शुभाषिनी श्रीया
दिल्ली र अरू शहरहरूका केही विश्वविद्यालयका विद्यार्थीहरूले
आफ्नो क्याम्पसमा स्यानिटरी न्यापकिनमा केहि बयानहरू लेखेर टांगदा जुन हो-हल्ला
हुनथाल्यो, त्यसले साफ गरिदिएको छ कि नारीको सेक्सुअलिटी अथवा लैङ्गिकता
अनि त्यससम्बन्धित कुराहरू लिएर कुनैपनि छलफलको लागि हाम्रो देशको सामाजिक परिसर कतिको
अपरिपक्व छ। तर जुन प्रकारले यो प्रयास कुनै संगठित शक्ति बिना एउटा विश्वविद्यालय
देखि अर्कोमा फैलियो, त्यसले के दर्साउछ भने, युवासमुदायमा
अनि विशेष नारीहरूमा एउटा हिस्सा यस्ता छन्, जसले
सामाजिक परिसरमा वर्तमान स्थितिको बदलाव चाहन्छन्, अनि
यिनीहरू यस्तो गर्नमा निकै हदसम्म सक्षम पनि छन्। हामी जामिया मिलिया युनिभर्सिटी, जे.एन.यु, जादबपुर
युनिभर्सिटी अनि अरू ठाउँमा उठाएको यो कदमलाई स्वागत गर्दछौ, जहाँनिर
विद्यार्थीहरूले यो चर्चालाई सुरू गर्नुमा प्रमुख भूमिका निभाएका छन्। यो प्रयासहरू
चलाउँदा आएको प्रतिक्रियाहरूमा महिनावारी लिएर पुरानो रुढीवादी धारणाहरूनै बेसी जस्तो
सशक्त हुन्छ यी प्रयासहरूको प्रतिक्रियामा दिल्ली युनिभर्सिटी र जेएनयुमा टाँगेको प्याड
च्यातिदिनु, जादबपुर युनिभर्सिटीमा अथोरिटी द्वारा ‘डिसिप्लिनरी
इन्क्वाइरी’ गर्नु,
अनि जामिया मिलिया युनिभर्सिटी अथोरिटी द्वारा विद्यार्थीहरूलाई
शो-कज नोटिस दिनु जस्तो घटनाबाट हामी के महसुस गर्नसक्छौं भने
नारीहरूका लैंगिकता सम्वन्धित वास्तविकतालाई मानिसहरूको समक्ष न्युनतम प्रतीकात्मक
प्रस्तुतीले पनि कत्रो प्रतिरोधको सामना गर्न पर्दछ।
नारीको लैंगिकता-सम्वन्धि
कुराहरू लिएर जुन ढाक-छोपको माहौल छ, त्यसले नारीको जीवनको
धेरै पक्षहरूमा असर पार्छ। जस्तै नारीहरूको आफ्नै बारे निर्णय लिने प्रश्न, आफ्नो
गतिशीलताको अधिकारको प्रश्न इत्यादी। महिनावारी शुरु भएदेखि एउटा केटीको जीवनमा यस्तो
सामाजिक परिवर्तन आउँछ,
जसले एउटा केटीको जीवनलाई सम्पूर्णरूपले बदलिदिन्छ। महिनावारी
सुरु हुनुको मतलब उसलाई लैंगिक रूपमा सक्रिय मानिन्छ— यसबाट
जन्मिन्छ त्यस सम्बन्धित नानाथरिको सामाजिक ‘धारणाहरू’ अनि
त्यो केटीको लैंगिकता नियन्त्रण गर्ने कैयौं चेष्टाहरू— जसको
लागि धेरै केटीहरूले स्कुल छोड्नुपर्छ, बाहिर खेल-कुद, शारीरिक
कसरत अनि तुलनात्मक रूपमा एउटा मुक्त सामाजिक जीवनबाट पन्छिनु पर्छ। आंकडाले बताउछ
कि, भारतमा २५%
केटीहरूले महिनावारी सुरु भए पछि स्कूल छोडछन्। सबै भाषाहरूमा
यो सम्भावित परिवर्तन बारे भय लिएर विभिन्न प्रकारको अभिव्यक्ति हुन्छ, जसले
नारीलाई आफ्नो शरीरमा आउने परिवर्तन बारे लाज र भय उत्पन्न गरिदिन्छ।
नारीहरूका सामाजिक जीवनमा जुन निष्क्रिय
भूमिका छ, अनि त्यसमाथि लादिएको यो प्रतिबन्धहरूले अझै गम्भीर स्थितिमा
नारीहरूलाई धकेलिदिन्छ—
जहाँ सामाजिक स्रोतहरू वा स्वास्थ्य अनि स्वच्छता जस्तो आधारभूत
सेवा उपभोग गर्नु पनि गाह्रो हुन्छ। यदि नारीहरूलाई सुविधाहरू उपलब्ध छ भने पनि केवल
प्रजनन-सम्वन्धित स्वास्थ्य केन्द्रित हुन्छ, प्राथमिकता
दिइन्छ केवल नारीको प्रजनन क्षमता माथि। महिनावारी प्रजनन-स्वास्थ्य
संग गम्भीर रूपले सम्वन्धित छ,
तरैपनि त्यसलाई लैंगिक स्वास्थ्य सँग सम्वन्धित छ भनेर देखिन्छ।
त्यसैले गर्दा आमतौरमा महिनावारी लिएर कुरा गर्न निषेध गरिन्छ, अनि
यो तब मात्र चर्चाको विषय बन्छ जब यसले प्रजनन शक्तिलाई असर गर्छ, अनि
तब यो महिनावारीको समस्यालाई प्रजनन सम्वन्धित समस्याको हिसाबले देखिन्छ। चल्दै गरेको
स्वास्थ्य-सम्वन्धी नीति र प्रयोगमा पनि नारीको स्वास्थ्यको विषयलाई चाँही
एउटा पितृसत्तात्मक दृष्टिकोण बाट हेरिन्छ, जहाँ
नारीहरूलाई सन्तान उत्पादन गर्ने साधन भन्दा बेसी केही सम्झँदैन।
चारैतिर यस्तो गोपनियता, नारीहरूलाई
आफ्नो महिनावारी सम्वन्धित अनुभवलाई गोपनिय राख्ने प्रचार, त्यसले
गर्दा यी वास्तविकता पनि छोप्न आँटेको छ कि भारतमा केवल १२% नारीहरूले
नै महिनावारीको बेला स्यानिटरी न्यापकिनको उपयोग गर्न सक्छ्न्, बाँकी
८८% नारीहरूले महिनावारीको बेलामा पुरानो कपडा, खरानी, बलुवा
वा पराल भरिएको थैली उपयोग गर्छन्
(ए सी नियेलसेन सर्वेक्षण, २०११)।
अब स्यानिटरी न्यापकिनको उपयोगमा पनि कैयौं समस्याहरू छन्। पहिलो चिन्ताको कुरा हो, व्यापक
परिमाणमा शोधन-अयोग्य फोहोर (non-biodegradable waste) बन्नु।
त्यसमाथि छ, यसले छालामा खटिरा अनि कुहिन सक्ने फोहोर बनाउछ। अनि स्यानिटरी
न्यापकिन बनाउदा चलाएको पदार्थहरू पनि शरीरको निम्ति हानिकारक हो! त्यसैले
स्यानिटरी न्यापकिनको उपयोग पनि नारी स्वास्थ्य र आरामको लागि उच्च स्तरीय विकल्प होइन।
त्यसमाथि, एउटा ठुलो अंशको लागि स्यानीटरी न्यापकिनको अभावले यो देखाउंछ
कि नारी स्वास्थ्यको देखरेखको प्रश्न, वा महिनावारी चल्दाखेरी
एउटा स्वास्थ्यकर, आरामदायक,
अनि समाज र पर्यावरणको लागि उपयुक्त (environmentally sustainable) व्यवस्थापनको प्रश्न हाम्रो समाजमा कति हदसम्म आजपनि हेलचेक्राईको
शिकार छ।
युगौं युग देखि घर भित्र बसेका
नारीहरूका अदृश्य स्थितिलाई अहिले चलाकीपूर्ण, यत्नपूर्वक, योजनाबद्ध
तरिकाले पुँजीले क्रेताको रूपमा देख्सकिने बनाएको छ। त्यही परिप्रेक्षबाट नै स्वास्थ्यलाई
बनाएको छ बेच्ने सामान,
नारीहरूका स्वतन्त्र र गतिशील जीवनप्रति चाहनालाई केन्द्रित
गरी स्टेफ्री वा व्हिस्पर जस्तो स्यानिटरी न्यापकिन, ट्याम्पुन, मेन्सट्रूवल
कप जस्तो सामग्रीहरू यो
‘नयाँ जमानाको नारी’हरूको
लागि विश्वसनीय र निर्भरताको कुरा बनिसकेको छ। तर बहुसंख्यक नारीहरूले यस्ता वस्तुहरू
उपयोग गर्न सक्दैनन, त्यसैले क्रेताहरू एउटा विशेष वर्गमा नै आउँछन्। असलमा पुँजीले
दिएको यो विशेष सेवा जति नारीहरूका महिनावारीको समस्याबाट राहत दिलाउनको लागि हो, त्यो
भन्दा बेसी नै हो यी सामग्रीहरू उत्पादन गर्ने कम्पनीहरूको मुनाफाको स्वार्थको निम्ति।
यस्तो परिस्तिथिमा देशको नागरिकको
हिसाबले नारीहरूले व्यक्तिगत/सामाजिक परिसर र सम्पदामाथि आफ्नो अधिकार कायम गर्दा, हामीले
बुझ्नपर्नेछ कि नारीहरूका समस्या चाँही कुनै विशेस श्रेणी/अंशको
समस्या होइन, बरू पुरै समाजको नै समस्या हो। त्यसले गर्दा आजको स्थितिमा, सामाजिक
दर्जाको कुरा छोडेर, समस्त नारीको निम्ति स्वस्थ, आरामदायक
र दीर्घकालीन मेन्सट्रूवल केयरको सार्वजनिक व्यवस्थानै नारीको लैङ्गिक र प्रजनन स्वास्थ्य
अनि नारीको लैंगिकता सम्वन्धित सबै निषेध विरुद्ध सङ्घर्षको ठोस अन्तर्वस्तु हो। समाजको
सबै जग्गाहरूमा— सबै सार्वजनिक स्थानहरूमा (अफिस, कारखाना, विश्वविद्यालय
इत्यादि) समस्त नारीहरूको लागि, खुला
र आरामदायक तरिकाले महिनावारीको लागि चाहिने सामग्रीहरूका सजिलै उपलब्ध हुँदा नै (भेनडिंग
मशिन वा अरू साधनद्वारा)
यस विषयलाई आमजनताको दृष्टिमा ल्याउनसक्छ अनि महिनावारी लिएर
सबै गलत धारणाहरू नकारेर यी सामग्रीहरूका उपयोगलाई सजिलो र स्वाभाविक बनाउन सक्नेछ।
आजको स्थितिमा देशले अन्तर्राष्ट्रिय सम्मेलन र विकास-सम्वन्धी
विभिन्न छलफलको असरले, स्यानिटरी न्यापकिन बाड्नको लागि कैयौं योजना अपनाएको छ, जस्तै— स्कूल
हेल्थ स्कीम, किशोरी योजना, लाड्ली स्कीम अनि आशा
कार्यकर्ता इत्यादि। तर यी सबै प्रयासहरू निकै नै खण्डित र सीमितताले ग्रसित छ। यो
योजनाहरूको मूल लक्ष्य केहीमात्र विशेष अंश, जस्तै
गरीब किशोरी अनि ग्रामिण नारीहरू हुन्। यसको कार्यन्वयनमा थुप्रै कमीहरू पनि छ, यसलाई
एक हिसाबले असफल पनि हामी भन्नसक्छौं। दिइएको वस्तुहरूको गुणवत्ता पनि राम्रो छैन।
अर्कोतिर, विशाल संख्यक आबादी सरकार परिचालित यी योजनाहरूको बाहिर नै
छुटेकोले, उनीहरूका राहतको लागि उत्रिएका छन् एन.जी.ओ
र निजी कम्पनीहरू। अन्तमा जुन अंशहरू कुनैपनि ‘टार्गेट
अंश’मा छैनन्,
उनीहरूका महिनावारी–सम्वन्धित
स्वाथ्य चाँही उनीहरूका आफ्नै
‘व्यक्तिगत’ कुरा
बन्छ, सरकारले कुनैपनि स्थितिमा त्यसलाई आफ्नो जिम्मेवारी ठान्दैनन।
विगतको केही वर्षहरूमा बारम्बार
यों हिंसा र बलात्कार बिरोधी संघर्षहरू देशको बिभिन्न प्रान्तमा देखापर्यो। अनि यी
सङ्घर्षहरूमा नै नारीको लैगिकता सम्वन्धित प्रश्नहरूलाई दबाएर राख्ने चलन विरुद्ध पनि
बारम्बार आवाज उठ्यो। यो संघर्षहरूले मुख्यतः ती शहरिया युवा समुदायलाई छुनसक्यो जसले
लिङ्गको मुद्दालाई उनीहरूको अघिको पिडीहरू देखि अलग्गै दृष्टिकोणमा हेर्छन् अनि जसले
आफ्नो प्रयासहरूबाट नारीहरूको लैंगिकता र लैङ्गिक स्वास्थ्यको प्रश्नहरू बारे चर्चाको
लागि एउटा नया परिस्थिति बनाउँदै छन्। अर्कोतिर त्यो सम्भावनाहरूलाई खोज्ने खाँचो छ, ‘प्याड
एगेन्स्ट सेक्सिज्म’ जस्तै सङ्घर्ष वा प्रयासहरूबाट जुन मुद्दाहरू उठेर आउँदैछ।
जरूरत छ एउटा यस्तो व्यापक दृष्टिकोण निर्माणको जसले गर्दा विभिन्न अंशको नारीहरूको
भागीदारीबाट निर्माण हुनेछ एउटा एकवद्ध सङ्घर्षको, जसले
च्यालेन्ज गर्न सक्छ सेक्सिस्ट पितृसत्तालाई। नारीको स्वास्थ्य भनेको उसको सामुहिक
प्रजनन स्वास्थ्य मात्र हो भन्ने कुरोहरूले देखाउछ यी संघर्षहरू भित्रैको सिमिततालाई, अनि
संगसंगै उदाङ्गो पारिदिन्छ पूंजीवादी बजार र त्यसको चम्चे राज्यव्यस्थालाई, उनीहरूले
बनाएको नारीमुक्तिको झुटो आश्वासनलाई। यस परिस्तिथिमा 'प्याड
अगेन्स्ट सेक्सिसम' जस्तो प्रचारको परिप्रेक्ष्यमा नारीहरूको प्रजनन अनि महिनावारी-सम्वन्धित
स्वास्थ्यको प्रश्नलाई यस्ता प्रगतिशील आन्दोलन गाभ्नु जरूरी छ। समाजको विभिन्न अंशबाट, माँग
उठाउने खाँचो छ जस्तै — सेक्सिज्म विरोधी लडाई, नारी
आन्दोलन, श्रमिक आन्दोलन इत्यादि, जसले
गर्दा यी विषयहरू आमजनताको मनन र चिन्तनमा दर्ज हुनसकोस् अनि यी संगै पाओस् विभिन्न
प्रकारको लिङ्ग-संवेदनशील र पर्यावरणलाई हानि नपुर्याउने शिल्पविज्ञान प्रयोग
बारे सुत्रीकरणहरू— जसले समाधान गर्न सक्नेछ नारीको यौन स्वास्थ्य सम्वन्धित समस्याहरू।
संगसंगै, सरकारलाई बाध्य गराउनुपर्छ नारी स्वास्थ्यको सम्पूर्ण विषयलाई
मुनाफालोभी बजारको लोभको हातमा नछोडेर नारीहरू प्रति उत्तरदायी भई, नारीहरूको
स्वास्थ्यको प्रश्नमा विभिन्न तकनिकी र संरचना निर्माणको लागि।
[अनुवाद : गुन्जन राणा]
No comments:
Post a Comment