Sunday, December 20, 2015

म किन फर्काइ रहेकी छु आफ्नो पुरस्कारहरू

अरुन्धती रोय
५ नोभेम्बर, २०१५
सन् १९८९ मा'In which Annie Gives it Those Ones' फिल्मको स्क्रिप्टको निम्ति पाएको राष्ट्रिय फिल्म पुरस्कार फर्काउँदा अरुन्धती रोयले यो विवृति लेख्नुभएका हुन्।  

प्रथमत कुनै पनि पुरस्कारले हाम्रो दक्षतालाई नाप्न सक्ने कुरोलाई म मान्दिन। म फर्काउन पर्ने पुरस्कारहरुमा १९८९ मा प्राप्त नेशनल अवार्ड (बेस्ट स्क्रिनप्लेको निम्ति)-लाई पनि सामेल गरेकी छु। म यहाँ स्पष्ट गरिदिन चाहन्छु कि मैले पुरस्कार फर्काउने निर्णय यस कारण लिएको होइन कि म त्यस कुरोबाट दुखी छु जसलाई मानिसहरू'बढ्दो कट्टरता’को संज्ञा दिंदैछन् र जसको जिम्मेवार वर्तमान सरकारलाई ठहरान्दैछ। 
सबैभन्दा पहिला पिटेर हत्या गरिनु. जलाएर मार्नु, गोली ठोकेर मार्नु वा नरसंहारको निम्ति'असहिष्णुता’ उचित शब्द होइन। दोस्रो कुरा हामीलाई पहिला बाटनै के हुनेवाला छ भन्ने कुराको सङ्केत छ। यसैले म यो भन्न सक्दिन कि भारी मतले विजयी भएर सत्तामा आएपछि सरकारले जे पनि गरिरहेको छ त्यसलाई देखेर म दंगदास परेकी छु। तेस्रो कुरा यी डरलाग्दा हत्याहरू अघाडी आउने बत्तर स्थितिको लक्षण मात्र हुन्। जीवन जिउने लायकको रहेन। जम्मै आवादी— करोडौं दलित, आदिवासी, मुसलमान अनि इसाई— आतङ्कको माहोलमा जिउन बाध्य भइरहेका छन्, कहिले र कहाँबाट हमला हुने हो कसैलाई थाह छैन। 
आज हामी यस्तो देशमा बस्छौ जहाँ उनीहरू'गैरकानुनी हत्या’-को कुरा गर्दा गाईको हत्या भएको बुझ्छन्, कुनै मानिसको होइन। घटनास्थलमा'फोरेन्सिक जाँचको निम्ति सबुत जुटाउने’ कुरा गर्छन् त यसको अर्थ फ्रिजमा राखेको खानासँग हुन्छ, पिटी पिटी मारिएको मानिसको लाशसँग होइन। हामी भन्छौ कि हामी धेरै अघाडी बढी सकेका छौ तर जब दलितहरूको हत्या गरिन्छ र तिनीहरूको नानीहरूलाई जिउदै जलाएर मारिन्छ तब को यस्तो निर्भीक लेखक छ जो मारिनु वा जलाइनुको भयबाट मुक्त भएर बाबासाहेब अम्बेडकर जस्तै खुलेर भन्न सकोस्,'अछुतहरूको निम्ति हिन्दुत्व आतङ्कको घर हो? कुन लेखकले आज यी कुराहरू भन्न सक्छ जुन सादात होसेन मान्टो ले'लेटर्स टु अंकल सेम’ मा लेखेका छन्? यस कुराको कुनै अर्थ छैन कि हामी केसँग सहमत छौ कि छैनौ। यदि हामीले निर्भय भएर बोल्ने स्वतन्त्रता पाएनौ भने हामी फेरी बौद्धिकरूपले शून्य समाजमा फर्किने छौ।
मलाई यस कुराको खुबै खुशी छ कि कुनै समय मैले एउटा राष्ट्रिय पुरस्कार पाएकी थिए जसलाई म आज फर्काउन पाउदै छु। यसले मलाई लेखक, फिल्ममेकर तथा शिक्षाविद्हरूले तैयार गरेको राजनैतिक मुहिमको हिस्सा बन्ने मौका दियो, उनीहरू सैधान्तिक शून्यता र सामूहिक बौद्धिकतामाथि भइरहेको हमलाको विरोध गर्दै छन्। मलाई लाग्छ आजको दिनमा कलाकार र बुद्धिजीवीहरू जे पनि गर्दैछन् त्यो अपरिहार्य र अद्वितीय हो। केही मानिसहरू यसलाई राजनीति भनी मान्दैछन्। तरपनि मलाई यसको हिस्सा बन्न पाएकोमा गर्व बोध भइरहेको छ। यो देशमा हिजआज जे पनि भइरहेको छ त्यसको निम्ति म लज्जित छु।
जानकारीको निम्ति यो बताई दिउ कि २००५ मा जब काँग्रेसको सरकार थियो त्यतिबेला मैले साहित्य अकादमी अवार्ड ठुकराई दिएको थिए। यसैले कृपा गरेर मलाई काँग्रेस बनाम भाजपाको बगमफुसे तर्कमा न तान्नु होला। कुरा यसभन्दा धेरै अघि बढी सकेको छ। 
धन्यवाद।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...