Tuesday, December 10, 2019

कुशल बगानको अकुशल नक्सा

सुमित देवान
दुई पात एक सुइरोको कथा सबैलाई थाहा छ। ‘चियाको बोटमा पैसा फल्छ’ यो बहुप्रचलित उखान अझै बुढो भएको छैन।‘सन् 1835-1837 देखि चियो उद्योग आरम्भ भएको हो' भनिन्छ। तर चिया इद्योगसँगै शोषण, दरिद्रता, लुटको परम्परा पनित सुरु भएको हो नि। ‘हरियो सुन’को कथा सबैलाई थाहा छ। यही हरियो सुनको शोषणबारे आज एउटा तथ्यको चर्चा गर्नजाँदैछु।
दार्जिलिङमा लगभग 87 वटा बगानहरू छन्। तर कतिपय बगानहरू बन्द अवस्थामा रहेको सर्वविदितै छ। लाली गुराँसपत्रिकाको विगत अङ्कहरूमा ‘बन्द बगानहरू बारे चर्चा भइसकेको छ। तर आज सक्रिय रूपमा सञ्चालन भइरहेकाबगानहरूको अवस्था कस्तो छ त? भन्ने विषयमा केही कुरा राख्न चाहन्छु।
सन् 1864 अर्थात् ब्रिटिस उपनिवेश कालमा स्थापना भएको मार्गरेटस् होप चिया बगानको वर्तमान स्थितिबारे चर्चा गर्नचाहन्छु। मार्गरेटस होप बगानका चिया मजदरहरूले एक इतिहास बोकेका छन्। सन् 1955-को ऐतिहासिक चिया श्रमिकआन्दोलनले ठुलो उपलब्धि हासिल गरेको थियो। मालिकको अन्यायको विरुद्ध गरिएको त्यस आन्दोलनमा श्रमिकहरूको जीतभएको ऐतिहासिक तथ्य हामीले कहिले भुल्नु सक्दैनौँ। मजदुरहरूको बुनियादी सहुलियतहरू हासिल गर्न त्यस आन्दोलनमा 6 जना शहीद बनेका थिए। उनीहरूको बलिदानलाई प्रेरणाको स्रोत बनाएर आजको श्रमिक आन्दोलन सफल बनाउने दिशामायोजनागत तयारी गर्नेछ।
सन् 1984 मा मार्गरेटहोप चिया बगान बन्द भएको थियो। त्यस समय सरद बजारियाको अधीनमा थियो बगान। लगभग 18 महिना बन्द भए पछि सन् 1985 मा गुड्रीक कम्पनीले बगान लिएको थियो। हालसम्म पनि गुड्रीकले नै बगान सञ्चालन गर्दैआइरहेको छ। पहाडका अन्य बगानहरूको तलनामा ‘गड़ीक एउटा राम्रो कम्पनी हो' भन्ने जनचर्चा छ। तर यहाँको बगानकोवास्तविकता कस्तो छ? त्यो हजुरहरू समक्ष तथ्यगत रूपमा राख्न चाहन्छु। पहाडको चिया उद्योगमा राम्रो कम्पनी भनेरचर्चित गुड्रीक कम्पनीको मार्गरेटस होप बगानमा ‘स्वास्थ्य व्यवस्था’ दिनहुँ जीर्ण बन्दै गइरहेको छ। प्लान्टेशन लेबर एक्ट1951-को नियम (22) ले स्वास्थ्यकर्मीबारे प्रस्ट परेको छ। कानुन अनुसार बगानको अस्पतालमा कम्तीमा पनि एकजना दक्षडाक्टर हुनुपर्छ साथै स्वास्थ्य सम्बन्धी तालिम प्राप्त नर्स हुनु आवश्यक छ। तालिमप्राप्त धाई आमा, ट्रेनिङप्राप्त कम्पाउन्डर रएक जना स्वास्थ्य सहायक हुनुपर्छ। तर बगानमा कानुन अनुसारका यी नियमहरू सही रूपमा लागु भएको छैन। डाक्टरकोनाममा अवकाशप्राप्त एक जना कम्पाउन्डर राखिएको छ। नर्सहरू छैनन्। स्वास्थ्य कर्मचारीहरू नियुक्ति गर्ने कुनै प्रकारकापहल भएकै छैन।
प्लान्टेशन लेबर एक्टको नियम (15) अनुसार, 6 महिनाभन्दा ज्यादा काम गरेको एक जना श्रमिकले कम्पनीबाट घर पाउनपर्छ। तर मार्गरेटस होप चिया मजदर आवासको सठीक व्यवस्थापन छैन। नियम (16A) अनुसार कम्पनीले घर मरमती गर्नुपर्ने हो। तर यो पनि वर्षोंदेखि बन्द भएको छ। बगानमा श्रमिकहरूलाई रेखदेख गर्ने बहिदार हन्छन। बहिदारले सब-स्टाफकै बराबर दैनिक हाजिरी पाउनपर्ने हन्छ। तर यहाँ मजदुरलाई नै बहिदारको काम लगाएको निक्कै वर्ष भयो। रिक्तरहेको बहिदारको पदहरूमा नियुक्ति गरिएको छैन। यसरी नै एउटा घरबाट स्थायी काम पाउँनु पर्ने हुन्छ तर श्रमिकहरूलाईस्थायी रूपमा नियुक्ति नगरेर बिघा प्रथामा काम लगाएको वर्षों भइसकेको छ। मुन्सी पद खाली छ। चपराशीलाई नै मुन्सीकोकाम दिएको छ। हेडक्लर्कको काम सेकेन्ड क्लर्कले गरिरहेको छ। चौकीदारको पोस्ट खाली छ। अवकाश प्राप्तमजदुरहरूलाई बिघा प्रथा अनुसार बगानमा खटाइन्छ। कमानको गाडी चालकले पाउँनु पर्ने सहुलियतहरू पाएका छैनन्।
बगान प्रबन्धन पक्षले श्रम कानुनको उल्लङ्घन गरेर श्रमिकहरूमाथि अन्याय गरिरहेको छ। स्थायी प्रथाको अन्त गर्दै मालिकआफ्न जिम्मेवारी देखिन् पछि हट्दै गइरहेको छ। बगान व्यवस्थापन ठिकसँग भएको छैन। केवल मुनाफा कमाउने ध्येयलेआज बगान अनि श्रमिकको अवस्था सङ्कटमा पर्दै गइरहेको छ। यस्तो सङ्कटपूर्ण स्थितिमा पनि मजदुर प्रतिनिधि एवं युनियनप्रमुखहरूले खासै चासो नदेखाएको स्थानीय मजदुरहरूको गुनासो रहेको छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...