Sunday, June 7, 2020

अक्सफम-को रिपोर्ट : आर्थिक असमानता र भारत

सुमित देवान


विश्वमा धनीहरू झन् झन् धनी हुँदै गइरहेका छन्। र गरिबहरू दिनो दिन गरिब हुँदै आइरहेका छन्। अक्सफमले आफ्नो रिपोर्ट टाइम टु केयर मी ‘time to care ma’- मा सार्वजनिक गरेको छ कि ‘भारतको एक प्रतिशत धनी मानिसहरूको हातमा देशको 70 प्रतिशत जनसङ्ख्या(करिब 953 मिलियन)-को भन्दा चार गुणा धेर सम्पत्ति छ। रिपोर्टले यो पनि पुष्टि रहेको छ कि ‘देशमा 63 जना अरबपतिको हातमा 2018-19-को बजेट रकम भन्दा धेर सम्पत्ति छ। वर्ष 2018-19-मा भारतको बजेट 24 लाख 42 हजार 200 करोड रुपियाँको थियो। अक्सफमको रिपोर्टले स्पष्ट पारेको छ कि विश्वमा आर्थिक असमानता तीव्र गतिमा बढ्दै गइरहेको छ। अक्सफम इन्डियाको सिइओ अमिताभ बेहरले भनेका छन् – ‘भारतमा बढ्दो आर्थिक ध्रुवीकरणलाई मेटाउन सरकारले ठोस कदम चाल्नु नितान्त आवश्यक छ’। 
अक्सफमको प्रतिवेदनमा लिङ्ग विभेदले गर्दा आर्थिक असमानता चरम अवस्थामा पुगेको उल्लेख गरिएको छ। एउटी घरेलु कामकाजी महिलाले कुनै तकनीकी कम्पनीको सीईओको बराबर वेतन पाउन 22 हजार 277 साल लाग्न सक्ने उक्त अक्सफमको अनुमान छ। हालको स्थितिमा निजी कम्पनीका एकजना सीईओले एक सेकेन्डमा 106 रुपियाँ भन्दा अधिक वेतन पाउँछन्। यसै कारण सीईओले 10 मिनेटमा पाउने वेतन हासिल गर्न घरेलु कामकाजी महिलाहरूलाई एक साल भन्दा धेर समय लाग्छ।
यसै कारण रिपोर्टले लिङ्ग विभेदलाई आर्थिक असमानताको प्रमुख कारक बताएको छ। महिलाहरूको धेरैजसो कामहरूलाई पारम्परिक सेवाको रूपमा हेर्दै आइरहेको कारण पनि महिलाहरू आर्थिक चपटमा परिरहेका छन्। भारतमा मात्र अरबौँ महिलाहरूले बिना वेतन काम गरिरहेका छन्। घर धन्दा, रोगीको हेरचाह, नानीहरूको रेखदेखलगायत केही सामाजिक कार्यहरूमा पनि महिलाहरू सक्रिय रहन्छन्। तर यी कामहरूबाट उनीहरूले कुनै प्रकारका वेतन वा ज्याला पाउँदैनन्। महिलाहरूका यस्ता काम धन्दालाई मुद्राको मूल्यमा परिवर्तन गर्नु हो भने 108 अमेरिकी डलर भन्दा धेर पुग्न जान्छ। निःशुल्क श्रम एवं सस्तो श्रमको चपेटामा परे तापनि महिलाहरूले बजार अनि अर्थतन्त्रलाई ठुलो सहयोग पुऱ्याइरहेका छन्। महिलाहरूले गर्दै आइरहेका वेतनहीन कामले पनि लिङ्गवादी अर्थ व्यवस्थाकै मलजल गरिरहेको छ। जुन अर्थ व्यवस्थाले सर्वहाराबाट लुटेर सीमित पुँजीपतिहरूको ढुकुटी भर्ने राजनीतिक फर्मुला तयार गर्छ।

विश्वको 2 हजार 1 सय 53 जन अरबपतिसँग विश्वकै 4 अरब 60 करोड मानिससँग भएको धनराशि भन्दा बढी सम्पत्ति रहेको रिपोर्टले बताउँछ। यसै गरी बितेको एक दशकमा अरबपतिहरूको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ। वैश्विक स्तरमा बढ्दै गइरहेको आर्थिक असमानतालाई नियन्त्रणमा ल्याउन कुनै देश वा नेतृत्वहरूले पर्याप्त पहल नगरेको अक्सफमको रिपोर्टमा उल्लेख छ। विगत वर्षको रिपोर्टमा पनि अक्सफमले भारतको शीर्षसाथ 9 पुँजीपतिहरूको हातमा 60 प्रतिशत जनसङ्ख्याको हातमा भएको सम्पत्ति बराबर रहेको उल्लेख गरेको थियो। 2018 मा भारतीय अरबपतिहरूको सम्पत्ति दैनिक 2.200 करोड रुपियाँको दरले बढेको थियो। यस पुँजीवादी व्यवस्थाको स्वरूप नै यही हो!


No comments:

Post a Comment