Sunday, December 20, 2015

कविता : एक अवलोकन

करुणा लामा 

हामी देख्छौ— चिया बगानको हरियाली
हामी देख्दैनौ— बगानमा कुपोषणले भइरहेको मृत्यु
हामी देख्छौ— चिया बगानको सुन्दरता
हामी देख्दैनौ— हजारौँ मजदुरहरूको विरक्तलाग्दो जीवन
हामी देख्छौ— चिया बगानको मनोरम दृश्य
हामी देख्दैनौ— मजदुरका नानीहरू अनिश्चित भविष्य
त्यसैले मलाई लाग्छ हाम्रो लागि
मानवता भन्दा मनोरंजननै श्रेष्ठ रहेछ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...