Thursday, April 12, 2018

बन्दभित्र गुट्मुटिएको जिन्दगी !

अजय राई

बर्षेनी बाड, पैह्रौ, आँधीबेरी अनि बेला बेला भुईचालो आए झै बन्दपनि आउने जाने प्राकृतिक घटना सरह हुदैछ यसर्थ रक्तचाप नाप्ने यन्त्र झै अब बन्द नाप्ने यन्त्र पनि बनाउन पर्ला कि! कति दिन बन्द चल्छ अनि कति प्रतिशत बन्द भईरहने सम्भवाना छ भन्ने अडकल गरि अगावै तयार हुनको लागि। यदि बन्द नाप्ने यन्त्र बनिए पहिले यो हामीले हाम्रो निम्ति नै किन्न र राख्न पर्छ है साथी हो बुझयौँ नि ! प्राकृतिक प्रकोपहरूले भौगोलिक परिवर्तन ल्याउदछ भने बिना योजना अनि कारणै बिनाको बन्दले व्यक्तिगत अनि समाजिक जिवनमा ठुलो क्षति पुऱ्याउँदछ त्यो सायद भनिरहन पर्दैन तितो अनुभव हामी सबैलाई नै छ होइन र? बन्द एउटा जनाक्रोश एवम जन गुनासो पोख्याउने माध्यम हो तर समस्याको समाधन हुने साधन चाँहि होइन। 2017-धेरैको निम्ति अभिशाप नै भो क्यारे! छात्र छात्राहरूले महाविधालयहरूमा सहि समयमा भर्ना पाएनन,शिक्षित युवा युवतीहरूले रोजगारको निम्ति लेख्नै पर्ने परिक्षाहरू लेख्न पाएनन, खटिखाने गरिब मजदुरहरू कोहि पलायन भए त कति आधा पेट खाएर बाँच्न बाध्य बने, सुनौलो भविष्यको सपना साँचेर गोजीमा सुखा रोटी चेपेर जुलुसमा हिडेका सोझाहरू गोली खाई मर्न पऱ्यो, खल्तीमा 10, 20 रुपियाँ अनि बोराको झोला बोकेर गल्ली गल्लीका दोकानहरूमा राशन खोज्दै हिडन परेको देखियो, कति ऋणमा डुबे त कति मानसिक तनावमा परे। एकदिन त एउटा भरिया दाईले 5 रुपियाँको मैनबत्ती 10 रुपियाँमा किन्न पर्दा मन दुखाउदै यसरी गुनासो पोखाएको सुन्न पाइयो— “हैट.. तीन महिनादेखि केहि काम गरिया छुइन 5 रुपियाँको मैनबत्ती 10 रुपियाँमा बेचेर म गरिबलाई नठग्न हौ.... एक छाक जुटाउन ह्म्मै परेको बेला... यो मैंनबत्ती.....”। अब अरु के लेखु र ! आफ्नो कथा अनि आआफ्नो व्यथा आफैलाई थाहा छ। 104 दिनको बन्द एक कालो अस्मरणीय घटना नै भो सायद आउदो दिनहरूमा इतिहास लेख्दा ती इतिहासकारले खै के लेख्ने हो सोच्दा उदेक लागछ। के 2017-सालका मानिसहरू अपरिपक्व अनि योजना विहिन थिए पो लेख्छ्न् कि ? महा गोबर गणेश पो थिए लेख्छ्न् कि ? दर्शनविहिन अनि आत्मविशवास हराएका लाचार डरपोकहरू थिए पो लेख्छ्न् कि ? शंका लाग्छ आजको परिवेश र मानसिकता देख्दा। जीवनको सबै भन्दा दुखको क्षण हो जब हामीलाई आफै आफमा विशवास हुदैन अनि आफै आफलाई सरापन थाल्छौँ अनि आज त्यस्तै परिस्थिति छ हाम्रो। बाटो बिर्सिएका यात्रीहरू झै पुग्न पर्ने गन्तव्य थाहा छैन। पूर्खाको योगदान र वीरताको राम कहानी सुनाएर हामी वीर हौँ भन्ने धाक त देखाउछौँ तर आउदो पुस्ताले हाम्रो वर्तमानको कथा र इतिहास पढ़ेर गर्व गर्ने हो कि भएभरको सराप्ने हो खै...?। यसो सम्झिल्याउदा 104 दिनको बन्द साह्रै नराम्रो भनिहालन मिल्दैन कारण यस बन्दले हामी हरेकको आकाक्षा र माग बोकेको थियो। यो बन्दले हरेक वर्ग,जात, धर्म अनि विशवको विभन्न क्षेत्रमा छरिएर बसोबासो गरेकाहरूलाई एक सुत्रमा बाँधेर एउटै छाहारी मुनि ल्याएर दीर्घकालीन माग पुरा गर्ने मौका दिएको थियो। देश विदेशका मानिसहरूले अनि सघ सस्थाहरूले बन्दको अवधि खाध्य समाग्रीहरू पठाएर पेटको आगो निभाउने काम मात्र होइन तर आफ्नो जाति प्रतिको प्रेम अनि रगतको साईनोको भार उठाएको ज्वलन्त उदाहरण दिएको छ। क्रान्तिको बिगुल फुक्दै दिनहु हुलका हुल मानिसहरू सडकमा उर्लिएर आफ्नो सैविधानिक अधिकार माँगेको नै हो अनि आफ्नो अधिकार माँग्दा तातो गोली टाउको अनि छातीमा खाई मरेका पनि छ्न ्। रोटी माँग्दा लात र सैविधानिक अधिकार भित्रको माँग गर्दा गोली ठोक्ने निति सायद यहाँ मात्रै छ कि अन्य राज्य अनि देशमा पनि छन् हौ ? राष्ट्रिय समाचार चेनेलहरूले बेला बेला “ बाँदरले ब्याग चोरेर भाकेको ... शहरमा चितुवा पसेको.....कुकुर चश्मा लगाएर हिडेको, कुन बाबा को को सँग लागेको ..फलाना हिरो र हिरोइनको माया प्रितिको कथा, आदि दिखाउँछ्न् तर यहाँ गोली ठोकी निर्दोषहरू मारेको चाँहि सायद थाहा पाएनन कि क्या हो या निर्दोष मान्छेको ज्यान लिएको खबर चाँहि त्यो बाँदर र चितुवाको तमाशा भन्दा त्यति मुख्य होइन कि ? कि सायद हामी यो देश मै पर्दैनौँ त्यसैले पो हाम्रो मर्म नबुझेर नदेखाएको पो हो कि ? ईशवर नै जानोस् ! मानव अधिकार आयोग पनि किताब मै मात्र सिमित रहेछ भन्ने कुरो बुझियो। 104 दिन अनि त्यस अघिका दिनहरूमा पनि धेर निर्दोषहरूले आफना ज्यान गुमाउन पऱ्यो तर एकदिन पनि मानव अधिकार आयोगले खोजबीन गरेको खबर सुन्नमा आएन यसको मतलब मानव अधिकार हाम्रो निम्ति होइन रहेछ। यो आयोग निर्दोष निमुखा मर्नेहरूले निसाफ पाउनका निम्ति नभएर मार्ने हत्याराहरूको खैलाईची गर्ने टुडिखेल पो बुझियो। अब हामी आफै आफले पनि वास्ताविकताको चशमा लगाएर हेऱ्यौ भने हाम्रो पनि कतिपय ठाउँमा भूल भएको छ त्यसलाई पनि सिच्याउन जरुरी छ। सबै जना सडकमै उत्रेर नारा बाजी र कराउनै पर्छ भन्ने कुनै आवशयक छैन। सबैले आअफ्नो क्षेत्रबाट केहि न केहि आन्दोलनलाई सगाएका छ्न् अनि आँउदो दिनहरूमा पनिअवशय सगाउँछन्। सडकमा कराउनेले कराए भने घरभित्र बस्नेले पनि आफ्नो हृदय र मानसिकतामामुद्दा प्रति सकारत्मक सोच लिएर हैसेमा होस्टे गरे कै हो। अगुवाहरूको सुस्वास्थ एवम असल नेतृत्व अनि असल योजना बनाउने ज्ञान, बल, बुद्धिअनि सामर्थ दिनुहोस् भनि ईशवरलाई प्रार्थना गरेकै हो। त्यो आएन.... त्यो त त्यस्तो पो हो.. भन्दै आपस्तमा कलह उत्पन्न हुनु पनि हामी हाम्रो गन्तव्य देखि टाडिनु हो। माथि तानेर हौसला दिदै अघि बडाउने भन्दा खुटा तानेर भुईमा झारी खुशी हुदै रमिता हेर्ने प्रवृती अब त्याग गर्न पर्छ सायद। सहि व्यक्तिलाई सहि ठाउँमा पुग्न दिएर सहि काम गर्न दिन हामी सबैको जिम्मावारी भएको छ यसर्थ छनौट गर्दा सहि निर्णय लिएको हुनुपर्दछ नत्र सर्वाङ्ग विकास होइन तर टाउकोमा हात राखी पछताउन पर्ने हुन्छ। यस्तो घटना पनि सुन्नमा आयो रोगी बिरामीलाई पैदल हिडन बाध्य बनाएको, अपरेसनको दिन हिडदै अस्पताल आउन परेको, सिलिगुढी त्यसै घुम्न मात्रै जादैन्न तर काममा पनि जाने गर्छन तर कतिपय मेडिकल टेस्ट, कलेज भर्ना, अनि परिक्षा दिन जान नपाएको आदि। जे होस दुख, पीर-मर्का सहदै एक मुष्ठ भइ अघि बढेको पाइलाहरू कसरी रोकिए? यतिका दिन घाम पानी सहेर गरिएको प्रयास कसरी फल बिहिन भो ? तल्लो घरको धने दाजु र देउराली डाँडाको आसेगसँग सँगै हिड्दा हिड्दै किन कसरी आज एकअर्कालाई आँखा तर्ने भो ? खै 104 दिनको बन्दको कालो गर्भ भित्र नै रह्यो यो रहस्य व्यर्थमा निर्दोषहरू मर्न पऱ्यो उफ ! हामी सडकमा उत्रिएका हौ सुन्दर भविष्य निर्माणको निम्ति न कि कसैको हृदय दुखाउन, न कसैलाई दुख दिन, न कसैको भविष्यसँग खेलवाड गर्न, न कसैको भरोसा तोडन। हामी बहादुर छौँ पक्कै कुनै शका छैन तर अब दुरदर्शी र अग्रसोची हुन पनि जरुरी छ। केहि पाए कि हामी आकाश मै पुग़िहाल्छौँ अनि जमिनमा हाम्रो खुट्टा हुदैन तर अब जमिन मै बसेर आकाशका तारा झार्ने बेला आएको छ है। स्वकेन्द्रित मात्र होइन तर जन समुहको आकाशालाई हेरि योजनाबद्ध पद्धतिमा काम गर्नपर्छ। यो 104 दिनको बन्दले धेरै कुरो सिकायो। फेरि फेरि यस्तो कालो दिनको तितो अनुभव गर्न नपाउँ.... फेरि फेरि यस्ता घटनाहरू भविष्यमा नघटियोस्। नत्र फेरि “ अनि देवराली रुन्छ “ भाग 2 लेखिनेछ है ... सोच्नु होला। यस्तै कुरा सोच्दा सोच्दै .. मन नपरी नपरी गुनगुनाउदा गुनगुनाउदै एउटा गीत लेख्न मन पऱ्यो ..........हे... हे................... ला...ला.................. ला.....................ला......................
दैवले बिर्सियो कि हजुर
पापी आँखा पो लाग्यो कि
कलकल बग्ने खोला सुख्यो
रानीबन डडेलो लाग्यो
न्याउली चरी बेसरी रुयो
किपट हाम्रो कसले खोस्यो ?
हे दैव यसपाली किन यो पाखा फुलै फुलेन !

माटो पनि बाझो भो
केहि पनि फलेन
सिमसार छेउ बग्ने धारा
किन कसरी सुकिगयो
मुटुको व्यथा आफ्नै भाकामा
मन थामी आज भन्नै पऱ्यो
हे राजै यसपाली किन रमाईलो लाग्दै लागेन !

तातो हावा छिन मै भो चिसो
सास लिन साह्रो भो
मुखमा हाँसो आँखामा आँशु
बन्दी भइ फेरि जिउनु पऱ्यो
अरु जिउछ्न उज्यालोमा
जिउन पऱ्यो हामी अन्ध्यारोमा
हे राजै यसपाली किन आफनैहरू आफनै लागेन !
रमाईलो लाग्दै लागेन...
आफनैहरू आफनै लागेन...
यो पाखा फुलै फुलेन...

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...