Tuesday, March 12, 2019

कार्ल मार्क्सको 200 औँ जन्म वर्ष पालन : सृजना उत्सव

सुमेन्द्र तामाङ

कार्ल मार्क्सको जन्म 5 मई 1818 ट्रिएर (अहिलेको जर्मनी) मा भएको थियो। कार्ल मार्क्स आफ्ना समयका मेधावी विद्यार्थी थिए। सानै उमेरदेखि जर्मनीको सामाजिक, राजनैतिक अनि दार्शनिक सर्कलमा उनी भाग लिने गर्थे। जर्मनीको दार्शनिक हेगेलको बडो वर्चस्व थियो जर्मनीमा त्यस बेला। हेगेलका अनुयायीहरूले आफूहरूलाई यङ्ग हेगेलियन भन्ने गर्थे। जसमा मार्क्स पनि थिए। मार्क्सले पछि गएर हेगेलको गुटलाई छोडे तर हेगेलको द्वन्द्वात्मक विचारधाराको अध्ययन गर्ने प्रक्रियालाई छोडेनन्। द्वन्द्वात्मक भौतिकवाद मार्क्सको निम्ति मूलधार थियो। 
सन् 1845 देखि मार्क्सको कुनै देश नै थिएन। धेरै देशहरूबाट मार्क्सलाई खेदाएको थियो। मार्क्सले वर्गीय सङ्घर्षबारे धेरै लेखहरू लेखेका छन् भने मार्क्सको आफ्नै जिन्दगीमा पनि धेरै सङ्घर्षहरूले मार्क्स अनि उसको परिवारलाई ग्रस्त पारेको छ। उनीहरूको परिवारमा पनि गरिबीको ठुलो बोझ थियो। घरमा खाने कुराको अभाव र उपचार गर्न नसक्दा उनको नानीको मृत्यु पनि भएको थियो। मार्क्सको जीवनी पढ्यो भने मार्क्स कोही चमत्कारी हिरो होइन भन्ने बुझिन्छ। समाज प्रतिको दायित्व कहिले नबिर्सिने, समाज परिवर्तनमा विश्वास राख्ने अनि वर्गीय उतरचडावमा सकारात्मक विचार भएका कार्ल मार्क्स निरन्तर रूपमा श्रमिक आन्दोलनहरूलाई नजिकबाट हेरेर, स्वयं सहभागी बनेर आफ्ना क्रान्तिकारी दर्शन संसारभरि फैलाउन थाले। उहाँले लेखेका छन्— "आजसम्म दार्शनिकहरूले केवल संसारलाई वर्णन मात्र गरेका छन्, तर खास कुरा त संसारलाई परिवर्तन गर्नु हो।"
महान दार्शनिक मार्क्सको 200औँ जन्म वर्षमा उनको योगदान अनि विचारमाथि चर्चा गर्न लालीगुराँसले 'सृजना उत्सव' कार्यक्रम गरेको छ। २३ डिसेम्बर, २०१८। टिस्टा बजारनजिक त्रिवेणीमा। 

पुँजीवादको आर्थिक सङ्कट: मजदुर वर्गको एकता 
पुँजीवादले आफूले आफूलाई विभिन्न समयमा, विभिन्न प्रकारको सङ्कट तर्फ लाने गर्दछ। पुँजीको लोभले अझै लोभ जन्माउँछ यस व्यवस्थाले। नाफाखोरी विचारधारामा उभिएको सिस्टम हो पुँजीवाद। "आफू खाऊ, आफू लाऊ सुख चैन वा भोज मै गरौँ, मै बाचु मै नाचौँ बाँकी सब मरुन् दुर्वलहरू" भन्ने कुरा त सबैले सुन्नु भएको होला? पुँजीवादले यस्तै यस्तै सिकाइन्छ। अर्थनीतिका विद्यार्थीहरूले यस्तै प्रकारका थियोरीहरू पढ्नु पर्छ। पुँजीवाद डराउँछ मार्क्सदेखि। यसैले सबै कलेज, युनिभर्सिटीहरूमा मार्क्सको नाम अनि निशान हराउँदै जाँदैछ। बिस्तारै बिस्तारै सिलेबसबाट मार्क्सलाई हटाई चटाई गरिँदै छ। विद्यार्थीहरूले मार्क्सको विचारधारा पढ्न, बुझ्न नपाओस् भन्न खातिर गरिएको यो एउटा ठुलो षड्यन्त्र हो। तर, मारेर कहाँ मारिन सक्छ मुक्त मनलाई। पुँजीवादले किन यस्तो गरिरहेको छ त? पुँजीवादको इतिहास पल्टाएर हेऱ्यौँ भने पुँजीवाद आफै भित्र सङ्कट जन्माउँछ। प्रथम विश्व युद्ध, 1930 को महामन्दी, त्यसपछि दोस्रो विश्वयुद्धले पुँजीवादलाई खोक्रो बनाई दियो। करोडौँ करोड मान्छेहरूले ज्यान गुमाए। आलु, प्याजको दाम प्रति घण्टा 1 मिलियन युरोको दरले बढ्ने घट्ने गर्थ्यो। विश्व अर्थनीति नै हल्लियो। यसै बिच रसियामा 1917 मा मजदुर अनि कृषकहरूले आफ्ना सत्ता कायम गरे। सोभियतहरू बनिन थाल्यो। जारको विरुद्ध सुरु भएको लड़ाईले राजतन्त्र समाप्त गरेपछि अब पुँजीवादी शक्तिहरू विरुद्ध आफ्ना लडाइको बिगुल फुक्यो। समस्त संसार नै यस वर्गीय लड़ाईमा दुई भाग भयो। पुँजीवादले धेरै मेहनत पछि यस समस्यालाई नियन्त्रण ल्यायो। सित युद्ध (कोल्ड वार) एउटा यस्तै मेहनत थियो विश्वव्यापी पुँजीवादी शक्तिहरूको। पुँजीवादले आफूले आफूलाई यो सङ्कटहरूबाट मुक्त गरायो तर वास्तविक मुक्ति भने हासिल गर्न सकेन। 1960 को दशक मा अर्को सङ्कट, 60 को दशकमा अर्को सङ्कट, 2007 को विश्व सङ्कट। यी सबै सङ्कटहरूले पुँजीवादलाई नै हल्लायो। श्रमिक वर्ग सङ्गठित हुन थाल्यो। कृषकहरूले आवाज उठाउनु थाले। विद्यार्थीहरूको आन्दोलन हुन थाल्यो। नारी उन्मुक्तिको आन्दोलनहरू हुन थाल्यो। यी सबै आन्दोलनहरू एक अर्कासँग जोडिनु थाल्यो। ठिक यही कुरासँग डराउँछ अमेरिका। ठिक यही कुरालाई रोक्न खोज्छ पुँजीवाद।
भारतमा पनि पुँजीवादले आफ्नो फासिष्ट अनुहार देखाइरहेको छ। बीजेपी अनि आरआरएस जस्ता कट्टरवादी सङ्गठनले पुँजीवादलाई ‘फ्री-लेबर’ दिने काम गरिरहेको छ। भारतमा श्रमिकहरूको सङ्गठित हुने अधिकार खोस्ने काम हुँदैछ। पुँजी निवेशका निम्ति हरेक दिन आर्थिक अनि श्रम कानुनहरू बदलिँदै छ। कतिपय कारखानाहरूमा 12-14 घण्टा काम गराइँदै छ। यस्ता नीति विरुद्ध आवाज उठाउँदा सत्ताको पुलिस गुण्डाहरूले मारपिट गर्ने काम गर्छ। बाउन्सरहरूलाई पनि मारपीका निम्ति प्रयोग गरिरहेको अवस्था छ। सत्ताका गुण्डाहरूले दिउँसै राजनीतिक हत्या गरिरहेका छन्। तर, जतिक्कै वर्गीय शोषण अनि उत्पीडन भए तापनि मजदुर सङ्घर्षले निरन्तर तेज गति पक्रिरहेको छ र यसै मजदुर एकता अनि सचेतनासँग डराउँछ यो पुँजीवाद। मार्क्सलाई केवल किताबमा होइन तर सङ्घर्षमा परिणत गरिनु पर्छ अनि संशोधनवादी चरित्रसँगको द्वन्द्व अनि भिन्नता हामीले बुझ्न पर्छ, मजदुर आन्दोलनको चरित्र बुझ्नुपर्छ भन्ने सोचका साथ सृजना उत्सव गरेका थियौँ।

मार्क्सवादी दर्शन 
मार्क्सवादी विचारधारालाई धेरै औसरवादी कम्युनिस्ट पार्टीहरूले आफ्नू सुधारवादी राजनीतिसँग जोडी दिएका छन्। मार्क्स कसैको "पोस्टर बाय" होइन र हामीले मार्क्सलाई एक क्रान्तिकारी दर्शनको दृष्टिकोणमा पनि हेर्नुपर्छ। त्यसरी नै रातो झन्डाको आफ्नू ठुलो इतिहास छ। मजदुरहरूको रगतको प्रतीक हो रातो झन्डा। यो कुनै पार्टीको पेवा होइन। "रातो भनेको खतरनाक हो", "साप र कम्युनिस्ट लाई भेट्यो भने पहिले कम्युनिस्ट लाई मर्नु अनि त्यस पछि साप लाई" भन्ने नकारात्मक तर्कहरूको जवाब हो ‘सृजना उत्सव’। मार्क्सवादको दर्शनलाई नियालेर हेर्ने, त्यसमा केही कुरा ठिक लागे वार्ता गर्ने, क्षेत्रीय अर्थनीतिमा मार्क्सले भनेको कुरा नमिले मार्क्सलाई संशोधन गर्ने। हामी सबैले बुझ्नु पर्छ मार्क्स ' होइनन्। उनीले यस अन्तर्यामी विचारधारालाई भत्सर्ना जनाउने गर्थे। मार्क्सको सन्दर्भ आउनसाथ 'मार्क्स इस् डेड', 'इतिहासमा पछि जानु मन छ?' जस्ता जडवादी सोचहरूसँग मार्क्सवादी दर्शनबारे हल्का वार्ता गर्ने प्रयास हो सृजना उत्सव। 
यी सबै कुराहरू छोडेर क्षेत्रीय संस्कृति, ससाना जनजातिको संस्कृति, कविता वाचन, सडक नाटक, वेस्टर्न लिरिकल डान्स, प्रगतिशील गाना अनि ब्यान्डहरू सृजनात्मक प्रस्तुति रह्यो। वैकल्पिक संस्कृति बनाउने एउटा साझा मञ्च बनाउनु प्रयास सुरु भएको कुरामा कुनै सन्देह छैन। उत्सव धेरै प्रकारका हुन्छन्। कोही धनीमनीका निम्ति कोही शोषकहरूका निम्ति। जसबाट सृजना हुन्छ पुँजी। सृजना उत्सव एउटा जनसमुहको साझा मञ्च थियो जहाँ सृजना भयो एकवद्धता— एकवद्धता शोषितहरूको, मजदुर एकताको, महिला उन्मुक्तिको अनि नयाँ समाजको लागि।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...