Saturday, February 13, 2016

असरफ फयादका कविताहरू

(सन् 2008-मा दर त-फरबी, बेरुइतद्वारा प्रकाशित फयादको कविता किताब ‘इन्स्ट्रक्शन्स विदिन’-बाट। यो किताब सउदी अरबमा प्रतिबन्धित छ। अरबीबाट अङ्रेजी अनुवाद मोना करीम। नेपाली अनुवाद– राजा पुनियानी)

  1

गरिबीको मोसो पोतिदिनु सिवाय
त्यो दिन पेट्रोलले अरू क्यै हानि गर्ने होइन

जुन दिन अर्को तेलको कुवा
खोजिनिकाल्नेको अनुहार अँध्यारो हुन्छ
जुन दिन जनताको उपयोगको लागि जीवन
तिम्रो मुटुमै घुस्छ तिम्रो हंसबाट
अझ्झै बेसी तेल निकाल्न

खासमा यो तेलले खाएको कसम हो
साँचो कसम

  2

भनिएको थियो – यतै घरबार बसाउनू
तर तिमीहरूमध्ये कोही कोही
सबै सबैका दुश्मन हौ
त्यसैले अहिले नै यो ठाउँ छाड़िहाल

नदीको पिँधबाट आफैलाई हेर्नू
माथिल्तिर हुनेले फेदमा बस्नेलाई
दयादान गर्नुपर्ने हो
विस्थापित असहाय छ
तेल बजारमा बिक्री नहुने खुनजस्तै

  3
ए रात
तिमीसँग समयको अनुभव छैन
तिमीसँग बर्खा पनि छैन
जसले पखाल्न सकोस्
तिम्रो अतीतको भग्नावशेष
जसले तिमीलाई मुक्त गर्नु सकोस् त्यसबाट
जसलाई तिमीले धर्मपरायणता भनेको थियौ

र मुटुबाट
जुन लायक छ
प्रेमको खेलको र
तिम्रो अश्लीलताको चिरफारको
त्यो थिलथिले धर्मबाट
त्यो झूटो ताञ्जीलबाट
ती भगवानबाट जसले उहिल्यै आफ्नो इज्जत गुमाइसकेका छन्

  4

मेरा बाजे हरेक दिन नाङ्गै उभिन्छन्

देशनिकाला नभई
दैविक सृष्टि नभई

मेरो आकारमा कुनै दैविक छुवाइबिना नै
म पुनर्जीवित भएको छु
म यो पृथ्वीमा नर्कको अनुभव भएर छु

पृथ्वी त आखिर
रेफ्युजीहरूको लागि बनाइएको नर्क न हो


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...