Saturday, February 3, 2018

भूपू फेसबुक कार्यकारीको होसियारी " यु आर बियिंग प्रोग्राम्ड !!"


संगीता खेवा

भूतपूर्व फेसबुक कार्यकारीले नवम्बरको एउटा कार्यक्रममा स्टानफोर्ड बिजिनेश स्कुलमा भनेको कुरा सारा इन्टरनेटमा फैलिएको थियो कि— "समाजले काम गर्ने सामाजिक ढाँचाबाट अलग गर्ने उपकरणहरू"मा आफ्नो योगदान दिएकोमा उहा "ठूलो अपराध" बोध गरिरहेका छन् र सोशल मीडिया बारे आलोचनाको बढ्दो विशाल कोरसमा सामेल हुनुभयो।
फेसबुकको भूतपूर्व उपाध्यक्ष चामथ पलिहापाटियाले 2011 मा कम्पनी छोड्दा भने— "हामीले सृजना गरेको छोटो अवधि, डोपामिन-प्रेरित गरिएको प्रतिक्रियाको चक्र जसले समाजको चल्ने प्रक्रियालाई नष्ट गर्दैछ। कुनै नागरिक चर्चा छैन, कुनै सहयोगिता छैन, गलत सूचना, भुल सत्य।" "यो रूसी विज्ञापन बारे छैन," उहाँले थप्नुभयो। "यो एक वैश्विक समस्या हो। यसले मानिसहरू कसरी एकअर्का सँग व्यवहार गर्दछन् भन्ने आधारभूत स्तम्भलाई मेटाउँदै छ।" फेसबुकको संस्थापक अध्यक्ष, सेन पार्करले गत महिनाको एक दिनमा पालिहापाटिया टिप्पणीहरूको समर्थन गर्दै 'एक्सिओस् कार्यक्रम" को एक अन्तर्वार्तामा "सामाजिक मान्यता प्रतिक्रिया लूप" बनाएर कम्पनीले कसरी "कमजोर मानव मनोविज्ञानको" फाइदा उठाई रहेको छ, त्यो डरलाग्दो शोषण हो ।
बिगत केही वर्षहरूमा सोशल मिडिया कम्पनीहरूले धेरै जाँच पड्तालबाट गुज्रिनु परेको छ कारण सोशल मिडिया कम्पनीले विश्वभरको बढ्दो राजनीतिक विभाजनलाई बढावा दिनमा मद्दत पुर्याएको छ। धेरै पर्यवेक्षकहरूले 2016को अमेरिकी राष्ट्रपति इलेक्शन र ब्रेक्सट रेफरन्डमको अप्रत्याशित परिणामलाई कम्तिमा भए पनि वैध समाचारको स्रोतहरू साथसाथै नकली समाचार, षड्यन्त्र, गलत प्रचार प्रसारले भरिएको फेसबुकको फिड जिम्मेवार ठानेको छ।
फेसबुकले भर्खरै म्यानमारमा रोहिंगा विरोधी प्रचार-प्रसारलाई बढावा दिएकोमा कम्पनीलाई आलोचना गरिएको छ, रोहिंगा प्रान्तको मुस्लिम अल्पसङ्ख्यक जनजातीय सफाईमा फेसबुकले महत्वपूर्ण भूमिका खेलेको आरोपको सामना गर्नुपरेको छ।


म्यानमार सरकारले आशिन विरथु, एक अति राष्ट्रियवादी बौद्ध भिक्षुलाई गत वर्षको लागि सार्वजनिक प्रचार देखि रोक लगाएको थियो कारण तिनको भाषणमा रोहिंगा जातीय समूह विरुद्ध हिंसा जसलाई संयुक्त राष्ट्रले "जातीय सफाई" भनेको छ, प्रोत्साहन हुन्थ्यो।
त्यसैले उहाँ आफ्नो सन्देश बाहिर प्रचार गर्न अझ शक्तिशाली र विश्वव्यापी प्लेटफर्ममा जानु भयोफेसबुक।
हरेक दिन उहाँले रोहिंगा मुस्लिमहरूलाई आक्रामक आउटसाइडर्स भनेर गलत जानकारी फैलाउने पोस्ट अपडेट गर्थे, र यस्ता किसिमका पोस्टहरूले फेसबुकलाई एक भयानक सूचना युद्धको केन्द्र बनाइरहेको छ जसले अल्पसङ्ख्यक समुदायको कष्टलाई बढाउनमा थप योगदान दिइरहेको छ। अन्तर्राष्ट्रिय मानव अधिकार समूहहरूले फेसबुकलाई घृणित भाषणलाई रोक्न थप काम गरिरहनु पर्छ भनेका छन्।
"फेसबुक 'स्वस्तिका'लाई मेटाउनमा छिटो छ, तर विरथुको घृणा भाषण जहाँ तिनले मुस्लिम कुकुर हो भनेका छन् त्यसलाई मेटेका छैनन् वा देखेकै छैनन्" भनि मानव अधिकार वाचको एशिया विभाजनको उप निर्देशक, फिल रोबर्ट्सन भन्छन्।
पलिहापाटियाले यस वसन्त भारतीय राज्य झारखण्डका एक मामलालाई उल्लेख गरेका छन्, जहाँ झूटा व्हाट्सएप सन्देशहरूले बारबार मानिसहरूलाई अन्जान मानिसहरू सम्भावित अपहरणकर्ता हुनसक्छन् भनेर सावधान गराउदै थिए र फलस्वरूप गाउँका मानिसहरू पनि हतियार बोकेर जो पनि नचिनेको मानिसहरूलाई हमला गर्न थाले फलस्वरूप सात जना मानिसको हत्या गरियो। स्मरण रहोस्, व्हाट्सएप फेसबुकको स्वामित्वमा छ।
व्हाट्सएप त झन् खतरनाक चिज हो कारण यसमाएण्ड टु एण्ड इंक्रिप्शनहुन्छ जसले पठाउने र पाउने बाहेक अरुले यो संदेश हेर्न सक्दैन। यसैले व्हाट्सएपमा संचारित भइरहेको भुल र घृणित संदेशलाई नियन्त्रण गर्न असम्भव छ। भारत जस्तो विशाल आवादी भएको देशमा जहाँ मानिसहरू ज्यादाजस्तो अनपढ छन् र जहाँ बजारमा सस्तो दाममा स्मार्टफोन र सस्तो डाटा उपलब्ध छ त्यहाँ मानिसहरूको दिमागमा उल्टापल्टा सुचना हाल्नु सजिलो छ। गाउँका मानिसहरू जुनै खबर पनि साच्चिकै भनेर सोच्छन्, यहाँ सम्मकी शिक्षित मानिसहरू पनि यस्तो संदेशहरू पत्याउने गर्छन् कारण यी सन्देशहरू तिनीहरूको चिनजान मानिसहरूबाटै आउने गर्छ। राजनैतिक दलको सुविधाको लागि शोसल मिडियाको दुरूपयोग भारतमा भन्दा बेसी कहाँ भएको होला? घरीकोग्वाटेमालामा एउटा केटीलाई मानिसहरूले कुटेको भिडियोलाई (हुन त यो खुबै दुखद र मार्मिक घटनाको भिडियो हो)’ हिन्दु केटीलाई मुस्लिमहरूले कुटेको भनेर झुठो खराब फैलाएर होस् वा पन्जाबको दुई वर्ष पुरानो फोटोलाईभारतीय सैनिकले मरेको पाकिस्तानी आंतकवादीभनेर मानिसहरू माझ घृणा फैलाउने काम गरिरहेको छ। यस्तै घृणा वक्तव्य, फोटो, भिडियोको भरपुर सप्लाईले गर्दा 6 दिसम्बर जस्तो घटनाहरू घट्छ।
यस्तो अवस्थामा हामी काम गरिरहेका छौ, पलिहापाटियाले भने। "कल्पना गर्नुहोस् त्यो चरम अवस्था जहाँ दुष्ट अभिनेताले आम मानिसहरूको भावनालाई तोडमरोड गरेर आफुले जे चाह्यो त्यहि ति मानिसहरूबाट गराउन सक्छन्।" यो साच्चिनै बहुत दुखद खबर हो।
कम्पनीको एकजना प्रवक्ता सुजन ग्लिकले एउटा वक्तव्यमा भनेका थिए— "जब चामथ कम्पनीमा हुनुहुन्थ्यो त्यतिबेला हामी नयाँ शोसल मिडिया अनुभव र यसलाई विश्वव्यापी बढाउने उद्देश्यमा थियौ। त्यतिबेला फेसबुक एकदम अर्कै कम्पनी थियो तर जसो जसो कम्पनी बढ्दै गयो, हामीले चाल पायौ की हाम्रो जिम्मेवारी पनि बढ्दै गइरहेको छ, हामी हाम्रो भूमिकालाई खुबै गम्भिरतासाथ लिन्छौं र त्यसमाथि काम गर्छौं।"
हिजअस्ति मात्रै फेसबुकले 2016को निर्वाचनको बेलामा आफ्नो विज्ञापन रसियालाई बेचेको बताए ताकि भोट दिने मानिसहरूलाई विभाजन आओस्। तर पलिहापाटियाको वक्तब्य पछि कम्पनीले आफ्नो उत्पादले मानिसहरूको "राम्रो हालचाल"मा कतिको सहायता पुर्यौदैछ त्यसमा ध्यान दिने बताए। आफ्नो नाफालाई कम्ति गरेर पनि निर्वाचनमा विदेशी दखल अन्दाजी न गर्न दिने कुरोमा ध्यान दिन्छौं भनेर कम्पनीका सीइओ मार्क जुकर्बर्गले भने।
[श्रोत द गार्डियन, बीबीसी न्युज]


No comments:

Post a Comment