शमीक चक्रवर्ती
शिक्षा कुनैपनि जातिको मेरुदण्ड हो भनेर कहावत त हामी सबैलाई
नै थाहा छ। संगसंगै के थाहा छ भने हाम्रो देशको शिक्षाव्यवस्था चाँही भाँचीएको मेरुदण्ड
झैं स्थितिमा चलिरहेको छ। देशभरि नै शिक्षाको चल्ती व्यवस्थाको विरुद्धमा छात्रछात्राहरूका
गुनासोको अभिव्यक्ति हामीले यताउति निरन्तर नै देख्दैछौं। विगतको केही महिनाभित्रै
सिक्किममा शिक्षाको फि-वृद्धि लिएर विरोध वा जादबपुर विश्वविद्यालयमा क्याम्पस डेमोक्रेसी
लिएर ‘होक कोलोरब’
आन्दोलन,
अथवा हालैमा बर्धमान युनिभर्सिटीमा परीक्षाव्यवस्थाको गडबडी
विरुद्ध विद्यार्थीहरूका दह्रिलो आवाज हामीले देख्यौं अनि अहिलेपनि देख्दैछौं। यो चित्र
केवल हाम्रो देशकै मात्र होइन,
समस्या र संकटले पीडित शिक्षाव्यवस्था लिएर वाक्कदिक्क भइसकेको
छात्रछात्रा र जनताहरूले संसारभरी नै ‘वन वर्ल्ड, वन
स्ट्रगल, एडुकेसन इज नट फर सेल’ आवाज
उठाएर सानो-ठूलो सङ्घर्ष निरन्तर नै चलाइरहेका छन्। ल्याटिन अमेरिकाको
चिलीमा त यो शिक्षा लिएर सङ्घर्ष एउटा माइलफलक झैँ इतिहास बनाएको छ। लगभग दुई साल पहिला
देखि शुरु भएको विद्यार्थी संघर्षले सिधै ‘फ्री
एडुकेसन’को माग उठाईरहेको छ। अहिलेसम्म त्यो लडाई उकालो-ओरालोको
बाटो हिड्दै आफ्नो लक्ष्यतर्फ अघि बढ्दैछ। चिलीको राजमार्गमा डेढलाख विद्यार्थीहरूले ‘चिली
डीसाइडस् इट्स एडुकेसन’
ब्यानर बोकेर फ्री एडुकेसनको माग लिएर, भ्रष्टाचार-विरोधी
सङ्घर्षको नारा उठाउदै छन् र साथसाथै पुलिश-मिलिट्रीको
दमन-उत्पीडन पनि जोशसँग सामना गर्दैछन्।
तर आजको यो लेख चाँहि ती समस्याहरू
वा सङ्घर्षहरूलाई लिएर होइन,
बरू समस्याको अर्कोपट्टि एउटा नयाँ प्रकारको शिक्षा व्यवस्थाको
प्रवर्तन बारे हो। विगत महिनामा एउटा अचम्मको खबर सुन्नमा आयो। उत्तर गोलार्द्धको उत्तरी
प्रान्तका एउटा सानो देश हो फिनल्यान्ड। आयतनमा सानो, जनसंख्या
पनि निकै कम। भएको यो देशले आफ्नो शिक्षाव्यवस्थामा एउटा अनौठो पाइला चालेको छ। त्यो
देशमा शिक्षाको पाठ्यक्रममा अबदेखि
‘सब्जेक्ट’ हुँदैन, त्यसको
सट्टामा ‘विषय’
वा
‘टपिक’ पढाइनेछ।
त्यसको उदाहरण दिंदै के भनिएको छ भने इतिहास, गणित
वा अंग्रेजी जस्तो सब्जेक्ट होइन,
बरू
‘युरोपियन युनियन’, ‘कम्युनिटी
र क्लाइमेट चेन्ज’ वा
‘फिनल्यान्डको स्वतन्त्रताको १००
वर्ष’ जस्तो टपिक पढाइन्छ, जसले
गर्दा भाषा, भूगोल,
विज्ञान र अर्थनीति माथि मल्टी-डिसिप्लिनरी
मड्युलहरू आउँनेछ। ज्ञानको विशाल भण्डारलाई टुक्रा टुक्रा पारेर अलग अलग सब्जेक्टको
हिसाबले छुट्टै ज्ञान बटुल्ने
(वा हिजोआज त्यो बेच्ने सामग्री
पनि बनिसक्यो) जुन चलन छ,
त्यो प्रक्रियाले ज्ञानलाई सीमित पार्दछ, ज्ञान
ग्रहणगर्नेहरूलाई एउटा खण्डित ज्ञान प्राप्त हुन्छ। अनि यसको फलस्वरुप एउटा विषयमाथि
सम्पूर्ण धारणा बन्नु साह्रो पर्छ। कुनैपनि विषयको धेरै वटा आयाम हुन्छ, सबै
आयामबाट नहेर्दा त्यो विषय लिएर सम्पूर्ण ज्ञानार्जन सम्भव छैन। फिनल्यान्डले त्यो
यथार्थलाई मान्यता दिंदै अघि बढदैछ।
फिनल्यान्डमा अहिलेसम्म चल्दै गरेको
शिक्षा व्यवस्थाको पनि केही मौलिक विशेषता थियो। यहाँको शिक्षा व्यवस्थापन चाँही अर्कै
प्रकारले विकेन्द्रित छ। फिनल्यान्डको ३२० वटा नगरपालिकाको हातमा शिक्षा व्यवस्थापनको
खण्डमा निकै स्वतन्त्रता छ। क्षेत्रीय जरूरतको हिसाबले के-कसरी
पढाउनुपर्छ त्यो नगरपालिकाको हातमा नै तय गर्ने प्रावधान छ। केन्द्रिय सरकारले केवल
त्यसकोलागि ऐन बनाउनु, स्कुलको फण्डलाई मद्दत गर्नु अनि स्कुलमा के अनि कसरी पढाउनु
पर्ने त्यसको बारेमा एउटा गाइडिंग फ्रेमवर्क मात्रै दिइन्छ। यस प्रकारले नगरपालिका
वा स्कुलको स्तरमा पाठ्यक्रम तय हुन्छ र शिक्षकहरूले नानीहरूलाई सिकाउने तरिका बारे
निकै स्वतन्त्रता पाउछन्,
अनि त्यसले गर्दा प्रत्येक स्कुल द्वारा अपनाएको शिक्षा पद्धतिभित्र
फरक छ, जुनचाहिँ क्षेत्रीय जरूरतको हिसाबले निर्धारित हुन्छ।
अब नयाँ सुधार, जसको
बारे हामी शुरुमा नै कुरा गर्यौं,
त्यो न्याशनल कारिकुलम फ्रेमवर्क (एनसीएफ) अगस्त
२०१६ मा लागु हुनेछ। यस्तो प्रकारले सब्जेक्टहरूलाई एकत्रित पारेर सिकाउने चलन फिनल्यान्डको
केही स्कुलमा पहिला देखि नै थियो। २०१६ देखि त्यो पद्धति सबै स्कुलमा लागु हुनेछ। यसको
लागि स्कुलको रुटिनमा केही पिरियड आवश्यक रुपले हुनुपर्ने, अनि
यस फ्रेमवर्क अनुसार यी घटना/टपिकमा आधारित स्टडी पिरियडको परिकल्पना बनाउन प्रक्रियामा
विद्यार्थीहरूले भागीदारी लिनुपर्नेछ अनि त्यहाँबाट के सिकियो उनीहरूले— त्यो
पनि व्यक्त गर्नुपर्ने प्रावधान दिइएको छ।
वाक्कैलाग्दो निद्रा-ल्याउने
क्लासरुमहरूमा हुर्केका हामीहरूले यस्तो नयाँ एक्स्पेरिमेन्टहरूको कुरा निसन्देह चाखलाग्दो
लाग्छ होला। तर यस्तो कुरा कुनैपनि आकस्मिक कुरा होइन— आलु-प्याजको
सौदा गरे जस्तै शिक्षालाई दिनप्रतिदिन बजारबाट किन्ने कुरा झैँ बुझ्नु थालेका हामीहरूलाई
फिनल्यान्डको शिक्षाव्यवस्थाको इतिहास पनि अचम्म लाग्नेछ। फिनल्यान्डको शिक्षाव्यवस्था
सम्पूर्णरुपले फ्री हो,
अनि फुल-टाइम विद्यार्थीहरूले पूरा सब्सीडाइज्ड मिल पनि पाउँछन्। डे-केयर
प्रोग्राम, किन्डरगार्टेनका व्यवस्था सित शुरु भएको प्राथमिक शिक्षा देखि
लिएर उच्चशिक्षामा पनि धेरै राम्रो,
प्रायोगिक र विज्ञान-निर्भर
कदमहरू फिनल्यान्डको शिक्षाव्यवस्थामा देखिन्छ।
सन् २००८ मा युनाइटेड नेशनस् द्वारा
प्रकाशित गरेको एडुकेसन इन्डेक्समा फिनल्यान्डको स्कोर थियो ०.९९३— संसारको
१ नम्बरमा, डेनमार्क,
अस्ट्रेलिया, न्युजील्याण्डसँग एकै
कतारमा। फिनल्यान्डको शिक्षा मन्त्रालयले यसको कृतित्व सार्वजनिक शिक्षा, शिक्षकहरूका
दक्षता अनि स्कुलहरूलाई दिइएको स्वतन्त्रताले गर्दा हो भनेर भनेको छ। अन्तर्राष्ट्रिय
स्तरमा शिक्षाव्यवस्थाको मूल्यांकन गर्ने नापदण्ड ‘पिसा’को
अनुसार पनि फिनल्यान्डको स्थान माथिल्लो स्तरमा नै छ। तर विगतका केही वर्षमा फिनल्यान्डको
स्थान चाँही एक नम्बरमा रहेन।
लामो समयदेखि शीर्षस्थानमा बसेर
अब फिनल्यान्डको शिक्षाको केहीमात्रामा अबरोह भएतापनि त्यहाँको शिक्षाको व्यवस्थापकहरूको
भनाई अनुसार स्कुलहरूले एकीकरण अनि घटना/टपिक आधारित शिक्षणको
निम्ति समय दिनुपर्छ, किनभने उनीहरूले भनिएको अनुसार स्कुलहरूले नानीहरूलाई त्यही
पढाउनुपर्छ जुन कुराहरू नानीहरूलाई आफ्नो जीवनमा आवश्यक छ, क्रमांकमा
एक नम्बरमा आउनु भन्दा त्यो महत्वपूर्ण हो भनेर उनीहरूका अडान छ।
अब शिक्षालाई लिएर यस्तो एक्स्पेरिमेन्टहरू
धेरै नै चल्छन् दुनियाँमा। कसरी राम्ररी सिकाउनु, कसरी
ज्ञानको भण्डारलाई उन्मुक्त गरी भावी पिडीलाई पुर्याउनु। कसरी बनिनेछ एउटा जनमुखी शिक्षाव्यवस्था— जसले
मानिस व मानवसभ्यताको विकासलाई मद्दत गर्नेछ। कसरी तयार पार्ने एउटा वैज्ञानिक, अनुसन्धानमुखी
मनन— जसले गर्दा विद्यार्थीहरूले अन्धविश्वास-कुसंस्कार
देखि मुक्त भएर दुनियालाई हेर्ने एउटा वस्तुवादी दृष्टिकोण बनाउन सक्छ। कसरी बन्न सक्नेछ
एउटा जनवादी शिक्षाव्यवस्था,
जहाँ सबैले नै पढ्ने मौका पाउँछन र पढेपछि समाजमा आफ्नो योगदान
राख्नसक्छ— यी सबै सोचोईको कुनै अन्त छैन। कल्पनाको दुनियाँ देखि वास्तवको
जमीनमा यसलाई कार्यन्वयन गर्ने क्रममा कति हो कति कथाहरू बनिसकेको छ, यी
विषयलाई लिएर।
नानीहरूसम्म शिक्षा समग्ररूपमा
पुर्याउने लक्ष्य सोभिएत रशियाले निकै अघि बढेको थियो। रुसी क्रान्तिको अगाढी र पछि
पनि त्यसबारे धेरै अनौठो सबुत हामीले पाएका छौं। अनातली लुनाचरस्कीले ती चिन्तनहरूमा
नयाँ नयाँ आयाम जोडेका थिए। रुसी क्रान्ति पछि सोभिएत रशियामा कसरी, कस्तो
प्रकारले चाखलाग्दो नयाँ तरिकाहरू अपनाउदै शिक्षण पद्धतिहरूको आविष्कार र प्रयोग भयो, त्यसको
महत्वपूर्ण दस्तावेज हो सन् १९६९ मा लेखिएको भासिल सुखोमलिनस्कीको किताब ‘I Give my Heart to the Children’ लगायत अरू लेखहरू। वहाँले नानीहरूलाई अरू मान्छेहरूका भित्री
जगतमा के छ, त्यसबारे सचेत हुन कुरा गर्नु भयो— अरुको
आँखाबाट हेरेर, अरुको आनन्द, दुख, संशयको
अनुभूतिलाई चिन्नुपर्नेछ। वहाँको अनुसार नानीहरूले स्कुलको आनन्दलाई घरसम्म बोकेर लिएर
जावोस् भन्ने स्थिति बनाउनुपर्छ। सबै विद्यार्थीनै त पढाईमा सर्वश्रेष्ठ हुँदैनन्, तर
सबैले कुनै न कुनै कुरामा आफ्नो सृजना त देखाउन सक्छ अनि अरुलाई खुशी बनाउने काममा
आफ्नो योगदान दिनसक्छ। जसले नानीहरूलाई आत्मसम्मान र नैतिक उन्नतिको आधार दिन्छ।
त्यही साठ्ठीको दशकमा नै हामी इटालीको
फादर मिलानी भन्ने एकजना पादरीको महत्वपूर्ण प्रचेष्टाको कहानी पाउछौं। वहाँको प्रयोगको
अनुभवमाथि आधारित ‘लेटर टु आ टिचर’ भन्ने किताबमा के छ
भने एउटा वर्ग-विभाजित शिक्षाव्यवस्थाले कसरी धनी परिवारका नानीहरूले गरीब
परिवारका नानीहरू माथि वर्चस्व कायम गर्छ, त्यो
खुलासा पार्दै अर्कै नयाँ नयाँ शिक्षण पद्धतिको कुरा गरीएको छ। चालिसवटा भाषामा अनुवाद
भएको यो किताब आजपनि शिक्षाव्यवस्था सम्बन्धित एउटा क्लसिक किताब हो। फादर मिलानीले
चलाउनु भएको वैकल्पिक प्रयोगको ठाउँ बारबियाना स्कुलको आठजना विद्यार्थीले (जो
आफ्नो पुरानो स्कुलबाट खराब रिजल्ट,
सरारतको आरोप वा फीज ततिर्नु सक्ने कारणले खेदिएको थियो) मिलानीको
तत्वावधानमा एक वर्षको
‘सामुहिक लेखन’ पद्धतिमा
यो किताब लेखिएको थियो।
सन् १९६८ मा नै शिक्षाविद् पाउलो
फ्रेयर ले ‘पेडागोगी अफ दा ओप्रेसड’ किताबमा
शिक्षक, विद्यार्थी र समाज भित्र एकदमै नयाँ प्रकारको सम्वन्धको कुरा
गर्दै एउटा नया पद्धतिको प्रस्ताव गर्नुभयो। यो किताब पहिला पर्तुगीज भाषामा लेखिएको
थियो अनि ‘शोषितपीडित’हरूलाई उत्सर्ग गरिएको थियो। फ्रेयरले ब्राजिलमा खटिखाने गरीब
मान्छेहरूलाई साक्षरताको लागि पढाउदा जन्मिएको आफ्नो अनुभवहरूलाई यहाँ समेटेका छन्।
फ्रेयरले यस किताबमा दिएको व्याख्यामा ‘कलोनाइजर’ र ‘कलोनाइज्ड’हरू
मध्ये मार्क्सवादी पद्धतिले एउटा वर्ग-विश्लेषण छ। फ्रेयरले
यो किताबमा परम्परागत शिक्षण पद्धतिलाई ‘ब्यांकिङ्ग मोडेल’ सित
तुलना गरेका छन्, किनभने यो चल्ती पद्धतिमा विद्यार्थीहरूलाई एउटा खाली भाडा
झैं सोचेर ‘पिगी ब्यांक’ जस्तै त्यसमा एकतर्फी
ज्ञान हाल्ने वाक्कैलाग्दो प्रक्रिया चलिरहन्छ। फ्रेयरको अडान के छ भने शिक्षण पद्धति
यस्तो हुनुपर्नेछ जहाँ सिक्नेहरू सिक्न साथै ज्ञानको सृजना पनि गर्छ।
अझै पछि आएर सन् १९८१ मा प्रकाशित
भयो Totto-chan, the Little Girl
at the Window भन्ने किताब। तेत्सुको
कुरोयानागीले लेख्नुभएको यो किताबमा वहाँले आफ्नो विद्याथी जीवनको अनौठो अनुभवहरूलाई
संकलन गरेका छन्। जापानको टोक्योमा दोस्रो विश्वयुद्धको बेलामा शिक्षाबिद सोसाकु कोबायासीले
चलाईएको तोमोई गाकुयेन भन्ने गैर-परम्परागत प्राथमिक स्कुलमा पाएको एकदमै मनपर्ने पद्धतिहरूको
वर्णनले कुनै पनि पाठकलाई एउटा अर्कै दुनियामा पुर्याउँछ। चल्ती व्यवस्थाको अभ्यास, अस्थिरता, असहिष्णुतादेखि
बाहिर निस्किएर संवेदनशील शिक्षा,
विचारबोध,
नैतिकता कसरी बन्नसक्छ— त्यसको
महत्वपूर्ण दस्ताबेज हो यो किताब।
यी सबै कुराहरू, किताबहरूको
उल्लेख यहाँ गर्नुको खास महत्व यो नै हो कि पाठकहरू समक्ष हाम्रो परम्परागत स्टिरियोटाइपड
पद्धतिहरूको बाहिर एउटा नयाँ अनुभव पाउनेछन्। फिनल्यान्डमा कुनैपनि क्रान्तिकारी बदलाव
त भएको छैन, फिनल्यान्डको समाजको ढाँचामा पनि कुनै आमुल बदलाव भएर सम्पूर्ण
जनमुखी दृष्टिकोण बनिएको छैन। तरैपनि सम्पूर्णरुपले पुँजीवादी देशहरूको ढाँचा भन्दा
यी देशहरू केही हदसम्म अलग्गै हो। उत्तरी युरोपको स्क्याण्डीनेभीयन देशहरू (नर्वे, स्वीडेन, डेनमार्क) वा
त्यसको छिमेकी देशहरूलाई लिएर भनिएको नर्डिक देशहरूले (डेनमार्क, फिनल्यान्ड, नर्वे, आइसल्याण्ड, ग्रीनल्याण्ड, फारोये
आइल्यांड्स अनि स्वीडेन)
अपनाएको नीतिहरू धेरै हदसम्म तथाकथित पुँजीवादी देश भन्दा अलग
हो। नर्डिक मोडेल भन्नाले यस्तो आर्थिक र सामाजिक मोडेल बुझिन्छ, जसमा
फ्री मार्केट इकोनोमि संगै समेटिएको छ वेलफेयर स्टेट वा कल्याणकारी राज्यको प्रयोगहरू।
वेलफेयर स्टेटमा निजी पुँजीको सट्टामा धेरैवटा सेवाहरू राष्ट्रिय नियन्त्रणमा हुन्छ।
त्यसले गर्दा यसमा समाजवादी ढाँचाको असर पनि केहीहदसम्म देखिन्छ। सन् १९३० तिर पुँजीवादी
व्यवस्थाको घोर सङ्कटको बेलामा पुँजीवादको पक्षधर अर्थनीतिको विशेषज्ञहरूले नै वेलफेयर
स्टेटको अवधारणालाई ल्यायो। सन् १९१७ मा भएको रुसी क्रान्तिले गर्दा समाजवादी ढाँचा
सँग डराउदै त्यसको केही तत्वहरूलाई पनि यस अवधारणामा उनीहरूले समेट्यो। तर दोस्रो विश्वयुद्ध
पश्चात् क्रमिक रूपमा फेरी संसारभरिनै सरकारहरूले आमजनताप्रति त्यसको जिम्मेवारीहरूलाई
आफ्नो काँधबाट झर्कनु थाल्यो अनि सबै उद्योग-सेवा-कुराहरूमाथि
निजी नियन्त्रण नै कायम हुनथाल्यो। यो स्क्यान्डीनेभियन वा नर्डिक देशहरूले बरू केहिहदसम्म
यो प्रक्रिया बाहिर नै आफुलाई अडिग राखियो। ग्लोबलाईजेसन वा भूमण्डलीकरणको दौरमा यो
निकै नै कठिन छ तर फिनल्यान्डले आजसम्म त्यो परम्परालाई बोकिरहन्छ। यस्तो नर्डिक मोडेलले
गर्दा यहाँनिर असमानता कम छ,
उच्च आयगर्नेहरूको हातमा मालिकानाको औसत कम छ, राष्ट्रिय
प्रयास बेसी छ... जुनचाहिँ अमेरिका जस्तो डरलाग्दो पुँजीवाद भन्दा अलग्गै हो— जहाँ
असमानता र उच्च आय गर्नेहरूको हातमा संसाधनहरूको स्वामित्व भयानक बेसी छ।
यस्तो एउटा देश भएको कारणले फिनल्यान्डमा केही नयाँ उदाहरण हामीले देख्दैछौं।
संसारमा आज कुनैपनि यस्तो ठाउँ छैन जहाँ सम्पूर्णरुपले जनपक्षीय विचार र प्रयोग हुनसक्छ।
हाम्रो यहाँनिर पनि यस्तो वैकल्पिक प्रयोगको अवकाश कहाँ छ र? तरैपनि
सोच्नुमा चासो लाग्छ कि हाम्रो यहाँनिर पाठ्यक्रममा एउटा टपिक आयो, सोच्नुहोस्
कि ‘देउसी’—
त्यसको इतिहाससँग जोडिएको छ लोकसाहित्य-लोकसंस्कृति, त्यसको
भौगोलिक विस्तार सँग समेटिएको छ सुर-शब्दको विशिष्टताहरू
वा कसरी उहिलेको राजाहरूको जमानादेखि आजको पुँजीवादी शासनमा परिवर्तन हुँदाहुँदै बदलिएको
छ देउसीको शब्दहरू, त्यसबाट प्रतिबिम्बित भएको छ मानिसको जीवनको बदलिँदो सुख-दुखको
चित्र। अथवा लिनुहोस् अझै एउटा टपिक — ‘चियाबारी’— त्यसमा
त झन् भू-प्राकृतिक विशिष्टता, जलवायु, तकनिकी
संगै पढाइनेछ कसरी मजदूरहरूले सरप्लस वा बेसी मुल्य उत्पादन गर्छन्, अनि
मालिकहरूले त्यसलाई चोरेर ब्यालेन्स सीटमा गडबडी गर्दै कसरी बढाउदै जान्छन् उनीहरूका
मुनाफाको पहाड। यसरी नै त भूगोल,
विज्ञान,
तकनिकी,
अर्थनीति,
बाणिज्य—
सबै सब्जेक्टहरू एकैसाथ मिलेर तयार पार्नु थियो जीवन सँग सठीकरूपमा
सम्वन्धित एउटा पाठ्यक्रम। होइन र?
No comments:
Post a Comment