सुमेन्द्र तामाङ
देशभरि गरिबीको हाहाकारले आतङ्क छाइ रहेको छ, अशान्तिको लय सबैले सुनी रहेका छन्। अर्थव्यवस्थाले बजारमा घुडा टेकी रहेको छ। चुनावको निम्ति सबै राजनैतिक दलहरूले आ-आफ्ना रण-नीतिहरू चली रहेका छन्। जनताको भोट आफ्नू खल्तीमा हाल्नुको निम्ति ५ वर्षमा केही काम गर्ने समय यिनीहरूको निम्ति यही हो। जनतालाई कसरी टोपी ओढाउनु? यो कुरा यिनीहरू भन्दा राम्रो अरू कसले गर्छ होला र? विश्वव्यापी भोट को अधिकारको नाममा खटि खाने श्रमिकहरूलाई सालभरि आधापेट राखेर, आधी मासु बनाएर ... अहिले यिनीहरूको जनताको काँचो रगत गनाउने मुखबाट हामीले जनताको उद्धार, देशको उन्नति, भ्रष्टाचार मुक्त भारतका नाराहरू सुन्न पाई राखेको छौ।
धेरै वर्ष देखिको धुलो परि सकेको भारत देशको श्रम कानुनले श्रमिकहरूको हित त होइन तर उसलाई जीवन र मरणको बिचमा चेपटाई रहेको छ। धनी अझै धनी भइरहेका छन् भने गरिबले दिनमा दुई छाक खानुको निम्ति गोरु खटाई गर्नु परि रहेको छ। देशको कुना- कुनामा बलात्कारको घटनाहरूको सङ्ख्या बढेर आकाश छुन लागिरहेको छ। एउटी स्त्रीलाई वस्तुको हिसाबले हेर्ने र त्यही प्रकारले व्यवहार गर्ने पितृसत्तालाई दोष नदिएर उल्टो केटीहरूको स्वाधीनतालाई प्रश्न गर्ने, उसको चरित्र माथि दोष लाउने, उसको पहिरनलाई दोष दिने प्रकिया हरू देशभरि चली रहेको छ। जाति भेद को नाममा उत्तर पूर्वका मानिसहरूलाई प्राणघातक आक्रमण भएको कुरा पनि नयाँ होइन। अझै यसता जनताको शोषण गर्ने समस्याहरू बारे कुरा गर्न लाग्दा पुरा रत बितेर जान्छ। लाटा भाषामा भनौ भने यस्ता समस्याहरूले जनतालाई झुगाले खुन चुसेझैँ दिक्कलाग्दो अवस्थामा ल्याई पुर्याएको छ।
कुरा कुरैमा केही दिनदेखि दैनिक पत्रिकाहरूमा देवयानी खोब्रगादे -को भिसा धोखाधडी बारे निक्कै खबरहरू छापिइएको थियो। कुरा बुझ्न लाग्दा असलमा देवयानीलाई १२ दिसेम्बेरको दिन अमेरिकी सरकारले, उसको घरेलु काम गर्ने केटी संगीता रिचार्डको भिसा धोखाधडीको मामलामा गलत जानकारी दिएको आरोपमा गिरफ्तार गरेको थियो। देवयानी त्यस समय न्यु योर्कमा भारतको कन्सुलेट जेनेरलको डेपुटी कन्सुल जेनेरल थिइन्। डीप्लोमेटिक इम्मुनिटीको आडमा उसलाई अमेरिकी सरकारले २५०,००० डालरको बोन्डमा रिहा पनि गरी दियो। जानकारी अनुसार भिसा प्रमाणीकरणको समय देवयानीले संगीतालाई दुईवटा कन्ट्रयाक्ट सही गर्न लगायो। पहिलो कन्ट्रयाक्ट अनुसार संगीताको वेतन डालर ९.७५ प्रति घण्टा थियो भने दोस्रो अनुसार डालर १-२ थियो। पहिलो कन्ट्रयाक्ट देवयानीले अमेरिकी राज्य विभागलाई जम्मा गर्यो तर दोस्रो कन्ट्रयाक्ट आफैसँग राख्यो। यो कुराको भण्डाफोर संगीताले गरिन् र यसैकारणले देवयानीलाई भिसा धोखाधडीको आरोपमा गिरफ्तार गरियो। सङ्गीतको बयान अनुसार उसमाथि भएको घरेलु हिंसाको कुरा मिडियाले एकपल्ट पनि वर्णन गर्न खोजेन। तर देवयानीको स्ट्रिप सर्च बारे मिडियाले घरी-घरी विज्ञापन गरी रह्यो। एउटा केटीको इज्जत सुयोको टुप्पोमा भएको कुरा अथवा उसको शरीर र उसको दुई खुट्टा बिचमा हुन्छ भनी देखाएर पुरा भारतलाई आक्रोशित बनाउने काम गर्यो मिडियाले। तर संगीतामाथि कति दिन देखि भएको कुरामा चुप्प रह्यो मिडिया औ भारत प्रसाशन। उसको श्रम अनुसार एक-चौथाई भाग मात्र वेतन पाएको कुरामा कोही केही बोलेन। बरु देवयानीको “डिप्लोमेटिक इम्मुनिटी” हुदा-हुँदै गिरफ्तार गरेको विरुद्धमा भारत सरकारले पनि देशमा अमेरिकी डिप्लोम्याटहरूको विशेष सुविधाहरू घटाई दियो। अमेरिकी एम्बसी अगाडि विभिन्न राज्यहरूमा यस विरुद्ध प्रदर्शन पनि भयो । अन्त्यमा देवयानीलाई भारत फर्काएर ल्याईयो। असलमा श्रम शोषणको मुद्दामा अमेरिका कम छैन। दुनिया भरिको प्रभासी मजदूरहरुलाई सस्तो श्रमको नाममा थुपारेर श्रम कानुनको उल्लंघन गर्नु अमेरिकाको निम्ति स्वाभाविक हो। तर आफ्नो डिप्लोमेटिक शक्तिलाई चुस्त राख्नु उसको उद्देश्य थियो।
सरकारले देवयानीलाई पुरा साथ दियो, औ उसले आफ्नू परिवार अमेरिकामै छोडेर भारत फर्केको कुरामा पनि शोक जनायो मिडियाले। तर संगीता माथि भएको शोषण, अत्याचार, अन्याय माथि सत्ताधारीहरु कोही पनि बोलेनन् । अझै भारत र अमेरिकी सरकार मिलेर डिप्लोम्याटहरूको विशेष सुविधाहरू माथि चर्चा गर्ने, त्यसलाई अजै बुलन्द बनाउने निर्णय लियो सलमान खुरशिदले। यो पुँजीपति व्यवस्थाले शोषितहरूको हितमा होइन तर शोषकहरूको हितमा काम गर्ने र त्यै अनुसार नीतिहरू बनाउने कुरा यहाँबाट स्पष्ट हुन्छ। असलमा भारतीय सरकार, मिडिया इत्यादि सबै पुँजीपतिहरूको कटपुतली नै त हुन्। चाहे संगीता रिचार्ड होस् वा संसारको कुनै पनि कुनाको श्रमिक, यस व्यवस्थामा उनीहरु हरदम शोषण भैरहेको छ।
'' म खाऊ मै लाऊ सुख सयल वा वोज मै गरौँ
म बाचु मै नाचु, बाकी सब मरुन यी दुर्बलहरू।''
– यही हो वर्तमान स्तिथि भारतवर्षको !
No comments:
Post a Comment