Thursday, February 2, 2017

'भाङ्गड़'को सङ्घर्षले ल्याइयो सिंगुर-नन्दीग्रामको सम्झना

सुमित्रा तामाङ


17 जनवरी 2017 को दिन कलकता नजिक दक्षिण 24 परगणा जिल्लाको भाङ्गड़मा शान्तिपूर्वक आन्दोलनकारीहरु राजकीय आतङ्कको निर्दयी अन्यायपूर्ण पक्षको गवाही भए। पश्चिम बङ्गाल पुलिस साथै सत्ताधारी टी.एम.सी. का गुण्डाहरुले खुल्लारुपमा ती आन्दोलनकारीहरू माथि खुल्ला गोलीबारी गरेको थिए। त्यस घटनामा दुई व्यक्तिहरू आलमगिर र मफिजुलको मृत्यु भयो। तिनीहरू मध्ये पहिलो एक 22 वर्षीय डिरोजियो कलेजको छात्र थियो। विगतको केहि महिनादेखि चलिरहेको भाङ्गड़को किसानहरूको भुमि अधिग्रहण विरोधी सङ्घर्षले यस क्षणमा आइपुगेर एक दशक अघिको सिंगुर र नन्दीग्राम सङ्घर्षको सम्झना ल्याइदियो। फरक यसमा छ कि त्यतिबेला सीपीएम सत्तामा थियो र तृणमूल कांग्रेस सङ्घर्षको पक्षमा थियो भने आज त्यही तृणमूल कांग्रेसले भुमि आन्दोलनको श्रेयबाट सत्तामा बसेर सङ्घर्षरत किसानहरु माथि गोलि ठोकिरहेको छ। इतिहासको पन्नामा सिंगुरको शहिद तापसी मालिक अथवा नन्दीग्रामको शहिद शेख सलिम-भरत मण्डलसितै जग्गा पायो भाङ्गड़को आलमगिर र मफिजुलहरू!

यी दुई व्यक्तिहरूको मृत्यु त त्यसदिन अघि देखिनै चलिरहेको आतङ्कको क्रम मात्रै थियो जुन आन्दोलन गरिरहेका निर्दोष गाउलेहरूले सहनु परिरहेको थियो। अघिल्लो राति सी.आई.डी. ले अचानक स्थानीय आन्दोलनकारी कालु शेखलाई पक्रिए। यस घटनाले स्थानीय निवासीहरुमाथि भड्किए र हडोवा रोड बन्द गरे अन्तमा पुलिसले उनीहरूको कानुनी मांग अघि झुक्दै कालु शेखलाई छोडिदिए।

भोलिपल्टको बिहानले फेरि अशान्तिपूर्ण राजकीय आतंकि प्रकोप देख्यो, असंख्य र्यापिड एक्शन फोर्सले सम्पूर्ण गाउलाई घेऱ्यो।  र्यापिड एक्शन फोर्स काशिपुर पी.एसको पुलिससित र टी.एम.सी. का गुण्डाहरू सँग मिलेर तृणमूल कांग्रेसको भुतपुर्व विधायक अराबुल इस्लाम को नेतृत्वमा त्यहाँका निर्दोष गाउलेहरुमाथि अत्याचार गर्न थाले। महिला र नानीहरू पनि यस अत्याचारको प्रकोपबाट बाँचेनन्। 

तिनीहरू खमाराइट,  मछिभंगा,  टोना गाउँहरूमा पसेर त्यस गाउहरूमा भएका हरेक व्यक्तिलाई एक एक गरी तानेर निर्मम प्रकारले हिर्काई घायल बनाए। तिनीहरूले धेरैवटा घरहरू अनि दोकानहरु साथै दुईवटा मस्जिदहरुमा तोरफोर पनि गरे। 

यस्तो डरलाग्दो राज्य आतङ्क, जहाँ कलेज पढ्दै गरेको विद्यार्थीले आफ्नो प्राणदेखि हात धुनु पऱ्यो, त्यसको अफसोसको रूपमा कुनै पनि प्रकारको बयान कुनै पनि रूपमा राज्य सरकारबाट आएको छैन अहिलेसम्म। पछि गएर सरकारले क्षतिपूर्तिको घोषणा गरेको थियो, जुनलाई नकारीदिए शहिद भएका मफिजुल इस्लामको बाउले। धेरै गाउलेहरुको गवाही अनुसार अराबुलको मानिसहरूले गोलीबारी गरेको थिए जो पुलिसको भेषमा गाउँ पसेका थिए। उक्त घटनाले हामीलाई नन्दीग्राम हत्याकाण्डको स्मरण गराउछ जब “गन्जी पुलिस” साधारण जनताको मुख मुखमा परिभाषित भएको थियो। स्मरण रहोस् की पुलिसले गोलीबारीमा तिनीहरूको हात नभएको बताए र यो मामला मतभेतको हो भनेर बयान दिए। किन चाहिँ राज्यको सबै  वाहकहरू सिधा अस्वीकारको नाटक गरिरहेका छन् जुन खुबै अचम्मको छ।  

धेरैलाई नै अहिले थाहा छ कि भाङ्गड़मा पावर ग्रिड सबस्टेशन निर्माणको लागि सरकारबाट जबर्जस्ती जमिन अधिग्रहण लिएर यो सङ्घर्ष शुरु भएको थियो। यतिमात्रै होइन, खासमा कैयौं वर्षोदेखि भाङ्गड़को सम्पूर्ण क्षेत्रभरी कन्ट्रयाक्टर, प्रोमोटरहरूको दबदबा र भयभीत पारेर जनताबाट जबर्जस्ती उर्वर क्षेतीजमिन खोस्नुको परम्पराबाट जन्मिएको गुनासो नै यस सङ्घर्ष फैलाउने स्रोत हो। सङ्घर्ष अब आएर यती दह्रिलो बनिएको छ कि मुख्यमन्त्रीले मौखिक रूपमा घोषणा गर्न वाध्य भयो कि यदि स्थानीय निवासीहरु पावर ग्रिडको विपक्षमा छन् भने पावर ग्रिड स्थापित हुने छैन अनि स्टेट अथोरिटिसले स्थानीय मानिसहरूलाई कुनै पनि शारीरिक चोट पुर्‍याउने छैनन्। तर पनि पक्राउ परेका 11 जना निर्दोष गाउलेहरु जो पुलिस हिरासतमा थिए तिनीहरूलाई थप 6 दिनको जेल भयो। तिनीहरुमाथि एक्सप्लोसिभ एक्ट, आर्म्स एक्ट इत्यादि लगाइएको छ। डी.एम ले, राज्य पुलिसले यिनीहरूको जमानातमा कुनै पनि बाधा नदिने बाचा दिए पछाडि पनि घटना उल्टै भयो, तिनीहरूको पुलिस हिरासतको समय लम्बिएर गयो। राज्यसरकारले अधिक मात्रामा र्यापिड एक्शन फोर्स सारा गाउमा फैलाईदिए अनि गाउवासीले लगातार रूपमा हाडोवा रोड बन्द गरिरहे। पावर ग्रिड कर्पोरेशनको वेबसाइटमा सिधै भनिएको छ कि कुनै पनि प्रोजेक्ट निर्माण गर्न भन्दा अघि त्यहाका निवासिहरुको सल्लाह र आज्ञापत्र लिन जरुरी छ, यदि उनीहरूले अनुमति दियो भने मात्र कम्पनीले प्रोजेक्ट लागु गर्न सक्छ। तर यस प्रकारको कुनै पनि अनुमति भाङ्गड़मा लिइएन किन?

खुल्ला र लज्जास्पद रूपमा लोकतन्त्रको न्यूनतम आज्ञा धरी उल्लङ्घन गर्दै टि एम सी लिडर अराबुल इस्लामले डर देखाएर गाउवासीलाई कम दाममा जमिन बिक्री गर्न लगाए र मनपरी भाउ कसे कतिले 2.5 लाख/बिघा पाए भने कतिलाई 1 लाख/बिघामै मा राजी हुन कर लाग्यो। अराबुल अनि त्यसका मानिसहरू राती गाउभित्र पसेर खुला गोलीबारी तथा बम पड्काएर आतङ्क मचाउने गर्थे। अहिले जब त्यहाका मानिसहरूले ती बदमास दुष्टको विरुद्धमा आवाज उठाई रहेका छन् त्यति बेला किन राज्यसरकार चुपचाप लाटा जस्तो भएर तमाशा हेरिरहेको छ? किन हाम्रो सी.एम जो कि पुलिस विभागको प्रधान पनि हो, किन यस घटनालाई महत्त्व दिएको छैन अनि किन यस विषयमा कुनै कानुनी कारबाही नगरी चुपचाप छ? किन यस समस्याको उचित जाँच पड्ताल भएको छैन?

दुखको कुरो के हो भने यो आन्दोलनलाई कुल्चनुको निम्ति सरकार खुबै कुटिल चाल खेलिरहेको छ। यो आम जनताको जन आन्दोलन हो। राज्यभरिको विद्यार्थी तथा गणतान्त्रिक मानिसहरूले चलिरहेको अन्याय विरुद्ध आवाज उठाउदै आन्दोलनमा भाग लिइरहेका छन्। तर मुख्यमन्त्रीले यी सहभागीहरूलाई माओवादी, नक्शलवादी इत्यादि भनेर संज्ञा दिइरहेका छन्। 'बाहिरकोहरू' भन्ने विचार पनि प्रचलनमै छ। जबसम्म मानिसमा मानवता र विवेक भन्ने चिज रहन्छ तबसम्म मानिस अन्याय विरुद्ध आवाज उठाउने छ। मानिसको हक र अधिकारको निम्ति आन्दोलनहरूमा भाग लिने छ। जे सत्य हो त्यो सत्य नै रहन्छ जस्तै धम्की र कूटनीतिको पर्बाह नगरी मानिस सत्यको पक्षमा उभिने छ।

30 जनवरी को दिन कलकताको सडकमा हजारौं मानिसहरुका ठुलो जुलुसबाट भाङ्गड़को सङ्घर्षप्रति एकवद्धता, बन्दीहरूको निशर्त मुक्ति, र मुख्यमन्त्रीको आश्वासन लिखितरूपमा दिनलाई ठुलो आवाज उठ्यो। सत्ताको अगाडि च्यालेन्ज राख्दैछ भाङ्गड़ले।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...