Monday, March 11, 2019

असमानताको रिपोर्ट : धनी र गरीब

सुमित देवान


देशमा किसानहरू ऋण तिर्न नसकेर आत्महत्या गर्न बाध्य भइरहेका छन् भने कोही खाना नपाएर, कोही बेरोजगारीको कारणले ज्यान गुमाउन परिरहेका छन्। त्यही समयमा अक्स्फाम (OXFAM) संस्थाले एउटा रिपोर्ट निकालेको छ, जुन रिपोर्टअनुसार भारतमा शीर्ष 9 जाना पुँजीपतिको सम्पत्ति देशको 50 प्रतिशत खटी खाने मानिसको सम्पत्ति बराबर छ भनेर तथ्य सार्वजनिक गरेको छ। 
अक्स्फामको रिपोर्टले भन्छ कि वर्ष 2018 मा देशको शीर्ष 1 प्रतिशत पुँजीपतिको सम्पत्ति 39 फिसदी वृद्धि भएर आएको छ। जब कि 50 प्रतिशत गरिब किसान मजदुरको सम्पत्तिमा महज 3 प्रतिशत मात्र बढोत्तरी भएको छ। भारतीय अरबपतिको सम्पत्तिमा 2018 मा प्रतिदिन 2,200 करोड रुपियाँको नाफामा बढोत्तरी भएको रिपोर्टले उल्लेख गरेको छ। 
विश्व आर्थिक संस्थान (डब्ल्युइएफ) को वार्षिक बैठकमा प्रथम जारी भएको तथ्याङ्कमा बताएको छ कि विश्वभरिकै अरबपतिहरूको सम्पत्तिमा विगत वर्षहरू भन्दा प्रतिदिन 12 प्रतिशत यानी 2.5 अरब डलरको वृद्धि भएको छ। पुँजीपतिको धनमाथि धनको रास भइरहेको छ भने संसारभरिका गरिब सर्वहाराको सम्पत्तिमा भने 11 प्रतिशत घटेर गएको छ। 
रिपोर्ट अनुसार भारतमा बसोबास गर्ने 13.6 करोड गरिब किसान-मजदुर वर्ष 2004 देखि नै ऋणमा डुबेका छन्। यो देशको सबै भन्दा गरिब 10 प्रतिशत जनसङ्ख्या हो। अक्स्फाम (Oxfam) को रिपोर्ट अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति अनि आमाजन कम्पनीको संस्थापक जेफ वेजोसको सम्पत्तिको 1 प्रतिशत अंश युथोपियाको स्वास्थ्य बजेट बराबर छ। रिपोर्टमा भनेको छ कि 'भारतको शीर्ष 10 प्रतिशत जनसङ्ख्यासँग देशको कुल सम्पत्तिको 77.4 प्रतिशत बराबरको सम्पत्ति छ। देशको मात्र एक प्रतिशत जनसङ्ख्यासँग राष्ट्रको कुल सम्पत्ति 51.33 प्रतिशत अंश छ। यसरी नै करिब 60 प्रतिशत जनसङ्ख्याको हातमा देशको केवल 4.8 प्रतिशत सम्पत्ति छ। रिपोर्टको अनुमान अनुसार 2018 देखि 2022 को अन्तरालमा भारतमा प्रत्येक दिन 70 जना नयाँ करोडपति जन्मनेछन्। 
‘अक्स्फाम भारत’को मुख्य कार्यकारी अधिकारी अमिताभ बेहरले बताए अनुसार 'एउटा सर्वेक्षणले यस कुराको पत्तो लगाएको छ कि सरकारले कसरी स्वास्थ्य सेवा अनि शिक्षाको सार्वजनिक संस्थाहरूलाई कमजोर बनाएर निजीकरण अथवा निजी ठुला ठुला कम्पनी अनि पुँजीपतिहरूलाई मात्र फाइदा पुऱ्याएको छ’। यस्तो नीतिले गर्दा देशमा ठुलो आर्थिक असमानता उत्पन्न भइरहेको छ।‘रिपोर्ट अनुसार विश्वभरि नै आर्थिक असमानता बढिरहेको छ।
रिपोर्टमा यो पनि उल्लेख छ कि विगत वर्ष देशमा 18 जना नयाँ अरबपति बनेका थिए। यससँगै देशमा अरबपतिको सङ्ख्या 119 पुगेको थियो। उनीहरूका सम्पत्ति आकाडाले पहिला भन्दा बढेर 400 अरब डलर (28 लाख करोड) पार गरिसकेको छ। 2017 मा 325.5 अरब डलर देखि बढेर 2018 मा आएर 440.1 अरब डलर भएको छ। 
अक्स्फामले बताए अनुसार देशमा स्वास्थ्य, स्वच्छता अनि जल आपूर्तिको लागि केन्द्र अनि राज्य सरकारको 2,08,166 करोड रुपियाँ खर्च छ। जो देशको सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कुल सम्पत्तिको 2.8 लाख करोड भन्दा पनि कम्ती हो।



No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...