Tuesday, February 20, 2018

गुजरातको रणभूमिमा भूकम्प



सुमेन्द्र तामाङ

गुजरात एउटा यस्तो राज्य हो जहाँबाट नरेन्द्र मोदीलाईहिरोबनाएर भारतीय जनता पार्टीले सरकारकोविकासकोउदारण बनाएको थियो। सामाजिक परिप्रेक्षमागुजरात मोडेलको सामाजिक बनावटको निम्ति भाजपाको टाउके सङ्गठन आरएसएस-को धेरै वर्षको  परिश्रम थियो। गुजरातमा धार्मिक र आर्थिक स्वार्थको अडानमा भाजपा/आरएसएस-ले गुजरातलाई देखावटी मोडेल बनाइदियो।मोदी माने बुजिनेसभन्ने क्याम्पेन पनि भाजपाले भारतीय मिडियामा चलायो। गुजरातमा असङ्गठित र ग्रामीण मजदुरहरूलाई नरेन्द्र मोदीको यस विकास मोडेलले प्यारालाइस नै गरिदिएको छ। गुजरातमा मुसलमान जनसङ्ख्याको 92%को निम्ति यस मोडेलले केवल लापरवाही र भेदभावसँगै निराशा पनि प्रदान गरेको छ। हिन्दु कट्टरवादी सोचमा उभिएको भाजपा/आरएसएसका संघीहरूले गुजरातमा मात्र होइन तर सम्पूर्ण भारतवर्षमा नै दलित अनि आदिवासी समुदायहरूको हत्या गरिरहेका छन्। महिला अनि अन्य लिङ्गहरूमाथि दमन अनि अत्याचारबारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर महिला सुरक्षाको नाममाभ्यालेन्टाइन डेअनि उत्तर प्रदेशमा एन्टी रोमियो स्कोयड जस्ता स-सानासङ्गठित संघीहरूले गुजरात मात्र होइन, सारा भारतबर्षमा नै आतङ्क फैलाइरहेका छन्। धेरै पोलिटिकल एक्टिभिस्ट अनि समाजकर्मीहरूले भारतको सबैभन्दा ठुलो आतङ्कहिन्दु कट्टरवादी सङ्गठन हो र भारतलाई आर्थिक र सामाजिक रूपमा खोक्रो पार्नेहरूलाई हामीले भारतबाहिर होइन भित्रै खोज्न पर्छ' भन्छन्। जात र धर्मलाई भाजपा/आरएसएस-ले शुरू देखि नै राजनीतिक हतियार बनाएको थियो। तर 2016 मा नोटबन्दीले सम्पूर्ण भारतको अर्थनीतिलाई नराम्रो असर पाऱ्यो। ग्रोथ रैट 8.4% देखि घटेर 5.4% मा पुगेको छ। त्यसपछि जीएसटीको घोषणाले भारतको अर्थनीति मात्र होइन, मजदुरहरू अनि गरीबहरूसमेतलाई जिउदै खाडलमा हाल्ने काम गरेको छ। स्पष्ट रूपमा भन्न पर्दा भारत उन्नतिको दिशामा होइन तर विनाशको दिशामा हिडिरहेकोछ। जिओको कारण इन्टरनेटले रफतार पक्रे तापनि देश भने कछुवाको चालमा हिडिरहेको छ। यस्तो स्थितिमा गुजरातको 2017को विधानसभा चुनावको आकडाहरू एकदमै महत्त्वपूर्ण रहेको छ। यस चुनाउमा कङ्ग्रेसको नम्बर त बढ़्यो नै तर चुनाउले मोदीको आफ्नै आगन गुजरातमा भाजपाको लोकप्रियता कति छ भन्ने पनि प्रमाण गरेको छ। संसदीय राजनीतिमा विकल्पको रूपमा अन्य स-साना अनुहारहरू पनि अघि आइरहेका छन् गुजरातमा। यो कुरा बुझ्नलाई पनि गुजरात चुनाव नै महत्त्वपूर्ण छ।
गुजरातमा गत 9 डिसेम्बर 2017मा प्रथम चरण अनि 14 दिसम्बरमा दोस्रो चरण चुनाव भएको थियो। विधानसभा चुनावको मतगणना 18 दिसम्बरमा भएको थियो। 68.41% मतदाताले यस चुनावमा भाग लिएका थिए। बहुमतको निम्ति 92 वटा सिटको आवश्यक थियो। यस चुनावमा भारतीय जनता पार्टीले 99 वटा सिट जित्यो भने काँग्रेसले 77 वटा सिट आफ्नो पक्षमा पारेको छ। विजय रुपाली गुजरातको मुख्य मन्त्री भए। यस बाहेक भारतीय ट्राइबल पार्टीले 2 वटा सिट जित्यो भने नेसनलिस्ट कङ्ग्रेस पार्टीले 1 सिट जितेको छ। स्वतन्त्र उम्मेदवारहरूको हातमा 3 वटा सिट हासिल भएको छ। यस बाहेक 5.5 लाख (1.8%) मानिसहरूले  नोटा (None of the above)-मा आफ्ना मत खसालेका छन्। बिहारको 2015 अक्टोबर-नोभेम्बर चुनावमा 2.48% भोट नोटामा परेको थियो र भारतमा सबैभन्दा धेर नोटामाथि भोट यही हो। गुजरातको 2017को चुनावमा 1.8% नोटा मत देखेपछि अब गुजरात नोटाको दोस्रो स्थानमा आएको छ। 182 विधानसभा समष्टिहरू मध्ये 100 भन्दा धेर मतदानमा 3000 भन्दा धेर नोटा मत प्रकट भएको छ। 16 वटा विधानसभा समष्टिहरूमा 5000 भन्दा धेर मतदान नोटामा गएको छ।
यस चोटीको चुनाउमा स्वतन्त्र उम्मेदवारहरूले 4.3% भोट हासिल गरेका छन्। गुजरात भोटको राम्ररी विश्लेषण गर्दा नोटाको भोट फ्याक्टरको महत्त्व बुझ्न सकिन्छ। कतिवटा विधानसभा समष्टिहरूमा जितको अन्तर नोटाको मत सङ्ख्या भन्दा कम छ। गोधरा-मा भाजपा उम्मेदवारले 258 भोटले जितेको छ भने त्यहाँ नोटाको कुल भोट 3050 छ। त्यसरी नै धोक्लामा भाजपाको जीतको अन्तर 327 थियो भने नोटाको भोट मतसंख्या 2347 छ। जीतपुरमा काँग्रेसको जितको अन्तर 3152 भोट थियो भने 6155 भोट नोटामा परेको छ। यसले नोटाको आकडा हेर्दा गुजरातमा नोटाले पनि धेरै अन्तर ल्याएको छ। उत्तरी गुजरातमा 53वटा विधानसभा समष्टिहरूमध्ये 32 वटा सिट भाजपा अनि 21 वटा सिट काँग्रेसले जितेको छ। 2012मा पनि उत्तरी गुजरातको यही आँकडा थियो, 2017मा पनि यथावत नै रह्यो। दक्षिण गुजरातमा 35 वटा विधानसभा समष्टिहरूबाट भाजपाले 25 वटा अनि काँग्रेसले 10 वटा सिट हासिल गरेको छ। 2012मा भाजपाले 28 वटा सिट जितेको थियो भने काँग्रेसले 6 वटा जितेको थियो। मध्य गुजरातमा 40 वटा सिटमा भाजपाले 25 वटा काँग्रेसले 13 वटा अनि अन्यहरूले 2 वटा सिट जितेका छन्। यसचोटी सौराष्ट्र क्षेत्रमा सबैभन्दा निर्णायक मतदान भएको थियो। सौराष्ट्रमा भाजपाको दह्रो पकड़ थियो। यस क्षेत्रमा पटेल वा पटिदार समुदायको धेर जनसङ्ख्या छ। यहाँबाट भाजपाले 2012को चुनाव भन्दा 16 सिट कम्ती जितेको छ। अनि 13 वटा सौराष्ट्र सिटहरूमा भाजपाको हार भएको छ। सौराष्ट्र र अरू कतिपय क्षेत्रहरूमा हार्दिक पटेल अनि कङ्ग्रेस गठबन्धनले गर्दा चुनावमा राजनीतिक लेख परिवर्तन पनि देखा पऱ्यो। गुजरातकोबिजनेस हाबसुराटमा पनि भाजपा हारेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीकोहोमटाउनभादनगरको उन्हा विधानसभा समष्टिहरूमा पनि भाजपा 19000 भन्दा धेर अन्तरले हारेको छ। भारतकोएनआरआइ प्रधानमन्त्रीको लोकप्रियता यहाँबाट पनि थाहा पाइन्छ। गुजरातमा नोटबन्दी र जीएसटीले विशेष गरी ग्रामीण क्षेत्रहरूमा विभिन्न प्रकारका समस्याहरू उत्पन्न गराएको थियो। सांसदीय राजनीतिमा विकल्पको खाँचो त छदैछ। तर भारतमा अहिले कुनै पनि दलहरू दह्रोसँग वैकल्पिक शक्तिको रूपमा खड़ा हुन सकिरहेको छैन। यसैले हिन्दु कट्टरवादी फासीवादको शासन 19 वटा राज्यमा छाईसकेको छ। फासीवादी प्रकोपको कालो छाया सारा भारत भरि नै फैलिनु भनेको गणतन्त्रको हत्या हुनु हो।
काँग्रेस र भाजपाको खिच्चातानीको कुरा त भईहाल्यो तर यसचोटी गुजरातको चुनावी रणभूमिमा केवल राजनीतिक हिलोछेपाइ मात्र थिएन।  गुजरात चुनावले आम भारतीयहरूलाई युवा राजनीतिको पाठ पनि सिकाएको छ। यहाँ दलित नेता जिगनेश मेवानीको उपस्थिति महत्त्वपूर्ण देखिएको छ। उनले भादगामको सिटबाट जित हासिल गरेका छन्। मेवानीले 19696 मोटले भाजपाको उम्मेदवार विजय चक्रवतीलाई हराएको छ। युवा दलित नेता जिगनेशले आफ्नो वक्तव्यहरूमा हिन्दु कट्टरवादी समाजलाई नै आक्रमण गर्दै हिन्दु कट्टरवादी दलहरूको दह्रो विरोध गरेका थिए। फासिवादी सरकारको नीति विरुद्ध आजसम्म पनि उनको विरोधी आवज यथावत नै छ। तर उना दलित आन्दोलनदेखि नेता बनेका जिगनेशले दलित समुदायको संग्रामी उर्जालाई संसदीयदीय राजनीतिमा ठिकसँग प्रस्तुत गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नमाथि सबैको ध्यान केन्द्रित छ। गुजरात चुनाउमा उनले कङ्ग्रेसका नेताहरूसँग राजनीतिक मञ्ज साझ गरेका थिए। दलित मुद्दालाई लिएर राजनीतिक रणमैदानमा उत्रेका जिगनेशले कङ्ग्रेस नेताहरूसँग सम्झौता राखे तापनि काँग्रेसको विगतको राजनीतिक क्रियाप्रणाली भने सम्भ्रान्त शोषककै थियो। केन्द्रको राजगद्दी सम्भाली सकेको कङ्ग्रेसले आफू सत्तामा रहँदा कहिले पनि दलितहरूको हितमा काम गरेको छैन। काँग्रेस शासनकालमा घटेका यस्तै थुप्रै राजनीतिक घटनाहरू छन् जो सोझै गरीब दलितहरूको हित विरुद्ध थियो। यसैले आज कङ्ग्रेस पार्टी नजिक देखिरहेका दलित नेता जिगनेशले कसरी दलित आन्दोलनलाई अघि बढ़ाउने हो त्यो प्रश्न महत्त्वपूर्ण छ। यसैले जिगनेशको राजनीतिलाई लिएर आशावादी हुँदा हुँदै पनि सचेत हुन जरुरी छ। किनभने भारतको राजनीतिमा अन्धो समर्थकहरूले नै कुनै पनि आन्दोलन अनि प्रगतिशील राजनीति दुवैको बाटो थुन्ने काम गरेको छ।
भारतको मानचित्र हेऱ्यौँ भने अहिले 29 वटा राज्यहरू मध्ये 19 वटा राज्यहरूमा भाजपा/आरएसएस सरकार छ। 2019को आम चुनावमा गुजरातको वर्तमान राजनैतिक स्थितिले  केही असर त पक्कै पार्ने छ। गुजरातकै राजनीतिबाट नरेन्द्र मोदीको ब्रान्ड शुरु भएको थियो भने गुजरातको स्थितिबाट नै हामीले देशमा फासीवादी शासन विरुद्धको आवाज पनि बुझ्न सक्छौँ। भारतमा भाजपाको तानाशाही विरुद्ध आज सङ्गठित हुनु जरुरी छ। फासिवादको यो संघीहरूलाई टक्कर दिनका निम्ति गुजरातको मोदी विरोधी लश्कर एकदमै महत्त्वपूर्ण छ। यही आधारमा गुजरातको यो चुनावलाई राम्ररी हेर्न र बुझ्न आवश्यक छ।

No comments:

Post a Comment