Thursday, February 2, 2017

हाई-टेन्सन टावर र लाइनको निर्माण कार्य जनहित र जनमन्जुरी बिना किन?

मिरिकको च्यांगा बस्तीबाट रिपोर्ट...

 विक्रम छेत्री, च्यांगा बस्ती  

भारतको दोस्रो बृहत जल विधुत परियोजनाको लागि TPTL कम्पनीको प्रस्ताव बमोजिम पानीघट्टा नजिक च्यांगा बस्तीको मध्यभागबाट भएर दक्षिण-उत्तर क्षेत्रमा हाई-टेन्सन टावर र लाइनको निर्माण कार्य जनहित र जनमन्जुरीबिना हुन जाँदा हामी सम्पूर्ण च्यांगाबासी यसको घोर विरोध गर्नको निम्ति विगत 7 साल (2011) देखि अघि छौ। हाम्रो लक्ष्य भारत सरकारको विकाशलाई बाधा होइन, तर चार हजार मानिसको भविष्यलाई मध्यनजर राख्दै यी विकाशकार्यको मार्गलाई बेलगाछि चिया बगान हुँदै पानीघट्टा चियाबगान, पानीघट्टा फरेस्ट, पुटुंग चियाबारी क्षेत्र तिर स्थानान्तरण गरि दिने हाम्रो विनम्र निवेदन छ। 

यस टावरलाई नबसाईने विषयलाई लिएर (18.01.2012) को दिन सोरेनी-2ग्राम पंचायत कार्यालयमा WDO विन्दिया छेत्रीको अध्यक्षतामा साथै RO डी.के.प्रधान (TPTL अधिकारी) राजीवनयन, दिर्घप्रसाद घोष, E.A अनिकमल शर्मा, सम्पूर्ण च्यांगाबासी, असरमान राई र उँहाका म्यानेजर फरेष्टबासीलाई  लिएर बसिएको यस सभामा पनि च्यांगाबासीको अड़ान उही उपर्युक्त बिषय थियो। त्यसपश्चात् (30.01.2012) हामीले दार्जिलिंग जिल्लापाल मार्फत खण्ड विकाश अधिकारी मिरिकलाई पत्राचार गऱ्यौं अनि पुनः यस विषयलाई लिएर पुलिसपोष्टमा पनि TPTL काजी.एम. मिस्टर त्यागी र गाउलेहरूको उपस्थितिमा सभा बस्यो। पुलिसपोस्टमा भएको सभामा पनि हामी सम्पूर्ण गाउलेहरुको मुख्य अडान उही, उपर्युक्त विषय थियो। 

पुनः3 बर्ष पश्चात कम्पनी पक्षबाट पहल हुँदा (04.01.2017) को दिन च्याङ्गाबस्ती R.F अफिस कार्यालयमा मिरिक BDO दोमित लेप्चा TPTL का कर्मचारी र च्यांगाबासीलाई लिएर एउटा सभा सम्पन्न भयो। त्यसदिन पनि गाउले अडान उही उपर्युक्त बिषयनै थियो। उक्त बिषयलाई केही दिनपश्चात्  मिति (20.01.2017) को दिन मिरिक  BDO चेम्बरमा जमीनको मालिकहरुलाई मात्र लिएर एउटा गुप्तसभा डाकिएको। पत्रचार गरेर यस सभालाई सम्पूर्ण च्यांगाबासीले बहिष्कार गर्दै भारतसरकार समक्ष न्यायको गुहार माग्दै सभा बसियो अनि पंचायत कार्यालय CPGT बृहत धर्ना प्रदर्शन गरियो। हाम्रो अडान भविष्यमा पनि उहीरहन्छ अनि रहेनछ। साथै च्याङ्गाबस्तीलाई भविष्यमा एउटा मोडल भीलेज बनाइने हाम्रो सपना साथै संकल्प बनाइसकेका छौ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...