Tuesday, December 10, 2019

खतरामा साम्प्रदायिक सद्भाव

लीलाबहादुर छेत्री

यतिखेर भारतीय राजनीतिको धुरीमा हिन्दूत्वलाई प्रमुख एजेण्डा बनाइने कुत्सित प्रयास भइरहेको छ। जुन भारत देशकोधर्मनिरपेक्षता र गणतान्त्रिक माहौलको लागि खतरा हो। साथै आमनागरिकका हिमायतीहरूका लागि सबैभन्दा ठूलो चुनौतीभएर अघि आइरहेको छ। विभिन्न प्रकारका कुतर्कहरू राखेर बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी रहेको हाम्रो देशमा यस्तोराजनीति हाबी हुनु भावी पीढ़िका लागि झनै चिन्ताको विषय हो। विशेष गरी यस प्रकारको राजनीति अल्पसङ्ख्यकहरूकालागि सबैभन्दा ठूलो खतरा र चुनौती हुनेछ। यस क्रममा अति अल्पसङ्ख्यक रुपमा बसोबासो गर्दैआएका गोर्खाहरू पनिआगामी दिनहरूमा यसको चपेटमा नआउँलान् भनेर भन्न सकिन्न। केन्द्रको सत्ता लगायत विभिन्न राज्य वा केन्द्रशासितप्रदेशहरूको सत्तासुख र यसको प्राप्तिको लागि यो हिन्दत्वलाई अहिले प्रमुख एजेण्डा बनाइन खोजिरहेको छ। यो राजनीतिकोबीज दशकौं अघि रोपिएको हो। अहिले बिरुवा बनाएर यसको लागि फेभरेबल कन्डिशन बनाउँदै सार्ने काम भइरहेको छ।यसलाई गोडमेल गर्ने शक्तिहरू पनि उतिकै सक्रिय देखिन्छन्। भारत जस्तो गणतान्त्रिक मुलुकमा आमनागरिकका बुनियादीआवश्यक्ता र त्यसको परिपूर्ति गर्नपर्ने जिम्मेवार र गम्भीर राजनीतिको आवश्यक्ता जतिजति बढ्दो देखिन्छ, उतिउति यसप्रकारको राजनीति हाबी बनाइँदैछ। देशको साँचो र संस्थागत विकासको लागि गरिनपर्ने राजनीतिलाई समेत अहिले यसप्रकारको राजनीतिले धरापमा पारेको अवस्था बीच देश गुज्रिरहेको छ। यति मात्रै नभएर भारतको धर्मनिरपेक्षता र गणतान्त्रिकमूल्यमान्यतालाई समेत अहिले हिन्दूत्वले आँच ल्याउने काम गरिरहेको छ। भारतमा हिन्दूहरू असुरक्षित बन्न थालेकोमनगढन्त कुरा र कुतर्कहरू र यसलाई पाल-पोष गर्ने किसिमका प्रोपोगाण्डाहरू चलाउने जत्थाहरू अहिले निक्कै नै सक्रियदेखिन थालेका छन् देशमा। साथै उनीहरूको मनोबल बढ़ाउने काम समेत संवैधानिक पदमा बसेकाहरूले नै प्रत्यक्ष-परोक्षगरिरहेको सुनिन्छ।
देशको सांस्कृतिक विरासत र विविधतालाई मासेर हिन्दूत्व हाबी बनाउने क्रममा अहिले विभिन्न प्रोपोगाण्डा चलाइँदैछ। जसकोनियत बुझ्न आममानिसलाई गाह्रो भइरहेको छ। यस प्रकारको राजनीतिको शिकार साँचो हिन्दूधर्मावलम्बीहरू यसअघि भएकाथिएनन्। वास्तवमा उनीहरूले यस्तो पनि होला भनेर केही वर्षअघिसम्म कल्पना धरि गर्न सकेका थिएनन्। यो राजनीतिलेहिन्दूहरूको आस्था र विश्वाससित कुनै अर्थ राख्दैन। नता यसले भारत देशको विरासतसित नै कुनै अर्थ राख्दछ। पहाड़माहजारौं हिन्दु धर्मावलम्बीहरू बसोबास गर्छन्। उनीहरूलाई आफ्नो धार्मिक आस्था जोगाइराख्न कहिल्यै नारा लगाउन परेकोछैन। त्यसैले उनीहरूले यस प्रकारको राजनीतिलाई अहिलेसम्म अस्वीकार गर्दैआएका हन्। तर, यस प्रकारको राजनीतिमाआमहिन्दहरूलाई कसरी फँसाउने भन्ने बारेमा भइरहेको चलखेलबाट भने आउँदा दिनमा पहाड़ कसरी सुरक्षित रहला भन्नेचिन्ता गरिहाल्नपर्ने देखिन्छ।
देशमा हिन्दूत्वलाई प्रमुख प्रोपोगाण्डा बनाइँदा पहाड़लाई यसबाट कुनै खतरा नहोला भनेर भन्न गाह्रो हने स्थिति देखापर्दैछ।उसै पनि पहाड त सांस्कृतिक विविधताले भरिभराउ इलाका हो। यहाँका प्राकृतिक सौन्दर्जस्ता छन् मानिसहरू धार्मिक आस्थार विश्वास। यहाँ विभिन्न धर्मका अनुयायीहरू नङ र मासु नै भएर वर्षोंदेखि बसोबासो गर्दैआएका छन्। यसैले पहाडलाईसाम्प्रदायिक सद्भावको एउटा नमुना मानिएको हो। यस परम्परालाई जोगाइ राख्न सबै धर्मका अनुयायीहरू सक्षम र प्रतिबद्धछन्। यस्तोमा यो हिन्दूत्वलाई हाबी बनाउने साम्प्रदायिक शक्ति सक्रिय हुनथाले त्यस विरुद्ध कसरी लड्ने भन्ने बारेमाअहिल्यैदेखि सजग हुनपर्ने देखिन्छ। पहाड़को शान्ति , सुरक्षाको लागि साम्प्रदायिक सद्भावलाई सुरक्षित बनाइराख्न अनिवार्यछ। यसको लागि हिन्दुत्व हाबी बनाउने शक्तिलाई समयमै परास्त गर्ने चेतनाको विकास गर्न पनि अनिवार्य नै देखिन्छ।
देशमा हिन्दूत्व जुन प्रकारले हाबी बनाइँदैछ त्यसले पहाड़लाई पनि आफ्नो पञ्जाभित्र राख्ने कुत्सित प्रयास गर्ने छ। त्यसो भएयहाँको साम्रपदायिक सद्भाव मात्रै बिग्रिएर जाने छैन। त्यसले यहाँको क्षेत्रीय मुद्दा र क्षेत्रीय पार्टीहरूको अस्तित्व समेतनिमिट्यान्न बनाउने छ। किन भने हिन्दूत्वलाई जुन पार्टीले प्रमुख एजेण्डा बनाउने कोशिश गर्दैआएको छ त्यसले पहाड़काविभिन्न विशेषताहरूमाथि चोट पुऱ्याएर देशभक्ति हुनाको लागि पहिले हिन्दू हुनैपर्ने शर्तलाई अनिवार्य बनाउन सक्ने छ।
पहाड़लाई हामी चिरिच्याट्ट परेको भारत मान्छौं। यसको कारण हो यहाँका सांस्कृतिक विविधता, जात, जाति, धर्म र भाषिकविविधतामा रहेको एकता हो। वास्तवमा यिनै कुराहरूले क्षेत्रीय विशेषतालाई सदैव जिउँदो बनाएर राखेको छ। अनि क्षेत्रीयमुद्दाहरूलाई पनि यही विशेषताले नै जिउँदो राखेको छ। विविधतामा एकता वास्तवमा पहाड़को प्रमुख विशेषता हो। यही नैयहाँको शान्ति र सुरक्षा मात्रै होइन विकासको आधार पनि हो। यसको संरक्षण प्रत्येक पहाड़वासीको दायित्व हो भन्ने कुरासबैले बोध गर्दैआएका छन्। देशमा जसरी हिन्दूत्व लाने षढयन्त्रमा अखण्ड शक्तिशाली,भ्रष्टाचारमुक्त,नयाँ भारत, विश्व गुरुआदि शब्दावली र जुम्लाको प्रयोग गरिरहेको सुनिन्छ,त्यसरी नै यस्तै जुम्ला वा शब्दावली प्रयोग गरेर पहाड़वासीलाई आउँदादिनमा असहिष्णु बनाउने केही जत्थाहरू सक्रिय भए पहाड़लाई पहाडकै विशेषतामा जोगाइराख्न मुश्किल हुनेछ। हिन्दूत्व लाद्नेराजनीति आमजनताको हितको कुरा गरेर कोपरेटहरूको समर्थन र सहयोगमा गरिने राजनीति हो। यसखालेअल्पसङ्ख्यकहरूलाई भयभित बनाउँछ। यस्ता राजनीतिबाट पहाडलाई जोगाउने हो भने तथाकथित हिन्दूत्वको योराजनीतिबाट पहाडलाई सुरक्षित राख्न अत्यावश्यक छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...