Thursday, April 12, 2018

रोजगारमा नोटबन्दीको झट्का !

असित लेप्चा

के नोटबन्दी पछि रोजगार घटेको छ ? मोदी सरकार मान्न तयार छैनन् तर लेबर ब्युरोका आँकडाले अर्कै यथार्थ देखाउछ।
नोटबन्दी पछि रोजगारमा कमी आएको छ भन्ने प्रश्नमा श्रम अनि रोजगार मन्त्रालयले त्यस्तो कुनै आँकडा छैन भनी जोड दिए तर लेबर ब्युरोका आँकडाले यो निश्चित भयो कि नोवेम्बर 2016 मा नोटबन्दीको घोषणा पछि नै कम भएको हो।
आउनुहोस् हेरौँ रोजगार कुन कुन स्किमहरूमा घटेको छ।
लेबर ब्युरो-को आँकडा अनुसार प्रधान मन्त्री रोजगार सृष्टि कार्यक्रम (Prime Minister’s Employment Generation Programme) 2016-17 भन्दा 2017-18 मा धरै कम भएको छ। 2016-17 को पहिलो तिन क्वार्टरहरूमा 407,840 मानिसहरूले रोजगार पाएका थिए भने 2017-18 मा केवल 208,576 मानिसहरूले मात्र यो कार्यक्रम बाट रोजगार पाएका छन्।
त्यसरी नै महात्मा गान्धी राष्ट्रिय ग्राम रोजगार सुरक्षा योजना (MGNREGS) मा पनि 2016-17 को 23,583 भन्दा 2017-18 मा 16,029 मानिसहरूले मात्र रोजगार पाएका छन्।
पण्डित दीन दयाले उपाध्याय ग्रामीण कौशल्या योजना (DDU-GKY) अनुसार रोजगारमा 2016 को 84,9000 भन्दा ठिक ठोक नै रोजगार 2017मा पनि आएको छ 64,967। तर दिन दयाले अन्तोदय योजना को National Urban Livelihood Mission (DAY-NULM)ले यो साफ गरिदिन्छ कि नोटबन्दीले रोजगारमा कत्ति को असर पारेको थियो भनेर।
अप्रिल देखि नोवेम्बर 2017 मा को रोजगारमा ठुलो उदार भएको छ। 2017 मा 69,255 रोजगार निस्क्यो भने 2016 मा 151,901 रोजगार आएको थियो।
 उत्पादन क्षेत्रले झन् ठुलो धक्का खाएको छ।
2016-17 अनि 2017-18 को आँकडा लाई नियालेर हेर्दा उत्पादन क्षेत्रमा रोजगारको कटौती नोटबन्दी पछि धेरै भएको छ। अक्टोबर-डिसेम्बर 2016 क्वार्टरमा 83,000 देखि जनवरी-मार्च क्वार्टरमा 1.0 लाख, उत्पादन क्षेत्रले झन्डै 87,000 रोजगार 2017-18 को पहिलो क्वार्टरमा गुमाएको छ जसले गर्दा धेरै unit हरू बन्द भएको छ। झन्डै 3,000 पद परिबहन क्षेत्रले पनि गुमाएको छ।
2017 को जनवरी देखि जुलाई सम्म रोजगार सृष्टि सबै क्षेत्रहरूमै नोट बन्दीको कारण ढिला भयो। यो दुई मा 2.49 लाख रोजगार मात्र थपियो।
जुलाई-सेप्टेम्बर 2016 को क्वार्टरमा 0.32 लाख, अक्टोबर-डिसेम्बर 2016 को क्वार्टरमा 1.22 लाख, जनवरी-अप्रिल 2017 को क्वार्टरमा 1.85 लाख अनि अप्रिल- जुलाई 2017 को क्वार्टरमा घटेर 0.64 लाख मात्र रोजगार सृष्टि हुनु ले यो स्पष्ट पर्छ कि नोट बन्दी ले केवल रोजगार रोक्ने काम मात्र नगरेर नगद मुद्रा चुसेर निकाल्नुले नराम्रो असर पनि परेका छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...