Saturday, February 13, 2016

रोहित वेमुल्लाको सुइसाइड नोट

सुप्रभात, 
जब तिमीहरू यो चिठी पाउनेछौ त्यतिबेला म हुने छुइन, मसँग न रिसाउनु ल। मलाई थाहा छ तिमीहरू मद्धे धेरैले मलाई माया जत्न र मसँग राम्रो व्यवहार गरेका थियौ। मलाई कसैमाथि कुनै प्रकारको गुनासो छैन। मलाई सधैनै आफै सित गुनासो थियो। मलाई आफ्नो शरीर र आत्मा बिच दिनदिनै एउटा फाँट बढीरहेको जस्तो लाग्छ। त्यसैले म एउटा राक्षस बनिसकेको छु। म पहिले देखिनै लेखक बन्न चाहन्थे। विज्ञानको बारेमा कार्ल सागानले जस्तै लेख्न चाहन्थे। तर, यहीँ अन्तिम पत्र मात्र लेख्न सके। 
मैले विज्ञान, प्रकृति अनि ताराहरूसँग प्रेम गरे। त्यसपछि मैले मानिसहरू सित पनि प्रेम गरे तर मानिसहरू प्रकृतिदेखि धेरै टाढा भएको कुरो बुझ्न सकिन। हाम्रो माया बनाइएको हो। हाम्रो अनुभूति पछिबाट थपिएको हो। हाम्रो मौलिकता वैध हो कृत्रिम कलाले मात्रै। चोट नपाइकन कसैलाई माया गर्नु साह्रो छ यहाँ। 
मानिसको मूल्य केवल क्षणिक फाइदासम्म सीमित भइसकेको छ। एउटा भोटसम्म। एउटा सङ्ख्या मात्रै। एउटा सामान जस्तै। कहिले पनि एकजना मानिसलाई एउटा मनको हिसाबले मर्यादा दिइएको छैन। एउटा यस्तो चिज जुन स्टारडास्टले बनिएको हो। प्रत्येक क्षेत्रमा, अध्ययनमा, गल्लीहरुमा, राजनीतिमा, मृत्युमा अनि जिउनमा।
म यस्तो पत्र पहिलो चोटि लेख्दैछु। पहिलो-पटक मेरो अन्तिम पत्र लेख्दैछु। मैले कुनै कुरो बुझाउन नसकेको खण्डमा मलाई क्षमा गर्नु होला। 
हुनसक्छ मैले संसारलाई हेर्ने दृष्टिकोण भुल थियो। माया, दर्द, जीवन र मृत्युलाई बुझ्ने प्रक्रियामा भुल थियो। कुनै आपद न आइ पर्दा पनि मलाई हतार थियो म कुदी रहेको थिए। नयाँ जीवन शुरू गर्ने हतार। यो जम्मै समयमा मजस्तै मानिसको लागि जीवन अभिशाप जस्तै थियो। मेरो जन्मनै ठुलो दुर्घटना हो। म आफ्नो बाल्यकालको एक्लोपनदेखि कहिले पनि उभ्रिनु सकिन। मेरो अतीतको सराहना न पाएको बालकदेखि। 
 म यस क्षणमा दुखी छुइन, आहत छुइन, बस् रित्तो छु। आफैसँग अनभिज्ञ। एकदमै तुक्ष्य त्यसैले आज यो काम गर्दैछु। 
मानिसहरू मलाई कायर भन्लान्, मूर्ख, स्वार्थी भनी संज्ञा देलान् तर त्यसले मलाई कुनै फरक पार्ने छैन। म पुनर्जन्म, भुतप्रेत, आत्मा फर्किने कुरामा विश्वास गर्दिन। यदि मृत्युपछि केही हुन्छ भने म ताराहरू माझ पुग्न चाहन्छु र अन्य संसारहरू बारे जान्न चाहन्छु। 
यस पत्रको पाठकहरू केही गरिदिन सक्नु हुन्छ भने मेरो 7 महिनाको फेलोसिपको पैसा 1 लाख 75 हजार रुपियाँ मैले पाउनु थियो त्यो राशि कृपया मेरो परिवारलाई पुर्याई दिनु होला। रामजीलाई 40 हजार दिनु होला जसले कहिले पनि पैसा मागेनन् म सँग।
मेरो अन्तिम यात्रा शान्त होस्। म आए अनि गए यति मात्रै सोच्नु। मेरो निम्ति आँसु नझार्नु, सोच्नु कि म बाचेको भन्दा मरेकोमै खुशी छु। 
“छायाँ देखि तारा सम्मको यात्रा।”
 उमा अन्ना तपाईँको कोठा यस कामको निम्ति उपयोग गरेकोमा क्षमा गरिदिनु होला। मेरो एएसए (अंबेडकर स्टूडेंट्स एसोसिएशन) परिवारलाई उनीहरूलाई निराश गरेकोमा क्षमा चाहन्छु तिमीहरूले मलाई धेरै माया गर्यौँ, तिमीहरूलाई भविष्यको निम्ति शुभकामना। 
अन्तिमपटकको निम्ति,
‘जय भीम।’ 
औपचारिकता लेख्नु बिर्सेको थिए। मेरो यस कदमको निम्ति कोही पनि जिम्मेवार छैन।
 कसैले मलाई उनीहरूको वाक्य वा कर्मले मलाई उक्साएको होइन। 
यो मेरो निर्णय हो अनि मनै यसको निम्ति जिम्मेवार छु। म गए पश्चात् यसको निम्ति मेरो मित्र वा शत्रु कसैलाई पनि कष्ट नदिनु होला।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...