राया देवनाथ
[अनुवाद : शमीक]
मानिसको निम्ति मानिस हिड्दैछन्। असंख्य मानिस। ती असंख्यमा आफू पनि हुनु पाउनुमा एउटा नशा छ। जुलुसको एउटा नशा छ। एउटा आनन्द त छदैछ। अनि मोह? अ, त्यो पनि छ।
एउटा जुलुस कति ठुलो हुनु सक्छ? कतिजना मानिसहरू एक साथ भेला हुन सक्छन्? हिड्न सक्छन् एक साथ? कोलकातामा यस्तै विशाल जुलुस देख्ने मौका पाएको थिए। नन्दीग्राम जनसंहार पछाडि लाखौँ मानिसहरू स्वतस्फुर्त प्रतिवादी जुलुसमा भाग लिन आइपुगेका थिए। स्वीकार गर्नु पर्छ त्यो दिन लाखौ मानिसहरूलाई एक साथ बाटोमा हिडेको देखेर साच्चै छक्क परेको थिए। अनि त्यसपछि मनमा बसेको थियो केवल एक रोमान्च। एक लाख... गन्ती सुनेर अचम्भित भएको थिए। खुबै अचम्भित...।
गत 22 जनवरीको दिन संयुक्त राष्ट्र अमेरिकामा अझै एउटा विशाल जुलुस भयो। यो जुलुस चाँहि खासमा एउटै थियो। एउटा विशाल नदी जस्तै, जसको हाँगा बिगा विभिन्न शहरको राजपथ भएर एकै भावनाले ओतप्रोत एउटै माँग लिएर एकै साथ आएर मिलेको हो। वा अहिले पनि मिसिँदै आउदैछ... कतिजना थियो त्यस जुलुसमा? बरु कतिजना मानिसहरू त्यस श्रोतमा मिसिएको थियो भन्नु उचित होला।
सरकारी आंकडाले भन्छ कि सर अमेरिकामा त्यस दिन जम्मा 806 जग्गामा यो शाखा जुलुस भएको थियो। त्यस दिन लस एन्जेलिसको सडकले साढे सात लाख मानिसहरूको जुलुस देख्यो। वासिङ्टन डिसीमा साढे पाँच लाख, न्यु योर्कमा चार लाख, शिकागोमा साढे दुई लाख मानिसहरू सडकमा उत्रे... मेक्सिकोमा 20 वटा अनि क्यानाडामा 29 जग्गामा एउटै मुद्दा लिएर जुलुस भएको थियो। सारा पृथिवीमा मोठ 678। कतिजना भए त सबै मिलाएर? आधा करोड मानिसहरू! हजुर, एकै दिनमा एउटै मुद्दामा पृथिवीको विभिन्न प्रान्तमा हिडेका थिए 50 लाख मानिसहरू।
1960 र 1970 सालमा भियतनाम युद्ध विरोधी जुलुस पछाडि यत्रो विशाल, यस्तो स्वतः:स्फूर्त जुलुस अमेरिकाले कहिल्ये देखेको थिएन। अर्थात् 59 वर्ष पछाडि पुँजीवादी पृथिवीको केन्द्रमा रहेको अमेरिकी ड्रिमको आधारहीन स्वाभिमानमा डुबीबसेको, क्याप्टेन अमेरिकाको काल्पनिक ढाल पछाडि झुटले बुनेको एक जालभित्र खोक्रो सुपिरियरिटी कम्प्लेक्सले बिरामी भएको भयानक वित्तीय र सामाजिक असमानताले घेरिएको एक जातिले बाटोमा ओर्लियो। संसारको सबभन्दा युद्धबाज देशको वासिन्दाहरू एकजुट भएर बाटोमा ओर्लियो। सिधै राज्यसत्तालाई विरोध गर्दै। हालैमा चुनिएको प्रेसिडेन्टलाई, निसन्देह यस क्षणमा संसारको सबभन्दा क्षमतावान पदको वर्तमान मालिकलाई च्यालेन्ज गर्दै।
परिप्रेक्ष
जबकि अमेरिका निकारागुवा अथवा कङ्गो होइन, जबकि न्यु योर्क शहरको सेन्ट्रल पार्कमा भयागुताले पिसाब गर्दा हाम्रो देशको साँझको टेली न्युजमा ब्रेकिंग न्युज देखाउंछ, त्यसलेगर्दा पनि यो विशाल जुलुसको सन्दर्भ संसारलाई नै थाहा थियो, यो बुझ्नुको लागि श्रीभृगु अथवा शर्लक होम्स्— कोहिपनि बन्नु पर्दैन।
तरैपनि यस लेखको लागि एकै छिनमा परिप्रेक्ष लिएर भन्दा खेरि हामी के पाउँछौं भने समस्याको शुरुवात भयो अमेरिका राष्ट्र आफैले ध्यानसित बनाएको उसको हिरो बाराक ओबामाले अवकाशप्राप्त गरे पछि। अतुलनीय वक्ता, शिक्षित, परिपक्व राजनीतिविद बुशको पदचिह्न अनुसरण गर्दै सबै दखलदारी र युद्ध-सुद्ध राम्ररी चलाए तापनि जसरी ओबामाले आफ्नो क्लिन इमेज बरकरार राखेको थियो, त्यो तारिफ योग्य त छदैछ अनि रहस्यमय पनि। सेतो मकानको पहिलो कालो अधिनायकलाई तरैपनि विभिन्न कारणले गर्दा अलिकति बेनिफिट अफ डाउट हामीले दिनसक्छौं होला, अमेरिकी प्रेसिडेन्टको आजभोलिको ट्रयाडीशन हेर्दा ओबामा-लाई तुलनात्मक रूपले कम्ती नराम्रो नै भनौं, बंगला उखानमा जुनलाई भन्छ— ‘अन्धोहरू मध्ये धमिलो’!
अन्त उसको अवकाश पछि रिपब्लिकन र डेमोक्रेटहरू माझ परिचित युद्ध परिस्थितिको अन्तमा दुईवटा दलबाट अन्तिम युद्धको लागि दुइजना उभीदियो— हिलारी क्लिन्टन र डोनल्ड ट्रम्प। सोसलिस्ट विचारको बार्नी स्याण्डर्स-लाई कसरी डज गरेर, अन्याय फाउल गरे तापनि छुट पाएर युद्धप्रेमी हिलारीले कसरी ‘लिबरल’ हरूका ‘प्रोग्रेसिव’ प्रेसिडेन्ट उम्मेदवार भइदियो त्यो कथा अर्को कुनै दिन गरुला। अहिलेको लागि ट्रम्पमाथि नै ध्यान लगाउनु राम्रो। को हो ट्रम्प? एक शब्दमा धनी आमा-बाउको बिग्रेको लट्ठे छोरा। बाउ-आमाको पैसा हिनामिना गर्दै व्यापार-धन्दा खेल्ने मान्छे। खेलेछन् र डुबेछन् पनि। तरैपनि शान्त भएनन्। फेरी नयाँ व्यापारमा उत्रेछ्न। एउटा कुरोले मात्रै उलाई बँचाइ राखेको थियो। रियल एस्टेट। सिधा कुरामा — कन्ट्राक्टरको काम। न्यु योर्कमा बस्नेहरूलाई थाहा छ रियल एस्टेट भन्नाले यहाँ के बुझिन्छ।
अन्त त्यो धनी आमाबाउको निकै छिप्पिएको छोराले एक दिन तय गरे देशको प्रेसिडेन्ट हुन्छु भनेर। अनि रिपब्लिकनहरूको पक्षबाट चुनाव जितेर प्रेसिडेन्टको उम्मेदवारको हिसाबले उठे पनि। उनको प्रत्येक वक्तव्यमा उग्र सेक्सिस्ट, मिसोजिनिस्ट, रेसिस्ट चरित्रको परिचय पाइन्छ। झल्कियो आउट एण्ड आउट पुँजीवादी र फासिवादी चरित्र पनि। सिधासिधी एन्टी-एबर्सन कुरा भन्नु भयो। उसको आक्रोशबाट छुट्न पाएनन् असहाय रिफ्युजी, दरिद्र मेक्सिकन वा मुस्लिमहरू पनि।
व्हाइट सुप्रिमेसीको पक्षमा सवाल गरे। जम्मै संसारमा निन्दित भए, समालोचनाको तुफान आयो, सोशल मिडियामा ट्रोल्ड हुन पुगे, हास्यास्पद बनाए आफूलाई। सबै अमेरिकी जानेमानेका मिडिया प्रत्यक्ष वा परोक्ष रूपमा ट्रम्पको विरोधमा सामेल भयो... अनि जम्मै संसारलाई छक्क पारेर दिनको अन्तमा भोटमा जिति छाडे ट्रम्प।
हारियो हिलारी क्लिन्टन। उ प्रो-एबर्सन मान्छे, महिलाहरूको लागि समान काममा समान ज्यालाको मांग उठाएर (यी सबै माग प्राथमिक रूपमा बार्नी स्याण्डर्सले उठाएका थिए। तर ऐनजीवी हिलारीले दक्षतासित बार्नीलाई साइडलाइन गरेर उसले उठाएको मांगहरू ‘आत्मसात’ गरिन्, निपुण हाइज्याक नै भनौं।) उसको प्रिय कार्ड खेलिन्। फेमिनिज्म। होइन, इतिहासको पन्नाबाट उठेको, मानिसको जुझारु विरासतको फसल, विकसित मानवीय वैज्ञानिक चिन्तनले बलियो अनि अतुलनीय लचिलो र आधुनिक चिन्ताको संश्लेष गर्ने नारीवाद सित हिलारी क्लिन्टनले फ्याकेको फेमिनिज्मको जस्ट कुनै सम्बन्ध छैन। यो इज्मको डेफिनेशनलाई क्यापिटलिज्मले मज्जाले बनाएको छ, पेट्रियार्कीलाई सँगै लिएर। जुन इज्ममा सङ्घर्ष, आत्मसातीकरण वा पजिटिभ विकासधारा भन्ने केहिपनि छैन। छ केवल छुटेको, फाटेको पारस्परिक सम्बन्धहीन केही चिन्तन। जुन चिन्तनले यतिमात्रै भन्छ कि एक जना व्यक्ति मानिस जतिनै भ्रष्टाचारी होस्, केवल नारी हुनुको बलबुतामा उ प्रेसिडेन्ट पनि हुन सक्लान्, अनि त्यसले नै अमरिकी समाजमा नारीमुक्तिको जयजयकार मच्चिन्छ! यी कुराहरू भुलाई दिन्छ कि नारी हुनु अघि हिलारी पनि एक जना मानिस हुन्, जसले इराक, अफगानिस्तान लगायत सबै अमरिकी आक्रमणलाई समर्थन गरेकी थिई, खुल्लमखुल्ला समर्थन गरेकी छन् युद्धबन्दीहरूमाथि नृशंस अत्याचार। कसरी कुन्नि एक जना मानिसको परिचय भन्दा उसको नारी पहिचान इम्पोर्टेन्ट भयो अनि सजिलोसँग फेरी जित्न थाल्यो त्यही पितृसत्ता। भुलाई दिन्छ कि युद्ध खासमा दखलदारीको लागि, दुर्वल माथि बलवानद्वारा अत्याचारको मानसिक अनि शारीरिक र स्पेसिफिकलि यौन अत्याचारको आधार हो। यी सबै ट्रेन्ड खासमा पेट्रियार्कीले हेरचार गर्छ, त्यसलाई बोक्न गर्छ। त्यसले दखलदारीको सोच बोक्ने युद्धप्रिय कुनै मानिस अरू जेपनि होस् फेमिनिस्ट हुनु सक्दैन। फेमिनिज्म ठिक यसको विपरीत कुरा गर्छ, अर्थात् क्षमताको मदमत्तता विरुद्ध, दमन-उत्पीडनको विपरीत ध्रुवमा उभिन्छ, इक्युटिद्वारा सबै लिङ्गको निम्ति, मानिसको निम्ति इक्युवलीटिको माग उठाउँछ।
अन्त उसको ‘फेमिनिज्म’ले पनि हिलारीलाई अन्तसम्म बचाउन सकेन। हिलारीको राजनैतिक असफलतालाई यस खण्डमा अस्वीकार गर्ने जग्गा छैन। धेरैले यद्धपी यसको निम्ति अमेरिकनहरूको छिपिएको नारीविद्वेषलाई जिम्मेवार ठहराउछन्।
यससित सम्झिनुपर्ने कुरा के हो भने लगभग आधा जस्तो अमरिकी नागरिकहरूले यस चुनावी प्रक्रियामा भागीदारी नै लिएका थिएनन्। दुवैजना उम्मेदवार प्रति तिनीहरू वाक्क-दिक्क र अस्थाहीन भएर ब्यालेट बक्स सम्म पनि आइपुगी दिएनन्।
हिलारी हार्नु भयो, अनि सत्तामा बस्नु भयो सो-क्ल्ड अशिक्षित, उग्र सेक्सिस्ट, रेसिस्ट, मिसोजिनिस्ट ट्रम्प। तब के नारीवाद पनि हार्यो? नारीवादको अनुहारको रूपमा स्थायित्व पायो पुँजीवादको डेफीनिशन? ठिक यस सन्दर्भबाट नै त्यो जुलुसको इतिहास वा ऐतिहासिक जुलुसको सन्दर्भ बनिनु थाल्यो।
यो जुलुस नै त्यही जुलुस
ट्रंपले जुन दिन शपथ लिनेवाला थियो त्यसको अघि नै अमरिकी केटीहरूले अमेरिकाको सडकमा उथलपुथल मच्चाउने योजना बनाइसकेको थियो। मुख्य विरोधस्थल राजधानी वासिङ्टन डिसी। वासिङ्टन डिसीको त्यो जुलुसको औपचारिक समर्थनमा एकवद्धतामा अरू शहरहरहरूमा पनि केटीहरूले सडकमा ओर्लिने तय गर्यौँ। प्रसार मध्यम मुख्यतः सोशल मिडिया। बारम्बार ‘केटीहरू’ भन्ने शब्द उपयोग गर्दैछु, त्यसको कारण के हो भने देशको विभिन्न प्रान्तमा यस जुलुसको आयोजकहरूमा ज्यादातर नै केटीहरू थिइन। जम्मै देशमा मुख्यतः केटीहरूको बोलावटमा आधा मिलियन मानिसहरू जब बाटोमा ओर्लियो, तब आफै एक नयाँ युगको द्वार खोलिन थाल्यो जस्तो लाग्छ।
जम्मै संसारमा विभिन्न रूपमा जब लैङ्गिक असमानता अझ पनि रगरगीसित साम्राज्य विस्तार गरिरहेको छ, आज यो 2017 मा पनि महिला र अन्यान्य प्रान्तीय लैंगिकताको मानिसहरूलाई समान अधिकारको मांगमा, मानिसलाई पाउनुपर्ने मर्यादाको मांगमा बाटोमा ओर्लिन पर्दैछ, आवाज उठाउन पर्दैछ, त्यति बेला केही ‘केटीहरू’ले बोलाइएको जुलुसमा लाखौँ ले सडकमा ओर्लिंदै छन्— यो त ठुलो कुरो नै हो नि!
यस जुलुसको प्रारम्भिक मांगहरु के के थियो?
पहिला त प्रेसिडेन्टको उग्र लैङ्गिक विषमताको व्यवहार र बयानहरूको तीव्र प्रतिवाद, परिवार परिकल्पनाको अधिकार, समप्रेमीहरूको समान अधिकार, लैङ्गिक विभेद भुलेर समान काममा समान ज्याला, नारीवादको वक्तव्यहरूको स्थापना अनि सम्बन्धित अरू विषयहरू लिएर आवाज उठाउनु। सङ्क्षिप्तमा, लैङ्गिक भेदभावविहीन एक समाजको आह्वान दिइएको थियो यो जुलुसले, जसको आधार थियो लिङ्ग-सम्बन्धित राजनीति।
वर्तमानमा मेरो बसाई न्यु योर्कमा भएकोले गर्दा त्यो ‘वुमेन र्याली’मा हिँड्ने मौका पाइयो। त्यसै न्यु योर्क एक मिश्रित प्रकारको शहर हो। मानिसहरूको सबै किसिमको नमुना नै यस शहरमा भेटिएर होला। यहाँनिर को अधिकसंख्यक र को अल्पसंख्यक त्यो एकैचोटि बुझ्नु वा बुझाउनु साह्रो छ। केवल यो शहर मात्रै होइन, यो राज्य पनि डेमोक्रेटहरूको गढ हो। यस शहरको राजनैतिक समीकरण वा चरित्र अमेरिकाको अन्यान्य क्षेत्रबाट निकै बेग्लै छ। उहिलेदेखि एक प्रतिवादी चरित्र छ यस शहरको। केही वर्ष अघि ‘अकुपाई वालस्ट्रिट’को साक्षी थियो यो शहर। कति सय-हजारौँ गरीब ‘आप्रवासी’ले यस शहरमा दुई छाक जुटाउनु को लागि शोषित भइरहेका छन् र तरैपनि लगभग बाँचीरहेका छन्— त्यो आँखाबाट नदेखिन्जेलसम्म बुझ्नु पाइन्न। मिश्रित खालको यो शहरको लागि ट्रंपको अप्रवासी-विरोधी, नारी-विरोधी, समलिङ्गी-विरोधी मन्तव्यहरू त्यसै एउटा विशाल थ्रेट हो। अन्त जुन शहरमा ट्रंपको विजय घोषणाको केही घन्टाभित्र आठ हजार मानिसहरू विरोधमा शहरको बाटोमा ओर्लिएको थियो, त्यही शहरमा पूर्व-निर्धारित जुलुस मा धेरै मान्छे हुन्छ भन्ने एउटा अनुमान त थियो नै। 20-30 हजार सोचेको थियौँ। मनमनमा 50 हजार सम्म एउटा हिसाब लगाएको थिए। म्याक्सिम त्यस्तै हुन्छ होला।
म्यानहटनको फर्टी सिक्स्थ स्ट्रिट अनि फर्स्ट एभिन्युको संयोगस्थल थियो जमघटको ठाउँ। ट्रेन र बसमा जाँदा लाग्दै थियो कि आज आधा-डिब्बा नै त्यहै जाँदैछ। मान्छेहरूको हातमा पोस्टर। खुसीले उज्ज्वल अनुहार। गन्तव्यमा पुगेर त अचम्भित भए— थुप्रै मान्छेहरू। शब्दमा भन्दाखेरी खचाखच भरिरहेको छ। उमेर पाँच महिना देखि लिएर नब्बे वर्ष। गोरो, कालो, खैरो, पहेलो, धमिलो— सबै रङ्गको मान्छे। कपालको रङ्ग, अनुहारको गठन, भाषाको विविधता हेर्दा यस्तो लाग्यो कि जम्मै संसार नै वरिपरि घुमिरहेको छ। यो न्यु योर्क शहर आफ्नो जम्मै विशिष्टता लिएर उपस्थित भएको छ। प्राय सबैजनाको हातमै पोस्टर। फुच्चेहरूको हातमा पनि। बाउ-आमाको काँखमा, काँधमा चढेर, घाँटीमा फ्युचर भोटर पोस्टर झुन्डाएर आइपुगेका छन् तिनीहरू पनि। यो शहरमा मेरो बसाइको आठ महिनामा यस्तो सौहार्दता कहिल्ये देखेको थिएन। सबैले सबैलाई अंगालेर बात मार्दैछन, हास्दैछन्, फोटो खिंच्दैछन, सहायता गर्दैछन। अनि पोस्टर। अतुलनीय वक्तव्य, एक एकवटा पोस्टर आ-आफ्नो विरोधको भाषाले समृद्ध छन्। कसले लेखेको छ — मेरो शरीर मेरो अधिकार, कसले “दिस पुसी ग्र्याब्स ब्याक”, “दिस पुसी गट टीथ”, कोही कराउदैछन “फाइट लाइक अ गर्ल”, एक जना अग्लो अमेरिकनलाई त हेरे— “फेमिनिस्टहरू ठिक यस्तै हुन्छ”, कसैले “2017 मा पनि हामीलाई केटीहरूको अधिकार लिएर अलग्गै आवाज उठाउनु पर्दैछ— यो सोच्दा पनि लाज लाग्छ”। एक आमा-बाउ दम्पतीले जोडी पेराम्बुलेटरमा एक जोडी नानीहरूलाई लिएर आएका छन्। ठुलठुलो अक्षरमा लेखिएको छ— “पेट्रीयार्की हाम्रो नानीहरूको लागि होइन”। थुप्रै पोस्टरहरूमा सबै लिंगपरिचयको मानिसहरूका मांगले डम्मै भरिएको छ। साढे एघार तिर जुलुस हिड्न थाल्यो। साढे एघार देखि 4 बजीसम्म हिँडेर हामी पुगेका थियौँ 42ण्ड स्ट्रिट अनि थर्ड एभीन्यु सम्म। 4 बजिसकेको थियो। अरू कुनै दिन यो बाटो हिड्दा बिस्तारै जाँदा पनि 25 मिनट भन्दा ज्यादा लाग्दैन।
एउटै कारण हो त्यसको। बाटोमा यती ज्यादा मान्छेहरू, हिँड्ने उपाय नै छैन। म कहिल्येपनि छेउछाउमा यती ज्यादा मान्छे हिड्दा देखेकै थिएन। साढे चार बजी जुलुस छोडेर आउने बेलामा पनि जुलुसको शुरु वा अन्त देख्नु पाइन। केवल रंगीन पोस्टर, फ्लेक्स लिएर, गिटार-ड्रम बजाउँदै, कराएर स्लोगन दिँदै मान्छे हिडिरहेका छन्। ट्रंपलाई गाली दिँदै थिए मानिसहरू, अनि त्योपनि यस्तो इनोभेटिभ तरिकाले कि मेरो मन खुसीले भरिएको थियो। कसैलाई थाहा थिएन होला यस जुलुसको शुरु र अन्त कहाँ छ।
ठिक यहाँसम्म आइपुगेर यो जुलुसको वर्णन अन्त गर्दा पनि यसको ऐतिहासिक महत्त्व कम्ती हुनेथिएन। सङ्ख्याको जोरले नै त्यो इतिहासमा त्यतिखेर पसिसकेको छ। तर त्यति बेला सम्म त्यसको अर्को च्याप्टर खोलिसकेको छ। एउटा जुलुस, जसको मुख्य उद्देश्य हो प्रेसिडेन्टको लैङ्गिक असमानता विरोधी वक्तव्य र कदमहरूको विरोध, त्यस जुलुसमा अरू के के वक्तव्य हामीले सुन्न पायौं?
सरकारी स्कुल-कलेजको मांग थियो। आयो निःशुल्क चिकित्सा र शिक्षाको अधिकारको कुरा। मजदुरहरूका अधिकारको कुरा। आयो रिफ्युजीहरूलाई निम्ताउने कुरा, इमिग्रान्टहरूका हक-अधिकारको आवाज। थियो रंगभेद विरोधी वक्तव्य। पर्खाल होइन, मेक्सिकोसित सेतु बनाउने मांग उठ्यो। आवाज उठ्यो मुसलमान-विरोधी वक्तव्यको विरुद्धमा।
बाउको काँधमा चढेर जब आठ वर्षको वीर छोरीले स्लोगन दिँदै थियो— “मलाई देखाऊ गणतन्त्रको आकार कस्तो हो” भनेर, छेउछाउको ठुलोहरुले तब सामूहिक जुलुसपट्टी औला देखाएर भन्दैछन्— “गणतन्त्रको आकार यस्तो हो”। तीस जस्तो उमेरको यहुदी युवा ठुलो आवाजले मुसलमानहरूको अधिकारको कुरा गर्दैछ। “कि त सोसलिज्म, कि बर्बरिज्म”— रोजा लुक्सेमबर्गको अजम्बरी उद्धरण लेखिएको पोस्टर लिएर हिडिरहेका छन् थुप्रै जनाले। अचानक देखे ‘डाउन वीथ क्यापिटलिज्म’ पनि। एक हुल ‘असली’ अमेरिकनहरू पनि आएका थिए। रेड इन्डियनहरू। यहाँ नै म्याजिक सकेको छैन। त्यो म्याजिक अझै विस्तृत भयो जब हेरे कि प्रत्येक जनाको विभिन्न मांगसित अरुहरुले पनि आवाज जोडिरहेका छन्। प्रत्येकको मांग अर्काको मांगसित जोड्दै ठुलो हुँदैछ सामूहिक आवाज।
संसारमा हामी जब केवल आ-आफ्नो जरुरत लिएर सोच्दासोच्दै एक्लो हुँदै जाँदैछौं, जब बेग्लाबेग्लै मांगको जनान्दोलनहरू एकअर्कसित छुट्टिएको टापु जस्तो भएर बस्दाबस्दै ग्रहणीयता हराइरहेका छन्, तब यस्तो एउटा जुलुसले नयाँ बिहानीको सपना देखाउँछ। सबैजनाको मांग सबै जना सँग जोडे भने नै त क्रान्ति आउँछ, नयाँ युगको सुरुवात हुन्छ!
यसमै यो जुलुसको मूल अर्थ लुकेको छ होला। जन्म कलकतामा भएको ले अनि सङ्क्षिप्त सक्रिय राजनैतिक गतिविधिले गर्दा असंख्य जुलुसमा हिडेको छु। सानो-मझेरी- ठुलो। कतैपनि कहिलेपनि यसरी सबै गणतान्त्रिक मांगहरूलाई एकैसाथ जोड्दा देखेको थिइन। हुनसक्छ कि यो आशा धेरै नै ठुलो हो। तर चार लाख मान्छेहरूलाई एकैसाथ त्यस्तो काम गरिहाल्न प्रत्यक्ष गरेको छु। के कुनै दिन चालिस लाख, चार कडोर, चालिस कडोर... एकत्रित हुँदैन कि के हो?
बहस
स्वाभाविक रुपमानै यत्रो ठुलो एउटा विषय लिएर केही बहस त आउँछै आउँछ। आउनु स्वस्थ्य पनि हो। धेरै ठाउँमा व्हाइट फेमिनिज्मको आरोप ल्याएका छन् कतिजनाले। प्रो-हिलारी फेमिनिज्म लिएर पनि समालोचना आएको छ। न्युयोर्कको मिश्रित चरित्रले गर्दा यहाँनेर व्हाइट फेमिनिज्मको बर्चस्व बनिनु साह्रो छ। अनि मैले यहाँ त्यस जुलुसमा विभिन्न रङ्गको मानिसहरूलाई एकैसाथ हिँड्ने धेरै हुल देखेको थिए। प्रो-हिलारी पोस्टर पनि निकै थियो। त्यसै पनि त पुटिनलाई गाली दिने पोस्टरमा कम्युनिज्मलाई पनि गाली दिएछ— रिस उठेको थियो मलाई! तर यस्तो लाग्यो कि जुन प्रकारले सबै वक्तव्य यस्तो पीसफुली अनि सँगसँगै आएको छ आ-आफ्नो आवाज लिएर— वक्तव्य आदानप्रदानको लागि एउटा प्राथमिक मञ्च त अन्ततः बन्यो— यो पनि ठुलो कुरो नै हो।
तर अरू अरू ठाउँहरूमा व्हाइट रेसिज्मले वर्चस्व गर्न खोज्छ, यो बुझ्नु सजिलो नै छ। न्यु योर्क जस्तो ठाउँमा पनि लुकीछिपी रेसिज्म त देखेकै छु। अन्यान्न ठाउँको ठुल्ठुला जुलुसहरूमा अझै के के हुनसक्छ त्यो त अनुमान लगाउनु सक्छौँ नि! तर प्रश्न उठाउनु चाहिँ जरुरी थियो। तब नै त समाधान आउँछ।
हालैको स्थिति अनि जुलुस
प्रेसिडेन्ट ट्रम्प सत्तामा बसेदेखि फटाफट ‘वादा’ हरू निभाईरहेका छन्। यसबीच एबर्सन माथि रोक लगाउन केही पाइला चालिसकेका छन्। सातवटा इस्लामिक देशको जनतामाथि प्रतिबन्ध लगाएका छन्। यहाँनिर टि देशहरूका विद्यार्थी र कर्मीहरूको स्थिति शोचनीय छ। धेरैजनाले घर गएर अड्किएका छन्। अनिश्चयको जीवन बिताइरहेका छन् थुप्रैले।
अब ठिक यस सन्दर्भमै त्यो जुलुसको जीत शुरु भएको छ। समलिंगी आन्दोलनको सक्रिय कर्मी जब #noMuslimban प्लेकार्ड बोकेर एयरपोर्टमा कराउदै छन्, इरानमा अड्केको छात्राको लागि जुलुस गर्दैछन् एक जना अमेरिकन डक्टर, मेक्सिकनहरूका अधिकार रक्षाको माग लिएर फेसबुकमा ज्वार ल्याउदै छन् कुनै फेमिनिस्ट, तब नै त्यो जुलुस अझै केही पाइला अगाडि हिडीरहेको छ।
अस्ति जुलुसबाट फर्कँदा सब-वेको भित्तामा एउटा प्लेकार्ड कसैले ढल्काएर राखेको रहेछ। लेखिएको थियो— ‘टिम ह्युमन’। सबै वक्तव्य दुईवटा शब्दले बाँधिएको प्लेकार्डको गहिराईमा डुब्दाडुब्दै ट्रेनको डिब्बामा पाइला चालेको थिए।

No comments:
Post a Comment