छेवाङ योञ्जन
पुँजीवादी समाज व्यवस्थामा सर्वहारा केवल चक्का मात्र हुन्। यसो भनौँ – “सत्ताको रथयात्रालाई राजनीतिक सडकमा गतिदिनेहरू सर्वहारा मात्रै हुन्। जुन राज्यसत्ताले समाज विकासमा यति बिघ्न बाधा दिइरहेको छ। त्यसैलाई काँधमा राखेर, जस्तै अप्ठ्यारो परिस्थितिमा पनि सर्वहाराले सत्ताको रथ खिचिरहेको छ।' किन यस्तो हुँदो रहेछ? भनेर गहन अध्ययन गर्नु हो भनेहामीले समाज बुनोटको ऐतिहासिक चरणहरू जान्नुपर्ने हुँदो रहेछ।
तर समाज, राजनीति र अर्थनीतिको ऐतिहासिक विकासक्रमको अध्ययन गर्ने फुर्सद सर्वहारालाई कहाँ र? दिनभरि बगानमा काम गर्नु, साँझसम्म खेत जोत्नु, फ्याक्ट्रीमाफलामहरूसँग जुध्नु, दैनिक महङ्गाईसँग जीवनको तोलमोल गर्नमा नै सर्वहाराको जीवन बित्छ। फुर्सदै भए पो समाज, राजनीति र अर्थनीतिको अध्ययन गर्ने। यसो हुँदा सर्वहाराले आफ्नो चिन्तन हिस्साको एउटा बाँझो खेत छोडिपठाउँछ। जुन बाँझो खेतमा आफूमाथि किन शोषण भइरहेको छ? दैनिक मेहनतले पनि किन अभावको जीवन बाच्न परिरहेको छ? मेरैपसिनाको कमाइले मलाई नै किन आर्थिक मार्कमा पार्छ? भन्ने प्रश्नहरू रोप्नै पाउँदैनन्। यदि श्रमजीवी जनताले आफूलेछोडिराखेको बाँझो जमिनमा यस्ता प्रश्नहरू रोप्ने समय पाउँदो हो त शोषणविरुद्ध लड्ने आँट नभए तापनि आफूमाथिभइरहेको अत्याचारहरूको परिभाषा समयमै बुझ्ने थिएँ कि!
सतही रूपमा हेर्दा समाजमा विभिन्न जात, धर्म, लिङ्ग, आदिको अन्तरसम्बन्ध देखिन्छ। एउटा समाजमा एउटै जाति, एउटै धर्मर एउटै लिङ्गकाहरू मात्र रहन सक्दैनन्। यदि यस्तै समाजको अपेक्षा गर्नु हो भने त्यो समाजको विकास हुँदै हुँदैन।सोच्नुहोस् समाजमा पुरुषहरू मात्र रहन्छन् भने के त्यो समाजको विकास होला र? हालैमा ‘लैला' नामक एउटा वेब सिरिजनिक्कै चर्चामा रह्यो। ‘आर्यवत' नामक राज्यमा एउटै जातिका मानिसहरू मात्र बस्थें। सिरिजमा देखाइएको छ कि त्यो‘आर्यवत राज्य’ नितान्तै क्रूर, उग्र र तानासाही छ। त्यो राज्यले केवल अन्य जाति र वर्गकालाई मात्र शोषण गर्दैन तरआफ्नै जातिकालाई पनि तानासाही अत्याचार गर्छ। ‘आर्यवत’-को आदर्श नीतिको पालन गर्नुपर्ने। अन्य जाति र वर्गकासँगसम्पर्क राख्न नहने। जसले आर्यवतको नियमको उलङ्घन गर्छ, उसलाई मृत्युदण्ड दिइन्छ। यहाँ किन लैलाको प्रसङ्ग अनिवार्यलाग्यो भन्दा ‘एउटै जातिको आदर्श राज्य पनि त तानासाही हुँदो रहेछ' भन्नु हो। इतिहासमा पनि यस्ता भएकै हुन्। हिटलरलेदेखेको जर्मनीहरूको आदर्श राज्य नितान्तै तानासाही थियो। मुसोलिनीले सजाएको आदर्श इटली पनि हैकमवादी नै थियो।अहिले भारतमा हिन्दु आदर्श राज्यको परिकल्पना सहितको राजनीति चलिरहेको छ। जुन राजनीतिले सर्वहाराले छोडी राखेकोबाँझो खेतमा एउटा आदर्श राष्ट्रवादको बीज रोप्दै छ।
भौतिकवादी विश्वदृष्टिकोण अनुसार चाहिँ समाज वर्गीय अन्तरविरोधको प्रतिविम्ब हो। कस्तो वर्गीय अन्तरविरोध? भनेरसमाजलाई अझ गरिहाइमा अध्ययन गर्दा झन् रोचक भएर जान्छ। अघि सतही दृष्टिकोणबाट हेर्दा समाजमा विभिन्न जात, धर्म, व्यक्ति, समुदाय आदि देख्यौँ। अब भौतिकवादी दृष्टिकोणबाट हेर्दा चाहिँ वर्गीय अन्तरविरोध पायौँ। यसैले वर्गीयअन्तरविरोध बुझ्नलाई समाज विकासको ऐतिहासिक बिन्दुमा पुग्नुपर्छ र भौतिकवादी विश्वदृष्टीले समाज निर्माणको यसैऐतिहासिक चरणहरूलाई तथ्यगत रूपमा व्याख्या गर्दछ। आधुनिक समाजमा ‘उत्पादन साधन को आधारमै वर्गीय विभाजनभएको पाइन्छ। जोसँग उत्पादन साधन थियो उनीहरू मालिक वर्गमा पुगे। जोसँग उत्पादन साधन थिएन उनीहरू आफ्नोश्रम बेच्न मालिकको शरणमा पुगे। यी दुवै वर्गमाझ युगौदेखि अन्तरविरोध हुँदै आइरहेको छ। जुन अन्तरविरोधहरूलेसमाजमा नयाँ नयाँ पहलुहरू थपिँदै गइरहेको छ। समाज विकासको क्रममा देखिएका यी वर्गीय अन्तरविरोधबारे व्यापक चर्चापरिचर्चा भइसकेकै छ। विश्वका समाजवादी चिन्तकहरूले यसबारे वैज्ञानिक व्यख्याहरू गरिसकेका छन्। यसैले यसविषयलाई फिलहाल यही राखौँ र सर्वहारा पुग्न नभ्याएको बाँझो खेतमा कुन वर्ग पुग्दो रहेछ? त्यो बुझ्ने प्रयास गरौं।
वर्तमान पुँजीवादी समाज व्यवस्थामा शोषक र सर्वहाराको रूप बुझ्न संक्षिप्तमा केही चर्चा गर्नै पर्छ। पुरानो युगमा झै आजमालिक र श्रमिकहरूमाझ सोझै युद्ध वा सङ्घर्ष हुँदैन। समाज विकासको चरणमा मालिक वर्गभित्र थुप्रै नयाँ शोषकीयचरित्रहरूको प्रक्रियाबद्ध विकास भइसकेको छ। जस्तै नीति नियम तय गर्न सरकार बनाइयो। नियमहरू कार्यन्वयन गर्ननौकरशाहहरू तयार गरियो। कानुन तोड्नेहरूलाई कारवाही गर्न सेना पुलिसहरू र झ्यालखानाहरू तयार गरियो। यसरी नैबडा साहेब, छोटा साहेब, जस्ता अनेकौँ मालीकि अनुसारीहरू देखा पर्यो। अर्कोतिर चाहिँ उत्पादन साधन नभएकासर्वहारावर्गमा कुनै परिवर्तन आएन। बगानमा, फेक्टरीमा, सपिङमलमा, ब्युटीपार्लरमा, हवाईजहाजमा जुनै पनि आधुनिकउद्योग होस् उनीहरू शोषित वर्गकै रूपमा छन्। किङफिसर हवाइसेवा बन्द हुँदा एकैछिनमा हजारौं कर्मचारीहरू बेहाल बने।तर उनीहरूले सोझै मालिकसँग सङ्घर्ष गर्न सकेनन्। म्यानेजर, सिइओ, पुलिस, नेता, सरकारसँग जुध्दै उनीहरूको सङ्घर्षसेलाएर गयो। यो लामो सङ्घर्षमा किङफिसरका एयरहोस्टेज, पाइलट, फिल्ड स्टाफहरूले बिस्तारै बुझ्दै गए कि सिइओ, पुलिस, नेता, सरकार जम्मै जम्मै मालिककै पक्षमा रहेछन्। यसरी उनीहरूले शोषकीय अनुहार चिन्दै गए। तर आफूहरूजस्ताकयौँ शोषितहरू पनि छन् भन्ने ध्येय उनीहरूलाई भएन। किन कि सर्वहाराको बाझो खेतमा उनीहरू पनि पुगेकै हुँदैनन्।साधारण रूपमा व्याख्या गर्दा सर्वहाराभित्रको आर्थिक ध्रुवीकरणले उनीहरूमा आकाश-पातालको विभाजन गरिदिएको छ।मालिकविरुद्ध सङ्घर्ष हुँदा हुँदै पनि एक जना पाइलटले फ्याक्ट्री मजदुरको सङ्घर्षलाई आँखी ओझेल गर्दो रहेछ।
यी वर्गीय सङ्घर्ष र अन्तरविरोध हुँदा हुँदै पनि समाजमा एउटा यस्तो वर्ग छ जसले यथास्थितिवादलाई स्वीकार्दै आदर्श राज्यकोपरिकल्पना गरिरहन्छ। समाज बुनोटको भौतिकवादी आधारहरूलाई नकार्दै उनीहरू शान्ति, सक्षम र सुविधावादी समाजकोतर्क राख्छन्। उनीहरू मालिक, सरकार, नेता, पुलिस झै सर्वहारा सामु प्रत्यक्ष रूपमा देखिन्न। तर उनीहरूको समाजविकासको भाववादी दर्शन र आदर्शवादी राज्यसत्ताको परिकल्पनाले अप्रत्यक्षरूपमा शोषित वर्गलाई उपेक्षा गरेको हुन्छ।सर्वहाराको हरेक वर्गशत्रलाई उनीहरू आदर्श राज्यसत्ताको गणतान्त्रिक पर्जा बताउँछन। समाजको विकास र प्रगतिबारेभएभरको तर्कहरू राख्छन्। लामा लामा व्यख्यानहरू राख्छन्। तर आफूहरूको यथास्थितिवादी मानसिकतादेखि किञ्चित पनिप्रगतिशील हुन मान्दैनन्। यस्तै यथास्थितिवादी मानसिकताकाहरूले नै सर्वहारा पुग्न नभ्याएको बाँझो खेतमा हरेक थरिकाआदर्शहरू रोप्छन्। सङ्घर्षशील सर्वहारालाई लट्याउन उनीहरूसँग ईश्वरीय गुणगानका मिथकहरू भरपुर हुन्छन्। समाजविकास र परिवर्तनका लजिक/रणनीतिहरू पुरानै हुन्छन् तर प्रस्तुतिको शैली चमत्कारी हुन्छ। यसो भनौँ ‘बुर्जुवाराज्यसत्ता’लाई नै रङ्गाएर उनीहरू एउटा आदर्श राज्यसत्ता’को परिकल्पनामाथि बहस गर्छन्। तर ‘राज्यसत्ता नै शोषणकोहतियार' हो भन्ने भौतिकवादी निष्कर्षलाई उनीहरू मान्नै चाहँदैनन्। सर्वहाराले नै सत्ता परिवर्तन गर्छ भन्ने ठहर उनीहरूको हुँदोहो। त्यसैले त आफूसुहाउँदो सत्ता निर्माणका निम्ति उनीहरू सर्वहाराको बाँझो खेत पुग्छन्। आदर्शवादी सिद्धान्तका तर्कहरूछाटछन्। क्रान्ति र परिवर्तनका अतिरञ्जनापूर्ण भाषणहरू छाँट्छन्। सर्वहारालाई सत्ता परिवर्तनका निम्ति उक्साउँछन्। नयाँसत्ता निर्माणपछि उनीहरू आफूहरूले चाहेजस्तै सुविधाजनक आदर्श राज्यमा पुग्छन्। सत्ताको रथयात्रामा चढ्छन् रसर्वहारालाई पहिले झै रथको चक्काकै रूपमा प्रयोग गर्छन्। तर सर्वहाराले गर्ने क्रान्ति चाहिँ केवल सत्ता परिवर्तन मात्रहोइन। सर्वहाराले त व्यवस्था परिवर्तन साथसाथै आफ्नो अधिनायकत्व जमाउनु पर्नेछ। यथास्थितिवादीहरूको शब्दजालकोभुलभूलाइयामा फसेर या भनौँ आदर्श राज्यसत्ताको परिकल्पनामा डुबेर सर्वहाराले आफ्नै अधिनायकत्ववादको व्याख्या गर्नसकेका छैनन्। यसमा प्रगतिशील चिन्तन हुन जरुरी छ।
बेशक विश्वमा शोषितहरूको सङ्ख्या व्यापक छ। शोषकहरू थोरै छन्। तर पनि सर्वहारा सङ्घर्ष किन लम्बिन्छ भन्दासम्भ्रान्त वर्गका यथास्थितिवादी मानसिकताले समाज विकासको भौतिकवादी आधारलाई खर्लप्पै खाइदिएको छ। ‘जनताकैनिम्ति हो राज्यसत्ता' भन्ने प्रचार गर्दै उनीहरू बुर्जुवा व्यवस्थालाई पोषण गरिरहन्छन्। सर्वहारावर्गलाई चमत्कारी क्रान्तिकोभ्रममा भूल्याएर समाजवादी क्रान्तिको हरेक प्रयासहरूलाई निषेध गरिरहन्छन्। अप्रत्यक्ष रूपमा उनीहरू सर्वहारा क्रान्तिलाईसामाजिक अपराधसँग जोड्ने हरसम्भव प्रयास गरिरहन्छन्। सर्वहारा क्रान्तिदेखि सर्वहारालाई नै टाढो राख्ने वैचारिक षड्यन्त्रगर्नमा उनीहरू खप्पिस छन्। सामाजिक बहसहरूमा बुर्जुवा व्यवस्था अनुकूलका तर्कहरू टिपेर यति बिघ्न अन्योलताहरूकोसृजना गर्छन् कि प्रगतिशील ठानिएका दस्ताहरूलाई पनि यस्ता षड्यन्त्रहरूबाट उम्किन नै कठिन पर्न जान्छ। जसकोरणनीतिक फाइदा सोझै बुर्जुवा राज्यसत्तालाई हुने गर्छ।
यथास्थितिवादी षड्यन्त्रहरूले सृजना गरेको सङ्घर्षहरूमा नै सर्वहाराले आफ्नो महत्त्वपूर्ण ऊर्जा खर्चिरहेको अवस्था छ। यसैलेआदर्शवादी राज्यसत्ताको परिकल्पनामा जबसम्म सर्वहारा वर्ग फसिरहन्छ, तबसम्म व्यवस्था परिवर्तन हुँदैन। नयाँ प्रगतिशीलसमाज निर्माण हुँदैन। शोषणको अन्त त झनै हुँदैन।
No comments:
Post a Comment