जम्मै देश वा भनौं जम्मै संसारनै नारी विरुद्ध यौन अत्याचार र बलात्कार जस्तो घटनाको क्रमबद्धताले ग्रसित भइरहेको बेला उत्तर बंगाल विश्वविधालय पनि त्यसको हावाले अछुतो रहेन। विश्वविधालय प्रांगनभित्र पनि क्रमैसित मार्च अनि अप्रिलमा चार जना नारी शोधकर्ताहरू माथि यौनजन्य अपराधको प्रयास गरियो। उक्त घटनाहरू प्रकाशमा आएपछि बिस्तारै विश्वविधालयभित्र खैलाबैला मचिन्न थाल्यो। यस्तो घटनाहरू पहिलेपनि धेरैपल्ट घटेको तर केटीहरूले डर र लाजले नभनेको कुराहरूपनि सुन्न पाइयो र प्रत्येकपल्ट अपराधहरूको निशाना चाहिँ नारिहरूनै रहेको देखियो, त्यसमाथि पनि विज्ञान विभागका शोधकर्ताहरू आफ्नो काम सकेर जाँदा राती भैसकेको हुन्छ, र यहीँ कुरा आउछ सुरक्षाको। अब यो ‘सुरक्षा’ शब्द आफैमा बडो विवादास्पद छ। सुरक्षाकै नाममा नारीहरूको सानैमा बिहे गरिदिने चलन देशमा व्याप्त छ। सुरक्षाकै नाममा नारीहरूलाई बुर्का लगाउन लाउने व्यवस्था पनि सबैलाई थाहै छ। सुरक्षाको नाममा नारीहरूलाई राती घरबाट निस्कनु मनाही छ, टाँढा एक्लै जानु पनि मनाही छ, बिहे नगरी एक्लै बस्नु मनाही छ, र यी मनाहीहरूको ताँत लामो छ। यस्तै प्रतिबन्धहरू लगाएरनै नारीहरू सुरक्षित रहन सक्छन् भन्ने सोचाई अधिकांश मानिसहरूको छ। तर सुरक्षा को बाट? र किन? के नारीहरूपनि पुरुष सरह स्वतन्त्र भएर बाँच्न पाउन पर्नेहोइन र? के आफ्नो पुरुष साथी सरह उसले पनि मुक्त हृदयले काम गर्न पुन पर्ने होइन र? भारतले आफ्नो संविधानमा देशको सबै पुरुष, नारीहरू संविधानको नजरमा समान हो किटान गर्छ तर त्यसले नारीहरूलाई समानताको नजरले हेर्छ त? देश चलाउने नेताहरूको नारी विरुद्ध व्यक्तव्य अस्ति दिल्ली बलात्कार घटना पछाडि हामीले सुनी सकेका छौ यहासम्मकि नारी नेतृहरूले पनि भुक्तभागी नारिहरूलाईनै दोष्याँउनमा कसर नछोडेको पनि हामीले सुन्यो। त संविधान कता गयो? कतिपय राज्यका पंचायतहरूमा नारीहरूले जिन्सको प्यान्ट लगाउनु हुँदैन र मोबाइल बोक्नु हुँदैन भन्ने कानुनहरू पनि जारी गरियो। अब सोच्नुहोस् सुरक्षाको नाममा नारीको अलिकति रहेसहेको स्वतन्त्रता पनि खोस्नुमा सरकार अलिकति हिचकिचाउदैन तर यसको विपरीत पुरुषहरू जो यस्तो घृणित काम गरी हिड्छन्, उनीहरूलाई त केही भन्दैनन्! पक्रा परेका दोषीहरू समेत कुनै दण्ड बिनै ब्वासो जस्तै हिडी रहन्छन् जताततै। यो कस्तो समानता हो? अब पुरुषहरूलाई त कसैले पनि प्रतिबन्ध लाउन सक्दैन कारण आफ्नै घर-छिमेक बाटै नारीलाई जति दबाउन सकिन्छ त्यति राम्रो हो भन्ने कुरो यिनीहरूले सिकेका हुन्छन् फलस्वरूप नारिहरूनै सम्झौता गर्न पर्छ। अब उ. ब. विश्वविद्यालय कुर गरौँ अस्तिको घटनाहरूदेखी तर्सिएर कतृपक्षले नारी शोद्कर्ताहरूको सुरक्षाको नाममा बस सेवा उपलब्ध गराएको छ जुन चाहिँ ६ बजेर ४५ मिनट देखि एक घन्टाको अन्तरालमा चल्छ। यसोसले नारी शोद्कर्ताहरूले समयबद्घतामा रहेर आ-आफ्नो काम सिद्याउन पर्ने हुन्छ, छिट- छिटो आफ्नो काम सकेर घरतिर लाग्नुपर्ने बाध्यता छात्रीहरूले भोग्नु परेको छ। कुनै बेला काम गर्दा धेरै रात परे शोध निर्देशक समेतले पर्खनु पर्ने भन्ने निर्देश पनि आएको छ। यसोसले आफ्नो शोध निर्देशक अनुपस्थित रहे शोधार्थिहरू ५ बजेनै घरतर्फ लाग्नु पर्ने पनि नियमहरू लागु गरिएको छ। अब नारीको सुरक्षाको नाममा यहाँ नारिमाथिनै आइन पाबन्धिहरू लगाइएको देखिन्दैछ जस्तो कि देशभरिनै चलिरहेको छ। यस्तो वातावरणमा कहाँबाट राम्रो र नयाँ काम गर्ने विचारहरू दिमागमा आउन सक्छ र? त्यसो त नारीहरूको स्थान बाहिर होस् वा विश्विद्यालयमा होस् एउटै रहेछ भन्न सकिन्छ। कतिपय-धार्मिक-कट्टरवादीहरूले नारीहरू घरमै मात्र सुरक्षित हुन्छन् भनेर केटीहरूमाथि स्कुल, कलेज, विश्वविद्यालयहरू जान प्रतिबन्ध लगाइएको पनि कतिपय मध्य पूर्वीय देशहरूमा देख्न पाइन्छ। के सुरक्षाको यस्तै मापदण्ड हाम्रो विश्वविध्यालयले लिन आटेको छ? नारीहरूको सुरक्षा भनेर नारीहरूमाथिनै प्रतिबन्ध लगाउनु त कुनै उपाय होइन नै।
नारीहरूको त के कुर गर्नु कुनै पनि विद्यार्थी विश्वविध्यालयमा आएर कस्तो वातावरण चाहन्छ। पढाई अवधि पछाडिपनि धेरै कुराहरू गर्न सकिन्छ जसले त्यो विद्यार्थीको पढाई मात्र होइन चौतर्फी विकाश गराउछ। चर्चा-परिचर्चा, बाट-विवादको माध्यामद्वारा ज्ञानको विकास र विस्तार हुन्छ। ‘संघम सरणम गच्छामी ‘ भने झैँ एउटा ठाउँमा भेट भएर मात्र विद्यार्थीको बात-चित गर्न सक्छन् साझा भोजन बनाउन सक्छन्, राम्रो फिल्म हेर्न र चर्चा गर्ने, नाटक गर्ने , वाक-वतुता गर्ने इत्यादिको चलन देशको अन्य विश्वविद्यालयहरूमा त रहेको देखिन्छ तर उ. ब. विश्वविद्यालयमा यस्तो संस्कृति आउन अहिलेको परिस्तिथिमा अझ सय वर्ष लाग्ला। २४ घण्टा पुस्तकालय खुल्ला रहने विश्वविध्यालयहरू पनि भारतमा छन् र त्यहाँका विद्यार्थीहरू निश्चय पनि यहाँका भन्दा दुई कदम अगाडिनै छन्। नारी सुरक्षाको नाममा जम्मै विद्यार्थीहरूलाई भेडा-बाख्रा जस्तै खोरमा थुनेर क्याम्पस अझै सुनसान बनाए यस्तो असामाजिक घटनाहरू कम्ती त हुने होइन।
जुन विश्वविध्यालयमा ६ बजे पश्चात् समसानघाट जस्तै शून्य हुन्छ त्यहाँ केटी माथि यस्तो यौनजन्य घटना हुनु स्वभाविकनै हो। यतिमात्रै नभएर चोरी, डकैति यहासम्म कि हत्या हुनु सक्छ जहाँ यस्तो अन्धाकार र सुनसान हुन्छ। कुनै पनि विश्वविद्यालयको चमक त्यहाको विद्यार्थीहरूको क्रियाकलाप र योगदानले हुन्छ न कि त्यसको ठुलठुलो कंक्रिटको बिल्डिंगहरूले। त्यसैले उ. ब. विश्वविद्यालय जीवन्त बनाउने हो भने विद्यार्थीहरूले ठुलो भूमिका खेल्नु पर्ने हुन्छ। स्मरण रहोस् अघि उल्लेख गरिएको भारतको अन्य विश्वविध्यालयहरूमा पनि विद्यार्थीहरूले धेरै संगर्ष गरेर स्वतन्त्रता हासिल गरेका हुन् स्वतन्त्रता- बोल्ने, अभिव्यक्ति गर्ने सबै, पढाई बाहेक अन्य कलात्मक कामहरू गर्ने र यस्ता संगर्षहरू विभिन रूपमा बोकेर संसारको कुना- कुनामा भई रहेको छ। यसैले उ. ब. विश्वविध्यालयक विद्यार्थीहरूले पनि यसलाई आफ्नो दोस्रो घर बनाएर आफ्नो कौशल द्वारा यसलाई सुन्दर र जीवन्त बनाउन पर्छ।
संगीता खेवा
No comments:
Post a Comment