संगीता खेवा
आज कसैलाई सोधे पनि ८ मार्च ‘अन्तराष्ट्रिय महिला दिवस’ हो भनेर उत्तर दिन सक्छ। तर धेरै कम्ती मानिसहरूलाई मात्रै यो दिनको इतिहास र महत्व थाहा हुने गर्छ। अन्तराष्ट्रिय महिला दिवसको खास नाम ‘अन्तराष्ट्रिय श्रमजीवी महिला दिवस’ हो र यसको अस्तित्व धेरै पुरानो र गौरवमय छ। आज ८ मार्चलाई महिला दिवसको रूपमा संसारभरिनै मनाइन्छ तर वर्तमान परिपेक्षमा यसको रूप भने अवश्य पनि परिवर्तित भएको छ। वास्तवमा भनौ भने यो दिन महिलाहरूको समाजमा समान अधिकारको माग र उनीहरूको दोस्रो स्तरको नागरिकतालाई लिएर प्रतिवादको रूपमा मनाइने दिन हो। अन्तराष्ट्रिय नारी दिवस श्रमजीवी महिलाहरूको सङ्घर्षबाट जन्मेको दिन हो। आफ्नो हक-अधिकारको निम्ति लडेर, लाखौ महिलाहरूको प्राणको उत्सर्ग पछाडी यो दिन महिला दिवसको रूपमा स्थापित भयो र आजसम्म विभिन्न तरिकाले पालन गरिन्छ। अन्तराष्ट्रिय श्रमजीवी नारी दिवसको इतिहासलाई कोट्याँउदा हामी यसको उत्पत्ति र क्रमश: विकासको बाटोमा महिलाहरूले झेल्नुपारेको यस्तो मार्मिक कथा भेटाउँछौँ र कसरी महिलाहरूले अत्यन्त साहससाथ चरम अत्याचारको सामना गर्दै यो दिवसको स्थापना गरे त्यो साँचै नै प्रशंसनीय र अनुकरणीय छ।
उन्नाइसौ सताब्दीको अन्त्य र बीसौ सताब्दीको सुरुवातमा जब औद्योगिक क्रान्तिले पश्चिमका देशहरूमा बेसी भन्दा बेसी श्रमिकको माग हुन् थाल्यो त्यसबेला भर्खरै विकसित हुँदै गरेको पुँजीवादी व्यवस्थाले हजारौँ-लाखौँको सङ्ख्यामा महिलाहरूलाई घर भित्रबाट बाहिर ल्याएर फ्याक्ट्री, घरेलु कामकाज वा अन्य कामहरू मार्फत तिनीहरूबाट श्रम लिन थाल्यो।
महिलाहरूको कार्यस्थल वा काम गर्ने वातावरण त्यस्ताक एकदमै ठिक थिए र सबैभन्दा ज्यादा शोषण यस्तै ठाउँहरूमा हुने गर्थ्यो। विषेशगरी कपडाको फ्याक्ट्रीमा महिला श्रमिकहरूनै बेसी हुने गर्थे। यी श्रमिकहरूले पुरुष श्रमिक भन्दा धेरै कम्ती ज्याला पाउँथे, सुरक्षाको कुनै प्रावधान थिएन कामको घण्टा धेरै लामो थियो र तिनीहरूले मालिकवर्गद्वारा गरिने यौन शोषण पनि खप्नु पर्थ्यो।
महिलाहरूको कार्यस्थल वा काम गर्ने वातावरण त्यस्ताक एकदमै ठिक थिए र सबैभन्दा ज्यादा शोषण यस्तै ठाउँहरूमा हुने गर्थ्यो। विषेशगरी कपडाको फ्याक्ट्रीमा महिला श्रमिकहरूनै बेसी हुने गर्थे। यी श्रमिकहरूले पुरुष श्रमिक भन्दा धेरै कम्ती ज्याला पाउँथे, सुरक्षाको कुनै प्रावधान थिएन कामको घण्टा धेरै लामो थियो र तिनीहरूले मालिकवर्गद्वारा गरिने यौन शोषण पनि खप्नु पर्थ्यो।
सामाजिक श्रममा महिलाहरूको बराबरको भागीदारी भएता पनि तिनीहरूलाई भोट दिने अधिकार भने थिएन। यसरी समाजमा पुरुष भन्दा तल्लो स्तरको भएर बाँच्नु परेको र श्रम चाँही बराबर र कहिले काँही ज्यादा दिनु परेको क्षोबले प्रतिवादको रूप लिँदै गयो, यहीबाट नारीदिवसको बिजारोपण भयो। ८ मार्च १८५७ को दिन न्यूयोर्कको कपडा कारखानाका महिला श्रमिकहरूले हड्ताल गर्दै जुलुस निकाले। उनीहरूको माग थियो कार्यशालाको वातावरण राम्रो हुनुपर्छ, कामको अवधि घटाएर १० घण्टा बनाउनु पर्छ र महिलाहरूले पनि कामको समान ज्याला पाउनु पर्छ। त्यसपछि विरोधको सिलसिला चलेको चलेकै भयो। ८ मार्च १९०७ मा न्युयोर्कको सडकमा ओर्लेर त्यहाँको कपडा कारखानामा काम गर्ने महिलाहरूले काम गर्ने वातावरणको दुर्गति र एकदमै न्यूनतम ज्यालाको विरुद्ध आवाज उठाए। १८५७ जना महिला श्रमिकहरूले दिलो ज्यान लाएर यो विरोधमा हिस्सा लिए। सरकारले पुलिस लाएर महिलाहरू माथि आक्रमण गर्दै यिनीहरूलाई छाल्ला-बिल्ला त पारिदियो तर यिनीहरू भित्र रहेको विद्रोह र बेहतर समाजको कल्पनालाई मार्न सकेन। यस घटनाको दुई महिना भित्रै यी महिलाहरूले ट्रेड युनियनको गठन गरे।
फेरी एक वर्ष पछि ८ मार्च कै दिन न्यु योर्ककै एउटा सियो बनाउने फ्याक्ट्रीको १५ हजार महिला मजदुरहरूले कामको अवधि घटाउनु, ज्याला बढाउनु, सङ्गठन गर्नु पाउने अधिकार हुनुपर्छ भनेर व्यापक विरोध प्रदर्शन, बन्दहरू गरे। विरोध गर्ने महिला श्रमिकहरूमा धेरै जसो महिलाहरू कपडाको कारखानामा काम गर्नेहरू थिए यिनीहरूले ज्यादै सङ्कीर्ण ठाउँमा मान्छे खाँदा-खाँद भएको एउटा सानो कमराभित्र धेरै लामो अवधि सम्म काम गर्नुपर्थ्यो, यही श्रमिक महिलाहरूले म्यानहटनको पूर्वी क्षेत्रमा आफ्नो विरोध प्रदर्शन गरेका थिए। यस घटनाको एक वर्ष पश्चात् महिला श्रमिकहरूले १३ हप्ता व्यापी कारखाना बन्द गरे, जुन ‘राइजिङ्ग अफ द २०, ०००’ नामले विख्यात छ। यसले अमेरिकामा महिला श्रमिकहरूलाई पहिलो चोटि सङ्गठन खोल्न सिकायो। अमेरिका सोसलिस्ट पार्टीले २८ फरवरी १९०९ लाई प्रथम पल्ट राष्ट्रिय नारी दिवसको रूपमा स्थापित गऱ्यो, र महिलाहरूको निम्ति राजनैतिक अधिकारको माग गर्दै देशको विभिन्न ठाउँमा प्रदर्शन र जुलुसहरू निकाल्यो।
प्रथम विश्व युद्ध पछाडी युरोपियन देशहरूमा जसरी जम्मै चिज-बिजको दाम द्रुत गतिमा बढ्न थाल्यो घरधन्दा गरेर बस्ने नारीहरू पनि त्यसबाट अछुतो रहेन कारण जीवन नै अस्थिर भएर उठेको थियो। श्रमजीवी महिलाहरूले एउटा दोकान लुटेर र तोड फोड गरेर उनीहरूको जीवनस्तरमा सुधार आउने छैन भन्ने बोध आयो।सरकारको नीति बदल्नु पर्छ भन्ने आभास तिनीहरूलाई हुन थाल्यो। घरमै बस्ने नारीहरूले राजनीतिमा चासो लिन थाले र यस्तो काम बिस्तारै बदलदै गयो।
शताब्दी पुरानो सङ्घर्षहरूबाट गुज्रदै नारीवादी चिन्ताले ठोस रूप लिन थाल्यो। यसरी लण्डनमा १९७० को श्रमजीवी महिला दिवसको उपलक्ष्यमा नारीहरूले कामको समान सुयोग, नानीहरूको हेरचारमा सहयोग र सुरक्षित गर्वपातको सजिलो पहुच इत्यादि मागहरू राखे। शाहको शासन शेष भए पछि १९८२ को यही दिन इरानका महिलाहरूले बुर्का लाउन देखि अस्वीकार गरे।
सय वर्ष भन्दा पनि पुरानो नारी दिवसको इतिहास तर आज धमिलिएको छ। पुँजीपतिहरू यो दिनलाई पनि पुँजी कमाउने माध्यमको रूपमा प्रयोग गरिरहेछन्। शृंगारका सामग्रीहरूमा छुट दिनु, आधुनिक पहिरनहरूमा छुट इत्यादि दिएर नारीहरूलाई अझ साज-सज्जा र फेशन पटि ढल्काउनुमा यिनीहरू पछि हट्दैनन। अहिले विश्व भरि महिलाहरूलाई स्वतन्त्रता दिएको जस्तै गरेर झन बेसी शोषण गरिन्दैछ। एकापटी नारीहरू माथि यौनजन्य शोषणहरू दिन प्रतिदिन बढ्दै छ अर्को पटी झुटो स्वतन्त्रताको नाममा नारीलाई नंग्याउने चलन प्रशस्त देख्न पाइन्छ, विज्ञापनमा नारीको अर्धनग्न शरीरलाई वस्तु सरह प्रस्तुत गरिन्छ र यसरी नारी शरीरलाई बजारीकरण गरेर पुँजीपतिहरूले अत्यधिक नाफा कमाइरहेकाछन्। अहिले राम्रा लुगा लगाउने र सौन्दर्य प्रशाधनको बडी मात्रामा प्रयोग गर्ने महिलाहरू मात्र सचेत र आधुनिक छन् भन्ने धेरैको धारणा रहेको छ तर यही कुरा नै वास्तवमा उनीहरूको निम्ति ठुलो बन्धन हो भन्ने कुरा उनीहरूलाई थाहा हुदैन। यसोसले नारी दिवसको इतिहास र यसको उदेश्यलाई कहिले भुल्नु हुदैन कारण नारी दिवसको उदेश्य सदियौँ देखि उत्पीडित र शोषित महिलाहरूको शारीरिक र मानसिक उन्मुक्ति हो ।
No comments:
Post a Comment