Friday, August 30, 2013

समसामयिक

अन्यायको विरुद्ध आवाज उठाउन मनाही छ
हिज अस्ति चर्चामा आएकी आइ पी एस अफिसर दुर्गा शक्ति नागपालको कथा भारत जस्तो देशमा घट्नु कुनै आश्चर्यको कुरो होइन। उत्तर प्रदेशमा तिनी सडिभिजनल म्याजिस्ट्रेटको रूपमा काम गरिरहेकी थिईन्। त्यहाँ चलिरहेको बालुवा उत्खननको अवैध कामको विरुद्ध आवाज उठाउदा अखिलेश यादवद्वारा नेत्रित उत्तर प्रदेश सरकारले तिनलाई २७ जुलाईको दिन कामदेखि निलम्बित गयो। निलम्बनको मुख्य कारण तिनको बालुवाको अवैध व्यापार गर्ने गुन्डाहरूको विरोधिता भए पनि सरकारले निर्माणाधीन मस्जिदको देवल भित्काएको आरूपमा तिनलाई निलम्बित गयो। यसभन्दा अघि पनि हरियाणाको सचिव अशोक खेमकालाई रोबर्ट वार्धा र दी एल एफ बिच हुन आटेको जमिनको अवैध व्यापारलाई बन्द गर्दा अन्तरन (ट्रांस्फर) गरिएको थियो। यसरि नै सतेन्द्रनाथ दुबेको कथा पनि उल्लेखनीय छ। २००२ मा झारखण्डमा न्यासनल हाइवे अथोरिटी अफ इन्डियाको परियोजना प्रबन्धकको रूपमा कार्यभार सम्हाले पश्चात् राष्ट्रिय राजमार्ग २ को एउटा भाग औरंगबाद- बाराछात्ति राजमार्गको हेरचारको जिम्मा तिनलाई पयो। यसै बिचमा बाटोको काममा भइरहेको धाँधली चाल पाएर तिनले प्रधानमन्त्रीलाई चिट्ठी समेत लेखेका थिए तर नवम्बर २००३ मा वाराणसीमा तिनको हत्या गरियो। यसरि उच्च ओहोदामा हुँदाहुदै पनि जजसले समाजमा चलिरहेको भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने हिम्मत गरेका छन् तिनीहरूले यसरि नै त्यसको किमत चुकाउनु परेको छ।

आर्थिकरूपले समृद्ध गुजरातको पोलखोल!
बंगालका जनताले आफ्नो जमिनको रक्षा गर्दै फर्काएको टाटा न्यानो प्लान्टलाई एकै बचनमा स्वीकृति दिने मोदीको राज्य गुजरातलाई आर्थिक रूपमा समृद्ध मानिए पनि हालैमा युनिसेफको एउटा प्रतिवेदनले यसलाई नाङ्गो-झार पारिदिएको छ। प्रतिवेदन अनुसार गुजरातमा सामाजिक उन्नतिको परिमंडल भने खुम्चिएको नै छ। धेरै उद्योगीक विकाश भएको राज्य गुजरातमा नारी अनि बच्चाहरूको स्वास्थ्यको विषयमा युनिसेफले आलोचनात्मक रहदै धेरै आंकडाहरू प्रस्तुत गऱ्यो। जस्तै गुजरातमा प्रत्येक तिन आमाहरूमा एक आमा तीव्र कुपोषणको सिकार बन्दछ, अनि त्यसैगरी यी महिलाहरूमा आधा जस्तो रक्तहीनताको सिकार हुन्छन् जसले बच्चा जन्माउदा बाधा पुराउछ। पोषणको उचित ज्ञान नभएको कारणले गर्दा थोरै आमाहरूले नै आफ्नो बच्चालाई पहिलो ६ महिना सम्म दिनपर्ने आफ्नो दूधको सेवन गराउछन्। जसको परिणाम बच्चाहरूलाई थुप्रै किसिमको रोग लाग्ने सम्भावना बेसी हुन्छ। स्वास्थ्यमै अझ थप्दै युनिसेफले आफ्नो व्येबसाईटमा गुजरातको गाउँ इलाकामा ढल-निकासको राम्रो प्रणाली नभएको पनि बतायो।
 प्राकृतिक ग्यासको दाम र रिलाइंस
विद्युत र मलको निम्ति चाहिने प्राकृतिक ग्यासको दाम ह्वातै दुइगुणा बढ्यो। २०१४ को अप्रिल महिना देखि ग्यासको दाम प्रति एमएम बीटीयु (मिलियन म्याट्रिक ब्रिटिस थर्मल युनिट) ८.४ डलर भयो। यो मूल्य वृद्धिले समस्त चीजबीजको दाम बढेको छ जनताको काँधमा अझी बेसी भार थपिएको छ र यसबाट केवल एउटै कोर्पोरट नाफा कमाउदैछ्न ती हुन् रिलाएन्स इन्डस्ट्रिज लिमिटेड। तिनीहरू केजीडी (कृष्ण गोदावरी डिभिजन) ६ ग्यास बेसिन बाट चाहिएको भन्दा कम्ती ग्यास निकाल्दैथिए जसले गर्दा देशमा ग्यासको ठुलो अकाल पड़्न गयो र ग्यासको दाम बढेपछि मात्रै यसले ग्यासको वितरण बढायो। हिसाब गर्दा पत्तो लाग्छ कि ग्यासको दाम १ डलर बढ्दा रिलाएन्सलाई प्रायः १ करोड ८० लाख डलर नाफा हुन्छ। अन्तर्राष्ट्रिय तुलनामा पनि यो मूल्य वृद्धि साह्रै बेसी छ खाडी देशहरूमा ग्यासको दाम प्रति एमएम बीटीयु १ डलर, मिश्रमा २.५१ डलर, नाइजेरियामा ०.९९ डलर, अस्ट्रेलियामा ५ डलर र इन्डोनेसियामा १ डलर छ। ग्यासको दाम बढेको मौका छोपेर मल इत्यादिको दाम पनि भरपुर बढेको छ। यी सबै तिकडमबाजीहरूले सरकारको जनता विरोधी र रिलायन्स जस्तो ठुलो कोर्पोरेट प्रतिको झुकाव देखाउछ। 
 स्नोडेन – एउटा विद्रोह
अमेरिकी सरकारले आफ्ना गुप्तचरी इन्टरनेट प्रोग्राममार्फत् आफ्नै देश र संसारभरिका करोडौं–करोड जनताको इमेल र फोन कलबारे जानकारी लिने गर्दो रहेछ। यो विषय खुलासा गरेर पुँजीवादी स्वतन्त्रताको सच्चिने चेहरा के हो— त्यो स्पष्ट गरिदिएका छन् इड्वार्ड स्नोडेनले। सीआईएका पूर्वकर्मचारी स्नोडेनले खुलासा गरेको प्रिज्म र असीमित सूचनामा विद्युतीय अनुगमन प्रोग्रामको क्षमता र त्यसले ओगट्ने क्षेत्रबाट अमेरिकी गुप्तचर संस्था आतङ्कवादीको खोजी, मुद्रा अपचलन र अन्तर्राष्ट्रिय लागू–औषध कारोबारभन्दा धेरै पर अरू नै केहीमा केन्द्रित रहेको प्रस्ट भएको छ। अमेरिकाले यिनै कारण देखाएर संसारभर आफ्ना गुप्तचर कारबाही गर्ने गरेको छ। अमेरिकाले विद्युतीय अनुगमन प्रणालीमा अरबौं डलर खर्च गरिरहेको यथार्थ आश्चर्यको विषय भने होइन। सत्ताले सबै जनाको विषयमा सबै कुरा जान्न खोज्छ। यसको एउटै लक्ष्य भन्नु उसको सत्ता बलियो बनाउन बाटोमा आइपर्ने तगाराहरूलाई तर्साउने, फसाउने, लोभ्याउने वा दबाउने हो। नागरिक स्वतन्त्रता हननका यस्ता क्रियाकलाप जब हामी रोक्न सक्दैनौं, हामी उनीहरूका हातमा नाचिनरहेकोमा पक्का हुनुपर्छ। हाम्रो इमेल पढे त के भयो र? सङ्घर्ष सडकमा हुने हो, इन्टरनेट र फेसबुकमा मात्र हुने होइन। यस्तो परिस्थितिमा सहासिलो मानिसले पुँजीवादी 'स्वतन्त्रता' को वास्तविक अर्थ के हो भनी भण्डाफोर गर्दै जानुपर्छ।


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...