Thursday, April 12, 2018

स्टिफेन हकिंग विज्ञान अनि समाजचिन्ताको अग्रदूत

अजय लिम्बु

यदि यन्त्र नै मानिसको सबै आवश्यक कुरा उत्पादन माध्यम हो भने, हामीले ती कुराहरूको वितरण पद्धति मध्ये उत्तर खोज्नु पर्छ। यदि यान्त्रिक तरिकाले उत्पादन गरिएको सबै द्रब्यहरू सबै मानिसबीच समान र समग्ररूपमा पुर्याईयो भने प्रत्येक मानिसको नै राम्रो जीवन बिताउन सम्भव छ। नत्रभने कुराहरूको मालिकाना यदि यन्त्रको मालिकहरूको हातमै बसे भने त्यो संसारको अधिकांश मानिसलाई नै भयावह गरिबी र असमानताको सामना गराउँछ। वर्तमान संसारमा यो दोस्रो धाराको प्रवृत्ति नै ज्यादा स्पष्ट देखिन्छ। अर्थात् प्राविधिक उत्पादन मानिसको समान अधिकारको मर्यादा भविष्यमा अझै ज्यादा खोस्ने छ।
माथि भनिएको वक्तव्य स्टिफेन हकिंगको हो। हकिंग केवल विश्व प्रसिद्ध वैज्ञानिक थिएनन। संसारको भविष्य लिएर पनि उनमा धेर चिन्तित थिए। उनको वक्तव्यमा बारम्बार गुन्जियो, पुँजीवादको हात समातेर प्रविधिको जुन उन्नती भैरहेको छ त्यो हामीलाई कतातिर धकेल्दैछ?
सारा संसारको राजनीतिमा प्राय नै सुनिन्छ प्रविधि र बेरोजगारीको सम्बन्धबारे प्रश्न। उनलाई त्यो प्रश्न सोध्दा उनको साफ जवाफ, “समस्या यन्त्रको होइन, समस्या भने यन्त्रको पुँजीवादी उपयोगमा निहित छ”। अर्थात् यन्त्रमाथि, प्रविधिमाथि, समग्र विज्ञानमाथि पुँजीवादको हस्तक्षेप लिएर सोच्ने समय आइसकेको छ। उनले भनिएको अनुसार, हामीलाई पुँजीवादबाट भयभीत हुने जरुरत छ, साइन्स फिक्सनको रोबटबाट होइन! हालैमा ‘रेडिट, आस्क मी एनिथिंग’ नामक एक च्यानलमा हकिंगले यस्तो मन्तव्य गर्नु भयो। जो यस्तो असीम ब्रह्माण्डको अन्जान थ्योरीहरूका आविष्कारक हुन्— कस्मोलजी, ब्लाकहोल रेडिएशन् आदि, सारा संसारको राजनीतिमा उभीदिएका यस्ता प्रश्नहरूप्रति पनि उनको ध्यान त्यति नै थियो। विज्ञान र प्रविधिलाई पुँजीवादको हातबाट मुक्त गराउन पर्छ। उसको गिदी यस पृथ्वीको सीमा नाघेर अन्जान ब्लाक होलमा अड्के पनि धेरै वर्षदेखि उसको त्यो चौकीमा स्थिर बसेर उनी संसार र मानिसबारेको सोचमा मग्न थिए।
23 वर्ष उमेरदेखि गम्भिर बिमारीले पिडित भए पनि हकिंग आशा छोड्नु भएको थिएन। जीवनमा मृत्युको छाया बोक्ने मानिसहरू के जीवनमा अझै ज्यादा बाँच्छन्? हकिंगले बारम्बार भन्नु हुन्थ्यो— “मेरो लक्ष्य सजिलो हो। त्यो हो सम्पूर्ण ब्रह्माण्डलाई बुझ्नु, किन त्यो यस्तै हो अनि किन त्यो टिकिरहेको छ!”
हामीले केवल उसको पछिको जीवनको तस्वीर पाउँछौं। जीवनको अन्तिम वर्षहरूमा उनलाई एउटी जग्गामा बसेर बिताउन परे तापनि उनले मानिसको पक्ष लिएर सडकमा ओर्लिएका थिए। भियतनाम युद्धको विरुद्धमा उनलाई बाटो हिड्दा हामी देखेका छौं। जति उनको अडान थियो इराक वा प्यालेस्टाइनको मानिसहरूको पक्षमा त्यति नै उनले बोल्नु भएका छन सार्वजनिक जनस्वास्थ्यबारे सरकारको जिम्मेवारी लिएर। एकजना कस्मोलजिस्टको हिसाबले मात्रै उनलाई स्मरण गर्दा हुँदैन, मानिसको सम्पूर्ण अग्रगतिको बाटोमा पनि उनलाई सधै सम्झिनु पर्छ। असामान्य मानसिक शक्ति र दूरदर्शीताको प्रतीक भएर हामीमाझ बाँचीरहने छन स्टिफेन हकिंग।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...