Monday, September 2, 2019

फासीवादका 14 लक्षणहरू


डा. लरेन्स ब्रिट (नेपाली अनुवाद : नारायण काफ्ले‌‌‌‌)


(डा. लरेन्स ब्रिट -- एक जना राजनीतिक विद् हुन् उनले फासीवादी शासनहरू हिटलर (जर्मनी), मुसोलिनी (इटली), फ्रेङ्को (स्पेन), सुहार्तो (इन्डोनेसिया) अनि पिनोचेट (चिली) - का अध्ययन गरी निम्नलिखित 14 लक्षणहरूका चिन्हित गरेका छन्।)

(1) शक्तिशाली अनि निरन्तर राष्ट्रवाद
फासीवादी शासनले देश भक्तिका आदर्श वाक्य, गीत, नारा, प्रतीक र अन्य सामग्रीहरूको निरन्तर उपयोग गर्ने गर्छ। हरेक ठाउँमा झन्डा देख्न पाइन्छ, जस्तै लुगामा झन्डाको प्रतीक अनि सार्वजनिक स्थलमा पनि व्यापक रूपमा झन्डाहरू देखिन्छ।
(2) मानव अधिकारहरूको मान्यताको तिरस्कार
शत्रुसँगको त्रासले यस्ता तिरस्कारले अझै उग्रता पक्रिन्छ अनि फासीवादी शासनद्वारा आम मानिसलाई यसरी लोभ्याइन्छ कि यी सबै सुरक्षाका निम्ति आवश्यक छन्। मानिसहरूले पनि शासकहरूको दृष्टिकोणले घटनाक्रमलाई पर्खन सुरु गर्छन् अनि यहाँसम्म कि अत्याचार, हत्या, अनि अन्य विषयमा दिइएको कडा सजायलाई अनुमोदन गर्न सुरु गर्दछन्‌।
(3) दुस्मन वा गद्दारको पहिचान नै एक एकीकृत कार्य बन्नेछ
मानिसहरूलाई कथित आम खतरा अनि शत्रु देखाएर - उदारवादी; कम्युनिस्ट, समाजवादी, आतङ्कवादी आदिलाई समाप्त गर्नुपर्ने आवश्यकता देखाएर एकीकृत गराइन्छ।
(4) सैन्य शक्ति (मिलिटरी)-को वर्चस्व
निश्चय नै व्यापक घरेलु समस्याहरू हुन्छन्, तर पनि सरकार सेनालाई व्यापक आर्थिक अनुदान गर्छ। घरेलु एजेण्डाहरूको उपेक्षित गरिन्छ ता कि मिलिटेरी अनि सैनिक बलको हौसला अझै बुलन्द औँ ग्लैमरपूर्ण बनोस्।
(5) चरम लिङ्गीय विभेद
फासीवाद प्राय: पुरुष प्राभुत्व प्रवृत्तिका हुन्छन्। फासीवादी शासनको अधीनमा, पारम्परिक लिङ्ग भूमिकालाई अझ कठोर बनाइन्छ। गर्भपातको तीव्र विरोध हुन्छ अनि कानुन अनि राष्ट्रिय नीति होमोफोबीया एवं समलिङ्गी विरोधी हुन्छ।
(6) मास मिडियामाथि सत्ताको नियन्त्रण र हस्तक्षेप
कहिले काहीँ त मिडियालाई सोझै सरकारले नै नियन्त्रित गर्दछ, तर अन्य मुद्दामा परोक्ष सरकार विनियम, या प्रवक्ता अनि अधिकारीहरू द्वारा सृजित सहानुभूति द्वारा मिडियालाई नियन्त्रित गरिन्छ। विशेष रूपमा सामान्य युद्धकालीन सेन्सरसिप हुने गर्दछ।
(7) राष्ट्रिय सुरक्षाको राग
राष्ट्रिय सुरक्षालाई लिएर जनता भित्र एक प्रेरक उपकरणको रूपमा सरकारद्वारा डरको प्रयोग गरिन्छ।
(8) धर्म र सरकारको गठबन्धन
फासीवाद देशहरूमा सरकारले एउटा आम धर्मलाई उपकरणको रूपमा आम विचारहरूमा हेरफेर गर्नलाई प्रयोग गर्छ। सरकारी नेताहरूद्वारा धार्मिक शब्दाडबर अनि शब्दावलीहरूको खुला रूपमा प्रयोग गरिन्छ। यद्यपि धर्मका प्रमुख सिद्धान्त सरकार र सरकारी कारबाही विरुद्ध हुन्छन्।
(9) कर्पोरेट पावर सुरक्षित हुन्छन्
फासीवादी राष्ट्रहरूमा औधोगीक अनि व्यावसायिक शिष्टजन सरकारी नेताहरूको शक्तिले सुसज्जित हुन्छन्, जसले अभिजात वर्ग र सरकारमा एक पारस्परिक रूपसँगै लाभप्रद सम्बन्धको स्थापना हुन्छ।
(10) श्रम शक्तिलाई दबाइन्छ
श्रम सङ्गठनहरूलाई पूर्ण रूपले उन्मुलन गरिन्छ या कठोरतासँग दबाइन्छ किनकि फासीवाद सरकारको लागि एक सङ्गठित श्रमशक्ति नै वास्तविक खतराको प्रतीक हुने गर्छ।
(11) बुद्धिजीवी र कला प्रति तिरस्कार
फासीवादी राष्ट्रले उच्च शिक्षा र अकादमी प्रति दुस्मन सृजना गराउँछ। अकादमी र प्रोफेसरहरूलाई सेन्सर गर्नु अथवा यहाँसम्म कि गिरफ्तार गराउनु पनि असामान्य हुँदैन। कलामा स्वतन्त्र अभिव्यक्तिप्रति खुला आक्रमण गरिन्छ अनि सरकारले कलाका निम्ति फन्डिङ गर्न लगभग अस्वीकार नै गरिदिन्छ।
(12) अपराध र सजायप्रति श्रद्धा
फासीवादी सरकारको अधीनमा कानुन लागू गर्नकालागि पुलिसलाई लगभग असीमित अधिकार दिइन्छ। पुलिस तानासाहीप्रति मान्छे प्राय: निरपेक्ष हुन्छन्, यहाँसम्म कि उनीहरू नागरिक अधिकारलाई पनि देशभक्तिको नाममा कुर्बान गर्दिन्छन्। फासीवादी राष्ट्रमा पुलिस बल विशेष रूपमा असीमित शक्ति प्रदान गरिन्छ।
(13) उग्र भाइ-भतिजावाद र भ्रष्टाचार
अधिकतम फासीवादी राष्ट्रको सञ्चालन मित्र समूहद्वारा गराइन्छ जो अधिकांश एक अर्कालाई सरकारी ओहोदामा नियुक्त गराउँछन् अनि एक अर्काको जबाफदेहीबाट बाँच्न सरकारी शक्ति र प्राधिकरणको प्रयोग गर्दछन्। सरकारी नेताहरूद्वारा राष्ट्रिय संसाधन र राजस्व लुट्नु असामान्य बन्दैन।
(14) चुनाव एकप्रकारको धोखाधडी मात्र
कहिले काहीँ हुने चुनाव पनि एकप्रकारको देखावटी मात्र बन्न जान्छ। विरोधीहरूको विरुद्ध लाँन्छनात्मक अभियान चलाइन्छ, कहिले काहीँ त हत्यासम्म गराइन्छ। विधानपालीकाका अधिकार क्षेत्रको प्रयोग केवल मतदान सङ्ख्या या राजनीतिक जिल्ला सीमाहरूको नियन्त्रण गर्नलाई अनि मिडियाको दुरुपयोग गर्नलाई गरिन्छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...