Saturday, April 15, 2023

पहाडमा खोक्रो विकासको नाममा हकार विस्थापन : विकास कसको निम्ति ?

सुमेन्द्र तामाङ





दार्जीलिङको चौरस्ताको प्राङ्गणमासधैँ झैँ विभिन्न प्रकारका गतिविधिहरू चलिरहेको थियो। भानुभक्तको मूर्ति अगाडि एक जना व्यक्ति उभिएर हात जोड्दै फोटो खिचिरहेको देखेँ। अर्को तिरटुरिस्टहरू रमाउँदै नेपाली भेष-भूषा लगाएरहातमा डोको बोकी फोटो सुट गरिरहेका थिएँ। घोडामा चढेर माल रोडको सवारी गर्ने जमात पनि उतिकै थियो। कलेज पढ्ने युवा युवतीहरू पनि गिटारकाहोनउकुलेले बजाउँदै गीत गाउँदै थिए। तिनीहरूलाई वरिपरि घेरेर एक जमात कलेजका विद्यार्थीहरू पनि उभिरहेका थिएँ। मानिसहरूको भीडले भर्ती नेहरू रोडको उकालो बाटोसाइडमा केएफसीत्यसको अलिक उकालो मोमो बेच्दै धेरै ससाना दोकानहरू थापिएका थिएँ। त्यसको छेउमा एउटा ठुलो ३-४ तले बिल्डिङको निर्माण कार्य भइरहेको थियो। त्यो निर्माण कार्यलाई  हरियो रङ्गको जालीले आधा छोपिएको थियो। अलिक माथि आरामले गफ गर्दै एक हुल मानिसहरू रमिता हेर्दै लामो कुर्सीमा बसिरहेका थिएँ। एकै शब्दमा भन्नु पर्दासबै आ-आफ्नु संसारमा रमाई रहेको दृश्य थियो। हो त्यही समयम नेहरू रोडको उकालो हुँदै चौरस्ताको पुगे। चौरस्ता काटेर महाकाल मन्दिर जाने बाटोको छेउमा-छेउमा ससाना हकारहरूको थाप्ने दोकान थाप्ने गर्छन् एक हुल दिदीहरू। मलाई चौरस्ताको सबै भन्दा मन परेको दृश्यहरू मध्ये मन परेको कुरा नै यही दोकानको लस्कर हो। २०१२ भन्दा अगाडि यी हकारहरू नेहरू रोडमा स्थित थिएँ जहाँ अहिले हालैमा केएफसी जस्ता ठुलठुला दोकानहरूले आफ्नु बजार बसाएको छ। जहाँ अहिले ठूलठूला बिल्डिङले कञ्चनजङ्घा समेत ढाक्ने गरी आफ्नु उचाइ निर्माण गरी सकेको छ। आज भने त्यो न्यु महाकाल मार्केटको बोर्ड तल अलिक अचम्म लाग्ने दृश्य देखेँ। पाल लगाएर बनाइएका ती हकारका सबै दोकानहरू गायब थिए। त्यसको सट्टा भुईँमा कागजका कार्टुन च्यातेर एक हुल महिलाहरू बसिरहेका थिए। त्यसको साइडमा केही युवाहरू भित्ते खेला खेली रहेका थिए। सन्दर्भ थियोअप्रेल ४ तारिख२०२३ देखि अचानक ती हकारहरूलाई माल रोडमा आफ्नु दोकान नथाप्ने मुखौली आदेश दार्जिलिङ नगरपालिकाबाट आए पछि ती हकारहरू बाटोमै आफ्नु जीविको निम्ति बसिरहेका थिए। मैले हकारहरूलाई यसरी जबरजस्ती अनि अन्यायपूर्वक रूपमा आफूले थापेको दोकानबाट निकाला गरेको कुरा भने दुई तीन दिन अघि देखि नै सुनी आएको थिएँ। 

मैले त्यहाँ भुईँमा बसिरहेका एक जना दिदीलाई सोधेँदिदी तपाईँहरू किन यहाँ बस्नु भएको?’ त्यसको उत्तर स्वरूप मलाई ती दिदीले भन्नु भयो, ‘ अब दोकान थाप्नु नदिए पनि यहाँ बस्नु त पाइन्छ होला नि!’ म चकमन्न भए। फेरि सोधेँ, ‘ तपाईँहरू सँग एकक्षणको लागि बात गर्न सक्छु होला?' त्यसको उत्तर आयो, ‘ बसौँ न भाइ। अर्को एक जना दिदीले मेरो लागि पनि एउटा च्यातिएको कार्टुनको टुक्रा बन्दोबस्त गरी दिनु भयो। म त्यही बसेर गफ गर्न लागे। जम्मा जम्मी गरेर १०६ जना हकारहरू जसमा ज्यादातर महिला अनि ३० देखि ८० वर्षका सम्म उमेर भएकायस ठाउँका नागरिकहरू आन्दोलनरत थिएँ। त्यस मध्ये एक जना महिला ८ महिनाको गर्भवती पनि छिन्। भर्खरकक्षा १० अनि १२ को परीक्षा सकिएर यी हकारका नानीहरूको आउँदो शिक्षा प्रणालीमा ठुलो प्रश्न चिन्न आइपरेको छ। बिग्री गर्ने सामाग्री किन्नुको निम्ति बन्धनबाट ऋण अनि साहुबाट ब्याजमा पैसा लिएर यी हकारहरू एउटा ठुलो सङ्कटमा परेको कुरा प्रकाशमा आयो। त्यसमा धेरै जना आफ्नु परिवारमा एकल कमाई गरेर जीवन ज्ञापन गर्ने पनि थिएँ। कोही १४ वर्षीय बाल्यकाल देखि नै यो काम गर्दै आएका थिए भने  कोही आफ्नु जीवनको आधा-उधी भाग नै यो पेसामा लागि आएका पनि थिएँ। 

विकासको मोडेल अनि निमुखा हकार: अवहेलनाको प्रतीक। 

कुरा सुरु गरौँ जी-२० को मिटबाट। पहाडको व्यवस्थापन अनि प्रशासनिक प्रणालीको अवस्था सोचनीय रहेको कुरा हामी समक्ष यथावत् नै छ। विकासको होडबाजी जति नै प्रचार भए पनि विकासको एक पक्षीय चरित्र  हामी समक्ष प्रस्तुत भइरहेको छ। एक तर्फबेरोजगारीको दर चरम अवस्थामा पुगी सकेको छ भने अर्को तर्फ विकासको नाममा भ्रष्टाचारको सीमाले पहाड नै ग्रस्त रहेको कुरा क्लियर छ। रोड निर्माण१०० दिने काममिड डे मिलशिक्षा नियुक्तिमा भाइ-भतिजावाद इत्यादि जस्ता बुनियादी विकासका अंशहरूमा भ्रष्टाचारको हस्तक्षेपले चरम सीमा नाघी सकेको छ। यस्तो समयश्रमजीवी जनताको टाउकोमा यस प्रकारको खोक्रो विकासको समस्त बोझ हाली दिएर दैनिक ससाना सामान बिग्री गरेर जीविका चलाउने हकारहरूलाई यस प्रकारले विस्थापन गर्नु कतिको नैतिक कुरा होधेर जस्ता यी हकारहरू अप्रेल अनि मई महिनाको टुरिस्ट सिजनको कमाइले पूरा साल काट्नु पर्ने बाध्यतापूर्वक जिन्दगी बिताउने पर्ने पनि रहेछन्। 

क्रोनोलोजी बुझौँ:

३१ तारिख मार्च महिना २०२३ को दिन दार्जीलिङ नगरपालिकाको पक्षबाट एउटा मौखिक रूपमा यी हकारहरूलाई सूचना आउँछ। आउँदो दुई तीन दिन भित्रमा जी-२० को मिट दार्जिलिङको विभिन्न ठाउँहरूमा हुने कुरा थियो। नगरपालिकाबाट ३१ मार्च देखि ३ अप्रेल सम्म जी-२० को मिट भएको कारणले दोकान नराखी दिने आहान आए पश्चात् यी न्यु महाकाल मार्केटका १०६ जना हकारहरूले  ३ दिन आफ्नु दोकान बन्द गर्ने निर्णय गरे। त्यस पछि अचानक ३ तारिख अप्रिलको दिन यी हकारहरूले माल रोडबाट पूर्ण रूपमा विस्थापित गरिएको खबर पाए। त्यो पनि मौखिक रूपमा मात्र। त्यस पछि ४ तारिख अप्रिलको दिन माल रोडको न्यु महाकाल मार्केटमा पुलिस प्रशासनले बल तैनात गरेको कुरा पनि सुन्नमा आयो। 

अब यहाँ प्रश्न के आयो भन्दादुई तीन दिन जी – २० का प्रतिनिधिहरूबाट दार्जिलिङको जैविक यथार्थता लुकाएर दार्जिलिङलाई 'स्विट्जरल्याण्डझैँ टुरिस्टको स्वर्ग भन्दै देखावटी धारणा निर्माण गर्ने यो राजनैतिक ड्रामाको बहाना गरेरविस्थापन गराउने यी खटिखाने जनता विरोधी विकासलाई हामीले सामूहिक विकास भनेर मानिलिनेविकास गरिबको पेट काटेर हुन सक्दैन। विकास भनेको समाजको हरेक तप्काको सामूहिक विकास हुन पर्दछ। विशेष गरी समाजमा तल्लो स्तरमा अवहेलित भएका श्रमजीवी जनताको विकास हुनु नै समाजको प्रगति मानिने गर्दछ। हुने खानेको ठूलठूला बिल्डिङका मालिकलाई पूर्ण स्वीकृति अनि अर्को तर्फ सडकको एक कुनामा दोकान थाप्ने यी निमुखाअसहाय जमातलाई पूर्ण रूपले अवहेलना गरिने यो विकासको मोडेलले समाजमा समानता त परै जाओस्बरु बढ्दो शोषण पूर्ण परिवेशको निर्माण गर्दछ। 

सुन्दरिकरणको नाममा जे पाए त्यही :

जी २० को यो देखावटी ड्रामाको निम्ति मतिगडाको फोहोर फ्याल्ने ठाउँ देखि लिएर खरसाङ स्थित धोबी खोला हुँदै सोनादा छेउ डम्पिङ ग्राउन्ड अनि अरू यस्तै थुप्रै फोहोर फ्यालिने ठाउँहरू सबै हरियो जाली अनि फ्लेक्सले छोपिने काम भयो। दिनको हाजिरा २३२ रुपियाँ पाउने कमाने श्रमिकको भूमिमा ठुलठुला रिसोर्ट अनि होटेलमा भ्रमण गर्न आएका जी-२० का प्रतिनिधिहरूलाई दार्जिलिङको झुटो अनि कृत्रिम धारणा पस्किने काम भयो। आम मानिसको गोजीबाट ट्याक्स उठाएको करोडौँ रुपियाँको खर्च गरेरप्यासेन्जर गाडीहरू घण्टा घण्टा जाम गरेरस्कुलहरू छुट्टी दिएर विकासको पाठ पढाउने काम भयो। पहाडको सुन्दरीकरणको नाममा पहाडको समस्यालाई छोप्दैपहाडको जनतालाई टोपी ओढाउने काम भयो। पहाडको पुरानो गरिमा फर्काउने आश्वासन गर्दै पहाडको समस्या अनि सङ्कटलाई लुकाउने काम भयो। जे भयो त्यो उग्र रूपमा टोपल्ने कार्य मात्र भयो।

 जी-२० को मुख्य उद्देश्य नै दिगो विकास ( sustainable development) अनि पुँजीवादको आन्तरिक सङ्कटलाई नियन्त्रणमा ल्याउनु हो। दार्जिलिङमा मुख्य रूपमा जी- २० को मिट गर्नुको मुख्य उद्देश्य नै टुरिजमलाई अझै विकास गर्नु थियो। तर यहाँ विकास अनि टुरिजमको नाममा सुन्दरीकरणको बहाना गर्दै श्रमजीवी मानिसको जल्दो बल्दो मुद्दा अनि सङ्घर्षलाई लुकाएरव्यवस्थाको खोक्रोपनलाई ढाक्ने काम भइरहेको छ। यसबाट पूर्ण रूपमा हामीले यस पुँजीवादी व्यवस्थापन अनि त्यसलाई चलाउने राजनैतिक ब्रोकरहरूको अयोग्य चरित्रलाई बुझ्न सक्छौ। महोदयसमस्याको समाधान समाधानलाई लुकाएर होइन त्यसलाई प्रत्यक्ष रूपमा अझै संसार सामु उदाङ्गो परेर मात्र सुरु हुन सक्छ। निमुखा जनताको राजनैतिकसामाजिक अनि आर्थिक सशक्तीकरण अनि  चेतनाको विकासको क्रमलाई धमिलो बनाउने यो खोक्रो सुधारवादी राजनीतिले समाजको बहुसङ्ख्यक जमातलाई सधैँ नै अँध्यारोमा राखी रहने काम गर्दछ।

अब त्यसो भए समाधान के ?

यी हकारहरूले ती ठुलठुला बिल्डिङ अनि मालिकहरूले जस्तो जगह जमिनको मा गरेका छैनन्। यिनीहरूले केवल न्यायको निम्ति लडाई गरी रहेका छन्। यिनीहरूको कुरा क्लियर छघरी-घरी यसरी खेलौना झैँ व्यवहार गरिने यो प्रवृत्तिको विरोध गरी रहेका छन् यी १०६ जना हकारका जमात। एउटा स्थायी पुनर्स्थापनाको मागमा एक भएर यी हकारहरू आन्दोलनरत छन्। स्थायी पुनर्स्थापनाको नाममा व्यवसाय नचल्ने ठाउँ दिए नमान्ने साथै माल रोडको न्यु महाकाल मार्केट नै प्राथमिक चयन भएको दाबी गरिरहेका छन् यी सङ्घर्षरत हकारहरू। दार्जिलिङ न्यायपालिकासँग बारम्बार मीटिंग भइरहेको तर ठोस कुनै समाधान ननिस्किएको स्थिति रहेको छ। अर्को तर्फमाल रोडमा पनि रूखहरू काटिने काम भइरहेको छ। हरियो जालीले छोप्ने काम भइरहेको छ। सुन्दरीकरणको नाममा विस्थापन गर्ने अनि त्यस पछि रुख काटेर प्राकृतिक विनाश गर्ने विकासको मोडेललाई हामीले राम्ररी चिन्न अनि यसको खोक्रो नीतिलाई समाज सामु उदाङ्गो पार्न जरुरी भइसकेको छ। 

बस् समस्याको समाधान हुन्छ तनिरन्तर अनि सामूहिक एकताले मात्र हुन्छ।

समाजको प्रगतिशील जमातले यस समस्याको गहिरोपनलाई बुझेर यी निमुखा अनि असहाय हकारहरूलाई ऐक्यबद्धता अनि साथ दिन जरुरी छ। 

जे होस्भुइँमान्छेहरू भुईँमा नै बसेर विरोध प्रदर्शन गरी रहेका छन्। 

के त्यही भुइँमान्छेको भोटले न्यायपालिका गठन गरेर त्यही ‘ जनताका सेवकहरूले’ भुइँमान्छेको आकाङ्क्षा अनि अधिकारलाई मार्ने छन्?

की न्याय दिलाउने छन्

यो नै असली अग्निपरीक्षा हो। 

Monday, April 10, 2023

सम्पादकीय : अङ्क 45


गत केही दिन अघिको कुरा हो। जेल सुनवाइमा लैजाँदै गरेका दुई गुण्डा-राजनीतिज्ञ अतीक अहमद र उनका भाइ अशरफ अहमदलाई सशस्त्र पुलिस र मिडियाको उपस्थितिमा दिनदहाडे नै पत्रकारको भेषमा आएका हत्याराहरूले गोली हानेर इन्काउन्टर गरेर हत्या गर्यो।  तपाईँलाई चिन्ता लागेन? 

सन् 1940को सम्झना गर्नुहोस्। क्रूर शासक हिट्लरले जर्मनीमा विरोधीहरूलाई टुङ्गो लगाउन सर्वसाधारणको विभिन्न झुन्डहरू गठन गरेका थिए। किशोर अवस्थादेखि युवाहरूसमेतको त्यो झुन्डले यहुदीहरूलाई खेदो गर्दै मारेका थिए। असङ्ख्य यहुदीहरूले यसरी ज्यान गुमाए। नाजी टोलीले यहुदीहरूको जनसंहार गरेको थियो। ठिक यस्तै परिस्थिति अहिले भारतमा देखा पर्दै छ। सन् 2014 देखि देशको बागडोर सम्हालेको क्रूर भारतीय जनता पार्टीले विभिन्न उग्र बाहिनीहरू गठन गरेर आफ्ना विरोधीहरूको हत्या गर्दै आइरहेको छ। विशेष गरी दलित र मुसलमान समुदाय भाजपाको यस्ता उग्र बाहिनीको प्रमुख सिकार भइरहेका छन्। गुजरात र उत्तर प्रदेश भाजपाको फासिस्ट शासनको प्रयोगशाला भइरहेको स्पष्ट रूपमा बुझिन्छ। 

उत्तर प्रदेशमा भएको असद दाजु-भाइको इन्काउन्टर काण्डबारे सर्वसाधारणबाट समर्थन र विरोधका दुवै थरिका आवाजहरू उठिरहेका छन्। विशेष गरी भाजपा समर्थक एवं हिन्दु राष्ट्र समर्थकहरूले यस घटनालाई सही ठानिरहेका छन्। उनीहरूका निम्ति असद दाजु-भाइ दोषी थिए। र उनीहरूले सही सजाय पाए भन्ने मत प्रकट गरिरहेका छन्। यस्ता बयानले सर्वसाधारण जनतालाई समेत अन्यौलतामा पारेको छ।

तर प्रश्न उठ्छ। के हरेक दोषीलाई इन्काउन्टर गर्नु नै समाधान हो त? यति यस्ता इन्काउन्टर नै सही सजाय हो भने देशमा कानुनी व्यवस्थाको भूमिका किन चाहियो र? सुनियोजित तरिकाले असद दाजु-भाइको हत्या गरेर योगी सरकारले आफ्नो उग्र चरित्र स्पष्ट पारेको छ। जनताअघि यही तरिका सही हो भन्ने भ्रम फैलाएर अब भाजपाले आफ्ना हरेक विरोधीहरूको यसरी नै सुनियोजित शैलीमा हत्या गर्ने छ। र छोपिदिनेछ तिनीहरूको विरूद्धमा उठेको हरेक विवादित मुद्दालाई। 

मानवअधिकार सङ्गठनहरूले यस हत्यामा पुलिसको भूमिकाबारे शृङ्खलाबद्ध प्रश्नहरू खडा गरेको छ, र चिन्ता व्यक्त गरेको छ कि ‘ऐनको शासन’लाई नतिजासम्म पुग्न नदिएर योगी सरकारको खतरनाक नीतिले संवैधानिक लोकतन्त्रको आधारभूत स्तम्भलाई खतम पार्छ अनि अराजकता र क्रूर शक्तिको लागि मार्ग प्रशस्त बनाउँछ। 

यस अघि पनि भाजपाको उग्र बाहिनीले लेखक-पत्रकार गौरी लङ्केश, कलबुर्गी, गोविन्द पानसरे लगायत तमाम गणतान्त्रिक आन्दोलनका कर्मीहरूको हत्या गरिसकेको छ। आफ्नो अधिकारको आवाज उठाउने र सरकारको क्रूर नीतिविरुद्ध आन्दोलन गर्नेहरूलाई जेल बन्दी गर्ने प्रथा आज साधारण भइसकेको छ। 

भारत एउटा बृहत् गणतान्त्रिक देश हो भनिन्छ। यहाँ दोषीले कानुनी प्रक्रिया अनुसार सजाय पाउँछ। तर आज देशको कानुन व्यवस्थाभन्दा ठुलो भाजपाको उग्र बाहिनी भइसकेको छ। जसले हरेक दोषी र आफ्नो दलका विरोधीहरूको दिनदहाडे हत्या गरिरहेको छ। यसैले भाजपाको रामराज्यको स्वरूप र चरित्र योगीको उत्तर प्रदेशले प्रस्ट पारेको छ। रामराज्यमा अल्पसङ्ख्यकहरूको अवस्था के होला? दलित/आदिवासीहरूको स्थिति कस्तो रहला? मजदुर/किसानहरूको जीवन स्तर कस्तो हुन्छ भन्ने तथ्य बुझ्न आजको योगी सरकारको प्रशासनिक कार्यशैलीले स्पष्ट पारेको छ। 

देशको जुन जुन राज्यहरूमा भाजपाको सत्ता कायम छ, ती राज्यहरूमा आज सर्वसाधारणले खुलेर आफ्ना अधिकारका मागहरू राख्न पाउँदैनन्। दलित र मुसलमान समुदाय त झनै उग्रताको सिकार भइरहेका छन्। गणतान्त्रिक मूल्यमान्यता दिनदिनै खोक्रो हुँदै गइरहेको छ। भारतीय जनता पार्टीको फासिस्ट प्रवृत्ति अझ तीव्र भएर जाने सम्भावना प्रबल बनेको छ। सर्वसाधारणलाई दिनदिनै आर्थिक बोझले पिरोलिरहेको छ। जनहितमा आवाज उठाउनेहरूले आफ्ना ज्यान गुमाउनु परिरहेका छन्। यस्ता क्रूर फासिस्ट आक्रमणविरुद्ध लड्न अब हरेक क्षेत्रका सर्वसाधारण एकजुट हुन आवश्यक छ। 

भाजपाको उग्र बाहिनीले दिनदिनै गरिरहेको हत्याहरूको डटेर विरोध गरौँ। देशको न्यायपालिकालाई अक्षुण्ण राख्न साथै गणतान्त्रिक मूल्य मान्यतालाई सुरक्षित राख्न बृहत् एकताको आह्वान गरौँ।


Saturday, April 1, 2023

मई दिवस -- इतिहास र मजदुर सङ्घर्ष

छेवाङ योञ्जन


 विश्व कम्युनिस्ट आन्दोलनको महत्त्वपूर्ण नेत्री हुन् जर्मनीको रोजा लुक्समबर्ग। मजदुर आन्दोलनमा आजीवन सङ्घर्षरत रहेकी रोजाले कम्युनिस्ट आन्दोलनको विकासमा अतुलनीय योगदान दिएकी थिइन्। सन् 1919मा रोजा अनि त्यसताका अर्को नेता कार्ल लिब्नेख्टलाई हत्याराहरूले मारे, जुन अफिसरहरू पछि गएर हिटलरको जमानामा ठुलो अफिसर बने। कम्युनिस्ट राजनीतिबारे रोजा को विचार र उनले आफ्ना समयमा उठान गरेका बहसहरूलाई हालमा पनि चर्चाको केन्द्रमा राखिन्छ। उनै कम्युनिस्ट चिन्तक रोजा लुक्समबर्गले मई दिवस र मजदुर आधिकारका विषयबारे गहन लेखहरू लेखेकी थिइन्।

आठ घण्टा कामको माग गर्दै सन् 1856 मा अस्ट्रेलियाका मजदुरहरू सडकमा उत्रेका थिए। यसै प्रसङ्ग बारे रोजाले लेखेकी छन् – ‘सन् 1856 मा अस्ट्रेलियाका मजदुरहरूले आठ-घण्टे कामको माग गर्दै कारखाना बन्द गरे। र हर्ष उल्लासको साथमा बैठक गर्दै विरोध प्रदर्शन गरे।’

सन् 1856 तिर 21 अप्रेलको दिनलाई मजदुरहरूले मालिक समक्ष आफ्नो मागहरू राख्ने र विरोध प्रदर्शन गर्ने दिनको रूपमा निर्धारण गरेका थिए। सुरुमा त अस्ट्रेलियाका मजदुरहरूले त्यही वर्ष मात्र विरोध प्रदर्शन गर्ने निश्चित गरेका थिए। तर त्यो विरोधको प्रभाव मजदुरहरूमा यति प्रखर रूपमा पुग्यो कि, यसले सर्वसाधारण जनतासमेतलाई सडकमा उतार्न सफल भयो। यसैले त अब मजदुरहरूले प्रत्येक वर्ष नै विरोध प्रदर्शन गर्ने र मालिक समक्ष आफ्ना मागहरू राख्ने सङ्कल्प गरे।

मजदुरहरूको यही इतिहासलाई अध्ययन गर्दै रोजाले लेखेकी छन् – ‘वास्तवमा सामूहिक काम बन्दको निर्णय बाहेक अन्य कुनैले पनि मजदुरहरूलाई आफ्नो शक्तिमाथिको विश्वास दिँदैन थियो। युगौँदेखि कारखानामा दास झैँ रहेका मजदुरहरूलाई आफ्नै टोलीहरूलाई सङ्गठित गर्न बाहेक अन्य कुनै उपाय थिएन। त्यसैले सर्वहारा एकताको यही सोच सम्पूर्ण मजदुरहरूमा विकसित भयो र विभिन्न राष्ट्रहरूमा फैलिन थाल्यो’।

अस्ट्रेलियाली मजदुरहरूका उदाहरणलाई अनुसरण गर्दै पहिला आए अमेरिकीहरू। सन् 1886 मा तिनीहरूले 1 मईको दिन सार्वजनिक छुट्टीको दिन हुनुपर्छ भन्ने निर्णय लिए। यस दिन तिनीहरूमध्ये 20,0000 जना काम छोडेर आठ-घण्टा कामको माग गर्दै विरोध प्रदर्शनमा भाग लिए। त्यसपछि, पुलिस र कानुनी कारबाहीले गर्दा धेरै वर्षसम्म मजदुरहरूलाई यस्तो ठुलो प्रदर्शन गर्नबाट रोक्यो। तर सन् 1888 मा मजदुरहरूले आफ्ना निर्णयमा सुधार गर्दै 1 मई 1890-को दिनलाई पुनः पालन गर्न तय गरे।

ठिक यही समय युरोपमा पनि मजदुर आन्दोलनले निक्कै तीव्र गति लिइरहेको थियो। सन् 1889 को अन्तर्राष्ट्रिय मजदुर सम्मेलनमा मजदुर सङ्घर्षको शक्तिशाली रूप देखा पऱ्यो। उक्त सम्मेलनमा 4 सय मजदुर प्रतिनिधिहरू उपस्थित थिए। उनीहरूले नै आठ-घण्टा कामको मागलाई मजदुर वर्गको प्रथम मागको रूपमा पारित गरे। फ्रान्सेली युनियन टोलीका प्रतिनिधि बोर्दोबाट लेभाइन भन्ने एक जना मजदुरले प्रस्ताव पेस गर्दै भनेका थिए – ‘आँठ घण्टा कामको माग गर्दै सबै राष्ट्रका मजदुरहरूले काम बहिष्कार गर्नुपर्छ’। यता अमेरिकी मजदुर प्रतिनिधिले पनि सन् 1890 को 1 मईको दिन गरेको बन्द बारे जनाउँदै हर्ष उल्लासको साथमा विरोध प्रदर्शन गर्ने दिन भनेर तोके।

यसरी 1 मईले आठ घण्टा कामको माग उठान गरेको थियो। माग पुरा भए तापनि मजदुरहरूले मई दिवस पालन गर्न बन्द गरेनन्। मई दिवस पालन गर्दै मजदुरहरूले सङ्घर्ष अवधि सहिद बनेका आफ्ना क्रान्तिकारी मित्रहरूलाई श्रद्धाञ्जली अर्पण गर्न थाले। मजदुरहरूसँग सम्बन्धित मागहरूलाई अझ तीव्र रूपमा उठाउन थाले। र मजदुर सङ्घर्षमा एउटा महत्त्वपूर्ण इतिहास बोकेको यस दिनलाई आजसम्म पनि क्रान्तिकारी मजदुर वर्गले भुलेका छैनन्।

अहिले पनि विश्वभरि नै मजदुर वर्गले मई दिवसलाई क्रान्तिको प्रतिकको रूपमा पालन गर्ने गर्छन्। हो, आज पनि विश्वव्यापी रूपमा मजदुर वर्ग भीषण आर्थिक शोषणमा छन्। नाफाखोरी पुँजीवादको आक्रामक गतिले आजका मजदुर वर्गलाई पिरोल्नसम्म पिरोलिरहेको छ। पुँजीवादी व्यवस्थाको नाफाखोरी नीतिहरूले गर्दा आजका मजदुरहरूले पनि 18औँ शताब्दीकै जस्तो जीवन धान्न बाध्य बनिरहेका छन्। ‘आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन’ भन्ने 18औँ शताब्दीको शक्तिशाली मजदुर आन्दोलनले जीत हासिल गरे तापनि आजको पुँजीवादी षड्यन्त्रको कारण मजदुरहरूले अधिक समयसम्म कारखानामा खट्नु परिरहेका छन्। आजको समय अबेर रातीसम्म खटिरहेका ‘गिग वर्कर्सहरू’ यसको ज्वलन्त उदाहरण हो। चियाबारीमा ‘मुनलाइट प्लकिङ’लाई पनि के भन्नु र?

नयाँ नयाँ मजदुर कानुन र नाफाखोरी प्रणालीहरूले मजदुरहरूलाई युगौँ पुरानो स्थितिमा पुऱ्याएको छ भन्दा दुई मत हुँदैन। मजदुरहरूबाट अतिरिक्त श्रम लुट्नलाई हाम्रा देशमा पनि विगत केही वर्ष यता नयाँ नयाँ मजदुर विरोधी नीतिहरू पारित गरिसकेको छ। मजदुर वर्गले वीरताका साथ हासिल गरेका अधिकारहरूलाई वञ्चित गर्दै हिंसक लेबर कोडहरू पारित गरेर वर्तमान भारतीय जनता पार्टी सरकारले यस देशका मजदुरहरू लुट्नसम्म लुटिरहेको छ। राज्य सरकार पनि कम छैन। 

युनियन गठन गर्न नदिने, गेट मिटिङ गर्न नदिने, धर्ना-प्रदर्शन गर्न नदिने जस्ता कानुनहरू लेबर कोडमा छ। केन्द्रले पारित गरेको लेबर कोडहरूले भए भरको कानुनी अधिकार केवल मालिकहरूलाई मात्र दिएको छ। मालिकहरूलाई आफू खुसी मजदुरलाई काममा लगाउने र कामबाट निकाल्ने अधिकार दिएको छ। दिनरात रगत पसिना बगाए तापनि मजदुरहरूले उचित ज्याला पाउन सकिरहेका छैनन्।

यस्तो भीषण परिस्थितिमा अब मजदुरहरूले आफ्नो विरासतको इतिहासलाई पुनः एक चोटि दोहोर्‍याउनु पर्नेछ। इतिहासका क्रान्तिकारी मजदुरहरूले विश्वलाई नै परिवर्तन गरेका ती रक्तिम सङ्घर्षका पाठहरूलाई आलो बनाउनु पर्नेछ। अघि बढ्नु पर्छ उज्यालो दिन ल्याउनलाई।

कसका निम्ति विकास? विकासको नाममा पहाडमा हकर विस्थापन

सुमेन्द्र तामाङ


 

दार्जीलिङको चौरस्ताको प्राङ्गणमा, सधैँ झैँ विभिन्न प्रकारका गतिविधिहरू चलिरहेको थियो। भानुभक्तको मूर्ति अगाडि एक जना व्यक्ति उभिएर हात जोड्दै फोटो खिचिरहेको देखेँ। अर्को तिर, टुरिस्टहरू रमाउँदै नेपाली भेष-भूषा लगाएर हातमा डोको बोकी फोटो सुट गरिरहेका थिए। घोडामा चढेर माल रोडको सवारी गर्ने जमात पनि उतिकै थियो। कलेज पढ्ने युवा-युवतीहरू पनि गिटार, काहोन, उकुलेले बजाउँदै गीत गाउँदै थिए। तिनीहरूलाई वरिपरि घेरेर एक जमात कलेजका विद्यार्थीहरू पनि उभिरहेका थिए। मानिसहरूको भीडले भरिएको नेहरू रोडको उकालो बाटो, साइडमा केएफसी, त्यसको अलिक उकालो मोमो बेच्दै धेरै ससाना दोकानहरू थापिएका थिए। त्यसको छेउमा एउटा ठुलो 3-4 तले बिल्डिङको निर्माण कार्य भइरहेको थियो। त्यो निर्माण कार्यलाई हरियो रङ्गको जालीले आधा छोपिएको थियो। अलिक माथि आरामले गफ गर्दै एक हुल मानिसहरू रमिता हेर्दै लामो कुर्सीमा बसिरहेका थिए। 

एकै शब्दमा भन्नु पर्दा, सबै आ-आफ्नु संसारमा रमाइरहेको दृश्य थियो। हो त्यही समय म नेहरू रोडको उकालो हुँदै चौरस्ताको पुगेँ। चौरस्ता काटेर महाकाल मन्दिर जाने बाटोको छेउमा-छेउमा स-साना दोकान थाप्ने गर्छन् एक हुल दिदीहरू। मलाई चौरस्ताको सबैभन्दा मन परेका दृश्यहरूमध्ये मन परेको कुरा नै यही दोकानको लस्कर हो। 2012 भन्दा अगाडि यी हकरहरू नेहरू रोडमा स्थित थिए जहाँ अहिले हालैमा केएफसी जस्ता ठुल्ठुला दोकानहरूले आफ्नु बजार बसाएका छन्। जहाँ अहिले ठूलठूला बिल्डिङले कञ्चनजङ्घा समेत ढाक्ने गरी आफ्नु उचाइ निर्माण गरिसकेका छन्। आज भने त्यो न्यू महाकाल मार्केटको बोर्ड तल अलिक अचम्म लाग्ने दृश्य देखेँ। पाल लगाएर बनाइएका ती हकरका सबै दोकानहरू गायब थिए। त्यसको साटो भुईँमा कागजका कार्टुन च्यातेर एक हुल महिलाहरू बसिरहेका थिए। त्यसको साइडमा केही युवाहरू भित्ते खेला खेलीरहेका थिए। सन्दर्भ थियो, अप्रेल 4 तारिख, 2023 देखि अचानक ती हकरहरूलाई माल रोडमा आफ्नु दोकान नथाप्ने मुखौली आदेश दार्जिलिङ नगरपालिकाबाट आएपछि ती हकरहरू बाटोमै आफ्नु जीविकाको निम्ति बसिरहेका थिए। मैले हकरहरूलाई यसरी जबरजस्ती अनि अन्यायपूर्वक रूपमा आफूले थापेको दोकानबाट निकाला गरेको कुरा भने दुई तीन दिन अघि देखि नै सुनिसकेको थिएँ। 

मैले त्यहाँ भुईँमा बसिरहेकी एक जना दिदीलाई सोधेँ, ‘दिदी तपाईँहरू किन यहाँ बस्नु भएको?’ त्यसको उत्तर मलाई दिदीले भन्नु भयो, ‘अब दोकान थाप्नु नदिए पनि यहाँ बस्नु त पाइन्छ होला नि!’ म चुपचाप भएँ। फेरि सोधेँ, ‘तपाईँहरूसँग एकछिनका लागि बात गर्न सक्छु होला? त्यसको उत्तर आयो, ‘बसौँ न भाइ’। अर्को एक जना दिदीले मेरो लागि पनि एउटा च्यातिएको कार्टुनको टुक्रा बन्दोबस्त गरिदिनुभयो। म त्यही बसेर गफ गर्न लागेँ। जम्माजम्मि 106 जना हकरहरू जसमा ज्यादातर महिला अनि 30 देखि 80 वर्षसम्म उमेर भएका यस ठाउँका नागरिकहरू आन्दोलनरत थिए। त्यसमध्ये एक जना महिला 8 महिनाको गर्भवती पनि छिन्। भर्खर, कक्षा 10 अनि 12 को परीक्षा सकिएर यी हकरका नानीहरूको आउँदो शिक्षा प्रणालीमा ठुलो प्रश्न चिह्न आइपरेको छ। बिक्री गर्ने सामाग्री किन्नुको निम्ति बन्धन ब्याङ्कबाट ऋण अनि साहुबाट ब्याजमा पैसा लिएर यी हकरहरू एउटा ठुलो सङ्कटमा परेको कुरा प्रकाशमा आयो। त्यसमा धेरै जना आफ्नु परिवारमा एकल कमाई गरेर जीवन यापन गर्ने पनि थिए। कोही 14 वर्षीय बाल्यकाल देखि नै यो काम गर्दै आएका थिए भने कोही आफ्नु जीवनको आधा-उधि भाग नै यसै पेसामा लागि आएका पनि थिए। 

क्रोनोलोजी बुझौँ

कुरा सुरु गरौँ जी-20 मिटबाट। पहाडको सोचनीय व्यवस्थापन अनि प्रशासनिक प्रणालीबिच विकासको होडबाजी जति नै प्रचार भए पनि विकासको एक पक्षीय चरित्र हामीसमक्ष छर्लङ्ग छ। एकतर्फ बेरोजगारीको दर चरम भने अर्कोतर्फ विकासको नाममा भाइ-भतिजावाद र भ्रष्टाचारको सीमा छैन। यस्तो समयमा दैनिक ससाना सामान बिक्रि गरेर जीविका चलाउने हकरहरूलाई विस्थापन गर्नु कतिको नैतिक हो? धेर जस्ता यी हकरहरू अप्रेल अनि मई महिनाको टुरिस्ट सिजनको कमाइले पूरा साल बिताउने पर्ने अवस्थाका छन्। 31 मार्चको दिन दार्जीलिङ नगरपालिकाबाट मौखिक रूपमा यी हकरहरूलाई सूचना आयो कि आउँदो दुई-तीन दिनभित्रमा जी-20 को मिट दार्जिलिङको विभिन्न ठाउँहरूमा हुने कुरा छ र यस कारण दोकान नराखिदियोस्। यसपश्चात् न्यू महाकाल मार्केटका 106 जना हकरहरूले 3 दिन आफ्नु दोकान बन्द गर्ने निर्णय गरे। त्यसपछि अचानक अप्रिल 3 तारिखको दिन यी हकरहरूले माल रोडबाट पूर्ण रूपमा विस्थापित गरिएको खबर पाए। त्यो पनि मौखिक रूपमा मात्र। 4 तारिख अप्रिलको दिन माल रोडको न्यु महाकाल मार्केटमा पुलिस प्रशासनले बल तैनात गरेको कुरा पनि सुन्नमा आयो। अब यहाँ प्रश्न के आयो भन्दा, दुई-तीन दिन जी-20का प्रतिनिधिहरूबाट दार्जिलिङको जैविक यथार्थता लुकाएर दार्जिलिङलाई ‘स्विट्जरल्याण्ड’ झैँ टुरिस्टको स्वर्ग भन्दै देखावटी धारणा निर्माण गर्ने यो राजनैतिक ड्रामाको बहाना गरेर, विस्थापन गराउने यी खटिखाने जनता विरोधी विकासलाई हामीले सामूहिक विकास भनेर मानिलिने? विकास गरिबको पेट काटेर हुन सक्दैन। विकास भनेको समाजको हरेक तप्काको सामूहिक विकास हुन पर्दछ। विशेष गरी समाजमा तल्लो स्तरमा अवहेलित भएका श्रमजीवी जनताको विकास हुनु नै समाजको प्रगति मानिने गर्दछ। हुने खानेको ठूलठूला बिल्डिङका मालिकलाई पूर्ण स्वीकृति अनि अर्को तर्फ सडकको एक कुनामा दोकान थाप्ने यी निमुखा, असहाय जमातलाई पूर्ण रूपले अवहेलना गरिने यो विकासको मोडेलले समाजमा समानता त परै जाओस्, बरू बढ्दो शोषणपूर्ण परिवेशको निर्माण गर्दछ। 

सुन्दरीकरणको नाममा जे पाए त्यै?

जी 20 को यो देखावटी ड्रामाको निम्ति मतिगडाको फोहोर फ्याल्ने ठाउँ देखि लिएर खरसाङ स्थित धोबी खोला हुँदै सोनादा छेउ डम्पिङ ग्राउन्ड अनि अरू यस्तै थुप्रै फोहोर फ्यालिने ठाउँहरू सबै हरियो जाली अनि फ्लेक्सले छोपिने काम भयो। दिनको हाजिरा 232 रुपियाँ पाउने कमाने श्रमिकको भूमिमा ठुल्ठुला रिसोर्ट अनि होटेलमा भ्रमण गर्न आएका जी-20 का प्रतिनिधिहरूलाई दार्जिलिङको झुटो अनि कृत्रिम धारणा पस्किने काम भयो। आम मानिसको गोजीबाट ट्याक्सका नाममा उठाइएको करोडौँ रुपियाँ खर्च गरेर, प्यासेन्जर गाडीहरू घण्टा घण्टा जाम गरेर, स्कुलहरू छुट्टी दिएर विकासको पाठ पढाउने काम भयो। पहाडको सुन्दरीकरणको नाममा पहाडको समस्यालाई छोप्दै, पहाडको जनतालाई टोपी ओढाउने काम भयो। पहाडको पुरानो गरिमा फर्काउने आश्वासन गर्दै पहाडका समस्या अनि सङ्कटलाई लुकाउने काम भयो। जे भयो, त्यो उग्र रूपमा टोपल्ने कार्य मात्र भयो।

जी-20 को मुख्य उद्देश्य नै दिगो विकास (sustainable development) अनि पुँजीवादको आन्तरिक सङ्कटलाई नियन्त्रणमा ल्याउनु हो। दार्जिलिङमा मुख्य रूपमा जी- 20 को मिट गर्नुको मुख्य उद्देश्य नै टुरिजमलाई अझै विकास गर्नु थियो। तर यहाँ विकास अनि टुरिजमको नाममा सुन्दरीकरणको बहाना गर्दै श्रमजीवी मानिसको जल्दो बल्दो मुद्दा अनि सङ्घर्षलाई लुकाएर, व्यवस्थाको खोक्रोपनलाई ढाक्ने काम भइरहेको छ। यसबाट पूर्ण रूपमा हामीले यस पुँजीवादी व्यवस्थापन अनि त्यसलाई चलाउने राजनैतिक ब्रोकरहरूको अयोग्य चरित्रलाई बुझ्न सक्छौँ। महोदय, समस्याको समाधान समस्यालाई लुकाएर होइन त्यसलाई प्रत्यक्ष रूपमा अझै संसार सामु उदाङ्गो परेर मात्र सुरु हुन सक्छ। निमुखा जनताको राजनैतिक, सामाजिक अनि आर्थिक सशक्तीकरण अनि चेतनाको विकासको क्रमलाई धमिलो बनाउने यो खोक्रो सुधारवादी राजनीतिले समाजको बहुसङ्ख्यक जमातलाई सधैँ नै अँध्यारोमा राखीरहने काम गर्दछ।

अब त्यसो भए समाधान के ?

यी हकरहरूले ती ठुलठुला बिल्डिङ अनि मालिकहरूले जस्तो जग्गा जमिनको माग गरेका छैनन्। यिनीहरूले केवल न्यायको निम्ति लडाईँ गरीरहेका छन्। यिनीहरूको कुरा क्लियर छ। घरी-घरी यसरी खेलौना झैँ व्यवहार गरिने यो प्रवृत्तिको विरोध गरी रहेका छन् यी 106 जना हकरका जमात। एउटा स्थायी पुनर्स्थापनाको मागमा एक भएर यी हकरहरू आन्दोलनरत छन्। स्थायी पुनर्स्थापनाको नाममा व्यवसाय नचल्ने ठाउँ दिए नमान्ने साथै माल रोडको न्यु महाकाल मार्केट नै प्राथमिक चयन भएको दाबी गरिरहेका छन् यी सङ्घर्षरत हकरहरू। दार्जिलिङ न्यायपालिकासँग बारम्बार मीटिङ भइरहेको तर ठोस कुनै समाधान ननिस्किएको स्थिति रहेको छ उनीहरूको। अर्को तर्फ माल रोडमा पनि रूखहरू काटिने काम भइरहेको छ। हरियो जालीले छोप्ने काम भइरहेको छ। सुन्दरीकरणको नाममा विस्थापन गर्ने अनि त्यस पछि रूख काटेर प्राकृतिक विनाश गर्ने विकासको मोडेललाई हामीले राम्ररी चिन्न अनि यसको खोक्रो नीतिलाई समाज सामु उदाङ्गो पार्न जरुरी भइसकेको छ। 

बस् समस्याको समाधान हुन्छ त, निरन्तर अनि सामूहिक एकताले मात्र हुन्छ। समाजको प्रगतिशील जमातले यस समस्याको गहिरोपनलाई बुझेर यी निमुखा अनि असहाय हकरहरूलाई ऐक्यबद्धता अनि साथ दिन जरुरी छ। 

जे होस्! भुइँमान्छेहरू भुईँमा नै बसेर विरोध प्रदर्शन गरी रहेका छन्। के तिनै भुइँमान्छेका भोटले न्यायपालिका गठन गरेर तिनै ‘जनताका सेवकहरूले’ भुइँमान्छेका आकाङ्क्षा अनि अधिकारलाई मार्ने कार्य गर्नु नैतिक रूपमा कतिको उचित हो?
ती जनताका प्रतिनिधिले आफ्नो नैतिक जिम्मेवारीबारे विचार गर्लान् त? अहिलेलाई यो नै असली अग्निपरीक्षा हो।

छोटा रङ्गितको छेउछाउ -- आशंकाको धेरामा परेर अन्योलमा वासिन्दाहरू

सागर थापा


मानेभंज्याङ ओरालोबाट सुरु भएर छोटा रङ्गित उत्तरतिर जोरथाङतर्फ बग्छ। त्यसपछि बडा रङ्गितमा मिसेर पूर्वतिर बग्दै त्रिवेणीतिर टिस्टाखोलामा मिसिन्छ। यी जम्मै उपत्यकाभरी नै छ उदार प्रकृति, जसले मानिसलाई जीवन-जीविकाको आधारहरू दिएका छन्। र नै त बनिएका छन् जनपदहरू-- बजार अनि गाउँवस्तीहरू। बिजनबारी, पुलबजार, रेलिङ, चुङथुङ, जामुने लगायत विभिन्न ठाउँहरू त्यो छोटा रङ्गितको उपत्यकामा पर्छन्। यही जनपदहरूका इतिहास र जीवन-सङ्घर्षका बेजोड कथाहरू बोकेर बगिरहेछ छोटा रङ्गित। आज त्यो छोटा रङ्गित वरिपरि नयाँ सङ्घर्षको जन्म भइरहेको छ। वासिन्दाहरूले खोलालाई रक्षा गर्ने अठोट लिएका छन्।

खोला-नाला, वन जङ्गल, हावा-पानी प्राकृतिक धन हुन्। प्रकृति र मानवको सम्बन्ध मानव सभ्यताको सुरुवातदेखि नै अपरिहार्य छ। प्रकृतिको अङ्ग हो मानव। मानवलाई बाँच्नका निम्ति सम्पूर्ण रूपमा प्रकृतिको आड लिनुपर्छ। प्रकृतिका संसाधनको प्रयोगद्वारा नै मानव सभ्यता जीवित रहन सक्छ। तर मानव सभ्यताको द्रुत विकास र संसाधनहरूको सञ्चय गर्ने प्रवृत्ति सुरु भएदेखि प्रकृतिमाथि एकाधिकार हक जताउने र प्रकृतिलाई हानि पुर्याउने काम मात्रै भइरहेको छ। 20 औँ शताब्दीको सुरुवातदेखि स्मार्टफोनको अविष्कार भयो। यसको लागि विभिन्न टावरहरु बनिन थाले। चराचुरुङ्गीहरुलाई श्वास फेर्न गाह्रो भयो। टावरका रेडिएसनहरू यसका कारक थिए। रूखहरू असङ्ख्यौँ काटिन थाले र ठूला ठूला महल बनिन थाले। बन जङ्गल नै स्वाहा पार्दै मानव बस्ती बनिन थाले। प्राकृतिक धनलाई भरपुर प्रयोग गरेर धन्धा गर्ने केही तप्काका मानिसहरुले यहाँ अवसर देखे। त्सपछि वन जङ्गल र प्रकृतिको अतिरिक्त दोहन गर्दै व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रकृतिलाई बिमारी बनाउने कार्य त निरन्तर नै छ। जसको प्रभाव स्वरूप जलवायु परिवर्तन जस्ता प्राणघातक समस्याहरूसँग आजको मानव सभ्यता र सम्पूर्ण पृथ्वी नै जुझिरहेको छ।

नाफाखोरहरू जहिल्यै आफ्नो प्रोफिटको चक्करमा हुन्छन्। नदीमा विद्धुतीय पावर प्लान्ट बनाएर पैसा छाप्ने सम्भावना प्रवल छ र यस्तो सुलभ अवसर देखेर हाइड्रोपावरहरू निर्माण गर्न थाले। टिस्टा खोलाको प्रोजेक्ट नै हेरौँ। राष्ट्रिय राजमार्ग 10 मा पर्छ National Hydroelectric Power Corporation (NHPC) का प्रोजेक्टहरू। राजमार्गको छेउछाउमा धेरै अघिदेखि बसी आएका रैथाने बासिन्दाहरूका लागि केही लोभ्याउने काम गरियो र यी ठाउँ छाडेर अन्य ठाउँमा जग्गा-जमिन दिन्छौँ, रोजगार दिनेछौँ-- आदि कुराहरू बताए र आफ्नो काम थाले। राष्ट्रिय राजमार्ग छेउछाउका बासिन्दाहरूले यस प्रोजेक्टको बिरोध गरेता पनि पब्लिक हिएरिङमा नै फेरबदल गरि NHPC-पावर हाउसको निर्माण भयो। अर्कोतिर, सेभोक-रम्फु रेल्वे प्रोजेक्टले कस्तो असर पार्नेछ, वा पारिरहेको छ, त्यसबारे अर्कै चर्चा पूर्णरूपले गर्नुपर्छ। अहिले राष्ट्रिय राजमार्गको हालत के कस्तो छ हामी अगाडि प्रत्यक्ष्य छ। टिस्टा बजार र 29 माइल बिचमा सडकको एक भाग त पानीले खोतलेर झर्न थालेको छ। यस्तै धेरै उदाहरण छन् बगरमा काम गर्नेहरू, रिवर राफ्टिङ गर्नेहरूको। उनीहरूलाई परिवारको जीविका धान्न गाह्रो परिरहेको छ। बगर नै बन्द भइसकेको छ। जुन परिवारहरूले बगरमाथि जीवन निर्भर गर्थे आज उनीहरूको जीवन के कस्तो छ? सरकारलाई खासै मतलब छैन। 

यस्तै घटना देखिँदैछ बिजनबारी-पुलबजार भेकतिर पनि। आजभन्दा 8 वर्षअघि 2015 मा छोटा रङ्गितमाथि बिजनबारीमा हाइड्रोपावर निर्माणका निम्ति काम चालु भएको थियो तर त्यसबखत स्थानीय बासिन्दाहरूले प्रतिरोध गरे र त्यस समयका लागि काम स्थगन गराईयो। त्यसको केहि सालपछि 2022 दिसेम्बरमा फेरि हाइड्रोपावरको कामका लागि उक्त विभागबाट परीक्षणमा लागे। अत: हाइड्रोपावर बनाउने कुरा स्थानीय मानिसहरुले दुई महिनापछि मात्र जानकारी पाए।

बिजनबारी भ्यालीमा बग्ने छोटा रङ्गित पहिल्यैबाट सुकिसकेको छ। यसमा पहिल्यैबाट 2 मेगावट-को हाइड्रोपावर निर्माण भइसकेको छ र खोला सुकेर नाली जस्तै भइसकेको छ। यसपालीको प्रोजेक्टमा 18 मेगावट-को हाइड्रोपावर बनाउने योजना छ। 18 MW-ले खोलोको गति के बनाउँला?




यस प्रोजेक्टले क-कसलाई प्रभावित बनाउँछ त?

छोटा रङ्गित बिजनबारी भेकको आकर्षणको केन्द्र हो। बिजनबारीमा अचेल टुरिज्म फस्टाउनका लागि पनि छोटा रङ्गितको योगदान महत्वपूर्ण छ। बिजनबारी-पुलबजार भ्यालीमा बग्दै गरेको छोटा रङ्गितको वारी चियाबगान छ भने पारी खेतीपाती गर्ने बस्ती छ। यी दुवैको सुन्दर मिश्रण ठाउँ हो बिजनबारी। यहाँका‌ केही परिवारहरूका लागि आयस्रोतको माध्यम नै टुरिजम हो। खोला नै सुकेपछि टुरिजम र मुख्य आकर्षणको हालत के हुनसक्छ? यस क्षेत्रका बासिन्दाहरूका निम्ति यो गम्भीर विषय हो।

खोलाका छेउछाउमा बसोबास गर्ने, खोलामाथि निर्भर हुनेहरू टुरिजममा मात्र छैनन्। धेरै परिवारहरू गिटी कुटेर, ढुङ्गा-बालुवा बोकेर आफ्ना जीविका चलाइरहेका छन्। खोला सुकेपछि न ढुङ्गा न बलुवा, जीविकाको आधार नै कसरी रह्यो? छोटा रङ्गितको वारी चियाबगान छ, र पारी खेतीपाती। खेतीपाती गर्ने किसानहरूले टमाटर, मकै, सिमी आदि उत्पादन गरेरै जीवन धान्छन्। खोला नै सुकेपछि खेतीमा पानी सिँचाई गर्न गाह्रो हुन्छ। पानीबिना खेती सप्रिने कुरो आउँदैन, किनकि नदीको पानी ट्याप लगाएर बारीमा पानी दिने गर्छन्। छोटा रङ्गितमा हाइड्रोपावर बनाएर खोला सुकेपछि खेतबारी पूरा बाँझो हुनेछन् अनि किसानहरू विचल्लीमा पर्ने निश्चित छ। हामीसमक्ष प्रत्यक्षरूपमा उदाहरणका लागि यस्ता धेरै हाइड्रोपावरहरू छन् जो कालान्तरमा गएर पर्यावरणका निम्ति र मानव सभ्यताका निम्ति हानिकारक प्रमाणित भएका छन्।

खोला-आधारित जीवन-जीविका उम्रिएका छन् भने संस्कार-संस्कृतिहरू पनि जन्मिए। खोला बगरमा धेरै धर्म-विश्वासका चाडहरू पालन गरिन्छन्। यस क्षेत्रका प्रायः खोलाहरू उत्तरदेखि दक्षिणतिर बग्ने गर्छन्, तर छोटा रङ्गित दक्षिणबाट उत्तरतिर बग्छ। यस ‘उत्तरबाहिनी’ खोलोमा विभिन्न धार्मिक कार्य हुन्छन् जस्तै पूजापाठ, माघे संक्रान्ति, सन्सारी पूजा, जङ्गलका देवीदेवताको पूजा। मरेका मान्छेहरूका देह पारम्परिक मान्यता अनुसार खोलामा नै जलाउने र अन्त्यष्टि कार्यपछि अस्तुहरु बगाउने संस्कारको पालन गरिन्छन्। छोटा रङ्गित उनीहरूका लागि स्वच्छ गङ्गा हो।

यी गम्भीर बिषयहरूमा सम्बन्धित विभागले कस्तो विचार राखेको छ? कुरा स्पष्ट छैन। यी तमाम कुराहरूको चिन्तन् मनन गरी सम्पूर्ण बासिन्दाहरू पानी सुकिने आशंका गर्दै यो घातक प्रोजेक्टविरूद्ध उभिएका छन्, ‘छोटा रङ्गित बचाउँ अभियान’ बनाएर।


पत्रकारिताको सङ्कटकाल

जानुका दाहाल


 बहिनी तपाईँलाई .....पत्रकार कस्तो लाग्छ ? एक जना सामाजिक कार्यकर्ताले मलाई प्रश्न गर्दा पत्रकारिता सङ्कटकालमा निसास्सिँदै गरेको पिडाले अझै अलिकति घोची राखेर जानु त स्वाभाविकै हो। प्रजातन्त्रको वृक्षलाई हरियो राख्ने ट्रनिक हो आखिर पत्रकारिता ! मानव सभ्यताले फड्को मार्ने क्रमदेखि भनौँ या मानव चेतनाको गर्भमा स्वतन्त्र धारणाको आरोपन भएदेखि नै टाउको उठाएर तरबारको धारमा यात्रा गर्ने शब्दको नाम हो पत्रकारिता।

कालखण्डका विभिन्न फाटहरूमा सचेतताको यस अभियानले आदिम कालदेखि आजसम्म आइपुग्दा भिन्न-भिन्न स्वरूपमा यात्रा अघि बढाउँदै आएको छ। आज आधुनिकताको शिखरमा दौड लगाइरहेको विश्वमा पत्रकारिताका कस्तो चुनौतीसँग बाँच्दै छ भन्ने बारे अध्ययन –अनुसन्धान अवश्य हुनुपर्छ भन्ने लाग्छ मलाई। यस सन्दर्भमा धेरै अघिदेखि नै गुनासो गर्दै आइरहेका छन् राष्ट्रिय मूलधारका पत्रकार रविश कुमार।

हाम्रो क्षेत्रीय मिडियामा पनि यदाकदा यस बहसले ठाउँ पाउन थालेको देखिन्छ। गत केही दिन अघि कालेबुङको होटेल ट्रेसमा भएको एक कार्यक्रममा कालेबुङका केही अनुभवी पत्रकारहरू प्रदीप लोहागुण, मनोज बोगटी, नरेन्द्र तामाङ माझमा एउटा रोचक तर अपूर्ण बहस भयो। जसमा मध्यस्थकर्ता लेखनाथ छेत्री थिए। अन्य केही बुद्धिजीवी र उम्दा लेखक समेत सामेल भएका उक्त कार्यक्रममा उनीहरूलाई किन बहसमा सामेल गरिएनन्? यो सोचनीय विषय लाग्यो। यस्ता बहस हुँदा बुद्धिजीवी विद्यार्थी र समाजका सचेत मानिसहरू समेतको समावेश अनिवार्य होइन र? मलाई लाग्छ पत्रकार बाहेक यी तप्काका मानिसले पनि बहसलाई सही धारमा ल्याउन र निकासको बाटो खोज्न सक्छन्।

पत्रकारिताको सङ्कटको कुरा गर्नु पर्दा मुख्य भूमिकामा को-को रहेका छन् त? भन्ने प्रश्न उठ्छ। अर्को प्रश्न सङ्कट पत्रकारलाई छ कि पत्रकारितालाई? यो त अकाट्य सत्य हो जोखिम दुवैलाई छ, तर धेर जोखिम पत्रकारितालाई हो कि!

के-बाट जोखिम छ त?

सत्ता

पत्रकार अनि पत्रकारिता दुवै पक्षलाई ठुलो खतरा भनेको सत्ता पक्षबाट नै हो। कुनै पनि पार्टीले सत्तामा आसन बिछ्याइसकेपछि उसले संविधानबाट प्राप्त शक्तिको दुरुपयोग गर्न सुरु गर्छ। जनता केन्द्रित कार्यक्रम छोडेर अर्को चरणको चुनावी जितको रणनीति बनाउन सुरु गर्छ। यस्तो क्रममा सत्ताले झुटको धारावाहिक खेल खेल्नु पर्ने हुन्छ। कतै झुटको कडी फुस्किन थालेपछि जनतालाई विश्वस्त पार्ने उद्देश्यमा ती झुटलाई कलात्मक तरिकाले पस्किन मिडिया हाउस किन्छ। यहीबाट सुरु भएको हो पत्रकारिताको व्यापार। अझ सत्ताले मिडिया सँगसँगै विभिन्न सङ्गठनलाई मुठ्ठीमा राख्छ, जो सत्ताको आडमा लेपिसिएर व्यक्तिगत या सङ्गठनका सदस्यको स्वार्थ केन्द्रित प्रोपोगण्डा चलाउँछन्। फेक न्युजको बजारीकरण गर्छन्। यिनीहरूले सत्ताको चुनावी हितमा काम गर्न सामाजिक सञ्जालमा सक्रिय रूपले काम गर्छन् भड्काऊ र फर्जी खबरको प्रचार गर्छन्, जसको नकारात्मक नतिजा समाजले भोग्नु पर्छ। यस्ता गतिविधिले पत्रकारिताको छवि त धमिल्याउँछ नै, समाजलाई पनि अपूरणीय क्षति पुऱ्याउँछ।

पत्रकार

जनता र सबै यथार्थ वस्तुस्थिति बिचको साँघु हो पत्रकार। समाजमा पत्रकारको ठुलो दायित्व हुन्छ। समाजलाई सही दिशामा डोऱ्याउन र देशको भविष्य कुन दिशामा ठेल्ने योजनामा समेत उसको अहम् हात हुन्छ। यसैले त पत्रकारितालाई सबभन्दा जटिल चुनौती पत्रकारबाट नै छ। जब एउटा पत्रकारले नैतिकता र पेसा प्रतिको धर्म बिर्सेर सामाजिक, राजनैतिक विसङ्गति, भुईमान्छेको सङ्घर्षलाई पन्साएर औसरवादी राजनैतिक गतिविधिको समाचार लेख्न आतुर रहन्छ, नेताका अन्तरवार्तालाई दिनचर्या बनाउँछ, तब लोकतन्त्रको जरामा धमिराको दलिमली मच्चिन्छ। वास्तवमा पत्रकारले नेतालाई पनि त्यति नै मात्र महत्त्व दिनु पर्ने हो, जति उसले एउटा साधारण जनतालाई दिन्छ। आजभोलि समाचारलाई केलाएर पढ्दा भ्रष्ट राजनीतिको बतासले पत्रकारलाई बेस्सरी मुसार्न थालेको प्रस्ट हुन्छ।

पत्रकारलाई चुनौती

लोकतन्त्रमा जब पावर सत्ताको हातमा बढ्छ, जनता अघोषित गुलामीको घेरोमा पर्छन्। पत्रकारलाई जटिल चुनौतीको समय भनेकै यही हो, किनभने यही समय हो, जहाँ कलबुर्गी, गौरी लङ्केस जस्ता कर्तव्यनिष्ठ पत्रकारहरूको उग्र राष्ट्रवादीहरूको हातबाट रहस्यमय हत्या हुन्छ। वास्तवमा यस्ता घटनालाई विशेष गरेर सन्त्रासको माहौल सृजना गर्नलाई घटाइन्छ।

जीवन अनमोल हुन्छ। तर त्यस्तो जीवनको के मूल्य, जहाँ श्वास फेर्न अनुमति लिन परोस्। प्रकृतिको नियम हो जब पनि अत्याचारले सीमा नाघ्छ अनि मुन्टो उठाउँछ विद्रोहले, चाहे त्यहाँ हत्या नै किन नहोस्। अझ अनगिन्ती जन्मन्छन् गौरी लङ्केशहरू। तसर्थ डर या व्यक्तिगत स्वार्थको लपेटोमा बसेर पत्रकार हुँ भन्नु पत्रकार आफैका निम्ति लज्जास्पद र समाजको लागी श्राप हो।

जनता

पत्रकारिताको पाउला ओइलाउनुमा धेरथोर हात जनताको पनि हुन्छ। कतै झिना-मसिना स्वार्थले, त कतै अज्ञानतावश अनि कतै असुरक्षाको कारण। प्राय जसो जो अज्ञानताको कारण खबरहरूको सत्यता केलाउन सक्दैनन् उनीहरूले कसको विश्वास गर्ने त भन्दा मिडियाको साधारण मानिसको नलेजमा भएको कुरा त्यही हो, सञ्चार माध्यमले सत्य प्रसारण गर्छ। तर सत्यता अलग छ। सबै समाचार या विश्लेषण सही नहुन सक्छन् या शतप्रतिशत सही नहुन सक्छन्। कसरी छुट्टाउने आदर्श र बिकाऊ मिडियामा फरक? यसको कुनै निश्चित मापदण्ड त छैन। र पनि केही सङ्केत हुन्छन्, जसले अनुमान लगाउन भरपुर सहयोग पुग्छ- जस्तो कि मिडिया हाउस कसले चलाउँछ? मिडिया हाउसका सदस्य र पत्रकार कुन धर्म, सम्प्रदायसँग आबद्ध छन्? उक्त हाउसले जनताको मुद्दा डोऱ्याउँदै छ कि नेताको गुणगान सीमित छ? अघिको फलानो पत्रकार कस्तो लाग्छ भन्ने प्रश्नमा केही मानिसको धारणा हुँदो रहेछ, पत्रकार कति कर्तव्यनिष्ठ छ भन्ने मापदण्डमा मिडिया हाउसमा कसको दलबल छ.... पत्रकारको पत्रकारिता बाहेक अन्य के-के आयस्रोत छन् ? उसको र परिवारको जीवनशैली कतिको खर्चालु छ?

देश बडो धरापिलो कुइनेटोमा अघि बढ्दै छ। जनता अति सचेत हुन आवश्यक छ। जनता आफैले पनि हरेक राजनैतिक परिस्थितिको तुलनात्मक अध्ययन विश्लेषण गर्नु जरुरी छ। किनभने लोकतन्त्र बचाउने सिङ्गो जिम्मेवारी जनता कै हो।


चार दसकपछि प्रकाशित भयो -- ‘क्रान्तियोद्धा’

शमीक चक्रवर्ती


कथाजस्तै यो कहानी नसुनाएर बस्न सकिन।

गत वर्षको अक्टोबरमा विमल लामाको बाङ्ला उपन्यास ‘नुन चा’लाई नेपालीमा मैले अनुवाद गरिसकेपछि त्यो ‘नुनको चिया’ लाली गुराँस प्रकाशनबाट प्रकाशित भयो। पुस्तक लोकार्पण कार्यक्रमको श्रृङ्खलामा थियो नेपाली साहित्यको एउटा धरोहर भनेर चिनिने डुवर्सको बाग्राकोट चिया बगान पनि। त्यो दिन भव्य समारोहको आयोजना गरिएको थियो। क्षेत्रका धेरै अग्रज र विद्वान व्यक्तिहरूको उपस्थिति रहेको थियो त्यस कार्यक्रममा। त्यही कार्यक्रमका आयोजकहरूमध्ये एकजना थियो नारायण भाइ। केही पछि सिलगढीमा ऊसँग भेट भयो मेरो। नेपाली स्नातकोत्तर अध्ययनरत हाम्रा कमरेड नारायणको घर बाग्राकोटमै हो। पछिल्लो त्यो कार्यक्रम सकिएपछि साँझ गाउँका अवकाशप्राप्त शिक्षक गङ्गाप्रसाद प्रधानले उनलाई केही भन्न बोलाएका थिए। के भन्न? त्यही कुरा भन्नलाई नारायणले गोजीबाट एउटा चिट्ठा निकाल्यो, र “गङ्गा सरले एउटा पुस्तक अनुवाद गर्नुभएको छ, हामीले त्यसलाई प्रकाशन गर्छौँ कि भनेर सोधिरहेका थिएँ। मूल पुस्तकको नाम... पर्ख भन्दैछु... हाउ दा स्टील... वज टेम्पर्ड अरे...!” उसले भन्यो। 

नेपालीमा कविता-निबन्ध लेख्ने सिद्धहस्त नारायण नेपाली साहित्यको राम्रो अध्येता भए तापनि अङ्ग्रेजी भाषा र साहित्यको धेर ज्ञान ऊसँग नभएकोले यो किताबको नाम उसको लागि अपरिचित थियो। तर त्यतिञ्जेल म त जुरुक्क उठेर खडा भएसकेको थिएँ। 

पाभेल... स्वयं पाभेल कोर्चागीन टुप्लुक्कै देखा पऱ्यो मेरो दिमागभित्र, साथमा छ तोन्या, शान्त पोखरीमा माछा मार्न बसेकी छ। रूसी क्रान्तिमाथि आधारित अजम्बरी उपन्यासका पात्रपात्राहरूले स्वात्तै फर्काइदिए हाम्रो किशोरावस्थामा झलझली। 

घोडचडी पार्टिजानहरूले घोडाको खुर बजार्दै दौडिरहका छन्... लालसेनाहरू मजदुर-किसानको मुक्तिका सन्देशसित पार गरिरहेका छन् एकपछि एक जनपद... 

निकोलाइ अस्त्रोभस्किको उपन्यास हो-- बङ्गला अनुवादको नाम हो ‘इस्पात’, जुन पढेर हामी हुर्केका हौँ।

म उत्तेजनाले दङ्ग परेँ, “के भन्दैछौँ? इस्पात अनुवाद गर्नुभो गङ्गा सरले?”

“हो, तर अहिले होइनँ। सत्तरीको दशकमै गर्नुभाको थियो अरे! त्यतिकै फाइलमा थन्काइ राखिएको थियो। जसलाई पढ्न आवश्यकता थियो उसले हस्तलिखित पाण्डुलिपि नै लिएर जान्थे रे। एउटै पाण्डुलिपि हात-हातमा घुमेको थियो।”

घोडचडी पार्टीजानहरूको हुललाई जति परावास्तव भनेर लाग्दैथ्यो, यो घटना पनि त्यति नै अनौठो लाग्यो। म भन्दै गएँ, “तिमीलाई थाहा छ! इस्पात भन्ने किताबले हाम्रो लागि के अर्थ राख्छ! तिमीलाई थाहा छ! हाम्रो अघि-पछिका पुस्ताहरूका कतिजनाको नाम पाभेल थियो...!” 

यस पुस्तकको महत्व बुझाउन हजारौँ किसिमको कोसिस गर्दै छु म। तर नारायणले सायद बुझेनन्, यति मात्रै बुझे होला कि केही न केही ठूलो कुरा पक्कै छ यसभित्र। र म भने सोच्दैछु, त्यस्ताकका सोभियत सङ्घबाट आउने मोटो सेतो पन्नाको मिशा वा सोभियत देश पत्रिका वा इश्कुल कि त इस्पात जस्ता उपन्यासको फ्ल्यासब्याक, जुन जनसमुदायको कलेक्टिभ मेमोरीमा छैन, त्यसको अबको पुस्ताले यो पुस्तकलाई लिएर कति उत्तेजित हुन्छ र!

नारायण भनिरहेको छ, ‘पन्नाहरू पुरानो भइसकेको थियो, अब फेरी फेयर गरेर लेख्दै हुनुहुन्छ सरले, अलिकति सम्पादन पनि गर्नुहुँदैछ रे। प्रथम खण्ड फाइनल भइसक्यो, दोस्रो खण्डको केही पन्ना बाँकी छ। जाउँ न! एक दिन हामी सबैजना सरलाई गएर भेटौँ।”

अर्को हप्ता, बाग्राकोटमा हाम्रो जनस्वास्थ्य क्लिनिकको दिन। साँझपख हामी गङ्गा सरकोमा गयौँ। नारायणसँग म र छेवाङ। सरले पानी–चिया–बिस्कुटसँगै त्यो फाइल पनि ल्याइदिनुभयो। चियाको चुस्की लिँदै छेवाङ कथामा हराएको देखियो। 

मलाई सम्झना आउन थाल्यो पुस्तकको प्रथम दृश्य, “केकमा खरानी कसले मिसाएको छ?- फादरको प्रश्नले कक्षाकोठामा केटाहरूको हुल आत्तिरहेको छ। केही बेरपछि, छेवाङले आफ्नो अनुहार उठायो, “दाम्मी छ अनुवाद, मलाई त यो अनुवाद पढेको जस्तै लागेन।”

अब चाहिँ पाण्डुलिपि मेरो हात पऱ्यो। सफा र सुन्दर हस्ताक्षर, पाभेलहरूको यो कहानी पढ्ने उमेरमा जस्तो हस्ताक्षरलाई आदर्श मानिन्थ्यो, ठिक त्यस्तै हो। बाङ्ला हस्ताक्षर मेरो राम्रै थियो, तर आजकल कम्ती नै लेख्छु, र हातले त झनै कम। नेपाली लेख्नु त मैले टाइपिङबाटै सिकेको हुँ, र मेरो हस्ताक्षर बिल्कुलै राम्रो छैन। केही क्षणका लागि आफ्नो सुन्दर हस्तलेखन गुमाएकोमा अलिक दुखी महसुस गरिसकेर मैले सरको फाइलपट्टि ध्यान फर्काएँ। आफ्नो गोजीबाट मेरो फोन निकालेँ र गुगल लेन्स एप निकालेर ओसीआर गर्नेसाथ निक्लेर आयो सपाट टेक्स्ट, जसको लगभग 95 प्रतिशत नै सठिक देखियो। 

त्यसपछि, त्यही दिन गङ्गा सरले आफ्ना बहुमूल्य सिर्जनाको तयारीबारे खुलासा गरे। उनले विश्व साहित्य र भारतीय भाषाका चुनिन्दा कथाहरू पनि अनुवाद गर्दै आएका छन्। उनले चुपचाप काम गरेका छन्, अथक रूपमा। यस्ता व्यक्तिसामु नतमस्तक हुन मन लाग्छ।

हामीले यो पुस्तक प्रकाशन गर्ने निर्णय गरिसकेकै थियौँ। अरुहरू पनि गर्नेछौँ। लाली गुराँसको 10औँ वर्षगाँठ मनाउँदै गर्दा यो पुस्तक, एन फ्र्याङ्कको डायरीसँगै विमोचन गरिने छ... यो भन्दा राम्रो के हुन सक्छ र?

लामो छलफलपछि नेपाली संस्करणको नाम ‘क्रान्तियोद्धा’ राखियो। पुस्तक समयमै प्रकाशित भयो। सायद पहिलो दिनको मेरो विस्मित हुने कुरालाई सम्झनामा राख्दै कार्यक्रमका सञ्चालक नारायणले पुस्तक परिचय गराउन फेरि मलाई नै बोलाए। मैले वक्तव्यमा मेरो कुरा राखेँ, तर अनुवादकको भनाइले फेरि अचम्ममा परेको छु- बहुप्रतिभाशाली गङ्गाप्रसाद प्रधानले आफ्ना विद्यालय-शिक्षकको नयाँ जीवन सुरु गर्दा जुन किताब अनुवाद गरेका थिए, आज शैक्षिक पेशाबाट अवकाशपछि मात्रै त्यो किताब प्रकाशनमा आउँदैछ। 

कस्तो आश्चर्यको कुरा! त्यसपछि हाम्रा साथी रबिनले बोले। रबिन खवास। डुवर्स नेपाली साहित्य विकास समितिको प्रमुख सङ्गठक मध्ये एक हुन्। उनी निकै भावुक भए। जुन पुस्तकको हस्तलिखित पाण्डुलिपि पढेर ऊ र उनका साथीहरूले एक हलचलपूर्ण युवावस्था बिताए। आज 44 वर्षपछि त्यो पुस्तक प्रकाशित भएकाले उनलाई धेरै हर्षित देखिएको थियो। 

हर्षित हामी पनि छौँ। यत्रो लामो समयसम्म स्तब्ध भइरहेको किताब अब अन्तमा पाठकका हात-हातमा पुग्नेछ भनेर!