Thursday, June 27, 2013

सम्पादकीय : मई-जुन २०१३

के हामीले प्रश्न गर्नु पर्ने होइन र ?

पुँजीवादले कसरि अन्तर्राष्ट्रियरूपले मानिएको नियमलाई आफ्नो फाइदाको निम्ति उल्लंघन गर्छ त्यो त हामीले देखेकै कुरो हो, जस्तै ८ घण्टे कामको अवधि । विकाशशील देशहरूमा त श्रमिकहरूलाई १०-१२ घण्टासम्म काम गराउन त अहिले सामान्य कुरा हो। भर्खरै चिया बगानहरूमा ९ घण्टे कामको चलन त हामी जही-तही देख्दैनै छौँ । कामको अवधि बढाइने नीति त पुरानो ढाँचाको उद्योग देखि लिएर आधुनिक ठुल्ठुला आई टि क्षेत्र र कल सेन्टरहरूमा पनि लागु गरिएको छ । भारतमा सङ्गठित कार्यस्थलमा पनि प्रत्येक २० जना मजदुरमा एकजनाले ८ घण्टाभन्दा बेसिनै काम गर्न पर्छ । मजदुर सङ्गठन भएकै ठाउमा पनि श्रमिकहरूलाई कुनै अवकाश वा विश्राम नदिईकन काममा खटाइन्छ । र मे डे यसैको निम्ति हो। सन् १८८६ को स्वर्णिम सङ्घर्षले श्रमिकहरूको अधिकारको निम्ति दह्रिलो खाँबो गाडेको छ । यो सङ्घर्षको निरन्तरता स्वरूप जम्मै खटीखाने र सचेत मानिसहरूले सोच्न पर्नेछ कि जम्मै मानिसहरूले एउटा आत्मसम्मानको जीवन जिउन पाउन पर्ने हो । आज पनि ज्यादा जस्तो श्रमिकहरूको निम्ति सामाजिक सुरक्षा खोक्रो बाचा जस्तै हो । कार्यस्थलमा कानुन व्यवस्थाको निरीक्षण र त्यसलाई लागु गर्ने प्रथा एकदमै कमजोर र थोत्रे भइसकेको छ, त्यसैले कार्यस्थलमा श्रम अधिनियमहरूलाई तोड्न जस्ता घटना त दैनन्दिनको कथा भइसकेको छ । महिला श्रमिकहरूको अवस्था त झन् दयनीय छ । महिला श्रमिकहरूले पनि समान कामको समान ज्याला पाउनु पर्छ, कार्यस्थलमा महिलाहरू प्रति भएको हिंसाको कठोर निन्दा गर्न पर्छ र उनीहरूको घर भित्रको कामको योगदानलाई पनि महत्व दिन पर्छ । यही कुराहरूलाई नै हामी यो अंकको सम्पादकीयमा भन्न चाहन्छौँ  कारण वर्तमान परिस्थितिमा मजदुरहरूको स्थिति दिन दिने बत्तर हुँदै गई रहेको छ । अनि हामीलाई अचम्भ लाग्छ यस्तो किन भइरहेछ? विज्ञान र प्रविधिकि, आविष्कार र नविनिकरणमा भएको भयङ्कर विकाशले त सम्पूर्ण समाजको निम्ति नै कम्ती कामको अवधि ल्याउनु पर्ने हो । तर, अचम्भको कुरो के हो भने यसले कामको अवधि, शोषण,  विषमता र भोको जनताको गन्ति दिन प्रतिदिन बढाको बढाकै छ । त के हामीले प्रश्न गर्नु पर्ने होइन र ?



सङ्घर्ष संवाद : मारुती मजदुर आन्दोलन

“...मारुती-सुजुकी के मजदूरों कितना एडभान्स हैं, तुम ये एक उदाहरण सुनो। वे मैनेजमेंट से अपने बच्चों की पढाईका खर्च ८००० रुपियाँ प्रतिमाह मांग कर रहा हैं। और मैनेजमेंट ने भी प्रश्न किया क्यों ईतना रकम चाहिएं, वो भी सिर्फ बच्चों की फ़ीस चुकाने के लिये ? तो जवाब में मजदूरों ने बोला, आप लोगों के बच्चों तो D.P.S, Goenka जैसे इन्टरनेशनल स्कूलों में जाती हैं। हमारे बच्चों की भी अधिकार बनते है ऐसे स्कूलों से शिक्षा हासिल करने का, इसलियें फ़ीस चुकाने के लिए ८००० रुपियाँ चाहियें।”

साथी नयनले यी कुरा सुनाएको लगभग १.५ वर्ष बीतीसक्यो। त्यतिबेला हामी अवाक् भएर मारुती मजदुर आन्दोलनको किस्साहरू सुनेका-सुनेकै थियौँ। र उता हरियाणाको मानेसर स्थित मारुती-सुजुकी प्लान्टमा मजदुरहरूको एक सुरमा आफ्नो अधिकारको आवाज बग्दैथ्यो। खबर गरम-गरम थियो र अहिले सम्म ताजै छ। आफ्नो अधिकारको लडाइको निम्ति आफ्नै ट्रेड युनियनको जरुरत मारुती मजदुरहरूलाई थाहा थियो किनभने प्रतिष्ठित ट्रेड युनियनहरूले मालिक सँग मिलेर मजदुर आन्दोलनलाई कसरी विथोल्छ, यी मजदुरहरूलाई थाहा छ।

मारुती आन्दोलन— एउटा चित्र            

" सरकार हमसे डरती है/ पुलिसको आगे करती है !"




मारुती मजदुरहरूले आज भन्दा लगभग दुई वर्ष अघाडी मारुती म्यानेजमेन्ट र श्रम विभागलाई युनियन बनाउने संविधानिक अधिकार, अस्थायी र ठेकेदार मजदुरहरूको स्थायीकरण, कामको राम्रो वातावरण, ज्याला वृद्धिको मांग गरे। म्यानेजमेन्ट र श्रम विभागले कानमा तेल हाल्नु नमान्दा मजदुरहरूले ४ जुन २०११-को दिन आफ्नो प्रभावशाली हतियार फ्याक्ट्री हडताल गरे। १३ दिनको हडताल पछि पनि म्यानेजमेन्ट र सरकार पक्षले मजदुर एकता र मनोबल भङ्ग पार्नु नसक्दा उनीहरू सँग सम्झौता गर्ने भए। तर उनीहरूले सम्झौताको उल्लंघन गर्दा फेरी मजदुरहरूले २८ जुलाई देखि ३० सितम्बरसम्म फ्याक्ट्री हडताल गरे। यस बिच म्यानेजमेन्ट पक्षले सयौँ षड्यन्त्र रचे र पनि आन्दोलनलाई केही असर नपर्दा मजदुरहरू माथि कारबाही गरे। ७ अक्टोबरको दिन मजदुरहरूले फ्याक्ट्री भित्र नै धर्ना बसे तर १५ अक्टोबरमा भारी पुलिस बलद्वारा उनीहरूलाई फ्याक्ट्री बाहिर निकाल्यो र मजदुरहरू बाहिर नै धर्नामा बसे। १९ अक्टोबरमा मारुती म्यानेजमेन्ट र श्रम अधिकारीहरुले त्रिपक्षीय बैठक बोलाएर मजदुरहरू सँग सम्झौता गरे। 

यति जोडतोड सङ्घर्ष गर्दागर्दै मजदुरहरूको आफ्नो स्वतन्त्र युनियन २२ फरवरी २०१२मा पंजीकरण भयो। साथै १३ जना मजदुरहरूलाई पनि म्यानेजमेन्टले कामबाट निकालिदिए। तर यी मजदुरहरूको युनियन, मारुती-सुजुकी वर्कर्स युनियनले आफ्नो मांगहरुमा अडिग रहेर चार्टर ओफ डिमान्डस म्यानेजमेन्टलाई पेस गर्ने तयारीमा थियो। तर मजदुरहरूका एकता देखेर गुम्सिएको म्यानेजमेन्टले फेरी डरलाग्दो षड्यन्त्र रचे। 

१८ जुलाईको दिन एक मजदुरलाई जातपातको गाली दिएर निकाल्दा मजदुरहरूले तीव्र विरोध गरे अनि वार्ताको निम्ति युनियन पक्षलाई बोलायो। तर वार्ताको समय म्यानेजमेन्टले ल्याएको गुण्डाहरुले अन्धाधुन्ध मारपिट गऱ्यो अनि ती मालिकको गुण्डाहरुले आगो लगाउदा एक जना एइच. आर. म्यानेजरको मृत्यु भयो। 

यस घटनामा मारुती मजदुरहरूलाई दोषी देखाएर उनीहरूलाई जेलखानामा थुनिदियो। यस घटना पश्च्यात मारुतीका ५४६ स्थायी र १८०० अस्थायी मजदुरहरूलाई कामबाट निकालिदिए र आज ३०० दिन भन्दा ज्यादा भइसक्यो १४७ मजदुरहरू जेलमा अमानवीय जीवन जिउँदैछन्। यसको निरन्तरतामा मजदुर र उनका परिवारहरुले म्यानेजमेन्ट र पुलिसको धेरै धम्की र मानसिक यातना खप्नुपर्यो। 

जेल बाहिरका मजदुरहरूले फेरी त्यही मांगहरु, निष्काशित मजदुरहरूलाई फेरी काममा फिर्ता लिने अनि निर्दोष १४७ जना जेल खटिरहेका मजदुरहरूको रिहाइको मांग लिएर २४ मार्च, २०१३ देखि हरियाणाको कैथल भन्ने ठाउँमा अनिश्चितकालीन धर्नामा बसे अनि २८ मार्चमा आमरण भोक हड्तालमा बसे जसमा वरिपरिका मानिसहरूको पनि समर्थन थियो। ४ अप्रिलको दिन हरियाणाको मुख्यमन्त्री र उद्योगमन्त्रीले मारुती मजदुरहरूको समस्या लिएर मारुती म्यानेजमेन्ट र श्रम विभागसँग वार्ता गर्ने आश्वासन दिए। यी आश्वाशन लिएर मजदुरहरूले भोक हड्ताल फिर्ता लिए। तर त्यसपश्चात न कुनै मजदुरलाई काममा लियो न त कसैलाई जेलबाट मुक्ति दियो। 

८ मईको दिन मारुती मजदुरहरूको पुकारमा महा पंचायत भयो जसमा यी मजदुरहरूलाई धेरै अन्य कारखानाका ट्रेड-युनियन र पंचायत सरपन्चहरुले पनि साथ दिने भए। प्राय ८४ वटा गाउँका सरपन्चहरुले सरकारलाई मारुति मजदुरहरुका मांग पूर्ण गरियोस भनेर पत्र चढाए। त्यसको प्रतिक्रियामा सरकारले ती गाउँहरूका अनुदान रोकिदिने धम्की दिए। यही निर्णय भयो यदि सरकारले मजदूरहरुका मांगमा चाँसो राख्दैन भने वा दस दिन सम्म कुनै निर्णय लिँदैन भने १९ मईमा उद्योग मन्त्रीको घर घेराउ गर्ने। 

१८ मईको राति ११.३० बजी सुतिरहेका जम्मा १०० मजदुर र उनीहरूलाई समर्थन दिने एक्टिभिस्टहरुलाई  पुलिसले गिरफ्तार गरे। पक्राउ परेका एक्टिभिस्टहरुमा जवाहरलाल नेहरु विश्वविद्यालयका रिसर्च स्कलर एवं क्रान्तिकारी नवजवान सभाको सदस्य अमित र इन्कलाबी मजदुर केन्द्रका श्यामवीर थिए। 

१९ मई को दिनमा भारी सङ्ख्यामा मजदुरपरिवार र विभिन्न गाउँका समर्थकहरु घेराउको निम्ति भेला हुँदा पुलिसहरुले अन्धाधुन्ध महिला, बालक र वृद्धहरुलाई पनि लाठीचार्ज गरे, आसुँ-ग्यासको प्रहार गरे, वाटर-क्यानोनले भीडलाई लछारपछार गरिदिए। यति मात्रै होइन मारुती प्रोविजनल वर्कर्स युनियनका कर्मट विश्वासीलो नेता राम निवासलाई पुलिसले यातना दिने क्रममा त्यही घटनास्थलमै वेहोस भएर लडे र उ सँगै अरू जम्मा ११ जना मारुती श्रमिक र आन्दोलन समर्थक एक्टिभिस्टहरुलाई गिरफ्तार गरे। यी ११ जनालाई आई.पी.सी-को धारा 148, 149, 188, 283, 332, 353, 186, 341, 307, आर्म्स एक्ट (25) सम्पतिको क्षति (पीडीपीपी ऐक्ट-3) लगाएर गिरफ्तार गरेको छ। यी ११ जनामा दीपक बक्सी जो पश्चिमबंगालको हुगली जिल्लामा अवस्थित हिन्दमोटर संग्रामी श्रमिक कर्मचारी युनियनको जेनेरल सेक्रेटरी र मारुति युनियनको सल्लाहकार हुन्, मजदुर अखबार श्रमिकशक्तिको संवाददाता सोमनाथ, हिसारको ग्राम पंचायत नेता सुरेश कोथ जस्तो सामाजिक कार्यकर्ता र  पत्रकारलाई गिरफ्तार गरेको छ। 



यस घटनाको प्रतिवादमा धेरै ट्रेड युनियन, युवा र विद्यार्थी सङ्गठन, मजदुर सङ्गठन उत्रेका छन्। अहिले दिनहुँ हरियाणा र दिल्लीमा प्रतिवाद जुलुस र सभाहरु चल्दैछ। मारुती मजदुरहरूको समर्थनमा देशका धेरै राज्यहरूमा विभिन्न ट्रेड युनियनहरुले पनि प्रतिवाद जनायो। हरियाणा सरकारले मालिक तर्फबाट लड्ने वकिललाई सरकारी खजानाबाट १.४४ करोड रकम दियो र यस घटना र अरु संपूर्ण घटनाक्रमबाट स्पष्टहुन्छ  कि सरकार कस्तो निर्लज्जता सँग मालिकवर्गलाई मद्दत गरिरहेको छ भनेर। मारुती म्यानेजमेन्ट र भुपेन्द्र हुड्डाको हरियाणा सरकारले चलाएको शोषणको छानविन गरेर मानवाधिकार सङ्गठन पीयुडीआर अनि इन्टरनेशनल कमिसन ओन लेबोर राइट्सले एउटा रिपोर्ट निकालेको छ जसमा म्यानेजमेन्ट, लेबोर डिपार्टमेन्ट र पुलिसले गरेको अत्याचारको खण्डन गरिएको छ।

मजदुरहरूको श्रमबाट कमाएको २०१३-को जनवरी-मा मार्च भित्रमा मात्र मारुती-सुजुकीले रिकर्ड नाफा ११४७.५ करोड रुपिया थियो भने मजदुरहरूलाई निरन्तर शोषणमा राखेर मजदुरको खून-पसिनालाई अनेकौँ नाफामा परिणत गर्नु यस कम्पनीको मूल सिद्धान्त छ। मारुती आन्दोलनबाट उठेको एक-एक मुद्दा संवेदनशील मात्र नभएर मजदुर अधिकार र आन्दोलनको निम्ति आवश्यक छ।
  थेण्डुप लामा



स्वर्णिम इतिहास : मई दिवसको इतिहास

(अलेक्जेण्डर ट्राक्टनवर्ग द्वारा लिखेको इतिहासको संक्षिप्त रूप)

सन् १८७२ मा मजदुर र समाजवादी पार्टीहरूको प्रथम अन्तर्राष्ट्रियको मुख्य अड्डा लण्डनबाट न्यूयोर्कमा सारियो। त्यसपछि यसले अन्तर्राष्ट्रिय सङ्गठनको रूपमा काम गर्न बन्द गरिदिएको थियो, यद्यपि सन १८७६ सम्म त्यसलाई औपचारिक रूपमा भङ्ग गरिएको थिएन। सन् १८८९ मा पेरिसमा पुनर्गठित अन्तर्राष्ट्रियको (यसपछि पछि गएर दोस्रो अन्तर्राष्ट्रियको नाम दिइएको थियो) प्रथम महाधिवेशन भयो। त्यो महाधिवेशनले के निर्णय गऱ्यो भने मई महिनाको पहिलो दिन संसारका सबै मजदुर सङ्गठनहरू र राजनीतिक पार्टीहरूमा सङ्गठित मजदुरहरू दिनको आठ घण्टाको महत्वपूर्ण राजनीतिक मागको निम्ति सङ्घर्षमा उत्रून्। 

यद्यपि यस देशमा (अमेरिका) हुने गरेका हड्तालहरूको विशेष कारण तलबमा वृद्धि गर्ने मात्र देखिन्छ, तैपनि मजदुरहरूले आफ्ना मागहरू प्रस्तुत गर्दा काम गर्ने घण्टा (अवधि) कम गर्ने र सङ्गठन बनाउने अधिकारको प्रश्नलाई पनि अघि सार्ने गरेका थिए। जति जति शोषण तीव्र हुँदै गइरहेको थियो, मजदुरहरूले अमानुषिक ढङ्गबाट धेरै घण्टासम्म काम गर्नुपर्ने बोझको निक्कै कठोर अनुभव गर्दै गइरहेका थिए। त्यति त्यति कामको घण्टा कम गराउने माग अझ मुख्य हुँदै जान थालेको थियो। 

 उन्नाइसौं शताब्दीको आरम्भमा नै अमेरिकाका मजदुरहरूले घाम झुल्केदेखि घाम नअस्ताएसम्म धेरै बढी घण्टासम्म गर्नुपर्ने कामको विरोधमा आवाज उठाउन थाले। त्यसबेला व्यापक रूपले मजदुरहरूबाट 'सूर्योदयदेखि सुर्यास्त' नभएसम्म काम लिने गरिन्थ्यो। त्यसबेला मजदुरहरूबाट दिनभरीमा १४, १६ यहाँसम्म कि १८ घण्टासम्म पनि काम लिइनु असाधारण कुरा थिएन। सन् १८०६ मा फिलाडेल्प्कियामा हड्ताल कम गर्ने सार्कीहरूका नेताहरूमाथि षड्यन्त्र गरेको आरोप लगाई मुद्दा चलाइयो। त्यसबेला मात्र मजदुरहरूबाट १९-२० घण्टासम्म काम लिइने गरेको कुरा स्पष्ट भयो।  

सन् १८२० देखि १८३० सम्ममा काम गर्ने घण्टा कम गराउनका लागि निक्कै हड्तालहरू भएका थिए। विशेष रूपले दिनमा १० घण्टा मात्र काम गर्नुपर्ने व्यवस्थाको माग धेरै उद्योगका केन्द्रहरूबाट उठाइएको थियो। विश्वको सबभन्दा पहिलो मजदुर सङ्गठन फिलाडेल्प्कियाका मेकानिकहरूको सङ्गठनलाई मानिन्छ। यो सङ्गठन (युनियन) बेलायतको मजदुर युनियनभन्दा दुईवर्ष अघि बनाइएको थियो। यो त्यही युनियन थियो जसले १८२७ मा फिलाडेल्प्कियाको इंटाको काम गर्ने (राज) मजदुरहरूको हड्ताललाई सञ्चालन गरेको थियो र दिनको १० घण्टाको कामको लागि माग गरेको थियो। उद्योगहरूमा १० घण्टाको काम गर्ने माग पूरा हुन थालेको थियो उत्तिखेरै मजदुरहरूले आठ घण्टाको काम गर्ने माग तीव्र पार्न थालिहाले। १८५०-६० को बिचमा थुप्रै मजदुर युनियनहरूको छिटो छिटो सङ्गठन हुन थाल्यो। यसबाट आठ घण्टा काम गर्ने मागलाई निक्कै बल पुग्यो। काम गर्ने घण्टा कम गराउने आन्दोलन अमेरिकामा मात्र होइन, जहाँ जहाँ पुँजीवादी अर्थव्यवस्था अन्तर्गत मजदुरहरूको शोषण भइरहेको थियो ती सबै देशहरूमा पनि चल्दै थियो। यो के कुराबाट छर्लड्ड हुन जान्छ भने सुदूर अष्टे्रलियाका राज (इंटाको काम गर्ने डकर्मी) मजदुरहरूले पनि आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन अनि आठ घण्टा आरामै गर्ने मागलाई तीव्र पारेका थिए र उनीहरूले १८५६ मा त्यस मागलाई प्राप्त पनि गरेका थिए। 

अमेरिकाको एउटा नौलो मजदुर सङ्गठनका प्रतिनिधिहरूले गरेका थिए। त्यो सङ्गठनको नाम थियो १४५फेडरेशन अफ अर्गनाइज्ड टे्रड्स एण्ड लेबर युनियन अफ दि युनाइटेड स्टेट्स एण्ड क्यानाडा१४६ (अमेरिका र क्यानाडाका सङ्गठित व्यापार र मजदुर सङ्घको फेडरेशन) यसलाई पछि गएर संक्षिप्त नाम दिइकन अमेरिकी फेडरेशन अफ लेबर राखियो। त्यसै सङ्गठनको चौथो अधिवेशनमा अक्टुबर १८८४ मा तलका प्रस्ताव पास भएका थिए। 

 ‘अमेरिका र क्यानाडाका सङ्गठित व्यापार र श्रमजीवी सङ्घले के प्रस्ताव पास गर्छनभने पहिलो मई १८८६ देखि कानुन बमोजिम दिनमा काम गर्ने समय ८ घण्टाको हुनेछ, अनि हामी आफूसित सम्बन्धित सबै मजदुर सङ्गठनहरूसित के अनुरोध गर्दछौँ भने उनीहरूले आफ्ना नियम त्यस्तै ढङ्गका बनाउन, जुन यस प्रस्तावमा उल्लेख गरिएको समयको अनुकूल होस्।

सन् १८८५-८६ का माझ जति पनि हड्तालहरू भएका थिए, अघिल्लो वर्षका हड्तालहरूसित त्यसको तुलना गर्दा के कुरा स्पष्ट हुन्छ भने मजदुर आन्दोलनमा एक किसिमको अपार जोस थियो। मजदुरहरू सन् १८८६ को पहिलो मईका लागि मात्र गतिविधिको तयारी गरिरहेका थिएनन्, बरु सन् १८८५ मा नै हड्तालहरूमा मनग्ये वृद्धि भएको थियो। सन् १८८१ देखि ८४ सम्ममा भएका हड्तालहरू र तालाबन्दीहरूको अनुमानित सङ्ख्या ५ सय भन्दा कम थियो। अनि त्यसमा प्रत्येक वर्ष भाग लिने मजदुरको सङ्ख्या करिब करिब १ लाख ५० हजार थिए। सन् १८८५ मा हड्तालहरू र प्रतिबन्धहरू ७ सयसम्म पुगेका थिए अनि त्यसमा भाग लिने मजदुरहरूको सङ्ख्या एकाएक २ लाख ५० हजारसम्म पुगेको थियो। सन् १८८६ मा हड्तालहरूको सङ्ख्या १८८५ को भन्दा दोब्बर भयो अर्थात् १५७२ सम्म पुग्यो। अनि हड्तालमा भाग लिने कामदार मजदुरहरूको सङ्ख्या ६ लाखसम्म हुन गयो।  

 यो हड्ताल गर्ने आन्दोलन सन् १८७६ सम्मका कत्तिको फैलिसकेको थियो भन्ने कुरा के बाट बुझ्न सकिन्छ भने सन् १८८५ मा हड्तालहरूको लहरमा मात्र २ हजार ४ सय ६७ उद्योगका मजदुरहरूले भाग लिएका थिए। सन् १८८६ मा यो सङ्ख्या बढ्दै गएर ११ हजार ५ सय ६२ सम्म पुग्न गयो। नाइटस् अफ लेबरका नेताहरूको आपसी फाटोको अलावा के अनुमान लगाइएको थियो भने ५ लाखभन्दा पनि बढी मजदुरहरूले सोझै ढङ्गबाट आठ घण्टाको कामको दिनका निम्ति भएका हड्तालहरूमा भाग लिएका थिए। 

  हड्तालहरूको केन्द्र शिकागो सहर थियो, किनभने त्यही नै हड्ताल र आन्दोलन निक्कै व्यापक भएको थियो। तर धेरै अरू सहरहरूमा पनि यो आन्दोलन १ मईसम्ममा सुरु हुन थाल्यो। न्यूयोर्क, बाल्टिमोर, वाशिंटन, मिलवार्की, सिनसिनाटी, सेन्ट्लुई, पिट्र्सवर्ग र डै्रटोइट आदि आदि कैयौं सहरहरूमा हड्तालहरू निक्कै सफलतापूर्वक चल्न थाले। यस हड्ताल आन्दोलनको विशेष कुरा के थियो भने असंगठित र अपरिपक्कव मजदुर पनि यस आन्दोलनमा भाग लिन पुगे।

पहिलो मईको हड्तालको रूप शिकागोमा सबभन्दा बढी वीरतापूर्ण थियो, किनभने त्यो (शिकागो) त्यसबेला वामपन्थी आन्दोलनको गढ थियो। यद्यपि  आन्दोलनको प्रश्नमा राजनीतिक दृष्टिले तिनीहरू राम्ररी स्पष्ट थिएनन्, तापनि त्यो एउटा साहसिलो आन्दोलन थियो। शिकागोको मजदुर आन्दोलन सधैँ मजदुरहरूलाई सङ्घर्षमा उतार्न र रहनसहन र काम गर्ने स्थितिमा आवश्यक सुधारका निम्ति मजदुरहरूमा सङ्घर्ष गर्ने वीरतापूर्ण भावना विकसित गर्नका निम्ति तत्पर रहन्थ्यो। 

  संघर्षशील मजदुर जत्थाहरूको मद्दतले शिकागोको हड्ताल सबभन्दा बढी व्यापक हुन गयो। आठ घण्टा कामको दिनका लागि हुने हड्तालको तयारीका लागि निक्कै अघिदेखि नै १४५आठ घण्टाको समिति१४६ स्थापित भइसकेको थियो। सेन्टड्ढल लेबोर युनियनमा वामपन्थी मजदुर युनियनहरू सामेल थिए।  पहिलो मईको पहिलो रविबारको दिन सेन्टड्ढल लेबोर युनियनले पहिलो मईको दिनको तयारीका लागि एउटा जुलुस निकाल्यो। त्यस जुलुसमा २५,००० मजदुरहरूले भाग लिएका थिए। 

  मई पहिलो तारिखका दिन सहरका सङ्गठित मजदुर सङ्गठनको आव्हानमा शिकागोका मजदुरहरूले आफूले गरिराखेको कामका ज्यावलहरू पर फालेर काम छोडी आन्दोलनमा भेला हुन आए। वर्ग एकताको यो एउटा अति नै प्रभावशाली प्रदर्शन थियो। त्यस बेलासम्मको मजदुर आन्दोलनमा यस्तो आन्दोलन अघि कहिल्यै देख्नमा आएको थिएन। त्यसबेला आठ घण्टा दिनमा काम गर्ने भन्ने कुराको निक्कै ठुलो महत्व थियो र त्यो माग पूरा गराउन जति ठुलो सङ्ख्यामा हड्तालहरू भएका थिए, त्यसबाट उक्त आन्दोलनलाई एउटा दरिलो राजनीतिक रूप प्राप्त भयो। त्यस दरिलोपनामा त्यसबेला झन बढी व्यापकता आउन थाल्यो र पछि केही समयमा नै यो आन्दोलन झनतेज भयो। आठ घण्टा कामको आन्दोलन जुन १८८६ को पहिलो मईको हड्तालमा परिणत भएको थियो, यसरी यो अमेरिकी मजदुरवर्गको वीरतापूर्ण इतिहासको एउटा प्रभावशाली अध्याय बनिसकेको छ। यति भए तापनि मजदुरहरूका दुस्मन चुप थिएनन्, मिल मालिक र सहरको सत्तामा बसेकाहरूले मिलिजुली बलियो फौजले शिकागोमा बढिरहेका मजदुरहरूको आन्दोलनमाथि रोक लगाए। तिनीहरूले के आशा गरेका थिए भने ठूलठूला नेताहरूलाई सखाप पारेर शिकागोका सबै मजदुर आन्दोलनलाई खतम पार्नमा उनीहरू सफल हुनेछन्। ३ र ४ मईमा भएका घटनाहरू जसलाई हे मार्केट (बजार) को समस्याको नामले पुकारिन्छ, सोझै पहिलो मईको कारणबाट भएका थिए। १४ मईका दिन हे मार्केटको स्क्वायरमा भएका प्रदर्शन यन्त्र मर्मत गर्ने कारखानामा हड्ताल गरिरहेका मजदुरहरूमाथि ३ मईका दिन भएको त्यो पाशविक आक्रमणको विरोध गर्न सङ्गठित गरिएको थियो। जसमा मजदुरहरूको एउटा सभामा निष्ठुरतापूर्वक प्रहार गरिएको थियो। त्यस प्रहारबाट ६ जना मजदुर मारिएका थिए र अरू निक्कै मजदुरहरू सख्त घाइते भएका थिए। सभा एकदमै शान्तिपूर्ण तरिकाले चलेर समाप्त हुनै लागेको थियो। त्यही बेला पुलिसले त्यहाँ भेला भएका मजदुरहरूमाथि आक्रमण र्गयो। हुलमा एउटा बम फेंकियो र जसबाट एकजना सर्जेन्ट (नायक हल्दार) मारियो र त्यसपछि भीडन्त हुन थाल्यो जसमा पुलिसका सात जना र मजदुरहरूमध्ये चार जना मारिए। हे मार्केट स्क्वायरमा मजदुरहरूको रगतको होली खेलियो, पारसन्, स्पाइस, फिशर र एंगेललाई फाँसीको दण्ड र शिकागोका अरू बहादुर मजदुर नेताहरूलाई कैदको सजाय दिनु मजदुरहरूको आन्दोलनलाई शिकागोका उद्योगपतिहरूको जवाफ नै थियो। यो के कुराको सङ्केत थियो भने देशभरमा सबै मालिकहरूले शिकागोका मालिकहरूले जस्तै काम गरून्। सन१८८६ को पहिलेका महिनाहरूमा मालिकहरूको आक्रमण यसैगरी बढ्दै गयो। उनीहरूले के निश्चित गरेका थिए भने सन१८८५ र १८८६ को हड्ताल आन्दोलनले गर्दा उनीहरूको जुन हानि हुन गएको थियो, तिनीहरूले त्यसलाई पूरा गरी छोड्ने छन्। 

शिकागोका मजदुर नेताहरूको फाँसी भएको एक वर्षपछि फेडरेशन जुन अब अमेरिकी फेडरेसन अफ लेबोरको नामले जानिन्छ। त्यसले सन१८८८ मा सेन्ट लुईको अधिवेशनमा फेरि आठ घण्टाको कामको दिन बारेको आन्दोलन सुरु गर्ने पक्का र्गयो। यसरी पहिलो मईको दिन एउटा परम्परा जस्तै रूपमा परिवर्तित भयो।

पुँजीको शोषण : एउटा डेनिमको शर्ट बनाउन कति पर्छ?


तपाईँले किनेको डेनिमको शर्टमा रगतको छिटा छ? निश्चय नै छैन, किनकि यस्तो महँगो शर्टहरू त चम्किलो प्याकेटमा ठुल ठुला शपिंग मलहरूमा बिक्री गरिन्छ अनि चलचित्रका महान् व्यक्तित्वहरूले पनि यही शर्ट लगाउछन्। तब त्यसमा रगतको छिटा कसरी होला? तर विश्वभरिका महान्, सज्जन अनि धनी मानिसहरूले लगाउने यी कपडाहरू कुन परिस्तिथिमा तयार गरिन्छ, तपाईँलाई थाहा छ? तेस्रो संसारबाट उच्च स्तरीय कपडा निर्यात हुदैन, बरु निर्यात हुन्छ मजदुरहरूको रगत, पसिना अनि श्रम जसको ठिक मूल्य मजदुरहरूले पाउदैनन्। ठुल ठुला उद्योगपतिहरूको सस्तोमा वस्तु तयार गर्ने अड्डा बनेको छ तेस्रो संसार, पसिनाको दोकान बनेको छ तेस्रो संसार।  ठुल्ठुला ब्रान्डको प्राय सबै कपडाहरू यही पसिनाको दोकानमा तयार गरिन्छ। उद्योगपति अर्थात् पुँजीपतिहरूले आफ्नो नाफाको तिर्खा मेटाउन मजदुरहरूको पसिना पिउछन्, पसिनाले नपुग्दा यिनीहरूलाई रगत पिउन बेर लाग्दैन। अविश्वसनीय परिस्तिथिमा मजदुरहरूलाई काम गर्न लगाईन्छ। कम्ती भन्दा कम्ती ज्याला, आधा भत्किएको कारखाना, अनि कपडाको रङ्गबाट निस्कने प्रदूषण। त्यहाँ न त हुन्छ न्यूनतम ज्यालाको प्रबन्ध, न मजदुरहरूको सुरक्षाको लागि ठोस कानुन, न ८ घण्टा कामको नियम न नै काम गर्ने सही वातावरण। 

पुँजीवादको विकाश सँग-सँगै धेरै अविकशित देशहरू पसिनाको दोकानमा परिणत भइसकेको छ। बांग्लादेश ती देशहरू मध्ये एक हो, जहाँ कानुन त छ तर खटिखाने जनताको सुरक्षाको निम्ति होइन। कानुनले त ठुल ठुला उद्योगपतिहरूलाई सुरक्षा दिन्छ। 



२४ अप्रेल, सूर्यले अरू अन्य दिन झैँ आकाशमा आफ्नो आगमन जनाईसकेको थियो। स्कुले नानीहरू स्कुल जान लागेको थिए, कपडा कारखानाका मजदुर कारखाना जान तयार थिए। हजारौँ मजदुरहरूले त्यही दिन आफ्नो ज्यान गुमाउनु पर्छ भन्ने कसलाई थाहाँ थियो र? ‘राणा प्लाजा ध्वस्त भयो रे’ अचानक टेलिभिजनमा खबर आँउछ। त्यहाँ काम गर्नेहरूका परिवार विचलित हुन्छन्, आखाँमा आशु अनि शरीरमा चिसो पसिना र कम्पन लिएर तिनीहरू घटनास्थल मा पुग्छन। तर कसरी खोज्ने इटा र सिमेन्ट मुनि दबिएका तिनीहरूको आफन्तहरूलाई। त्यो असहायता अनि वेदना सायद नै हामी कल्पना गर्न सक्छौ होला। नाफा कमाउने लालचले अन्धो बनेको पुँजीपतिहरूको साथै सरकारको लापरवाहीले गर्दा हजारौँ मजदुरहरूको ज्यान जादा मेरो शरीरमा बगिरहेको रगत उम्लियो, अनि यो स्वभाविक पनि हो। यदि यो घटनाको स्मरण गर्दा कसैको आँखामा आशु अनि मुटुमा प्रतिरोधको ज्वाला जल्दैन भने, उसलाई मान्छे भन्न ठिक नहोला। 

पश्चिमी ढाका स्थित ८ तल्ले बिल्डिंग राणा प्लाजा ध्वस्त हुन्छ, हजारौँ (११२७) मजदुर मर्छन अनि अझ धेरै (२५००) घाइते हुन्छन्। यो अहिले सम्मको सबै भन्दा ठुलो औद्योगीक दुर्घटना प्रचार प्रसारक माध्यमहरूले भन्यो, तर यो त एउटा हत्या काण्ड थियो, जसको सिकार हजारौँ मजदुर बने। केही सम्वाददाताहरू अनुसार राणा प्लाजा ढल्नु एक दिन अघाडीनै बिल्डिंगमा डरलाग्दो चिरा परेको थियो र श्रमिकहरूले डरले मालिकलाई भनेका पनि थिए तर बिल्डिंगको मालिक सोहेल राणाले मिडिया लाई त्यो चिराहरू डरलाग्दो हैनन् भनेर भनेका थिए, अनि २४ अप्रेल जुन दिन त्यो डरलाग्दो दुर्घटना घटेको थियो त्यही दिन पनि श्रमिकहरूलाई जबर्जस्ती काम गर्न लगाइएको थियो नत्र उनीहरूको एक महिनाको तलब काटिदिने धम्कि पनि मालिकले दिएको थियो। संसारको सबै भन्दा सस्तो ज्याला भएको देशमा यस्तै हुन्छ।  



 ११०० भन्दा बेसी मानिसहरू विशेष गरी महिलाहरू ब्रिटेनको रिटेलर जस्तै प्रिमार्कको निम्ति काम गर्थे। राणा प्लाजा ध्वस्त भएको सिलसिलामा पुलिसको रिपोर्ट अनुसार २००६ मा केवल पाँच तले बिल्डिंग बनाउने अनुमति दिइएको थियो राणा प्लाजालाई तर पछि अवैध कागज-पत्रको सहायताले अझ तीनवटा तला यसमा थपियो जसले गर्दा बिल्डिंग एकदमै अस्थिर र कमजोर भयो। बांग्लादेश यूनिवर्सिटी अफ इंजिनिअरिंग एण्ड टेक्नोलोजीको इन्जिनिएरहरूको एउटा दलको सर्वेक्षण अनुसार पाँचवटा मा तीनवटा कपडाको कारखानाहरूमा यस्ता दुर्घटना जहिले पनि हुनसक्छ। 

छ महिना अघि तज्रीन फ्याक्ट्रीमा भएको आगलागीले ११२ जना श्रमिकहरूको ज्यान लियो र तिनीहरूको लास नचिन्न सकिने हिसाबले जलाई राख्यो। आगलागीको सुरक्षा पनि एउटा अर्को ठुलो समस्या भएको छ। प्राणघातक आगलागीको तांत लागेको छ ढाकाको कयौँ फ्याक्ट्रीहरूमा।  सरकारी आंकडा अनुसार पनि भर्खरै घटेको यी दुईवटा डरलाग्दो घटनाहरूले कपडाको बंगलादेशी कारखानाहरूमा काम गर्ने १२३९ जना मानिसहरूको मृत्यु भइसकेको छ र हजारौँ मानिसहरू घाइते भएका छन्।   





बङ्गलादेश कपडाको निर्यातमा संसार दोस्रो स्थानमा आउछ। ८०% भन्दा ज्यादा कपडाहरू यहाँ बाट युरोप र अमेरिकामा निर्यात हुन्छ। झन्डै १३ बिलियन पाउण्डको कारोबार भएको उद्धोगले प्रायः ३.५ मिलियन मानिसहरूलाई रोजगार दिएको छ। 

 सेप्टेम्बेर २०१२ मा पाकिस्तानको दुईवटा यस्तै कपडाको कारखानामा भएको आगलागीले ३०० भन्दा पनि बेसी मानिसहरूको ज्यान लियो। भारतमा पनि विगतका वर्षहरूमा कपडाको फ्याक्ट्रीमा यस्ता दुर्घटनाहरू घटेको छ कलकत्तामै पनि यस्तो घटना घटिसक्यो। 

ज्यादा जस्तो तेस्रो संसार र दक्षिण एसियाली देशहरूमा यस्ता दुर्घटनाहरू घट्ने गर्छ, त्यसैले यी देशहरूलाई संसारको पसिनाको दोकान भनिन्छ जहाँ संसारभरिका पुंजिपतिहरू सस्तो भन्दा सस्तो श्रमको खोजीमा आउछन् तर सुरक्षाको कुनै प्रावधान भने लिदैनन्। सरकार पनि विदेशी मुद्राको लोभमा यस्ता पुँजीपतिहरूलाई निम्ताउँछन्। तर के श्रमिकहरूको ज्यानको सुरक्षा पनि उनीहरूको जिम्मा होइन जसको निम्ति उनीहरू दिनरात खट्छन्? अब तपाईँलाई पनि कसैले एउटा डेनिमको शर्ट तयार गर्न कति पर्छ होला भनेर सोधे , एक दुई सय मजदुरको ज्यान भन्नु होला।
  गुञ्जन राणा

रिपोर्ट : भर्ना खोलिएको छ बी. एड. कलेजमा!!


पश्चिमबंगाल राज्यको कम विकसित क्षेत्रहरू मध्ये उत्तर बंगल पर्छ। यसै ठाउँमा उत्तर बंग विश्वविद्यालय अवस्थित छ। यहाँ थुप्रै ठाउँबाट विद्यार्थीहरू पढ्नका लागि आउछन् जस्तै— उत्तर र दक्षिण दिनाजपुर, मालदा, मिदनापुर, जलपाईगुडी, कुचबिहार, दार्जीलिङ, अलीपुरद्वार, बाँकुरा, आदि जगहबाट विद्यार्थी आउने गर्छन्। यहाँ धेरैजसो ती निम्न मध्यम वर्गीय विद्यार्थीहरू भर्ना हुन्छन् जोसित राम्रो अंक त छ तर कलकत्ता, दिल्ली जस्ता ठुला ठुला विश्वविद्यालयमा पढ्न सक्ने परिवारको आय छैन। यहाँबाट बुझ्न सकिन्छ कि यहाँ आउने धेरै जसो विद्यार्थीहरूको प्रमुख आकाङ्क्षामध्ये आफ्नो घरको आर्थिक अवस्था सुधार्नको निम्ति एउटा राम्रो स्थायी सरकारी नौकरी हासिल गर्न पनि हो। तर १२ मार्चमा उत्तर बंग विश्वविद्यालयको शान्त वातावरणमा ७०-८० जना विद्यार्थीहरूका जुलुसको नाराले खैलाबैला मचायो। यस दिन विद्यार्थीहरूले आफ्नो ६ वटा मांगहरू एन.बी.यु. प्रशासन समक्ष पेस गरे —

१) बी.एड. फोर्मको शुल्क साधारण विद्यार्थीको निम्ति रु ९०० तबाट घटाएर रु ३०० र एस.सी. अनि एस.टि. वर्गका निम्ति रु २५० देखि रु १६० हुनु पर्छ। 

२) बी.एड. कलेजमा सिटहरूको बरोद्तरी हुनुपर्छ। 

३) बी.एड.मा हिन्दी पनि एक मेथोड पेपर हुनुपर्छ। 

४) प्रवेश शुल्क इन्स्टल्मेंटमा तिर्न सक्ने व्यवस्था हुनपर्छ। 

५) एस.सि., एस.टि. अनि आर्थिकरुपले कमजोर विद्यार्थीका निम्ति प्रवेश शुल्कमा छुट। 

६) एस.एस.सि.-मा उत्तीर्ण भएपछि मात्र बी.एड. बाध्यतामूलक हुनुपर्छ। 


तर भाइस चान्सलर-को अनुपस्थितिमा त्यहाँ अन्य कुनै प्रशासन अधिकारीले विद्यार्थीहरूको डेपुटेशन स्वीकार गरेनन्। आफ्नो न्यायसंगत मांगहरूको समर्थनमा उनीहरूले भि.सि. अफिस अघि धर्ना दिए। पहिले त यी विद्यार्थीहरूले के नै पो गर्न सक्छन् भनी एन.बी.यु. प्रशासनले पत्तो पनि दिएनन्। तर पछि विद्यार्थीहरूको बढ्दो नाराहरूको चापमा परेर अन्तमा भि.सि.-ले केही विद्यार्थीहरूसित भेट्ने समय दिए। बल्लतल्ल भि.सि.ले १४ मार्चको दिन ५ जना विद्यार्थी प्रतिनिधिसित भेट्ने समय दिए। तर त्यस छोटो भेटमा (किनकि भि.सि. अत्यन्त व्यस्त थिए) विद्यार्थीहरूको नैतिक माँग पूर्तिको त कुरै छोडिदिउ बरु उनीहरूलाई यस्तो कार्यहरू (आफ्नो माँग, आवाजहरू अघिराख्ने) नै छोड्ने सल्लाह दिए। जब यस्तो खबर एन.बी.यु.का सम्पूर्ण विद्यार्थीहरू माझ पुग्यो, एउटा कुरा त उनीहरूले अवश्य बुझे कि प्रशासन विद्यार्थीहरूको पक्षमा त अवश्य नै थिएन। प्रशासनको यस्तो बयान सुनेर आफ्नो यस्तो साधारण र न्यायसंगत माँग पनि पूर्ण नहुने देखि विद्यार्थीहरूले १५ मार्चको दिन अझै विराट, झण्डै १०० जना जति रैल्ली निकाले। अब विद्यार्थीहरू पनि पहिले भन्दा बढी जोस र उत्साहले पूर्ण थिए र उनीहरू आफ्नो मांगहरू कसैगरी पनि पूरा गरी छाड्ने देखी प्रशासनले बल्ल विद्यार्थीहरूको माँगमाथि कुरा (छलफल) मात्र भए पनि गर्न राजी भए। तर सो छलफल धेरै लामो समयको लागि भए पनि कुनै पोजिटिभ निष्कर्षमा भने पुग्न सकेन। केही दिन पछि प्रशासनले प्रेसमिटमा एउटा तीन सदस्यीय कमिटि गठन गर्ने र त्यही कमिटिले यी मांगहरूलाई लिएर निष्कर्ष दिने बताए। विद्यार्थीहरूले पनि भि.सी. जो एक अति सम्मानीय पद हो, त्यस्तो पदमा रहेको मानिसको भरोसा गरे तर सो कमिटिले भनौँ वा भि.सी.-ले फर्मको दाम रु ७५० र रु २२० (एस.सी/एस टि) बताए र १० मे देखि वितरण पनि गर्न थाले। विद्यार्थीवर्गले राखेको ६ वटा मध्ये एउटै माँगलाई एन.बी.यु. प्रशासनले पुरा गरेको जस्तो मात्र गरी ३००-को सट्टा ७५०मा पुराएर नराम्ररी झुक्यायो, अरू अन्य ५ माँगहरू त कता बिलाए कता। 

अब कुरा आउँछ यी एन.बी.यु.-को प्रशासनका अधिकारीहरू कसका पक्षधर हुन्? बी.एड.-को दाम रु ९०० (लु अब ७५० कै कुरा गरौ) बनाउदा अवश्य पनि त विद्यार्थीहरूको भलो त हुँदैन। यिनीहरूले केवल व्यापार गर्दैछन्, सिधै भनौ भने शिक्षाको व्यापार। सरकारी कलेजहरूको बी.एड. सिट कम हुदैछ र थप नयाँ कलेजहरू पनि बन्ने कुनै आशा देखिँदैन। तर अब भने केन्द्र सरकारबाट नै यो आदेश आएको छ कि बी.एस.सी.-को परीक्षामा बस्नका निम्ति परीक्षार्थीहरूले बी.एड. भर्नै पर्छ। देशमा त्यसै त ग्राजुएटसम्म भएर पनि बेकारी बसेका युवाहरूको सङ्ख्या कम छैन, अब यी बेकारी तर ग्राजुएट युवाहरूको एक चौथाई हिस्साले पनि बी.एड. गर्ने सोचे भने देशका सरकारी कलेजहरूले त अवश्य पनि भ्याँउदैनन्। अब बी.एड. गर्न प्राइभेट कलेज नगएर कहाँ जानु त ? अब भएन त शिक्षाका व्यापार फस्टाउँन खोलिएका च्याउ जस्तै जता-ततै उम्रिएको प्राइभेट कलेजका मालिकहरूको करोडौको फाइदा? अनि त्यसैमा त छ नि पुँजीपति मालिकहरूका निम्ति र समर्थनमै आएका अनि उभिन सकेका सारकारको फाइदा। 

देशका जनता मरुन् या बाचुन् उनीहरूलाई के वास्ता? उनीहरूलाई त केवल भोट र नोटको लोभ रहन्छ। एन.बी.यु.-का सरकारी बी.एड. कलेजमा यदि कसैको चयन हुन्छ भने उसले सोही दिन (नामांकन पत्र निक्लेको दिन) नै पुरा एडमिसन फिस एकै चोटि दिनपर्छ जो कम्सेकम २० हजार त हुन्छ नै। अब धेरै जस्तो निम्न मध्यम परिवारबाट आउने विद्यार्थीहरूका लागि यो रकम एकदमै बढी हो र झन् एकै साथ दिन त असम्भव नै हुन्छ। यो अब त सरासर पैसा दिन सके पढ नत्र जहाँ सुकै जा भने जतिकै हो नि। त के अब बी.एड. मात्र धनी धनादयले पढ्ने र अन्य गरिब छात्रहरू चै बेकारीमा नै आफ्नो जीवन व्यतित गर्ने त। शिक्षा त सबैको निम्ति हो नि, यो त देशको सम्विधानले नै दिएको अधिकार हो तर शिक्षा व्यवस्था नै जब महँगो भए पछि गरिब छात्र त पछि पर्ने नै भए। अब सायद बेला भएको छ कि सबै विद्यार्थीहरू मिलेर यो शिक्षालाई व्यापारको सट्टा मात्र शिक्षा (किताबी होइन तर सोही उचित ज्ञान जसले जीवनको समस्याहरू, रहस्यहरूको समाधान गर्न सकोस्) प्रदान गर्ने व्यवस्था ल्याउन एकजुट भई अघि बढ्ने।    

   प्रियंका प्रधान  

सन्दर्भ : नारी सुरक्षाको सन्दर्भमा

जम्मै देश वा भनौं जम्मै संसारनै नारी विरुद्ध यौन अत्याचार र बलात्कार जस्तो घटनाको क्रमबद्धताले ग्रसित भइरहेको बेला उत्तर बंगाल विश्वविधालय पनि त्यसको हावाले अछुतो रहेन। विश्वविधालय प्रांगनभित्र पनि क्रमैसित मार्च अनि अप्रिलमा चार जना नारी शोधकर्ताहरू माथि यौनजन्य अपराधको प्रयास गरियो। उक्त घटनाहरू प्रकाशमा आएपछि बिस्तारै विश्वविधालयभित्र खैलाबैला मचिन्न थाल्यो। यस्तो घटनाहरू पहिलेपनि धेरैपल्ट घटेको तर केटीहरूले डर र लाजले नभनेको कुराहरूपनि सुन्न पाइयो र प्रत्येकपल्ट अपराधहरूको निशाना चाहिँ नारिहरूनै रहेको देखियो, त्यसमाथि पनि विज्ञान विभागका शोधकर्ताहरू आफ्नो काम सकेर जाँदा राती भैसकेको हुन्छ, र यहीँ कुरा आउछ सुरक्षाको। अब यो ‘सुरक्षा’ शब्द आफैमा बडो विवादास्पद छ। सुरक्षाकै नाममा नारीहरूको सानैमा बिहे गरिदिने चलन देशमा व्याप्त छ। सुरक्षाकै नाममा नारीहरूलाई बुर्का लगाउन लाउने व्यवस्था पनि सबैलाई थाहै छ। सुरक्षाको नाममा नारीहरूलाई राती घरबाट निस्कनु मनाही छ, टाँढा एक्लै जानु पनि मनाही छ, बिहे नगरी एक्लै बस्नु मनाही छ, र यी मनाहीहरूको ताँत लामो छ। यस्तै प्रतिबन्धहरू लगाएरनै नारीहरू सुरक्षित रहन सक्छन् भन्ने सोचाई अधिकांश मानिसहरूको छ। तर सुरक्षा को बाट? र किन? के नारीहरूपनि पुरुष सरह स्वतन्त्र भएर बाँच्न पाउन पर्नेहोइन र? के आफ्नो पुरुष साथी सरह उसले पनि मुक्त हृदयले काम गर्न पुन पर्ने होइन र? भारतले आफ्नो संविधानमा देशको सबै पुरुष, नारीहरू संविधानको नजरमा समान हो किटान गर्छ तर त्यसले नारीहरूलाई समानताको नजरले हेर्छ त? देश चलाउने नेताहरूको नारी विरुद्ध व्यक्तव्य अस्ति दिल्ली बलात्कार घटना पछाडि हामीले सुनी सकेका छौ यहासम्मकि नारी नेतृहरूले पनि भुक्तभागी नारिहरूलाईनै दोष्याँउनमा कसर नछोडेको पनि हामीले सुन्यो। त संविधान कता गयो? कतिपय राज्यका पंचायतहरूमा नारीहरूले जिन्सको प्यान्ट लगाउनु हुँदैन र मोबाइल बोक्नु हुँदैन भन्ने कानुनहरू पनि जारी गरियो। अब सोच्नुहोस् सुरक्षाको नाममा नारीको अलिकति रहेसहेको स्वतन्त्रता पनि खोस्नुमा सरकार अलिकति हिचकिचाउदैन तर यसको विपरीत पुरुषहरू जो यस्तो घृणित काम गरी हिड्छन्, उनीहरूलाई त केही भन्दैनन्! पक्रा परेका दोषीहरू समेत कुनै दण्ड बिनै ब्वासो जस्तै हिडी रहन्छन् जताततै। यो कस्तो समानता हो? अब पुरुषहरूलाई त कसैले पनि प्रतिबन्ध लाउन सक्दैन कारण आफ्नै घर-छिमेक बाटै नारीलाई जति दबाउन सकिन्छ त्यति राम्रो हो भन्ने कुरो यिनीहरूले सिकेका हुन्छन् फलस्वरूप नारिहरूनै सम्झौता गर्न पर्छ।  अब उ. ब. विश्वविद्यालय कुर गरौँ अस्तिको घटनाहरूदेखी तर्सिएर कतृपक्षले नारी शोद्कर्ताहरूको सुरक्षाको नाममा बस सेवा उपलब्ध गराएको छ जुन चाहिँ ६ बजेर ४५ मिनट देखि एक घन्टाको अन्तरालमा चल्छ। यसोसले नारी शोद्कर्ताहरूले समयबद्घतामा रहेर आ-आफ्नो काम सिद्याउन पर्ने हुन्छ, छिट- छिटो आफ्नो काम सकेर घरतिर लाग्नुपर्ने बाध्यता छात्रीहरूले भोग्नु परेको छ। कुनै बेला काम गर्दा धेरै रात परे शोध निर्देशक समेतले पर्खनु पर्ने भन्ने निर्देश पनि आएको छ। यसोसले आफ्नो शोध निर्देशक अनुपस्थित रहे शोधार्थिहरू ५ बजेनै घरतर्फ लाग्नु पर्ने पनि नियमहरू लागु गरिएको छ। अब नारीको सुरक्षाको नाममा यहाँ नारिमाथिनै आइन पाबन्धिहरू लगाइएको देखिन्दैछ जस्तो कि देशभरिनै चलिरहेको छ। यस्तो वातावरणमा कहाँबाट राम्रो र नयाँ काम गर्ने विचारहरू दिमागमा आउन सक्छ र? त्यसो त नारीहरूको स्थान बाहिर होस् वा विश्विद्यालयमा होस् एउटै रहेछ भन्न सकिन्छ। कतिपय-धार्मिक-कट्टरवादीहरूले नारीहरू घरमै मात्र सुरक्षित हुन्छन् भनेर केटीहरूमाथि स्कुल, कलेज, विश्वविद्यालयहरू जान प्रतिबन्ध लगाइएको पनि कतिपय मध्य पूर्वीय देशहरूमा देख्न पाइन्छ। के सुरक्षाको यस्तै मापदण्ड हाम्रो विश्वविध्यालयले लिन आटेको छ? नारीहरूको सुरक्षा भनेर नारीहरूमाथिनै प्रतिबन्ध लगाउनु त कुनै उपाय होइन नै। 

नारीहरूको त के कुर गर्नु कुनै पनि विद्यार्थी विश्वविध्यालयमा आएर कस्तो वातावरण चाहन्छ। पढाई अवधि पछाडिपनि धेरै कुराहरू गर्न सकिन्छ जसले त्यो विद्यार्थीको पढाई मात्र होइन चौतर्फी विकाश गराउछ। चर्चा-परिचर्चा, बाट-विवादको माध्यामद्वारा ज्ञानको विकास र विस्तार हुन्छ। ‘संघम सरणम गच्छामी ‘ भने झैँ एउटा ठाउँमा भेट भएर मात्र विद्यार्थीको बात-चित गर्न सक्छन् साझा भोजन बनाउन सक्छन्, राम्रो फिल्म हेर्न र चर्चा गर्ने, नाटक गर्ने , वाक-वतुता गर्ने इत्यादिको चलन देशको अन्य विश्वविद्यालयहरूमा त रहेको देखिन्छ तर उ. ब. विश्वविद्यालयमा यस्तो संस्कृति आउन अहिलेको परिस्तिथिमा अझ सय वर्ष लाग्ला। २४ घण्टा पुस्तकालय खुल्ला रहने विश्वविध्यालयहरू  पनि भारतमा छन् र त्यहाँका विद्यार्थीहरू निश्चय पनि यहाँका भन्दा दुई कदम अगाडिनै छन्। नारी सुरक्षाको नाममा जम्मै विद्यार्थीहरूलाई भेडा-बाख्रा जस्तै खोरमा थुनेर क्याम्पस अझै सुनसान बनाए यस्तो असामाजिक घटनाहरू कम्ती त हुने होइन।

जुन विश्वविध्यालयमा ६ बजे पश्चात् समसानघाट जस्तै शून्य हुन्छ त्यहाँ केटी माथि यस्तो यौनजन्य घटना हुनु स्वभाविकनै हो। यतिमात्रै नभएर चोरी, डकैति यहासम्म कि हत्या हुनु सक्छ जहाँ यस्तो अन्धाकार र सुनसान हुन्छ। कुनै पनि विश्वविद्यालयको चमक त्यहाको विद्यार्थीहरूको क्रियाकलाप र योगदानले हुन्छ न कि त्यसको ठुलठुलो कंक्रिटको बिल्डिंगहरूले। त्यसैले उ. ब. विश्वविद्यालय जीवन्त बनाउने हो भने विद्यार्थीहरूले ठुलो भूमिका खेल्नु पर्ने हुन्छ। स्मरण रहोस् अघि उल्लेख गरिएको भारतको अन्य विश्वविध्यालयहरूमा पनि विद्यार्थीहरूले धेरै संगर्ष गरेर स्वतन्त्रता हासिल गरेका हुन् स्वतन्त्रता- बोल्ने, अभिव्यक्ति गर्ने सबै, पढाई बाहेक अन्य कलात्मक कामहरू गर्ने र यस्ता संगर्षहरू विभिन रूपमा बोकेर संसारको कुना- कुनामा भई रहेको छ। यसैले उ. ब. विश्वविध्यालयक विद्यार्थीहरूले पनि यसलाई आफ्नो दोस्रो घर बनाएर आफ्नो कौशल द्वारा यसलाई सुन्दर र जीवन्त बनाउन पर्छ। 

   संगीता  खेवा

अनुवाद : नारी अनि विज्ञापन

समयको साथसाथै बदलिंदै गयो भारतीय समाजमा नारीको स्थिति अनि त्यो प्रतिबिम्बित हुँदैगयो टिभीको विज्ञापनमा।  


तपाइहरू मध्ये कसै-कसैलाई थाहा होला त्यो पुरानो हर्पिकको विज्ञापन, जसमा संदिग्धभइ सासुले टोइलेटको प्यान जाँच गर्छिन अनि बुहारी भने बाहिर, सासुले केही फोहोर भेटाउने हो कि भन्दै डरले कापछिन्। यहासम्म कि बुहारीको मुटुको ढुक-ढुकी बढेको आवाजसम्म हामीले सुन्न पाउछौं। अन्तमा सासुले केही फोहर नाभेटाउदा ढुक्क भई बुहारीले सबै श्रय हार्पिकलाई दिदै हार्पिकलाई आफ्नो रक्षाकर्ता बताउछिन्। 


विज्ञापन जगतले हामीलाई आश्चर्यचकित बनाईदिन्छ। झुटो व्याख्या पनि यति स्पष्ट रूपमा कहाँ सुन्न पाइन्छ र। ऐश्वर्य राईले आफ्नो सुन्दरताको सम्पूर्ण श्रेय लक्स साबुनलाई दिए तापनि अनि सचिनले “बूस्ट इज द सिक्रेट ओफ माई एनर्जी” भने तापनि यो दाबी झुटो हो भन्ने कुरा निर्माता, विज्ञापन संस्था, सचिन अनि दर्शक सबैलाई नै थाहा हुन्छ। यदि यस्तै हो भने के यति ठुलो विज्ञापन संस्थाले, यति बिघ्न पैसा त्यसै व्यर्थमा खर्च गर्दैछन त? र के विज्ञापन संस्थाहरू उद्योगपतिहरूको सरलता अनि मुर्खताको भरमा फसटाउदैछन् त?

तर वास्तविक कुरो यस्तो होइन, खासमा एउटा सफल विज्ञापनले त प्रतिदिन हाम्रो अवचेतनमा असर पारिरहेको हुन्छ हामीले चालै नपाइकन त्यसले आफ्नो छाप हाम्रो मनमा छोडिसकेको हुन्छ र हामी क्रमशः परिवर्तित भैसकेका हुन्छौ र आफैलाई योग्य क्रेताको रूपमा स्थापित गर्छौँ।

कसरी यस्तो हुन्छ त? सुन्नमा अचम्म लागेतापनि यो सत्य हो कि विज्ञापनको जगत वास्तवमा स्थितिपूर्ण अवस्थाको विपरीत नै हुन्छ। कुनै नयाँ वा पुरानो कमोडिटी प्रति नयाँ क्रेताको डिमाण्ड तयार पार्नु नै विज्ञापन जगतको लक्ष्य हो। कारण यदि मानिसहरू वर्तमान लिएरै खुसी बसे भने उनीहरूमा कसरी नयाँ चाहनाहरू पलाउछ अनि यहीँ चिज विज्ञापन जगतको निम्ति हानिकारक हो? यही ‘नयाँ प्रति आकाङ्क्षा’ बढाउनलाई उसले विभिन्न प्रकारको तरिकाहरू अपनाउछ। जस्तै माथि उल्लिखित उदाहरणमा हर्पिक बिक्री गराउनलाई त्यो बुहारीको ‘संवेदनालाई’ प्रयोग गरिएको छ। हामी जस्तो मानिस, जसको टोइलेटको प्यान सबसमय चम्किलो सफा रहदैन, यो विज्ञापन हेरेर आफूलाई असल बुहारी हुन नसकेको आभास दिलाउछ, त्यो बुहारीको संवेदनाले हामीलाई पनि छुन्छ, र धेरै हदसम्म उक्त विज्ञापनले यो पनि याद दिलाउछ कि घरको साफसफाईको स्वाभाविक जिम्मा घरको बुहारीको नै हुन्छ, अनि त्यो राम्रोसँग गर्न नसक्दा सासुको भर्त्सना सुन्नुपर्छ।

अब जम्मै अस्सी र नब्बेको दशकको विज्ञापनहरूमा नारीको चित्र कस्तो थियो भने उनीहरू साडी लगाउथिन्, राम्रो खाना पकाउथिन्, घर साफसफाई गर्थिन्, नानीहरूको हेरचार गर्थिन्, आफ्नो पतिको लुगाफाटा धुन्थिन् र हरसमय एउटा असल गृहणी बन्ने होडमा लागिरहन्थिन्।

तर समय साथ-साथ विज्ञापनको रूपहरू फेरिन थाल्यो। नब्बेको दशकको सुरुमा प्रधानमन्त्री पामुलापति वेन्कट नरसिमा राव अनि उनको वित्तमन्त्री मनमोहन सिंहले उदारीकरणको नीतिको घोषणा गर्नुभयो। देशभित्र पुँजीको यातायात माथि सबै प्रतिबन्ध हटाउन चाहनुभयो, ‘बन्ध’ र ‘पुरानो’ सबै विरुद्ध युद्धको घोषणा गर्नुभयो। यिनीहरू मध्ये ती जम्मै पुराना सामाजिक ढाँचाहरू पनि थिए जो बिस्तारै घटिरहेका थिए र विज्ञापन पनि यसबाट अछुतो रहेको थिएन। अब पहिलोचोटी टिभीको विज्ञापनमा शाडी बाहेक अरू ड्रेस लगाउने केटीहरू देखिन थालियो, र केवल आमा, छोरी वा पत्नी होइन, बरु प्रेमिकाको रूपमा पनि केटीहरूको चित्रण हुन थालियो। 

जुन उद्वेग र संकोच यतिबेलासम्म बुहारीहरूका भुषण थियो त्योदेखि उनीहरूले मुक्त भयो। त्यसको सट्टा उनीहरूका आत्मविश्वास र उत्साहभरि उपस्थिति हामी देख्नथाल्यौं। सार्फको त्यो विज्ञापनको सम्झना गर्नुस—
आमाले छोरा र छोरीसँग क्यारमबोर्ड खेलिरहेकीछिन्। टेप रेकर्डरमा ‘पापा कहते है’ भन्ने गीत चलिरहेछ। एकछिनपछि बाबा अफिस देखि फर्केर घरमा पस्छ। मुड अफ्। आमाले समोसाको प्लेट पक्रिन् बाबाको अगाडि। बाबाले समोसा उठाउछ, तर, तर जाँदाखेरि बाबाको क्यारमबोर्ड सँग टक्कर। लुगामा समोसाको सस। बाबाले रिसले चुर हुँदै— “तिमीले देख्यो तिम्रो नानीहरूको चाल? यी सबै तिम्रो दोष हो। शार्टको के हालत भयो तिमीले देख्यो? आमाले अगाडि आएर एउटा रूमालले सस पुस्छिन्। बाबाको बात सुनेर नानीको मुखमा ताला। आमा- “हालत? तिम्रो मुडभन्दा राम्रो हो!”। “... राम्रो” बाबाले भन्यो, “यो दाग?”। “दाग?”— आमाले अघि बढ्दै, मुसुमुसु हाँस्दै माथितिर औला उठाएर दुइपटक घुमाएर भन्छिन — “ढूँढते रहे जाओगे”। सर्फ अल्ट्रामा सर्टको धुलाई र  भोलिपल्ट। आमा नानीहरूका स्कुलको टिफिन हाल्दैछिन्। बाबा अफिसको लागि निस्किरहेछन्। सुर ... “पापा कहते है”। बाबा शार्टको गोजीमा पेन राख्छन् र हिजको दाग खोज्छन्! दाग भ्यानिश!” बाबु छोरा दुवैले भन्छन्, “अब त जेम्स् बन्डलाई बोलाउनुपर्छ!” आमाको छेउबाट उनको पक्ष लिएर छोरीको तुरन्त जवाफ — “वो भी ढूँढते रह जायेगा”!

“पापा कहते है” गीतको व्यवहार, बाबा र छोराको एउटा दल, आमाको छेउमा बसेर छोरीले आमालाई समर्थन दिनु— यी सबैले  स्पष्ट देखाउछ कि- केटीहरूले अब पितृसत्ताको सबै बर्चस्वलाई मान्दिन, तिनीहरूले अब पहिलाजस्तो बाध्य छैनन्, तिनी आफ्नो असम्मतीलाई पनि व्यक्त गर्नसक्छिन्। तर फेरी अर्कोतर्फ बाबाको शार्टको दाग जब आमा रुमालले मेटाउछिन्, पहिला जस्तै छोराछोरीको टिफिन मिलाउछिन्, बाबाको शार्टलाई दागमुक्त गर्नमा जुन सन्तोष र गर्व महसुस गर्छिन्, तब यो थाहा हुन्छ कि नारीको यो मुक्ति, यो विद्रोह असलमा पितृसत्ताद्वारा खिचेको बृहत्तर सीमाभित्रै पर्छ। यसको प्रत्येक चरणमा छ पितृसत्तासँग सम्झौता। जस्तो पुँजीवादले गरेको छ। नारी श्रमिकको ज्याला पुरुष श्रमिक भन्दा कम तय गर्दा, वा परिवारभित्र स्वास्नीलाई दिनभर खटाएर लोग्नेलाई कम ज्यालामा जीवन चलाउन बाध्य गर्दा पितृसत्ताको ढाल ओढ्न पुँजीवादलाई कुनै दुविधा भएन। यो सम्झौताको उदाहरण बन्छ भारतीय विज्ञापनमा नारीको अर्को तस्बिर, जसमा नारी घरको सबै काम गर्दागर्दै अफिस पनि गर्छिन् आत्मविश्वास र उत्साहसँग, पुरुष सहकारीसँग समान भूमिका निभाउदै, ठिक त्यसरिनै जस्तो पुँजीवाद अनि पितृसत्ता उनीलाई गराउन चाहन्छ। 

अझ हामी विभिन्न कस्मेटिक्स वा फेयरनेस क्रिमको विज्ञापनमाथि छलफल गर्न सक्छौँ ।

बाबाले आमाबाट अझ एक कप चिया माग्नु भयो। आमाले रिसाएर भनिन्, चिया? एकजनाको पेन्शनबाट घरको खर्च चलाउनपर्छ! बाबाले दुखी भएर भन्नुभयो, ‘अहिले हाम्रो एउटा छोरा भा’। बाबाको कुर सुनेर काली छोरीको मन दुख्यो। आमाले छोरीलाई चिया दिन जादा छोरी रिस र क्षोबले रुनथालिन्। बाबालाई देऊ! खबरकागज उठाएर, एयरहोस्टेसको विज्ञापन देखाउदै आमाले भनिन्। आँखामा दृढतासाथ सङ्कल्प — म तिमीहरूका छोरा नै हुनेछु। यसपछि काठले नयाँ मोड लियो केटीलाई बचाउन आयो फेयर एण्ड लभली। फेयर एण्ड लभली लगाएर त्यो केटीले पायो एयरहोस्टेसको नोकरी, पुरुषको आश्चर्यचकित भए, बाबा-आमालाई केटीले राम्रो रेस्टुरेन्टमा महगो चिया पनि पिलायो। 

यो विज्ञापनमा चाँही एकैचोटी धेरै कुराहरू पाइन्छ। पारिवारिक सम्बन्धमा लुकेको आर्थिक निर्भरता, भारतीयहरूमध्ये रहेको वर्णविद्वेष, तर सबभन्दा अचम्मको कुरा यो छ कि केटीहरूप्रति असमानता यो विज्ञापनमा एकदमै स्पष्ट देखाइन्छ तर त्यो असमानता प्रतिकारको बाटोको रूपमा देखाइन्छ पुरुषको आखाँमा आकर्षित बनाएर, आफ्नो रूपको आधारमा बेसी तलबको नोकरी पाउने पद्धतिलाई। 

तब के यस्तो भन्नसकिन्छ कि यो भूमण्डलीकरण र उदारीकरणले भारतीय नारीहरूका जीवनमा केहीपनि परिवर्तन ल्याउनसकेन? जम्मै कुरानै के बोल्ने कुरा मात्र हो? तर यस्तो होइन। सीमित भएतापनि यसले भारतीय नारीको जीवनमा निश्चयनै केही परिवर्तन लाएकोछ। जसको असर हाम्रो विज्ञापनमा पनि परेको छ। 

एउटा धनी परिवारको चित्र। घरको छोराले छिट्टै घरबाट निस्कियो। “गए ल आमा”। आमाले हास्दै सम्मति दिनुभयो। त्यसपछि घरको छोरीले। “गए ल आमा”। “पर्ख!” आमाले अब कडा हुँदै भनिन् — “कहाँ जाँदैछौं?” पर्दामा एउटा ठुलो प्रश्नचिन्ह कुदेर आयो केटी तर्फ। तर पनि केटीले कुनै परवाहा नगरी प्रश्नचिन्हलाई पक्रेर घुमाएर फ्याँकिदिइ। “साथीहरूसँग निस्किँदैछु”। हल्का नाच्दै केटी हिडी। अब उसको भाइको पालि। “कहिले फर्किन्छौं?” फेरी एउटा प्रश्नचिह्न  कुदेर आयो केटी तर्फ। “सानो छस्, सानै बस्”। केटीले भाइको हातबाट ललीपप लिएर उसकै मुखमा हालेर बाहिर निस्कि। घरको सामु राखेको हिरो होण्डा प्लेजरलाई स्टार्ट गरी। दुइजना छिमेकी आइमाईहरूले सोधिहाले- “के प्रोग्राम छ आज?” फेरी प्रश्नचिह्न। त्यतिन्जेल केटीले स्कुटर स्टार्ट गरिसकेकी थिइन्। छिमेकीहरू र उनीहरूका प्रश्नलाई केटीले कुल्चँदै  “मस्ती गर्न गाको भन्छिन्”। छिमेकीहरूको हेरेको हेरकै हुन्छन्। बाटोमा खुला भएर स्कुटर कुदाउदैछिन् केटीले। एकछिनमा उसँग अझै एक हुल स्कुटर चलाउने केटीहरूको भेट हुन्छ। बाटोमा विभिन्न दिशाबाट उनीहरू प्रति आउदैछन् रंगविरंगी प्रश्नचिन्हहरू। अनि उनीहरूले त्यसलाई कहिले चक्कामुनि चेप्टाउदै, कहिले स्कुटरको धक्काले बाटोको छेउमा राखेको डास्टबिनमा ती प्रश्नचिन्हहरूलाई मिल्काउँदै छन्।   

यो सजिलोसँगै बुझ्न सकिन्छ कि हर्पिकको त्यो बुहारी अनि यो केटीबीच ठुलो परिवर्तन आएको छ। पुँजीवादले केही नारीको निम्ति साँच्चिनै केहीहदसम्म स्वतन्त्रता ल्याएको छ। तर यसैसाथ जुन वास्तविक कुरो अदृश्यरुपमा रहिरहन्छ, त्यो हो यो स्वतन्त्रताको सीमितता, हामीले बिर्सिन्छौँ कि यो स्वतन्त्रता क्रेताको स्वतन्त्रता मात्र हो। यो स्वतन्त्रता सँग अभिन्न रूपले जोडिएको छ एउटा विशेष वस्तु किन्न सक्ने क्षमता। जसबाट हाम्रो देशको धेरैजसो नारीहरू बन्चित छन्, त्यसैले यो स्वतन्त्रता  अधुरै रहन्छ। हामीले बिर्सिन्छौँ कि जुन पुँजीवादले आज नारीमुक्तिको जयगान गाउँदैछन्, त्यसको पछि चाँही छ क्रेताको रूपमा केही अल्पसंख्यक नारीको उठ्न घटना। हर्पिकको विज्ञापनको समयमा नारीलाई परिवारको ढाँचाभित्र निगरानीमा राखेर उसलाई नराम्रो खालको बुहारी देखाउनु हो भने वस्तु बिक्री गर्न सजिलो हुन्थ्यो। त्यही कारणले त्यतिबेला यस्तै गरिन्थ्यो, अनि आजको केटीलाई स्कुटर किनाउनलाई उमध्ये, सामयिक रूपमा पनि, पारिवारिक विधिहरूलाई नकार्न सिखाउनु यदि राम्रो हुन्थ्यो, र त्यस्तै गरिन्छ। बस्तुलाई बिक्री गर्नु नै यहाँ प्राथमिकता पाइन्छ। त्यसकारणले पुँजीवाद कहिलैपनि नारीमुक्तिको सवालमा विश्वसनीय मित्र हुनसक्दैन। भोलिनै अझै मुनाफाको लोभमा पितृसत्तासँग मिलेर नारी अधिकारलाई कुल्चने उसले एकदमै हिच्किचाउने छैन। यसको उपरान्त आज कुनैपनि बस्तुको क्रेताको रूपले जुन नारीमुक्तिको यत्रो जयगान गाइन्छ, भोलिपल्ट उनलाई नै त्यो वस्तु झैँ निर्जीव बस्तुमा परिणत गर्नसकिन्छ। 

प्रिमियम व्हिसकीको विज्ञापनको उदाहरणलाई हामी लिनसक्छौं। एकजना युवकले ग्लासबाट व्हिसकी पिउदैछ। अनि प्रत्येक घुट्को साथसाथै अगाडी बसेकी एउटी युवतीको लुगा अलि अलि खोलिंदै जान्छ। तीन घुट्को पछि केटीको अधिकांश शरीर देख्न पाइन्छ। केटीको शरीर र व्हिसकीको बोतलमा यहाँ सादृश्यता पाइन्छ। अथवा त्यो विज्ञापन जहाँ एकजना युवकले आफ्नो बाइकमा हात राख्छ तर अचानक बाइक परिणत हुनजान्छ एकजना सुन्दरी युवतीमा। निष्प्राण बाइक र त्यो युवती मध्ये कुनै पार्थक्य अब रहेन। सक्रिय पुरुषको हातमा एक निस्क्रिय पदार्थको रूपमा देखाइन्छ नारीलाई। 

यसैकारणले पुँजीवाद भित्र नारीको मुक्ति कदापि छैन। नारीको साँचो मुक्तिको निम्ति त त्यो पुँजीवाद पछिको समाजमा पुग्न पर्छ जहाँ वस्तु बिक्री गर्न यस्तो विज्ञापनहरूको केही जरुरत पर्नेछैन।   

   दीपाञ्जन
(बंगलामा प्रकाशित 'प्रतिस्पर्धा' पत्रिकाबाट)   

समसामयिक : चिटिंगको व्यापार

सारदा ग्रुपको मालिक सुदीप्त सेनलाई बेसी भन्दा बेसी उमेर कैद हुन्छ होला, अनि त्यसपछि यो पुरै कथा निश्चितरूपले सम्झनादेखि हराउनेछ...। तर सारदा ग्रुपको जम्मै कथा र यसैबिच अघि आएको ‘चिटफण्ड’ व्यापारको नाममा घोटालाको मात्रा कति हदसम्म छ, त्यसको सम्पूर्ण स्पष्टीकरण सायद कहिल्यै हुँदैन। 

तर, यस्तो घटना घट्नु अघिदेखि नै यस्ता विषयहरू थाहा हुनथालेको थियो कि— सिक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी)-को हिसाब अनुसार पश्चिमबंगालमा पाँचवटा कम्पनी द्वारा जमा गरेको ७००० करोड रूपिया सङ्कटमा छ; रिजर्भ बैङ्कको हिसाब अनुसार, केही सयौँ चिटफण्ड कम्पनीले जम्मा १७००० करोडको रूपिया जोगाड गरेको छ, तर त्यसमा ग्राहकहरूको हित बिल्कुलै छैन, अर्कोतर्फ आयकर विभागको हिसाब अनुसार यस्ता प्रायः ८०० वटा कम्पनीले गैरकानुनी तरिकाले ७०००० करोड रूपिया जमा गरेको छ! तीन वर्ष अगाडी सीआईडीको एउटा जाँचबाट थाहा भयो कि राज्यको ८७४ वटा भुइफुट्टा कम्पनीले त्यतिबेला नै कमसेकम साढेतीन हजार करोड रुपियाँ उठाइसकेको थियो। सीआइडीको आर्थिक भ्रष्टाचार दमन विभागको धारणा अनुसार विगतको तीन वर्षमा बढ्दाबढ्दै त्यो परिमाण १५ हजार करोड भन्दा बढेको छ। सेबीको हिसाब अनुसार, पश्चिमबंगालबाटनै सबभन्दा बेसी ‘पनजि स्किम’ र कैयौं स्तरीय योजना (मल्टी लेभेल मार्केटिङ) को गडबडी बारे शिकायत आउछ। यत्रो शिकायत रहेतापनि सरकार अनि पुलिस-प्रशासनले के हेरिरहे त?



भारी माथि सुपारी 

जहाँ सारदा ग्रुपको हातबाट गुमाएको रुपियाँको जम्मा परिमाण बिस-तीस हजार करोड रुपियाँ होला, त्यही राज्य सरकारले केवल पाँचसय करोड रूपियाको मात्र रीलिफ तहबिलको घोषणा गरेको छ! राज्यको ‘मालकिन’ ममता ब्यनार्जीले सजिलोसँग भनिन्— ‘जो गयो त्यो गयो’! अनि त्यो क्षतिपूर्तिको रुपियाँ पनि जनताको गोजीबाट आउछ, यदि जनताले जिम्मेवारी लिएर मज्जाले धूम्रपान गर्यो भने!

बंगला नववर्षको दिन एउटा आरोप दर्ज भएकोले सुदीप्त सेन, आफ्नो साथीहरूलाई लिएर रफुचक्कर भयो। १७ एप्रिल तृणमुल कङ्ग्रेसको सदर दफ्तरमा ६०० जना एजेन्टद्वारा विरोध प्रदर्शन गरियो। २३ एप्रिलको दिन कश्मिरको सोनमर्गमा सुदीप्त सेन अझै दुई जना साथी सँग पक्राउ पर्यो। यसपछि घटनाको क्रम जति अघि बढ्यो, नयाँ नयाँ कथा, सम्पत्तिको खोजी, नेता-मन्त्रीहरूसँग यसको सम्बन्ध, अनि समाजको केही खास-मानिसहरूसँग साठगाठको सिलसिला आउनथाल्यो। अर्को पट्टी लाखौँ मानिस, जसमा बेसी नै गाउँबस्तीको सब्जीबिक्रेता, खेतमजदुर, श्रमिक, कुली वा सहरको घरघरमा काम गर्नेहरूले रातारात आफ्नो सबै सरसमानहरू गुमायो। निराशामा आत्महत्या गरेको मानिसको सङ्ख्या अहिलेसम्म २०-२५ जना भैसकेको छ। सारदाको एजेन्टको सङ्ख्या साढे दुई लाख छन्, एक करोड जस्ता ग्राहक— यी सबै गहिरो सदमाको स्थितिमा पुगेकाछन्। यसैसाथ थियो नाम-बेनाममा, वैध-अवैध, असली-नक्कली विभिन्न किसिमको व्यापार, त्यो सँग पनि जोडिएका थिए धेरै कर्मी-श्रमिकहरू, उनीहरूले पनि रातारात आफ्नो जीवन-जीविका गुमाए। 

लहरा तान्दा पहरा गर्ज्यो 

घटनाको अन्तरालबाट पहिला नाम आयो कुणाल घोषको। सारदा ग्रुपको एउटा मिडिया कम्पनीमा काम गर्नलाई तृणमुलको राज्यसभा सांसद कुणालको तलब महिनामा १६ लाख रुपियाँ थियो। परिवहण मन्त्री मदन मित्र थिए सारदाको कर्मी युनियनको नेता, सारदा ग्रुपको जबर्दस्त गतिमा उनको यो भूमिकाले निसन्देह मद्दत गरेको थियो। जर्नालिस्ट देखि नेता-मन्त्री, समाजको दादा देखि राजनैतिक दादा... शासकदलको धेरै नेताहरू यो सारदाको उत्थानको पछाडि छन्— त्यो कुरा आज स्पष्ट बनेको छ। जहाँ सारदा मालिकले १ करोड ८६ लाख रुपियाँमा मुख्यमन्त्रीले गरेको पेंटिंग किनेको छ, उनको राजनैतिक सम्बन्ध पनि धेरै हदसम्म गहिरो थियो भन्नुमा कुनै सन्देह छैन। केन्द्र सरकारको गृहमन्त्री पी चिदम्बरमको पत्नी नलिनी चिदम्बरमको नाम पनि आयो, उनले सारदा ग्रुपलाई कानुनी सल्लाह दिएर एक करोड रूपिया लिएकाछिन रे। अनि हाम्रो राज्यको विरोधी दल, केही दिन अघिसम्म शासकदल रहनेहरूका भूमिका पनि के पो कम छ र? वामफ्रन्ट जमानाको वित्तमन्त्रीको पीए गणेश दे पनि जहाँ सारदाको छिमेकी थिए भने आरोप आउदैछ, त्यहाँ अरूहरू पनि निश्चित रूपले निर्दोष छैनन्। अन्य राज्यहरूमा पनि यस्ता साठगाठको धेरै खबर आइरहेछ। सारदा ग्रुपले आफ्नो कर्पोरेट सामाजिक दायित्वको अंशको रूपमा कोलकाता पुलिसलाई मोटरसाइकल दिएकोथियो, जंगलमहल क्षेत्रमा सारदा ग्रुप द्वारा बनाएको एम्बुलेन्स र मोटरसाइकल चलाइयोस् भनेर ममता ब्यनार्जीलाई अनुरोध गरेको थियो। 

ग्राहक पक्रिने थुप्रै कौशल

सारदा ग्रुपले केवल दार्जीलिङ्ग पहाडबाट नै ३० करोड रुपियाँ उठाएको थियो। त्यसको दार्जीलिङ ब्रान्चले अहिले ग्राहकहरुलाई उठाएको पैसा फर्काउनलाई केही मास्टरप्ल्यानको कुरा गरीरहेको छ, त्यसबाट कुनै समाधान हुन्छ कि हुँदैन— हामीलाई थाहा छैन। यो ग्रुपको ग्राहकको संख्या पहाडमा १.५ लाख हो। उनीहरुका ब्रान्च अफिस दार्जीलिङ  शहरको एस एम दास रोडमा छ, जो मार्च २०१० मा यहाँ काम थालेको थियो। यस ब्रान्चको ५००० जना जस्तो एजेन्ट छ, जसले पहाडबाट ग्राहक संग्रह गर्छ। मात्रै ६ महिना भित्र नै यस ग्रुपले घुममा एक एकरको एउटा जमिन पनि किनिसकेको थियो, जसको मुल्य १५ करोड रुपियाँ हो। 

सारदा ग्रुपले सबै खालको ग्राहकहरूलाई पक्रिन्थियो। उनीहरूको किस्तिको समयसीमा थियो १२ देखि ६० महिना, न्यूनतम महिनामा १०० रुपियाँ। अनि निवेसको खण्डमा न्यूनतम १००० रूपिया देखि सुरु, समयसीमा १२ देखि १६८ महिना। विभिन्न निवेसको योजनाको निम्ति विभिन्न औसतमा सुदको अफर। अघिक सुदको औसत नै यस्ता कम्पनीहरूका भोटेको एक्का हो। ८० को दशकमा वामफ्रन्टको समय, यस राज्यमै संचयिता ग्रुपको यस्तै काण्डमा मुख्यत सहरको मध्यमवर्गीय मानिसहरू नै टार्गेट बनेको थियो। ९० को दशकमा ओभरल्याण्ड जस्ता अरू घोटालामा पनि हामीले त्यही एकै विशिष्टता देखेको थियौ। तर यो सारदाको टार्गेट थियो गाउँको गरिब र सहरको झोपडपट्टीको वासिन्दाहरू। 

ग्राहकहरूले चाहन्छन् उनको पैसा सुरक्षित रहोस्। यो आश्वासनको निम्ति सारदा ग्रुपले कैयौं पद्धति अपनाएको थियो। पियरलेस एउटा धेरै पुरानो कम्पनी थियो, जसलाई सरकारले २००४ मा यस्ता व्यापार गर्नदेखि रोकेको थियो, त्यसको एजेन्टहरू मध्ये धेरैलाई सारदाले नियुक्त गर्यो। उनीहरूमध्ये यस्ता एजेन्ट पनि छन् जो आठवटा जिल्लामा १०,००० जना सब-एजेन्टको टाउकोमा छ। कुणाल घोष, मदन मित्र देखि मुख्यमन्त्री सम्म यो ग्रुपको मद्दत गर्छन्, फिल्मी जगत सँग उनीहरूको गहिरो सम्बन्ध थियो— यस्ता इमेज बनायो यो ग्रुपले। बङ्गला फिल्म इन्डस्ट्रीको हिरोइन र अहिले सांसद शताब्दी राय देखि मुम्बई मेगास्टार मिठुन चक्रवर्ती— धेरै जनालाई ब्रान्ड एम्बासडर बनाएर सारदा ग्रुपले जनतालाई उनीहरू प्रति भरोसा दिलाउने कोसिस गर्यो। 

कानुनलाई लापरवाही

२००९ मा पहिलोपल्ट सारदा ग्रुपलाई सेबीको सवालको सामना गर्नु पर्यो। भारतीय कम्पनी अधिनियममा कुनै पनि कम्पनीले उचित प्रस्पेक्टस र ब्यालेन्सशिट बाहेक ५० जना भन्दा बेसी मानिसदेखि पुँजी सङ्ग्रह गर्न सक्दैन। यस स्थितिमा कानुन बचाएर चल्नको निम्ति सारदा ग्रुपले ३०० भन्दा बेसी कम्पनी खोलिदियो, जमाकर्ताहरूको सङ्ख्या बढाउने प्रावधानको लागि। सारदा ग्रुपले पैसा उठाउन पद्धति पनि बदलियो। पश्चिम बङ्गाल, आसाम, छत्तीसगढ, झारखण्डमा उनीहरूले सामूहिक निवेश योजना (CIS-Collective Investment Scheme)-को विभिन्न प्रकार टुरिजम प्याकेज, होटल बुकिंग, रियल एस्टेट जस्तै व्यापारमा निवेश गर्नथाल्यो। तर २०१२मा सेबीले स्पष्ट गरिदियो कि यो सारदा ग्रुप चाँही चिटफण्ड होइन, सीआइएस हो। अनि उपयुक्त अनुमति बाहेक उनीहरूलाई यस्तो निवेश योजनाहरू बन्द राख्नुपर्छ। सारदा ग्रुपले यो पावन्दीलाई महत्व नदिएर आफ्नो काम चलाउदै गयो र अन्तमा यस्तो पक्राउपर्ने स्थितिमा आइपुग्यो। 



चिटफण्ड .... पनजि स्किम ...

यो जुन कम्पनीहरूलाई लिएर हल्ला भैरहेछ, त्यो चाँही के चिटफण्ड कम्पनी हो? सरकारी तथ्य अनुसार, राज्यमा अहिले एउटा पनि चिटफण्ड कम्पनी छैन। जुन कम्पनीहरूमाथि जनतालाई प्रताडनाको आरोप छ, त्यो सबै नै भुइफुट्टा पैसा जमा गर्ने संस्थानहरू हो, सीआइएस वा एमएलएम को नाममा। केन्द्रीय सरकारको चिटफण्ड बारे दुइटा अधिनियम छ। एउटा १९७८ को प्राइज चिट र वित्त सञ्चालन स्कीम निषेधकरण अधिनियम, अर्को चाँही चिट अधिनियम १९८२। यी मध्ये १९७८को अधिनियम अनुसार सरकारी बाहेक अरू सबै प्राइज चिट माथि प्रतिबंध छ, गैरकानुनी तरिकाले पैसा उठाउनको सजाय आर्थिक जुर्माना सित तीन वर्ष सम्म जेल पनि हुनसक्छ। यहाँ सम्म कि पुरस्कार चिट या अर्थ सञ्चालन स्कीमको विज्ञापन कुनै पनि प्रकाशन वा मिडियामा छापेकोले ती प्रकाशन वा मिडिया कम्पनीलाई जफत गर्ने क्षमता राज्य सरकार सँग छ। फेरिपनि पश्चिमबंगालमा प्राय सबै ठुलो प्रिन्ट मिडिया एवं एबिपी/स्टार आनंद लगायत प्राय सबै टीवी च्यानलहरूमा कैयौं पल्ट यस्ता ७३ वटा पैसा निवेश गर्ने संस्थाहरूका विज्ञापन प्रकाशित भयो, जो गैरकानुनी भन्ने आरोपमा फसेको छ। राज्य सरकारको हातमा यो जफत गर्ने हतियार रहेतापनि त्यसको प्रयोग हामीले देखेनौ ,न अस्तिको सरकारको शासनमा न त यो परिवर्तनको जमानामा। त्यही समयमा नै बढ्दै गयो यो झुटो धोखाधडीको विस्तृत श्रृंखला। राज्यको क्षमता सीमित छ, सबै जिम्मेवारी केन्द्रको हो, नयाँ कानुनको आवश्यकता छ— यस्ता कुराहरू गरेर वास्तवमा राज्यसरकारले आफ्नो दायित्व बाट खुट्टा झिक्ने प्रयास गरिरहेको छ। यस्तै सरकारी लापरवाहीको फाइदा उठाएर सारदा ग्रुप लगायत अरू संस्थानहरूले यो वित्तीय धोखाधडी गर्यो, मानिसहरू देखि करोडौं रुपियाँ उठाई भागीसक्यो। 

हाम्रो देशको कानुन अनुसार चिटफण्ड व्यापार एउटा वैध व्यापार हो। यस देशमा एक हजार साल पुरानो समयदेखि चिटफण्ड चलिरहेको छ। तर १९१४ मा सरकारी नियंत्रण पहिलापल्ट लागु भयो त्रिवांकुरमा। पछि बनेको केन्द्रीय अधिनियम चाँही जम्मू कश्मीर बाहेक सबै राज्यमा लागु छ अनि यो छोडेर पनि तमिलनाडु, कर्नाटक, आंध्र प्रदेश, दिल्ली, महाराष्ट्र राज्यहरूका आ-आफ्ना कानुन छ। पंजीकृत चिटफण्डहरू एक वर्षमा ३०००० करोड रुपियाँको कारोबार गर्छ (गैर पंजीकृतहरू यसको तीनगुना होला), दक्षिण भारतको राज्यहरूमा नै यसको २/३ अंश होला। 

धेरै जनाको अनुसार यस्तो कारोवार-हरूलाई 'पनजि स्किम' भन्नुपर्ने। यो चाँही असलमा यस्तो एउटा धोकाधडी निवेश पद्धति हो जसमा पुरानो निवेश्कारीहरूका पैसा फर्काउनलाइ नयाँ नयाँ निवेशकहरू जुटाउनु पर्छ। यस पद्धतिमा शुरूशुरूमा पैसा फर्किंदा आउछ भने एउटा विश्वसनीयता पनि बनिन्छ। तर यो पद्धति त्यो समयसम्म नै प्रभावी हुन्छ जबसम्म आइरहेको रुपियाँको परिमाण पुरानो ऋण चुकाउने परिमाण भन्दा बेशी रहन्छ। निवेश र रुपियाँ चुकाउनको समयमध्ये यहाँ समयको अंतर कम हुन्छ। अन्त्य यहाँ यो कारोवारको खबर फैलिन्दै जान्छ, अनि नयाँ नयाँ निवेशकहरू आएर यो स्किमलाई पनि एक थरिका मान्यता दिनेगर्छ।

चिटफण्ड नभए के कुनै समस्या छैन र?

एउटा यस्तो वक्तव्य छ कि बैंक वा पोस्ट अफिसमा पैसा जम्मा गरेकोले यो अर्थ सुरक्षित रहनेछ। यो कुरा केहि हदसम्म आजको स्थितिमा सही छ। तर धेरैले त ग्राहकहरूलाई नै दोषी ठान्दैछन् कि उनीहरूको लोभ नै बर्बादीको कारण हो। बेशी लाभ/सुदको आशामा यस्ता भुइफुट्टा कम्पनीहरूलाई पक्रेर जनताले यो विपत्तिलाई निम्ताएको छ। त जनताले के गर्नुपर्ने? सरकारले जहाँ दिनदिनै जानीबुझी अल्प बचतको महत्वलाई, अनि त्योसँग सरकारी सेवामा सुदको औसतलाई घटाईरहेकोछ, त्यस्तो स्थितिमा दुइछाक जुटाउनेहरूले बल्लबल्ल गरेको बचतलाई कहाँ पो जम्मा गर्छ? जहाँ बेशी लाभको आशा छ त्यहा नै होइन र? पुँजीपतिहरूले लाभको लालचमा जहाँत्यहाँ खुट्टा हाल्छन्— त्यसमा कुनै कसुर छैन, तर आमजनताले आफुलाई र आफ्नो परिवार अनि छोराछोरीलाई सुरक्षा दिलाउनको निम्ति बेशी लाभको आशा गर्दैन र? यो के स्वाभाविक होइन कि आमजनता त्यहाँ नै जान्छ जहाँ बेशी राशि फर्काउन आश्वासन दिइन्छ? यस्तो संस्थानहरूमा जसलाई सरकारले चल्न दिंदैछ! यसमा खतरा छ कि छैन— त्यो हेर्ने दायित्व  कसको— आमजनता कि सरकारको? 



बैंक वा पोस्ट अफिसको सुदको कम दर बारे कुरा पहिला नै गरिसक्यौं। अब प्रश्न के हो भने यी सबैले पनि जम्मा गरेको पैसा लिएर के पो गर्छ? बैंक वा पोस्ट अफिसमा जमा भएको राशिलाई बजार बाहेक के अरू कही लगाउछ? त्यही बजार... पुँजीवादको प्यारो बजार, जहाँ उथलपुथल, ओकालो-ओरालो हरदम चलिरहन्छ। आज अमेरिकामा बजार झर्दैछ त भोलि युरोपमा, अनि त्यसको धावामा पुँजी कुदिरहन्छ— अमेरिका देखि युरोप, युरोप देखि ब्रिक्स (BRICS— ब्राजील, रशिया, इण्डिया, चीन, साउथ अफ्रीका) देशहरूमा, त्यहाँ देखि अब टिम्प (TIMP— टर्की, इन्डोनेसिया, मेक्सिको, फिलिपिन्स) देशहरू... पुँजीले पनि आफ्नो सुरक्षा खोज्दैछ, मुनाफा खोज्दैछ, लाभको औसतको बढ्दो गति खोज्दैछ.... अनि त्यही खोजमा नै पुँजीको अविराम कुदाई चलिरहेछ। एउटा समय थियो जसबेला उपनिवेश थियो, त्यसपछि नयाँ चेहरा लिएर साम्राज्यवाद आयो— उद्योग पुँजी र बैंक पुँजी समेटेर एउटा नयाँ रूप देखापर्यो। 

सामन्तवादलाई हटाएर पहिला जुन पुँजीवाद आएको थियो, जसको विशिष्टता नै हो प्रतिस्पर्धाको निरन्तर प्रक्रिया, तर यो नयाँ चरणमा पुगेर निर्वाध प्रतिस्पर्धाको सट्टामा अर्थनीतिको सबै क्षेत्रमा एकाधिकार बढ्नथाल्यो। उद्योग पुँजीको माथि निवेश पुँजीको यो आधिपत्यलाई र त्यसको फलस्वरूप नै सट्टापुँजीको अर्थनीतिको विकासलाई हामी साम्राज्यवादको विशिष्टताको रूपमा देख्न पाउछौं। तबदेखि क्रमिकरूपमा त्यसको रूप अझै उदाङ्गो भैरहेछ, सट्टापुँजीको बोलबाला बढीरहेको छ। यो पुँजीवादले आफ्नो विजययात्राको निम्ति, आफ्नो मुनाफाको निम्ति जेपनि गर्नसक्छ — युद्ध वा सम्झौता, पुरानोलाई सम्पूर्ण ध्वस्त पार्नु अथवा त्यसको जुन कुराहरू आत्मसात गर्नाले वा पोषण गर्नले आफुलाई फायदा हुन्छ भने (वा मुनाफा हुन्छ), पुँजीवादले चाँही त्यो नै गर्छ। यसै प्रक्रियामा सानोतिनो पुँजीहरू हट्छ र, ठुल्ठुलाहरू आउछ, ठुलाहरू मतलब क्रमिकरूपले एकाधिकारीहरू। कृषि होस् वा उद्योग, देशी-विदेशी एकाधिकारी पुँजीको त्यसमाथि कब्जा बढदैजान्छ। 

पुँजीवादले आफ्नो विकासको बाटोमा एक समय आवश्यकता पर्दा यसै अल्प बचतलाई सरकार द्वारा सुरक्षित गर्यो।  त्यतिबेला सरकारले, बैंक वा पोस्ट अफिसमा जमाकर्ताहरूलाई आकर्षण गर्ने कोशिश गर्यो, र अहिले अल्प बचतलाई खुल्ला बजारमा छोडीदिने योजना भएकोले सरकारी क्षेत्रमा सुदको औसत घटाईदियो, मनि मार्केट बढ्नथाल्यो मज्जाले, अनि मानिसहरू सँग चतुरतासँग धोका दिने काम चल्नथाल्यो। 

बैंक या पोस्ट अफिसमा पनि जमा भएको रुपियाँको सारदा ग्रुप जस्तै स्थिति हुनसक्छ। पुँजीवादी व्यवस्था संकटमा फसेको बेला बैंकले पनि आफ्नो अक्षमताको कुरा गर्दै हात उठाउछन्— यस्तो उदाहरण पुँजीवादमा धेरै छ। तब पुँजीवादी व्यवस्थाको रक्षा गर्नलाई सरकार स्वयम ओर्लिन्छ। हेर्नुस, आज जो पीएफको रुपियाँ, पेन्शनको रुपियाँलाई बजारमा खटाउने कुरा भैरहेछ, त्यसको मतलब के हो? भारत सरकारको जुन पेन्शन योजना (एनपीएस) छ, त्यसमा सर्वोच्च ५० प्रतिशत सम्म बचतलाई इक्विटी वा शेयरमा राख्न प्रावधान छ। शेयर बजारको वृद्धि र पतनको एक दैनिक लय छ। त्यसबाहेक छ ठुलो मात्रामा अचानक वृद्धि वा पतन। केहि दिन पहिला यसरीनै सेन्सेक्स ७०० पोइन्ट घट्यो, अनि बजार देखि निवेश्कारीहरूले २ लाख करोड रुपियाँ गुमाए। पेन्शन वा पीएफको पैसाको यस्तो नतिजा भयोभने के भयानक स्थिति हुन्छ! खास बात यो हो कि मानिसको कमाइको पैसा लिएर, उनीहरूको बचतलाई  व्यापारमा खटाउने सिलसिला पुँजीवादी व्यवस्थासित ओतप्रोत रूपले जुडेको छ। व्यवस्थाको आमुल बदलाव बाहेक यो रगत पसिनाले आर्जन गरेको पैसा सुरक्षाको कुनैपनि निश्चित ग्यारन्टी छैन। 

कसकसको हिसाब लिउँ?

सुदीप्त सेनहरूलाई जुन आरोपले हामी गाली दिन्छौं कि उनीहरूले जनताको पैसा चोरेर रफुचक्कर हुने कोसिस गर्यो— त्यो सँग तुलना गर्नुस ठुलो व्यापारी-पुँजीपतिहरूलाई। कुनै मालिक श्रमिकहरूलाई न्यूनतम ज्याला दिदैन, कसैले गैरकानुनी रूपमा ८ घन्टा भन्दा ज्यादा समय श्रमिकहरूलाई खटाइरहन्छ, कोहीकोहीले त श्रमिकहरूका पीएफको पैसा जमा नगरि भाग्छ...., अनि कोहि बैंकबाट ऋण लिएर चुकाउदैनन्। 

यो ऋण नतिर्नेहरूमध्ये प्रायजसो पुँजीपतिहरू छन्। तर यो राशि पनि त जनताले जमा गरेको रूपिया हो, अथवा उनीहरूका रगतपसिना शोषण गरेको रुपियाँ। यो रुपियाँ गायब गरिनु के केहि कम अपराध हो? सुदिप्त सेनहरूले जुन उदाङ्गो रूप देखायो, यी ठुल्ठुला पुँजीपतिहरूले त्यहि नै त गर्छ, केहि हदसम्म आवरण राखेर। कानुनको फाँक छिर्दै सुदिप्त सेनहरूले जहाँ निस्किनु सकेन, यो बैंकहरूबाट त्यही काम पुँजीपतिहरूले सजिलोसँग गर्छ। यस खण्डमा त्यो चोरी चाँही धेरै हदसम्म कानुनी हुन्छ, कानुनको शासन नै यस्तो हो!



अचम्मको केहि छैन, यो नै पुँजीवाद हो!

यस राज्यलाई हेर्नुहोस, यो जुन ऋण लिएको रूपिया, यसबाट जुन उद्योग हुदैछ त्यसबाट कुनै नयाँ  रोजगारको बन्दोवस्त हुदैछ र? सबैलाई, खासगरी युवासमाजलाई पक्का थाहा छ, अहिले रोजगारको अवस्था। राज्यको निम्ति आय सिर्जना गर्छ? त्यस्तो पनि होइन। सरकारी तथ्य अनुसार, यस राज्यमा जुन आय सृष्टि हुन्छ, त्यसको मात्रै ३.६८% ठुलो उद्योग संस्थानहरूबाट आउछ, सानोतिनो उद्योगबाट आउदछ त्योभन्दा बेशी, ४.७४%। आय सृष्टिको हिसाबले कृषिको महत्व दिनदिनै घटदैछ। २००९-१० मा यसराज्यको भित्रि उत्पादनको १६.५४ % कृषि बाट आउदैथियो भने, अहिले त्यो घटेर १३.६५% मा आयो। तर राज्यको भित्रि उत्पादनमा वृद्धिको औसत ७% देखि पनि बेशी भएछ। यो कहाँबाट आउदैछ? हिसाब अनुसार, यसको १९% आउछ होटेल र रेस्टुरेन्टको आयबाट। धेरै बढेको छ रियल एस्टेटको व्यापार, थुप्रै किसिमको सर्भिस वा सेवा, अनि बढेको छ आर्थिक संस्थानहरूका व्यापार। रिसर्ट मालिक, प्रोमोटर, होटेल मालिकहरूको यहाँ धेरै महत्व छ, अनि सुदिप्त सेनहरू हुन् यहाँको ठुलो खिलाडी। सरकार, स्थानीय नेता, पुलिश-प्रशासन सँग नानाथरीका साठगाठको दौरान उनीहरूका व्यापार चल्छ। देशको चल्दो कानुनले जहाँ ठुल्ठुला उद्योगपति-पुँजीपतिहरूका शोषणलाई मान्यता दिन्छ, भने त्यसै कानुनबाट सुदिप्त सेनहरूजस्ता सट्टाबाज मालिकहरू कहिलेकाहीँ पक्राउपर्छ। त्यसै कारणले यी सट्टाबाजहरू आफुलाई दह्रिलो बनाउनको निम्ति अनि व्यापारको स्वार्थमा स्थानीय स्तरमा राम्रो साठगाठ राख्छन्। यिनीहरूको लागि क्रोनि क्यापिटलिजम भन्ने एउटा शब्द छ। समाजबाट जन्मेको सम्पदा लिएर यस्ता हिनामिना, यस्ता बर्बादी आजको पुँजीवादको विशिष्टता नै हो, सामन्ती व्यवस्था तोडेर जुन पुँजीवाद आएको थियो, त्यसको प्रगतिशील भूमिका देखि यो अनेक आयाममा अलग्गै छ। यो एउटा विकृत पुँजीवाद हो, जसमध्ये गाभिएको छ हजारौं पुरातन चिजहरू, जसलाई सामन्ती व्यवस्थामा हामीले देख्यो र अहिले पनि देख्दैछौँ, पुँजीवादले यस्ता धेरै कुरालाई आफूभित्र गाभेर अघि बढदैछ। एउटा व्यवस्था जो पुँजीवादलाई सुरक्षा दिन्छ, त्यसमा सबभन्दा बेशी सुरक्षित त देशी-विदेशी ठुलो पुँजीपतिहरू छन्, तर जनताको रगत पसिनाबाट चुसेको सम्पदा लिएर हिनामिना गर्ने क्रममा सानोतिनो फुटकर सट्टाबाज पुँजीपतिहरू पनि कतारमा रहन्छ— सारदा ग्रुप यस्तै एउटा उदाहरण हो। 

धेरै जनाले यस्तो सोच्छ कि बजारको कुनै पतनको पछाडी कुनै खालको विचलन हुन्छ। जस्तै हाम्रो देशमा दुइ दशक अघि हर्षद मेहताहरूका धोखाधडी, चार-पाँच वर्ष अघि अमरिकी अर्थनीतिमा भएको पहिरो र संसारभरिका मन्दीको पछाडी थियो अति-मुनाफाको गैरहिसाब ऋण र मर्टगेज। कुनै पनि मानवीय विचलन बाहेक उन्मुक्त बजार अर्थनीतिमा पुँजीको बजार भित्र केहि हदसम्म उतारचढाव रहनसक्छ, तर ठुलो खालको कुनै विपत्ति हुनसक्दैन— यो नै सामान्यरूपमा फैलिएको धारणा हो। यो धारणालाई बिरोध गरेर नुरियेल रूबिनी भन्ने एकजना अर्थनीतिविदले वहाको पुस्तक ‘क्राइसिस इकोनोमिक्स आ क्र्याश कोर्स इन फिउचार अफ फिनान्स’मा देखाउनु भयो कि — यस्तो ठुलो विपत्तिको स्रोत पुँजीवादी व्यवस्था भित्र नै निहित छ। विपत्ति नै त अहिले पुँजीवादको अनुहार हो, एउटा प्रतिदिनको घटना! रूबिनीको कुरा संसारभरिमा ज्यादै महत्व पाइन्छ किनभने २००७-०८ को अमेरिकी तथा विश्वमन्दी बारे वहाले धेरै अघिदेखि सही ढंगले भविष्यबाणी गर्नु भएको थियो। विपत्तिको अघि उनलाई दिल्लगी गरेर डक्टर डुम भनिन्थ्यो। अनि अहिले सम्मान दिएर भनिन्छ सत्यद्रष्टा! यो सत्यदर्शन गर्ने विचारहरू संसारमा धेरै पहिला नै आएको थियो। दह्रिलो रूपमा नै आएको थियो। त्यही कारणले नै पुँजीवादको विरूद्ध सङ्घर्ष यत्रो जोरदारले, आत्मविश्वासले थालेको थियो। अनि अहिले पनि भैरहेछ, निरन्तर भइरहनेछ...

   प्रकाश विश्व



पुँजीको चपेटामा जेन्टलम्यानस् गेम !


सर्वेक्षण : बालासन कलोनीको एक दृश्य

भनिन्छ प्रत्येक दिन नै एउटा नयाँ दिन भएर आउछ। तर के तपाईलाई लाग्छ यो सही हो? त्यसर्थ यो सही हो भने किन चाहिँ दिन रात परिश्रम गर्ने श्रमिकहरूको जीवनमा सुर्यको किरण एउटा नयाँ दिन बोकेर आँउदैन? उनीहरूको जीवनमा एउटा नयाँ दिन किन सुनौलो बनेर आँउदैन? बिहान देखि बेलुकी सम्म आफ्नो पसिना बगाएर पनि उनीहरूले किन आफ्नो श्रमको ठिक मूल्य पाउदैनन्? के उनीहरूको जीवनमा परिवर्तन आँउदैन? 

सिलगडीदेखि ७ की.मी. टाडामा स्थित बालासन कोलोनीमा पनि सोहि दृश्य देख्न पाइन्छ। बालासन नदीको किनारमा रहेको यो गाउँको कुल जनसंख्या २५५२ छ। ती मध्ये १३२७ जना पुरुष अनि १२२५ जना स्त्रीहरू छन्। नदीको किनारमा भएको कारण यहाँका बासिन्दाहरू प्राय ढुंगा कुटेर आफ्नो जीविका निर्वाह गर्छन। यहाँ टाडा-टाडाका राज्य अनि बंगलादेशबाट मानिस काम गर्न आउछन्। हरेक दिन आठ नौ घण्टा काम गर्दा पनि उनीहरूले भने जस्तो ज्याला पाउदैनन्। दिनको टन्टलापुर घाममा आफ्नो पसिना बगाएर एक के.बी. को केवल ४० रुपिया पाउने गर्दछन यहाँका मजदूरहरूले। 



गाउँमा स्वास्थ्य केन्द्र त छ, तर त्यहाँ भने जस्तो उपचारको सामग्रीहरू छैन। कोहि सारो बिरामी भएमा ५ किलोमीटर टाडा नर्थ बंगल मेडिकल कलेज लैजाउनु पर्ने अवस्था छ। प्राथमिक पाठशालाको पनि त्यही हालात छ। आमा बाबाको आम्दानी राम्रो नभएको कारण नानीहरूले राम्रो शिक्षा पाउनुबाट बन्चित भएका छन्।

यहाँका महिलाहरूको स्तिथि त झन् सोचनीय अवस्थामा छ। कति त बाल विवाहको शिकार बनेको छ। ३२% महिलाहरूको विवाह १८ वर्ष भन्दा कम्ती उमेरमा भएको छ। यतिबेला न् त उनीहरू शारिरिक रूपले तयार भएका थिए न नै मानसिक रुपले। यसको मुख्य कारण हो हाम्रो समाजमा कयौं वर्षदेखि जडा गारेर बसेको पितृतान्त्रिक व्यवस्था जसले विचार राक्छ नारीहरू वस्तु हो जसलाई किनबेच गर्न सकिन्छ र यो एउटा नारीको धर्म हो की उसले आफ्नो आमा, बाबा, लोग्ने ठूला-बडाहरूले भनेको आज्ञाको पलाँ गर्नु पर्छ। यहिँ सोँचको कराण धेरै नारीहरू यो समाजले बनाएको खोक्रो नियमको विरोध गर्न सक्दैनन्। 

शिक्षाको क्षेत्रमा पनि उनीहरू पछाडीएका छन्। ४०% महिलाहरू अशिक्षित छन् भने मात्र ४% महिलाहरूले उच्च शिक्षा आर्जन गर्ने मौका पाएका छन्। अशिक्षित भएको कारण मात्र २८% महिलाहरू घरदेखि बाहिर काम गर्न सक्षम बनेका छन्। अशिक्षित अनि बेकारी समस्या नै उनीहरूको जीवनमा बाधा बनेर बसेको छ। घर परिवारको विषयमा कुनै निर्णय लिन परे उनीहरू की त आफ्नो पतिमाथि निर्भर रहन्छन् की त घरको कुनै ठूलो पुरुष सदस्य माथि। यहाँ सम्म की भोट हाल्नको निम्ति पनि उनीहरू स्वतन्त्र छैनन्। यो अधिकार बाट पनि उनीहरू बन्चित छन्। ६०% महिलाहरू आफ्नो इच्छा अनुसार मतदान गर्छन भने ४०% ले मात्र स्वतन्त्रपूर्ण र कुनै दबाव बिना भोट हाल्छन्। यहाँ प्राय महिलाहरू नदीमा दुंगा कुटेर पनि घर गएर घरेलु काम काज गर्छन् भने प्राय पुरुषहरू दिनभरी रिक्शा कुदाउँछन्। सरकारले उनीहरूलाई कुनै पनि सहुलियत नदिएको गुनासो गर्छन् त्यहाका बासिन्दाहरू। यहाँसम्म की इन्दिरा आवास योजना पनि गरीब जनताले न पाएर पहिलै बाट घर-द्वार भएको मानिसहरूले हत्याएका छन् भन्ने खबर पनि सुन्न पाइएको छ। अनपढ आमाबाबुको छोरा छोरीहरू जो अहिले भर्खर १० र १२ क्लासतिर पढ्दैछन्, उनीहरूले पनि खुबै कष्ट गर्न परिरहेको छ राम्रो ट्युसनको कमि त  छ नै तर घरको धेरै वटा काम काज गर्न पर्दा पढ्ने समयमा पनि कटौती भइ रहेको छ। फेरि छोरीलाई भन्दा छोरालाईनै पढाउने चलन त छदैछ त्यहा पनि। यस्तै तितो यथार्थले भरिएको छ बालासन कोलोनी र यस्तै असंख्य कोलोनिहरूले भरिएको छ हाम्रो प्यारो देश, भारत।

   अम्बिका राई




कथा : प्रतिवाद

“बाबु तिम्रो बाउले आत्महत्या गरेछन्”। 


“आत्महत्या...... हा हा हा ! त्यो तपाईँले आत्महत्या देख्नुभयो? म त त्यसलाई हत्या भन्ठाने थे। जे होस्, म अन्धोलाई त्यसमा कुनै सरोकार छैन।”



“अँ यहाँ तपाईँ नि को हुनुहुन्छ”। भास्करले, पात्लो खाडीको च्यादर तान्दै सोध्यो।



“भाइ हामी सरकारी कामदारी हौ।” दुई कर्मचारी मध्ये एकले भने। “त्यसो त तपाईँ सहुलियत दिलाउन आउनुभएको जस्तो छ नि।” “हो भाइ सामाजिक हैसियतले केही नभएको हुनाले, सरकारद्वारा केही सर-सहयोगको रूपमा ५०० रुपियाँ तिम्रो नाउँमा आएको छ। तिमी आन्धो छौ भनेको सुन्दा हामी घरैमा आयौ।”



“हा हा हा ! भास्कर जोड-जोड, हास्यो। हास्दा-हास्दै त्यो खाडीको च्यादर भुइँमा खस्छ।”  भास्कर हुन्छ निवस्त्र। नग्न शरीरलाई केही ओझेल दिन एक कर्मचारी त्यस च्यादर उठाई फेरि भास्करको शरीर ढाकी दिन्छ।



भास्कर भन्छ “५०० रुपियाँ...सायद कात्रोको रुपियाँ दिनुभाको होला।” “हामीले होइन भाइ, यो सरकारको कोष हो।” 



 “जिउँदाहरुलाई लछारी-पछारी नांगै-भुतुङ्गै बनाउने सरकारले अब त मुर्दालाई कात्रो किन्ने पैसा दिन थालेछ। हेर्नुहोस्, मेरो जिउदो शरीर निवस्त्र छ, यी पेटमा अन्न छैन, चार दिन भयो। म अन्धो छु दश वर्ष देखि....फेरि मेरो आमा छैनन् न नै कोही आफन्त... फेरि एउटा बुवा, उनलाई पनि हत्या... .”



ती नयनले कहिले धर्ती नदेखे पनि धर्तीमा शोषण गर्ने कैयौं शोषणकारीको लामा-लामा जिब्रो उसको मस्तिस्कले देखिसकेको थियो। 



एक कर्मचारीले तुरन्तै भन्यो , “ भाइ तिमी गलत बोल्दैछौ। तिम्रो बुवाको हत्या भएको होइन...त्यो आत्महत्या हो।” 



“तपाइले देख्नु भो?”



“हो मैले मात्र होइन सबैले देखेको।” 



“त्यसो भए तपाईँ मात्र होइन समस्त देख्नेहरु अन्धो रहेछन्। म अन्धो होइन किनभने मैले त्यहाँ हत्या देखे। औ यो साचो हो।”



“कसरी?”



“तपाइ जान्न चाहनुहुन्छ?”



“हो।”



“त्यसो भए तपाईँले प्रतिवाद गर्नुहुनेछ ? तपाईँको देशलाई, तपाईँको सरकारलाई” 



“गरौला”



त्यसो भए सुन्नुहोस......., करिब सात वर्ष अघिको कुरो हो। म अन्धो नै थिए। मेरो एकमात्र हेरचाह गर्ने मेरा बुवा थिए। बुवा मलाई संसार देखाउनु चाहनु हुन्थ्यो तर गरिब टुहुराको लागि यो असमर्थ थियो। मेरा बुवाका साथी राजु हामी सँग घनिष्ट थिए। रातका अन्धकारमा बुवाले लखतरानको भोज हटाउन एक बोतल पिएर मेरो छेउमा बसी मिठा-मिठा गफ गरिरहेका थिए। ढोकामा ढकढकीयो। राजु काका थिएछन्। उनी भित्रै आए। मेरो समस्त दर्द-पीडा हटाउन उपाय लिएर  आएछन्। उनले मेरो बुवालाई भने दाजु हेर्नुहोस् तपैको छोरा निको हुनेछ। मेरोमा एउटा उपाय छ. बुवा हर्षले गदगद् भए। राजु काका भन्दै गए, यो घर बाहेक तपाईँको जमिन गरिदिनुहोस् अनि उपचार गर्नुहोस। बुवाले भन्नुभयो-तर यो जमिनको पैसाले पुग्ला र यति ठुलो अपरेसनको लागि। राजु काका भन्दै गए, धत्तेरी दाजु पनि बचत खातामा राख्नुपर्छ. आठ वर्षमा चार गुणा बढ्छ। हो र त्यसो भए भोलि नै गर्नु पर्ला, तर कसले पो गर्लान् मलाई त अत्तोपत्तो छैन- बुवाले भने। राजु काकाले आतुर साथ जवाब दिए, म छदैछु नि, मैले नै एजेन्ट गर्दैछु। एयटा असल कम्पनी रहेछ। अरे आठ वर्षमा चार गुणा पो। दाजु यस्तो त अरू कहाँ पाइन्छ र? फेरि कम्पनीले सीमित समयको लागि अफर पो दिएको। २८ तारिक त सकिन्छ दाजु झट्टै गरिहाले मात्र पाइन्छ अफर। नभन्दै बुवाले सबै जमिन बिक्री गर्नु भयो। अनि सबै रुपिया राजु काकाले भने अनुसार राख्नु भयो। यसरी ७ वर्ष बित्यो।  अब पैसा फर्किन १ वर्ष बाकि। बुवा खुसीले गद्गद् थिए,........चार डबल। हिज बिहान सधैँ झैँ बुवा काममा जानु भयो साँझ झमक्क परि सके पछि फर्किनु भयो। सधैँ दिनमा नखाने तर हिज भने ढधेर पिउनु भए छ त्यसैले मैले सोधे, बुवा आज किन.......? मेरो प्रश्नको अर्ध वाक्यमै बक्न लागे बुवा। तँ चुप, अब तेरो बुवा कहाँ रह्यो र? तेरो सुन्दर भविष्य यहीँ खाल्डो भित्र राख। तेरो निधारमा यहीँ रहेछ हैन भने भिख माँग। म अब तलाई धेरै पाल्न सक्दिन। मैले सोचे थे अब त तेरो आँखा बनिनेछ, म बुढोलाई पाल्ने छस। म पनि त हाड-छालाले बनिएको हुँ, कत्तिन्जेल रग्डिएर बस्नु, ती रोडामा? 



मैले बुझ्न सकिरहेको थिइन आज किन बुवाले यस्तो बोली गर्नु भयो शायद जीवनमा प्रथम पल्ट होला यसरी बोल्नु भाको........ अनि अन्तिम पल्ट पनि। 



छिनैमा शान्त भावमा बोल्नु भयो, “हेर, त्यो राजु भागेछ। त्यो कम्पनी उडेछ। हाम्रो पैसा गयो, उड्यो हावामा.... अब तैले संसार देख्दैनस।” “बुवा होस् मलाई संसार देख्नु छैन, तपाईँलाई महसुस गर्न पाए हुन्छ। मलाई पानी दिनु होस् बस्....... म भन्दै गए तर बुवा कत्ति खेर जानु भएछ। पछि खबर पाए हत्या।” 



“होइन आत्महत्या।” 



“अझै तपाईँ यसलाई आत्महत्या भन्दै हुनुहुन्छ? आफ्नो जीवन भरीको कमाई खाईदिएर जीवनमा बाँच्ने आधारनै खोसिदिए पछि मानिस कसरी पनि बाँच्न सक्छ र? यो त सपनाको हत्या हो, मान्छेको हत्या हो।” भास्कर गर्जियो।



दोस्रो कर्मचारीले सुस्तरी भन्यो, “हो मित्र यो हत्या हो। यो षड्यन्त्रलाई बुझ्ने कोसिस गर कारण जनताले त बुझी सके यसो कान थपेर सुन त।” 



बाहिर हल्ला-खल्ला भई रहेको थियो, आक्रोशित जनताहरू एक सुरमा नारा लगाउदै थिए —



गरिबको पैसा फर्काइ दे ! 



सरकार मुर्दाबाद !



प्रशासन हामीलाई जवाब दे !

   अमित छेत्री