Friday, February 2, 2018

'लाली गुराँस'द्वारा रुसी क्रान्तिको शतवर्ष पालन

निकिता लामा


आजभन्दा ठीक सय वर्षअघि रसियामा भएको मदजुर क्रान्तिले निर्माण भएको समाजवादी व्यवस्थाले हामीलाई एउटा असल अनि दक्ष समाजको उदाहरण दिएको छ। महान कम्युनिष्ट नेता लेनिनको नेतृत्वमा लाखौं मजदुरहरूले जारशाही र अरु सत्ताधारीविरूद्ध क्रान्ति गरेर मजदुर हितको समाज निर्माण गर्न सफल बनेका थिए। जुन समाजमा आम नागरिकलाई जम्मै प्रकारका अधिकार सुविधाहरू उपलब्ध थियो। आज हामी बाचिरहेको समाजमा तमाम सङ्कट र विसङ्गतीहरू छन्। आर्थिक धुर्वीकरणको कारण करोडौं गरीबहरूले गास, बाँस र कपास बिनाका जीवन बिताइरहेका छन्। बाल शोषण र महिला हिंसाका महासागरमा हाम्रो समाज डुबिसकेको छ। बेरोजगारीको समस्याले करोडौं युवाहरू पलायन भइरहेका छन्। मानौ आजको विश्व आम मान्छेका निम्ति होइन। यो विश्व केवल धनी अनि पुँजीपतीहरूका मात्र हो भन्नुमा कुनै दुइ मत छैन। तर विश्वलाई आधुनिक रूप दिनमा गरीब, मजदुर, किसानहरूको नै महत्त्वपूर्ण योगदान छ। विश्व निर्माणमा आफ्ना बहुमूल्य योगदान हुँदा-हुँदै पनि आज मजदुर, किसानहरूले आफू बस्न लायकको समाज पाउन सकिरहेका छैनन्। धनी, पँजीपतीहरूले आफ्ना सुविधाका निम्ति बनाएको समाजमा नै यी गरीब निमुखा मानिसहरू विविध समस्याहरू झेल्दै आफ्ना जीवन धान्न बाध्या छन्। पुँजीपती समाजको चपेटमा परेर आज आम मान्छेले आफू अनुकुलको समाजको सपनासमेत देख्न सकिरहेका छैनन्। यसैले सय वर्षअघि रसियाका मजदुरहरूले प्राप्त गरेका समाजवादी व्यवस्थाले मात्र गरीब मजदुर, किसानहरूलाई आफू अनुकुलको समाजको उदाहरण दिइरहेको छ।

1917 को रसिया क्रान्तिले प्राप्त गरेको उपलब्धीहरूबारे आम जनतालाई सूचित गराउन साथै गरीब मजदुर किसानहरूलाई आफ्ना अधिकारबारे जागरूक हुने आह्वान गर्दै लाली गुराँस समूहले वर्ष 2017 को नोभेम्बर महिनाभरि नै विभिन्न प्रकारका कार्यक्रमहरू गर्दै रूसी क्रान्तिको शतवार्षिकी पालन गरेको छ। लुली गुराँस समूहले पोस्टरिङ अनि पर्चाहरू मार्फत रसियाको समाजवादी व्यवस्थाले प्राप्त गरेको उपलब्धीहरूबारे आम मान्छेलाई सचेत गराउने काम गरेको छ। गत 12 नोभेम्बरको दिन समूहका सदस्याहरूले कालेबुङ शहरको विभिन्न स्थानहरूमा व्यापक पोस्टरिङ गर्दै नारी अधिकार, शिक्षा अधिकार, बाल अधिकार, मजदुर अधिकार साथै जाती सत्ताको आत्मानिर्णयको अधिकारहरूबारे आम जनतालाई सचेत गराउने काम गरे। यसै क्रममा सदस्यहरूले पर्चाहरू वितरण गर्दै आजको समाज र सय वर्ष अघिको रूसी समाजबारे शहरका मानिसहरूसँग  अन्तक्रिया पनि गरे। कालेबुङ शरहको पोस्टरिङ अभियान पछि समुहका सदस्याहरू 19 नोभेम्बरको दिन खर्साङ पुगेका थिए। खर्साङ बजार पनि लाली गुराँस समूहले सो ही प्रकारका पोस्टरिङहरू गर्दै पर्चा बितरण गरेको छ। समूहको यस अभियानमा सदस्यहरू छेवाङ योञ्जन, अम्बिका राई, प्रियशिका राई, प्रसिद्ध राई, सुमित देवान, अमित लिम्बु, विशाका, सिद्धान्त राई, आदि उपस्थित थिए भने अभियानलाई सहयोग पुऱ्याउन समूहका शुभचिन्तकहरू फुर्तेञ्जी शेर्पा, प्रदीप शेर्पा, सरोज, अनन्त खाती, उमेश परियार आदिले पोस्टरिङ अनि पर्चा वितरण अभियानमा साथ दिएका थिए। यस समूहले विगत 5 वर्ष अघिदेखि लाली गुराँ नामक पत्रिका पनि प्रकाशित गर्दै आइरहेको छ। आम जनताका अधिकारका कुराहरूलाई पत्रिकामार्फत प्रचारमा ल्याउँदै आइरहेको यस समूहले रूसी क्रान्तिको शतवार्षिकीको अवसरमारूसी क्रान्ती 1917 के भएको थियो  नामक ग्राफिक नोवेल प्रकाशित गरेको छ। बङ्गला अनि अंग्रेजी भाषामा रहेको उक्त ग्राफिक नोवेललाई नेपालीमा अनुवाद गरि यस समूहले  नेपाली आम पाठकहरू समक्ष पुऱ्याउने काम गरेको छ। 26 नोभेम्बर 2017 को दिन 1917 को रूसी नोभेम्बर क्रान्तिको स्मरण गर्दै शतवार्षिकी कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रम दार्जीलिङ मोड नजिक शहिद दुर्गा मल्ल भवनमा सम्पन्न भएको थियो। शतबार्षिकी कार्यक्रममा लाली गुराँस समूहद्वारा अनुदित एवम् प्रकाशितरूसी क्रान्ति 1917 - के भएको थियोनामक ग्राफिक नोवेलको बिमोचन गरियो। किताबको बिमोचन भूपू प्राध्यापक अजित कुमार राय, साहित्यकार भानुप्रकास मार्मिक, कवि राजा पुनियानी, शिक्षिका पुर्णिमा थामी अनि लेखक बबिता मादेनको बाहुलीबाट गरियो। कार्यक्रममा सिलगढ़ी, दार्जीलिङ, खर्साङ, डुवर्स, कालेबुङ आदि स्थानहरूबाट मानिसहरूको उपस्थिति रहेको थियो। समूहका सदस्याहरूले जनवादी गीत प्रस्तु गर्दै कार्यक्रम शुरू गरेका थिए। उपस्थित महानुभावहरूलाई सम्बोधन गर्दै लाली गुराँस पत्रिकाका सम्पादक सङ्गीता खेवाले  रूसी क्रान्तिको इतिहासबारे आफ्नो वक्तव्य राखिन्।

युवा गायक प्रसिद्ध राईलेयो मेरो रातो रूमालागीत प्रस्तुत गर्दै कार्यक्रमलाई रोचक बनाए थिए। उक्त कार्यक्रमलाई निबन्धकार अजय खड़गले पनि सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा उनले रूसी क्रान्तिको विशेषता र आजको समाजबीच रहेको भिन्नताबारे प्रकाश पारे। उनले भनेआजको विसङ्गतीपूर्ण समाजलाई सही दिशामा लैजान प्रगतिशील अनि क्रान्तिकारी युवाहरूको खाचो छ।निबन्धकार खड़गको सम्बोधनपछि छात्र विकाश तामाङले कविता पाठ गरेका थिए। चिया बगानका मजदुरहरूले दैनिक जीवनमा झेल्नुपर्ने समस्याहरूलाई उनले आफ्नो कवितामा स्थान दिएका थिए। कार्यक्रमलाई प्राध्यापक अजित कुमार रायले पनि सम्बोधन गरेका थिए। रूसी समाजवाद अनि आजको समाजबीचको पार्थक्याबारे बोल्दै उनले भनेसमाजवादी सिद्धान्तलाई बुझेर यसलाई कार्यरूपमा परिणत गर्ने दायित्व युवाहरूको हो।जुनदेखि अगस्ट तीन महिनासम्म दार्जीलिङमा छुट्टै राज्यको आन्दोलन निक्कै चर्किएको थियो। यसैले यस कार्यक्रमलाई सम्बोधन गर्दै समिक चक्रवर्तीले राष्ट्रीयताहरूको आत्मनिर्णयको अधिकारबारे वक्तव्य राखेका थिए। रसियाको समाजवादी व्यवस्थामा थुप्रै राष्ट्रीयताहरूको मुद्दालाई कसरी सम्बोधन गरिएको थियो भन्ने विषयमा समिक चक्रवर्तीले बृस्तीत रूपमा जानकारी दिएका थिए। कार्यक्रमलाई थप सार्थक बनाउन युवा कवि प्रदीप लोहागुणले कविता पाठ गरेका थिए।यो देशको निर्माता को?’ नामक कविता पाठ गर्दै कवि प्रदीपले आम मान्छेको अधिकारको कुरा र विसङ्गतीपूर्ण मुलधारको राजनीतिबारे कलात्मक अभिव्यक्ती दिए। कार्यक्रमलाई कवि राजा पुनियानीले पनि सम्बोधन गरेका थिए।


No comments:

Post a Comment