Thursday, February 2, 2017

फिडेललाई बेवास्ता गर्नु सम्भव छैन

डिएगो माराडोना

[बिसौं शताब्दीको आधा अवधिको इतिहासलाई प्रभाव पार्ने एक्लो फिडेल क्यास्त्रो क्रान्तिको सिङ्गो अध्याय थिए। अति शक्तिशाली छिमेकीको अहङ्कारपूर्ण हैकम अस्वीकार गर्दै 52 वर्ष लामो आर्थिक नाकाबन्दी खपेर पनि सानो, कमजोर क्युबा -ले आफ्नो राजनीतिक स्वामित्व कसरी बचाउन सक्छ भन्ने जीवन्त इतिहासको साहसिला नायक भए फिडेल क्यास्त्रो। विगत डिसेम्बरमा 90 वर्षको उमेरमा क्युबाका नेता, असंलग्न अभियानका संस्थापकहरू मध्येका एक फिडेल क्यास्त्रोको निधनमा विश्वले नेताहरूमध्ये पनि कीर्तिशाली नेतालाई गुमाएको छ। एउटा सम्पूर्ण स्मरणको सट्टामा हामी किंबदन्ती फुटबलर डिएगो माराडोना ले लेख्नुभएको फिडेल माथि सम्झनालाई नेपाली अनुवादमा  पेश गर्छौं। अनुवाद : सुमित्रा तामाङ]


मेरो साथी, मेरो विश्वासपात्र, मेरो यस्तो एक साथी जसले मलाई हरेक सल्लाह दिन्थ्यो र जुनै समयमा पनि बोलाएर फुटबल, बेसबल, राजनीतिहरुको विषयबारेमा चर्चा वा बातचित गर्थ्यो। अनि मेरो निम्ति फिड्ल मात्र एक महान व्यक्ति थियो छ र संधैभरी नै रहनेछ। मेरो हृदय  टुट्छ जब यस्ता महान व्यक्ति यस संसारले गुमॉउछन्। कुनै यस्तो समाधि छैन जो 20 जना मानिस लिई अमेरिका जस्तो राज्यलाई चेतावनी दिनसक्छ, कोहि यस्तो छैन जसले एकै वर्षमा अशिक्षालाई नाश गर्न सक्छ, कोहि यस्तो छैन जसले नानीहरुको मृत्युको दर 42% देखि 4% सम्म पुराउन सक्छ। संसारमा सबैभन्दा बेसी डाक्टर पैदा गर्ने देश, जहाँ प्रत्येक 130 जना मानिसको निम्ति एउटा डाक्टर निश्चित गरिएको छ, यस्तो देश बनाउनमा उनको ठुलो हात छ। कसैले पनि संसारको सबैभन्दा उत्कृष्ट स्वास्थ्य संस्था कहाँ बनाउन सक्छ जहाँ प्रत्येक वर्ष 84 देशहरूका 25000 डाक्टरहरू डिग्री पाउछन्।   

हर कोहिले 30 हजारभन्दा ज्यादा डाक्टरहरु पठाई संसारको 60 वटा देशहरुलाई एक साथ मिलाएर लगभग 6,000,000 मिशनहरू पुरा गर्न सक्दैन, हर कोहिले ल्याटिन अमेरिकी देशलाई शिशु कुपोषणबाट  मुक्त गराउन सक्दैन, र यस देशलाई ड्रग अब्युजबाट बचाउन सक्दैन, सबैले 100% साक्षरता प्राप्त गर्न कहाँ सक्छ र? कोहि पनि मानिस पनि यस्तो छैन होला जसले आफ्नो देशमा हिड्दा बाटोमा एउटा पनि बालक बेसहारा भइ सुतेको देख्न सक्दैन होला यस देश बाहेक, अनि कुनै यस्तो अर्को देश छैन जसले पर्यावरणलाई यति बेसी ध्यान दिन्छ र एउटा दिगो विकासको बाटो बनाउन सकेको छ, कुनै देशमा पनि मानिसहरूको उमेरको म्याद जन्मै देखि 79 वर्ष छैन। यहाँ बाहेक कसैले पनि क्यानसरको भ्याक्सिन सृजना गर्न सकेको छैन, कोहि यस्तो देश छैन जसले आमाबाट नानीमा सर्ने एच आई भी को रोगलाई जडबाट मेटाउन सक्छन्, ल्याटिन अमेरिकाभरि अधिकांश ओलम्पिक मेडल ल्याउने देश पनि यहि हो। कसैले पनि 600 पल्ट मृत्युलाई धोखा दिन सकेको थिएन, जसलाई 11 जना अमेरिकी राष्ट्रपतिहरूले पदच्युत गर्न खोजेका थिए। कोही छैन जो 50 बर्षको नाकाबन्दी र आर्थिक युद्धको संघर्ष गरी बाच्न सकोस्, संसारको इतिहासमा यस्तो कोही  छैन, जसले 90बर्ष पुगीन्जेल अधिवक्ताको भार सम्हाले, धरै जनाले चाहेको र धेरैजनाले भुल बुझेको। तर कसैले पनि अवज्ञा गर्न नसकेको फिडेल। RIP फिडेल। 
  

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...