Monday, September 2, 2019

कविता : मजदुर अब एक हौँ !


नारायण काफ्ले


अत्याचारले चरम सीमा नाघिसक्यो 
भविष्य आजै ओह्रालो लागिसक्यो
हुँदा खाने प्रति हुनेखानेको कालो मन झैँ
निष्पट्ट अन्धकारमा छ आज 
श्रमजीवीको जीवन।
जसको परिश्रमले अग्लिँदैछ गगनचुम्बी महल 
आज उही भासिन्दैछ अन्धकार भविष्यमा
जसले पालेको छ विश्वलाई 
मिठा मिठा परिकार खुवाएर
उसैले सधैं खल्लो स्वादमै 
चाडवाड नि धान्नु परेको छ।
महोदय...!
त्यसैले त
मजदुर र पीडामाझ गहिरो सम्बन्ध छ
मजदुर प्रति अत्याचारको घनिष्ठता छ।
कस्तो विडम्बना,
मजदुर भने जन्मदेखि मृत्युसम्म
खुनपसिना बगाएर 
जमिनमै विलिनु पर्ने
अनि कोहि चै हावामै बाँचीसकेर 
अमर हुन जमिनमा आउने ??
ब्यवस्था देख्दा दिमाग उम्लन्छ 
अरे..... महोदय!
तिमी श्मशान पनि 
हावामै किन बनाउदैनौँ ??
अमानवीय, अत्याचारी, असहिष्णु 
व्यवस्थाको जग हल्लाउनका निम्ति
 उलट पुलट ल्याउनका निम्ति
मजदुर अब एक हौँ।
मजदुर अब एक हौँ,
नयाँ नियम बनाउनका निम्ति
न कोई ठुलो, न कोई सानो,
न त कुनै वादको मखुन्डो,
सबैका निम्ति समान व्यवस्थाको जग
बलियो बसाउनका निम्ति
मजदुर अब एक हौँ।
मजदुर अब एक हौँ 
हाम्रो एकताले नै बन्नेछ नयाँ दुनिया
जसरी अहिले सम्म बनिरहेको छ,
न्याय सबैलाई दिलाउनका निम्ति
सभ्य स्तम्भलाई उभ्याउनका निम्ति
मजदुर अब एक हौँ।


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...