Friday, June 12, 2015

नेट न्युट्रलिटी खोस्ने कोसिस

सुमेन्द्र तामाङ अनि अभिषेक श्रेष्ठ


नेट न्युट्रलिटी भन्नाले के बुझिन्छ भने कुनैपनि रकमको इन्टरनेट प्याक किनेर कसैले आफ्नै पसन्दको अनुसार कुनचाहिँ एप्लिकेसन, सर्भिस, वेबसाइट उपयोग गर्छ, उ आफुले नै निर्णय लिन सक्छ, त्योमाथि कोम्पानीहरूको नियन्त्रण नहुनुपर्ने।
इन्टरनेट प्याक आज भन्दा दुई तीन साल अघि ९५ रुपियाँमा पाइने गर्थ्यो। हामी ९५ को नेट प्याकमा त एक महिना नेट चलाउथे। एटिएम कार्डको आकारमा पाइन्थ्यो जसले 2G को स्पिड र 2GB डाटा चल्ने गर्थ्यो। त्यस पछि अचानक एक दिन त्यो कार्ड बन्द भयो। कति खोज्दा एउटा दोकानमा बल्ल बल्ल पाए तर आश्चर्यजनक त्यही ९५ को नेट प्याकको दाम बड़ेर १४९ रुपियाँ भएछ र ९५ रुपियाँको त 1GB मात्रै डाटा त्योपनि २८ दिनको भ्यालिडीटि मात्र दिनु थालेछ। सबै टेलिकम अपरेटरहरूले यस्तै गर्दै थियो। हामीलाई झट्का त लाग्यो तर के गर्ने इन्टरनेट छोड़नु नै सकिएन। फेरी १४९ रिचार्जको रुपियाँ बड़ेर १९५ रुपियाँ भयो र 1GB डाटा १७१ रुपियाँमा बिक्रि हुन थाल्यो, भ्यालिडीटि पनि २५ दिन र १९ दिन घटेर गयो। ज्यादातर उपभोक्ताहरूलाई ठूलो झट्का महसूस भएन तर टेलिकम कम्पनीहरूले त यही चाहेको थियो। होइन र? बिस्तारै-बिस्तारै यो ठूल-ठूला टेलिकम कम्पनीहरू जस्तै एरटेल, भोडाफोन, आइडिया, डोकोमो इत्यादिहरूले आफ्नो मुनाफाको प्रकोप अझै बड़ाउँदै गयो र अर्कोतिर यसको बोझ पनि बड़दै गयो उपभोक्ताहरूको जीवन माथि। अहिले त अब यस्तो अवस्था आईसकेको छ नेट डाटा पनि सुनारको दोकानमा खोज्नु पर्ला जस्तो छ। यसरी नै आज भन्दा केही वर्ष अघिको समय हामी स्मरण गरौं भने यस्तै प्रकारलेप्रगतिगरेका छन् यी ठुला ठुला टेलिकम कम्पनीहरूले। बजारमा पूरा कब्जा गरेको छ यिनीहरूले जनताबाट चुसेको पुँजीले। यस्तै चरित्र छ भारतवर्षको र यसकोउन्नतिको परिभाषा पनि यसरी नै कोरिरहेको छ।
तर अब टेलिकम अपरेटरहरूले अर्को काम गर्न लागीरहेको छ। यिनीहरूको वक्तव्य अनुसार whatsapp जस्तो एप्लिकेसनहरूले गर्दा मान्छेहरूले एसएमएस गर्नु नै बन्द गरी सक्यो रे! यती मात्रै होइन facebook, whatsapp, skype, hike इत्यादिको फ्री कलको प्रावधानले गर्दा फोनबाट कल गर्नु पनि कम्ति गरी सक्यो रे! (अर्को दृष्टिकोणले हेर्दा मुनाफा अझै बढ़ाउनु परेको स्थिति जन्मिएको जस्तो पनि लाग्छ।)
यी टेलिकम कम्पनीहरूले फैसला गरेको छ कि अब facebook, whatsapp, skype, hike इत्यादि जस्ता एप्लिकेसनहरू चलाउनुको निम्ति नेट प्याक छोड़ेर अलग-अलग एक्सेस फीस दिनु पर्ने छ। यसको अझै धेरै कारणहरू पनि दिइरहेका छन् यी ठूला-ठूला टेलिकम कम्पनीहरूले र त्यस मध्ये इन्ट्रीको लागि हाई कस्ट, संरचनाको विकास, मेन्टेनेन्स कस्ट, नेशनल सिक्युरिटी पनि छ।
यो कुरामा चिन्तित भएर TRAI (टेलिकम रेगुलेटरी अथोरिटी अफ इण्डिया) ले २० वटा प्रश्न भएको ११८ वटा जटिल पन्नाको कनस्टीट्युसन पेपर निकालेको छ। र यसले यी कम्पनीहरूलाई एप्लिकेसनहरू ब्लक गर्ने र अझै नाफा हुनु दिने योजना गरीसकेको छ। सोझो भाषामा भनौ भने उपभोक्ताहरूको अधिकार बचाउनुको निम्ति काम नगरेर TRAIले टेलिकम कम्पनीहरूको मुनाफा बढ़ाउनुमा सहयोग गरीरहेछ।
नेट न्युट्रलिटीलाई हामीले बिजुलीको उदाहरण मार्फत् बुझ्न सक्छौ। बिजुलीको प्रत्येक युनिटको निम्ति हामीले पैसा तिर्नु पर्दछ र महिनाको अन्तमा बिल त्यही हिसाबले आउँछ। घरमा बिजुलीले चल्ने सामग्रीहरू जस्तै टिभी, फ्रिज इत्यादि हामी जे पनि चलाउन सक्छौ। यो सबैको बिल एक साथै तिर्नु पर्ने हुँदछ। तर अब के भन्दै छ भने हामीले टिभी चलायो भने अथवा फ्रिज निम्ति भिन्दै पैसा तिर्नु पर्छ। कुरा यतिमा मात्र अन्त हुँदैन, यदि हामीले सोनीको टिभी चलाउदैछौ भने (उदाहरणको निम्ति) हामीले त्यसको निम्ति फाल्टै पैसा तिर्नु पर्दैन तर सोनी छोड़ेर अरू केही चलायो भने फाल्टै त्यसको पैसा तिर्नु पर्ने हुने छ। यहाँ सम्म पुगी सकेको छ कुरा। इन्टरनेट आजको दिनमा आजको युगमा महत्वपूर्ण भाग भइ सकेको छ चाहे त्यो facebook, hike, whatsapp होस् वा इन्टरनेट सर्फिंगनै होस्। तर यी ठूल ठूला नाफाखोर टेलिकम कम्पनीहरूले नाफा बढ़ाउनको निम्ति यो ठुलो षडयन्त्र खेली रहेको छ र यसको भागीदारीमा TRAI ले पनि साथ दिने नै योजना गरी रहेको छ।

हाम्रो स्वतन्त्रता यस्तै हिसाबले हो भने टेलिकम कम्पनीहरूको हातमा हुनेछ। इन्टरनेटलाई बचाउनु पर्ने स्थिति आइसकेको छ। हामीले आफ्नो अधिकारको निम्ति आफै आवाज उठाउनु पर्ने छ। यस्तो स्थितिमा तपाईको भागीदारी के कस्तो हुने छ, तपाई आफै सोच्नु होस्! देशभरि नेट न्युट्रलिटीको निम्ति आवाज उठिरहेको छ तर यसको निम्ति तपाईको आवाज र साथ धेरै आवश्यक छ। तपाईको अधिकार सुरक्षित छैन। नेट न्युट्रलिटीको निम्ति आवाज उठाउनु होस्।

No comments:

Post a Comment