Thursday, February 2, 2017

जनसुनवाईमा दिएको आश्वासन फोस्रो

रोजगारको निम्ति आवाज उठ्यो 

उमेश परियार, कालिझोडा बजार

एन.एच.पी.सी. (न्याशनल हाइड्रोइलेक्टिक पावर कर्पोरेसन लिमिटेड) द्वारा निर्माणाधीन टिस्टा जलविद्युत परियोजना चरण-4 माथि धेरै आशा र भरोसा बोकेर बसेका कालिझोडा क्षेत्रवासीको हातमा फोस्रो आश्वासन बाहेक केही नरहेको गुनासो वर्तमान आम नागरिकको रहेको छ। दशकौ देखि टिस्टा नदी किनारलाई स्याहर्दै, हाइवेको धुलो खाँदै जीवन धानी रहेका मानिसहरूका निम्ति उक्त परियोजना रोजगारको ठुलो आशा बन्न पुगेको थियो भने हालै त्यही परियोजनामा मजदुरीको निम्ति आमजनता सम्बन्धित विभाग अनि विभिन्न प्रशासनिक दफ्तरहरूमा दिनहुँ चप्पल खिँयाइरहेको घटना प्रकाशमा आएको छ।

गत वर्ष 2006 देखि आरम्भ गरिएको उक्त परियोजनाको निर्माण कार्य हालै केही महिना अघि मात्र सिद्धिएको छ। गत2016 को अगस्त महिना देखि परियोजनाबाट विध्युत सञ्चालन शुरू भए, बापत क्षेत्रवसी रोजगार पाउने आशामा थिए। जुन आशा परियोजना अगावै एन.एच.पी.सी.-ले जन सुनवाइमा दिएको आश्वासनमा थियो। यता परियोजनाबाट विध्युत वितरण भइसकेको महिनौ बितिसक्दा पनि आम नागरिक रोजगार देखि वन्चित रहनु परेको कारण आम मानिस रोजगारको माग लिएर सडकमा उत्रिनु बाध्य बनेका छन्।

गत 22 डिसेम्बर कालोझोडा बेरोजगार सङ्गठन नाम लिएर सडकमा उत्रिएका सङ्गठनको मूल माग नै सम्पूर्ण क्षेत्रवासीले परियोजनामा काम पाउनु रहेको छ। हक र अधिकारको निम्ति ज्यानसम्म दिन सक्ने सङ्गठनको सोच रहेको छ। गत 29 डिसेम्बर देखि रोजगारको मागमा बृहत् आन्दोलन गर्ने घोषणा लिएर सङ्गठन अघि आएको छ। आन्दोलनलाई धारावाहिक रूपमा अघि बढाँउदै 31 डिसेम्बर बृहत् जुलुसको साथमा कालिझोडा एन.एच.पी.सी. कार्यालय घेराउ गरियो। यता विभाग पक्ष भने आफ्नो अडानदेखि एकसुता पनि तल झरेन। परियोजनाको सम्पूर्ण काम नै टेन्डर मार्फत ठेकेदारद्वारा गराइने कम्पनीको नियम अघि गरिब जनता झुक्न बाध्य बनेका छन्। अर्कोतिर परियोजनामा रोजगारको समस्यालाई ती सम्बन्धित ठेकेदारहरूद्वारा समाधान गरिने कम्पनीको आफ्नो घोषणा थियो। यता परियोजनामा ज्यादातर अन्य क्षेत्रका मानिसहरू कार्यरत रहेको जो स्वंय कम्पनीका अधिकारीवर्गले भित्र्याउने काम गरिरहेको ठेकेदारहरू बताउँछन्। परियोजनाको विभिन्न विभागमा चाहिने योग्य वर्गको कर्मचारीहरू यहाँ नभएको कारण कालीझोडाका सबै मानिसहरूले काम पाउन नसकेको उनीहरू बताउँछन्। हालसम्म कालिझोडाबाट केवल 40-50 जना मानिसहरू कार्यरत रहेको छ भने आज पनि सय भन्दा बेसी मानिसहरू बेरोजगार छन्। यता कार्यरत मजदुरहरूमा भने धेर जसो ठेकेदार पक्षबाट आफ्नै परिवारका सदस्यहरूलाई रोजगार प्रदान गरिएको कारण गाउँका अन्य मानिसहरू बेरोजगार बन्न पुगेको मानिसहरू बताउँछन् । यता कम्पनीले सम्पूर्ण जिम्मेवार ठेकेदारलाई सुम्पेको बताइए पछि हाल ती रोजगारहिन मानिसहरू अन्योलमा परिरहेका छन्। यता सङ्गठनको पक्षबाट भने उक्त विषय लिएर 17 जनवरी दार्जीलिङ जिल्ला प्रशासकसित पनि भेटवार्ता गरी समस्याको समाधान हेतु अर्जी पत्र चडाएको छ। जसलाई लिएर चाडै एन.एच.पी.सी. विभागसित वार्ता बस्ने प्रशासकको आश्वासन रहेको छ। परियोजना शुरू हुन भन्दा अघि क्षेत्रवासीको स्वीकृति हेतु राखिएको जनसुनवाइमा एन.एच.पी.सी. ले थुप्रै विकासका योजनाहरूको आश्वासन दिएका थिए। जसमा बेकारीलाई रोजगारको व्यवस्था, गाउँमा विद्यालय निर्माण, बैङ्क, अस्पताल, भोकेशनल ट्रेनिङ सेन्टर, पर्यटन विकास, परियोजना प्रवाहित परिवारका कन्याहरूलाई बिहेको खर्च, पढाई खर्च, पेयजल, मोडल भिलेज निर्माणका लिखित सम्झौता भएको थियो। तर हालसम्म विभागले ती सुविधाहरू प्रदान गर्न सकिरकेको छैन। अन्तमा, कतिपय व्यवस्थाहरू प्रदान गरिएता पनि त्यसबाट क्षेत्रवासीले सठिकरूपमा सुविधा भने पाउन सकिरहेको छैन। भनौ क्षेत्रबाट सरकारले बिजुली उत्पादन गरेर देश विदेश उज्यालो त बनाउँछन तर जसको माध्यमबाट करोडौं रूपिया कमाएता पनि आम मानिसहरू दुई छाकको निम्ति दिनहुँ विभाग अघि धर्ना बस्नु पर्ने अवस्था आइपरेको छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...