Friday, August 30, 2013

रुपान बजाजको लडाई— प्रेरणादायक तर सीमावद्ध

म बाटोको साधारण महिला होइन... मेरो अधिनमा ६००० जना पुरुषहरू काम गर्छन्...

१९९९ सालको १८ जुलाईको घटना हो रूपान देउल बजाज, एक जना आइएअस अफिसर त्यस्ताक पंजाबको विशेष वित्तसचिव थिईन्। त्यो दिन पंजाबको वित्त कमिशनरको घरमा एउटा पार्टी थियो र त्यही पार्टीमा पंजाब पुलिसको डिरेक्टर जेनेरल केपिएस गिलले मातेको झोकमा रूपान माथि यौन अत्याचार गरेको थियो।

केपिएस गिल, भारत सरकारको आँखाको पुतली केपिएस गिल ! खलिस्थान आन्दोलन दमंन गर्ने निहुले हजारौँ हजार निरपराध सिख युवकहरूको हत्या गर्ने केपिएस गिल। आसामदेखि लिएर काश्मिरसम्म जत्तिबेला पनि राष्ट्रिय संत्रास फैलाउने आवश्यकता परेको छ त्यतिबेलै बोलाई पठाइने त्योमहान् देशप्रेमीकेपिएस गिल। उनको देशप्रेमको सट्टा राष्ट्रले उनलाईपद्मश्रीउपाधिले विभूषित गरेको थियो र भारतीय हकी फेडेरेशनको सभापतिको आसनपनि उनलाई दिएको थियो, त्यो केपिएस गिल।

गिल विरुद्ध अघि पनि यौन हिंसाको आरोपहरू थियो जसको कुनै लेखाजोखा छैन तर रूपान थिइन् जिद्दी महिला। यसबाहेक उसको सामाजिक र प्रशासनिक क्षमताले पनि उसलाई साहस दिएको थियो। आफूसँग घटेको जम्मै घटनाहरूलाई क्रमबद्ध रूपमा मिलाएर तिनले गिल विरुद्ध मुद्दा हालिन्। धेरै दिनसम्म मुद्दा चल्यो निम्न न्यायलय देखि उच्च न्यायलय देखि सर्वोच न्यायलयसम्म। अन्तमा १९९५ सालमा न्यायलयले आफ्नो फैसला सुनायो। जतिसुकै सामाजिक र राजनैतिक क्षमतावान भए तापनि उक्त मुद्दा चल्दा खेरि रुपानले थुप्रै कठिनाइ र प्रतिकुल वातावरणको सामना गर्न परेको थियो। गृहसचिवले रुपानलाई भनेका पनि थिए कि जसको विरुद्धमा उसले मुद्दा हालेकी छिन् तिनी देशका मानिसहरूको आँखामा देशको झन्डाले बेह्रिएको मानिस हुन्। मातेको अवस्थामा उनले कुनै महिलासित केही गरिहाले पनि यति सानो कुराको निम्ति उनी जस्तो मानिसलाई दण्ड दिनु उचित हुने छैन। समाजको कतिपय गन्यमान्य मानिसहरूले पनि रुपानले सानो कुरालाई तन्काएको अभियोग पनि लगाएका थिए। केन्द्र र राज्य सरकारले रुपानलाई जातिको भलाइको लागि भएपनि गिलको क्षमा याचना मनिलिने चाप दिन थाले। रूपान तर मनिलिन राजी भइनन् र मुद्दा चलाइरहिन् उच्च न्यायलय र सर्वोच्च न्यायलय दुवैमा गिल अपराधी ठहरियो। अवश्यम्भावी रूपले उच्च न्यायलयले दिएको कारावासको सजायलाई सर्वोच्च न्यायलयले दुई वर्षको परिक्षण र जरिमानामा मिलायो।

तर रूपानको यो लडाइलाई अभिनन्दन जनाउन पुगेका हामीले मुद्दा जिते पछि रूपानको भनाइलाई बिर्सनु हुँदैन। हुनत यो त्यति आश्चर्यजनक कुरो पनि होइन। मुद्दा जितेको खुसी प्रकट गर्दै तिनले भनिन्- “म बाटोको साधारण महिला होइन, मेरो अधिनमा ६००० पुरुषहरू काम गर्छन्, आजसम्म कसैको मसँग हाबेजाबे कुरा गर्ने साहस भएन। कस्तो दुस्साहस एकजना पुरुष म सित दुर्व्यवहार गर्ने र म उसलाई छोडिदिनु।आश्चर्यको कुरो के हो भने उक्त भनाइ अनुसार त के कुनै पनि मान्छेले बाटोको साधारण महिलाहरू माथि दुर्व्यवहार र यौन हिंसा गर्ने खुल्लापत्र पाएको छ? या त जसको अधिनमा ६००० जना पुरुषहरू काम गर्दैनन् तिनीहरू सित हाबेजाबे कुरा गर्नु कुनै अपराधनै होइन? आश्चर्यजनक यो कारण कि यौन हिंसा विरुद्ध रूपानको यति लामो लडाई उक्त टिप्पणीले गर्दा तुच्छ हुन गएको छ। फेरी आश्चर्यजनक किन होइन भने जब रूपान बजाजले भनिन् मेरो अधिनमा ६००० जना पुरुषहरू काम गर्छन् त्यतिबेलै उसले आफ्नो श्रेणी अवस्थान बताई दिइन्, स्पष्ट गरिदिइन् कि कमसेकम उसको लागि लडाई थियो क्षमतावान र समृद्ध नारीहरूको अधिकारको लडाई।

रूपानको यो लडाइबाट श्रमजीवी नारीहरूले अवश्य पनि प्रेरणा पाउछन् जसरी फरासि विप्लवबाट आजपनि श्रमजीवी लडाइको प्रेरणा पाउदैछन्। यो कुरा पनि मान्न पर्छ कि रूपानको यो लडाइबाट भारतवर्षमा यौन हिंसा विरुद्ध चलिरहेको आन्दोलनले एउटा नयाँ खुड्किलोमा पाइला राख्यो। तर सँगसँगै श्रमजीवी नारीहरूले प्रत्येक क्षणमै यो लडाइको सिमितता भुल्न हुँदैन। तिनीहरूले याद राख्नु पर्ने कुरो हो कि रुपानको यो लडाई वा रुपानहरूको यो लडाइको माँग यो समाजको उच्च श्रेणीको महिलाहरूको अधिकारको मांगको रूपमा अड्कि रहन्छ कारण यो नै उनीहरूको अन्तिम लक्ष्य हुनेछ। तिनीहरूले याद राख्नु पर्ने कुरा हो कि श्रमजीवी नारीहरूको भागिदारिले मात्रै रुपानहरूको यो लडाइलाई विस्तृत गर्न सक्छ, समाजको जम्मै स्तरमा फिजाउन सक्छ। श्रमजीवी नारीहरूको अधिकारको लडाई श्रमजीवी नारीहरू स्वयमले लड्न पर्छ। त्यतिबेला कुनै रुपान बजाज वा राममोहन रायले तिनीहरूको लडाई लडी दिंदैन।

बंगलामा प्रकाशित 'प्रतिस्पर्धा' पत्रिका बाट, अनुवाद : संगीता खेवा


No comments:

Post a Comment