Wednesday, April 30, 2025

श्रमजीवी महिला दिवस : इतिहासको बाटोबाटै...

लाली गुराँस समूहको प्रतिवेदन


‘हामी रोटीको निम्ति लडाई गर्छौँ,

तर गुलाबको निम्ति पनि लड्छौँ।ʼ

श्रमजीवी महिलाहरूको सङ्घर्षको इतिहास कठिनाइले भरिएको थियो...

‘हामी जति कदम अघि बढ्यौँ, 

अनगन्ती नारीहरू मरे 

तिनीहरू रोटीको प्राचीन गीत गाउँदै, 

हाम्रो शहर भएर गए!ʼ

[ब्रेड एन्ड रोजेस् गीतबाट]



अन्तराष्ट्रिय श्रमजीवी महिला दिवसले सङ्घर्ष अनि सशक्तीकरणको ऐतिहासिक उत्तराधिकार बोकेर हिँडिरहेको छ। हरेक महिलाले आफ्नो जीविका चलाउन सकोस् र मर्यादाको जीवनको निम्ति सङ्घर्ष गर्न सकोस्। 

यही आवाज बोकेर ‘रोटी अनि गुलाब'को गीत गाउँदै अमेरिकाको सडकमा ओर्लिएका थिए लरेन्स् लुगा कारखानाका हजारौँ महिला श्रमिकहरू। यसभन्दा अघि कैयौँ वर्षदेखि हक-अधिकार र मर्यादाको जीवन माग्दै वर्षमा एउटा दिनलाई ‘महिला दिवसʼ भनेर घोषणाको पनि चाहना बनिरहेको थियो। 

त्यसैले यो दिनलाई सरकार, कर्पोरेट, र अन्य संस्थाहरूले जति नै ‘ह्यापी वुमेन्स डेʼ भनेर हाजिर गर्ने कोसिस गरून्, अझपनि यही दिन र वर्षभरी पनि कामको सठिक दाम, कार्यस्थलको सही परिवेश, सुरक्षा र मर्यादा, समाजको सबै क्षेत्रमा समान अधिकार, क्रेच, स्वस्थ्य परिवेश अनि स्वास्थ्य, यौन उत्पीडन रोक्ने व्यवस्था, मातृत्वकालीन सुविधा लगायत धेरै मागहरू गुञ्जिरहन्छ-- सडकमा, उद्योगमा, सभाहरूमा।    








No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...