आशिष प्रधान
कुराहरू कहाँ पुग्यो हेरौँ न त एकपल्ट। प्रथम कुरो त ....
होस् पछि गरौँ यो कुरो।
दोस्रो कुरोबाट शुरु गरौँ। जनधन योजनाको नाममा सबै गरिब मानिसहरूको पनि एकाउन्ट खोलियो। भनियो जिरो ब्यालेन्स हो। तपाईँले के सोच्नु भयो भने मोदीजीले त्यस एकाउन्टमा 15 लाख गरेर प्रत्येकलाई पठाउनु हुन्छ! गरिब मानिसको लागि नै त यस्तो ठुलो निर्णय लिएको हो। तर पछि गएर त्यही जिरो ब्यालेन्स अथवा कम्ती ब्यालेन्सको एकाउन्टहरूबाट नै 250 करोड रुपियाँ काटियो। जे होस्, यसपछि के भयो त?
नोटबन्दी। अर्थात् तपाईँको घरमा जे जति पैसा-रुपियाँ छ त्यो लाइनमा उभेर ब्याङ्क एकाउन्टमा जमा गर्नु भयो। डिजिटल भारत गर्नलाई! तपाईँले सोच्नु भयो तपाईँको पैसा तपाईँको भएरै रहनेछ, केवल एटीएमबाट निकाल्न मात्रै पर्छ र कार्डले पेमेन्ट गर्नुपर्छ। तपाईँले सोच्नुभयो अब चाहिँ मोडर्न बन्यौ हामी! कति सोच्छ है मोदी सरकारले तपाईँको बारेमा! तर...
एटीएमबाट पैसा निकाल्नुको लागि लिमिट तय भयो! यहाँसम्म कि ब्याङ्कबाट तपाईँको पैसा नै कतिपल्ट निकाल्न वा जमा गर्न सकिन्छ त्यसको पनि लिमिट तय गरियो! कार्डबाट पेमेन्टमाथि पनि ट्याक्स राखियो! तपाईँले सोच्नुभयो डिजिटल इन्डिया बनाउन यति त गर्नुपर्छ होला! त्यसले पेटिएम जस्ता चाइनिज कोम्पानीलाई फायदा भए तापनि भारतीय सेनाहरू त सियाचेनमा लड्दै छ! अर्थात्, तपाईँको आफ्नो पैसामाथि आफ्नै अधिकार नै अलि अलि गरेर घट्नु थाल्यो, रगतपसिनाले कमाएको तपाईँको पैसा ब्याङ्कमा अड्कियो अनि पेटिएमले त्यसबाट मुनाफा गर्दै गयो। त्यसपछि??
तपाईँले सोच्नुभयो तपाईँको पैसा ब्याङ्कमा अड्किए तापनि त्यसको सुद त भेटिन्छ नै! भोलिको दिनमा घरमा बिहाको बेलामा अथवा बिमारी हुँदा कि त रिटायर्मेन्टपछि जब आयको स्रोत घट्छ त्यति बेला सब-सुद मिलेर एकथोक पैसा पाउनु हुनेछ, जुन पछि काम लाग्छ। तर होइन!! सरकारले तपाईँले पाउनुपर्ने सुद पनि घटायो। खासमा तपाईँको पैसा ब्याङ्कबाट बजारमा लगानी गरियो तर त्यसको लाभको राशी तपाईँलाई कम्ती दिनु थाल्यो। तपाईँले त्यो पनि मानी लिनु भयो। जेसुकै होस्, तपाईँ त देशद्रोही त होइन। तर कुरा यसमा पनि अन्त भएन।
यसपछि सरकारले भनियो, ब्याङ्क डुब्यो भने तपाईँको पैसा फिर्ता नपाउने सम्भावना पनि छ! ब्याङ्कले आफ्नो क्षतिपूर्तिको लागि तपाईँको पैसा उपयोग गर्न सक्छ! ब्याङ्कले चाहे तपाईँको सेभिंस ब्याङ्कको पैसा फिक्स्ड डिपोजिट गरेर जति दिनसम्म अड्किएर राख्न सक्छ। ब्याङ्कहरूले तपाईँले जमा गरेको पाँच लाख रुपियाँको विनिमयमा तपाईँलाई केवल पाँच हजार रुपियाँ कि त पाँच रुपियाँ पनि फर्काउनु सक्छ, केही पनि नफर्काउने चान्स पनि छ! तपाईँ केही पनि भन्न सक्नुहुन्न! तपाईँ मनमनमा सोच्नु हुँदैछ होला, के अच्छा दिन यसलाई नै भनिन्छ?
अँ, अब शुरुमा जुन कुरो भन्नु आँटेको थिएँ... त्यसमा जौं.....
विजय मालियाले 4 हजार करोड, अम्बानीले 1 लाख करोड, अझै अदानी र अरू पाँच-छ सय जना उद्योगपतिले 6 लाख करोड रुपियाँ ब्याङ्कमा भुक्तान गरेको छैन! हिजअस्ति नीरब मोदी पनि चुपचाप 11 हजार करोड रुपियाँ लिएर देशबाट भाग्यो! ब्याङ्कहरू त त्यसै दिवालियापनको स्थितिमा पुगेको छैन।
अब सोच्नुहोस् त, उनीहरूबाट ती करोडौं रुपियाँ फर्काएर माग्दा हुँदैन। तिनीहरू त मोदीजी, अमित शाहहरूको खास दोस्त हो! भोटको लागि हजारौँ करोड त तिनीहरूले नै दिन्छ! हेलिकप्टर दिन्छ, प्राइभेट जेट दिन्छ। उनीहरूबाट रुपियाँ फर्काएर माग्नु त भएन! त्यस कारण तपाईँ हाम्रो घरको पैसा ब्याङ्कमा पसाएर, ब्याङ्कमा अड्काई राखेर ब्याङ्कको दिवालियापन घटाउने कोसिस चलिरहेको छ, उनीहरूलाई छुट दिएर!
.... अब यो मोदी सरकारको जनधन, नोटबन्दी, सुद घटाउनु, डिजिटल इन्डिया जस्ता कुराहरू कसको लागि र कसको अच्छा दिन हो त्यो आफै बुझ्नुहोस्! बुझ्नु सक्नुहुन्न भने के र गर्नु— पद्मावती, हिन्दु-मुस्लिम, गोरु-सुँगुरको मासु, पाकिस्तान, रामसेतु, लाभ-जिहाद आदि त छ नै! त्यही कुराहरू सोच्दै गर्नुस् र भन्नु होस्— ‘भारतमाता कि जय!”
Subscribe to:
Post Comments (Atom)
A Tale of the Search for Never-Ending Documents
Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...
-
Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...
-
Sangeeta Khewa The understanding about the nationality named Gorkha has evolved over numerous generations, finally crystallizing in the m...

No comments:
Post a Comment