(रविश कुमारको किताब ‘द फ्री भोइस’ बाट लेखनाथ छेत्रीद्वारा अनुदित एक अंश)
भारतमा फेक न्यूजको परिमाण चुनावको समयमा तिब्र रूपले बढेको देख्न सकिन्छ। फर्जी समाचारको यो बाडलाई रोक्ने निर्वाचन आयोगसंग कुनै उपाय छैन। यस घटनाको ठोस परिभाषा पनि उनीहरूसंग छैन। आयोगले पेड न्यूजलाई स्वीकार गरिदिन्छ, जो कहिले विज्ञापनको भेषमामा आउँछ त कहिले समाचारकै रूपमा जनता अगाडि प्रस्तुत हुन्छ। राज्य अनि जिल्लामा फर्जी समाचार अनि पेड न्यूज रोक्न कमिशनले मिडिया प्रमाणीकरण अनि निगरानी राख्ने कमिटी गठन त गर्छ। पकडा परेको अवस्थामा स्पष्टीकरण पनि माँग्छ। तर यसले व्यापक प्रभाव भने पार्न सक्दैन। 2013 तिर एउटा रिपोर्ट सार्वजनिक भयो। रिपोर्टले बताएअनुसार 2010 देखि 2013 सम्ममा आयोजना गरिएको सत्र राज्यको विधानसभा चुनावहरूमा 1400 यस्ता अवसरहरू थिए जतिबेला फर्जी अथवा पेड न्यूज भेटिएको थियो। 2014 को आम चुनावमा पेड न्यूजको 787 मामिला फेला पारियो। यस चुनावमा 3100 भन्दा ज्यादा पेड न्यूजको मामिलामा उमेद्वारविरूद्ध नोटिस जारी गरियो।
पेड न्यूजलाई पुर्ण रूपले रोक्न नसके पनि चुनाव आयोगले एउटा यस्तो एजेन्सी निर्माण गर्ने सामर्थ्य राख्यो जो चुनावको घोषणा हुनेबित्तिकै आफ्नो कामतिर लाग्छन्। तर आजकल सबै खेलहरू चुनाव घोषणा हुन अगवै शुरू हुन्छ। आयोगसंग गर्नको लागि केही छोडिन्दैन।
चुनाव आयोगले ‘कुनै पनि समाचार अथवा विश्लेषण जो प्रिन्ट अथवा एलेक्ट्रोनिक मिडियाद्वारा पैसा अथवा अरू केही सहुलियतको लागि प्रस्तुत गरिन्छ’ भनेर पेड न्यूजलाई परिभाषित गर्छ। अनि यसले भन्छ, ‘यसले स्वतन्त्र एंव निष्पक्ष चुनावमा असर पार्छ ... जनतालाई उक्साउने किसिमको विज्ञापन जो समाचारको भेषमा प्रकाशित गरिन्छ।’ तर यो फर्जी समाचार रूपी पशु विकसित भइसकेको छ अनि निर्वाचन आयोगको परिभाषाभन्दा अझ वृहत भइसकेको छ। यो अब समाचारको मखुण्डो ओडेर आउने विज्ञापन मात्र रहेन। यो फर्जी समाचारको युग हो। अनि यसलाई सल्काउनको लागि कुनै रूखो पत्ताको आवस्यक्ता पर्दैन। आजकल झुट नै सत्य हो। यति वृहत तरिकाले फर्जी समाचार फैलाइन्छ कि सरकारको लागि यदि लोकतान्त्रीक सिद्धान्तले केही मुल्य राख्छ भने एक यस्तो आयोग गठन गर्न अनिवार्य ठहरिन्छ जो निष्पक्ष होस अनि स्वातन्त्र हुनको लागि यससंग संवैधानिक अधिकार होस्। तर आजको सरकार लगायत हरेक सरकारको ट्रयाक रेकर्ड गणतन्त्रको सानो इतिहासभित्र हेर्दा यस्तो लाग्छ, यो काम हुन्छ भने निश्चय नैं त्यति छिटो हुने होइन।
स्थायी रूपमा नभएपनि पर्याप्त समयसम्मको लागि फर्जी समाचारले समाजको काया पल्टाइदिने साहस राख्छ। तपाईले दिल्लीको 2012 ताका घटेको मंकी म्यानको स्टोरी यतिबेला सम्झन सक्नुहुन्छ। मंकी म्यानमाथि अनेक थरीको रिपोर्ट पेश गरियो। जस्तो कि चार खुट्टाले हिँड्ने जिउभरि बाक्लो रौं पलाएको एक विशालकाय जानवर जसको नङ्ग्रा इस्पातको हुन्छ। अथवा एक आठ खुट्टे राक्षसको रूपमा त्यसलाई प्रस्तुत गरियो, जसको लामो थुतुना थियो अनि राता आँखा थिए। कहिले एलियनको रूपमा प्रस्तुत गरियो जसको टाउकोमा इस्पातको चम्किलो हेलमेट थियो अनि छात्तिमा पिलपिल बलिरहने तीनवटा बटन थियो। कहिले यो आफै अदृष्य बन्थ्यो त कहिले बिरालो। अग्रज बुढापाका, किशोर अनि युवा सबैले मंकी म्यानको कल्पनामा आफैलाई गुम बनाए। सन्त्रासमा उनीहरू रातभरि जाग्राम बस्न थाले। त्यस दानवलाई ठहरै बनाउनको लागि उनीहरूको हातमा किसिम किसिमको हतियार हुन्थ्यो। छिमेकी घरबाट चिच्याएको आवाज सुनेर उठेकी एक अबला आत्तिएर सिँडीबाट झर्दैगर्दा लडेपछि उसको त्यहीँ मृत्यु भयो। बालकुनीबाट उफ्रिएको एकजना अर्को मान्छेको मृत्यु भयो। एक आवारा मान्छे अनि भ्यानचालक – जो दुवै होंचो कदका थिए – उनीहरूलाई लखेटियो अनि समातेपछि भीडद्वारा रामधुलाई गरियो।
फर्जी समाचारले हामीबाट आज के गराइरहेछ भन्ने कुरा बुझाउन यो एक ठोस नमूना हो। यसले हाम्रो व्यवहार यस्तो तरिकाले बद्लाइदिन्छ कि हामी बिस्तारै रोबोटजस्तो हुन थाल्छौं। त्यसपछि हामी व्यवहारिक ज्ञान अनि तार्किक क्षमता भएको नागरिक रहँदैनौं।
फर्जी समाचारले हामीलाई रातभरि जाग्राम राख्छ। दुइ संप्रदाय एकआपसतिर सतर्क फर्किएको कारण फर्जी समाचार हो। हामी कतिबेला मान्छेहरू पिटिएको अझै मारिएको देख्छौं। पर्याप्त मात्रामा सुन्छौं पनि। तर हामी यसप्रकारको घटनालाई घटनको लागि बाटो खुल्ला गरिदिन्छौं।
जब समाज सामुहिक रूपमा पागल बन्छ, यसले कानुन अनि व्यवस्थाको बुनियादी ढाँचाको कामकाजधरि असर पार्छ। हरेक एजेन्सीको वर्ताव यस्तो हुन्छ मानों उनीहरू फर्जी समाचारको हुकुममा छन्। मंकी म्यानको अस्तित्व छैन भनेर बुझाउन दिल्ली पुलिसले कम कसरत गरेको होइन। उनीहरूले बुझाउन खोजे, यो केवल एक अफवाह हो। तर अन्तमा उनीहरू हारे अनि मंकी म्यानलाई फेला पार्ने कसैको लागि पचास हजार रूपैँयाको इनाम घोषणा गरे। गृह मन्त्रालयलाई ऱ्यापिड एक्शन फोर्स उतार्नको लागि अर्जी चढाइयो। स्थितिको गम्भीरतालाई हेरेर, जाँचको लागि एक विशेष टोली निर्माण गरियो। सारा व्यवस्था झुटको पछाडि लाग्यो। कसैले यसमा पाकिस्तानको व्यस्त हात देखे त कतिले यसलाई कुनै लोकल ग्याङ्गको कारनामा बताए।
2017 को गुजरात विधानसभा चुनावमा पाकिस्तान मंकी म्यानको रूप धारण गरेर फर्कियो।
यो त थियो गुजरातको कुरा। तर वापस हामी दिल्ली तर्फ फर्कौं। साल 2001। त्यस सालको जुन महिनातिर अन्तमा पुलिसले मंकी म्यानको रहस्य सुल्झाइछाड्यो। पुलिसले गठन गरेको विशेष कमिटी – जसमा मानव व्यवहार संस्थान अनि केन्द्रिय फोरेन्सिक प्रयोगशालाका कति सदस्यहरू जुटेका थिए, उनीहरूले जारी गरेको रिपोर्टले उल्लेख गऱ्यो, मंकी म्यान कहिल्यै थिएन। त्यतिबेलाको दिल्ली पुलिसका संयुक्त कमिशनर सुरेश राईले भने यसमा कुनै बाँदर अथवा अन्य जानवर अपराधी होइन। यस मामिलामा पाकिस्तानको कुनै हात छैन न नैं कुनै गुण्डा ग्याङ्गको हात छ, पुलिसले यो कुरा पनि उल्लेख गऱ्यो। पुलिसले यो कुरा स्वीकार गऱ्यो कि लापरवाही मिडीया रिपोर्टिङले यस पागलपनलाई प्रचार गर्ने काम गरेको कुरा पुलिसले स्वीकार गऱ्यो। मंकी म्यानको तलास र त्यसको केही साउन्डबाइटको फेला पार्ने आसमा त्यतिबेला कतिपय न्यूज च्यानलका पत्रकारले पाँच पाँच पत्रकारको समुह बनाएका थिए जो अन्धकारमा दिल्लीको चौक चौक घुम्ने गर्थे। ती साहसी पत्रकारहरूलाई हरेक रात शिकारमा निस्किएको आफ्नो आँखाले देखे। ती पत्रकारमध्ये कति आज न्यूज च्यालनमा प्राइमटाइम चलाउँछन्। मंकी म्यानको कथा बढाउन चढाउन अनि प्रचार गर्दा उनीहरूले बटुलेको अनुभव आजको समयमा कम उपयोगी साबित भएन।
मंकी म्यानले फन्को मारिरहेको बेला हामी त्यति परिपक्व भइसकेका थिएनौं। त्यसैकारण त हामी भ्रान्तीमा परेर धेरै रात रातभर बिनाकाम उफ्रिएर र यताउती दौडिएर बितायौं। हामीले ती दिनहरूभन्दा आज धेरै उन्नति गरिसकेका छौं। फर्जी समाचारको यस युगमा हामी पर्याप्त रूपले अनुभवी बनिसकेका छौं। हामी कहिल्यै सन्देहमा हुँदैनौं। हामीलाई जे दिइन्छ, त्यसमाथि केही प्रश्न नराखी खपाखप निलिदिन्छौं अनि आफ्नै निजी छवि अनि ठोस विचारसंग बाँच्न मन पराउँछौं। फर्जी समाचारलाई पचाउने क्षमता अपत्यारिलो तेवरले बिकसित बनेको छ। त्यसैकारण त हो, 2016 तिर हामी चिनी अनि नूनको लागि दोकान अगाडि लाम लगाएर बस्यौं। अपत्यारिलो दरले चिनी अनि नूनको अब कमी हुनेछ भन्ने घोषणा हाम्रो वाट्स्यापमा कहीँबाट आयो। दिल्ली, लखनाव, कोलकाता अनि हैदरवाद लगायत देशका साना साना शहरका मान्छेले यस नाटकमा राम्रै प्रस्तुति दिए। युपी का त्यतिबेलाका मुख्यमन्त्री अखिलेश यादवले भनिरहे, यो एक अफवाह हो। उनले सरकारी अधिकारीका लागि अफवाह फैलाउनेहरूमाथि कडा कारवाही गर्ने आदेश जारी गरे। कति मज्जाको कुरा। अफवाह फैलाउनेहरूको निम्ति सजाय अनि विस्वास गर्नेहरूको लागि केही छैन। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल अनि केन्द्रीय खाद्यमन्त्री राम विलास पासवानले बयान जारी गरेर भने, वास्तवमा नुनको कमी छैन। तर पनि अफवाहले दौड्न छोडेन, वाट्स्यापको बाटो भएर यो अन्तमा मुम्बई पुग्यो। पुग्नेबित्तिकै प्रतिकिलो 200 को दरले विक्री हुन थाल्यो नून। यस अफवाहमाथि मुम्बई पुलिस आफैले ट्वीटरबाट भन्यो, यो हल्ला मात्र हो। तर केही कुराले पनि काम गरेन। कति ठाउँ दोकानदारहरूले प्रतिकिलो 600 सम्मको दरले नून बेच्न थालेको खबर आउन थाल्यो। कानपूरको एक दोकान अगाडि भागदौडको कारण कानपुरको एक महिलाको मृत्यु भएको समाचार आउन थालिसकेपछि स्थिति अलि साम्य बन्यो।
फर्जी समाचार कहिले इतिहासलाई मिथ्या सिद्ध गर्नको लागि पनि प्रयोग गरिन्छ। सरकारको शक्तिशाली अंशहरूले नैं इतिहासका फर्जी संस्करणको उत्पादन गर्छन्। पूरा संगठन नैं यस तरिकाको अभ्यासमा लागेको हुन्छ जसको कारण एक इतिहासकारले तिनीहरूलाई चुनौति पेश गर्नु अथवा गण्डन गर्नु एउटा जोखिम हुनसक्छ। मई 2014 देखि यता धेरै राज्यमा पाठ्यपुस्तकहरूको पुनर्लेखन गरियो। तर इतिहासको वास्तविक हानी त्यतिबेला हुन्छ जब इतिहास सामाजिक सञ्चालभित्र घुस्छ जो अगाडिबाटै गलत इतिहासको लहरले छेपिइसकेको हुन्छ। यो मुहिमको लागि यो एउटा यस्तो द्वेश हो जसबारे जाँच गर्न आवश्यक छ।
No comments:
Post a Comment