्छ समस्या खाद्यान्नको कमी कदापि होइन तर अन्न संरक्षण र यसको सञ्चालन पद्धतिमा भई रहेको गडबडी हो। जबसम्म उक्त पद्धति सुचारू रूपले चल्न थाल्दैन तबसम्म जजुनसुकै जीएम फसलले पनि भारतको भोक मार्न सक्दैन। यसैले धेरैजना बुद्धिजीवी, गैर सरकारी सङ्गठन, कतिपय राजनैतिक दलहरूले BRAIको देशव्यापी विरोध प्रदर्शन गरेका छन्। उक्त बिल पास हुनु भनेको मनसान्टोलाई हरियो झंडी देखाउनु हो भन्दै उक्त बिल चाडो भन्दा चाडो खारेज गरी पर्छ भन्ने आवाजपनि चारै तिर बाट उठ्दै छ।

 संगीता  खेवा