Thursday, February 8, 2018

खोइ त बगानका नानीहरूको बाल्यपन?


नवनीता भवाल

प्रशस्त प्राकृतिक सौन्दर्यले घेरिएको उत्तर बंगालको असाधारण प्राकृतिक सुन्दरता सँग सजिएको वन क्षेत्रहरू सिलीगुडीबाट 7-10 किलोमिटरमध्ये अवस्थित छ। एक पट्टि जङ्गलको दृश्य, अर्को तिर पहाडी टाकुरा। कन्चनजंघाको चुचुरा, बिहान बिहान सूर्योदय हुँदा आकाशको ललाटमा रातो तिलक जस्तै  देखा पर्छ र नयाँ दिनको शुभारम्भ गर्छ। जब घामको किरणले जङ्गलको प्रत्येक रूखको टाउको स्पर्श गर्छ, तब लाग्छ नयाँ जीवनलाई आशिष दिई रहेको हुन्छ। तर उत्तर बङ्गालको अन्य पहल पनि छ, जसको दृश्य यति मनोरम भने छैन, त्यो हो उत्तरको हृदयमा निहित चियाको बगान। बाटोको दुवै पट्टि हरियो बगान हेर्नमा जति सुन्दर देखिन्छ यहाँको श्रमिकहरूको जीवन भने त्यति सुन्दर छैन। पर्यटकहरूले हेरेर गएको चिया बगानको मनोरम दृश्य र पहाडको छवि र बगानको छविमा भने आकाश पातालको भिन्नता छ। जुन श्रमिकहरू दिनरात मेहनत गरेर चियाको गाछबाट सुन फलाउछन्, तिनीहरूको जीवन, तिनीहरूको मन मस्तिष्क कतिको स्वस्थ्य छन कि तिनीहरू दिनदिनै अनिश्चितताको अन्धकारमा डुबेर जाँदैछन्— त्यो विचार्ने समय आज आइसकेको छ।
भनाइ नै छ की ‘दियोको मुनि अन्धकार हुन्छ।’ जुन दियोले डुवर्स अञ्चललाई उज्यालो बनाएको छ त्यही दियोरूपी श्रमिकहरूनै आज समाजको प्राथमिक सुयोग, सुविधाहरू देखि वञ्चित छन्। आर्थिक सामाजिक दृष्टिले हेर्दा यिनीहरू दुइटै पाटोमा पछाडिएका छन्। एक जना चिया श्रमिकको घरमा प्राय 5 देखि 7 जना सदस्य हुन्छ तर रोजगार गर्ने सदस्यको सङ्ख्या भने 2 देखि 3 जना हुन्छ। यी 3 जना मध्ये 2 जना महिला हुन्छ। भर्खरैको एउटा सर्वेक्षणमा डुवर्सको 6 वटा चिया बगानको श्रमिकहरूको आर्थिक सामाजिक अवस्था लाई नियालेर हेरियो। 6 वटा चिया बगानको सर्वेक्षण गर्दा के चाल पाइयो भने यी क्षेत्रहरूमा आयभन्दा व्याय नै बेसी भइरहेको हुन्छ कारण घरमा सबै जना कमाइ गर्ने सदस्य हुदैनन्, बुढापाकाहरू जसले प्रत्यक्ष रूपमा अर्थ आर्जन गर्न सक्दैनन् परिवारको कमाउने माथि भर पर्नु पर्छ। श्रमिकहरू सँग बातचित गर्दा चाल पाइयो की यो आय र व्यायको भिन्नता तिनीहरूले नाना थरीका अन्य काम गरेर, पशुपालन गरेर वा साना ठुला ऋण लिएर मिलाउने गर्छन् तर आकस्मिक घटनाहरू वा कार्य जस्तै विवाह, बिमारी, मृत्यु, घर बनाउनु इत्यादि हुँदा भने यिनीहरू ऋणकै भरोसामा बस्नु पर्छ जसलाई तिर्नु पनि यिनीहरूको निम्ति खुबै गाह्रो हुन्छ। यसैले यो सिधै भन्नु सकिन्छ की चिया बगानका श्रमिकहरू सबैजना नै सानो ठुलो ऋणमा जीवन भर डुबिरहेका हुन्छन्। फलस्वरूप घरको नानीहरू पनि कमाइ गरी ल्याउनमा बाध्य हुन्छन्। उक्त सर्वेक्षणमा नानीहरूले आफ्नो परिवारको कमाइमा सघाउ पुऱ्याई रहेको ग्राफहरू मार्फत् थाहा लाग्छ। ग्राफ-1 मा आय र व्यायको भिन्नताबाट चाल पाउन सकिन्छ की यिनीहरूको आय भन्दा व्याय नै ज्यादा भइरहेको हुन्छ जुन अघि उल्लिखित गरिए झैँ ऋणपानले केही ढाकिएता पनि घरको नानीहरूले आर्थिक सहयोग पुर्याएको ग्राफ-2 मा देख्न सकिन्छ। 
यहाँ देख्न सकिन्छ की सबै 6 वटा बगानमै पारिवारिक आय, परिवारको वयस्क सदस्यको आय भन्दा बेसी छ जुन पहाडघुमिया चिया बगानमा सबैभन्दा ज्यादा छ। अब यो भिन्नताको पूर्ति परिवारको नानीहरूको आयबाट पुरा हुने गर्छ। यही बाट स्पष्ट हुन्छ की यी चिया बगानका नानीहरू आफ्नो बाल्यपन बाँच्न पाइरहेका छैनन् र वयस्क सदस्य सरह परिश्रम गर्न परिरहेका छन्। घरीको आमाबाबुलाई बेला बेलामा काम सघाउन स्कुल न जानु देखि लिएर परिवार पाल्नु धौ धौ परेको अवस्थामा स्थायी काम समात्दै सदाको निम्ति स्कुलको बाटो छोड्नु पर्छ। सानै उमेरमा काम गर्नु परेको साथै शिक्षाको कमीले गर्दा बगानको नानीहरूमा निराशा छाउछ। 6-10 वर्षको उमेरदेखि नै कतिपय बालिकाहरूले आमालाई घरको काम काजमा सघाउन पर्ने हुन्छ वा आफू भन्दा सानो भाइ बहिनीहरूको हेरचार गर्नु पर्छ। 11-14 वर्षका नानीहरू बाहिर काम गर्न जान सक्ने हुन्छन्। ग्राफ- 3 मा हामी विभिन्न चिया बगानहरूमा नानीहरूको कमाइको शतांश देख्न सक्छौ जसमा पहाडघुमिया चिया बगान सबैभन्दा माथि छ।
 चिया बगानमा आज सम्म पनि भारत भरीको सङ्गठित उद्योगहरू मध्ये सबैभन्दा कम्ती ज्याला छ। प्लान्टेसन लेबर एक्टले चिया श्रमिकहरूलाई धेरैवटा अधिकार दिए पनि यो धेरै ठाउँमा लागु छैन। यी बगानहरू पनि त्यस्तै अव्यवस्थित बगानहरू मध्ये पर्छन्। यी बगानहरूको जीर्ण अवस्थाले गर्दा नै चिया बगानमा न्यूनतम ज्यालाको माँग चल्दैछ। 
यसैले यी भारत सरकारको निर्देश अनुसारनै प्रत्येक नानीहरूको पढ्ने अधिकारलाई यथावत् राख्नु हो भने यी बगानहरूमा न्यूनतम ज्याला हुनु पर्छ ताकि अन्य नानीहरू जस्तै बगानका नानीहरूपनि आफ्नो बाल्यकाल रामरी बिताउन पाओस्। 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...