Sunday, June 19, 2016

कविता : चुनाउ !

टीका भाइ


चुनाउ
सामुहिक शौच हो
खपिनसक्नु पेट दुखाउने
जबसम्म पत्लुङ उँधो सुर्काउनु हुन्न
जबसम्म मुक्त हुनु हुन्न यस्को तनाउदेखि
तपाइँ यसबाहेक अरू कुरो, मुस्किलले सम्झिनु हुन्छ।
पेटको तनाउ रित्तिन साथ्
तपाइँले थिच्नु हुन्छ शौचको फ्लस्
त्यो
भोटिङ मेसिनको बटन हो!
उठेर घुमी-घुमी हेर्नुहोस् शौचालयको आकार
फोहोर जम्ने ढब्बु
र विधान-सभा
एक्कै लागेन भने,
-मज्जले सुघ्नुहोस्
गन्ध एकै आउनेछ।
अँ! एउटा कुरा,
हाम्रो घरका फोहोर जम्ने ढब्बु आकारले ठुला छन्
विधान-सभा या संसद महलको आकार सानो,
घरका ढब्बु हत्पती चुहुँदैनन्
जसरी विधान-सभा या संसद-महल
विधान-सभा, मन्त्रालय, संसद महलको
बेला-कुबेला ‘ओभर-फ्लो’-ले
बजार- गनाउँछ, गाउँ गनाउँछ, सडक गनाउँछ!
हेर्नुहोस् त
कसरी तपाइँको निर्दोष औँलाले पनि
यत्रो ठुलो अपराध गर्छ!!



No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...