पाउलिन लेप्चा
सिन्कोना एक बहुवर्षीय, औषधीय उद्भिद हो। वास्तवमा यो (Rubiaceae) प्रजातिको वनस्पति हो। यसको बोक्रा तितो हुनाले यसबाट निक्लिएको एलकालोईड रसायन पदार्थबाट हामीले ज्वरो अथवा मलेरियाको औषधि प्राप्त गर्छौ। रसायन निकाल्ने प्रक्रिया 1820 बाट शुरूवात भएको हो। त्यसपश्चात यसलाई कुनैन नामकरण गरियो। यसद्वारा आधुनिक एलोपेथिकका औषधिहरू पनि बनाउँछ विशेष मासपेशिको रोग आदि पनि निको बनाउँछन्। भारत देशमा सिन्कोना 1859 सालमा ल्याएको थियो। दार्जीलिङमा भने 1862 मा दक्षिण अमेरिकाबाट एक स्कटिस बोटानिस्ट डा. थोमस एन्डरसनद्वारा ल्याएको थियो। देश विदेशभरी 23-24 प्रजातिको पाए तापनि बंगालमा हामीले सुकिरूब्रा प्रजातिको रोप्दै आईरहेको पाउँने गर्छौ।
सुन्दै आईरहेका छौं कि पहाडको 2000-4000 फिटको उचाईमा आएर यसको उब्जनी गर्नु नै पहाडको निम्ति सौभाग्यको कुरा हो। 15-20 फिटको उचाई बोक्ने र 16 वर्षको उमेरा काटेर यसको बोक्रा छिल्ने काम शुरू हुन्छ। जसद्वारा नयाँ जीवन, नयाँ सिन्कोनाको संसार आरम्भ भयो। सिन्कोनाले एक भिन्न विशिष्टता बोके तापनि धेरै साल देखिनै अप्रयुक्त, अशक्त, जीर्ण अवस्थामा भएको पाउँछौ। यद्धपि सिन्कोनालाई हर्टिकल्चरद्वारा संचालन गर्ने कुरा सम्भवतः अप्रत्याशित रहेको छ।
भारत एक गणतान्त्रिक प्रजातन्त्र भएतापनि यहाँ अधिपतिको निर्देश बिना सामुहिक श्रमिकहरूले केही कदम उठाउन सक्दैनन्। ग्याङम्यान-को निरीक्षणमा बगान संचालित हुने गर्दछ। नियमित झूण्डपतिकै उपस्थितमा श्रमिकहरूले बिहान 6.30 बजे आफ्नो दैनिक तीन छाक भोजनको निम्ति आ-आफ्नो पेटको हिसाब बुझाउन हाजिर हुन्छन् खेल मैदानमा। कलिला भविष्यको शिक्षादिक्षाको निम्ति त यहाँ हिसाबै चल्दैन, हम्मे हम्मे पर्छ जीवन गुजारा गर्नलाई। मजदुरहरू बिच पुरूषहरू अल्प संख्यक र नारीहरू ज्यादातर देख्ने गर्छौ। यसको मुख्य कारण उचित मूल्य नपाउनु हो। बगानमा काम गर्ने समय बिस्तारै लम्बिन्दै जाँदैछ तर वेतन हेर्दा श्रमिकवर्गले पसिनाको मूल्य पाउन सकेका छैनन्। थोरै महिना अघि 3 रूपियाँको बढोत्तरी देखा पर्यो तर घाउ भने जस्ताको तस्तै छ।
२०१० सालदेखि यता कुनै पदमा नियुक्त प्रक्रिया शुरू भएका छैनन् तर तल्लो स्थरका श्रमिकहरूको बदलिकेस मात्र चल्दै आईरहेका छन्। आज चौध कमानका कर्मचारीवर्ग हेर्यौ भने अल्प संख्यामा पुगेको पाउँछौ चाहे जुनै ग्रूपको होस्।यसोसले पद्दोन्नतिको उठाईरहेको मांग जायज छ।यसो नगरिए बेरोजगारको समस्या यहाँ हाबी भएर जानेछ।खटीखाने श्रमिकहरू हेर्दा र बासिन्दाहरूको मर्का बुझ्दा पलायनहरूको संख्यामा बढोत्तरी देखा पर्नु स्वाभाविक हो।यसैले पनि होला नारीको संख्या ज्यादा देखिन्छ। सरकारपक्ष असंवेदनशील भए तापनि श्रमिकहरूमा आत्मासंयता भएकै कारणले आज पनि सिन्कोना कमान जिउँदो छ। ४०किलो चाम्रा कुटेर गोदामसम्म ल्याउनु, ४० किलो जंगली मल खोजेर ल्याउनु, गर्मी होस् वा झरी जंगल फाड्नु, सहज कहाँ छ र? यसमा महिला र पुरूषहरूलाई बराबर काम भाग लगाइएको छ। यता आफ्नो बाल बच्चालाई खाना पिना खुवाएर, आफ्नो घरको सबै काम निम्ठ्याएर आफ्नो खाजा बोकेर बगानमा ओर्लनु, कामबाट आएर घर गृहस्ती सम्हाल्नु, यी दैनिक कार्य एक महिला मजदुरको निम्ति कुनै युद्धभन्दा कम होइन। एकातिर श्रमको उचित ज्याला बिना नै काममा घोटिनुपर्ने, अर्कातिर पितृसत्तात्मक पारिवारिक जाँतोमा पिस्सिनुपर्ने। महिला मजदुरहरूको यस्तो दयनीय स्थिति देखेर दुःख लाग्छ। यी सब त मूलभूत समस्याहरू मात्र हुन्।
चुनावको अवधि अश्वासनका भारी बोकेर नआएका राजनैतिक दल कुनै छैनन्। विश्वास बटुल्नको निम्ति घोष्णा पत्र सम्ममा पनि उल्लेख गरिदिन्छन् तर कार्य अथवा वचन भने कसैले पुरा गर्दैनन्। सोझो बासिन्दाहरू पर्जापट्टा, बदलीकेस, पद्दोन्नती, न्यूनतम वेतनमा बढोत्तरी कुनै नेताको कुहेको मुखबाट सुन्न साथ समर्थनका लस्कर लगाईदिन्छन्। बिचरा गरोस् पनि के बैगुणीलाई भरोसा बाहेक। हिज पर्जापट्टाको मांग लिएर चिच्याईरहेको झुण्डलाई सरकारले रेफ्यूजी नामकरण गरियो अर्थात् के यहाँ बसोबासो गर्ने बासिन्दा रेफ्यूजी हो र? कस्तो बिडम्बना सबै मौन रहे। बिकास निकासको नाममा केही छैन ना सड़क सठिक छ ना पिउने पानीकै व्यवस्था राम्रो छ। आयस्रोत कतै छैन। दार्जीलिङ, कालेबुङलाई प्राकृतिक सौन्दर्यले ढाके तापनि बाहिरबाट सिन्कोना कमानलाई हेर्न आउने नजरहरू थोरै हुन्छन्। आज यहाँ विकृत राजनीति हाबी भएर गईरहेको छ। साथै सारा देशभरी निजीकरणको समस्या जताततै देख्दा फलत त्यसै भयले मनस्पटलमा शंकाको ठूलो च्यादरले छोप्ने गर्दछ। यी सब बुनियादी समस्याकै कारण भोलिको भविष्य अन्धकारमा गईरहेछ।
यहाँका श्रमिक तथा बासिन्दाहरूको चेतना विकसित हुनु भनेकै यहाँको व्यवस्थामा काँयापलट हुनु हो। विकासशील बाटो तर्फ कदम चाल्नु हो। त्यसैले श्रमजीवी जनमानसहरूलाई सचेत गराउने व्यापक पहल हुन जरूरी छ। श्रमजीवी जनता आफै चेतनशील भएर आफ्नो भविष्यको निर्धारण आफै गर्ने हैसियतको नभएसम्म यहाँ कुनै विकासको अनुहार देखिनेवाला छैन। त्यसैले आफ्ना भावि पिडितको उज्यालो भविष्य निर्धारण गर्नलाई श्रमजीवी जनता चेतनशील भएर सङ्गठित हुन आवश्यकता मात्रै होइन अनिवार्य रहन्छ।
No comments:
Post a Comment