२५ अप्रिलको दिन नेपालको विनाशकारी ७.९ मेगनिट्यूडको भूकम्पमा
कैयौं हजार मानिसहरूले ज्यान गुमाइसकेका छन्, ८० लाखभन्दा पनि ज्यादा मानिसहरू क्षतिग्रस्त भएका छन् र धेरैजना लापत्ता
भएका छन्। विभिन्न देशहरूबाट सहायता पाए तापनि नेपालको दुर्गम ठाउँहरूमा राहत र
बचाउको कार्यहरू पुगेका छैनन् र मृत्युको गन्ति अझै पनि जारी नै छ। नेपालको यो
घटना मानिसहरूको लागि ठुलो आघातको कुरो हो र दुखको कुनै सीमा छैन। हुन त यो
प्रकृतिको प्रकोपले भएको हो र यसमा मान्छेहरूको कुनै वश छैन। तर यो घटनामा जुन
प्रकारको क्षति भयो के यसलाई कम दयनीय बनाउन मान्छेहरूको वशमा थियो? मानिसहरूको गतिविधि माथि काबु भएको भए के यो क्षति केहि हदसम्म कम विनाशकारी
हुन सक्थ्यो?
काठमान्डुले यस्तो क्षतिकै प्रतिक्षा गरिरहेको जस्तो थियो।
बाक्लो जनसंख्याले भरिएको नेपालको राजधानी भूकम्प अस्थिर हिमालयको ढालमा स्थित छ।
८१ वर्ष अघि १९३४ मा भएको भयङ्कर भुइँचालोले ८५०० जना मानिसहरूलाई मृत्युको
द्वारमा पुर्याई दिएको थियो। नेपालको यो इतिहासलाई फेरी दोहोर्याई दियो २५
अप्रेलको घटनाले।
धेरै कम्ति पुराना अट्टालिकाहरू छोडेर हजारौं राम्ररी नाबाएको
बिल्डिंगहरू, धेरैतले पुर्खौली घरहरू र सस्तोमा बनाएको
अपार्टमेन्टहरूको भग्नावशेषले शहर पुरिएको छ। यसलाई हेरेरनै भन्न सकिन्छ ठुलो
भुइँचालोले के विनाश गर्न सक्छ? नेपालको
कठिन भूमि गठनले मात्रै यस्तो ठुलो विनाश ल्याएको होइन।
भुइँचालोले जति ज्यान-मालको क्षति गर्छ त्यसको निम्ति त्यो
मात्रै दोषी छैन, दोषी छन् बिल्डिंग र संरचनाहरू पनि। खासमा त
मान्छेको क्रियाकलापले पो ज्यादा क्षति गर्छ त। यो कुरोको ज्यान हुँदाहुँदै पनि
नाफाको निम्ति 'विकास'को
नाममा मानिसहरू अनियमित विकासको कार्य गर्न थाल्छन् जुन निश्चय पनि प्रकृतिको
विरुद्ध हुने गर्छ। जापान, चिली, क्यालिफोर्निया जस्तो भूकम्प प्रभावित क्षेत्रहरूमा बिल्डिंग इत्यादि बनाउँदा
लिइने सावधानी र त्यहाँको तकनिकीको आधुनिकीकरणले कसरी ज्यानमालको रक्षा गर्न
सकिन्छ भन्ने कुरा अरू देशहरूले पनि सिक्नु पर्ने हो। तर विभिन्न वैज्ञानिकहरूद्वारा
सावधानी पाए तापनि नेपाल लगायत पाकिस्तान अनि ईरानले आफ्नो शहरी विकासको ढाँचामा
केही परिवर्तन गरेको छैन।
प्राकृतिक आपदाहरूको शृंखलामा जुन २०१३को उत्तराखण्डको बादल
पड्केको कुरो अझसम्म जिउदै छ। उत्तराखण्डको विकासको ढाँचा प्रकृतिसँग मिल्दो थिएन।
जत्रै ठुलो विकारको परिकल्पना भए पनि प्रकृतिसँग हार मान्ने पर्छ मानिसले। जताभावी
बाटो-घाटो, नयाँ नयाँ रिसोर्ट, होटल बनाइएको छ कमजोर नदीको किनारमा त्यहि माथि ७० भन्दा पनि बेसी जलविद्धुत
योजनाले अवस्था अझ बिगारेको छ। यो सबै कुराले प्रकृतिमा असन्तुलन ल्याएको थियो र
यसले प्राकृतिक आपदा निम्त्याइ रहेको थियो।
इतिहासमा कयौं प्राकृतिक आपदाहरू देखि सकेको मानिसले सोच्नु
पर्ने प्रश्न के हो भने के यो सब विनाशको दोष केवल प्रकृतिको हो? यसमा मानिसहरूको स्वार्थी, प्रकृति
विरोधी जीवन शैलीको कुनै हात छैन? यसमा
पुँजीको स्वार्थले बनाएको गल्तीले भरिएको टाउन प्लानिङको कुनैपनि भूमिका छैन? यसैले यो सबै मानिसहरूकै कर्तव्य हो कि आफ्नो प्रकृतिलाई बचाएर राख्नु पर्छ
आफै अस्तित्वको निम्ति भए पनि। केवल हात जोडेर प्रार्थना गरेर मात्र केही हुँदैन
जबसम्म यस्ता लोभी कोर्पोरेटहरू प्रकृतिलाई चुसेर नाफा कमाई रहेका छन्। यिनिहरूलाई
चिन्हित गरेर आफ्नो पर्यावरणलाई बचाएर राख्नु संघर्ष गर्ने पर्छ नत्र भोलिको दिनमा
हावा पनि यिनीहरू बेच्न थाल्छन् पानीको त बजारीकरण भइसकेकै छ। यसैले प्रकृति
विरुद्ध यस्तो ठुल्ठुलो कम्पनीहरूको विकाश ढाँचाको विरोध जोर-तोडले गर्नु पर्छ अनि
मात्रै यो संसार बस्ने लायकको हुन्छ।
No comments:
Post a Comment