फेक न्युज : सूचना र प्रोपागान्डा
फेक न्युज' अर्थात् झुटो समाचारबारे माइक्रोसफ्टले गरेको एक सर्वेक्षणमा भारत पहिलो नम्बरमा छ। सर्वेक्षण अनुसारभारतमा 57 प्रतिशतको दरले झुटो खबर बढेको छ। भारतको टेलिकम रेगुलेटरी कमिसनअनुसार देशमा एक अरबभन्दा धेरसक्रिय मोबाइल कनेक्सन छन्। छोटो समयमै करोडौँ मानिस अनलाइन आउन थालेका छन्। धेर जसो मानिसका निम्तिइन्टरनेटको सुविधा फोनमै हुन्छ अनि च्याट ऐप्समार्फत फोनमै विभिन्न समाचारहरू पाउन थालेका छन्।
‘इन्टरनेट र फोन सम्पर्कका निम्ति सहज अनि भरपर्दो साधन त हो तर यसैमा अनेक थरिका झटो खबर र सूचनाहरू पनिफैलिरहेका छन्। जसलाई आम मानिसले सत्य ठानेर आफ्ना सर्कलमा साझा गरिरहेका हुन्छन्। तपाईहरूको फोनकोव्हाट्सऐप ग्रुपमा पनि आवश्यकै यस्ता सन्देश आउँछन् ‘सभी भारतीयों को बधाई! यूनेस्को ने भारतीय करेंसी को सर्वश्रेष्ठकरेंसी घोषित किया है, जो सभी भारतीय लोगों के लिए गर्व की बात है। तर यो म्यासेज वा यस्तो जानकारीहरू झुटोहुन्छन्। यस्ता म्यासेज पाउनसाथ हामी मित्रवर्गमा साझा गछौँ र सम्झिन्छौँ कि हामीले राष्ट्र निर्माणका निम्ति काम गरिरहेकाछौं। केवल भारतमा मात्र होइन। हालमा केनिया, नाइजेरियातिर पनि राष्ट्रवादको नाममा व्यापक रूपमा झुटो समाचारहरूफैलाइ रहेको बिबिसीको सर्वेक्षणले पुष्टि गरेको छ। विगतको लोकभसा चुनाव अवधि व्हाट्सऐपमा विभिन्न प्रकारका झुटो सूचनाहरू व्यापक रूपमा फैलाइयो। प्रधानमन्त्रीले ल्यापटप बाढ्ने, प्रधानमन्त्री बिमा, प्रधानमन्त्री रोजगार, प्रधानमन्त्रीवेरोजगारभत्ता जस्ता अनेक थरिका लिङ्कहरू व्हाट्सऐपमा साझा गरियो। तर वास्तवमै व्हाट्सऐपमा आएका ती योजनाहरूसत्य थिएन। तर साधारण मानिसले यसलाई सत्य ठानेर व्हाट्सऐपमा हुनसम्म के प्रचार गरे। यस्ता लिङ्कमा आएकायोजनाहरू सही हो वा गलत त्यसको जाँच गर्ने फुर्सदसम्म मान्छेलाई भएन। देशको संविधान अनुसार चुनावी आचार संहितालागु भएपछि कुनै पनि सरकारी योजनाहरू घोषणा हुँदैन। तर झटो समाचार र सचनाको कारण मानिसले अचेल सत्यमाविश्वास गर्न छाडेका छन्। धेरैले व्हाट्सऐपमा आएको उक्त योजनाहरूको लिङक खोलेर आफ्नो विवरणहरू दिएका छन्।ल्यापटप पाउने योजनामा केवल उम्मेदवारको नाम, उमेर र फोन नम्बर मात्र मागेको हुन्छ। यी पुरा गरेपछि त्यो लिङ्क 10 जनालाई पठाउनु पर्ने हुन्छ। मुफ्तमा ल्यापटप पाउने खुसीमा देशका करोडौँ युवाहरूले व्हाट्सऐपलाई धन्यवाद दिए र आफ्नोजानकारीहरू लिङ्कमा हालिदिए। अन्य 10 जनालाई त्यो लिङ्क साझा पनि गरिदिए। तर चुनाव सकियो। ल्यापटप आएन।ल्यापटपको लागि अनलाइन भरेको त्यो दिनको सम्झना पनि युवाहरूमा छैन। तर जसले त्यो झुटो खबर फैलाएको थियो।उसले त सहजैसँग आफ्नो मिसन पुरा गर्यो। चुनाव मुखैमा यसरी झुटो खबर फैलाउनेको प्रमुख उद्देश्य थियो चुनाव प्रचारगर्नु। प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो हालेर ल्यापटप वितरण योजना भन्दै उसले झुटो चुनाव प्रचार गर्यो। उसको अर्कोउद्देश्य थियो जनतामा भएको महत्त्वपूर्ण सूचनाहरू सङ्ग्रह गर्नु। अचेल सिङ्गो मान्छेको जम्मै विवरण मोबाइल नम्बरसँगजोडिएको हुन्छ। आधार कार्ड, बैङ्क एकाउन्ट, ठेगाना, शैक्षिक योग्यता, लोन, सम्पत्ति जम्मै जम्मै मोबाइल नम्बरसँग आबद्धभएको छ। यसैले ती झुटो खबर फैलाउनेलाई केवल तपाईंको मोबाइल नम्बर मात्रै चाहिएको थियो। अन्य जानकारी उआफैले निकाल्न सक्छन्। सावधान रहनुहोस् देशमा हाल सत्य भन्दा धेर झुटको प्रचार भइरहेको छ। अहिले देशको 80% मूलधारका मिडियाहरू झुटो खबर प्रसारण गर्ने अड्डा झै भइसकेको छ। सामाजिक चिन्तनहरूका भनाइ अनुसार भारत एउटाअन्धकारमय यात्रामागइरहेकोछ। देशको वास्तविक परिस्थितिबारे मिडियाहरूले देशवासीलाई सही जानकारी दिएका छैनन्।यस्तो अवस्थामा देशका हरेक नागरिक झुटो खबर, झुटो सूचना अनि झुटो राजनीतिक प्रोपगान्डाबाट जोगिनु बेहद जरुरी छ।तपाईं समक्ष आएको हरेक खबर, सूचना र प्रोपगान्डहरूको एकचोटी क्रस चेक गर्नुहोस्। नत्र तपाईं-हामीसँग सँगै यो समाज, देश र विश्व नै झुटमा परिणत हुनेछ।
No comments:
Post a Comment