Monday, April 15, 2019

देशभरिका लेखक, चिन्तक, नाट्यकर्मी, बैज्ञानिक, अधिकार कर्मीहरूको अपील— “घृणाको राजनीतिविरुद्ध भोट हाल्नुहोस्”

कपिल तामाङ-को रिपोर्ट


17औँ लोकसभा चुनावको  प्रचार माहौलमा धेरै कला क्षेत्रका मानिसहरू अघि आएर राष्ट्रव्यापी फैलिएको घृणाको राजनीति विरुद्ध भोट गर्ने अपिल गरेका छन्। 2014 मा भाजपा सरकारले सत्ता सम्हालेपछि देशमा हिंसा, असहिष्णुता, घृणाको माहौल बढेको साथै सरकारबाट यस्ता व्यवहार अनि घटनाहरूलाई रोक्ने पनि ठोसरुपमा केही काम भएन। लेखक, चिन्तक, नाट्यकर्मी, वैज्ञानिक, युक्तिवादी, अधिकारकर्मीहरू जसले सरकार विरुद्ध वा धार्मिक कट्टरवादबिरुद्ध वा चलिरहेको देशको स्तिथिविरुद्ध आलोचना गर्दा तिनीहरूमाथि अनलाइन ट्रोलिङ्ग, मानसिक अनि शारीरिक हमलादेखि लिएर कतिले ज्यानसम्म गुमाउनु पऱ्यो। यस्तो माहौल रहेको देशलाई बचाउन अनि फासीवादी प्रवृत्ति भएको पार्टीलाई फेरि सरकार गठन गर्न देखि रोक्न यी मानिसहरू कलाका सबै खेमाबाट प्रेस अनि अन्य ठुला प्लाटफोर्मको माध्यमले जनतालाई अपिल गर्दै आइरहेका छन्।

200 जना लेखक, 150 जना वैज्ञानिक, 600 जना नाट्यकर्मीहरूले अनलाइन प्लेटफर्म, प्रेस कन्फरेन्स आदिको माध्यमले एक पछि अर्को अपिलको बयान सार्वजनिक गरेका छन्। यिनीहरूमध्ये केही परिचित नामहरू होगिरीश कर्नड, अरुन्धती रोय, अमिताभ घोष, बामा, नयनतारा सेहगल, टीएम कृष्ण, विवेक शानबाग, जीत थायिल, के सच्चिदानन्दन, रोमिला थापार आदि। तिनीहरूले जारी गरेका अपिल अङ्ग्रेजी, हिन्दी, मराठी, गुजराती, उर्दू, बङ्गला, मल्यालाम, तमिल, कन्नड अनि तेलेगु भाषाहरूमा प्रकाशित भयो ता कि देशका धेर भन्दा धेरै जनताहरू माझ त्यो खबर पुगोस् भनी।

यी मध्ये वैज्ञानिकहरू देशका ख्यातिप्राप्त संस्था अनि विश्वविद्यालय जस्तै भारतीय विज्ञान शिक्षा अनुसन्धान संस्थान (IISER), भारतीय सांख्यिकी संस्थान (ISI), अशोक युनिभर्सिटी, राष्ट्रिय जैविक विज्ञान केन्द्र (NCBS), अनि भारतीय प्रौद्योगिकी संस्थान (IIT) बाट थिए।

नाट्यकर्मीहरू मध्ये अमोल पालेकर, अभिषेक मजुमदार, चैती घोष, दादी पुदुमजी, डॉली ठाकुर, दानिश हुसेन, लिलेट दुबे, नसीरुद्दीन शाह, एमके रैना, महेश एलकुंचवार, महेश दत्तानी, कंकना सेन शर्मा, नवतेज जौहर, रामू रामनाथन, रत्ना पाठक शाह, सञ्जना कपुर, व्रजेश हिरजी प्रमुखले बयान दिए। सबैको बयानमा नै देशमा बढ्दै गएको असहिष्णुता, घृणा, हिंसाको विरुद्ध आवाज उठाउन अनि देशको संविधानलाई सुरक्षित राख्न आउने चुनावमा असमानता, भेदभाव, युक्तिहीनताको विरुद्ध अनि विविधतामध्ये एकताको लागि सोचेर भोट गर्ने जनतालाई अपिल गरेका छन्।

यो अपिल किन?
विगत केही वर्षदेखि जाति, धर्म, खान-पान अधिको आधारमा घृणा, आक्रमण, हत्या आदि भइरहेको जसलाई राज्यसत्ताले पनि साथ दिँदै आएको छ। जसले गर्दा देशभरि नै डरको माहौल बढेको छ। कलाकर्मीहरूलाई हेप्ने, तर्साउने, डराउने अनि सेन्सर गर्ने काम पनि भएको छ। राजद्रोहको आरोपमा स्वतन्त्र आवाजलाई दबाउने काम भइरहेको छ। ठुल-ठुला कर्पोरेटहरूले लेखक, पत्रकार, न्युज एजेन्सी सामाजिक संस्थाहरूमाथि मानहानीको लाखौँ, करोडौँ रुपियाँको केस लगाएर वाक अधिकार खोस्ने काम गरिरहेको छ। हाम्रो संविधान जसले प्रत्येक नागरिकलाई समान अधिकार, स्वतन्त्र रूपमा खाने, लाउने अनि बोल्ने अधिकारको कुरा गरेको त्यो आज अझै सङ्कटमा छ। मानिसहरूलाई जाति, धर्म, गोष्ठीको आधारमा बाट्ने, कुट्ने, डराउने धम्काउने काम भइरहेको छ। युक्तिहीन कुराहरू फैलाउने, अवैज्ञानिक कुराहरूलाई आम मानिसहरूमाझ चर्चा गरेर दिशाहीन बनाउने काम भइरहेको छ।

अपिलहरूले के भन्छ? 
मानिसहरूमा विभाजन ल्याउने, असमानता, हिंसा, डर अनि सेन्सरशिप ल्याउने सत्तालाई भोट आउट गर। यसरी मात्र हामी हाम्रो देश अनि देशको संविधानले बाचा गरेको कुराहरूलाई भोट गर्न सक्छौँ। त्यसैले हामी यो देशको जनतालाई विभिन्नता अनि समानताको हितमा भोट गर्ने अपिल गर्छौँ।

No comments:

Post a Comment