(यसै त प्रेमचन्दले यस क्रान्तिको पहिलेबाटै
स्वागत गर्दै थिए। त्यसघरी श्रमजीविहरू अनि किसानहरूको सफलता देखेर उनी खुशी हुन्थे, आफ्नो देशको शासकवर्ग अनि पुँजीपतिवर्गको
लुटमार,
खोसाखोस
समाप्त गर्नको निम्ति रूसी ढंगको सामाजिक अनि राजनैतिक व्यवस्थाको समर्थन गर्थे। यस
कुराको पुष्टी शिवरानी देवी अनि प्रेमचन्दमाझ भएको बहसद्वारा हुँदछ ता कि उनको मनोकांक्षा
कस्तो प्रकारको सामाजिक व्यवस्थाको पक्षतिर ढल्किरहेको थियो। - सम्पादक)
शिवरानी
देवी — जब
स्वराज हुनेछ, तब के
शोषण बन्द हुनेछ त?
प्रेमचन्द
— धेर थोर त प्रत्येक ठाउँमा नै हुन्छ सायद,
दुनियाँको
नियम नै यस्तै भइरहेको छ कि कमजोरलाई बलवानले शोषण गर्नेगर्छ। तर रूस हो,
जहाँ
यस्तो नभएर त्यहाँ यस्ता बलवानहरूलाई तहस-नहस
गरेर अहिले त्यहाँका गरीब-गुरूबाहरू
आनन्दित बनेका छन्। सायद यही पनि केही समयपछि रूस जस्तै हुनेछ।
शिवरानी
देवी— केही आशा छ त ? मानिलिउँ
छिटोभयो भने के तपाईँ साथ दिनुहुन्छ त?
प्रेमचन्द—
मजदुरहरूको साथ। मैले त पहिलैबाट भनिसकेको छु कि म पनि एकजना
मजदुर (श्रमजीवि)
नै
हुँ। उनीहरू बेलचा, फरूवा चलाउँछन् भने म कलमकार
कलम चलाउँछु। हामी एकार्काको पर्याय हौँ।
शिवरानी
देवी— यस्तो
भनाइले कुनै अर्थ लिँदैन। उनीहरूले तपाईको यस्तो कुरामा विश्वास गर्दैनन्।
प्रेमचन्द—
यी कुराहरू यी श्रमजीविहरूले तबसम्ममा पढ़्ने नै छन्। के रूसमा
लेखक छैनन् र? त्यहाँका लेखकहरूको वर्तमान अवस्था
यहाँका लेखकहरूको भन्दा धेरै धेरै गुणा राम्रो छ। म त त्यस दिनको प्रतिक्षामा छु कि
त्यो दिन झट्टै आवोस्।
शिवरानी
देवी— तब के
ती रूसीहरू यहाँ आउँछन् त?
प्रेमचन्द—
उनीहरू यहाँ आउँदैनन्, हामीमा
त्यो शक्तिको जागरण हुनेछ। त्यो हाम्रो सुखको दिनको आभाष हुनेछ,
जब
यहाँ मजदुरहरू र किसानहरूको राज हुनेछ। मेरो विचारमा हाम्रो देशको जनता जनार्दनको जिन्दगी
रूसको झै आनन्दिलो बन्नेछ।
शिवरानी
देवी— कसरी यस्तो
हुन्छ?
प्रेमचन्द
— सुन, यस्तो
यसरी हुनेछ, अहिलेघरी हामी दिन रात कठिन परिश्रम
गरेरपनि भरपेट खाना पाएका छैनौँ। दिन रात केही न केही चिन्ता भइरहन्छ।
शिवरानी
देवी— तब हामी
आफ्नै मात्र त चिन्ता गर्दछौँ। श्रमजीवि(मदजुरहरू)को
राज हुँदैमा हामी यी सब चिन्ताबाट मुक्त हुन्छौँ त?
प्रेमचन्द—
किन हुँदैन र? हाम्रा
घर परिवारलाई कुनै प्रकारको भरन पोषणको जिम्मेवारी हाम्रो टाउकोमा नभएर राष्ट्रको हितमा
राष्ट्रको देखरेखमा होस अनि यस्तो जानेर बुझेर पनि किन टाउको दुखाइरहनु। आफ्नो ज्यान
हत्केलामा लिएर दिन रात रगत दिएर, पेलिएर
परिश्रम गरि केही न केही हिस्सा जोगाएर सञ्चय गर्ने कोशिश कि गर्नु
? हामीलाई आज नै जानकारी रहोस कि हाम्रो मरणपछि हाम्रो घर परिवारलाई
कुनै प्रकारको दु:ख कष्ट आइनपरोस। यस्तो कुन
मान्छे होला कि यस्तो सम्झिएर आनन्दसँग खाना लाउन चहाँदैनन्?
यसबाट
यो स्पष्ट हुन्छ कि प्रेमचन्दको मनमा मानवताको महान भविष्यप्रति विश्वास बढ़ेको थियो
अनि उनको मानसपटमा स्वतन्त्रताको सही र स्पष्टरूप चित्रांकित भइसकेको थियो। यस समय
उनी स्वतन्त्रताको लागि कलम चलाइरहेका थिए लेखनीद्वारा सङ्घर्ष गरिरहेका थिए। बनारसीदास
चतुर्वेदी सम्पादक विशाल भारतले उनलाई सशक्तसाथ प्रश्न गरेका थिए
– तपाईँको मनोकांक्षा (अभिलाशाहरू)
के
छ? यसको
जवाबमा उनले जुन 1930 मा लेख्नु
भएको थियो — ‘मेरो अभिलाशा यही छ कि हामी
हाम्रो स्वतन्त्रता संग्राम सफल बनौँ। म धन-सम्पत्ती
र ऐशोरामको इच्छुक छुइनँ। खाना पुगिरहेको छ। यानबाहन (मोटर)
र
बङ्गला मलाई चाहिएन। यस्तो जरूर चाहना छ कि दुइ-चार
उच्चकोटीको रचनाहरू आजको यस स्थितिमा जाति समाज र देशको निम्ति छाड़ी जान सकूँ,
तर
यस रचनाको उदेश्य पनि स्वतन्त्रताप्रतिको निम्ति नै होस् ...।
(साभार
- हिन्दी कहानी की सामाजिक चेतना)
No comments:
Post a Comment