Sunday, December 20, 2015

पाठकको पत्र

सेवामा,
      सम्पादिका, 
      लाली गुरास-पत्रिका,
      खरसाङ

संगीता जी नमस्कार,
राष्ट्रिय, आन्तराष्ट्रिय एवं आंचलिक हिसाबले वर्तमान भई आएका सर्वहारा वर्गको दमन, शोषण अनि अतिवादी/कट्टरपन्थीहरूद्वारा समाजमा व्याप्त बनाएको अराजक स्थितिको विरोध तथा चेतनाको फिलिंगो लिएर देखा पर्दै गरेको'लाली गुरास’ को क्रिया कलापले हामीलाई उत्साहित तथा गर्वान्ततित तुल्याएको छ। लाली गुरास आम जनतासित पुगिसकेको छ त्यसको प्रमाणस्वरूप अचेल हरेकको चर्चा साथै पुस्तक पसलतिर लाली गुरासको खोजाईले व्यक्त गर्दछ साथै मूल्य पनि कम रहेकोले पत्रिका लीनलाई कोही हिचकिचाउदिनन्। लाली गुरासले भन्न खोजेको अनि गर्न खोजेको आमूल सामाजिक परिवर्तनको सहयात्री हामी यतातिर पनि छौ भन्दा हर्ष लागेको छ।
म पेशाले एक उच्चतर विधालयमा शिक्षक हुँ अनि म मेरो आगत विद्यार्थीमा तपाइहरूले भन्न खोजेका समसामयिक विषय बस्तु, अन्यायको विरोध, जाति/धर्म/लिङ्ग आदि बारे कट्टरता, वैश्विक स्तरमा सर्वहारा मानिसको स्थिति आदि बारे बताउने गर्छु अनि विद्द्यार्थीहरूको दृष्टिकोणमा पनि कहीँ कतै परिवर्तन भएको अनुमान लगाएको छु। यो तपाइहरूकै प्रयास हो। तपाइहरूलाई धन्यवाद।
लाली गुरासमा निरन्तरता कहिले नटुटोस। तपाइहरूसित यहाँका हामी छौ तपाइहरूलाई हरतरफले सहयोग गर्न बस् लाली गुरास फूलि रहोस् पहाड़ भरी परिवर्तनको हुँकार लिएर।
नरेश कटुवाल
सोनादा, दार्जीलिङ

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...