Thursday, June 27, 2013

सर्वेक्षण : बालासन कलोनीको एक दृश्य

भनिन्छ प्रत्येक दिन नै एउटा नयाँ दिन भएर आउछ। तर के तपाईलाई लाग्छ यो सही हो? त्यसर्थ यो सही हो भने किन चाहिँ दिन रात परिश्रम गर्ने श्रमिकहरूको जीवनमा सुर्यको किरण एउटा नयाँ दिन बोकेर आँउदैन? उनीहरूको जीवनमा एउटा नयाँ दिन किन सुनौलो बनेर आँउदैन? बिहान देखि बेलुकी सम्म आफ्नो पसिना बगाएर पनि उनीहरूले किन आफ्नो श्रमको ठिक मूल्य पाउदैनन्? के उनीहरूको जीवनमा परिवर्तन आँउदैन? 

सिलगडीदेखि ७ की.मी. टाडामा स्थित बालासन कोलोनीमा पनि सोहि दृश्य देख्न पाइन्छ। बालासन नदीको किनारमा रहेको यो गाउँको कुल जनसंख्या २५५२ छ। ती मध्ये १३२७ जना पुरुष अनि १२२५ जना स्त्रीहरू छन्। नदीको किनारमा भएको कारण यहाँका बासिन्दाहरू प्राय ढुंगा कुटेर आफ्नो जीविका निर्वाह गर्छन। यहाँ टाडा-टाडाका राज्य अनि बंगलादेशबाट मानिस काम गर्न आउछन्। हरेक दिन आठ नौ घण्टा काम गर्दा पनि उनीहरूले भने जस्तो ज्याला पाउदैनन्। दिनको टन्टलापुर घाममा आफ्नो पसिना बगाएर एक के.बी. को केवल ४० रुपिया पाउने गर्दछन यहाँका मजदूरहरूले। 



गाउँमा स्वास्थ्य केन्द्र त छ, तर त्यहाँ भने जस्तो उपचारको सामग्रीहरू छैन। कोहि सारो बिरामी भएमा ५ किलोमीटर टाडा नर्थ बंगल मेडिकल कलेज लैजाउनु पर्ने अवस्था छ। प्राथमिक पाठशालाको पनि त्यही हालात छ। आमा बाबाको आम्दानी राम्रो नभएको कारण नानीहरूले राम्रो शिक्षा पाउनुबाट बन्चित भएका छन्।

यहाँका महिलाहरूको स्तिथि त झन् सोचनीय अवस्थामा छ। कति त बाल विवाहको शिकार बनेको छ। ३२% महिलाहरूको विवाह १८ वर्ष भन्दा कम्ती उमेरमा भएको छ। यतिबेला न् त उनीहरू शारिरिक रूपले तयार भएका थिए न नै मानसिक रुपले। यसको मुख्य कारण हो हाम्रो समाजमा कयौं वर्षदेखि जडा गारेर बसेको पितृतान्त्रिक व्यवस्था जसले विचार राक्छ नारीहरू वस्तु हो जसलाई किनबेच गर्न सकिन्छ र यो एउटा नारीको धर्म हो की उसले आफ्नो आमा, बाबा, लोग्ने ठूला-बडाहरूले भनेको आज्ञाको पलाँ गर्नु पर्छ। यहिँ सोँचको कराण धेरै नारीहरू यो समाजले बनाएको खोक्रो नियमको विरोध गर्न सक्दैनन्। 

शिक्षाको क्षेत्रमा पनि उनीहरू पछाडीएका छन्। ४०% महिलाहरू अशिक्षित छन् भने मात्र ४% महिलाहरूले उच्च शिक्षा आर्जन गर्ने मौका पाएका छन्। अशिक्षित भएको कारण मात्र २८% महिलाहरू घरदेखि बाहिर काम गर्न सक्षम बनेका छन्। अशिक्षित अनि बेकारी समस्या नै उनीहरूको जीवनमा बाधा बनेर बसेको छ। घर परिवारको विषयमा कुनै निर्णय लिन परे उनीहरू की त आफ्नो पतिमाथि निर्भर रहन्छन् की त घरको कुनै ठूलो पुरुष सदस्य माथि। यहाँ सम्म की भोट हाल्नको निम्ति पनि उनीहरू स्वतन्त्र छैनन्। यो अधिकार बाट पनि उनीहरू बन्चित छन्। ६०% महिलाहरू आफ्नो इच्छा अनुसार मतदान गर्छन भने ४०% ले मात्र स्वतन्त्रपूर्ण र कुनै दबाव बिना भोट हाल्छन्। यहाँ प्राय महिलाहरू नदीमा दुंगा कुटेर पनि घर गएर घरेलु काम काज गर्छन् भने प्राय पुरुषहरू दिनभरी रिक्शा कुदाउँछन्। सरकारले उनीहरूलाई कुनै पनि सहुलियत नदिएको गुनासो गर्छन् त्यहाका बासिन्दाहरू। यहाँसम्म की इन्दिरा आवास योजना पनि गरीब जनताले न पाएर पहिलै बाट घर-द्वार भएको मानिसहरूले हत्याएका छन् भन्ने खबर पनि सुन्न पाइएको छ। अनपढ आमाबाबुको छोरा छोरीहरू जो अहिले भर्खर १० र १२ क्लासतिर पढ्दैछन्, उनीहरूले पनि खुबै कष्ट गर्न परिरहेको छ राम्रो ट्युसनको कमि त  छ नै तर घरको धेरै वटा काम काज गर्न पर्दा पढ्ने समयमा पनि कटौती भइ रहेको छ। फेरि छोरीलाई भन्दा छोरालाईनै पढाउने चलन त छदैछ त्यहा पनि। यस्तै तितो यथार्थले भरिएको छ बालासन कोलोनी र यस्तै असंख्य कोलोनिहरूले भरिएको छ हाम्रो प्यारो देश, भारत।

   अम्बिका राई




No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...