Monday, March 11, 2019

भारतीय राजनैतिक क्षेत्रमा युवा जोस

भाष्कर मैनाली(शर्मा)

आजको भारतीय राजनैतिक क्षेत्रमा युवा जोसको कुरा गर्न पर्दा के देख्न सकिन्छ भने भारतीय युवाहरू राजनैतिक क्षेत्रलाई एउटा फोहोर र षडयन्त्रको भाँडो भनेर उनीहरू हेर्ने गर्छन्। हुन पनि हो त्यस्तै सोच र विचार भएका मानिसहरूले राजनीति गरिरहेका छन्। राजनैतिक नेता भनौदाहरू खाली एकले अर्कालाई दोष्याउने र विकासको कार्यहरू गरे पनि त्यहाँ धेरै भ्रष्टाचारहरू भएर सही विकास जनता समक्ष नपुग्दा यो कुरा युवा मस्तिष्कमा पुग्नु स्वाभाविक नै हो। आजको भारतीय युवा जमात एक सचेत जमातको रूपमा रहेका छन्। उनीहरू प्रत्येक कुराहरूलाई छानबिन गरेर मात्र केही कुराहरू ग्रहण गर्ने निष्कर्षमा पुग्छन्। राजनैतिक क्षेत्रमा मात्र नभएर अरू कुनै पनि कुराहरूलाई उनीहरूले त्यसको जाँच गरेर मात्र त्यो कुरा लिने वा नलिने निष्कर्षमा पुग्छन्। यस्ता युवाहरू भएको देशमा राजनैतिक दुराचार, गुटगुटमा हिलो छेपाछेप, विकास भन्दा धेर भ्रष्टाचार भएको ठाउँदेखि किन नै भारतीय सचेत युवा जमातहरू राजनैतिक क्षेत्रमा आफ्नो सहभागिता जनाउँथे र? भारतवर्षमा 2018 को जन गणना अनुसार देशमा 34.33% जनसङ्ख्या युवाहरूको रहेको छ र यति धेर युवा जमात यस देशमा हुनू भनेको हाम्रो लागी एउटा शुभ सङ्केत हो तर राजनैतिक नेतत्रृत्ववर्गले युवा जमातलाई सदुपयोग गर्न सकेका छैनन् केवल वंशवादी राजनैतिक परिवारको अर्धवैशे युवाहरूलाई मात्र यस देशमा युवा नेता भन्ने चलन रहेको छ। तर सचेत भारतीय युवाहरू पनि यस भारत देशमा बसेर भारतको राजनैतिक अवस्थालाई सुधार्नुपर्ने काम र राजनैतिक हिलो र फोहोरबाट टाढा नरहेर राजनैतिक हिलो र फोहोरलाई सफा पार्ने र स्वच्छ राजनैतिक परिवेशको सृजना गर्नुपर्ने युवाहरूको प्रमुख कर्तव्य रहेको छ।


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...